समायोजनमा पार्टीको एउटै धारणा बनाऊन लडाकुहरुद्धारा माओवादी कमाण्डरद्धारा नेतृत्वलाइ आग्रह
काठमाण्डौँ, २५ जेठ । माओवादी लडाकुहरुले समायोजनका विषयमा निर्णय लिँदा पार्टीभित्र एकताबद्ध भएर निर्णय गर्न आग्रह गरेका छन् । पार्टी हेडक्वार्टरसँग आज भएको आठ घन्टालामो म्याराथन छलफलमा माओवादी लडाकुका कमान्डरहरुले पार्टीले गर्ने निर्णय आफूहरुलाई मान्य भएपनि नेतृत्वमा विवाद भएको प्रति दुख ब्यक्त गरेका थिए । आफूहरु जहिले पनि सम्मानजनक समायोजनको पक्षमा रहेको भन्दै लडाकुहरुले दोहोरो सुरक्षा प्रणली हटाउने विषयमा अध्यक्ष र बैद्य पक्षधर नेताहरु देखिएको मतान्तरप्रति ध्यानाकर्षण गराएका थिए । १० वर्षे जनयुद्धमा बगाएको रगतको मूल्यमा खेलवाड नगर्न उनीहरुले नेतृत्वलाई सजग गराएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निबास नयाँबजारमा भएको छलफलमा जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन ‘पाशाङ’,सैन्य ईन्जार्ज वर्षमान पुन अनन्त,पार्टीका केही स्थाई समिती सदस्यहरु सहित सबै २१ डिभिजनका कमान्डरहरु सहभागी भएका थिए । सेना समायोजन विशेष समितीको बैठकले आगामी भदौ १० गतेसम्ममा समायोजनको सम्पूर्ण कार्य सक्ने गरी कार्यतालिका तयार गरेपछि माओवादी हेडक्वार्टरले आज विस्तृत रुपमा लडाकुहरुको धारणा बुझेको हो । छलपलमा पार्टी अध्यक्ष प्रचन्डले पार्टीले लडाकुको मर्म र भावना विपरित कुनै सम्झौता नगर्ने वचन दिदै रगतसँग साटिएका बन्दुकको अवमूल्यन हुन नदिने प्रतिबद्धता जनाउनुभएको थियो ।
छलफलमा सेना समायोजनमा पार्टीले अख्तियार गर्न लागेको रणनीति, पुनःस्थापना, राहतको प्याकेज, हतियारको व्यवस्थापनबारे गम्भिर छलफल भएको नयाँबजार स्रोतले जनाएको छ । लडाकु वर्गाीकरण र समायोजनको प्रक्रियामा पाटीृमा एकरुपता ल्याउन छलफल पूर्ण रुपमा केन्द्रित रहेको माओवादी निकट स्रोतहरुको भनाई छ ।
संविधान जारी गर्नु अगावै लडाकु समायोजन गर्ने निर्णय माओवादी भित्रै विवादित छ ।उपाध्यक्ष मोहन बैद्य किरण पक्षधर नेताहरुले दोहोरो सुरक्षा प्रणली हटाउने तथा संविधान जारी नभई समायोजन सक्ने नीतिप्रति कडा असन्तुष्टि जनाउँदै आएका छन् । आजको बैठकमा बैद्य पक्षधर नेताहरुलाई पनि सहभागी गराएर संयुक्त रुपमा समायोजन सम्बन्धी धारणा तयार पारिएको बुझिएको छ ।
यस अघि आज बिहान माओवादी पदाधिकारीको अनौपचारीक बैठक पनि बसेको थियो । बैठकमा नेताहरुको दोहोरो सुरक्षा प्रणाली अन्त्य गर्ने निर्णयले पार्टी भित्र उब्जाएको बिबाद, र लडाकु फिर्ता प्रति असहमती राख्दै आउनु भएका बरिष्ट उपाध्यक्ष बैद्यलाई मनाउने प्रयास गरिएको जनाईएको छ ।

विषेश अदालतद्धारा १५ दिन भित्र बयानका लागि अदालतमा उपस्थित हुन सुडान प्रकरणका आरोपिलाइ निर्देशन
काठमाण्डौँ, २५ जेठ । प्रहरीको एपिसी खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा मुद्धा दायर गरिएका अभियुक्तहरुलाई १५ दिन भित्र बयानका लागि अदालतमा उपस्थित विशेष अदालतले आज आदेश दिएको छ । न्यायधिसहरु गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको संयुक्त ईजलासले यस्तो आदेश दिएको हो । सुडान घोटाला प्रकरणमा भ्रष्टाचार गरेको भन्दै आयोगले तीन पूर्व प्रहरी माहानिरिक्षक, प्रहरी अधिकृत र ठेकेदार सहित ३६ जना बिरुद्ध हिजो विशेष अदालतमा मुद्धा दायर भएपछि बयानका लागि आज आदेश दिईएको हो ।
मुद्धामा प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार रमेशचन्द्र ठकुरी, पुर्वप्रहरी प्रमुखहरु हेमबहादुर गुरुङ र ओमबिक्रम राणा लगायत प्रहरीका उच्च अधिकारीहरुलाई बिपक्षी बनाइएको छ । राष्टसघीय मिसन सुडानमा खटिएका प्रहरीका लागी प्रहरी कल्याण कोष बाट खर्चिएको ४५ करोड मध्ये ३१ करोड घोटाला भएको राज्य ब्यबस्था समितीको प्रतिबेदनलाई आधार बनाएर आयोगले अनुसन्धान गरेपछि हिजो मुद्धा दायर गरेको थियो ।एमाले स्थायी समिती बैठकद्धारा नेताहरुको कार्यविभाजन, नेता नेपालाइ शान्ति र सविधानको जिम्मेवारी
काठमाण्डौँ, २५ जेठ । प्रमुख सत्तारुढ नेकपा एमालेले नेताहरुको आन्तरिक जिम्मेवारी हेरफेर गरेको छ । एमाले स्थायी कमिटिको आज राजधानीको बुढानिलकण्ठस्थित एक रिर्सोटमा दिनभर बसेको बैठकले सरकारमा सहभागी नेताहरुको दोहोरो जिम्मेवारी हटाउँदै जिम्मेवारीमा हेरफेर गरेको हो । बैठकले सचिव शंकर पोखरेललाई संसदिय दलको उपनेताका साथै संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको छ । यसअघि यी दुवै पदमा अर्का सचिव तथा रक्षा मन्त्री विष्णु पौडेल रहनु भएको थियो । यस्तै पूर्वाञ्चल इन्चार्जको जिम्मा उपाध्यक्ष विद्यादेवी भण्डारीलाई दिइएको छ । विद्यार्थी ईन्चार्ज गोकर्ण विष्टको ठाउँमा भानुभक्त ढकाल र युवा इन्चार्जमा योगेश भट्टराईलाई जिम्मा दिएको छ । यस्तै सेती अञ्चल इन्चार्जमा कर्णबहादुर थापालाई ल्याइएको छ । उक्त स्थानमा यसअघि भानुभक्त जोशी रहनु भएको थियो । त्यसैगरी राप्ती इन्चार्जमा प्रकाश ज्वालाको स्थानमा ललित बस्नेतलाई ल्याइएको छ ।
स्थायी कमिटिको आजको बैठकमा पार्टीको आन्तरिक बिवाद समाधान लगायतका विषयमा पार्टीको भावी रणनीति तयार गर्ने जिम्मा अध्यक्ष झलनाथ खनाललाई दिएको छ । आगामी असारमा बस्ने केन्द्रीय कमिटिको बैठकमा आन्तरिक बिवाद समाधान, संसदीय दलको भूमिका, सरकारमा पार्टीको भुमिका लगायतका विषयलाई समेटि राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।
आरोपिले बयान दिए गृहमन्त्री र सचिवलाई पनि छाड्दैनौः अख्तियार प्रवक्ता
काठमाण्डौँ, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता ईश्वरी प्रसाद पौडेलले सुडाना घोटालाका आरोपितहरुले दिने बयानमा दोषी पाईए तत्कालिन गृहमन्त्री र गृहसचिवमाथि समेत छानविन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हाल प्रमाण नपुगेकोले सुडान घोटालामा तत्कालिन गृहमन्त्री र गृहसचिव विरुद्ध मुद्दा दायर गर्न नसकेको उहाँको दावी छ ।
राजधानीमा आज आयोजित साक्षात्कारमा प्रवक्त पौडेलले तत्कालिन गृहमन्त्री र गृहसचिवले खरिद प्रक्रियामा कुनै किसिमको आदेश दिएको कुरा लिखित र मौखिक रुपमा नआएको र कानूनले समेत उनीहरुको संलग्नता हुने नदेखिएकोले मुद्दा लगाउन नसकिएको दावी गर्नुभयो । सार्वजनिक खरिद ऐनले प्रहरी प्रमुखलाई नै खरिदको अधिकार दिएकोले पनि त्यसमा राजनीतिक र प्रशासनीक नेतृत्वलाई कारवाही गर्ने कुनै कानून नभएको उहाँको तर्क थियो ।
साक्षात्कारमा राज्य ब्यवस्था समितिद्धारा गठित सुडान घोटाला छानविन उपसमितिका सदस्य जगदिश नरसिह केसीले सुडान घोटालमा तत्कालिन गृहमन्त्री र गृहसचिव समेत संलग्न रहेको भन्दै अख्तियारले उनीहरुलाई उन्मूक्ति दिन खोजेको अरोप लगाउनुभयो । उहाँले समितिले स्पष्टरुपमा मन्त्री स्वतह दोषी हुने भन्दै किटानी प्रतिवेदन बुझाएको भन्दै अख्तियारले कारवाही गर्ने हिम्मत नगर्नु आश्चर्यजनक भएको बताउनुभयो । समितिले पाँच महिनामा तयार पारेको प्रतिवेदनको अनुसन्धानमै १४ महिना लगाएको प्रति आपत्ति प्रकट गर्दै केसीले त्यसमा पनि अख्तियारले नयाँ कुरा ल्याउन नसकेको दावी गरे ।
कांग्रेसद्धारा बजेट कटौती गरी रकमान्तर गरेको भन्दै सरकार विरुद्ध अख्तियारमा मुद्या दायर
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट कटौती गरी रकमान्तर गरेको भन्दै सरकारविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दायर गरेको छ । सरकारले अधिकार क्षेत्र वाहिर गई वजेट रकमान्तर गरेको भन्दै कंग्रेश उपसभापति एंव संसदिय दलका नेता रमाचन्द्र पौडलसहित अन्य नेताहरुले अख्तियारमा मुद्धा दायर गरेका हुन् । सरकारले स्थानीय बिकास र भौतिक योजना तथा निर्माण मन्त्रालयबाट रकमान्तर गरी आफ्ना पार्टी निकटका संगठनहरुलाई आनुदान दिने गरेको कंग्रेशको आरोप छ । यसअघि हिजो संसदिय दलका नेता पौडेलले प्रधानमन्त्री झलनाथ खनाललाई भेटी बजेट रकमान्तर गर्ने कार्य भइरहे मुद्या हाल्ने चेतावनी दिनुभएको थियो । काग्रेसले वर्तमान सरकार काम चलाउको हैसियतमा मात्र रहेको दाबी गरेको छ ।
शान्ति प्रक्रियाले गति लिनेमा विश्वासको वातावरण बनेको छ ्रः सबिधानसभाका अध्यक्ष नेम्वाङ
सबिधानसभाका अध्यक्ष सुभाष चन्द्र नेम्वाङले दलहरु बिच भएको पछिल्लो निर्णयले निर्धारित समय भित्र शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने बिश्वास ब्यक्त गर्नु भएको छ । प्रेस चौतारी नेपालले आज राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय सहमतीका लागी दलहरु बिच चलिरहेको छलफलले सबिधान निमार्ण र शान्ति प्रक्रियालाई टुङगोमा पु¥याउने बताउनु भयो । सबिधान निमार्णका बिषयमा अझै पनि दलहरु बिच कतिपय बिषयमा बिबाद कायमै रहेको भन्दै उहाँले सहमतीको आधारमा टुगो लगाउदै जानु पर्नेमा जोड दिनु भयो ।
माओबादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले दलहरु बिच भएको सहमती बमोजिम राष्टिय सहमतीको सरकार गठन गर्नु पर्नेमा जोड दिनु भयो । दलहरुबीच भएको पाँच बुदे सहमतीको सबैले आफूअनूकुल ब्याख्या गरेकोप्रति दुख ब्यक्त गर्दे उहाँले सहमतीको स्पिरिट अनुसार चल्न सबैलाई आग्रह गर्नुभयो । सहमतीको उपयुक्त विकल्प तयार नगरी राजिनामा दिदा राजनीतिक अस्थिरता झनै बढ्ने भएकाले सहमती गरेर मात्र प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने भट्टराईको मत थियो ।
कार्यक्रममै एमाले नेता प्रदिप ज्ञवालीले प्रधानमन्त्रीले बारम्बार राजिनामा दिने बताईरहाँदा पनि दलहरुले सहमती जुटाउन तिर नलागी अन्यत्र अल्झेको बताउनुभयो । राजिनामा दिने सहमतीमा प्रधानमन्त्रीले हस्ताक्षर गरिसकेकाले सो विषयमा गलत ब्याख्या गरिरहन आवश्यक नभएको ज्ञवालीको भनाई थियो ।
आर्थिक समाचार
ब्यबसायी द्धारा बुटवल बजार बन्द
काठमाण्डौ, २५ जेठ । छापा मार्न गएका राजस्व अनुसन्धान बिभागका सदस्यहरुले आफुहरु माथि अभद्र ब्यबहार गरेको भन्दै बुटवलका ब्यबसायीहरु आज आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज बुटवल बजार बन्द गराई बिरोध जनाएका हुन् । बिशेष सुराकीको आधारमा छापा मार्न काठमाण्डौ बाट गएको राजस्व अनुसन्धान बिभागको टोलीले हिजो पोलिमर प्लास्टिक उद्योग र पंकज इम्पोरियममा छापा मार्दाँ ब्यापारीले अबरोध गरेपछि त्यहा तनाब उत्पन्न भएको हो । ब्यबसायीले आफुहरु माथि अपराधी जस्तै हतियार सहतिको टोलीले आतक सिर्जना गरेको आरोप लगाएका छन । राजस्व छलीको आशकामा छापा मार्न खोज्दा ब्यापारीले अबरोध गरेपछि स्थानीय प्रशासनको सहयोगमा राजस्व अनुसन्धान टोलीले शंकास्पद ब्यापारीको कार्यालयमा सिलबन्दी गरेको छ ।
अन्तराष्ट्रिय समाचार
अगस्ट १६ देखि आमरण अनसन ः हजारे
भ्रष्टाचार बिरुद्ध एकदिने अनसनमा बसेका गरेका गान्धिबादी नेता अन्ना हजारेले आगामी अगस्ट १६ सम्ममा पनि भ्रष्टचार अन्त्य गर्न सरकार प्रतिबद्ध नभए आमरण अनसनमा बस्ने चेतावनी दिनुभएको छ । भ्रस्टाचार बिरुद्ध यसअघि अनसनमा बसेका योगगुरु रामदेबमाथि भएको प्रहरी कारबाहीको बिरोधमा आज एकदिने अनसनमा बस्नुभएका नेता हजारेले यस्तो चेतावनी दिनुभएको हो । आफ्नो लडाई मुक्तिका लागि दास्रो लडाई भएको भन्दै उहाले पुलिसको बर्बरता र भ्रष्टचारबिरुद्धको आन्दोलन अझै अगाडि बढ्ने बताउनुभयो । भारत सन् १९४७ मा गोराहरुबाट मुक्त भएपनि सो ठाउमा अहिले कालाहरु आएको उहाको टिप्पणी थियो । हजारेले देशमा फैलिएको भ्रष्टचार अन्त्य गर्न लामो आन्दोलनको जरुरत रहेको बताउनुभयो ।
भ्रष्टचारको अन्त्य र बिदेशमा रहेका कालोधनलाई राष्ट्रियकरण गर्नुपर्ने मात्र राख्दै योगगुरु बाबा रामदेबले गत शनिबारबाट सुरु गर्नुभएको अनसनमा प्रहरीले हस्तक्षेप गरेपछि नेता हजारे राजघाटमा आज एकदिने अनसनमा बस्नुभएको हो । ७३ वर्षीय गान्धिबादी नेता हजारेले यसअघि पनि भ्रष्टाचारको विरोधमा दिल्लीमै आमरण अनसन गर्नुभएको थियो ।
यसैबिच प्रहरीको हस्तक्षेपपछि पनि हरिद्धारमा गई आमरण अनसनमा बस्नुभएका बाबा रामदेबलाई चिकित्सकहरुले स्वास्थ्य अवस्था कमजोर गएको भन्दै खानका लागि सुझाव दिएका छन् । उहाको जाँचमा संलग्न चिकित्सकले स्वास्थ्य अवस्था खस्कदै गएकाले दुघ वा फलफुल खानुपर्ने सुझाव दिएको भारतिया सञ्चारमाध्यमले जनाएका छन् ।
खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग
राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेल बराबरीमा सकिएको छ । जावलाखेल युथ क्लव र हिमालयन शेर्पा क्लव बिच भएको खेल १—१ को बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भएको खेलमा अग्रता भने हिमालयनले लिएको थियो । उसलाई अग्रता दिलाउन दिपक राईले ६५ औँ मिनेटमा एक गोल गरेका थिए । तर खेल सकन केही मिनटमात्र बाँकी रहँदा जावालाखेलका लागि स्टार स्स्टा«ईकर कर्ण लिम्बुले गोल गर्दे खेललाई एक एकको बराबरीमा ल्याएका थिए ।
यस्तै सम्पन्न अर्काे खेलमा मच्छिन्दले युनाइटेड क्लबलाई ४—० को फराकिलो अन्तरले पाखा लगाएको छ । उसलाई जित दिलाउन सुरज गुरुङ र ईजि कोलिन्जले २—२ गोल गरेका थिए । यस्तै अर्काे खेलमा आरसीटीले स्वयम्भुलाई १—० ले हराएको छ । उसलाई जित दिलाउन खेलको ८०औ मिनेटमा रेशम रानाले गोल गरेका थिए ।

No comments:
Post a Comment