Thursday, June 9, 2011

जेठ २६ गते २०६८

समायोजन र पुर्नस्थापानाका बिषयमा बिशेष समितिमा आज पनि निष्कर्षविहिन

काठमाण्डौँ, २६ जेठ । लडाकु समायोजनको संख्या, मोडालिटी र पद मिलान लगायतका विषयमा छलफल गर्न बसेको सेना समायोजन विषेश समितीको बैठक विना निष्कर्ष सकिएको छ । बानेश्वर स्थीत सचिवायल कार्यलयमा झण्डै साँडे दुइ घण्टा बसेको बैठकमा लडाकुका लागी पुर्नस्थापना प्याकेज र समायोजनमा जाने संख्याका विषयमा कुरा मिल्न नसकेपछि बैठक निष्कर्षविहिन बनेको हो ।

बैठकमा माओवादीले पुनस्थापनामा जाने लडाकुहरुका लगाी कम्तिीमा पनि सात लाख रुपैँया तथा समायोजनमा पनि पद मिलान गनुपर्ने अडान लिएको थियो । बैठकमा समायोजनमा जाने लडाकुहरुको संख्या निर्धारण गर्ने विषयमा समेत शिर्षनेताहरु बिच सहमति गर्न माओवादीले प्रस्ताव गरेको थियो ।

बैठकपछि समितीका सचिव तथा सरकारका मुख्य सचिव माधव घिमिरेले आजको बैठकमा यसहघि तयार भएको कार्यतालिका अनुसार काम गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । घिमिरेले आजको बैठकमा यसअघिका निणर्यहरुको समिक्षा भएको बताउनुभयो । त्यसअघि मंगलबार बसेको समिती बैठकले आउँदो भदौ १० गते सम्ममा समायोज र पुनस्थापनमा जाने लडाकुहरुको वर्गिकरण सध्यिाउने निणर्य गरेको थियो ।

सुडान घोटालाका दोषि राजनैति नेतृत्वलाइ पनि कारबाही सबैलाइ हुनुपर्छ– नेताहरु

काठमाण्डौँ, २६ जेठ । सुडान घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी र ठेकेदारमाथि मात्र बिशेष अदालतमा मुद्धा चालाएर राजनीतिक नेतृत्वलाई बचाउ गर्न खोजेको आवाज प्रखर हुँदै गएपछि राजनीतिक  बृत्तमा तरङग फैलिएको छ । आज दिनभर भएका विभिन्न कार्यक्रमहरुमा बोल्ने नेताहरुले तत्कालिन मन्त्रीहरुलाई कारबाही गर्ने नगर्ने विषयमा मिश्रित धारणा ब्यक्त गरेका छन् ।

सुडान घोटाला प्रकरणमा संसदको राज्य ब्यवस्था परामर्श समितीबाट छानविन गर्दा संयोजक रहेका एमाले  पोलिटव्युरो सदस्य प्रदिप ज्ञवालीले सुडान घोटला प्रकरणमा कँहि नकहि राजनीतिक व्यक्तिको संलग्नता रहेको बताउनु भएको छ । नेता ज्ञवालीले कागजमा उल्लेख नभएपनि सो प्रकरणमा तात्कालिक सरकारको हात रहेको दाबी गर्नुभयो । पोखरामा आज सञ्चाकर्मीहरुसँग कुरा गर्दै उहाले सो भ्रष्टचारमा सरकारले थाहा पाएर पनि रोक्ने प्रयास नगरेको आरोप लगाउनुभयो । सरुवा बढुवा जस्ता कुरा त मन्त्रिहरुलाई थाहा हुन्छ भने त्यत्रो घोटला हुदा किन थाहा नहुने ? नेता ज्ञवालीले प्रश्न गर्नुभयो, यदि थाहा नै भएन भने पनि हामिले कस्तो मन्त्रि बनायौ ?
राजनीतिक संरक्षणको आडमा नै घोटाला भएको दावी गर्दे उहाँले अख्तियारले समितीले पसफरिस गरेका सबैलाई मुद्या चलाउने हिम्मत गर्नुपर्ने बताउनुभयो ।

यता सुचना एवं सन्चारमन्त्री अग्निप्रसाद सापकोटाले सुडाना घोटालामा अख्तियारले राजनीतिक नेतृत्वलाई उन्मुक्ती दिने गरी प्रहरी कर्मचारीमाथि मात्रै मुद्दा दायर गरेकोमा असन्तुष्टी ब्यक्त गर्नुभएको छ । राजधानीको एक अन्र्तक्रियामा बोल्दै मन्त्री सापकोटाले प्रहरीमाथि मात्रै मुद्या चलाईएको घटनाले अख्तियारमाथि गंभिर प्रश्न खडा गरेको दावी गर्दै उहाँले अख्तियारको सो मुद्दाले राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिएको उल्लेख गर्नुभयो । ठूलो संख्यामा प्रहरीको नाम मात्रै बाहिर ल्याउनुले पनि अख्तियारप्रति आशंका जन्माएको भन्दै उहाँले यो विषयमा सरकार पनि जवाफ दिन तयार हुनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

यसैबीच नेपाली कंग्रेशका नेता डा. रामशरण महतले भने सुडान घोटला प्रकरणमा पूर्व गृह मन्त्रिहरुको कुनै दोष नरहेको दाबी गर्नुभएको छ । प्रहरी बर्दिधारीलाई मात्र दोषी देखाउदै मुद्धा हालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना भइरहेका बेला कंग्रेश नेता महतको यस्तो भनाई आएको हो । नुवाकोटमा आज अयोजित एक कार्यक्रममा उहाले सुडान घोटलामा प्रहरी अधिकृत मात्र दोषी रहेको दाबी गर्दै राजनीतिक व्यक्तिहरुलाई यस्तो आरोप लगाउन नहुने बताउनुभयो । सो प्रकरणमा पूर्व गृहमन्त्रिहरुको पनि संलग्नता हरेको भन्दै सञ्चारमाध्यमले नै प्रचारबाजी गरेको उहाको आरोप थियो । उहाले आधार बिनानै पूर्व गहमन्त्रिलाई भ्रष्टाचारको आरोप लगाएको भन्दै आक्रोश पोख्नुभयो ।

यता मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष एंव उपप्रधानमन्त्री उपेन्द्र यादवले सुडान घोटला काण्डमा अख्तियारले पूर्व गृहमन्त्रिलाई उन्मुक्ति दिएर प्रहरी र ठेकेदारलाईमात्र दोषी ठह¥याएको प्रति असन्तुष्ट जनाउनुभयो । मोरङको बिराटनगरमा आज सञ्चाकर्मीहरुसँग कुरा गर्दै मन्त्रिको संलग्नताबिना प्रहरीले मात्र भ्रस्टचार गर्न नसक्ने तर्क गर्नुभयो । उहाले अख्तियारले मन्त्रि बिरुद्ध मुद्धा नहाल्नु ठूलालाई उन्मुक्ति दिने र सानालाई अठ्याउने प्रचलनकै प्रभाव भएको टिप्पणी गर्नुभयो । मन्त्रि यादवले अख्तियारले उन्मक्ति दिएपनि छाडेपनि दोषीलाई सरकारले कानुनको दायरामा ल्याएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भदौ १ गते सम्म संविधानको पहिलो मस्यौदा जारी हुने

काठमाण्डौँ, २६ जेठ । संबिधान सभा सबैधानिक समिती अन्तर्गतको बिबाद समाधान उपसमितीले आगामी भदौ १ गतेसम्ममा संबिधानको पहिलो मस्यौदा जारी गर्ने निणर्य गरेको छ । सबिधान सभाको म्याद तीन महिना थप गरिए पछि आज पहिलो पटक बसेको उपसमितीको बैठकमा भदौ १ गते सम्ममा पहिलो मस्यौदा जारी सहमति भएको हो । 

बैठकपछि उपसमितीका संयोजक एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ १ गतेसम्ममा संबिधानको पहिलो मस्यौदा तयार गर्ने कार्यातालिका पारित गरिएको जानकारी दिनुभयो । संबैधानिक समिती अन्तरगतको सचिवालयले साउन मसान्त सम्ममा संबिधानका सबै बिवादित बिषयमा सहमती जुटाईसक्ने गरी तयार पारेको कार्यतालिका उपसमितीले अनुमोदन गरेको हो । सचिवालयले असार मसान्तसम्म बिवाद समाधान नभए बाँकी बिवाद संबैधानिक समितीमा पठाएर भएपनि सामाधान गरीसक्ने गरी कार्यतालिका तयार पारेको थियो । असार मसान्त सम्ममा सहमतीको प्रयास गरिने र बाँकी बिवादित बिषयलाई संबैधानिक समितीमै पठाउने निर्णय भएको उपसमिती सदस्य प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो ।

यस्तै बैठकमा दलहरु बिच कुरा मिल्न बाँकी रहेका राज्य पुर्नसरचना, निर्बाचन प्रणाली र साशकिय स्वरुप निर्धारणका बिषय समाधानका लागि तिन वटा छुट्टाछुट्टै कार्यदल गठन गर्ने पनि सहमती भएको छ । बिषयगत रुपमा गठन गरिने तिनवटा कार्यदलमा को को रहने भन्ने बिषयमा भने भालि टुङगो लाग्ने उपसमितीका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो । गत जेठ १४ गते संबिधानसभाको म्याद सकिदा निश्क्रिय बनेको उपसमिती म्याद थप गरिएपछि आजबाट पूनः काम सुरु गरेको हो । उपसमितीले शासन प्रणाली, निर्बाचन प्रणाली, मौलिक अधिकार, आत्मनिर्णयको अधिकार, राजनितीक अग्राधिकार, प्रस्ताबना र सबिधान शसोधन लगायत २२ बिबादीत बुँदा र त्यस बाहेक राज्यपुर्नसरचना सम्बन्धी ७८ बँुदाको टुङगो लगाउन बाँकी रहेको छ ।

पत्रकार माथी हमला गर्ने माथी कारबाही गरेरै छाड्छु ः प्रधानमन्त्रि

काठमाण्डौँ, २६ जेठ । प्रधानमन्त्रि झलनाथ खनालले पत्रकारमाथि हमला गर्ने अपराधी जुनसुकै पार्टीको भएपनि सरकारले कारबाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणका बिषयमा ध्यानाकर्षण गराउन आज प्रधानमन्त्रि निवास बालुवाटार पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रि खनालले अपारध गर्ने व्यक्ति आफ्नै पार्टीको भएपनि नछाड्ने बताउनुभयो । पत्रकार ढकालमाथिको आक्रमणलाई आफुले सरकारमाथिको आक्रमणको रुपमा लिएको बताउदै उहाले सञ्चार क्षेत्रमा हस्तक्षेप गर्नेलाई पार्टीले समेत कारबाही गर्ने आश्वसन दिनुभयो । प्रधानमन्त्रि खनालले पत्रकार ढकाललाई आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । बिराटनगर, धनुषा लगायतका स्थानमा पत्रकारमाथि भएका बिभिन्न आक्रमणमा संलग्नहरुलाई कारबाही गर्न प्रधानमन्त्रिको ध्यानाकर्षण गराउदै महासंघ अध्यक्ष शिव गाउलेले अपराधीलाई कारबाही गर्ने काम छिटो भन्दा छिटो हुनुपर्ने बताउनुभयो ।

यसैबिच नेपालस्थित संयुक्त राष्ट्रसङिघय मानवअधिकार कार्यालयले केही समय यता बढ्दै गएको पत्रकारमाथिको आक्रमणको भत्र्सना गरेको छ । श्रमजविी पत्रकार माथि बारमबार भईरहेका घटनाले कार्यलयलाइृ गमिभर रुपमा चिन्तित बनाएको कार्यलयद्धारा आज जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । नागरक दैनिकमा कार्यरत खिलानाथ ढकालमाथि भएको आक्रमण र सो घटनाको विरोध गर्ने पत्रकारहरुलाई समेत ज्यान मार्ने धम्की आएको भन्दै राष्टसघले घटनाको निन्दा र भत्र्सना गरेको छ । अभिबयक्ति र विचारको स्वतन्त्रताको अधिधकारको उपभोग गर्नबाट पत्रकारहरुलाई रोक्ने स्पष्ट लक्ष्यका साथ सो हर्कत गरिएको भन्दै राष्टसघले तत्काल छानजिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग  माग पनि गरेको छ ।

न्यायपरिषद्मा विना परामर्श नियुक्ती गरेको भन्दै ः कानुन तथा न्यायमन्त्री असन्तुष्ट

काठमाडौँ, २६ जेठ । कानुन तथा न्यायमन्त्री प्रभु साहले आफूसँग परामर्श नगरी प्रधानमन्त्रीले न्यायपरिषद् सदस्यमा खेमनारायण ढुङ्गानालाई नियुक्ति गरेकामा असन्तुष्टी जनाउनु भएको छ । शाहले आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि न्यायपरिषद्जस्तो स्वतन्त्र निकायमा स्वतन्त्र व्यक्तिलाई नै नियुक्त गर्नुपर्नेमा पार्टीका नेतालाई नियुक्ति गरिएको आरोप लगाउनुभयो । मन्त्री शाहले प्रधानमन्त्रीलाइ आफुले आफ्नो असन्तुष्टिबारे बारे जानकारी गराएको उल्लेख गर्द नियुक्ति फिर्ता नलिए पदबाट राजिनामा दिने चेतावनि दिनुभयो ।

पत्रकार सम्मेलन गर्नुअघि मन्त्री साहको राजिनामाबारे चर्चा चल्नाका साथै केही सञ्चारमाध्यमले राजिनामा भनी ‘बे्रकिङ न्युज’ दिए पनि त्यस विषयमा उहाँले केही बताउन चाहनुभएन । संयुक्त सरकारको मर्म विपरित नियुक्तिका विषयमा सत्ता साझेदार दलसँग परामर्श नलिनु, यसबारे जानकारी लिन खोज्दा पनि बेवास्ता गर्नु र नियुक्तिका विषयमा पत्रपत्रिकाबाट आफूले थाहा पाउनु विडम्बना भएको गुनासो गर्दै मन्त्री साहले यस्ता कार्यले पाँचबुँदे सहमतिको पनि पालना नगरेको टिप्पणि गर्नुभयो ।

यसअघि उहाँले आफू नियुक्त भएको एक महिनामा देवानी संहिता, देवानी कार्यविधि संहिता, अपराध संहिता तथा फौज्दारी कार्यविधि संहिता व्यवस्थापिका–संसदमा पेस भएको तथा लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको पनि जानकारी दिनुभयो ।

पाँच बुदेँ सहमति किन र्कायन्वयन भएन

नेपाली कांग्रेसका उपसभापति तथा संसदिय दलका नेता रामचन्द्र पौडेलले दलहरुबीच गत जेठ १४ गते भएको पाँचबुँदे सहमति अविलम्ब अक्षरस पालना हुनुपर्ने बताउँनु भएको छ । विगतमा भएका सहमति र सम्झौताहरु पालना नभएका कारण मूलकमा आज यो अवस्था आएको टिप्पणी गर्दै उहाँले पछिल्लो पटकको सहमति अनिवार्य पालना हुनुपर्ने उल्लेख गर्नु भयो ।

नेपाल प्रेस युनियनले आज राजधानीमा आयोजना गरेको कार्यक्रमा नेता पौडेलले पछिल्ला दिनमा शान्ति प्रक्रियासँग सम्बन्धित केही सकारात्मक काम भएको बताउँनु भयो । शान्ति प्रक्रिया नटुंगिएसम्म अन्य समस्याहरु यथावत रहँने भन्दै उहाँले बहाना बनाएर सहमति कार्यान्वयन तर्फ नगए भयाभह परिणाम भोग्नु पर्ने जिकीर गर्नुभयो ।

एसएलसी परीक्षाको परीक्षाफल आउँदो असार १४ भित्र

भक्तपुर, २६ जेठ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत १० गतेदेखि सुरु गरेको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको परीक्षाफल आउँदो असार १४ गतेभित्र प्रकाशित गर्ने भएको छ ।परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले जतिसक्दो चाँडो परीक्षाफल प्रकाशित गर्ने योजनाका साथ काम भइरहेको बताउँदै यसवर्ष असार १२ देखि १४ भित्र परीक्षाफल सार्वजनिक गर्ने बताउनुभयो । 

उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको, जिल्ला–जिल्लाबाट परीक्षण सकिएका उत्तरपुस्तिका आउने क्रम जारी रहेको र परीक्षण सकेर आएका उत्तरपुस्तिकाको नम्बर कम्युटरमा चढाउने कार्य भइरहेको कार्यालयले जनाएको छ ।    यसवर्षको परीक्षामा मुलुकभरबाट चार लाख ९६ हजार २४३ जना परीक्षार्थी सहभागी भएका थिए । 

विद्युत् चोरीः मध्यपुर थिमीमा पनि नियन्त्रण सुरु

भक्तपुर, २६ जेठ । नेपाल विद्युत् प्राधिकरण मध्यपुर थिमी शाखाले आजदेखि विद्युत् चोरी नियन्त्रण अभियान सुरु गरेको छ । दुई साता अघिदेखि भक्तपुर शाखाले चोरी नियन्त्रण अभियान सुरु गरेपछि  थिमी शाखाले पनि विद्युत् चोरी नियन्त्रण अभियान सुरु गरेको हो । आजदेखि थिमी शाखाअन्तर्गत विभिन्न क्षेत्रमा घरघरमा गई चोरीको अनुगमन गरिने र चोरी गर्ने ग्राहकको लाइन काट्नेदेखि जरिवाना समेतका कारबाही गरिने शाखाका प्रमुख राजु श्रेष्ठले बताउनुभयो । भक्तपुर शाखाअन्तर्गतका क्षेत्रमा ५१ प्रतिशत विद्युत् चोरी भए पनि थिमी शाखाअन्तर्गतका क्षेत्रमा १९ प्रतिशत विद्युत् चोरी हुने गरेको छ ।

पुरानो बजेट भएकाले काम गर्न अप्ठ्यारो ः मन्त्री रायमाझी

गुल्मी (धुर्कोट), २६ जेठ । भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले नयाँ सरकारलाई पुरानो बजेटबाट काम गर्न निकै अप्ठ्यारो परेको गुनासो गर्नुभएको छ । मन्त्री रायमाझीले नयाँ सरकार गठन भएलगत्तै नयाँ बजेटका लागि भएका सबै प्रयास विफल भएकाले विकास निर्माणका काममा समेत अप्ठ्यारो भएको बताउनुभयो ।

उहाँले एमाओवादीले विरोध गरेको र ब्रिफकेससमेत खोसेको बजेटबाट कुनै नयाँ योजना र राम्रो काम गर्न नसकिने जानकारी दिनुभयो । अबको नयाँ बजेटमा धेरै नयाँ, सकारात्मक र राम्रा योजना समावेश भएको उहाँको दाबी छ । नयाँ सरकार गठन भएलगत्तै सरकारले नयाँ बजेट ल्याउन रातदिन तयारी गर्दा अर्थ मन्त्रालयका सचिव रामेश्वर खनाल काण्डले समस्या पारेको, रकमान्तर गर्न खोज्दा अर्थमन्त्री नै अहिले अख्तियार र सर्वोच्च धाउनुपर्ने बाध्यतामा परेकाले विकास निर्माण र नयाँ योजनाका लागि निकै समस्या परेको बताउनुभयो ।

आर्थिक समाचार
राजिनामा माग गर्दै वायुसेवा निगमका कर्मचारीहरुद्धारा महाप्रवन्धक लिम्बूको कार्यकक्षमा तालाबन्दि

काठमाण्डौँ, २६ जेठ । नेपाल वायुसेवा निगमका कर्मचारीहरूले महाप्रबन्धक केबी लिम्बूको राजीनामा माग गर्दै लिम्बूको कार्यकक्ष बन्द गराएका छन् । कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार पक्षधर कर्मचारीहरूले महाप्रबन्धक लिम्बूको राजीनामा माग गर्दै कार्यकक्ष बन्द गराएका हुन् ।

पटकपटक कार्यकारी विवादको झमेला बेहोर्दै आएको निगममा कर्मचारीहरू दुई समूहमा विभाजित छन् । अध्यक्ष कंसाकार पक्षधर र लिम्बू पक्षधर कमचारीहरूको स्वार्थका कारण निगमको दैनिक प्रशासनिक कामकारबाही समेत प्रभावित हु“दै आइरहेको छ । लिम्बूले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने कंसाकार पक्षधर कर्मचारीहरूले जनाएका छन् । तर लिम्बूले भने आपूmले तत्काल राजीनामा नदिने अडान लिएका छन् । जहाज खरिद प्रक्रियामा कंसाकार र लिम्बूबीच विवाद भएपछि निगममा कार्यकारी विवाद हु“दै आएको छ । जहाज खरिद प्रक्रियामा भ्रष्टाचारको आरोपमा जेल परेका कंसाकार सहित उच्च अधिकारीहरूले सफाई पाएपछि उनीहरूको पूनर्वहाली भएको थियो ।

अन्तराष्ट्रिय समाचार
भारतद्वारा पृथ्वी–२ क्षेप्यास्त्रको सफल परीक्षण

भारतले जमिनबाट जमिनमा प्रहार गर्न मिल्ने आफैँले विकास गरेको पृथ्वी–२ नामक आणविक क्षमतायुक्त ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ । भारतले आफैँले तयार गरेको उक्त आणविक क्षमतायुक्त ब्यालिस्टिक पूर्वी राज्य उडिसा स्थीत वालासोर जिल्लामा रहेको चाँदीपुरस्थित एकीकृत परीक्षणस्थलबाट बिहान नौ बजेर पाँच मिनेटमा सफल परिक्षण गरेको भारतिय उच्च सुरक्षा स्रोतलाइ उदृत गर्दै चिनियाँ समार संस्था सिन्ह्वाले जनाएको छ । नौ मिटर लामो र एक मिटर चौडाइ रहेका उक्त ब्यालिस्टिकले २५० किलोमिटर सम्म मार हान्न सक्ने क्षमता रहेको बताइएको छ । यसअघि पनि भारतले आणविक क्षमता युक्त क्षेप्यास्त्र निमार्णको तयारी गरेपनि सफल भने हुन सकेको थिएन ।

यता चीनले यहि महिनाको अन्त्यतिर पश्चिम प्रशान्त महासागरमा सैन्य अभ्यास गर्ने तयारी गरेको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएको छ । सैन्य अभ्यास अन्तरराष्ट्रिय जल क्षेत्रमा हुने र कुनै पनि देश विरुद्ध लक्षित नभएको रक्षा मन्त्रालयलाई उदृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ । चिनियाँ रक्षा मन्त्रालयनले सैन्य अभ्यासलाइ नियमित भएको प्रतिक्रिया दिएका छन् । डालियन बन्दरगाहमा हुने उक्त अभ्यासमा क्रममा चिनले पहिलो पटक सैन्य विमान बाहक जहाजको उद्घाटन गर्ने तयारी समेत गरेको छ ।

भारतका चर्चित कलाकार हुसेनको मृत्यु

भारतका चिर्तित पेन्टर मुकबल फिदा हुसेनको आज मृत्यु भएको छ । आफ्नो पेन्टीङका करण पटक पटक विवादमा रहँदै आएका हुसेनको लण्डनमा आज ९५ बर्षको उमेरमा मृत्यु भएको हो । सन् २००६ मा हिन्दु देवदेवताको विना कपडायुक्त तस्वीर बनाएपछि उनलाइ भारयित विभिन्न हिन्दुसंगठनले ज्यान मार्ने धम्की दिएको थिए । जसका कारण हसेन लण्डनमा बस्दै आएका थिए । विश्वविख्यात फोब्र्स म्यागेजिनले हुसेनलाइ भारतको पिकासोको संज्ञा दिएको थियो । 

खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग

काठमांडौ, २५ जेष्ठ । शहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगिता अन्तर्गत आज भएका खेलहरुमा मनाङ मस्याङ्दी र नेपाल आर्मी विजयी भएका छन् भने फ्रेण्डस र सरस्वतीले भने बराबरी खेलका छन् ।

दशरथ रंगशालामा भएको आजको पहिलो खेललमा फ्रेन्ड्स क्लव र सरस्वती क्बले १–१ गोलको बराबरी खेलका छन्  । खेलको १६ औँ मिनेटमा फ्रेण्डसका लागी विदेशी खेलाडी टाकु योसुहिकोले गोल गर्दै अग्रता दिलाएपनि सरस्वतिका विदेशी खेलाडी योना इलियासले ८४ औँ मिनेटमा गोल गर्दै खेललाइ बराबरीमा ल्याएका थिए ।

त्यस्तै प्रतियोगिता अन्तगर्त रंगशालामा नै आजै भएको दोश्रो खेलमा मनाङ मस्याङ्दीले बाँसबारी विरुद्ध संघर्षपूर्ण जित दर्ता गरेको छ । मनाङलाइ विजयी बनाऊन एक मात्र गोल खेलको थप समयमा विदेशी खेलाडी सायन मोसाभीले गरेका थिए । निकै प्रतिष्पर्धात्मक रहेको खेलमा बाँसबारीले मनाङलाइ निकै चुनौती दिएपनि थप गरिएको समयमा सम्हालिन नसक्दा गोल खाएको थियो ।

उता शशस्त्र प्रहरीको हल्चोक मैदानमा भएको खेलमा नेपाल आर्मीले ब्रिगेड ब्वाइज क्लबलाइ २–० गोलअन्तरले पराजित गरेको छ । विजयी आर्मीका लागी खेलको ४६ आँै र ७३ औँ मिनेटमा हरि महतोले गरेका थिए ।

No comments: