सन्त नेता अनन्त यात्रामा
काठमाडौँ, २१ फागनु । उपचारका क्रममा हिजो निधन हुनुभएका नेपाली प्रजातान्त्रिक आन्दोलनका धरोहर स्वर्गीय कृष्ण प्रसाद भट्टराईकोे भोली पशुपति अर्याघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ । अन्तेस्टी पूर्व स्वर्गीय भट्टराईकोे पार्थिब शरिरलाई भोली बिहान ८ बजेदेखि १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागी कङग्रेस पार्टी कार्यलय सानेपामा राखिने छ । यस्तै १२ बजेदेखि २ बजेसम्म श्रद्धान्जलीका लागि दशरथ रङशालामा राखिने र त्यसलगत्तै शवयात्रासहित पशुपती आर्यघाट पुराईने नेपाली काँग्रेशले जनाएको छ । निसन्तान भट्टराईलाई दागबत्ती दिन उहाँका भतिजाहरु भारतको नयाँ दिल्लिबाट आईसकेको एक कङग्रेस नेताले जानकारी दिनुभयो ।

त्यस्तै सभामुख सुभाषचन्द्र नेम्वाङ,पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल, एमाले बरिष्ट नेता केपी शर्मा ओली, महासचिब इश्वर पोख्रेल, राप्रपाका अध्यक्ष पशुपति शम्शेर जवरा लगायतका नेताहरु पनि अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्न बाडेगाउ पुग्नु भएको थियो । उहाँको शबलाई श्रद्धाञ्जलीका लागी आज दिन भरि नै भट्टराई आश्रम बाँडेगाउँमा राखिएको थियो ।
८७ बर्षिय भट्टराईको थापथली स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा गएराती ११ बजेर २६ मिने जाँदा निधन भएको थियो ।
सरकारको समर्पण तिन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइने
काठमाडौँ, २१ फागुन । सरकारले हिजो स्वर्गारहण हुनुभएका पूर्व प्रधानमन्त्री एवं कङग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको निधन प्रति गहिरो दुख ब्यक्त गर्दै तिन दिन सम्म राष्ट्रिय झण्डा आधा झुकाउने निणर्य गरेको छ । साथै सरकारले भट्टराइको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने समेत निणर्य गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले भट्टराईकोे निधनमा भोली सार्वजनिक बिदा निणर्य गरेका छ । बैठकपछि सरकारका प्रवक्ता गंगाधर तुलाधरले पुरानै चलन अनुसार पूर्व प्रधानमन्त्रीलाइ दिइने गरको सम्मान बराबरको सम्मान भट्राइलाइ पनि दिन लागिएको बताउनुभयो । पूर्व प्रधानमन्त्री भट्टराईको निधनमा सरकारले शोक समेत ब्यक्त गरेको छ ।
यसैबिच नेपाली कंग्रेशका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईको निधनका कारण सरकारले भोली आइतबार सार्वजानिक बिदा दिएपछि भोली हुने त्रिभुवन बिश्वबिद्यालय अन्तरगतको स्नतक तह प्रथम बर्षको परिक्षा पनि सरेको छ । भोली हुने परिक्षा आगामी चैत ४ गते हुने बिश्वबिद्यालय परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
मृत्यु पछि कसले के भने भट्राइका सम्बन्धमा ः शब्द सुमन किसुनजीलाई
काठमाडौँ, २१ फागुन । सादा जीवनशैली र निस्वार्थ राजनीतिबाट आफ्नो छविलाई उचाई दिनुभएका पूर्व प्रधानमन्त्री एवं कङग्रेस संस्थापक नेता स्व.भट्टराई नेपाली प्रजातान्त्रिक आन्दोलका पर्यायका रुपमा राष्ट्रपति,दलका नेता तथा सर्वसाधारणले सम्झिएका छन् । साथै उनीहरुले उहाँको निधनले स्तब्ध पारेको बताएका छन् ।
राष्ट्रपती डा रामवरण यादवले नेपाली काँग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको देहावसानबाट आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ । राष्ट्रपतिको कार्यालयबाट आज जारी शोक वक्तव्यमा राष्ट्रपति डा यादवले स्वर्गीय राजनेता भट्टराई सिद्धान्त र मान्यता विपरीत कहिल्यै सम्झौता नगर्ने अपराजेय नेता रहनुभएको जनाउनुभएको छ । उहाँ लोकतन्त्रका अभिभावकसमेत हुनुहुन्थ्यो भन्दै वक्तव्यमा स्वर्गीय भट्टराईको सात दशक लामो राजनीतिक जीवनमा अहिंसावादी चिन्तन र त्यागको नेपाली प्रतिमूर्ति भई जीवन बिताउनुभएको उल्लेख छ ।उहाँको जीवनशैली स्वच्छ छवि र राष्ट्रवादी व्यवहार वर्तमान र भावी पुस्ताका निम्तिसमेत अनुकरणीय रहने राष्ट्रपति डा यादवद्वारा जारी वक्तव्यमा जनाइएको छ । वक्तव्यमा राष्ट्रपति डा यादवले स्वर्गीय भट्टराईको निधनबाट शोकाकूल नेपाली जनता र परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री झलनाथ खनालले नेपाली काँग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको असामयिक दुःखद निधनप्रति राज्य, सरकार, जनता र आफ्नो व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । ललितपुर बाडेगाउँस्थित भट्टराई आश्रममा पुगेर आज बिहान स्वर्गीय भट्टराईको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेपछि प्रधानमन्त्री खनालले भट्टराई नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष भएको बताउनुभयो ।
लोकतन्त्रलाई संस्थागत गर्दै शान्ति र नयाँ संविधान जारी गर्न वर्तमान सरकार लागिरहेको र स्वर्गीय भट्टराईको सपना पनि यही भएकाले यसलाई सफल पार्न वर्तमान सरकार प्रतिबद्ध रहेको छ, प्रधानमन्त्री खनालले भन्नुभयो । लामो ऐतिहासिक लोकतान्त्रिक आन्दोलनको स्वर्गीय भट्टराई चहकिलो व्यक्तित्व भएको चर्चा गर्दै प्रधानमन्त्री खनालले किसुनजीसँग आत्मीयरुपमा काम गर्ने आफूले मौका पाएको स्मरण गर्नुभयो । स्व भट्टराईको पार्थिव शरीर हामीबीच नरहे पनि नेपाली जनताले आफनो हृदयमा भट्टराईलाई पाइरहने विश्वास प्रधानमन्त्री खनालले व्यक्त गर्नुभयो ।
नेपाली कग्रेशका सभापति शुशील कोइरालाले पनि सस्थापक नेता भट्टराईको निधनले राष्टलाई अपुरणीय क्षति पुगेको बताउनु भएको छ । भट्टराईको बाँडेगाउँ स्थित आश्रममा आज बिहान सञ्चारकर्मी सँग कुरा गर्दै सभापति कोइरालाले स्वर्गीय भट्टराईको कग्रेशले उच्च मुल्याङन गर्ने बताउनु भयो । सभापति कोइरालाले स्वर्गीैय भट्टराई सच्चा लोकतन्त्रबादी र निष्ठावान हुनुहुन्थ्यो भन्दै उहाँको निधनले मुलुकले एक सच्चा नेता गुमाएको टिप्पणी गर्नु भयो ।
यस्तै विभिन्न दलहरुले पनि आज प्रेश विज्ञप्ती जारी भट्टराईको निधनप्रथि शोक ब्यक्त गरेका छन् ।
नपाली काँग्रेसद्धारा १३ दिने शोकको घोषणा
काठमाडौँ, २१ फागनु । नेपाली काँग्रेशले पार्टीका संस्थापक नेता तथा पुर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधन प्रति गहिरो शोक ब्यक्त गर्दै शोक सन्तब्ध परिवार प्रति हार्दिक समबेदना प्रकट गरेको छ । भट्टराई आश्रम बाँडेगाउमा आज बिहान बसेको काँग्रेश केन्द्रिय समितीको आकश्मिक बैठकले भट्टराईको निधन प्रति शोक प्रकट गर्न १३ दिन सम्म पार्टीको झण्डा आधा झुकाउने र चैत्र २ गते राजधानीमा शोकसभा गर्ने निर्णय गरेको छ । १३ दिन सम्म कुनै पनि औपचारीक कार्यक्रम नगरिने काँग्रेशले जनाएको छ । काँग्रेशले भट्टराईको उपचारमा सलग्न चिकित्सक लगायत उहाँलाई अन्तिम समय सम्म सहयोग गर्ने सबैलाई धन्यबाद समेत प्रदान गरेको छ ।
निष्ठा र त्यागको राजनीतिमा अब खडेरी
काठमाडौँ, २१ फागुन । निस्वार्थभावमा जनता र राष्टप्रतिको त्याग नै एउटा राजनेताको विषेशता हो । त्यही विषेशताको खडेरि परिरहेको वर्तमान राजनीतिक परिवेशमा निष्ठा र त्यागको पर्ययवाची मानिनु हुने सन्त राजनीतिज्ञ कृष्णप्रसाद भट्टराईको निधनले त्यागको राजनीतिमा थप खडेरि पर्ने चिन्ता आज ललितपुरको बाँडेगाँउ पुगेका सबैको अनुहारमा देखियो ।
६ दशक लामो राजनीतिक जीवनमा व्यक्तिगत र गुटगत स्वार्थभन्दामाथि रही निस्वार्थ छवि प्रस्ततु गर्न सफल पूर्व प्रधानमन्त्री भट्टराईको अवसानमा यतिबेला निष्ठा र त्यागको राजनीतिको बीउको पनि अन्त्य भएको महशुस सबैले गरेका छन् ।
भारतमा अध्ययन गर्ने क्रममा बिक्रम सम्बत १९९९ सालमा भारत छोड आन्दोलनबाट राजनीति सुरु गरी नेपाली काँग्रेसको नेतृत्व समेत सम्हाल्नभभई २०४६ परिी नेपाली काँग्रेसको नेतृत्व समेत सम्हाल्नभभई २०४६ पछि २ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालीसक्नु भएका भट्टराईललाई पार्टीबाटै उपेक्षित बनाएपछि भने २०५८ सालबाट राजनीतिमा निष्क्रिय रहदै आउनु भएको थियो ।
काँग्रेसको विभाजनबाट थप विक्षिप्त बन्नु भएका उाँलाई पछिीलो समयमा सरकारले ललितपुरको बाडेगाउँमा आश्राम निर्माण गरी त्यही बस्न थाल्नु भएको थियो ।
१०४ बर्षको जहानीय राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गर्न ऐतिहाुिसक भुमिका निर्वाह गर्नुभएका सन्त नेता एंव कंग्रेश संस्थापाक अब हामीमाझ हुनुहुन्न । ८७ बर्षको उमेरमा हिजो राती काठमाण्डौको नार्भिक अस्पतालमा हामीबाट सदाका लािग बिदा लिनु भएको छ ।
उहाको भौतिक शरिर हामीमाझ नभएपछि उहाले देश र राजनीतिका लागि गर्नुभएको योगदान हामीसंगै छ । लोभ र लालचीबाट टाढा रही देशका लागि भनेर आफ्नो निजी स्वार्थलाई कहिल्यै प्रमुखता नदिने सन्त नेता भट्टराईको यही छविलाई अबको दिनमा दल र नेताहरुले अनुकरण गर्न सके उहाँ युगौसम्म हामीमाझ अमर रहनु हुनेछ ।
सरकारले पूर्णता चाँडै पाउँछ–प्रधानमन्त्री
काठमाडाँै, २१ फागुन । प्रधानमन्त्री झलनाथ खनालले नयाँ संविधान र शान्तिप्रक्रियालाई पूर्णता दिन सरकार सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । शान्ति र संविधान नेपाली जनताको भविष्यसँग जोडिएको बताउँदै खनालले सरकारको पहिलाृ प्राथमिकता नै शान्ति र संविधानको पूर्णता भउको दोहोराउनुभयो । यदु स्मृति प्रतिष्ठान रुकुमद्वारा आज आयोजित १२ औं यदु स्मृति दिवस तथा यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले एक महिनासम्म सरकार विस्तार नहँुदा मुलुकमा अन्यौल छाएको भए पनि हिजोको मन्त्रिपरिषद् विस्तारले यस्तो अन्यौलको अन्त्य गरेको दावी गर्नुभयो । अब चाडै नै सरकारले पूर्णता पाउने र यही सरकारले नै नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्ने खनालदको भनाई छ ।
नयाँ संविधान सबै नेपाली जनताको आकाङ्क्षाअनुसार बन्नुपर्ने र यसरी बनेको संविधानले विभेदको अन्त्य, मुलुकमा आमूल परिवर्तन तथा अभाव र महँगीको अन्त्य गर्नुपर्नेमा प्रधानमन्त्री खनालले जोड दिनुभयो । उहाँले यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार कालिकोट पत्रकार तुलाराम पाण्डेलाई प्रदान गर्नुभयो । सो पुरस्कारको राशि १० हजार रुपैया रहेको छ ।
जनबिद्रोह भन्दा ठूलो त्याग गर्ने रे प्रचण्डले
एकिकृत नेकपा माअोबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र संबिधान पुरा नभए जनबिद्रोह भन्दा ठूलो त्याग गर्नुपर्ने बताउनुभएको छ । माओवादीको कोचिला राज्य समितिले ईलामको सुखानीमा आयोजना गरेको शहिद हरुको श्रद्धाञ्जली कार्यक्रमलाई अध्यक्ष प्रचण्डले शान्ति र संबिधानमा षडयन्त्र भए जनयुद्ध र जनबिद्रोह भन्दा ठूलो त्याग गर्नुपर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले जनबादी क्रान्ति अझैपनि पुरा नभएको भन्दै क्रान्ति पुरा गर्नका लागि सचेत रहन कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाले माओबादीमा पनि एमालेको जस्तै अवस्था आउनसक्नेमा सचेत गराउदै पार्टीलाई जोगाउनु कार्यकर्ताको जिम्मेवारी भएको धारणा राख्नुभयो । मन्त्रिपरिषदले हिजैबाट पूर्णता पाइसकेको भन्दै अध्यक्ष प्रचण्डले सेना समायोजनको कामपनि छिट्टै पुरा हुने दाबी गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले विसं २०२९ फागुन २१ गते सुखानीमा हत्या गरिएका झापा विद्रोहका नेताहरूे परिवारलगायत अन्य सहिद र बेपत्ता परिवारलाई सम्मान गर्नुभएको थियो । झापा विद्रोहका पाँच जनालाई कारागार सार्ने बहानामा सुखानीमा पु¥याएर तत्कालीन सरकारले हत्या गरेको थियो ।
नेपाली साहित्यका हिरा–अलबिदा
काठमाडौँ, २१ फागुन । हिजो उपचारका क्रममा निधन हुनु भएका वरिष्ठ साहित्यकार डायमन्ड शमशेर राणाको आज अपरान्ह पशुपती आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय राणाको पार्थिव शरीरलाई विशिष्ट व्यक्तिको दाहसंस्कार गर्ने स्थलमा उहाँका छोरो रघुशम्शेर राणाले दागबत्ती दिनुभएको थियो । अन्त्येष्टिका बेला उहाँका आफन्त, साहित्यकार, कलाकार र शुभेच्छुकको सहभागिता रहेको थियो ।
अन्तेष्टि अघि उहाँको पार्थीव शरिरलाइ अन्तिम श्रद्धाञ्जलीका लागी कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । उहाँलार्य अन्तिम श्रद्धानज्ली दिनका लागि प्रधानमन्त्री झलनाथ खनाल,पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल,सभामुख,विभिन्न दलका नेताहरु तथा सर्वसाधारण र शुभेच्छुकहरु प्रज्ञा भवन पुगेका थिए ।
नेपाली आख्यानका मुर्धन्य स्रस्टा स्वर्गीय राणा ऐतिहासिक उपन्यासहरु सेतो बाघ, बसन्ती, अनिता, सत्प्रयास लगायतका कृतिका सर्जक हुनुहुन्थ्यो । राणाका सेतो बाघ उपन्यास अङग्रजी, जापानिज सहित १२ भाषामा प्रकाशित भएको छ । २००७ सालमा राजनितीमा समेत सक्रिय हुनुभएका साहित्यकार राणा १०४ बर्षे राणा साशन विरुद्ध लेख्ने प्रगतिशिल साहित्यकार हुनुहुन्थ्यो ।
लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पिडीत ९३ बर्षिय राणाको दुबै मृगौलाले काम गर्न छाडेपछि राजधानीको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएका राणको उपचारका क्रममा अस्पतालमा नै निधन भएको थियो ।
खेल समाचार
विश्वकप क्रिकेट

बर्षाका कारण खेल रोकिनु अघि टस जितेर ब्याटिङ गरको ३२ ओभर ५ बल खेल्दै ३ विकेट गुमाएरर १४६ रन बनाएको थियो । खेल स्थगित हुनु अघि क्रिजमा श्रीलङ्काका कुमारा साङ्गाकारा अर्धशतकिय ७३ रन तथा सामराविरा ३४ रन बनाइ नट आउट रहेका थिए । श्रीलङकाका तिलकरत्ने दिल्सान ४ रन बनाई सन टेटको बलमा तथा उपुल थाराङगा ६ रन बनाई ब्रेट लीको बलमा आउट भएका थिए । त्यस्तै महेला जयबद्धने २३ रन बनाएर रन आउट भएका थिए ।
No comments:
Post a Comment