Monday, April 18, 2011

बैशाख ५ गते २०६८

काठमाण्डौँको एसपी परिर्वनमा ः केदार रिजाल नयाँ एसपी
SP Kedar Rijal, Chief of Metropolitan Police Range, Hanuman Dhoka

गृहमन्त्री समेत रहनु भएका प्रधानमन्त्री झलनाथ खनालको ठाडो निर्देशनमा काठमाण्डौँको प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यलय प्रशाशन शाखाका एसपी केदार रिजाललाइ ल्याइएको छ । शान्ति सुरक्षा बाहल गर्न नसकेको भन्दै अहिलेका एसपि पुष्कर कार्कीलाइ भने प्रधान कार्यलय फिर्ता बोलाइएको छ । कार्कीलाइ प्रधान कार्यलय मातहत इन्टरपोल शाखामा सरुवा गरिएको हो ।

कार्कीको कार्यकालमा नव नियुक्त उर्जा मन्त्री गोकर्ण विष्टमा माथी खुकरी प्रहार, संचार उद्यमी युनस अन्सारीमाथी जेलभित्रै  गोली प्रहार, पाकिस्तानी राजदुतावासका कर्मचारीमाथी दिउँसै गोली प्रहार लगायतका जघन्य घटना भएको थियो । नपाली काँग्रेसले संसदमा शान्ति सुरक्षा ब्यवस्था कायम गर्न नसकेको भन्दै सरकारको ब्यापक आलोचना सहति राजिनामा समेत माग गरेपछि प्रधानमन्त्री खनालले काठमाण्डौँ प्रहरी प्रमुखमा हेरफेर गर्नुभएको हो । कार्की चार महिना अघि पुस १९ गते तत्कालिन एसपी रमेश खरेललाइ प्रतिस्थापन गर्दै काठमाडौँ प्रहरी प्रमुख बनेका थिए ।  नव नियुक्त एसपी रिजाल भने आइजिपी रमेशचन्द्र ठकुरी निकटस्थ मानिन्छन् । 

बुधबार बाट सुरु हुने बैठकको एजेण्डा तय गर्न माओवादी अध्यक्ष दाहाल रिसोर्टमा

बुधबारबाट सुरु हुने पार्टिको पोलिटब्युरो बैठकको एजेण्डा तय गर्न माओवादी अध्यक्ष प्रण्चण्ड राजधानी नजिकको एक रिसोर्ट पुग्नु भएको छ । दाहाल एकान्त खोज्दै धादिङ, काठमाण्डौको सिमानामा रहेको चिसापानी स्थीत पातलेबन रिसोर्ट पुग्नु भएको हो । यसअघि कोही न कोही केन्द्रीय नेता साथमा लिएर हिड्न गर्नु भएको दाहाल यो पटक भने केही सुरक्षाकर्मीका साथमा चिसापानी पुग्नु भएको हो ।

खनाल नेतृत्वको सरकारमा गृह मन्त्रीमा पार्टिका अर्का नेता मोहन बैद्यले देव गुरुङ्गलाइ प्रस्ताव गरेपछि खनाल दबादमा रहँदै आउनु भएको छ । जेठ १४ नजिकिदैँ जाँदा दाहाल संविधान सभाको म्याद थप, पार्टिको जन विद्रोहको कार्यदिशाको कार्यन्वयन तथा संवैधानिक समिती अन्तरगतको विवाद समाधान उपसमितीको म्याद थपको विषयलाइ लिएर तनावमा रहँदै आउनु भएको छ । माओवादी पोलिटब्युरो बैठक बुधबार र बिहीबार बस्दैछ ।

आन्तरिक विबाद समाधन गरः सल्लाहकार

काठमाण्डौं, ०५ बैशाख । प्रमुख सत्तारुढ नेकपा एमालेको सल्लाहकार परिषदले पार्टी भीत्रको आन्तरिक विबादलाइ बाहिर नलैजान नेतृत्वलाइ सुझाव दिएको छ । पार्टी केन्द्रीय कार्यादय बल्खुमा आज बसेको सल्लाहकार परिषदको बैठकले पार्टीभीत्रको विबादलाइ आन्तरिक रुपमै समाधान गर्न सुझाव दिएको हो । पार्टीका शीर्ष नेताहरुबाटै एक अर्काप्रति कटाक्ष सुरु भएपछि परिषदको आज बसेको बैठकले विबाद छताछुल्ल नगराउन सुझाव दिएको हो । बैठकले प्रधानमन्त्री खनाल, बरिष्ट नेता माधव नेपाल तथा केपी ओली बिच जारी वाकयुद्ध रोक्न खनाललाइ निर्देशन दिएको थियो । 

बैठकले प्रधानमन्त्री निर्वाचनका समयमा भएको सातबुदे सहमति कार्यान्वयन गर्न तथा सरकारको प्रभावकारी संचालनमा जोड दिएको परिषदका सचिव गोपाल शाक्यले जानकारी दिनुभयो । परिषद बैठकले देशको शान्ति सुरक्षाको अबस्था अत्यन्तै खस्किएको भन्दै शान्ति सुरक्षाको प्रभावकारी व्यबस्था गर्नपनि सरकारको ध्यानाकर्षण गराएको छ । सरकारलाइ प्रभावकारी संचालनका लागि सहयोग गर्न पार्टीपंत्तिसंग आग्रह गर्ने निणर्य भयो शाक्यले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष खनालले माओवादी भीत्रको विरोधका कारण गृह मन्त्रालयवारे निर्णय गन नसकिएको बताउनु भएको थियो । बैठकमा खनालले गृह मन्त्रालय विबादको मुख्य कारण माओवादी भएको टिप्पणी गरेको बैठकपछि एक नेताले जानकारी दिए ।

सहमतिको सरकारविना संविधान असंभवः

काठमाण्डौँ, ०५ बैशाख । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बावुराम भटराईले शान्ति र संविधानलाई पूर्णता दिन संयुक्त सरकार बनाउनु पर्ने बताउनु भएको छ । बर्तमान गठबन्धन सरकारप्रति सुरु देखि नै अषन्तुष्ट रहदै आउनु भएका भटराईले प्रमुख दलको सहमतीमा नया राष्ट्रिय सरकार बनाउनु पर्ने बताउनु भएको हो । राजधानीमा आज आयोजित गिरिजाप्रसाद कोईराला पछिको शान्ति प्रक्रिया विषयक अन्तरक्रिया कार्यक्रममा भटराईले मधेशवादी दलहरु सहितको सरकार नवनाए संविधान पनि जारी नहुने ठोकुवा गर्नु भयो । भट्टारइले संविधान निर्माण नगरि सविधानसभालाई विघटन गरिए मुुलुक संवैधानिक शुन्यतामा जाने भन्दै उपाध्यक्ष भटराईले प्रारम्भिक मस्यौदा जारी गरि संविधानसभाको म्याद थप गर्नु पर्ने बताउनु भयो । माओवादी शान्ति र संविधानको मुल लक्षवाट विचलित नभएको उहांको दावी थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता शेखर कोईरालाले शान्ति प्रक्रिया र संविधान लेखनको टुगोमा नपुग्दै सहयात्री कांग्रेसलाई विचैमा छोडेर दुई दलले गल्ति गरेको उहांको दावी थियो । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले दलहरुले शिर्ष नेतृत्वमा दुरदृष्टिको अभाव रहेको भन्दै आन्दोलनकारी दलहरु विच रहेको निषेधको राजनीतिलाई छोड्नु पर्ने बतउनु भयो ।

सत्ता कब्जाका लागी हतियार ब्यवस्थापन गर्न माओवादीेले ढिलाइ गरिरहको छ ः केपी ओली

एमाले नेता केपी शर्मा ओलीले माओवादीले सत्ताकब्जाका लागि हतियार ब्यवस्थापन र सेना समायोजनमा ढिलाइ गरेको आरोप लगाउनुभएको छ । राजधानीमा आज भएको एक अन्तरक्रियामा नेता ओलीले लडाकु राखेर माओवादी सत्ताकब्जाको रणनीतिमा रहेको बताउनुभयो । शिविरमा सेना राखेर संविधान बनाउनु भनेको पुस्तक विमोचन गर्नु जस्तै भएको ओलीको टिप्पणी छ ।

२०६२÷६३ सालको जनआन्दोलनले माओवादीलाई हिंसाको बाटोबाट शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको दावी गर्दै ओलीले त्यही बाटोबाट माओवादी सरकार पुगेको तथा राजतन्त्रको अन्त्य भएको जिकिर गर्नुभयो । एमाले पनि आन्दोलनबाट आएको दाबी गर्दै ओलीले कसैले पनि हतियारका भरमा कुनै शक्तिलाई खरानी पार्न नसक्ने बरु आफैं समाप्त हुने चेतावनी दिनुभयो । अन्तरक्रियाका अन्य सहभागीले जेठ १४ भित्र संिवधान बन्ने आधारहरु समाप्त भैसकेको भन्दै राजनीतिक दलहरुलाई सचेत हुन आग्रह गरेको थिए । उनीहरूले मुलुकमा संघीयतासहितको लोकतान्त्रिक संविधानको अवधारण तयार भइरहेका बेला अन्य विकल्पको खोजी गर्नु मुर्खतापूर्ण हुने बताए ।

ओएचसिएचआरका उपउच्चयुक्त तीन दिने भ्रमणका लागी नेपालमा

नेपालको शान्ति प्रक्रिर्या र मानव अधिकारको अबस्थावारे बुझ्न सयुक्त राष्ट्रसघीय मानबअधिकार उप उच्चायुुक्त क्युङ—हवा काङ आज नेपाल आउनु भएको छ । नेपाल स्थिती उच्चायुक्तको कार्यालय ओएचसिएचआरको म्याद सकिनै लागेको अबस्थामा उप उच्चायुक्त काङको भ्रमणले म्याद थपमा लबिङ गर्ने बुझिएको छ । तिन दिने नेपाल नेपाल बसाइका काङले प्रधानमन्त्री झलनाथ खनाल, माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कग्रेश सभापति सुशील कोइराला, नागरिक समाजका प्रतिनिधीहरु, राष्ट्रिय मानबअधिकार आयोगका सदस्यहरु भेट गर्ने कार्यक्रम रहको छ ।

नेपालमा रहँदा काङले बेपत्ता छानविन तथा जाँचबुझ आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको शीघ्र स्थापनका लागी सरकार र प्रमुख दलका नेताहरुलाई आग्रह गर्नु हुनेछ । ओएचसिएचआरको म्याद आगामी जेठ अन्तिम साता सकिदैछ । म्याद थप्नका लागी पश्चिमा देशहरुले नेपाललाई बबाब दिदै आएका छन । राजनितीक दल र तत्कालीन सरकारको आग्रहमा ६ बर्ष अघि सन २००५ मा ओएचसिएचआर कार्यालय नेपालमा स्थापना भएको थियो ।

संविधानसभाको म्याद थप्न सकिने काँग्रेस महामन्त्री सिंहको भनाई

बिराटनगर, ५ वैशाख । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले मूलुकमा राष्ट्रपति शाशन स्वीकार्नु भन्दा संविधानसभाको म्याद थप गर्नु उचित हुने धारणा राख्नु भएको छ । काँग्रेसका अन्य नेताहरुले संविधानसभाको म्याद थप्न नहुने बताइरहेका बेला महामन्त्री सिंहको यस्तो धारणा आएको हो । आगामी जेठ १४ मा संविधान जारी हुने अवस्था नआए संविधानसभाको म्याद थप्नुको विकल्प नभएको महामन्त्री सिंहको भनाई थियो । 

प्रेस युनियन मोरङले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले माओवादी र एमाले शान्ति प्रक्रिया र संविधान लेखनको वाधक भएको आरोप लगाउँदै दुई दलकै कारण संविधान निर्माण समयमा नहुने संभावना बढेको टिप्पणी गर्नुभयो । दलहरुमा इच्छाशक्ति भए अझैपनि जेठ १४ मा संविधान जारी गर्न सकिने बताउँदै उहाँले तर यसका लागि प्रमुख तीन दलबीच सहमति हुनुपर्नेमा जोड दिनुभयो ।

अर्को एक प्रसंगमा महामन्त्री सिंहले षडयन्त्रबाट बनेको बर्तमान सरकार अढाई महिनामै असफल भएको दाबी गर्नुभयो । एमाले र माओवादीबीचको गृहमन्त्रालयको विवादले राष्ट्रिय राजनीतिमानै नराम्रो प्रभाव पारेको उहाँको टिप्पणी थियो ।

महिला सेलको स्थापना

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिक महिलाको समस्या सुनुवाइका लागि वैदेशिक रोजगार विभागमा महिला सेलको स्थापना गरेको छ । श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव पूर्णचन्द्र ढुङ्गेलले वैदेशिक रोजागारमा गएका धेरै महिला शारीरिक, मानसिक तथा आर्थिक शोषणमा पर्ने गरेकाले उनीहरुका समस्या सुनी कारबाही गर्न सेलको स्थापना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारबाट श्रम स्वीकृति लिएर नजाँदा धेरै महिला वैदेशिक रोजगारीका क्रममा ठगिने गरेका छन् ।
 
श्रमका लागि गएका महिलाले सुरक्षित तरिकाले आफ्नो काम गर्न सकून् र उनीहरुका समस्या महिलाहरुबाट नै सुनुवाइ गर्न सकियोस् भनेर खाडी मुलुकमा महिला सहचारी पठाउने क्रम पनि सुरु गरेको छ । सहसचिव ढुङ्गेलका अनुसार युएई मुलुकमा महिला सहचारी पठाई यस्तो कार्यको सुरुवात गरिएको छ । वैदेशिक रोजगारीमा जाने महिलाका समस्यालाई ध्यानमा राखी वैदेशिक रोजगार नीति ल्याउन लागिएको र सोको कार्य अन्तिम चरणमा पुगेकोसमेत उहाँले जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय समाचार
अफगानिस्तानको रक्षा मन्त्रालयमाथी हमला

अफगानिस्तानको रक्षा मन्त्रायलमा हमला भएको छ । सैनिक कर्नेलको पोशाकमा आएका एक ब्यक्तिले अन्धाधुन्ध फायरिङ्ग गर्दै मन्त्रालयमा हमला गरेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । हमलामा परि दुइ जनाको मृत्यु भउको छ भने कयौँ मानिस घाइते भएका छन् । मृत्यु हुनेमा रक्षामन्त्री तथा सैन्य प्रमुखका सुरक्षाकर्मी रहेको बुझिएको छ ।

सैनिक पोशाकमा रहेको उक्त ब्याक्तिले शरिशमा विष्फोटक पदार्थको पेटी लगाएको तथा हमला गर्दै मन्त्रालयको दोश्रो तल्लामा रहेको रक्षामन्त्री तथा सैन्य प्रमुखका कार्यकक्ष सम्म पुगेको विविसीले उल्लेख गरेको छ । यद्यपी सुरक्षाकर्मीले उक्त हमलाकारीले आफैँलाइ विष्फोट गराउनु अघि नै गोली हानी हत्या गरेको जनाएका छन् । अफगानिस्तानमा कुनैपनि हमलामा मन्त्रीको अत्यन्त निकट पुगेको यो पहिलो घटना भएको विविसीले उल्लेख गरेको छ । यसैबिच हमलाको जिम्मेवारी तालिबानी विद्रोहीले लिएको छ । तालिबानले अफगानी रक्षामन्त्री अमेरिकी कठपुतली रहको भन्दै आफुले उसलाइ खतम पार्ने चेतावनी समेत दिएको छ ।

खेल समाचार
एएफसी प्रसिडेन्टकपको सम्पूणृ तयारी पुरा भएको

काठमाण्डौँ, ०५ बैशाख । बुधबारबाट राजधानीमा सुरु हुने एएफसी प्रसिडेन्ट कप अन्तरगत समूह सीको छनोट खेलको सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले आज राजधानीमा पत्रकार सम्मेलनमको आयोजना गरि रंगशाला मर्मत लगायतका सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।

प्रतियोगितामा नेपालको लिग विजेता नेपाल पुलिस क्लब, तुर्केमिनिस्तानको एफसी बाल्कन, पाकिस्तानको वाप्डा तथा चाइनिज ताइपेइको ताइवान पावर कम्पनीले प्रतिस्पर्धा गर्दैछन् । राउन्ड रोविनको अधारमा हुने खेलमा शीर्ष स्थानमा रहने दुई टोली प्रेसिडेन्ट कप २०११ को फाइनल चरणमा प्रवेश गर्नेछन् । पुलिस क्लबले पहिलो खेल बुधबार पाकिस्तानको वाप्डास“ग खेल्नेछ भने शुक्रबार बाल्कन र आइतबार ताइवान पावर कम्पनीको सामना गर्नेछ ।

नेपालको सबै खेल दशरथ रंगशालामा सम्पन्न हुनेछ भने अन्य खेल सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा हुनेछ । अघिल्लो वर्ष शीर्ष दुई टोली सिधै सेमिफाइनलमा प्रवेश गर्ने प्रवाधान भए पनि यस वर्षदेखि छनोट खेलाइन थालिएको हो ।

यसैबीच एन्फा अध्यक्ष गणेश थापाले आगामी जुनमा एएफसी अन्डर सिक्सटीन फुटबल प्रतियोगिता काठमाडौंमा हुनुअघि साफस्तरीय प्रतियोगिता गर्ने पनि जनाएका छन् । एएफसीमा राम्रो नतिजा ल्याउन साफस्तरीय प्रतियोगिताले सहयोग गर्ने अध्यक्ष थापाको भनाइ थियो । यता एएफसीका प्रतिनिधिहरूले दशरथ रंगशालाको मैदान अभैm सुधार हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । मैदानमा राम्ररी दुबो पलाउन सकेको छैन भने मैदानको बीचबीचमा अझै पनि खाडल रहेको छ ।

No comments: