माओवादीद्धारा सात मन्त्री एघार राज्य मन्त्रीलाइ सरकारमा पठाउने निणर्य
काठमाण्डौ, ०१ बैशाख । सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगाउन बसेको माओवादी स्थायी समिती बैठक विना निष्कर्ष सकिएको छ । पार्टि केन्द्रीय कार्यलय कोटेश्वर पेरिसडाँडामा झैण्डै ५ घण्टा चलेको बैठकमा गृहमन्त्री तथा अन्य मन्त्रीको नाममा विवाद भएपछि बैठक निष्कर्ष विहिन बनेको हो ।
बैठकपछि माओवादी प्रवक्ता सिपी गजुरेलले सरकारमा ७ मन्त्री र ११ राज्यमन्त्रीलाइ पठाउने निणर्य गरेको जानकारी दिनुभयो । यद्यपी मन्त्रीहरुको टुङ्गो भने भोलीको बैठकले लगाउने गजुरेलले बताउनुभयो । गजुरेलले बैठकमा प्रचण्डले सरकारमा सहभागी हुने १८ जनाको नामावली प्रस्ताव गरेको जानकारी दिनुभयो ।
बैठकमा माओवादी अध्यक्ष प्रचण्डले गृह मन्त्रालयमा शान्ति मन्त्री समेत रहेका बर्षमान पुन अनन्तलाइ पठाउन प्रस्ताव गरेपनि उपाध्यक्ष मोहन बैद्य लगायतले असहमति जनाएको थियो । बैद्यले पुनलाइ शान्तिमा कायम राख्दै गृहमा देव गुरुङ्गलाइ पठाउन प्रस्ताव गर्नु भएको स्रोतले जनायो । बैठकमा अन्य मन्त्रीहुनेको नाम चयनमा समेत समस्या देखिएको बुझिएको छ । माओवादीमा मन्त्री हुने आकाक्षिंको लाइन लागेपछि पार्टिबाट मन्त्री हुने ब्यक्तिको चयन गर्न सकेको छैन ।
सरकार आफ्नो मिसन पूरागर्न क्रिर्याशीलः प्रधानमन्त्री
काठमाण्डौँ, ०१ बैशाख । प्रधानमन्त्री झलनाथ खानलले सरकार आफ्नो मिसन पूरागर्न निरन्तर लागिपरेको बताउनु भएको छ । सरकारलाइ असफल भयो भन्ने आरोप खण्डनगदै प्रधानमन्त्रीले हेर्ने दृष्टिकोण नै असफल देखिएको टिप्पणी गर्नुभयो । नयाँ बर्षको अबसरमा आज सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री खनालले शान्ति र संविधान निर्माणगर्ने मिसनमा सरकार निरन्तर लागरिहहेको बताउनु भएको हो । उहाँले सरकार विस्तारको क्रम चलिरहेको र छिट्टै चौथो पटक विस्तार हुने जानकारी गराउनुभयो । गृह मन्त्रालय कस्लाइ दिनुहुन्छ भन्ने संचारकर्मीको प्रश्नमा प्रधानमन्त्री खनालले भन्नुभयो–‘गृह मन्त्रालय नेपाल सरकारसंगै छ, सरकारसंग नै रहन्छ ।’ सहमतीकै आधारमा गृह मन्त्रालयको ब्यवस्थावपन गर्न आफूहरु दृढ रहेको खनालको भनाई थियो ।
चियापान कार्यक्रममा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान सभाको म्याद थप बारे अहिलेसम्म कुनै छलफल नभएको दावी गर्नुभएको छ । निधाएरित समयमै संविधान जारी गर्न अझै पनि दलहरुले प्रयास जारी राख्नुपर्नैमा जोड दिदै नेम्वाङले म्याद थवका बारे दलहरुबीच छलफल भएको भन्ने समाचारहरु निराधार रहेको जिकिर गर्नुभायो ।
यसैब्ीच प्रधानमन्त्ती खनालले आयोजना गर्नुभएको चियापानमा आज राष्ट्रपती डा रामवरण यादव पनि सहभागी हुनुभएको छ । राजनीतिक चियापानहरुमा विरलै सहभागी हुने गर्नुभएका राष्ट्रपती आज चियापजानमा सरिक हुनmुलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । यस्तै चियापानमा उपराष्ट्रपती परमानन्द झा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित विभिन्न दलका नेता–कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो । तर चियापानमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रभावशाली नेता केपी शर्मा ओलीको भने सहभागिता रहेको थिएन ।
कास्कीमा बालुवाले पुरिएर ४ जनाको मृत्यु, दाङमा २ तथा डँडेलधुरमा ३ जनाको मृत्ुयु
पोखरा, १ बैशाख । कास्कीको लेखनाथ स्थीत मजुवामा बालुवाको ढिस्कोले पुरिएर आज आमा छोरी सहित चार जनाको मृत्यु भएको छ । सेतीको किनारमा बालुवा निकालेर ट्याक्टरमा लोड गर्दै गर्दा एक्कासी माथिबाट खसेको ढिस्कोले उनीहरुलाई पुरेको प्रहरीले जनाएका छन् । ढिस्कोले पुरिएर मृत्यु हुनेमा तनहूँ कोटदरबार ६, रिसिङ्ग बस्ने ४० वर्षीया श्रीमाया आले र उनकी ८ वर्षीया छोरी बिनिसरा आले, धनकुटा राजारानी ५ की ९ वर्षीया अम्बिका राई र ट्याक्टरका सहचालकसमेत रहेका कास्की भाचोक–४ का २२ वर्षीय सुमित परियार छन् ।
बालुवाको ढिस्कोले पुरिएका उनीहरुको डाँडाकोनाक प्रहरी चौकीबाट गएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा भ्याकूमको मद्दतबाट शव बाहिर निकालिएको थियो । एक्कासी ढिस्को खस्न लागेपछि साथमै खेल्दैगरेकी आफ्नी छोरी अम्बिकालाई भागेर उनकी आमाले भने ज्यान जोगाएकी छिन् । सेतीकिनारमा रहेको बालुवाखानीमा उनीहरु लामो समयदेखि मजदुरी गर्दैआएका थिए ।
यता दाङ र बाँकेको सिमानामा पर्ने शिब खोला नजिक आज एक मिनि बस दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २० जना भन्दा बढि घाइते भएका छन् । पिकनिक खाएर फर्किदै गरेका स्थानिय गाँउलेहरु चढेको बा २ ख ९०३७ बस पल्टिएको प्रहरीले जनाएको छ । मृत्युहुने मध्ये दाङ बुधौराका बिक्रम चौधरीको मात्र पहिचान भएको प्रहरीले जनाएके छ । पहिचान नभएका गाढिका स्टाफ भएको बताइएको छ ।
यस्तै पाल्पामा आज भएको ट््याक्टर दुर्घटनामा दुइ जनााको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । पुर्वी पाल्पाको दर्छाबाट रजघरा तर्फ जादै गरेको लु १ त ८७९३ नम्बरको ट्याक्टर दर्छा १ सिमलगैरा मोठारमा दुर्घटना भएको हो । मृत्यु हुनेमा दर्छा ६ का १५ बषीय तारा मश्राङ्गी, र बाकामलाङ्गका १२ बर्र्षिय सरण सारु रहेको प्रहरीले जनाएको छ । गिटी लिएर रजघरा जादै गरेको ट्याँक्टर गियर फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
यसैबिच डडेलधुराको रडुवाखोलामा आज बिहान यात्रु बाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ३६ जना घाईते भएका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । क्षमता भन्दा बढि यात्रु बोकेका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

चार मन्त्रालय नपाए फोरम सरकारमा जादैँन ः उपेन्द्र यादव
भक्तपुर, ०१ बैशाख । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमति अनुसार मन्त्रालय नपाए आप्नो पार्टी सरकारमा सहभागि नहुने बताउनुभएको छ । फोरम जिल्ला शााखा भक्तपुरले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै यादवले सहमति अनुसारको चार मन्त्रालय पाए मात्र फोरम सरकारमा सहभागि हुने बताउनुभयो । सहमति अनुरुपको मन्त्रालय नपाए बाहिरै बसेर सरकारलाई सहयोग गर्ने उहाको भनाई थियो । अहिलेको सरकारलाई राष्टिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिदै उहाले जेठ १४ गते भित्र संबिधान जारी गरिसक्नु पर्ने बताउनुभयो । संविधानसभा विघठन गर्न नहुनेमा जोड दिदै उहाँले ताजा जनादेशमा जानु उपयुक्त नहुने र यसले मुलुकलाई झन संकटतर्फ लैजाने दाबी गर्नुभयो ।
यसैबीच आजै एक अर्को कार्यक्रममा यादवले निर्धारित समयमा संविधान बन्न नसके संविधान सभाको म्याद थप्नुपर्नै बताउनुभएको छ । निधाएरित समयमा संविधान नबन्नुको कारण जनतालाई स्पष्ट पारेर म्याद थप गर्न सकिने यादवको भनाई छ । राजधानीमा आज आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले अन्य मधेशवादी दलहरुले संविधान सभाको म्याद थप्न नहुने बताईरहेकै बेला यस्तो बताउनुभएको हो । संविधान सभा विघटन गराएर २०१७ सालको जस्तै निरङकुसता जन्माउन खोजिएको भन्दै यादवले मधेश आन्दोलनको मुख्य माग भनेको नै संविधान सभाबाट संविधान जारी गर्नु भएको उल्लेख गर्नुभयो । विद्रोहमा जाने भन्ने केही मधेशवादी दलहरुको धारणा आयातित धारणा भएको आरोप लगाउँदै यादवले दलहरु गम्भिर भएर लागे जेठ १४ गते नै संविधान जारी गर्न सकिने र त्यसैकै लागि मेहनत गर्नुपर्नै बताउनुभयो । मधेशवादी,कम्युनिस्ट र प्रजातान्त्रिक तीनै शक्ति मिले मात्र संविधान जारी गर्न सकिने बताउनुभयो ।
श्रृङखलाबद्ध आक्रमण जारी
काठमांडौ, १ बैशाख । मुलुकको सुरक्षा अवस्था खस्कदै गएको भन्दै सरकारको चर्को आलोचना भइरहेकै समयमा अज्ञात समूहको गोली प्रहारबाट आज बिहान राजधानीमा पाकिस्तानी दुतावासका एक कर्मचारी गम्भिर घाइते भएका छन् । गोली प्रहारबाट गम्भिर घाइते भएका दुतावास भिसा शाखामा कार्यरत पाकिस्तानी नागरिक मोहम्मद आसिमको शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको छ ।
मोटरसाईकलमा हिडीरहेका बेला चक्रपथ बसुन्धारा नजिकै आसिमलाई आज बिहान ९ बजेतिर अज्ञात समूहले तिन राउण्ड गोली प्रहार गरेको थियो । आसिमको हात र पेटमा गोली लागेको छ । निधारमा प्रहार गरिएको गोली भने हेल्मेटका कारण वचेको थियो ।
राजधानीमा यसअघि भारतीय व्यापारी अन्जनीकुमार चाचन तथा त्रिपुरेश्वरको सिप्रदी ट्रेडिङमा कार्यरत एक कर्मचारीको हत्या भएको थियो भने नवनियुक्त उर्जा मन्त्री गाकर्ण बिष्टमाथी उहांको निवासमै खुकुरी प्रहार भएको थियो ।
यसैबीच प्रहरीले पाकिस्तानी राजदुताबासका कर्मचारी मेहबुब आशिषलाई गोली प्रहार गर्ने कार्यमा संलग्न रहेको आशंकामा १ सय ४९ जनालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ । गोली प्रहार गरी नम्बर नखुलेको मोटरसाइकलमा फरार भएकोमा महाराजगंजस्थित कान्ति बाल अस्पताल अगाडि बा.१६ प ९०४५ नम्बरको मोटरसाइकल वेवारिसे अवस्थामा फेला परेको प्रह्रीले जनाएको छ । घटनास्थलबाट प्रहरीले नपड्केको गोली १ थान र खोका १ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
नयां वर्ष २०६८ आजबाट शुरु
काठमांडौ, १ बैशाख । आज देखि सुरु भएको नेपाली तिथी अनुसारको नयाँ बर्ष २०६८ देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी हषर््ा उल्लासका साथ मनाईएको छ । स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुले घर परिवार, साथीभाई र आफन्तजनसंग शुभकामना आदान प्रदान गरी नयाँ बर्ष मनाएका छन् । नयां वर्षका अवशरमा देशभित्र र देश वाहिर बिभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुको आयोजना भएका थिए । नयाँ वर्षकै अवशर पारेर प्रधानमन्त्री झलनाथ खनालले आज चियापानको आयोजना गर्नुभएको थियो भने विभिन्न राजनीतिक दलहरु तथा सङघ सङगठनहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी नववर्षको स्वागत गरेका छन् ।
यसैबीच, नयांवर्षको शुभकामना दिंदै राष्ट्रपति डा. रामवरण यादवले शान्तिप्रक्रिया र संविधान निर्माण निर्धारित समयमै सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । मुलुकको आर्थिक, प्रशासनिक र सामाजिक क्षेत्रमा बाक्लिदै गएको अन्योल र अनिश्चयको बादललाई चिर्न समयमै शान्ति प्रक्रिया पुरा गरी संबिधान निर्माण गर्नुको बिकल्प छैन्, राष्ट्रपति यादवको शुभकामना मन्तव्यमा भनिएको छ ।
यसैगरी प्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्ष २०६८ का अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकार अर्जुनदृष्टिकासाथ शान्ति र संविधान निर्माणको प्रक्रियामा नै केन्द्रित रहेको बताउनुभएको छ ।
यसैबीच २०६७ साल नेपालीहरुका लागि निराशाजनक रहेपनि नयाँ वर्ष २०६८ भने मुलुकका लागि फलदायी हुने ज्योतिषहरुले भविष्यवाणी गरेका छन् । मुलुकमा खाद्यान्न बाली, जलखेती राम्रो हुने योग रहेको र अन्य मुलुकको तुलनामा दैवी विपत्ति न्यून हुने वैदिक कर्मकाण्ड सेवाका अध्यक्ष ज्योतिषी तुलसीप्रसाद काफ्ले बताउनुहुन्छ । तर नयाँ सालमा नागरिकले निकै कठिनाइ भोग्नुपर्ने योग रहेको बताउँदै राष्ट्रिय ज्योतिष विज्ञान सेवा समितिका महासचिव विश्व प्रेम भट्टराई राजनीतिमा केही द्वन्द्व हुनसक्ने भविष्यणवणी गर्नुभएको छ । उहाँका अनुसार यस वर्षको पञ्चाङ्गका अनुसार राजा चन्द्रमामा रहेकाले अत्यधिकरुपमा मूल्य वृद्धिको सामना गर्नुपर्ने देखिन्छ, त्यस्तै मन्त्री बृहस्पतिमा रहेकाले धार्मिक–सामाजिक क्षेत्र ज्यादै पीडादायी रहने र नेताहरुमा धार्मिक नैराश्यता उत्पन्न हुने योग रहेको छ ।
प्रजातन्त्रबादी एकजुट हुनुको विकल्प छैन ः पौडेल
नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बलियो लोकतान्त्रिक संविधान निर्माणका लागि कांग्रेस,एमाले लगायतका सम्पूर्ण प्रजातन्त्रवादी दलहरु एक भएर बढ्नु पर्ने बेला आउएको बताउनुभएको छ । स्याङजा काठमाडौं सम्पर्क समिति र गोरखा काठमाडौं प्रजातान्त्रिक समाजले आज राजधानीमा संयुक्त रुपमा आयोजना गरेको नव बर्ष २०६८ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले जनताको लोकतन्त्र सुरक्षित गर्नका लागि प्रजातन्त्र प्रेमी र लोकतन्त्र प्रेमी एक स्थानमा उभिनुको विकल्प नभएको बताउनुभयो । माओवादीले शान्ति,संविधान र लडाकु समायोजनका विषयमा विभिन्न स्थानमा भएका बार्ता निष्कर्षमा पुग्न लागेको समयमा माओवादी अध्यक्ष प्रचन्डले बाहानबाजी गरेर निष्कर्षमा पुग्न लागेको बेला पन्छिन खोजेको आरोप लगाउनुभयोे ।
कार्यक्रममा काग्रेस नेता गोपालमान श्रेष्ठले बर्तमान संविधान सभा अयोग्य ठहरिए त्यसमा सामेल ६ सय एक जना सभासद पनि अयोग्य ठहरिने टिप्पणी गर्नुभयो ।
विस्केट जात्रा
भक्तपुरमा जारी विस्केट जात्राको पाँचौ दिन लिङगो ढाल्ने क्रममा आज अकस्मात लिङगो भाँचिएको छ ।हिजो भेलुखेलमा ठडाईएको लिङगो ढाल्ने क्रममा आज भाँचिएको आम्रा भक्तपुर सहकर्मिले जनाएका छन् । यद्यपी सो घटनामा मानवीय क्षती भने नभएको जनाईएको छ ।यसअघि आजै भैरवनाथ र ईन्द्रायणी पूजा सम्पन्न गरिएको छ । आजै भैरवनाथको रथ साँझ सम्मा गाहिटीमा ल्याई भद्रकालीको रथ सँग जुधाउने कार्यक्रम रहेको छ ।
भुटानी प्रधानमन्त्री थिन्ले तीन दिने नेपाल भ्रमणमा
भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्ले नेपालको तीन दिने भ्रमणका क्रममा आज बिहान काठमाण्डौ आइपुग्नु भएको छ ।सार्क राष्ट्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री थिन्ले माल्दिभ्सको राजधानीमा मालेमा हुन गई रहेकोे आगामी सार्क शिखर सम्मेलनक अघि मध्याबधि मुल्याकन गर्न उहाँ नेपाल आउनु भएको हो । तीन दिने नेपाल बसाइका क्रममा उहाँले नेपाली समकक्षी झलनाथ खनाल सहित, राष्टपति डा रामबरण यादब, सभामुख सुभाष चन्द्र नेम्वाङ लगायत उच्च सरकारी अधिकारीसंग भेटबार्ता गर्नु हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री थिन्लेको यो भ्रमण अनौपचारिक तवरमा भए पनि भुटानी शरणार्थीको घर फिर्तीको बिषयमा उहाँहरु सँग हुने भेटबार्ताका क्रममा कुराकानी हुने बताइएको छ ।
यसैबीच भुटानी जनता पार्टीले प्रधानमन्त्ती थिन्लेले भुटानी राजाको सन्देश बोकी हिडेकाले नेपाल भ्रमणबाट भुटानी शरणार्थी समस्या समाधान नहुने ठोकुवा गरेको छ । भुटानी जनता पार्टिका अध्यय बलराम पौडेलले आज एक विज्ञप्ती जारी गरी थिन्लेको भ्रमण बेअर्थी भएको टिप्पणी गरेको छ । जनता पार्टीद्धारा जारी विज्ञप्तीमा भपनएकोे छ—नेपाल र भुटान सरकारस्तरमा विगतमा भएका १५ पटकका वार्ताहरु भुटानी शासकहरुको जनविरोधी रवैयाका कारण सफल नभएको पृष्ठभूमिका त्यही रवैया बोकेर आएका ठिन्ले र नेपाली अधिकारीहरुको वार्ताले नयाँ निकास नदिने स्पष्ट छ ।
अन्तराष्ट्रिय समाचार
लिबियामाथीको कारवाहि चर्काऊने विषयमा कतारमा छलफल
लिबियामाथी थप कारवाही गर्ने बारे नेटामा सम्बद्ध देशका विदेशमन्त्रीहरुको भेला जर्मनीको बलिर्नमा सुरु भएको छ । भेलाले लिबियामा आम नागरिकको रक्षाका लागी चालिने थप रणनिती तय गर्ने बताइएको छ । यद्यपी भेलामा नेटोको कारवाहीमा परि सर्वसाधारणको मृत्युको विषयमा समिक्षा भएपछि मात्र थप कदम चालिने विषयमा छलफल हुने बुझिएको छ ।
भेलामा फ्रान्स र बेलायतले भने लिबियामाथीको सैन्य कारावाहि तिव्र बनाउन सदस्यराष्ट्रहरु लाइ आग्रह गरेका छन् । नेटाको कारवाहिमा हाल फ्रान्स, बेलायत, क्यानडा, बेल्जीयम, नर्वे र डेनमार्कले मात्र सहभागीता जनाएका छन् । २८ सदस्यीय नेटा संगठनमा २१ राष्ट्रभने हालसम्म जमिनमा गरिने हवाइ हमलामा संलग्न भएका छैनन् । नेटाका टर्की र जर्मनीले भने लिबियामाथीको कारवाही रोक्नुपर्ने विषयमा लबिङ गर्दै आएका छन् । नेटाका केही सदस्यराष्ट्रहरु भने कारवाहीमा संलग्नता जनाएपनि थप कारवाही गर्न नहुने बताउदैँ आएका छन् ।
ब्रिक्स देशका नेताहरुको बैठक चीनमा
चीन, भारत, दक्षिण अफ्रिका, रुस र ब्राजीलको समुह ब्रिक्सले अन्तराष्ट्रिय विनियमको साधानको रुपमा रहेको डलर माथीको निर्भरता कम गर्ने निणर्य गरेका छन् । चिनमा बसेको यो समुहको बैठकले पछिल्लो समय देखिएको आर्थीक मन्दिको कारण डलर रहेको भन्दै त्यसमाथीको निर्भरता कम गर्ने निणर्य गरेको हो । साथी ब्रिक्सले मध्यपूर्ण र दक्षिण अफ्रिकी मुलकुमा जारी प्रजातन्त्रको आन्दोलनमा पश्चिमा राष्ट्रले गरेको बल प्रयोगको समेत विरोध गरेको छ । दक्षिण अफ्रिका भने यसबर्षबाट मात्र ब्रिक्समा आवद्ध भएको हो । ब्रिक्सले बिश्वमा घरेलु उत्पादनमा २० प्रतिशतको हिस्सा ओगटेको छ ।

No comments:
Post a Comment