गृहमा विवाद भएपछि माओबादीद्धारा मन्त्री चयनको जिम्मा पोलिटब्युरोलाइ
![]() |
Ministry of Home Affairs, Singha Durbar, Kathmandu Nepal |
माओवादीको आज बसेको पदाधिकारी बैठकले खनाल नेतृत्वको वर्तमान सरकारमा पठाउने थप मन्त्रीहरु चयन सहित गृह विवाद टुङग्याऊन आगामी ७ र ८ गते पोलिटब्युरो बैठक बोलाएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डको नयाँबजार स्थित निवासमा बसेको बैठकले स्थाई कमिटीको विवाद अन्त्य गरी सरकारमा जाने नेताहरुको टुङगो लगाउने मओवादी प्रबक्ता दिनानाथ शर्माले बताउनुभयो ।
माओवादीमा गृहमन्त्रालयको जिम्मेवारी कस्लाई दिने भन्नेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष मोहन बैद्य किरणबिच बिबाद हुदैँ आएको छ । बैद्यले गृहमा देव गुरुङ्ग तथा प्रचण्डले बर्षमान पुन अनन्तलाइ प्रस्ताव गर्दै आएका छन् । विवादका कारण माओवादीले आफनो भागमा परेको ७ मन्त्री र ११ राज्यमन्त्रीको टुंगो लगाउन समेत बाँकी रहेको छ । त्यसका लागी करिब तीन दर्जन ब्यक्तिको नाम छलफलका लागी बैठकमा प्रस्तुत भएपछि माओवादी भित्र विवाद रहँदै आएको छ ।
शरणार्थीबारे भुटानको कुरा फेरिएन, लौ छुट्याउँ को हुन् वास्तविक शरणार्थी ः थिन्ले
काठमाण्डौं, ३ वैशाख । भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्लेले नेपालको पुर्वी क्षेत्रमा रहेका सबै भुटानी शरणार्थीहरु बास्तविक शरणार्थी रहे नरहेबारे छलफल हुनुपर्ने बताउनु भएको छ । ३ दिने नेपाल भ्रमण पुरा गरी आज स्देश फर्कने क्रममा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा थिन्लेले शरणार्थी शिवरमा रहेका मध्ये सबै शरणर्थी बैधानिक नभएको दाबी गर्दै उनीहरुको पृष्ठभुमीको विषयमा छलफल हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री थिन्लेले शरणार्थीहरको तेश्रो मुलुक पुर्नवास कार्यक्रम सकारात्मक भएको समेत टिप्पणी गर्नुभयो ।
थिन्लेले २००३ देखि अवरुद्ध नेपाल भुटान वार्तालाई भने निरन्तरता दिन आफु तयार रहेको बताउनुभयो । यद्यपी थिन्लेले नेपाल र भुटानबीच हुने वार्तामा भारत वा अरु कुनै मध्यस्थकर्ताको आवश्यकता नरहेको बताउनुभयो । भुटानी प्रधानमन्त्रि थिन्ले नेपालको तीन दिने भ्रमण पुरा गरि आज स्वदेश र्फकनु भएको छ । नेपालमा रहँदा थिन्लेले प्रधानमन्त्री राष्ट्रपति लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।
गृहमन्त्रालय माओवादीलाई दिए प्रधानमन्त्री र अध्यक्षबाटै हटाउँछौः ओली
काठमाडौ, ३ बैशाख । नेकपा एमालेका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री झलनाथ खनालले गृहमन्त्रालय माओवादीलाई दिए प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट हटाउने चेतावनी दिनुभएको छ । राजधानीमा आज आयोजित साक्षात्कारमा ओलीले भन्नुभयो–गृहमन्त्रालय माओवादीलाई दिए उहाँलाई साह्रै महंगो पर्छ । उहाँले प्रधानमन्त्रीमा उदण्डता, स्वेच्छाचारिता, सत्तामोह देखिएको उल्लेख गर्दै यस्तो प्रवृत्ति स्वयम् प्रधानमन्त्रीको लागी राम्रो नहुने चेतावनी दिनुभयो ।
माओवादीलाई गृहमन्त्रालय नदिने निर्णय देश र जनताको पक्षमा भएको भन्दै त्यसमा कुनै पनि हालतमा तलमाथि पार्न नहुने बताउनुभयो । उहाँले भावी गृहमन्त्री विष्णु पौडेल नै भएको समेत जिकिर गर्नुभयो । प्रधानमन्त्री खनालको कार्यशैली प्रति बढी नै कटाक्षा गर्नु भएका ओलीले कुर्सिमा अर्जुन दृष्टि लगाउने र छेपारो जस्तै कुर्सीमा टासिएर बस्न रुचाउने तर सिन्कोसम्म नभाच्ने प्रधानमन्त्री हुनु नहुनुको कुनै अर्थ नभएको बताउनुभयो ।
उहाँले राष्ट्रिय सहमतिको कुरा गरेर झलनाथ खनाल प्रधानमन्त्री बने पनि पछिल्लो समयमा उहाँको सहमतिको एजेण्ड भन्दा पनि अन्तरविरोध चर्काएर कुर्सि टिकाउने खेलामा लागेको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो– झलनाथजी सहमति कायम गर्ने भन्दा पनि सहमतिमा भाँजो हालेर सत्ता टिकाउने खेलमा लिप्त हुनु हुन्छ ।
संविधानसभाको म्यादको म्याद यथास्थितिमा थप्न नसक्ने स्पष्ट पार्दै ओलीले संविधान नवनाउने अनि म्याद मात्रै थप्दै जाने हो भने बाचुन्जेल पनि संविधान नबन्ने दावी गर्नुभयो ।
कागे्रस–माओवादी सरकार जरुरीः बाबुराम भट्टराइ
काठमाण्डौं, ०३ बैशाख । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराइले शान्तिप्रकृया र संबिधानका लागि मुख्य रुपमा माओवादी र कांग्रेसबीच सहमती नभएसम्म बास्तबिक सहमती नहुने बताउनु भएको छ । शान्ति संझौतामा हस्ताक्षर गर्ने दलहरु कांग्रेस र माओवादी भएकाले यी दुइ दलबीच सहमती भएमात्र जेठ १४ भित्रै शान्ति प्रक्रिया र संविधान निमार्ण सम्भव भएको भट्राइको भनाइ थियो । भट्राइले आगामी ८–१० दिन भित्र सहमती गर्न नसके मुलुक ठुलो दुर्घटनामा पर्ने चेतावनी दिनुभयो ।
समस्या समाधानका निम्ति झलनाथ नेतृत्वको सरकारमा सहमति नजुटे सहमितै लागी विकल्प खोज्नुपर्ने भट्राइको तर्क थियो । भट्राइले भन्नुभयो ः झलनाथ नेतृत्व सरकारमा सहमति बन्छ जुट्छ भने जुटौँ नभए कहाँ र कसरी सहमति हुन्छ त्यहि गरौँ । उहाँले जेठ १४ भित्र सवै दल मिलेर संबिधान बनाउन नसके कम्तीमा संबिधानको डफट भएपनि बनाएर संविधान सभाको म्याद थप गर्नसकिने बताउनुभयो । भट्टराइले संबिधान नवने बिघटन गर्ने भन्ने कुरा लोकतन्त्रका लागि घातक भएको भन्दै बिघटन तर्फ कोही जान नहुने बताउनु भयो ।
माओवादी इमान्दार भए शान्ति प्रक्रिर्या निश्कर्षमाः कोइराला
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादी जनताप्रति इमानदार भए समयमै शान्तिप्रकृया निष्कर्षमा पुग्ने बताउनु भएको छ । काठमाडौको सरस्वतिनगर स्थितमा कांग्रेस वडासमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति कोइरालाले सवै भन्दा ठुलो दलको नाताले जनता प्रति बढी जिम्मेवार हुदै संबिधान निर्माणमा जोड दिनुपर्ने बताउनु भाएको हो । सभापति कोइरालाले माओवादीले बिभिन्न बहानामा र्संसत्ताबाद लाद्न खोजेको आरोप समेत लगाउनु भयो । उहाले नेपाली कांग्रेसले प्रंजातन्त्रका लागि कसैसग सम्झौता नगर्ने समेत दोहोर्याउनु भयो ।
कङग्रेस बैठक ः शान्ति प्रक्रिया बिना संविधान बन्नै सक्दैन
काठमाण्डौं, ०३ बैशाख । नेपाली कांग्रेसले शान्ति र संविधानका पक्षमा पार्टिको आधिकारीक धारणा बनाउन नेता शेरवहादुर देउवा संयोजकत्वको समितिलाई थप एक साताको समय दिएको छ । पार्टि केन्द्रिय कार्यालय सानेपामा वसेको केन्द्रिय समितिको वैठकले नेता देउवा संयोजकत्वको समितिलाई शान्ति प्रक्रियामा पार्टीको दृिष्टकोण सम्बन्धि प्रतिवेदन पेश गर्न वैशाख ९ गते सम्ममो समय दिएको हो । प्रतिवेदनमा शान्ति प्रक्रियाको पूणर््ँता पछि मात्र नया“ संविधान जारी हुनुपर्ने उल्लेख छ ।
लडाकु समायोजन, द्धन्द पिडीत, न्याय, कब्जा सम्पत्ती फिर्ता, बेपत्ता खोजी र सत्य निरुपण्ँ तथा मेल मिलाप आयोग गठन लगायतका विÈय पनि प्रतिवेदनमा समेटिएको छ । भातृ संगठन विवादमा अल्झिएको भन्दै पार्टीभीत्रैबाट आलोचना हुन थालेपछि जारी केन्द्रिय समिति वैठकमार्फत कांग्रेसले शान्ति र संविधानप्रति ध्यान केन्द्रित गरेको हो । शान्ति र संविधान निर्माण्ँका लागि देश व्यापी आमसभा गर्ने घोÈण्ाँ गरेको कांग्रेसले आधिकारीक धारण्ाँ तय गरेपछि माओवादी र सैद्धान्तिक रुपमा आफूस“ग नजिक रहेका दलहरुस“ग छलफल गर्ने तयारी गरेको छ ।
मधेशी मोर्चामा आवद्ध दलहरुले ज्ञापनपत्र बुझाए ।
काठमाण्डौं, ०३ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफुसँग भएको १२ सुत्रीय मागबारे सम्बोधन गर्न प्रधानमन्त्री झलनाथ खनालको ध्यानाकर्षण गराएका छन् । मोर्चामा आवद्ध फोरम लोकतान्त्रीक, सद्भावना र तमलोपाले आफुसँग भएको निश्चित समयमा शान्ति र संविधान जारी गर्ने तथा नेपाली सेनामा मधेशी युवाको सामुहिक समायोजन गर्ने माग पुरा गर्न प्रधानमन्त्रीलाइ आग्रह समेत गरेका छन् । तीनै दलका अध्यक्षहरु विजयकुमार गच्छदार, राजेन्द्र महत्तोले र महन्त ठाकुर आज प्रधानमन्त्री खनाललाई बालुवाटारस्थित निवासमा भेटीगरी सरकार र मोर्चाबिच यसअघि भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका हन् । साथै उनीहरुले आफ्ना मागहरु तत्काल सम्बोधन नभए आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् । मोर्चाले नागरिकता नभएकाहरुको समेत मतदाताहरुको नामावलि संकलन गर्न समेत सरकालाइ आग्रह गरेका छन् । उनीहरुले नागरिकताको बाध्यात्मक अवस्था नराख्न समेत सरकारसँग माग गरेका छन् ।
मोर्चामा आबद्ध तीन दलको केहिदिन अघि सम्पन्न बैठकले मधेशका सवालमा आफुहरुले उठाएको मुद्धाको सम्बोधन नभए तराईमा आन्दोलन गर्ने निर्णय गरेको थियो ।
संविधान नबनाऊन माओवादी षड्यन्त्रमा लागिरहेको छः रामचन्द्र पौडेल
तनहुँ, ३ वैशाख । नेपाली काँग्रेसका संसदिय दलका नेता रामचन्द्र पौडेलले समयमा नै संविधान नबनाउन माओवादीले नै षडयन्त्र गरिरहेको आरोप लगाऊनु भएको छ । रिपोर्टस क्लव तनहुँले आज बिहान गरेको कार्यक्रममा नेता पौडेलले माओवादीले अरुलाइ आरोप लगाएर आफै संविधान नबनाउँने खेलमा लागेको बताउँनु भयो । नेता पौडेलले प्रधानमन्त्री झलनाथ खनाल समेत माओवादीको षड्यन्त्रको मुख्य मतियार भएको टिप्पणी गर्नूभयो । माओवादीले गणतन्त्रलाई नै कमजोर पार्ने खालका प्रस्ताव ल्याएको चर्चा गर्दै उहाँले माओवादीले शान्ति र संविधानका लागि आवश्यक न्युनतम शर्तहरु समेत पालना नगरेको उल्लेख गर्नुभयो । माओवादीले हतियार मोह नत्यागुन्जेलसम्म शान्ति प्रक्रिया पुरा नहुने उहाँको टिप्पणी थियो ।
प्रधानमन्त्री उद्घाटनमै व्यस्त, संविधान निर्माणको काम ओझेलमा
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री झलनाथ खनाल शान्ति र संविधान निर्माणभन्दा पनि सरकार विस्तार र सार्वजनिक कार्यक्रम उद्घाटनमै व्यस्त रहेको आरोप लगाउनुभएको छ । मधेसी स्वास्थ्यकर्मी फोरम पर्साको प्रथम जिल्ला अधिवेशनको आज वीरगन्जमा उदघाटन गर्दै अध्यक्ष यादवले स्थायी शान्ति र संविधान निर्माणका लागि अहिले पनि पर्याप्त समय रहेको दाबी गर्नुभयो । उहा“ले संघीयता र गणतन्त्रविरुद्धमा देशीविदेशी शक्तिहरुबाट षडयन्त्र भइरहेकाले संविधान निर्माण हुन नसकेको बताउनुभयो ।
अध्यक्ष यादवले माओवादी सेना समायोजन, नेपाली सेनालाई लोकतान्त्रिकरण र समावेशी बनाउनुका साथै मधेस र पूर्वी पहाडमा रहेका सशस्त्र समूहहरुको उचित माग व्यवस्थापन गरेपछि मात्रै मुलुकमा स्थायी शान्ति हुने बताउनुभयो । संविधान निर्माणपछि मात्र मधेसको माग पूरा हुने बताउ“दै अध्यक्ष यादवले प्रतिक्रियावादीको इशारामा संविधानसभा विघटनको माग आइरहेको दाबी गर्नुभयो ।
अखिल क्रान्तिकारीद्धारा ः आन्दोलनको घोषणा
अखिल क्रान्तिकारीले आफ्नो संगठनका कार्यकर्ता मारिएको बिरोधमा भोलि देशभरिका सिटीईभिटी माताहतका शिक्षणसंस्था वन्दको आव्हान गरेको छ । भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा अध्ययनरत प्रेम ओलीको हिजो एक समूहले कलेज हाताभित्रै हत्या गरेको थियो । रुकुम घर भएका ओली डिप्लोमा ईन सिविल इञ्जिनियरिङको पहिलो वर्षमा अध्ययनरत थिए । सो घटनाको विरोधमा देशभरीका सिटीइभिटी अन्तर्गतका शिक्षण संस्था बन्दको आव्हन गर्न गरिएको क्रान्तिकारीले जनाएको छ । यसैबीच अखिल क्रान्तिकारी सिटीइभिटि समन्वय समितिका संयोजक रत्न ढकालले विज्ञप्ति जारी गरी दोषी पहिचान गरी तत्काल कारवाही गर्न सरकारसग माग गनुभएको छ ।
अन्तराष्ट्रिय समाचार
गद्धाफीद्धारा क्लास्टर बमको प्रयोग
लिवियाका शासक कर्नेल मोहम्मर गद्धाफीले प्रदर्शनकारीहरु बिरुद्ध प्रतिबन्धित क्लास्टर बमको प्रयोग गर्न थालेको एक मानवअधिकारबादी संस्थाले जनाएको छ । हुयमन राइट्स वाचका अनुसार लिबियाका ३ वटा स्थानमा यस प्रकारको बम बिस्फोट भएका छन् । सो प्रकारको बम बिश्वका १०० देशमा प्रयोग प्रतिबन्ध लगाइएको छ । यता गद्धाफीले भने सो संस्थाको यस्तो आरोपको खन्डन गरेको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।
यसैबिच सिरियामा पनि सरकार बिरोधी प्रर्दशन झन चर्किएको छ । प्रर्दशनकारीहरुले राजधानी दमास्कसलाई केन्द्र बनाई बिरोध प्रर्दशनलाई जारी राखेका छन् । प्रर्दशनलाई तितरबितर पार्न प्रहरीले हस्तक्षेप गर्दै अश्रुग्यास र लाठी प्रहार गरेको समाचारमा जनाइएको छ । शहर भन्दा बाहिर भएको प्रर्दशनमा गोली प्रहार भएको समेत जनाइएको छ । एक महिना अघि देखि सुरु भएको सरकार बिरोधी प्रर्दशन मध्ये यो नै अहिले सम्मको सबै भन्दा ठुलो प्रर्दशन भएको बताइएको छ ।
यसैबिच मानब अधिकार कार्यकताले त्यहा प्रर्दशनका क्रममा भएको झडपमा दुई सय भन्दा बढिको ज्यान गएको दावी गरेका छन । त्यसमा ३० भन्दा बढि सुरक्षाकर्मी रहेको अधिकारीहरुले बताउका छन । सिरियाली राष्ट्रपति बसर अल असदले आफना बुबाको कार्यकाल पछि सन २००० देखि सत्ता सम्हाल्दै आउनु भएको छ ।
No comments:
Post a Comment