संविधान निमार्ण हुनेमा शंका छ, संविधान सभाको म्याद थप्नुपर्छ ः प्रधानमन्त्री खनाल
![]() |
PM Khanal at Gulmi Distcrit of Nepal |
गुल्मी, ०४ बैशाख । प्रधानमन्त्रि झलनाथ खनालले जेठ १४ गते संविधान निर्माण हुनेमा शंका उत्पन्न भएकाले दलहरुबीच छलफल गरी संविधान सभाको म्याद थप गर्नुपर्नै बताउनुभएको छ । संविधान सभा विघटन गतिरोधको निकास नभएको भन्दै प्रधानमन्त्री खनालले दलहरुबीच सहमति कायम गरि संविधान सभाको समय थप्नेबारे निर्णय लिईने जानकारी दिनुभयो । गुल्मी महोत्सवको उदघाटन समारोहमा बोल्दै उहाँले संबिधान निर्माणका लागि समय छोटो भएकाले राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुनै अहिलेको राष्ट्रिय आवश्यकता भएकोमा जोड दिनुभयो । स्रविधान सभाासँग आम नेपालीको भविष्य गाँसिएको भन्दै खनालले बरु शान्ति र संबिधानका लागि आफू प्रधानमन्त्रि पद समेत त्याग्न तयार रहेको दावी गर्नुभयो । शान्ति र संविधान निर्माणका लागि नेकपा एमाले जुनसुकै त्याग गर्न तैयार छ,खनालले भन्नुभयो ।
त्यसअघि आजै गुल्मीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रि खनालले गृह मन्त्रालय माओवादीलाई दिन नसकिने स्पष्ट पार्नुभएको छ । गृहमन्त्रीमा कसलाई पठाउने भन्नेबारेमा माओवादीमा विवाद चुलिरहेकै बेला प्रधानमन्त्री खनालको यस्तो भनाइ आएको हो । तत्काल माओवादीलाई गृह मन्त्रालय दिन नसकिने भन्दै प्रधानमन्त्री खनालले सबै पक्षसँगको छलफल र सहमती पछि मात्र माओवादीलाई गृह मन्त्रालय दिनेबारे सोच्न सकिने बताउनुभयो ।
![]() |
Dispute continues between UML Leader KP Oli Vs PM JN Khanal |
माओवादीलाई गृह मन्त्रालय दिन पहिले शान्ति प्रक्रियाका बारेमा ठोस प्रगती हुनुपर्ने खनालको भनाई थियो । हिजो एमालेकै प्रभावशाली नेता केपी ओलीले गृह मन्त्रालय माओवादीलाई दिए प्रधानमन्त्री खनाललाई सरकारबाटै फिर्ता बोलाउने चेतावनी दिनुभएको थियो । तर ओलीको चेतावनीको प्रतिकार गर्दै खनालले ओलीको बोली अन्य नेपाली जनतालाइ जस्तै जनआन्दोलनले दिएको अभिब्यक्ति स्वतन्त्रता भएको टिप्पणी गर्नुभयो । राजधानीमा बढ्दो असुरक्षाका विषयमा सोधिएको जिज्ञासामा प्रधानमन्त्री खनालले गृह मन्त्री नियुक्त नगरिएकाले असुरक्षा बढेको भन्ने धारणा गलत भएको दावी गर्नुभयो । राजधानी लगायत देशका विभिन्न स्थानमा पछिल्लो समयमा भएका अराजक र हिंस्रक गतिविधीहरुलाई रोक्न सरकार कटिबद्ध रहेको खनालको भनाई थियो । सरकारलाई चौतर्फी रुपमा असहयोग भईरहेपनि आफूहरु शान्ति र संविधानको कार्यभार पूरा गर्न प्रतिबद्ध भएकोमा प्रधानमन्त्री खनालले जोड दिनुभयो ।
कागे्रसद्वारा सरकारी श्वेतपत्रको संसदमा विरोध, शान्ति सुरक्षाबारे प्रश्न उठ्यो
काठमाण्डौ, वैशाख ४ । नेपाली का“ग्रेसले अर्थमन्त्री भरतमोहन अधिकारीले सस्तो लोप्रियताका लागि स्वेतपत्रमार्फत पूरक बजेट ल्याउन खोजेको आरोप लगाएको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकको शुरुमै सभामुखसंग समय मागेर नेपाली का“ग्रेसका दीपकुमार उपाध्यायले अर्थमन्त्री अधिकारीले संसद् चलिरहेको बेला सस्तो लोकप्रियताका लागि स्वेतपत्र मार्फत बजेट ल्याउन खोजेको आरोप लगाउनुभएको हो । उहाँले अर्थमन्त्री अधिकारीले एक पछि अर्को गर्दै संसदीय परिपाटी लत्याएर बजेटमा नपरेका कार्यक्रमहरु पनि स्वेतपत्रमा समेट्न प्रयास गरेको आरोप लगाउनु भयो । उहा“ले अर्थमन्त्रीले संसदीय परिपाटी लत्याउन खोजेको भन्दै सदनमा स्पष्टिकरण दिन सभाुमख मार्फत माग गर्नुभयो ।
विशेष समयमा माओवादीका तिलक परियारले देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटना शान्ति प्रक्रिर्या भाड्ने षडयन्त्र स्वरुप आएको बताउदै त्यसलाइ नियन्त्रणका लागि पहल गर्न माग गर्नुभयो । सरकारले पूर्णता नपाउदै षड्यन्त्र सुरु भएको र स्वंय सत्तारुढदलका नेताहरु राष्ट्रियता, शान्ति र संविधानसभा विरुद्ध बोल्दै हिडेको उहाँको आरोप थियो । विभिन्न बाहानामा संविधानसभा भाड्ने षडयन्त्र भएको दावी गर्दै परियारले संविधानसभा मार्फत संविधान निर्माणमा अबरोध सृजना गर्ने कोशिष भएको आराप लगाउनुभयो ।
काठमाण्डौ, वैशाख ४ । नेपाली का“ग्रेसले अर्थमन्त्री भरतमोहन अधिकारीले सस्तो लोप्रियताका लागि स्वेतपत्रमार्फत पूरक बजेट ल्याउन खोजेको आरोप लगाएको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकको शुरुमै सभामुखसंग समय मागेर नेपाली का“ग्रेसका दीपकुमार उपाध्यायले अर्थमन्त्री अधिकारीले संसद् चलिरहेको बेला सस्तो लोकप्रियताका लागि स्वेतपत्र मार्फत बजेट ल्याउन खोजेको आरोप लगाउनुभएको हो । उहाँले अर्थमन्त्री अधिकारीले एक पछि अर्को गर्दै संसदीय परिपाटी लत्याएर बजेटमा नपरेका कार्यक्रमहरु पनि स्वेतपत्रमा समेट्न प्रयास गरेको आरोप लगाउनु भयो । उहा“ले अर्थमन्त्रीले संसदीय परिपाटी लत्याउन खोजेको भन्दै सदनमा स्पष्टिकरण दिन सभाुमख मार्फत माग गर्नुभयो ।
विशेष समयमा माओवादीका तिलक परियारले देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटना शान्ति प्रक्रिर्या भाड्ने षडयन्त्र स्वरुप आएको बताउदै त्यसलाइ नियन्त्रणका लागि पहल गर्न माग गर्नुभयो । सरकारले पूर्णता नपाउदै षड्यन्त्र सुरु भएको र स्वंय सत्तारुढदलका नेताहरु राष्ट्रियता, शान्ति र संविधानसभा विरुद्ध बोल्दै हिडेको उहाँको आरोप थियो । विभिन्न बाहानामा संविधानसभा भाड्ने षडयन्त्र भएको दावी गर्दै परियारले संविधानसभा मार्फत संविधान निर्माणमा अबरोध सृजना गर्ने कोशिष भएको आराप लगाउनुभयो ।
नेपाली कागे्रसका अर्जुनप्रसाद जोशीले सृङ्खलाबद्ध रुपमा हत्या हिंसाका घटना भएकोले गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउनभयो । आफ्नो दलीय भगवण्डा नमिलेका कारण देशलाइ गृहमन्त्रालय विहिन बनाएर सरकारले जनताको जीउधनमाथी खेलवाड गरेको आरोप लगाउनुभयो । तोकिएको समयमै संविधान आउदैन भन्ने चिन्ता भन्दापनि शान्ति र संविधान आउदे दिनसम्म बाचिने हो÷होइन भन्ने चिन्ता बढेको भन्दै जोशीले सरकारको कटाक्ष गर्नुभयो ।
यसअघि समावेसी विधेयकमा दलित जाजातीको अधिकार कटौति भएको विशेन्दै पासवान, सद्रुल मिया हक र रुक्मिणी चौधरीले आपत्ति जनाउनुभएको थियो । शुन्य समयमा सभासद्हरुले मुलुकका विभिन्न स्थानमा हत्या हिंसाका घटनाहरु जारी रहेको भन्दै सरकारको ध्यानाकर्याण गराएका छन ।
यसअघि समावेसी विधेयकमा दलित जाजातीको अधिकार कटौति भएको विशेन्दै पासवान, सद्रुल मिया हक र रुक्मिणी चौधरीले आपत्ति जनाउनुभएको थियो । शुन्य समयमा सभासद्हरुले मुलुकका विभिन्न स्थानमा हत्या हिंसाका घटनाहरु जारी रहेको भन्दै सरकारको ध्यानाकर्याण गराएका छन ।
पेट्रोलिय पदार्थमा कृतिम अभाव श्रृजना गरिएको छ —आयल निगम
काठमाडौ, ४ बैशाख । नेपाल आयल निगमले बजारमा अहिले भइरहेको पेट्रोलियम पदार्थको अभाव कृतिम भएको जनाएको छ । राजधानीमा आज आयोजित कार्याक्रममा निगमका अध्यक्ष दिगम्बर झाले हाल निगमले दैनिक बजारमा माग अनुसारकै पेट्रोलियम आपुर्ति गरीरहको दाबी गर्दै पेट्रोल पप्पहरुले पेट्रोलियम पदार्थ लुकाएर क्रित्रिम अभाव सिर्जना गरेको आरोप लगाउनुभयो । झाले भन्नुभयो—काठमाडौमा माग अनुसारकै आपूर्ति भईरहेको भएपनि भारतबाट आपूर्तिमा कटौति गरेको समाचारले पेट्रोल पम्पहरुले लुकाएको र उपभोक्ताहरुले पनि आवश्यकता भन्दा बढी सन्चय गरेकोले बजारमा अभाव भए जस्तो देखिएको हो ।
झाले अहिलेकै जस्तो किनेको मुल्य भन्दा कम मुल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्नुपरे नियमित आपूति भने बन्द हुने चेतावनी दिनुभयो । अध्यक्ष झाले किनेको मुल्यभन्दा कम मुल्यमा विक्री गर्नु पर्दा दिन प्रतिदिन घाटा चुलिदै गएको कारण माग अनुसारको आपूर्ति गर्न गाह्हो परेको उल्लेख गर्नुभयो । पेट्रोलिय पम्पहरुमा बेच्ने मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य कायम नभए आपुर्ति गर्न नसकिने उहाको भनाइ थियो ।
झाले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन कम्तिमा पनि निगमलाई पेट्रोलमा १० प्रतिशत, हवाई ईन्धनमा २० प्रतिसत मुल्य बृद्धि गर्नु पर्ने माग गर्नुभयो । यस्तै उहाले डिजलमा निगमलाई भईरहेको २४ रुपैया प्रतिलिटरको घाटालाई तीन भागमा विभाजन गरी एक भाग सरकारले कर छुट गर्ने , एक भाग उपभोक्ताले बेहोर्नु पर्ने र एक भाग निगमले पेट्रोल, हवाई ईन्धनको मुनाफाबाट बेहोर्ने गरी मुल्य समायोजन गर्नु पर्ने प्रस्ताव गर्नुभयो ।
अल्पसंख्यक सभासदका माग पूरागर्न अधिकाशं दलको सुझावः
काठमाण्डौ, वैशाख ४ । संवैधानिक समितिको अबरुद्ध बैठक सुचारुगर्ने बिषयलाइ लिएर आज बसेको २८ दलीय संयन्त्रको बैठक विना निश्कर्ष सकिएको छ । संविधानसभा सचिवालय सिंहदरवारमा बिहान बसेको बैठकमा अधिकाशं दलले अल्पसंख्यक र मुस्लिम समूदायले उठाएका बिषयलाइ वैधानिक ढंगले संवोधनगर्न सुझाव दिएका छन ।
आफ्ना माग संवोधन नभएको भन्दै संवैधानिक समिति बैठक अबरुद्ध गरेका सभासदहरुले भने माग संवोधन गर्ने प्रतिबद्धता नआएको भन्दै बैठक चल्न नदिने बताएका छन । जनशक्ति पार्टीका सभासद प्रकाशचन्द्र लोहनीले सभासदहरुले उठाएका मागको वैधानिक तवरले संवोधन गर्नुपर्ने बताउनुभयो ।
२८ दलीय संयन्त्र बैठकमा सभासदहरुले उठाएका माग संवोधनगर्न संविधानसभा अध्यक्ष, संवैधानिक समितिका सभापति र प्रमुख तीनदलका नेतालाइ जिम्मा लगाउने निर्णय भएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।
संवैधानिक समिति अबरुद्ध गर्ने मध्येका सभासद सदरुल मियाँले भने आफूहरुका माग संवोधनको स्पष्ट आधार नभएसम्म बैठक चल्न नदिने बताउनुभयो । माओवादी उपाध्यक्ष वाबुराम भट्टराइ बाहेक प्रमुख दलका नेतारुले आफूहरुका मागलाइ गम्भीर ढंगले नलिएकोले संवैधानिक समिति बैठक सुचारु हुन नदिने मियाँको भनाइ थियो ।
संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले आह्वान गर्नुभएको बैठकमा संवैधानिक समिति अन्तरगतको उपसमितिको म्याद थपगर्ने बिषयमा समेत छलफल भएपनि कुनै निर्णय भएन । माओवादी उपाध्यक्ष प्रकाशले संवैधानिक समितिलाइ क्रियाशील बनाउनको विकल्प नभएको बताउनुभयो ।
बैठकमा सानादलले भने प्रमुख दलका नेताहरु सत्ताको छिनाझपटिमा लागेको भन्दै आपत्ति जनाएका थिए । ठूदा दलका नेताहरुले सयम नदिने भए संवैधानिक उपसमितिको म्याद थप गर्नुको औचित्य नहुने धेरैको धारणा आएको लोहनीले बताउनुभयो ।
यसैबिच मुलुक संविधान निर्माणको संवेदनशील चरणमा रहेको भन्दै सभामुख सुवासचन्द्र नेम्वाङ्गले अन्तर व्यबस्थिापिका संघको सम्मेलनमा जाने कार्यैक्रम स्थगित गर्नुभएको छ । पानामा सिटिको पानामामा वैशाख २ देखी ४ गते सम्म तय भएको १२४ औ सम्मेलनमा जाने कार्यक्रम स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । ‘देशको वर्तमान परिस्थितिलाइ सहज र सुमधुर तुल्याउदै संविधान निर्माण प्रक्रिर्यालाइ अन्तिम रुप दिइ निदृष्ट समयभीत्रै उक्त कार्य सहज सम्पन्न गर्नुपर्ने अति वैवेदनशील समयको कारणले सभामुखको विदशे भ्रमणको कार्यक्रम स्थगित गरिएको छ ।’ संसद सचिवालयको विज्ञप्तीमा उल्लेख छ ।
सभासद गुप्ताको पद खारेजः
संविधानसभाले सद्भावना आनन्दीदेवी पार्टीका श्याम सुन्दर गुप्ताको सभासद पद खारेज गरेको छ । संविधानसभाको आज बसेको बैठकले गुप्ताको सभासद पद राखेर गरेको हो । सर्वोच्च अदालतको आदेश बमोजिम गुप्ताको पद खारेजी भएको हो । तत्कालीन मन्त्री रहेका गुप्तालाइ विशिष्ठ योगदान पु¥याएका २६ जनाको कोटावाट मन्त्रीपरिषदले सभासदमा नियुक्त गरेको थियो । गुप्तालाइ सभासद बनाउने निर्णयको विरुद्धमा परेको रिटमा सर्वोच्चले गूप्ताको नियुक्ती गैर संवैधानिक भएको ठहर गरेको थियो ।
संविधानसभाको म्याद थप्नु नहुनेः सिंह
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले शान्ति प्रक्रिया र संबिधान निर्माणको प्रक्रियालाई संगसंगै लैजानु पर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा नेता देउवाले माओबादी लडाकुको समायोजन नहुदाँसम्म शान्ति प्रक्रिया निष्कर्षमा नपुग्ने भएकोले सबैले सेना समायोजनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
सबै दलहरु गम्भीर भएर लागे जेठ १४ मा संबिधान बन्ने उहाँले दावी पनि गर्नुभयो । जेठ १४ मा संबिधान नबने मुलुकमा कस्तो अबस्था सिर्जना हुन्छ, भन्ने संचारकर्मीको जिज्ञासामा उहाँले अहिले नै भन्न नमिल्ने प्रतिक्रिया दिनु भयो । नेता देउवाले भातृ संगठन नेपाल बिद्यार्थी संघ बिघटनको निर्णयप्रति आफ्नो असहमती रहेको बताउनु भयो । दिनदहाडै मान्छे मार्ने क्रम बढेकोले शान्ति सुरक्षाको बिषयमा सरकार असफल भएको उहाको टिप्पणी थियो ।
सबै दलहरु गम्भीर भएर लागे जेठ १४ मा संबिधान बन्ने उहाँले दावी पनि गर्नुभयो । जेठ १४ मा संबिधान नबने मुलुकमा कस्तो अबस्था सिर्जना हुन्छ, भन्ने संचारकर्मीको जिज्ञासामा उहाँले अहिले नै भन्न नमिल्ने प्रतिक्रिया दिनु भयो । नेता देउवाले भातृ संगठन नेपाल बिद्यार्थी संघ बिघटनको निर्णयप्रति आफ्नो असहमती रहेको बताउनु भयो । दिनदहाडै मान्छे मार्ने क्रम बढेकोले शान्ति सुरक्षाको बिषयमा सरकार असफल भएको उहाको टिप्पणी थियो ।
यसैबिच काँग्रेस महामन्त्री प्रकाशमान सिंहले संविधानसभाको म्याद थप गर्ने कुरा काँग्रेसलाई स्वीकार्य नहुने बताउँनु भएको छ । दलहरु सहमत भए जेठ १४ सम्ममा शान्ति प्रक्रियाको टुंगो लगाई संविधान जारी गर्न सकिने उहाँले दाबी गर्नुभयो । बिराटनगर बिमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दे महामन्त्री सिंहले शान्ति प्रक्रिया पुरा नभएसम्म संविधान निर्माण हुनै नसक्ने जिकिर समेत गर्नु भयो । दलहरु एकजुट नभएसम्म मूलुकका कुनै पनि समस्या समाधान गर्न नसकिने महामन्त्री सिंहको भनाई थियो ।
बस दुर्घटनामा तीनको मृत्यू
डोटी, ४ बैशाख । अछामबाट महेन्द्रनगर आउदै गरेको बस डोटीमा दुर्घटना हुँदा तीनजनाको मृत्यू भएको छ । अन्य १२ जना घाइते भएका छन् । म १ ख ४९२ नम्बरको यात्रीबस राती साँढे १ बजेतिर भिमदत्त राजमार्गको डोटीे बुडर स्थित धारापानीमा दुर्घटना भएको हो । मृत्यू हुनेको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख डिएसपी मुकेश कुमार सिंहले बताउनु भयो । घाइतेमध्ये १० जनाको स्थानीय पद्मा अस्पताल बुडरमा उपचार भइरहेको छ भने दुई जनाको कैलालीको अत्तरियामा उपचार भइरहेको छ । दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन ।
यता चितवनमा आज दिउसो भएको सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । नारायणगढ बाट मुग्लिन तर्फ जादै गरेको ना ३ ख ८९१९ नम्बरको बस पांच किलो भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटनामा परेको हो । घाईते सबैको कलेज अफ मेडिकल साईसेस शिक्षण अस्पताल भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अन्तराष्ट्रिय समाचार
विश्वबैङ्कद्धारा आर्थीक संकटको चेतावनी
विश्वबैङ्कले खाद्यान्नमा बढ्दो मुल्यवृद्धिका कारण विश्वभर आर्थीक संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । बैङ्कका अध्यक्ष रोर्बट जोयलिकले बढ्दो खाद्यान्नको मुल्यवृद्धिले विश्वभरका गरिबहरुमा नराम्रो असर परेको भन्दै यसले संकट उपत्न हुनसक्ने बताएका हुन् । साथै जोयलिकले विश्व मुल्यवृद्धिका कारण उत्पन्न हुनसक्ने संकटको एक कदम मात्र पछाडी रहेको जनाएका छन् ।
विश्वका सम्पन्न राष्ट्रका प्रमुखहरुसँगको बैठकपछि जोयलिकले गत बर्षमात्र मुल्यवृद्धिले साँडे चार करोड मानिस गरिबीको रेखामुनी धकेलिएको समेत बताएका छन् । जोयलिकले विकाशिल राष्ट्रमा भएको मुल्यवृद्धिको असर पुरै विश्वमा परेको समेत बताए । हामीलाइ डर लागेको छ आउँदो बर्षमा थप एक करोड मानिस गरिबिको रेखामुनि पर्न सक्छन् जोलिकले भने । साथै उनले मुल्यवृद्धिलाइ तत्काल कम गर्न नसकिने भन्दै मुल्यवृद्धि रोक्ने उपायमा लाग्नुपर्ने सुझाव दिएका छन् ।
No comments:
Post a Comment