Friday, March 4, 2011

फागुन २० गते २०६७

नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराइको निधन

काठमाडौ, २१ फागुन । नेपाली काँग्रेसका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्राइको शुक्रबार राति अबेर निधन भएको छ । नेपाली राजनितीमा किसुनजीका रुपमा चिनिनुहने सन्त नेता भट्राइको राजधानिको नर्भिक अस्पतालमा उचारका क्रममा निधन भएको हो । ८७ बर्षीय पुर्व प्रधानमन्त्री भट्टराईलाई छाती, मुटु, फोक्सो र मृगौलामा समस्या देखिएपछि माघ २८ गते शुक्रबार उपचारका लागी नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको थियो । भट्राइको पार्थिव शरिरलाइ राति नै अस्पतालबाट उनको सरकारी निवास ललितपुरको बाँडेगाऊँ लगिएको छ । भट्राइको शवलाइ ललितपुरबाट शवयात्रा गरि दशरथ रंगशालामा लगिने र त्यसपछि आर्यघाट लगेर दाहसंस्कर गरिने काँग्रेस नेता अजुर्ननर सिंहकेसीले जानकारी दिनुभयो । 

कृष्णप्रसाद भट्टराई ः एक तस्वीर

Late Krishna Prasad Bhattarai
कृष्णप्रसाद भट्टराइ अर्थात नेपाली का“ग्रेसका नेता–कार्यकर्ताको मुखमा सधैं झुण्डीरहने प्यारो नाम किसुनजी । किसुनजीको जन्म विक्रम सम्बत्  १९८१ साल पौष कृष्ण द्वादशीका दिन भारतको विहारस्थित रामनगर राज्यमा भएको थियो । पिता पण्डित संकटाप्रसाद भट्टराई र माता ललितादेवीका ४ सन्तानमध्ये कान्छा छोराका रुपमा जन्मिएका भट्टराईको अध्ययन र राजनीतिक जीवनको शुरुवात भारतबाटै भएको थियो । भट्टराईका पुर्खा गोर्खा दरबारका पुरोहित पण्डित यज्ञेश्वर भट्टराईका छोरा श्रीपति भट्टराई पृथ्विनारायण शाहसंगै काठमाण्डौ आएका थिए । तर पछि राणा प्रधानमन्त्री वीरसमशेरको विरोधी भएपछि किसुनजीका बाजे पंण्डित विश्वनाथ भट्टराई सपरिवार बनारस निर्वासनमा गए । बाबुको बिँडो थाम्दै किसुनजीका बुबा संकटाप्रसाद पनि रामनगर राज्यका राजाकै पुरोहित बन्न पुगे । 

आफ्ना तीनैजना दाजुसंगै बनारसमा बसेर पढिरहेका भट्टराइ सन् १९४२ मा भएको भारत छोडो आन्दोलनमा सहभागि भए भने उनलाई अग्रेज सरकारबाट जेल हालियो । सन् १९४५ मा बनारस हिन्दु विश्वविद्यालयमा नेपाल छात्र संघको उपाध्यÔका रुपमा निर्वाचित भएपछि किसुनजी त्यहाँ बसेर पढ्ने नेपाली विद्यार्थीमाझ राजनीतिक चेतना फैलाउन सक्रिय भए । 

त्यतिखेर  बनारसमै अध्ययन  गरिरहेका विपि कोईराला  र उनका केही सहपाठीले पहिलेदेखि नै नेपालमा प्रजातान्त्रिक चेतना फैलाउन योजनाबद्ध संगठन शुरु गरिसकेका थिए । बनारसमा सक्रिय तीनै युवा विद्यार्थीहरुको पहलमा विक्रम सम्बत् २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो । नेपालको १०४ वर्È लामो निरङकुश जहानीया राणा शासन समाप्त पारेर प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले गठित राष्ट्रिय का“ग्रेसका संस्थापकमध्ये कृष्णप्रसाद पनि एक हुन् । देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको राष्ट्रिय का“ग्रेसका महामन्त्री भएका भट्टराईले २००३ माघमा कलकत्तामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा संगठन मन्त्रीको पद सम्हालेका थिए । 

एकातिर भारतले अंग्रेजबाट पाएको स्वतन्त्रता अर्कोतर्फ नेपालमा राणा शासकहरुको चर्को दमन । त्यसकै फलस्वरुप नेपाली युवाहरुको रगत उम्लिसकेको थियो । त्यतिबेलै राणाशासन ढालेरै छोड्ने अठोटसहित २००६ चैतमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र का“ग्रेसविच एकीकरण भएर नेपाली का“ग्रेसको गठन भयो । दुई पार्टी एकीकरणपछि बनेको नेपाली का“ग्रेसमा सहमहामन्त्रीको जिम्मेवारी पाएका किसुनजीले २००७ सालको सशस्त्र आन्दोलनमा  मुक्ति सेनाको कमाण्डरका रुपमा जनकपुर–उदयपुर कब्जा गर्ने सफल अभियानको नेतृत्व गरेका थिए । राजाको समर्थनमा नेपाली का“ग्रेसको नेतृत्वमा भएको आन्दोलनपछि २००७ साल फागुन ७ गते प्रजातन्त्रको स्थापना भयो । 

प्रजातन्त्र स्थापनापछि २००८ सालमा सल्लाहकारसभाका अध्यÔ भएका भट्टराईले २०१५ सालको महानिर्वाचनपछि स्थापित प्रतिनिधि सभाका प्रथम सभामुख अर्थात (स्पिकर)को दायित्व वहन गरेका थिए । संसदीय अभ्यासमा पाईला हाल्दै गरेको नेपाली राजनीतिमा किसुनजीले संसदीय शासन व्यवस्थामा सभामुख जस्तो विशिष्ट पदमा रहेर आफ्नो कुशल नेतृत्व दिएको उनका समकालीनहरु बताउँछन् । तर प्रजातन्त्रमाथि राजा महेन्द्रको कुदृष्टि परेपछि जननिर्वाचित संसद र वैधानिक सरकारका काममाथि दरबारीयाहरुको जासुसी र चुक्ली बढ्न थाल्यो । परिणामस्वरुप २०१७ साल पौष १ गते राजा महेन्द्रले सबै शासनसत्ता आफ्नो हातमा लिए र जननिर्वाचित संसद र सरकार विघटन गरे । 

सत्तासीन का“ग्रेसको युवा संगठन तरुण दलको भेला राजधानीको थापाथलीमा चलिरहेको थियो, पौष १ गते । महेन्द्रको आदेशमा सेनाले तरुणदलको सभास्थलबाटै प्रधानमन्त्री बीपी कोइरालास“गै किसुनजीलाइ पनि पक्राउ ग¥यो । त्यसपछि निरन्तर १० वर्ष उनले कठोर जेल जीवनको सामना गरे । योसंगै भट्टराईले भट्टराईले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी १४ वर्Èभन्दा बढी समय जेलमै बिताएका थिए । 

एक दशक लामो जेल जीवनबाट बाहिरीएलगत्तैै २०२७ साल वैशाख ६ गते नेपाल विद्यार्थी सङघको स्थापना समारोहको उद्घाटन गरेका भट्टराईले विद्यार्थी आन्दोलनलाई सधैं उर्जा र ढाडस दिइ नै रहे, सक्रिय राजनीति गरुँञ्जेल । २०३६ मा भएको राष्ट्रिय जनमत संग्रह घोषणामा उनकै निर्देशन र प्रत्यक्ष संलग्नतामा नेविसंघले प्रशस्त दवाब दिएको थियो । २०३४ सालमा विपि कोइरालाको स्वास्थ्य विग्रिएपछि पटना सम्मेलनबाट कार्यबाहक सभापति बनाइएका भट्टराई विपिको निधनपछि २०३९ सालमा पुनः कार्यबाहक सभापति भए । करीब २ दशकसम्म अनवरत रुपमा नेपाली का“ग्रेसको कार्यवाहक सभापति बनेका किसुनजीले का“ग्रेसलाई निरन्तर प्रजातन्त्र र समाजवादको बाटोमा हिडाउने प्रयास गरिरहे । २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा का“ग्रेसको नेताका हैसियतमा भट्टराईले पु¥याएको योगदान नेपाली लोकतान्त्रिक आन्दोलनमा संधैं स्मरण गर्ने गरिन्छ । 

पार्टी सभापतिका रुपमा २०४६ को जनआन्दोलन घोÈणा गरिएको Ôेत्रपाटी सम्मेलनको सभापतित्व गरेका भट्टराई प्रजातन्त्र पुनस्र्थापनापछि गठन भएको अन्तरिम सरकारका प्रधानमन्त्री बने । ६ बैशाख २०४७ देखि १२ जेठ २०४८ सम्म अन्तरीम सरकारको प्रधानमन्त्री बनेका किसुनजीकै सक्रियतामा राजा विरेन्द्रबाट २०४७ कात्तिक २७ गते नेपालको संविधान घोषणा भएको थियो । सक्रिय राजतन्त्र अन्त्य गरी संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र स्थापनासम्मको संक्रमणकाललाई कुसलतापूर्वक पार लगाएका किसुनजी सन्त नेताका रुपमा समेत कार्यकर्तामाझ छाइरहे । उनकै प्रधानमन्त्रीत्वकालमा नेपाल अधिराज्यको संविधान २०४७ घोषणा भयो, जसलाइ केही नेताहरुले समेत विश्वकै उत्कृष्ट संविधानको संज्ञा दिंदै आएका थिए । झापाको  कलवलगुडीमा २०४८ सालमा सम्पन्न आठौं महाधिवेशनमा सर्वसम्मतिबाट सभापतिमा निर्वाचित किसुनजी आफैले गरेको प्रतिनिधिसभा निर्वाचनमा भने एमालेका मदन भण्डारीसँग पराजित भए । २०१५, २०४८ र २०५१ मा भएका संसदीय निर्वाचनमा पराजित भएपनि अन्तिमपटक लडेको चुनाव २०५६ सालको आम निर्वाचनमा भने भट्टराई पर्सा Ôेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भए । 

का“ग्रेसको बहुमतमा २०५६ सालमा पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको प्रस्ताव र शेरबहादुर देउवाको समर्थनमा किसुनजी संसदीय दलको नेता हुँदा दोस्रोपटक प्रधानमन्त्री बने । तर पार्टीभित्र सभापति गिरिजाप्रसाद कोइरालासँग आन्तरिक द्वन्द्वका कारण एक वर्È नपुग्दै उनले पद त्याग्नुप¥यो । पार्टीमा आन्तरीक किचलोसंगै प्रधानमन्त्री पदबाट हटेका भट्टराई क्रमशः राजनीतिक रुपमा निष्कृय बन्न थाले । २०५८ सालमा पार्टीभित्रको आन्तरीक कलह तीव्र र सघन हु्दै गएपछि शेरबहादुर देउवाले पार्टी फुटाएर प्रजातान्त्रिक का“ग्रेस गठन गरेपनि भट्टराई सधैं एकताबद्ध का“ग्रेसको पक्षमा दृढ रहे, प्रजातान्त्रिक कांग्रेसलाई आशीर्वाद दिँदादिँदै पनि । पार्टी आस्था र सिद्धान्तमा दृढ रहेपनि सक्रिय राजनीतिबाट टाढि“दै गएका किसुनजीले २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले चालेको कदम सच्याएर माओवादीसंग समेत मिलेर जान सुझाव दिएका थिए । त्यही सुझाव नमान्दा ज्ञानेन्द्रले सत्ताबाटै हात धोएका थिए । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाइ आफ्नो आस्था र सिद्धान्त मान्दै आएको नेपाली का“ग्रेसले २०६२ सालमा गणतन्त्रमा जाने निर्णय गरेपछि किसुनजीले पार्टी निर्णयप्रति असहमति जनाउदैं आफू का“ग्रेसमा नरहेको घोषणा गरे । 

Congress Leader before Bhattrai dead
त्यसपछि पनि नेपाली का“ग्रेसले भने उनलाई आफ्नो नेताका रुपमा मान्दै आएको छ । आफ्नो जीवनकालमा २ पटक प्रधानमन्त्रीजस्तो उच्च ओहोदामा पुगेपनि किसुनजीलाइ कहिल्यै पद र पेैसाका मोह थिएन भन्छन् उनलाई नजिकबाट चिन्नेहरु । बनारसमा संस्कृतको अध्ययन गरेका सन्तनेता भट्टराईले जीवनका अन्तिम क्षणसम्म पनि गीता र छाता कहिल्यै छाड्ेनन् । जीवनभर अविवाहित किसुनजीलाइ जीवनका अधिकांश समय सहयोगी अमिता कपालीको साथ प्राप्त भएको थियो । खासगरी उनको जीवनको उत्तरार्धमा स्वास्थको हेरचाह र खानपानसहित हरेक दिनचर्यामा कपालीको साथ एउटा जीवनसंगिनीको भन्दा कम थिएन । हकी र निडर स्वभावका भट्टराई आफ्नो विचारसंग कोही सहमत होस् वा नहोस् त्यसमा दृढतापूर्वक उभिने गर्थे । राजनीतिका साथै पत्रकारीतामा समेत उत्तिकै चासो राख्ने भट्टराई विदेशी सरकार प्रमुखस“ग अन्तर्वार्ता लिने पहिलो नेपाली पत्रकार समेत हुन् । विक्रम सम्बत् २०१० मा नेपाल पत्रकार महासंघको स्थापना हुंदा भट्टराई संस्थापक सभापति थिए । 

पत्रकार महासंघले भट्टराईको सम्मानमा यसैवर्षदेखि कृष्णप्रसाद भट्टराई पत्रकारीता पुरस्कारको स्थापना समेत गरेको छ । गतवर्षदेखि फोक्सोको समस्याका कारण पटकपटक अस्पताल भर्ना भएका भट्टराईलाइ पछिल्ललो पटक फागुन ५ गते नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यही रोग नै उनको इहलीला समाप्तिको कारण बन्यो । सत्तामोह र पदलोलुपताका कारण जनचाहना र संविधान निर्माणको कामसमेत प्रभावित भैरहेको नेपाली राजनीतिमा सन्तनेता किसुनजी आदर्श राजनीतिका प्रेरक ब्यक्तित्व हुन । देशका लागि जीवन सुम्पेर पनि राज्यबाट केही नलिने सन्त नेता भट्टराईप्रति हाम्रो पनि श्रद्धासुमन । भट्टराइ नेपाल पत्रकार महासंघका संस्थापक सभापति समेत रहनु भएको थियो । 

अलविदा किसुनजी । 
DAILY KATHMANDU NEWS


प्रधानमन्त्रीद्वारा माओवादीलाइ सामेल गरेर मन्त्रीमण्डल विस्तारः महरा उप प्रधानमन्त्रीमा

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री निर्वाचित भएको एक महिनापछि प्रधानमन्त्री झलनाथ खनालले आज माओवादी मन्त्रीहरुलाइ सरकारमा सामेल गराएर मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीले माओवादीका तर्फवाट सरकारमा सामेल चारजना मन्त्रीहरुलाइ सफत गराइ मन्त्रीमन्डल विस्तार गर्नुभएको हो । माओवादीका तर्फवाट कृष्णबहादुर महरा उपप्रधान सहित सूचना तथा संचार, बर्षमान पुन अनन्त शान्ति तथा पुर्ननिर्माण, टोपबहादुर राउमाझी भौतिक योजना र खड्ग बहादुर विश्वकर्माले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । उहाँहरुले आज नै मन्त्रालय गइ आ–आफ्नो कार्यभार समेत सम्हान्लुभएको छ । 

संचारमन्त्रीमा नियुक्ति भए लगत्तै माओवादी नेता महराले नेपालको इतिहासमा लगातार तेस्रो पटक संचार मन्त्री बन्ने रेकर्ड राख्नु भएको छ । आफ्नै पार्टी नेतृत्वको सरकार र त्यसपूर्ब गिरिजा प्रसाद कोइराला नेतृत्वको सराकारमा समेत महरा संचारमन्त्री हुनुहुन्थ्यो । यसअघि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सहित सरकारमा जाने भनिएपनि मधेशी जनअधिकार फोरमले परराष्ट्रको दावी गरेपछि महरा संचारमा जानु भएको हो । प्रधानमन्त्रीले तेस्रो चरणमा मधेशी जनअधिकार फोरम सहित साना पार्टीलाइ समेत सहभागि गराएर मन्त्रीमण्डललाइ पूर्णता दिने तयारी गर्नुभएको उहाँ निकटस्थ स्रोतले बताएका छन । लामो अन्यौलता समाप्तगर्दै माओवादी सरकारमा सामेल भएकोले वर्तमान सरकार बलियो बन्दै गएको विश्लेषण गरिएको छ । आजै विहान बसेको माओवादी स्थाई कमिटीको बैठकले चार जनालाई मन्त्रीमन्डलमा पठाउने निर्णय गरेको थियो ।

यसैवीच सफत ग्रहणपछि पत्रकारसंग संक्षिप्त कुरागर्दै उपप्रधानमन्त्री महराले प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सातबुदे सहमतिको स्पिरिड अनुसार शान्ति र संविधान निर्माणगर्न आफूहरु सराकारमा सामेल भएको बताउनुभयो । उहाँले सातबहुे सहमतिको गलत व्याख्या गरिएको दावीगर्दै सातबुदे सहमति कार्यान्वयन हुने बताउनुभयो । सफतग्रहण कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत उपस्थित हुनुहुन्थ्यो । 

त्यसअघि आजै बसेको माओवादी स्थायी समिती बैठकले सरकारमा सहभागि हुने ४ जनाको नाम सिफारिस गरेको थियो । सरकारमा जान धेरै जनाको नाम प्रस्तावमा उठेपछि माओवादीले सरकारमा जाने निर्णय गरे पनि नेताहरुको नाम टुंगो लगाउन सकेको थिएन् । देव गुरुङ र गिरिराजमणि पोखरेललाई पनि सरकारमा पठाउने भनिए पनि उनीहरुको मन्त्रालय र अरु नेताहरुको नाममा अझै सहमति भएको छैन् । बा“की नेताहरुको नाम समानुपातिक रुपमा भोलिसम्म टुंगो लगाउने माओवादी प्रवक्ता दिनानाथ शर्माले बताउनुभयो । एमालेस“ग माओवादीले ११ मन्त्रालय पाउने सहमति भएको थियो । प्रधानमन्त्री झलनाथ खनालले गृह अहिले आफैस“ग राखेर केहीसमयपछि माओवादीलाई दिने आश्वासन दिएपछि माओवादीले त्यही रणनीति अनुसार सरकारमा जाने निर्णय गरेको हो ।

सम्वैधानिक उपसमितिद्वारा तीस प्रश्नमा सैद्धान्तिक सहमतिः 

काठमाण्डौ, फागुन २० । नयाँ संविधान निर्माणका क्रममा देखिएका बिबाद समाधान गर्न सबैधानिक समिति अन्तरगत गठित उपसमितिले ७५ वटा बिबाद मध्ये ३० वटामा सैद्धान्तिक सहमती जुटाएको छ । संविधानसभा सचिवालय सिंहदरवारमा विहान बसेको बैठकले व्यवस्थापिकीय अंगको स्वरुप निर्धारण समिति अन्तरगतका ३० विबादमा सहमति गरेको कार्यदलका एमाले सदस्य माधवकुमार नेपालले जानकारी दिनुभयो । 

उपसमिति संयोजक पुष्पकमल दाहाल प्रचण्ड उपस्थित नभएका कारण औपचारिक निर्णय भने हुन नसकेको नेपालले बताउनुभयो । 

विषयगत समितिमा प्रस्तावित १५१ सदस्यीय प्रतिनिधि सभाको संख्या बढाउनेवारे छलफल भएको कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उपसमितिले यसअघि केन्द्रीय व्यबस्थापिका संसद दुइ सदनात्मक बनाउने सहमति गरेपनि प्रतिनिधित्वको आधार र संसदमा रहने सदस्यको संख्यामा सहमति जुटेको छैन । प्रतिनिधिसभा १७५ सदस्यीय र राष्ट्रिय सभा ५१ सदस्यीय राख्नेमा सहमति जुटने संभावना रहेको एक सदस्यले बताए । निर्वाचन प्रणालीमा सहमति भएपछि यसको टुङ्गो लाग्ने कागे्रस नेता पौडेलले बताउनुभयो । 

छ महिनामा मध्यावधि निर्वाचन गर्नेगरी प्रतिनिधि सभा विघठन भएको अबस्थामा तोकिएको समयमा निर्वाचन हुन नसके निर्वाचन नहादा सम्मकोलागि प्रतिनिधिसभाको काम राष्ट्रिय सभाले गर्ने प्रस्ताव आएको समिति सदस्य कल्पना राणाले जानकारी दिनुभयो । फागुन मसान्तभीत्र विबाद निरुपणगर्न गठित उपसमितिको बैठक आगामी आइतवार पुनः बस्नेछ । 

मृत्यु त्यस्तो होस् जहाँ जनताको आँखा होइन मन रोओस् ः अलबिदा डायमण्ड शमशेर 

Late Diamond Shamsher
काठमाडौँ, २० फागुन । वरिष्ठ साहित्यकार डायमन्ड शमशेर राणाको ९३ बर्षको उमेरमा आज साँझ निधन भएको छ । लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पिडीत साहित्यकार राणाको दुबै मृगौलाले काम गर्न छाडेपछि राजधानीको थापाथली स्थित नर्भिक अस्पतालमा निधन भएको हो । 

रगतमा हेमोग्लोबिनको मात्राको कमि भएपछि राणालाइ गत मंगलबार अस्पतालमा भर्ना गरिएको थियो । राणा ऐतिहासिक उपन्यासहरु सेतो बाघ, बसन्ती, अनिता, सत्प्रयास लगायतका कृतिका रचयिता समेत हुनुहुन्छ । राणाका सेतो बाघ उपन्यास अङग्रजी, जापानिज सहित १२ भाषामा प्रकाशित भएको छ । 

साहित्यकार राणाको सन् १९७५ आषाढ २१ गते पाल्पामा जन्म भएको थियो । २००७ सालमा राजनितीमा समेत सक्रिय हुनुभएका साहित्यकार राणा १०४ बर्षे राणा साशन विरुद्ध लेख्ने प्रगतिशिल साहित्यकार हुनुहुन्थ्यो । राणा परिवारमा जन्मिएर पनि राणाशासन विरोधी २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुभएका साहित्यकार डायमन शमशेर आन्दोलनकै क्रममा गिरफ्तार भई सिंहदरवारमा थुनिनुभएको थियो । राणाशासनको अन्त्यपछि उहाँ रिहा हुनुभएको थियो । सन् १९५४ मा नेपाली काँग्रेसमा आबद्व हुनुभएका राणा तीनपटकसम्म ललितपुर जिल्लाको नेपाली काँग्रेसको पार्टी सभापति हुनुभएको थियो । विसं २०१७ मा राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्था खोसेपछि सुरक्षा कानुनअन्र्तगत उहाँ भद्रगोल र नख्खु जेल पर्नुभएको थियो । 

राणाको पार्थीव शरिरलाइ भोली दिउँसो श्रद्धाञ्जलीका लागी प्रज्ञा प्रतिष्ठानमा राखिने र त्यसपछि भोलीनै पशुपती आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

धरैटिपछि कंशकार रिहाः 

काठमाडौँ, २० फागुन । फ्रान्सको विमान कम्पनी एअरवसले वैना वाफतको रमक फीर्ता गरेपछि थुनामा रहेका नेपाल वायु सेना निगमका तत्कालिन अध्यक्ष शुगतरत्न कंशाकार आज रिहा हुनु भएको छ । वैना मार्फत दिएको साढे सात लाख अमेरीकि डलर एअर बसले फीर्ता गरेपछि कंशकार आजै धरौटि बुझाउँदै बिषेश अदालतको आदेशबाट रिहा हुन भएको छ ।  

बैना फिर्ता आए लगतै कंसाकारको धरौटीमा प्राइम कमर्सियल बैक जमानी बसेपछि उहाँ रिहाइ हुनु भएको हो । निगम संचालक समितिको निर्णय विना नै एअर बसलाइ बैना पठाएर भष्ट्राचार गरेको भन्दै अख्तियारले उनि बिरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले मागेको ५ करोड रुपैया धरौटि राख्न नसकेपछि कंशकार गतसाता थुनामा परेका थिए । उनिसंगै भष्ट्राचार अभियोगमा मुछिएका अन्य ५ जना भने यसअघि नै धरौटिमा रिहा भएका थिए । कंशकारलाइ थुनेको भन्दै काठमाण्डौका नेवार समुखाय आन्दोदनमा उत्रेका थिए । 

यसैबीच युरोपेली जहाज निर्माता कम्पनी एयरबसले नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि पठाएको बैना रकम फिर्ता गरेको छ । हिमालयन बैंकको खाता नम्बर ००३००४०६३३००४८ मा एयरबस कम्पनीले फिर्ता पठाएको बैना रकम जम्मा भएको नेपाल वायुसेवा निगम कर्मचारी सङ्घका अध्यक्ष तारिणीप्रसाद दाहालले जानकारी दिनुभयो । 

उहाँले निगमको हिमालय बैंकको सो खातामा पठाएको रु सात लाख ४९ हजार ९९२ अमेरिकी डलर अर्थात रु पाँच करोड ७३ लाख ७२ हजार बैना रकम पठाएको र बैंकको स्टेटमेन्ट निगममा आइपुगेको बताउनुभयो । 

अर्को दस्ता थप अराजकता ः केपी ओली 

काठमाडौँ, २० फागुन । एमाले नेता केपी शर्मा ओलीले माओवादीले अर्को दस्ता बनाई अराजकता मच्याउन खोजेको आरोप लगाउनुभएको छ । आज राजधानीमा भएको कार्यक्रमा बोल्दै एमाले नेता ओलीले माओवादीले अर्को दस्ता बनाई अराजकता मच्याउन खोजेको आरोप लगाउनुभएको हो । उहॉले वाईसीएलको अर्धसैन्य संरचना भंग नगरिकन अर्को दस्ता बनाएर माओवादीले शान्ति र संविधान भाड्न खोजेको आरोप लगाउनुभयो । नेता ओलीले जनताको चाहन विपरित कसैले शान्तिप्रत्रिया भाड्न खोजे कसैले मुक्ति नपाउने दाबी गर्नुभयो । 

जनतामा भय रहित वाताबरण बनाउः प्रधानमन्त्री

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री झलनाथ खनालले मुलुक जटील राजनीतिक संक्रमणकालवाट गुज्रीरहेकोले शान्ति सुरक्षा सुद्रिढ गर्ने काममा लाग्न सशस्त्र प्रहरीलाइ निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको आठौं दीक्षान्त समारोहलाइ आज कास्किको लेखनाथमा संवोधनगर्दै प्रधानमन्त्री खनालले ऐतिहासिक जनक्रान्तिका उपलब्धिहरु संस्थागत गरी शान्तिप्रक्रिया र संविधान निर्माणको काम बाकी रहेकोले संक्रमणकालिन परिस्थितिको नाजायज फाइदा उठाउँदै समाजमा अस्तव्यस्तता र अराजकता फैलाउन चाहने तत्व विरुद्ध सतर्क रहन प्रहरीलाइ निर्देशन दिनुभएको हो । शान्ति र संविधान निर्माण विरुद्ध लाग्ने तत्वहरुलाई नियन्त्रण गर्ने र परिवर्तनको प्रक्रियालाई अघि बढाउन सरकारलाई निष्ठाकासाथ सघाउन सुरक्षा निकायले जिम्मेवारी बहन गर्नेपर्ने प्रधानमन्त्रीको भनाइ थियो । 

अवान्छित गतिविधिलाई निस्तेज पार्दै जनतामा भयरहित वातावरण सिर्जना गर्ने कामगर्न खनालले प्रहरीलाइ निर्देशन दिनुभयो । ‘जनताले चाहेको परिवर्तनलाई आत्मसात् गर्दै मुलुक अहिले नयाँ दिशामा अग्रसर हुँदैछ, हामीहरु यतिबेला शान्ति र संविधान निर्माण गर्ने दृढ संकल्पका साथ अघि बढ्न खोजिरहेका छौं प्रधानमन्त्री खनालले भन्नुभयो– यो संकल्पलाई पूरा गर्न सबै प्रमुख राजनीतिक दलहरु दृढ प्रतिज्ञ हुनु जरुरी छ ।’ समुन्नत नयाँ नेपाल निर्माण गरी नेपाली जनताको सुनौलो भविष्य सुनिश्चित गर्ने दायित्व दलहरुसंग रहेको स्मरणगर्दै प्रधानमन्त्रीले देश महत्वपूर्ण र संवेदनशील घडीमा उभिएका बेला समाजका सबै तह र तप्काका जनताबाट सरकारलाई सहयोगको अपेक्षा राखिएको बताउनुभयो । 

नयाँ सरकार गठन भएदेखि नै सरकार ढाल्ने षड्यन्त्र शुरुः बैद्य

काठमाडौं, २० फागुन । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य किरणले नयाँ सरकार गठन भएदेखि नै सरकार ढाल्ने षड्यन्त्र शुरु भइसकेको दाबी गर्नु भएको छ । सरकार गिराउँने खेल शुरु भएपनि आफ्नो पार्टीले त्यसलाई सफल हुन नदिने उहाँले स्पष्ट पार्नु भयो । 

राजधानीमा आज आयोजित एक कार्यक्रममा उपाध्यक्ष बैद्यले शान्ती र संविधान निर्माणमा बाधा उत्पन्न गरिए जनबिद«ोहमा जाने चेतावनी समेत दिनुभयो । शान्ती संविधान र जनबिद«ोहलाई संग संगै लिएर जाने उहाँको भनाई थियो । नेपालीको संविधान नेपालीले नै लेख्न सक्ने भन्दै नेता बैद्यले आफूहरुलाई बिदेशी हस्तक्षेप अस्वीकार्य भएको उल्लेख गर्नुभयो । माओवादीले नयाँ प्रकारको लोकतन्त्र स्थापना गर्न चाहेको बताउँदै उहाँले काँग्रेस लगायतका दलहरुलाई पनि सँगै लिएर अगाडी बढ्न चाहेको बताउनु भयो । 

खेल समाचार 
बिश्व कप क्रिकेट 

बिश्व कप क्रिकेट अन्र्तगत समूह चरणको आजको भएको खेलमा न्युजिल्यान्ड र बेष्ट ईन्डिज विजयी भएका छन् । आज भएको पहिलो खेलमा न्युजिल्याण्डले जिम्बाबेलाई १० विकेटको भारी अन्तरले पराजित गरेको छ भने बेष्ट ईन्डिजले बङगलादेशसँग ९ विकेटको प्रभावशाली जित दर्ता गरेको छ ।  

पहिलो खेलमा जिम्बाबेले दिएको १६३ रनको झिनो लक्ष्य पछ्याएको न्युजिल्यान्डले केवल..३३ .ओभर ३ बल खेल्दै कुनै विकेट नगुमार्य लक्ष्य पार गरेको थियो । किविज टोलीलाई जितसमम डोराउन ब्रन्डम म्याकुलमलले...७६.तथा मार्टिन गुप्तीलले...८६..रनको योगदान गरेका थिए । भारतको अहमदाबादमा भएको खेलमा टस जितेर व्याटिङ गरेको जिम्बाबेले खराव प्रदर्शन गर्दै ४६ ओभर २ बलमा अलआउट हुनुअघि केवल १६३ रनको चुनौती प्रस्तुत गरेको थियो । जिम्बाबेका लागि ब्रेन्डन टेलरले ४४ रन तथा प्रोस्पर उत्सेआले ३६रन बनाउनु बाहेक अन्यले ठोस योगदान गर्न नसक्दा टिम कम योगफमै समेटिन पुगेको थियो । न्युजिल्यान्डका लागि टिम साउथीले ३ तथा काए मिल्स र कप्तान डेनिएल भेट्टोरीले २–२ विकेट लिएका थिए ।

स्तै आजै भएको समूह चरणको अर्काे खेलमा बेस्ट ईन्डिजले बङगलादेशलाई ९ विकेटले पराजित गरेको छ । बङगलादेशले दिएको ५९ रनको लक्ष्य ईन्डिज टोलीले १२ ओभर २ बल खेल्दै केवल १ विकेट गुमाएर भेट्टाएको थियो । उसका डेभोन स्मिथ ६ रन बनाई आउट भए भने क्रिस गेल ३७ र डारेन ब्राभो ९ रन बनाई नटआउट रहे ।

त्यसअघि बङगलादेशको मिरपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बङगलादेशले १८ ओभर ५ बलमा अलआउट हुनुअघि केवल ५८ रनमात्र जोड्न सकेको थियो । उसका जुनादिन सिद्धिकीले २५ र मोहम्मद अस्रफुलले ११ रन बनाउनु बाहेक अन्य ८ खेलाडी दोहोरो अङकममा रन नजोड्दै पवेलियनको बाटो फर्किएका थिए । आठ ब्याट्सम्यानले त ५ रनको आकडा पनि कटाउन नसकेपछि बङगलादेश लज्जास्पद प्रदर्शन गर्न बाध्य भयो । बङगलादेशको यो स्कोर विशवकप ईतिहासमा नै सबैभन्दा कम रन योगफल पनि हो । बङगलादेशलाइ सस्तैमा खुम्चाउन सुलेमान विनले ४ तथा केमार रोच र डारेन सामीले ३ –३ विकेट लिएका थिए ।

No comments: