Friday, June 10, 2011

जेठ २७ गते २०६८

सरकारद्धारा सेना समायोजन सचिवालयमा कर्मचारी नियुक्त 

काठमाडौँ, २७ जेठ । सरकारले माओवादी सेनाका लडाकूहरुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष सचिवालयमा तीन महिनाका लागि ७२ जना अधिकृत र ४८ जना कम्प्युटर अपरेटरसहित १२० जनाको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ ।

शिक्षामन्त्री एवम् सरकारका प्रवक्ता गङ्गालाल तुलाधरले आजको मन्त्रिपरिषद् बैठकले उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना कार्यान्वयन गर्न एसियाली विकास बैंकबाट प्राप्त हुने दुई करोड अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले एसियाली विकास बैंकले नेपाल सरकारलाई पुँजी बजार तथा पूर्वाधार क्षमता विकास सहयोग आयोजना कार्यान्वयनका लागि प्रदान गर्न लागेको अनुदान सहयोग ५० लाख अमेरिकी डलर पनि स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले फिनल्यान्ड सरकारद्वारा नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछानेलाई प्रदान गर्न लागेको ‘नाइट फस्ट–क्लास अफ दि अर्डर अफ दि लायन फिनल्यान्ड’ पदक ग्रहण गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले जनता आवास कार्यक्रम कार्यान्वयन पहिलो संशोधन कार्यविधि २०६८ लाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णयसमेत गरेको छ ।

त्यस्तै सरकारले एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगितामा फाइनल चरणमा प्रवेश गर्न सफल नेपाली राष्ट्रिय फुटबल टीम र साफ च्याम्पियन महिला फुटबल टीमलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । ती दुवै खेलका ३९ जना खेलाडीलाई जनही रु ५० हजार र पाँचजना प्रशिक्षकलाई जनही रु २५ हजारका दरले पुरस्कृत गर्ने निर्णय गरेको प्रवक्ता तुलाधरले जानकारी दिनुभयो । बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरुमा काभ्रेका इन्द्रबहादुर थिङ, ललितपुरका मुकुन्दबहादुर पहरी, रुकुमका पहलसिङ घर्तीमगर, झापाका कुसुमकुमारी श्रेष्ठ र सिन्धुपाल्चोकका नम्बर सेर्पालाई मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता तुलाधरले जानकारी दिनुभयो ।

त्यसैगरि सरकारले पाइटलबिनाको हवाइजहाज र सोचअनुसार चल्ने कम्प्युटर आविष्कार गर्ने रुचितकुमार रेग्मीलाई अमेरिकी प्रतिलिपि अधिकार (पेटेन्ट) हासिल गर्नका निम्ति रु २० लाख आर्थिक सहयोग गरेको छ । 

सुडान घोटालामा अख्तियारले फितलो मुद्दा दारय गरेको भन्दै सभासदहरुद्धारा आक्रोश ब्यक्त

काठमाण्डौँ, २७ जेठ । सुडान घोटाला प्रकरणमा अख्तियारले राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिने उदेश्यले मुद्दा दायर नगरेको भन्दै सभासद्हरुले आपत्ति जनाएका छन् । संसदको राज्य ब्यवस्था समितिको आजको बैठकमा सभासद्हरुले समितिको सिफारिश अनुरुप राजनीतिक नेतृत्वमाथि मुद्दा नचलाइएको भन्दै आपत्ति जनाएका हुन् । बैठकमा सुडान मिसनमा भएको अनियमितता बारे छानविन समितिका संयोजक प्रदीप ज्ञावालीले घटनामा राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिन खोजिएको आशंका ब्यक्त गर्नुभयो । समितिको सिफारीशमा राजनीतिक नेतृत्व समेत दोशी रहेको हुनसक्ने स्पष्ट उल्लेख भएपनि अख्तियारले तत्कालीन मन्त्री र प्रशासकलाइ मुद्दा दायर नगरेकोमा ज्ञावालीको असन्तुष्टि थियो ।

उहा“ले सबै प्रहरी अधिकारीलाई समान मुद्दा नभइ संलग्नताका आधारमा मात्र कसुरको माग नगरिएकोमा समेत आपत्ति जनाउनुभयो । प्रहरीको सरुवा बढुवामा समेत चासो दिने राजनीतिक नेतृत्वले प्रहरीको करोडौंको ठेक्कापट्टाबारे जानकारी नराख्नु तार्किक नभएको ज्ञावालीको भनाई छ । एकीकृत नेकपा माओवादीका सभासद् द्धय जनार्दन शर्मा र सुदर्शन बरालले सुडान प्रकरणमा संलग्न राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिन नहुने बताउनुभयो । अख्तियार प्रमुख विहीन भएका कारण सुडान प्रकरणमा प्रभावकारी कदम चाल्न नसकेको उहा“हरुको गुनासो छ । 

राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसीले मुख्य दोशीमाथि मुद्दा दायर हुन नसकेका कारण सुडान घोटालाको मुद्दा विशेष अदालतबाट झासमिस हुनसक्ने चिन्ता ब्यक्त गर्नुभयो । बैठकमा सभासद्हरुले सुडान प्रकरणबारे राज्य ब्यवस्था समितिको सिफारीश अनुसार मुद्दा दायर नभएको भन्दै पुनः अख्तियारस“ग स्पष्टिकरण लिनुपर्ने माग गरे । बैठकमा गृहमन्त्री कृष्ण बहादुर महराले अख्तियारले वयान लिन सुरु गरेपछि प्रहरीको मनोवल घट्ने आशंकामा प्रहरी प्रमुखलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा पठाइएको बताउनुभयो । सभासद्हरुको आरोपको प्रतिवाद गर्दै उहा“ले सरकार कामचलाउ नभएको भन्दै प्रधानमन्त्रीले राजीनामा नगरेसम्म सरकारले पूर्ण क्षमतामा काम गर्ने बताउनुभयो । 

यसैबीच पूर्वगृहमन्त्री भीम रावलले सुडानको डार्फरमा खटिएका नेपाल प्रहरी मिसनका लागि आवश्यक सामग्री खरिद प्रक्रियामा देखिएको भ्रष्टाचारका दोषीमाथि कारबाही हुनुपर्ने र निर्दोष व्यक्तिलाई कुप्रचारको शिकार बनाइन नहुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले कानुनी शासनको सिद्धान्त, लोकतान्त्रिक मान्यता र तथ्य प्रमाणका आधारमा कारबाही अगाडि बढाइनुपर्ने तथा त्यसका लागि राजनीतिक र प्रशासनिक क्षेत्र एवम् सञ्चारमाध्यमबाट पूर्ण सहयोग हुनुपर्नेमा जोड दिनुभयो । 

पूर्वगृहमन्त्री रावलले विसं २०६६ असार ३ गते आफू गृहमन्त्रीमा नियुक्त भएपछि सुडान प्रकरणमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने क्रममा आवश्यक पहल गरेको स्मरण गर्दै तर, २०६४ भदौ १० गते प्रक्रिया सुरु भई मङ्सिर महिनामा नै सो मिसनका लागि आवश्यक सामग्री खरिद प्रक्रिया पूरा भइसकेको स्पष्ट पार्नुभयो । सामान खरिद र ढुवानी प्रक्रिया सम्बन्धमा भएको भ्रष्टाचारको समाचारपछि आफूले सोसम्बन्धी सत्यतथ्य बुझ्न गृहमन्त्रीका हैसियतले तत्कालीन सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदको राज्यव्यवस्था समितिसमेतलाई ताकेता गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘गृहमन्त्री भएकै कारण नगरेको कामको भागिदार हुनुपर्छ भन्ने तर्क र हल्ला विडम्बनापूर्ण, दुराग्रहयुक्त एवम् चरित्रहत्या गर्ने प्रपञ्च हो ।’

उहाँले सुडान मिसनका लागि सामान खरिद गर्ने, पठाउने र रकम भुक्तानी दिनेजस्ता क्रियाकलापमा आफ्नो कुनै प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नभएको भन्दै प्रचलित ऐन कानुनअनुसार सो प्रकरणमा मुछिएका र संलग्न भएका कुनै पनि व्यक्तिले उन्मुक्ति पाउन नहुनेमा जोड दिनुभयो । 
पूर्वगृहमन्त्री रावलले राजनीतिक दबाबका कारण सुडान काण्डमा संलग्न भएका राजनीतिक दलका नेताले उन्मुक्ति पाएको भन्ने समाचार सरासर गलत र दुष्प्रचार मात्र हो भन्नुभयो । सुडान काण्डमा भ्रष्टाचार गरेको मुद्दामा अख्तियारले तीनजना पूर्व प्रहरी महानिरीक्षकसहित ३६ जना विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइसकेको छ 

राज्य पुर्नसंरचना विवाद संवैधाकि समितीको सचिवायलमा आइपुग्यो । 

काठमांडौ, २७ जेठ । संवैधानिक समिति अन्तरगतको विवाद समाधान उपसमितिले राज्यपुर्नसरचना समितीको प्रतिबेदनमा देखिएका ७८ वटा बिवादित बुदामा सहमती जुटाउनु समिती सचिबालयलाई जिम्मा दिएको छ । सिंहदरबारमा आज बसेको बैठकले एक अर्कामा बाझिएको बिषयलाई कम गर्दै खाका पेश गर्न संबैधानिक समिती सचिबालयलाई जिम्मा दिएको हो । 

बैठकपछि समिती सदस्य एंव कंग्रेश संसदिय दलका नेता रामचन्द्र पौडेलले विवादित विषयलाई एकीकृत एवम् एक अर्काे बुँदामा रहेका विषयलाई व्यवस्थित गरी खाका तयार गर्न बैठकले सचिवालयलाई जिम्मा दिएको जानकारी दिनुभयो । आजको बैठकले शासकिय रुवरुप, राज्यको पुर्नसरचना, निर्बाचन प्रणाली लगायत बिबादीत बिषयको टुगो लगाउन कार्यदल गठन गरिने भनिए पनि संयोजक पुष्पकमल दाहाल प्रचण्डको अनुपस्थितीका कारण हुन सकेन ।
उपसमितीको हिजो बसेको बैठकले राज्यपुनसंरचना, शासकिया स्वरुप, निर्वाचन प्रणालीका बिषयमा सहमती जुटाउन तीन छुट्टाछुट्टै कार्यदल गठन गरी समाधान खोज्ने सहमती गरेको थियो । बैठकमा कार्यदलमा सबैधानिक समितीका सदस्यहरु मात्रै रहने कि बाहिर बाट पनि लिने भन्ने बारेमा भने सामान्य छलफल भएको समिती सदस्यहरुले बताए । राज्यपुर्नसरचनाको बिषयमा राजनितीक गृहकार्य गर्नु पर्ने भन्दै दलहरु सँग थप छलफल गर्न बैठक सोमवार सम्मका लागी स्थगीत गर्एिको उपसमितीका सदस्य पौडेलले जानकारी दिनु भयो । उपसमिती संयोजक प्रचण्ड अनुपस्थित भएपछि आजको बैठक कंग्रेश नेता पौडेलको संयोजकत्वमा बसेको थियो । 

विराटनगरका पत्रकार खिलनाथ भण्डारीलाइ कुटपिटको बिरोध जारी 

काठमाण्डौँ, २७ जेठ । सञ्चारमन्त्री अग्नि प्रसाद सापकोटाले पत्रकार कुट्नेबिरुद्ध कारबाहीका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने आश्वसन दिनुएभएको छ । केहिदिन अघि युथफोर्स कार्याकर्ताको आक्रमणबाट घाइते भई बिराटनगरिस्थत नोबेल अस्पतालमा उपचरारत पत्रकार खिलानाथ ढकाललाई भेट गरेपछि स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाले यस्तो अश्वसन दिनुभएको हो । आक्रमण गर्ने जो कोहीलाई पनि कारबाही गरेरै छाड्ने बताउदै उहाले कारबाहीका लागि प्रधानमन्त्रिलाई समेत दबाब दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सञ्चाकर्मीमाथि बारम्बार हुने गरेका आक्रमणप्रति सरकार गम्भिर रहेको उल्लेख गर्दै उहाले यसको दिर्घकालिन समाधानका लागि सम्बन्धित निकायसँग छलफल गर्ने बताउनुभयो । 

यता यूवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले विराटनगरका पत्रकार ढकालमाथि भएको आक्रमणमा युथफोर्सका कार्यकर्ताको कुनै संलग्नता नभएको दाबी गर्नुभएको छ । युवा संघद्धारा आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले संघका मोरङ उपाध्यक्ष एंव पूर्व युथफोर्स अध्यक्ष पर्शुराम बस्नेतको संलग्नता प्रमाणित गरेर देखाउन दाबी गर्नुभयो । उहाले आक्रमण गरी फरार रहेका भनिएका पर्शु बस्नेत संगठनको नियमित सम्पर्कमा रहेको खुलासा समेत गर्नुभयो । पत्रकार ढकाल र उनीमाथि आक्रमण गरेको अभियोगमा पक्राउ परेका रोहित कोइराला सहपाठी मित्र भएकोमा बेलुका सँगै रक्सि सेवन गरी झगडा गएर भएको घटनालाई संगठनसँग जोडेर बदनाम गर्ने प्रयास गरिएको उहाको आरोप थियो । 

यसैबिच पत्रकार ढकाललाई आक्रमण गर्ने एमालेको युवा दस्ता युथ फोर्स मोरङका अध्यक्ष पर्शुराम बस्नेतलाई प्रहरीले पक्राउ गर्न नसकेको बिरोधमा आज पनि बिराटनगरका पत्रकारले ¥याली निकालेका छन् । राजनितीक दल, अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधी, पेशागत सगठनका प्रतिनिधी लगायतले दबाब दिदा पनि बस्नेत पक्राउ नपरे पछि पत्रकारले चरणबद्ध आन्दोलन अन्तर्गत ¥याली निकालेका हुन । नेपाल पत्रकार महासघ मोरङको शाखा बाट सुरु भएको ¥याली महेन्द्रचोक, शनिमन्दिर , जलजला चोक हुदै मेनरोड बाट ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । एक हप्ताअगाडि समाचार लेखेको विषयमा युथफोर्सका कार्यकर्ताले पत्रकार ढकाललाई कुटपिट गरी मरणासन्न अवस्थामा पु¥याएका थिए ।

न्याय प्रशासनलाई पारदर्शी र प्रभावकारी बनाइनुपर्छ ः प्रधानन्यायधीश रेग्मी

ललितपुर, २७ जेठ । प्रधानन्यायधीश खिलराज रेग्मीले मुलुकको शासन व्यवस्थालाई पारदर्शी बनाउन प्रभावकारी न्यायसम्पादन अनिवार्य सर्त भएको बताउनुभएको छ । प्रशासकीय अदालत र समान्य प्रशासन मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको उहाँले स्वतन्त्र कानुनी राज्य र शासन प्रणालीको स्वतन्त्रता सुशासनको अपरिहार्य तत्व भएकाले यी कायम भएमात्र न्याय प्रशासन सफल र प्रभावकारी हुने बताउनुभयो । प्रधानन्यायशीश रेग्मीले सरकारलाई श्वेच्छाचारीबाट नियन्त्रण गर्नु प्रशासकीय न्यायको मुख्य दायित्व भएको उल्लेख गर्दै निजामती सेवा निष्पक्ष, जिम्मेवारी, व्यावसायिक र इमान्दार भएमात्र न्यायालयमा जनताको पहुँच पुग्नसक्ने बताउनुभयो । 

कार्यक्रममा कानुन तथा न्यायमन्त्री प्रभु शाहले राजनीतिक परिवर्तनअनुरुप मुलुकको न्याय प्रणालीमा सुधार नआउनु दुःखद पक्ष भएको टिप्पणी गर्दै अहिलेको सङ्क्रमणकालीन अवस्थामा स्पष्ट दिशा नभएर पनि न्याय क्षेत्र प्रभावकारी हुन नसकेको हो भन्नुभयो । उहाँले देश सङ्क्रमणकको अवस्थामा रहेको बेला सबैभन्दा बढी जिम्मेवारी कर्मचारीतन्त्रको भएकाले उनीहरुको इच्छाशक्तिबिना जस्तोसुकै न्याय प्रणालीले प्रगति गर्न नसक्ने भन्दै कानुनको स्वेच्छिक ढङ्गले पालना हुने वातावरण बन्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व राजा विरेन्द्रको सम्पिति सरकारी ट्रष्टमा आयो 

काठमाण्डौँ, २७ जेठ । नेपाल ट्रष्टको कार्यालयले स्वर्गीय पूर्वराजा विरेन्द्र शाहको नाममा ९ करोड नगद र ५ हजार रोपनी जग्गा आÏनो मातहतमा ल्याएको छ । संसदको राज्य ब्यवस्था समितिको आज सिंहदरबारमा बसेको बैठकमा ट्रष्टको कार्यालयले आÏनो मातहतमा आएको र आउन बा“की राजपरिवारको सम्पति विवरणबारे जानकारी दिएको हो । बैठकमा नेपाल ट्रष्टको कार्यालयकी सचिव वृन्दा हाडाले पूर्वराजाको नाममा राष्ट्रिय वाणिज्य बैंङ्क र बिभिन्न निजी बैंङ्कमा गरि ९ करोड ७३ लाख नगद भेटिएको बताउनुभयो । नेपालका निजी बैंङ्कमा राखिएको ४३ हजार १०० पाउण्ड भने हालैमात्र ट्रष्टको कार्यालयले आफ्नो मातहतमा ल्याएपनि विदेशी बैंङ्कमा राखिएको भनिएको रकम भने पत्ता लगाउन सकेको छैन । ट्रस्टको कार्यलयले पूर्वराजपरिवारको नाममा ्रहेको एक लाख ४२ हजार पाँच सय तीन कित्ता सेयर पनि आफ्नो नाममा दर्ता गराएको छ । 

बैठकमा ट्रष्टका अध्यक्ष समेत रहनुभएका गृहमन्त्री कृष्ण बहादुर महराले ट्रष्टको मातहतमा पूर्व राजपरिवारको सम्पति र जग्गा ल्याउने क्रममा कुनै कन्जुस्याई“ नहुने बताउनुभयो । 

पूर्वराजाको सम्पति ट्रष्टको मातहता ल्याउने क्रममा बिभिन्न पक्षको अवरोध र कानूनी जटिलता का कारण समस्या भएको सचिव हाडाले बैठकमा जानकारी दिनुभयो । उहा“ले पूर्व राजपरीवारको नाममा रहेको एक सय ७३ रोपनी जग्गा ट्रष्टको मातहतमा ल्याउन समस्या रहेको जानकारी दिनुभयो । गोकर्ण रिसोर्टकोमा रहेको १३०० रोपनी जग्गा पनि ट्रष्टको मातहतमा ल्याउने प्रकृया सुरु गरिसकिएको सचिव हाडाको भनाई छ । पूर्वराजाको विदेशमा सम्पति भए नभएको बारे बिभिन्न कुटनीतिक निकायस“ग जानकारी उपलब्ध गराउन सहयोग माग गरेपनि सकारात्मक सहयोग हुन नसकेको ट्रष्टको गुनासो छ । 

भदौमा १ गते पनि संविधान मस्यौदा आउने छाँटकाटँ छैन – बिजुक्छे

भक्तपुर २७ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेकै अवस्था रहे भदौ १ गतेसम्म संविधानको मस्यौदा नआउने बताउनुभएको छ । आज भक्तपुरमा च्वङ्गा गणेश विकास समितिले आयोजना गरेको वन व्यवस्थापन अन्तरक्रिया तथा खानेपानी ट्याङ्कीको उद्घाटन गर्दै उहाँले ठूला तीन दल अझै गम्भीर नबनेकाले संविधानको मस्यौदा आउने सम्भावना कम हँुदै गएको बताउनुभयो । ठूला तीन दलमा आफ्नो अनुकूलको संविधान बनेपछि मात्र निर्वाचनमा जाने योजना रहेको बताउँदै उहाँले तर तीन दलको अनुकूलको संविधान कहिल्यै नबन्ने स्पष्ट गर्नुभयो । 

माओवादी जातजाति र भाषाभाषीका आधारमा राज्यको पुनःसंरचना गर्न खोज्दैछ, मधेसवादी दल एक मधेस प्रदेश माग्दैछन्, यो अवस्थामा काँग्रेस र एमालेले स्पष्ट दृष्टिकोण अगाडि सार्न नसक्दा थप अन्यौल भएको हो– उहाँले भन्नुभयो । अध्यक्ष बिजुक्छेले स्वेच्छिक अवकाशमा जाने माओवादी लडाकूलाई तालिमसहित रु चार लाख ५० हजार दिने सरकारको निर्णय गलत भएको बताउँदै उहाँले उनीहरुलाई सीपका आधारमा रोजगारी दिनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री खनाल र माओबादी अध्यक्ष प्रचण्ड बिच भेटबार्ता

काठमाण्डौँ, २७ जेठ । प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच पाँचबुंदे सहमती कार्यान्वयनका बिषयमा आज पनि छलफल भएको छ । प्रचण्ड निवास नयाँ बजारमा भएको भेटबार्तामा पाँचबंदे सहमतीको समिक्षा र कार्यान्वयनका आगामी प्रक्रियाका बिषयमा छलफल भएको बताइएको छ । 

भेटमा माओबादी लडाकु समयोजन र पुनस्थापनका बिषयमा पनि छलफल भएको बुझिएको छ । माओबादी अध्यक्ष प्रचण्डले आठ हजार लडाकु समायोजन गर्नका लािग सहमती जुटाउन प्रधानमन्त्रि खनालाई आर्गह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्रिले समायोजनको संख्याका बारेमा छलफलपटि टुङगो लगाउनुपर्ने बताउनुभएको नयाँबजार स्रोतले बताएको छ । ज्वरो तथा रुघाखोकीका कारण अस्वस्थ भई घरमै आरामगरि बस्नु भएका अध्यक्ष प्रचण्डलाई भेट गर्न प्रधानमन्त्री खनाल बिहान १० बजे नयाँबजार पुग्नु भएको थियो । करिब आधा घण्टा सम्म चलेको भेटबार्तामा प्रधानमन्त्री खनालले उहाँको स्वास्थ स्थितका बारेमा जानकारी लिनुका साथै केहि दिन आराम गर्न सल्लाह दिनु भएको थियो । 

दलित सम्मेलन – अध्यक्ष नेम्बाङ

काठमाडौँ, २७ जेठ । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले अब बन्ने संविधान दलित मैत्री हुने बताउनुभएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको सातौँ राष्ट्रिय महाधिवेशनको आज ललितपुरमा उद्घाटन गर्दै उहाँले दलित मैत्री संविधान बनाउन सम्बद्धपक्षले पनि सहकार्य र पहरेदारी गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्ला दिनमा संबिधान निर्माणमा महत्वपुर्ण निर्णय भएको दाबी गर्दै सभाध्यक्ष नेम्वाङले भदौ १ गते संविधानको पहिलो मस्यौदा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । यही जेठ १४ गते भएको पाँचबुँदे सहमतिलाई व्यवस्थापिका–संसदमा प्रवेश गराइएकाले ती बुँदा कार्यान्वयनका लागि सदनमा अनुगमन संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै उहाँले नागरिक समाजका तर्फबाट पनि सो सहमति कार्यान्वयनका लागि पहरेदारी गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो । 

लडाकु समायोजमा विवाद कामयै छ, कुनै सहमति भएको छैन ः काँग्रेस नेता महत 

नेपाली काग्रेसका केन्द्रिय सदस्य डा रामशरण महतले सेना समायोजनको लागि नेपाली काग्रेस र माओबादी बीच बिवाद कायमै रहेको बताउनु भएको छ । दुई पार्टी बिच माओबादी लडाकुको संख्या तोक्ने बारेमा बिवाद कायम रहेको नेता महतको भनाई थियो । चितवनको भरतपुर बिमानस्थलमा आज पत्रकारहरु संग संक्षिप्त कुराकानी गर्दे नेता महतले माओबादीले भन्दै आएको लडाकुको संख्या सबैलाई समायोजन गर्न नसकिनेस्पष्ट पार्नु भयो । नेता महतले शान्ति प्रकुयाको महत्व पुर्ण अंग सेना समायोजन भएकोले यस बिषयमा माओबादी गम्भिर हुनु पर्ने पनि बताउनु भयो । उहाले शान्ति प्रकृया पुरा गर्नको लागि केहि दिन यता दलहरु वीच सकरात्मक कुरा भइरहेको जानकारी दिदै माओबादी नेताहरुको सुरक्षार्थ खटिएका लडाकुहरु हतियार सहित शिबीर फिर्ता हुनु उपलव्धी मुलक भएको पनि बताउनु भयो । 

आर्थिक समाचार
राष्ट्रिय पर्यटन मेला प्रारम्भ

काठमाडाँै, २७ जेठ । नेपालका पर्यटकीय गन्तव्यस्थलहरूको पहिचान र आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि आजदेखि काठमाडाँैको भृकुटी मण्डपमा चौथो राष्ट्रिय पर्यटन मेला–२०६८ प्रारम्भ भएको छ । तीनदिन सम्म चल्ने सो मेलामा नेपालका आर्कषक गन्तव्यहरूको झलक विविध, साँस्कृतिक भेषभूषा रहनसहन र पर्यटकीय उत्पादनका नमूना प्रस्तुत गरिएको छ । मेलामा देशभरका ६२ जिल्लाको प्रतिनिधित्व भएको एक सय स्टलहरू राखिएका छन् । 

त्यस्तै पर्यटकलाइ आकर्षित गर्नेगरी होमस्टे नमुना घरको प्रदर्शन तथा प्याकेज टुरको जानकारी वृतचित्र, पर्यटनकीय सम्भाव्यताका बारेमा अन्तक्र्रिया कार्यक्रम गरिने बताइएको छ । सो मेलाको उद्घाटन गर्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशराज जोशीले पर्यटन प्रति जनजागरण वृद्धि भइरहेको र यसको प्रतिफल ग्रामीण क्षेत्रमा पु¥याइ आय र रोजगारीको अवसर वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपाल पर्यटन वर्ष–२०११ अन्तर्गत पर्यटन पूर्वाधार विकासका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न लागिएको बताउनुभयो । 

नेपालगन्ज भन्सारमा प्रज्ञापनपत्र लागू, दैनिक थप ५० हजार राजस्व सङ्कलन 

बाँके, २७ जेठ । नेपालगन्ज भन्सार कार्यालयले संक्षिप्त प्रज्ञापनपत्र लागू गरेपछि दैनिक रु ४० देखि ५० हजार थप राजस्व सङ्कलन हुन थालेको छ ।  दैनिक उपभोगका सामान किनमेलका लागि सीमापारिको रुपैडिया जाने प्रवृत्तिलाई निरुत्साहित गर्न भन्सार कार्यालयले रु एक सय देखि पाँच हजारसम्मको घरायसी प्रयोजनका सामान विदेशबाट खरिद गर्ने उपभोक्तालाई अनिवार्यरुपमा प्रज्ञापनपत्र भरेर भन्सार शुल्क तिर्नुपर्ने नियम लागू गरेपछि राजस्व संकलनमा बृद्धि आएको हो । 

नेपाली उपभोक्ताले दैनिक उपभोगका घरायसी सामानकोरुपमा सीमापारिको बजारबाट दैनिक करोडौंको सामानहरु भित्र्याउने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले जेठ ८ गतेदेखि संक्षिप्त प्रज्ञापनपत्र भर्नुपर्ने नियम कडाईका साथ लागू गरेको हो । सशस्त्र प्रहरी बलको भन्सार गस्ती टोलीले विदेशबाट सामान खरिद गर्ने नेपाली उपभोक्तालाई तलाशीमा कडाई गरी संक्षिप्त प्रज्ञापनपत्रमार्फत भन्सार शुल्क तिरेर मात्र सामान ल्याउन दिन थालेको हो । यसबाट वार्षिक रु डेढ करोडसम्म राजस्व सङ्कलन वृद्धि हुने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख पुरुषोत्तम श्रेष्ठले बताउनुभयो । 

अन्तराष्ट्रिय समाचार 
बाबा रामदेबको स्वास्थ्य अवस्था नाजुक 

भारत, २७ जेठ । बिदेशमा रहेको कालो धन फिर्ता ल्याउनुपर्ने र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने माग राख्दै बिगत ७ दिनदेखि अनसनमा बस्नुभएका योगगुरु बाबा रामदेबको स्वास्थ्य अवस्था नाजुक बनेको छ । 

उहालाई देहारादुन अस्पतालमा भर्ना गरिएको छ । यद्धपी अस्तालका चिकित्सकहरुले दिएको पछिल्लो जानकारी अनुसार उहाको स्वास्थ्य अवस्थामा केहि सुधार आएको भारतिय साञ्चार माध्यमले उल्लेख गरेका छन् । आज दिनभर आइसियुमा राख्नुपरेपनि अहिले भने उहाले कुारकानी गर्न थाल्नुभएको अस्पतालले जनाएको छ । यस्तै उहाको किड्नी र ब्लडप्रेसरपनि सामान्य रहेका अस्पतालले दाबी गरेको छ । उहाको स्वास्थय अवस्था खराब भएपछि आज बिहान अस्पताल भर्ना गरिएको हो । बाबा रामदेबको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका भारतिय अध्यात्म गुरु रबिशंकरले अनसन तोड्न आफुले सुझाव दिएको जानकारी दिनुभयो । अस्पतालबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रबिशंकरले अस्पताल भर्नापछि रामदेबको स्वास्थ्य अवस्थामा सुधार आएको बताउनुभयो । 

खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग

काठमांडौ, २७ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगिता अन्तर्गत आज समपन्न खेलहरुमा जावलाखेल,नेपाल पुलिस र बौद्ध फुटबल क्लबले जित हात पारेका छन् । 

आजको पहिलो खेलमा जावालाखेलले स्वयम्भु क्लबलाई २—० ले पाखा लगाएको छ । उसलाई जित दिलाउन दुबै गोल थोमस जेरार्डले गरेका थिए । शसक्त खेल पस्केको जावालाखेलले आजपनि सुन्दर फुटबल खेलेको थियो ।

यस्तै अर्काे खेलमा शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबले अर्काै शसक्त टोली आरसिटीलाई १—० ले पराजित गरेको छ । पुलिसलाई साँघुरो जित दिलाउन स्टार स्टा«ईकर जुमानु राईले गोल गरेका थिए । आजै सम्पन्न अर्काै खेलमा मोफसलको क्लब कोइलापनीलाई स्तब्ध पार्दे बौद्ध फुटबल क्लबले जित हासिल गरेको छ । बौद्धले कोइलापनीलाई २—१ ले पाखा लगाएको हो । उसको जितमा क्रिस्पन क्षेत्री र विजय माझीले गोल गरेका थिए । 

No comments: