शान्ति र संविधानका निमार्णमा दबाद दिन कागे्रसले देशभर सभागर्ने
![]() |
NC announc to meet people directly |
काठमाण्डौं, ०२ बैशाख । काँग्रेसले पार्टि भित्रको भातृ संगठनको विवादलाइ पाखा लगाउँदै तोकिएको समयमै शान्ति प्रक्रिर्यालाइ निश्कर्षमा पु¥याइ लोकतान्त्रिक संविधान निर्माणगर्न दवाब दिने उदेश्यले कागे्रसले मुलुकको विभिन्न स्थानमा आमसभा गर्ने भएको छ । कागे्रस केन्द्रीय समितिको आज बसेको बैठकले शान्ति प्रक्रिर्याले गति नलिएको ठहरगर्दै छिटो निश्कर्षमा पु¥याउन सरकार र माओवादीलाइ दवाब दिन सभाको आयोजना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिनुभयो ।
साथै काँग्रेसले आमसभाको मिती समेत तय गरको छ । जस अनुसार ११ गते कास्किको पोखरा, १७ गते झपाको भद्रपूर, २१ गते सर्लाही, २३ गते रुपन्देहीमा सभा हुनेछन । यसैगरी वैशाख २४ गते दाङ्ग, २६ गते कञ्चनपूरको महेन्द्रनगर र जेठ ६ गते काठमाण्डौमा हुने सभामा पार्टीका शीर्ष नेताले संवोधन गर्ने तय भएको छ । विरगञ्ज र जनकपुरमा सभागर्ने भनिएपनि मिति पछि तोकिने गुरुङ्गले बताउनुभयो । कागे्रसले देशको शान्ति सुरक्षा दिन प्रतिदिन खस्केको बताउदै शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै सरकारप्रति खेद व्यक्त गरेको छ । भातृ संस्था विघटनको सम्बन्धमा देखिएको विबाद बारे भने भोलीको बेठकमा छलफल हुने गुरुङ्गले बताउनुभयो ।
यता सरकारमा सहभागी हुने नेताहरुको अन्तिम टुङगो लगाउन बस्ने भनिएको एकिकृत नेकपा माओवादीको स्थायी समितीको बैठक बस्दै नबसी भोली सम्मका लागी स्थगित भएको छ । गृह मन्त्रालय पाउने निश्चित नभएपनि माओवादी भित्र गृह मन्त्रालयमा कसलाइ पठाउने भन्ने विषयमा विवाद रहँदै आएको छ । पार्टिका बरिष्ट उपाध्यक्ष मोहन बैद्य पोखरामा रहेको तथा फर्कन ढिला भएका कारण बैठक स्थगित भएको बुझिएको छ ।
संवैधानिक समिती अन्तरगतको उपसमितिको म्याद थपगर्ने गृहकार्य सुरुः
काठमाण्डौ, वैशाख २ । संवैधानिक समिति अन्तरगत गठित विबाद समाधान उपसमितिको म्याद थपगर्न दलहरुले गृहकार्य सुरु गरेका छन । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा आज बसेको उपसमितिको अनौपचारिक बैठकले म्याद थपको प्रस्ताव संवैधानिक समितिमा लैजाने सहमति गरेको छ । उपसमितिको म्याद थपगर्नुको विकल्प नदेखिएकोले वैशाख मसान्तसम्म उपसमितिको म्याद थपगर्ने प्रस्ताव गरेको उपसमितिका सदस्य एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिनुभयो ।
तर नेताहरुले संविधानसभाको म्याद थपगर्नेवारे कुनै छलफल नभएको दावी गरेका छन । कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले पनि उपसमितिको म्याद थपगर्नेवारे मोटामोटि सहमति भएको बताउनुभयो । उहाँले संविधान नबनुन्जेल उपसमितिको म्याद थपगर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री झलनाथ खनालको समेत उपस्थिति रहेको बैठकमा कागे्रस र एमालेका नेताहरुले सरकार गठन भएको ७० दिनमा शान्ति प्रक्रिर्याका सम्बन्धमा सिन्को भाच्ने जतिपनि काम नभएकोले संविधान बनाउने वाताबरण नबनेको बताएका थिए । पौडेलले शान्ति प्रक्रिर्याको टुङ्गो नलागी संविधान जारी गर्न नसकिने बताउनुभयो । बैठकमा संवैधानिक समितिमा देखिएको विबाद समाधान गर्ने समयमा समेत छलफल भएको थियो ।
यसअघि उपसमितिको दोस्रो पटक थपिएको म्याद हिजो सकिएपछि दलहरु उपसमितिको म्याद पुनः थपगर्ने तयारीमा लागेका हुन । गत चैत्र १५ गते दोस्रो पटक म्याद थपिएपछि उपसमितिको बैठक एक पटकपनि बस्न सकेको छैन । आजको बेठकमा उपसमितिका संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा बैठक नियमित बस्ने बताउनु भएको थियो । गत फागुन १३ गते गठित उपसमितिले सुरुका दिनमा धेरै विबाद समाधानगर्न सफल भएपनि पछिल्ला दिनमा निश्कृय रहेको थियो । उपसमितिले सबिधानको अन्तरबस्ुतामा देखिएका विबादका बुदालाइ ७५ बाट ३० मा झारेको थियो ।
शरणार्थी समस्या समाधानगर्न कुटनीतिक वार्ताका लागी भुटान सहमत
काठमाण्डौं, ०२ बैशाख । भुटानले नेपालमा रहेका भुटानी शरणार्थी समस्या समाधानकालागि कुटनीतिक वार्ता सुरु गर्न सकिने बताएको छ । नेपाल भ्रमणमा रहनु भएका भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्लेले प्रधानमन्त्री झलनाथ खनालसँगको भेटमा शरणार्थी फीर्तीवारे कुटनीतिक वार्ता सुरु गर्न सकिने बताउनु भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार मिलन तुलाधरले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा भएको भेटमा उहाहरुबिच भुटानी शरणार्थी समस्याका सम्बन्धमा वार्तालाई निरन्तरता दिनेबारे छलफल भएको थियो । स्रोतका अनुसार भुटानी प्रधानमन्त्रीले विदेश सचिव र मन्त्रीस्तरिको बैठककालागि सहमति जनाउनु भएको छ । शरणार्थी समस्यका बारेमा दुई देशबिच स्थगित भएको वार्तालाई निरन्तरता दिन सहमती भएको तुलाधारले बताउनुभयो । प्रधानमन्त्री थिन्लेले सार्कको पछिल्लो गतिबिधि र दुई देशको साझा हित र मित्रता बारे समेत छलफल भएको भेटपछि जानकारी गराउनुभयो ।
भुटानी प्रधानमन्त्री थिन्लेले आजै दिउसो राष्टपति रामवरण यादवसँग पनि भेटबार्ता गर्नुभएको छ । राष्टपति भबन सितल निवासमा दिउसो भएको भेटवार्तामा दुई देशको हितका बारेमा छलफल भएको बताइएको छ ।
प्रथानमन्त्री थिन्ले दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) का अध्यक्षका हैसियतले आफनो कार्यकालको प्रगति समिक्षाका लागी हिजो नेपाल आाउनु भएको हो ।
प्रधानमन्त्रीले मनोमानी गरेका कारण चियापानमा नगएकै होः नेपाल
काठमाण्डौं, ०२ बैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रीमण्डल विस्तारमा प्रधानमन्त्री झलनाथ खनालले मनोमानी गरेका कारण आफू हिजोको चियाँपान कार्यक्रममा सहभागि नभएको बताउनु भएको छ । सिंहदरवारमा आज संचारकर्मीसंग कुरागर्दै नेत नेपालले मन्त्रीमण्डल विस्तारमा प्रधानमन्त्रीले जथाभावी गरेको समेत आरोप लगाउनुभयो ।
‘मन्त्रीमण्डल विस्तारमा प्रधानमन्त्रीले पार्टी निणय विपरित मनोमानी गरेको कारण विरोध स्वरुप चियापान कार्यक्रममा नगएकै हो’, नेपालले भन्नुभयो । राष्ट्रपति, उपराष्ट्रपति लगायत अन्दलका नेताहरु सहभागि प्रधानमन्त्रीको चियाँपानमा नेता नेपाल र प्रभावसाली नेता केपी ओली सहभागि भएका थिएनन् । गृहमन्त्रालय मााअेवादीलाइ नदिने एमालेको संस्थागन निर्णय भएको स्मरणगर्दै नेता नेपालले शान्ति प्रक्रिर्या अघि नबढेको अबस्थामा माओवादीलाइ दिन नहुने टिप्पणी गर्नुभयो ।
नेता नेपालले शान्ति सुरक्षा कायम गर्न र शान्ति प्रक्रिर्यालाइ अघि बढाउन सरकार असक्षम देखिएको उहाँले टिप्पणी गर्नुभयो ।
यसैबिच एमालकै अर्का प्रभावशालि नेता केपी शर्मा ओलीले भने नयाँ बर्षमा प्रधानमन्त्रीद्धारा आयोजित चियापानमा आफुलाइ निम्तो नआएको बताउनु भएको छ । ओलीले प्रधानमन्त्रीले आफुलाइ निम्तो नदिएकाले आफु चियापानमा नगएको बहिष्कार नगरेको बताउनुभयो । तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले खनालले सरकारको आलोचना गर्नेलाइ दुश्मन ठान्ने गरेको आरोप लगाउनुभयो । खनालको सरकारलाइ हेर्ने दृष्टिकोण नै असफल भएकाले सरकार असफल भएको भन्ने भनाइ प्रति लक्षित गर्दै ओलीले उखुको रुख सोझो र रस बाङ्गो हुन नसक्ने टिप्पणी गर्नुभयो ।
संविधानको काम नै केही भएको छैन । जेठ १४ मा संबिधान बन्दैन ः बैद्य
काठमाण्डौं, ०२ बैशाख । एकिकृत नेकपा माओबादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्ध किरणले आगामी जेठ १४ संबिधान जारी गर्ने सम्भावना नरहेको बताउनुभएको छ । राज्य पुनसंरचना शासकिय स्वरुप र निर्वाचन प्रक्रियाका बिषयमा अझै सहमती नभइसकेको अवस्था निर्धारित मितीमा संबिधान बन्न नसक्ने उहाको भनाई थियो । माक्सबादी अध्ययन स्रोत केन्द्रको प्रथम साधारण सभाको आज पोखरामा उद्घाटन गर्दै उपाध्यक्ष बैद्धले यतिबेला संबिधानको ड्राफ्ट जनताकहाँ पु¥याइसक्नुपर्ने बेलामा अझै मुख्य बिषयमा नै दलहरु अल्झिरहेकाले संबिधान बन्ने सम्भावना नरहेको बताउनुभयो ।
संबैधानिक समिती, सभामुख र नेपाली कंग्रेशले संबिधान लेखनमा चासो नदेखाएको उहाको आरोप थियो । संघियताका बिषयमा आफुले स्पष्ट खाका ल्याइसकेको उल्लेख गर्दै उहाले अन्य दलले अन्यदलले स्पष्ट खाका नल्याएर उल्टै माओबादीलाई नै दोष लगाउने काम गरीरहेको बताउनुभयो । उपाध्यक्ष बैद्धले माओबादी लडाकुको सम्मानजनक समायोजन नभएसम्म शान्ति प्रक्रिया टुङगो मा नपुग्ने दाबी गर्नुभयो ।
यसैबीच, नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जेठ १४ भित्र नया“ संविधान जारी हुने सम्भावना समाप्त भएको वताउनु भएको छ । प्रेस चौतारी दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले अझै पनि जेठ १४ मा संबिधान बन्छ र शान्ति प्रक्रियाले पूर्णता पाउ“छ भन्नु जनतालाई झुक्याउने खेल मात्रै हुने बताउनुभयो । सम्पुर्ण दलहरुको सहमतिमा मात्र नया“ संविधान वन्न सक्ने भन्दै उहांले संबिधानसभाको म्याद थप्नुको बिकल्प नभएको प्रष्ट पार्नुभयो । तर, संविधानसभाको म्याद थप्नुअघि संबिधानको मस्यौदा तयार पार्नुका साथै शान्ति प्रक्रियालाई नउल्टिने ठाउ“मा पु¥याउनुपर्ने उहांको धारणा छ । शान्ति प्रकृया नउल्टिने अबस्थामा नपुग्दासम्म माओवादीले शुरक्षा सम्बन्धी कुनै मन्त्रालय नपाउने भन्दै ज्ञवालीले गृह मन्त्रालय नै खोज्नुले माओवादीले केही गडवडि गर्न चाहेको आशंका उब्जिएको बताउनुभयो ।
आगलागीमा ३ को मृत्यु
उदयपुरको भुटार गाविसमा आज अपरान्ह भएको आगलागीमा परी ३ जना बालबालिकाको जलेर मृत्यु भएको छ । भुटारका पहलमान श्रेष्ठको भरमा आगलागी हुँदा उनका दुइए बर्षीय छोरा,पाँच बर्षीय छोरी र छिमेकी दिनेश श्रेष्ठका दुई बर्षीय छोर।को जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर बाहिर खेलिरहेका बालबालिकाले अकस्मात परालको कुन्युमा आगो लगाउन पुगेपछि आगो घरसम्म नै सल् िकएको बताईएको छ । घटनास्थल उदयपुर सदरमुकाम गाईघाट देखि २४ कोष टाढा रहेको र प्रहरीले घटनास्थलमा पुगेर क्षतीको यकिन विवरण सङकलन ग रिरहेको बताईएको छ ।
अन्तराष्ट्रिय समाचार
गद्धाफिले सत्ता छाड्नै पर्छ
अमेरिका,बेलायत र फ्रान्सले कर्नेल गद्धाफिले सत्ता नछाडे सम्म लिबियामा शान्ति बहाल नहुने दावी गरेका छन । अमेरिकी राष्टपति बाराक ओबामा , बेलायतका प्रधानमन्त्री डेबिड केमरन र फ्रान्सका राष्टपति निकोलस सार्काेजीले सयुक्त रुपमा जारी गरेको पत्रमा गद्धाफि सत्तामा रही रहे सम्म शान्ति कायम नहुने उल्लेख गरेका हुन । उनीहरुले नोटो सैनिकले लिबियन नागरिकको रक्षा र गद्धाफीमाथि दबाबलाई निरन्तरता दिनुपर्ने पनि बताएका छन् । यद्यपी लिबियामा जारी नेटो सैन्य अभियान प्रति भने मतभेद देखिएको छ । नेटोमा आबद्ध २८ सदस्य राष्ट मध्ये केहि देश कारबाहीका पक्षमा रहेका छन भने केहि बिपक्षमा रहेका छन ।
तीन देशका प्रमुखले जारी गरेको उक्त पत्रलाई टाइम्स , वासिङटन पोष्ट र ल फिगरो लगायतका पत्रपत्रिकाले छापेका छन । सो पत्रमा गद्धाफिलाई सत्तामा रहिरहन दिएमा लिबियाली जनतालाई धोका दिएको ठहरिने उल्लेख गरिएको छ ।मिसा्रत र अब्दाजिया जस्ता शहरमा गद्धाफि सैनिकका कारण सर्ब साधारण नागरिकले समस्या झेल्नु परेको पनि सो पत्रमा उल्लेख गरिएको छ ।

No comments:
Post a Comment