कृष्ण प्रसाद भट्टराइ अब सम्झनामा मात्र ः पशुपति आर्यघाटमा अन्तेष्टि
![]() |
Death of Krishna Prasad Bhattarai (Former Leader Nepali Congress) |
काठमांडौ, २२ फागुन । पुर्वप्रधानमन्त्री एबम् नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको आज राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको छ । सन्त नेता भट्टराईको आज अपरान्ह पशुपती आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको हो । उहाँको पार्थिव शरीरलाइ भतिज प्रमोद भट्टराइले दागबत्ती दिनु भएको थियो । अन्तिम संस्कारका क्रममा भट्टराइलाइ नेपाली सेनाले १३ तोपको शलामी दिएको थियो ।
दाहसंस्कारअघि अपरान्ह २ बजे दशरथ रंगशालाबाट सुरु भएको विशाल शवयात्रामा हजारौँ सर्व साधारण र नेपाली काँग्रेसका कार्यकताको उपस्थीती रहेको थियो । शवयात्रा त्रिपुरेश्वर, न्युरोड, बीर अस्पताल, रत्नपार्क, बागबजार, डिल्लीबजार, पुरानो वानेश्वर, गौशाला हुंदै पशुपति आर्यघाट पुराईएको थियो । आर्यघाटमा स्वर्गीय नेता भट्टराईप्रति प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, काँग्रेस सपभाित सुशील कोइराला तथा विभिन्न दलका नेताहरु एवं आफन्तले अन्तिम श्रद्धान्जली प्रकट गर्नुभएको थियो । दागबत्ती दिनुअघि स्व.नेता भट्टराईको पार्थिव शरीरमा नेपाली काँग्रेसको चार तारे झण्डा ओडाइएको थियो ।
स्व. नेता भट्टराईको शवयात्रामा विभिन्न दलका नेताहरु, शुभेच्छुक र हजारौ सर्वसाधरणको सहभागिता रहेको थियो । भट्टराईप्रति श्रद्धासुमन अर्पण गर्न पशुपति आर्यघाटमा सर्व साधारणको ठूलो भीड लागेको थियो । शवयात्रामा सामेल नेता, कार्यकर्ता र शुभेच्छुकले ‘किसुनजी अमर रहुन्, नेपाली काँग्रेस जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।
कृष्ण प्रसाद भट्टराइ ‘त्याग र निष्ठाको राजनीतिका आदर्श व्यक्ती’ःहुनुहुन्थ्यो ः नेताहरु
![]() |
People On funeral of Bhattari |
काठमाडौँ, २२ फागुन । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संस्थापक कृष्ण प्रसाद भट्टराइबाट राजनैतिक दलका नेताहरुले त्याग र निष्ठाको राजनीतिको अनुशरण गर्नुपर्ने बताएका छन् । भट्टराइलाइ श्रृद्धाञ्जिली प्रदान गर्न रंगशाला पुगका नेताहरुले भट्टराइको ब्यक्तित्व एक स्वाभिमानी नेपाली र त्यागि नेताको रुपमा रहेको बताएका छन् ।
राष्ट्रपति रामबरण यादवले भट्टराइ आर्थिक लाभवाट टाढै रहेका नैतिकवान राजनीतिज्ञ भएको बताउनुभयो । यादवले भट्टराइको त्यागवाट सबैले पाठ सिक्नुपर्ने धाराण राख्नुभयो । यादवले राष्ट्र, राष्ट्रियताप्रति प्रतिबद्ध सच्चा लोकतन्त्रवादी नेताका रुपमा भट्टराइलाइ आफुले सधैँ स्मरण गर्ने बताउनुभयो ।
सादा जीवन उच्च विचारका साथै राजनीतिमा नैतिकवान भई देश र जनताको हितमा लाग्नुपर्छ भन्ने कुरा भट्टराइवाट सबैले सिक्नुपर्ने उहाँको भनाइ थियो । उच्च पदमा रहेर पनि आर्थिक अनुशासनमा बस्न सक्ने, कुनै लोभलालच नभएको नैतिकवान र आध्यात्मिक व्यक्तित्वको रुपमा आफूले भट्टराइलाइ स्मरण गर्ने राष्ट्रपतिले बताउनुभयो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भट्टराइलाइ असाद्धै सरल र त्यागी नेताको रुपमा आफूले स्मरण गरेको बताउनुभयो । राजनीतिक नेताहरुमा त्याग र निष्ठाको खडेरी परेको अबस्थामा भट्टराइ प्रेरणाका श्रोत रहनु भएको प्रचण्डको भनाइ थियो । उदेश्यप्रति अविचल रहने भट्टराइको बानी अन्य नेताहरुले अनुकरण गर्नुपर्ने प्रचण्डको भनाइ थियो ।
कग्रेश सभापति सुशील कोइरालाले भट्टराई सच्चा लोकतन्त्रबादी र निष्ठावान रहेको उल्लेखगर्दै उहाँवाट सबैले पाठ सिक्नु पर्ने बताउनुभयो । उहाँले भट्राइको योगदान नेपाली प्रजातान्त्रिक आन्दोलनमा अमिट छापको रुपमा रहने उल्लेख गर्नुभयो ।
त्यस्तै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष झलनाथ खनालले भट्टराई नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष र स्मरणयोग्य व्यक्ती भएको बताउनुभयो । लामो ऐतिहासिक लोकतान्त्रिक आन्दोलनको स्वर्गीय भट्टराई चहकिलो व्यक्तित्व भएको खनालको भनाइ थियो । भट्टराइको त्यागको राजनीति नेता हरुका लागि स्मरणयोग्य विषयको रुपमा रहेको खनालको भनाइ थियो ।
भट्टराइको मृत्युमा भाजपाद्वारा शोक सन्देश
काठमाडौंँ, २२ फागुन । भूतपूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको असामयिक निधन भएकामा भारतीय जनता पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । उक्त पार्टीका प्रवक्ता तथा विधायक तरुण विजयले आज एक शोक सन्देश जारी गरी पार्टी नेताहरू अटलबिहारी बाजपेयी र लालकृष्ण आडवाणीका तर्फबाट दिवङ्गत नेता भट्टराईप्रति श्रद्धाञ्जलि अर्पण गरेको उल्लेख गरेका छन् ।
विधायक विजयले जारी गरेको शोक सन्देशमा नेपाली काँग्रेसका संस्थापक नेता भट्टराईलाई अहिंसावादी नेताको रुपमा उल्लेख गर्दै उहाँँको सवल नेतृत्वमा नेपालको प्रजातान्त्रिक आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको उल्लेख गरिएको छ । जनताको शक्तिमा विश्वास गर्ने नेता भट्टराईबाट भारत र नेपालका सम्पूर्ण युवावर्ग अभिप्रेरित भएको उल्लेख गर्दै सन्देशमा उहाँले भारत र नेपालबीचको शताब्दीऔँ पुरानो सम्बन्धलाई नयाँ अध्याय दिएको जनाइएको छ ।
यस्तै अमेरिका सरकारले पनि भट्टरार्यको निधनप्रति शोक ब्यक्त गरेको छ । अमेरिकी राजदुतावासद्धारा आज एक विज्ञप्ती जारी गरी उहाँको निधनप्रति दुख ब्यक्त गरेको छ ।
शान्ती र संविधान भट्टराइको सच्चा श्रद्धाञ्जिली हुनेछ ः प्रधानमन्त्री खनाल
काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री झलनाथ खनालले सबै राजनीतिक दल र नेताहरुलाई एकताबद्ध बनाई तोकिएकै समयमा शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधान जारी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्ण प्रसाद भट्टराईप्रति श्रद्धान्जलीका लागि दशरथ रंगशाला पुग्नु भएका प्रधानमन्त्री खनालले संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै शान्ति र संविधान अहिलेका दुई प्रमुख कार्यभार भएकोले यसका निम्ति सबै दल एकताबद्ध हुन जरुरी रहेको बताउनु भयो ।
दलहरुले जनताको इच्छा र चहाना बमोजिम लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न शान्ति र संविधानको कार्य पुरा गर्नुपर्ने र त्यसको लागि आफु आत्माविश्वासका साथ अघि बढ्ने प्रतिबद्धता पनि प्रधानमन्त्री खनालले व्यक्त गर्नुभयो । जीवनभर लोकतान्त्रका लागि लड्नु भएका पूर्व प्रधानमन्त्री भट्टराईप्रतिको सच्चा श्रद्धान्जलीका लागि पनि प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत परिनुपर्ने प्रधानमन्त्री खनालले बताउनु भयो ।
झलनाथ सरकारको आयू जेठ १४ सम्म मात्रैः बाबुराम भट्टराई
सोलुखुम्बु, २२ फागुन । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले झलनाथ खनाल नेतृत्वको सरकारको आयु जेठ १४ गतेसम्म मात्रै भएको बताउनुभएको छ । सोलुखुम्बुको पत्रकार महासंघ सोलुखुम्बु शाखाले आज फाप्लुमा आयोजना गरेको साक्षात्कारमा बोल्दै जेठ १४ गतेभित्रमा राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रियालाई निश्कर्समा पुर्याउने र नयाँ संविधान जारी गर्ने जिम्मेवारीका साथ झलनाथ खनाल नेतृत्वको सरकार बनेकोले त्यसभित्र जिम्मेवारी पुरा नगरे सरकार नरहने स्पष्ट पार्नुभयो ।
उहाँले जेठ १४ भित्र संविधान बनाउन नसके त्यसपछि मुलुक अप्ठ्यारो अवस्थामा पुग्ने चेतावनी दिनुभयो । साक्षात्कारमा उहाँले नेपाली काग्रेसलाई पनि साथै लैजाने सहमतिका साथ सरकार निर्माण गरिएको भन्दै शान्ति र संविधानका लागी काग्रेस पनि नबाउठि कन सरकारमा आउनु पर्ने धारणा राख्नुभयो । उहाँले काग्रेसलाई सरकारमा ल्याउन प्रयास भईरहेको दावी समेत गर्नुभयो । पछिल्लो समयमा एमालेभित्र सात बुँदे सहमति कार्यान्वयनलाई लिएर उत्पन्न विवाद प्रति ब्यङ्गय गर्दै भट्टराईले भन्नुभयो–एमालेको चरित्र नै त्यस्तो हो,,सहमति गर्ने तर कार्यान्वयन नगर्ने ।
ब्यवस्थापिका संसद बैठक सूचना टासेर स्थगितः
व्यबस्थापिका संसदको आज बस्ने भनिएको बैठक सूचना टासेर भोली सम्मकालागि स्थगित भएको छ । पूर्व प्रधानमन्त्री एवं २०१५ सालको संसदका सभामुख कृष्णप्रसाद भट्टराइको राजकीय सम्मानका साथ अन्तेष्टि गरिने भएका कारण संसद बैठक सूचना मार्फत स्थगित गरिएको हो । सरकारले भट्टराइको राजकीय सम्मानकासाथ अन्तेष्टि गर्न सार्वजानिक विदा दिएका कारण भोली दिउसो १ बजे बस्नेगर आजको बैठक स्थगित गरिएको संसद सचिवालका महासचिव मनोहरप्रसाद भट्टराइद्वारा हस्ताक्षरित सूचनामा उल्ल्ेख छ । भोली बस्ने बैठकले भट्टराइको निधनप्रति शोक प्रस्ताव पारित गर्नेछ ।
एकै विद्यालयका तीन विद्यार्थी सम्पर्कबिहीन
चितवन, २२ फागुन । पूर्वी चितवनको वीरेन्द्रनगरबाट तीन बालक तीन दिनदेखि सम्पर्कबिहीन भएका छन् । घरबाट विद्यालय जान भनि हिडेका तीन जना बालक सम्पर्कबिहीन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीय साकुरा एकेडेमी वीरेन्द्रनगरमा कक्षा ३ र ४ मा अध्ययन गर्ने बालकहरु सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ । घरबाट विद्यालयमा अध्ययन गर्न भनी हिडेका बालकहरु वर्ष १२ का सुनिल अधिकारी, वर्ष ११ का सञ्जीव गौतम र १० वर्षका किरण राई अहिलेसम्म पनि सम्पर्कमा नआएको विद्यालयका प्राचार्य रामकृष्ण पन्तले जनाकारी दिनुभयो । गत शुक्रबारबाट उनीहरु सम्पर्क बिहीन भएको र हालसम्म घर नफर्केको विद्यार्थीका परिवारजनले जनाएका छन् ।
खेल समाचार
विश्वकप क्रिकेट
जारी १० औँ चरणको विश्वकप क्रिकेट अन्तरग आजको दोश्रो खेलमा भारतले आयरल्याण्डलाइ ५ विकेटले पराजित गरेको छ । भारतको चन्नास्वामी स्टेडियममा भएको खेलमा आयरल्याण्डद्धारा प्रस्तुत २०८ रनको लक्ष्य पछ्याएको भारतले ४६ ओभर ब्याटिङ गर्दै ५ विकेट गुमाएर सो लक्ष्य भेट्टाएको थियो ।
विजयी टोलि भारतलाइ जित सम्म डोर्याउन युवराज सिंहले नट आउट रहँदै अर्धसतयिक ५० तथा युसुफ पठानले ३० रनको योगदान गरेका थिए । भारतका ओपनर विरेन्द्र सेहेवाग ५ रन तथा अर्का ब्याट्स्म्यान गौतम गाम्भीर १० रन बनाइ टेरेन्ट जोन्सनको बलमा भएका थिए । त्यस्तै सचिन तेन्दुल्कुर ३८, तथा महेन्द्र सिंह ध्वनी र विराट कोहोली समान ३४ मा रन बनाइ आउट भएका थिए । आयरल्याण्डका लागी जर्ज डोकरेल तथा टेरेन्ट जोन्सटनले २–२ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ४७ ओभर ५ बलमा अलआउट हुनुअघि २०७ रन मात्र जोड्न सकेको थियो । आयरल्यान्डका लागि विलियम पोर्टफिल्डले ७५ तथा नेयल ओब्राउनले ४६ रनको पारि खेलेका थिए । भारतका लागि उत्कृष्ट बलिङ गर्दे युवराज सिंहले ५ तथा जहिर खानले ३ विकेट चट्काएका थिए ।
त्यसअघि आजै भएको पहिलो खेलमा ईङल्यान्डले दक्षिण अफ्रिका विरुद्ध ६ रनको रोमान्चक जित दर्ता गरेको छ । १७२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकालाई ४७ ओभर ४ बलमा १६५ रनमा समेट्दै ईङल्यान्डले जित हासिल गरेको हो । उत्कृष्ट सुरुवात गरेको दक्षिण अफ्रिकाको तल्लो क्रमका बयाटिङलाइन धरमराएपछि पराजय बेहोर्न बाध्य भएको थियो । दक्षिण अफ्रिकाका लागि हसिम अमलाले ४२ र एवि डे भिल्लियर्सले २५ रन बनाउनु बाहेक अन्य सबै ब्याट्स्म्यान सस्तैमा आउट भएका थिए । ईङल्यान्डका लागि कसिलो बलिङ गरेको स्टुवार्ट ब्रोडले ४ विकेट हात पारेका थिए ।
भारतको चेन्नेईमा टस जितेर पहिले व्याटीङ गरेको इङल्याण्डले ४५ ओभर ५ बलमा अलआउट हुनुअघि १७१ रनमात्र जाड्न सफल भएको थियो । पहिलो ओभरमा नै २ विकेट गुमाएको ईङल्यान्डको ईनिङ रवि बोपाराले ६० तथा जोनाथन ट्रटले ५२ रनको पारी खेल्दै माथि उकासेका थिए । त्यसअघि एन्ड्रयु स्ट्रस विना कुनै रन पेभिलियन फर्किउका थिए भने केभिन पिटरसन २ तथा ईयान बेल ५ रन बनाइ आउट भएका थिए । दक्षिण अफ्रिकाका लागि ईमरान ताहिरले ४ तथा रोबिन पिटरसनले ३ विकेट लिएका थिए ।
No comments:
Post a Comment