Thursday, March 3, 2011

फागुन १९ गते २०६७

Maoist Leader Krishna Bahadur Mahara
माओवादी स्थाइ कमिटि बैठक स¥यो, सरकार विस्तारमा ढिलाइः 

काठमाडौँ, १९ फागुन । सरकारमा पठाउने सदस्यको टुङ्गो लगाउन आज बस्ने भनिएको माओवादी स्थाइ कमिटि बैठक स्थगित भएसंगै मन्त्रीमण्डल विस्तार गर्ने प्रधानमन्त्री झलनाथ खनालकोे योजना आज पनि अधुरै बनेको छ । मन्त्रीमन्डललाई पूर्णता दिन प्रयासरत रहनुभउका खनालले माओवादी सरकारमा आउनेभएपछि आजै पूर्णता दिने मनस्थिती बनाउनुभएको थियो । यो सँगै प्रधानमन्त्री चयन भएको एक महिनापछि खनालले भोलीमात्र मन्त्रीमण्डल विस्तार गर्नुहुने भएको छ ।

Maoist Leader Dev Gurung
त्यसअघि सरकारमा पठाउने सदस्यको टुङ्गो लगाउन आज बस्ने भनिएको एकीकृत माओवादी स्थाइ कमिटि बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजधानी फर्कीन ढिला भएका कारण आजको बैठक स्थगित गरिएको माओवादीले जनाएको छ । त्यसअघि विहान बैठक बसे पनि अर्का बरिष्ष्ट नेता मोहन बैद्यले पछि गृहमन्त्रालय सम्हाल्ने गरी देव गुरुङ्गलाइ सरकारमा पठाउन प्रस्ताव गरेपछि सहमित विना निष्कर्ष स्थगित भएको थियो । माओवादी अध्यक्ष दाहालले आफु निकट बर्षमान पुन अनन्तलाइ सरकारमा तत्काल विना विभागिय मन्त्री तथा पछि गृह मन्त्रालय सम्हाल पठाउन लाग्नु भएको थियो । आज स्थगित बैठक भोली विहान बस्ने माओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । 

वर्तमान सरकारलाइ असफल बनाउने खेल भयो त्यहि भएर सरकारमा जाने निणर्य ग¥यौँ ः प्रचण्ड

गुल्मी, १९ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाइ सफल बनाउन मन्त्रालयमा त्याग गरेर भएपनि सरकारमा सामेल हुन लागेको बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघले गुल्मीको तम्घासमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारमा जाने सदस्यको नाम चाँडै टुङ्गाइने समेत बताउनु भयोे । उहाँले नेपाली जनताको विबेकवाट बनेको सरकारलाइ सफल बनाउनु आफुहरुको दायित्व भएको बताउनुभयो । सरकार निर्माणमा माओवादीको मुख्य भूमिका रहेकोले सरकार बचाउनुपनि त्यत्तिकै जिम्मेवारी भएका कारण केहि सम्झौता गरेर भएपनि सरकारमा सामेल हुन लागेको प्रचण्डको भनाइ थियो । 

त्यसअघि प्रथम गुल्मी महोत्सब उदघाटनगर्दै अध्यक्ष प्रचण्डले नेपालीकै बुद्धि विबेकवाट बनेको सरकार गिराउने षडयन्त्र भएकोले केहि त्याग गरेर भएपनि माओवादी सरकारमा जाने निर्णय गरेको बताउनु भएको थियो । उहाँले वर्तमान सरकारको मुख्य दायित्व तोकिएको समयमै शान्ति र संविधान निर्माण रहेको बताउनुभयो । संविधानसभा जनताको झुपडिवाट जन्मिएको दावीगर्दै माओवादीलाइ नै संविधानसभाको बढि मायाँ रहेको प्रचण्डले दावी गर्नुभयो । पर्यटन मन्त्रालय माओवादीले लिने तयारी गरेकोले पर्यटन बिकासलाइ महत्व दिने उहाँले उल्लेख गर्नुभएको थियो ।  

लोकतन्त्रमा खतरा छ, सबैदलसँग छलफल गछौँ ः कग्रेश केन्द्रिय समिती बैठक

काठमाडौं, १९ पागुन । नेपाली कङग्रेसले माओवादीले गठन गरेको मजदुर दस्ता र पछिल्लो राजनीतिक घटनाक्रमले लोकतन्त्र धरापमा परेको निशकर्ष निकाल्दै दलहरुसँग बृहत छलफल गर्नै भएको छ । सानेपास्थित पार्टी केन्द्रिय कार्यलयमा बसेको केन्द्रिय समितकिो बैठकले माओवादी र एमाले नेताहरुबाट ब्यक्त गरिएका धारणा र पार्टिहरुका गतिविधीले शान्ति, संविधान र लोकतन्त्रमा खतरा उत्पन्न भएको भन्दै रक्षाका लागि कङग्रेसले पहलकदमी गर्ने निर्णय गरेको केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । कङग्रेस प्रतिपक्षमा बसेपनि शान्ति र संविधानको पूर्णताका लागि भने सरकारलाई हदैसम्मको सहयोग गर्ने निर्णय भएको केसीले बताउनुभयो । 

बैठकपछि काँग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेलले नेपाली जनताको उपलब्धिहरु माथी गम्भीर खतरा उत्पन्न भएकाले त्यसका लागी सबैदलसँग छलफल गर्ने निणर्य भएको बताउनुभयो । नेता ्र पौडेलले शान्तिप्रक्रिया पुरा भएपछि मात्र संविधान निर्माण अगाडी बढ्न सक्ने भएकाले लडाकु समायोजन पछि मात्र संविधान निमार्ण पुरा हुने काँग्रेसको निष्कर्ष रहेको बताउनुभयो । शान्ति प्रक्रियालाई टुङ्ग्याएपछि संविधान निर्माणको आधार तयार हुन्छ ।” – नेता पौडेलले भन्नुभयो । समयमै संविधान निर्माण गर्नु अहिलेको मूल प्रश्न भएको निष्कर्ष निकाल्दै काँग्रेसले त्यसका लागि देशलाई हिंसाको छायाँबाट मुक्त गर्नुपर्ने सुझाव दिएको छ । “शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन माओवादीले हतियारसँगको सम्बन्ध विच्छेद गरी वाईसिएल भङ्ग र कब्जा सम्पति फिर्ता गरी विश्वासको वातावरण बनाउनुपर्छ,” नेता केसीले पत्रकारहरुसँग भन्नुभयो ।

यस्तै आजको बैठकले सिकिस्त अवस्थामा रहनुभउका पार्टिका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको शिघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ । वष्ठि नेता शेरबहादुर देउवा अनुपस्थत भएकाले केन्द्रिय सदस्य मनोनयनको विवादका सम्बन्धमा भने आजको बैठकमा छलफल नभएको बतार्यएको छ । अर्काे बैठक भोली बिहान ११ बजे बस्ने कङग्रेसले जनाएको छ ।

काँग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्य नाजुक

Post PM Krishna Prasad Bhattarai
काठमाडौँ, १९ फागुन । नेपली कांग्रेशका सन्त नेता एंब पूर्वप्रधानमन्त्री  कृष्णप्रसाद भट्टराईको स्वास्थ्य स्थीति नाजुक बनेको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार भट्टराइलाइ बचाउन सकिने सम्भावना ५ प्रतिशत मात्र बाँकि रहेको छ । उपचारमा संलग्न डा भरत रावतका अनुसार भट्राइको रगतमा ८० देखि ९० प्रतिशत मात्र अक्सीजन रहेको छ भने रक्तचापको अवस्था निकै नाजुक रहेको छ । भट्टराइलाइ कृतिम श्वासप्रश्वास यन्त्र भेन्टिलेसनमा राखेपनि सुधार हुने नदेखेपछि अहिले उहाँलाइ भेन्टिलेशनमा नराखिएको रावतले बताउनुभयो । भट्राइलाइ पाइप नलिबाट साँझ खाना खुवाऊने प्रयास भएपनि सफल नभएको चिकित्सकहरुले जनाएका छन्  । हाल भट्राइको उपचारका लागि करिब १० जना चिकित्सक खटिरहेको अस्पतालले जनाएको छ । 

८७ बर्षीय पुर्व प्रधानमन्त्री भट्टराईलाई छाती, मुटु, फोक्सो र मृगौलामा समस्या देखिएपछि १९ दिनअघि नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । 

त्यसअघि भट्टराईको स्वास्थ अबस्था गम्भिर बन्दै गएपछि स्वास्थ्य अवस्थाबारे जानकारी प्रधानमन्त्रि सहित बिभिन्न दलका नेताहरु दिउँसो अस्पताल पुग्नु भएको थियो ।  उहांको स्वास्थ्य अवस्थावारे जानकारी लिन प्रधानमन्त्री झलनाथ खनाल, सभामुख सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रशका सभापति सुशिल कोइराला , एमाले उपाध्यक्ष बामदेव गौतम, माओबादी स्थायी समिति सदस्य कृष्णवहादुर महरा लगायत नेताहरु नार्भिक अस्पताल पुग्नुभएको थियो । 

गाउ÷गाउमा हत्याको सृङ्खला

नुवाकोटको  भदु्रटार गाउँ विकास समितिमा एकै परिवारका तीन जनाको हत्या भएको छ । भदु्रटार–३ नेवारपानीका एकै परिवारका ६५ बर्षिय विष्णुप्रसाद थपलिया, ६४ बर्षिया श्रीमति भैरवी थपलिया र ४५ बर्षिय छोरा श्याम थपलियाको हत्या भएको अवस्थामा आज दिउसो घरमै शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मुलढोकामा एक जनाको शव हत्या भएको अवस्थामा रहेकाले तीनै जनाको हत्या भएको अनुमान प्रहरीको छ । घटनाको बिस्तृत अध्ययन भईरहेको प्रहरीले जनाएको छ । यसअघि हिजो मात्र रोल्पामा एक व्यक्तिले आफ्नै छोरी, ज्वाँइ, नातीनी र एक छिमेकीको हत्या गरेका थिए भने सुनसरीमा पनि एक ब्यक्तिले आफ्नै श्रीमती र छोरीको निर्ममतापूर्वक हत्या गरेका थिए । 

पारस तारेख बुझन चितवन

चितवनको टाइगर टप्सको गोलीकाण्डमा मुछिएका पुर्वयुवराज पारस शाहलाई चितवन जिल्ला प्रसाशन कार्यालयले चैत २ गतेका लागि अर्को तारेख दिएको छ । गोली काण्डको सोही दिन फैसला हुनसक्ने समेत बताइएको छ । तारेख बुझ्ना पुर्व युवाराज पारस आजै चितवन जानु भएको हो । आफना सहयोगी र कानुन ब्यबबसायीहरु निजी गाडि बाट जानु भएका पारसलाई त्यहा उहाँका समर्थकहरुले स्वागत गरेका थिए । पुर्वयुवराज पारसले चितवनको सौराहा स्थिीत टाइटर टपस रिसोर्टमा तत्कालीन उपप्रधानमन्त्री तथा परराष्टमन्त्री सुजता कोइरालाका छोरीज्वाई  बगलादेशी नागरिक रुवेल चोधरी माथि गोली हान्न खोजेको अभियोृग लागेको छ । हातहतियार तथा खरखजानाको अभियोग लागेका पारसलाई  गत पुस १ गते १० हजार धरौतीमा तारिखमा हाजिर हुने गरि रिहा गरिएको थियो ।

लिबियामा अझै नेपाली अलपत्र, भारतिय दुतवासद्धारा सहयोगमा इन्कार

काठमाडौँ, १९ फागुन । सरकारले लिबियाको आन्तरिक द्धन्दका क्रममा फसेका नेपालीहरुको उद्धार कार्य जारी राखेपनि अझै करिब अठार सय नेपाली अलपत्र परेको समाचार प्राप्त भएको छ । नेपाल मानवअधिकार सङगठनले आज उक प्रेस विज्ञप्ती जारी गरी लिबियामा अठार सय नेपालीको अझै उद्धार हुन नसकेको र उनीहरुको विचल्ली भउको खबर प्राप्त भएको जनाएको छ । सङगठनले जनाएअनुसार उनीहरुको खाद्यान्न र बासको अभावमा उनीहरुको स्थिती असुरक्षित र कष्टपूर्ण बनेको छ । आज विहान मात्रै करिब १९ जना नेपाली उद्धारको आसामा त्रिपोलीस्थित भारतीय राजदुतावासको गेटमा पुगेको तर उनीहरुलाई दसुतावासले भित्र पस्न समेत नदिएको बताईएको छ ।विचल्लीमा परेका अधिकाशं नेपालीहरु लुटिएको तथा दुईदिन यता खाना समेत खान नपाएको जनाईएको छ । सङगठनले अलपत्र परेका नेपालीहरुको उद्धारमा सरकारले प्रभावकारी कुटनैतिक पहल नचालेको भन्दै अविलम्ब समबन्धित कुटनैतिक नियोगहरु र छिमेकी देशका उच्च सरकारी अधिकारीहरुसँग सम्बाद गरी उद्धारमा पहल गर्न नेपाल सरकारसँग अपिल गरेको छ ।

यसैबीच हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा एक नेपाली शान्ति सेनाको मृत्यु भएको छ ठेगाना नखुलेकि २६ बर्षिय भगवती न्यौपानेको गत मंगलबार ट्रकको ठक्करबाट मृत्यु भएको राष्ट्र संघलाई उदृत गर्दै अन्तराष्ट्रि समाचार संस्थाले लेखेका छन् । घटनाको अनुसन्धान भईरहेको बताइएको छ । मृतक न्यौपाने गत अक्टोबरदेखि हाइटी स्थित शान्ति सेनामा कार्यरत थिइन् । सो क्षेत्रमा १ हजार नेपाली कार्यरत छन् । 

खेल समाचार
विश्वकप क्रिकेट

विश्वकप क्रिकेट अन्तरतग केहिबेर अघि सम्पन्न खेलमा क्यानाडालइ पराजित गर्दै पाकिस्तानले तेश्रो जित दर्ता गराएको छ । श्रीलङका स्थीत प्रेमदासा स्टेडियममा भएको खेलमा पाकिस्तानले क्यनाडालाइ ४६ रनले पराजित गरेको हो । पाकिस्तानले यसअघि केन्या र श्रीलङ्कालाइ पराजित गरेको थियो । पाकिस्तानले जितका लागी दिएको १८५ रनको लक्ष्य पछ्याएको क्यानाडा ४२ ओभर ५ बलमा आउट हुदँै १३८ रनमा अल आउट भएको थियो । सामान्य लक्ष्य पछ्याएको क्यानाडा पाकिस्तानी धारिलो बलिङ सामु निरिह सावित भएको थिए ।  

टस जितेर ब्याटिङ गरको पाकिस्तनले खराब प्रर्दशन गर्दै क्यानाडा सामू जितका लागि १८५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । क्यानाडाको निकै कडा बलिङको सामना गरेको पाकिस्तान ४३ ओभरमै अलआउट भएको थियो । पाकिस्तानका लागि उमर अकमलले सर्वाधिक ४८ रन बनाएका थिए भने मिसबाह उल हकले ३७ रनको योगदान गरेका थिए । क्यानाडाका लागि हारभिर बैदवानले ३ तथा रिजवान चिमा,जिमी हन्सरा र वालाजी रावले २—२ विकेट लिएका थिए । 

पराजित टोली क्यानाडाका लागी जिमि हंसराले ४३ तथा जुविन सरकार्रीले २७ रन जोड्नु बाहेक अन्य ब्याट्स्यम्यानले खासै प्रर्दशन गर्न सकेनन् । क्यानाडाका रुविन्दु गुनकेसरा ८, नितेश कुमार २ तथा आशिष बेघिं १६ मा आऊट भएका थिए । क्यानेडियन इनिङ ध्वस्त पार्ने क्रममा पाकिस्तानका शाहिद अफ्रिदिले १० ओभर ब्याटिङ गर्दै २३ रन खर्चेर ५ विकेट लिएका थिए । 

त्यसअघि आजै सम्पन्न पहिलो खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्डलाई २३१ रनकको भारी अन्तरले पराजित गरेको थियो ।  ३५२ रनको विशाल चुनौती पछ्याएको नेदरल्यान्डले ३४ ओभर ५ बलमा अलआउट हुनु अघि १२० रनमात्र जोड्न सकेपछि दक्षिण अफ्रिकाले प्रतियोगितामा दावेदारी कायमै राखने अवसर जुटाउको हो । नेदरल्याण्डका लागि लागि वेश्ले वारेसीले सार्वधिक ४४ रन बनाउनु बाहेक अन्यले निमनस्तरको प्रदर्शन गरेपछि टोली हारको सिकार बनेको हो । डच टोलीका ६ ब्याट्म्यान दोहोरो अङकमा रन नबनाउँदै पवेलियन फर्केका थिए भने अन्यले पनि २० रनको आकडा समेत कटाउन असफल रहे ।

त्यसअघि भारतको मोहाली क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ले पुरै ५० ओभर खेल्दै ५ विकेटको क्षतीमा ३५१ रनको मजबुत योगफल तयार पारेको थियोे । उसका मध्यक्रमका दुई ब्याट्सम्यान एवि डे भिल्लियर्स र हसिम अमलाले आकर्षक शतक प्रहार गरेका छन् । पहिले खेलमा पनि शतक प्रहार गरेका भिल्लियर्सले १३४ रन बनाए भने अमलाले पनि ११३ रनको पारी खेलेका थिए । उनीहरुले २२१ रनको हत्वपूणै साझेदारी गरेका थिए । यस्तै जेपी डुमिनीले पनि आक्रामक ईनिङ खेल्दै केवल ५ बलमा ४०रन बटुलेका थिए । नेदरल्यान्डका लागि रायन डोहेटले सर्वाधिक ३ विकेट लिएका थिए ।

No comments: