सम्वैधानिक उपसमितीमा केन्द्रीय ब्यवस्थापिका दुइ सदनात्मक हुने सहमति
![]() |
Constituent Making Committee, Nepal |
काठमाडौँ, १७ फागुन । सवंैधानिक समिति अन्तरगतको उपसमितिले नयाँ संविधानमा संघीय केन्द्रीय व्यबस्थापिका दुइ सदनात्मक बनाउने सहमति गरेको छ । उपसमितिको आज बसेको बैठकले केन्द्रीय संसद दुइ सदनात्मक बनाउने सहमति गरेको उपसमिति संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो । प्रतिनिधित्वको आधार र नेतृत्ववारे भने अर्को बैठकमा छलफलल हुने प्रचण्डले बताउनुभयो । यसअघि माओवादीले केन्द्रीय संसद एक सदनात्मक हुने अडान राख्दै आएको थियो । प्रचण्डले आजको छलफल असाद्धै सकारामक र रचनात्कम रहेको दावी गर्दै आगामी दिनमा सहमति जुटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिनिधि सभा र राष्ट्रिय सभाको रुपमा केन्द्रीय संसद दुइ सदनात्मक रहने सहमति भएको कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताउनुभयो । यसअघि माओवादीले प्रतिनिधि सभाको सट्टा ‘जन–प्रतिनिधि सभा’ राख्नुपर्ने बताउदै आएको थियो ।
केन्द्रीय व्यबस्थापिका सम्बन्धी विबाद टुगिएपछि धेरै प्रश्नको हल हुने पौडेलले बताउनुभयो । समिति सभापति निलाम्बर आचार्यले पहिलोृ दिनको छलफल सरकारात्मक रहेकोले फागुन मसान्तसम्म विबाद टुगिंने विश्वास व्यक्त गर्नुभयो । प्रादेशिक सदन एक सदनात्मक बनाउने बिषयमा यसअघि उच्चस्तरिय कार्यदलले सहमति जुटाएको थियो । उपसमितिको आर्को बैठक पर्सि विहिबार बसनेछ ।
माओबादीले सरकारमा सहभागि हुने निर्णय भोली गर्ने
काठमाडौँ, १७ फागुन । गृह मन्त्रालय नपाए सरकारमा नजाने अडानमा रहेको एकिकृत नेकपा माओवादी अन्तह आफूले समर्थन गरेको वर्तमान खनाल नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । आज बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने सन्र्दभमा सकारात्मक छलफल गरेको बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । माओवादीले गृह मन्त्रालयको अडान छाडेपनि वर्तमान सरकार सात बुदे सहमतीका आधारमा बनेकाले सात बुदे कार्यान्वयनमा भने माओवादी अडान कायमै रहने माओवादी भनाई छ ।
यद्यपी सरकारमा जाने बारे औपचारिक निर्णय भने भोली बस्ने स्थाई कमिटी बैठकले गर्ने उहाँको भनाई छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडांडामा वसेको वैठकमा केही स्थायि समिति सदस्यहरु उपस्थित नभएपछि भोली पुन वैठक वसेर सरकारमा जाने औपचारिक निर्णय गर्ने र सरकारमा जाने नेताहरुको नाम समेत टुङगो लगाउने प्रकाशले बताउनुभयो ।
लिबियामा अलपत्र परेका नेपालीलाइ सरकारी खर्चमा स्वदेश फर्काउने मन्त्रिपरिषदको निणर्य
काठमाडौँ, १७ फागुन । मन्त्रीपरिषद्ले लिबियामा अलपत्र परेका सबै नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काउने निणर््ँय गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रीपरिषदको बैठकले लिबियामा अलपत्र नेपालीहरुको उद्दारमा लाग्ने सबै खर्च व्यहोर्ने निर्णय गरेको हो । नेपाल आइसकेका र आऊन बाँकि रहेका १ हजार ९ सय ६१ जना नेपालीहरुको हवाई टिकट, खाने बस्नेदेखि औषधी उपचारसम्मको खर्च ब्यहोर्ने निणर््ँय भएको बैठकपछि सरकारका प्रवक्ता गंगालाल तुलाधरले जानकारी दिनुभयो । मन्त्री तुलाधरका अनुसार, अन्य ७ सय ४६ जना नेपाली कामदारलाई भने चिनिया कम्पनीले त्रिभुवन बिमानस्थलमा ल्याइदिने प्रतिबद्धता जनाएको छ । उद्दारमा करिब ७ करोड खर्च हुने सरकारी अनुमन रहेको मन्त्री तुलाधरले बताउनुभयो । चीनिया कम्पनी सिनो हाइड्रोेले आगामी बिहीबार र शुक्रबार तीनबटा चार्टर विमानबाट उनीहरुलाई काठमाडौं ल्याइदिने प्रतिबद्धता जनाएको उहांले जानकारी दिनुभयो । लिबियामा अलपत्र परेकामध्ये सरकारको पहलमा १ हजार नेपाली लिबियाबाट फिर्ता भइसकेका छन् ।
यसैगरी, मन्त्रीपरिषदले पाकिस्तानको इलामावादमा हुने नेपाल–पाकिस्तान संयुक्त आर्थिक आयोगको बैठकमा भाग लिन विनाविभागिय मन्त्री गंगाधर तुलाधरलाई पठाउने निर्णय गरेको छ । फागुन २५ र २६ गते हुने बैठकमा भाग लिन मन्त्री तुलाधरको नेतृत्वमा आठ सदस्यीय टोली पाकिस्तान जानेछ । मन्त्रीपरिषदले मोटेरेवल पुल निर्माणका लागि स्वीजरल्याण्डले दिन लागेको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ भने लघुवित्त प्राधिकरण्ँ सम्वन्धी विधेयकलाई सैदान्तिक सहमति पनि गरेको छ । यसैगरी, शहरी विकास तथा पूर्वाधार विकास कार्यक्रमका लागि सहयोग ल्याउन विश्व बैंकसँग वार्ता गर्न मन्त्रीपरिषदले पाँच सदस्यीय टोली गठन गरेको छ । यस्तै, क्यापिटल मार्केट एण्ड इन्फास्ट्रक्चर कार्यक्रमका लागि सहयोग ल्याउन एसियाली विकास बैंकसँग वार्ता गठन ६ सदस्यीय वार्ता टोली गठन गरिएको मन्त्रीपरिषद तथा प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
सेनाको लोकतान्त्रिकरण सम्बन्धी छलफल स्थगितः
काठमाण्डौ, फागुन १७ । एकीकृत नेकपा माओवादीले पूवबर्ती सरकारले बनाएको प्रतिवेदन अमान्य हुने बताएपछि नेपाली सेनाको लोकतान्किरण सम्बन्धी छलफलगर्न आज बसेको संसदको राज्य व्यबस्था समितिको बैठक विना निश्कर्ष सकिएको छ । बैठकको सुरुमै माओवादी पोलिटव्युरो सदस्य पम्फा भुषालले सेनाको लोकतान्त्रिकरण सम्बन्धी निर्णय राजनीतिक सहमतिमा गरिने शान्ति सम्झौता र अन्तरिम संविधानको भावना विपरित पूर्वबर्ती सरकारले ल्याएको प्रतिवेदन माओवादीलाइ मान्य नभएको बताउनुभयो ।
यसअघि पूर्वबतर्ती सरकारले तत्कालिन रक्षामन्त्री विद्या भण्डारीको संयोजकत्वमा गठित समितिले तयार गरेको प्रतिवेदन सरकारले छलफलकालागि राज्य व्यबस्था समितिमा पठाएको थियो । नयाँ सरकार गठन भएको सन्दर्भमा सुरक्षा नीति र सेनाको लोकतान्त्रिकरण सम्बन्धी प्रतिवेदन बनाउन नयाँ समिति गठन गरेर गर्नुपर्ने भुसालले माग गर्नुभयो । कागे्रस सभासद पूर्णबहादुर खड्काले पूर्बबर्ती सरकारले ल्याएको पतिवेदनप्रति वर्तमान सरकारको दृष्टिकोण बुझेपछिमात्र थप छलफल अगाडि बढाउन उपयुक्त हुने धारणा राख्नुभयो ।
सभासदहरुले यसवारे सरकारी दृष्टिकोण बुझ्न प्रधानमन्त्रीलाइ समितिमा बोलाउनु पर्ने बताएका थिए । समिति सभापति रामनाथ ढकालले यसवारे धारणा बुझ्न प्रधानमन्त्रीलाइ समितिमा बोलाउन समय मिलाउने बताउनु भएको छ ।
यसैबीच सभासदहरुले अन्तराष्ट्रिय गैर सरकारी संस्थाको सहयोगमा राष्ट्रिय सुरक्षा सम्बन्धी छलफल गर्नु गल्ती भएको बताएका छन । कतिपय सभासदले भने सिङ्गो राज्य संयन्त्र विदेशी दाताको सहयोगमा चलेको भन्दै सुरक्षा नीति बनाउन समेत गैर सरकारी संस्थाको सहयोग स्वीकार गर्नुपर्ने बताए । संसदको राज्य व्यबस्था समितिको आज बसेको बैठकमा संवेदनशील बिषयमा छलफल गर्दा विदेशी सहयोग लिने नलिने भन्ने बिषयमा सभासदहरुबीच आरोप प्रत्यारोप चलेको हो ।
राष्ट्रिय जनमोर्चाका सभासद चित्रबहादुर केसीले राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील बिषयमा गैर सरकारी संस्थाको सहयोग लिनु गल्ती भएको बताउनुभयो । विना कुनै स्वार्थ विदेशीले सहयोग नगर्ने स्मरणगर्दै उहाँले सिंहदरवारमै पर्याप्त स्थथान हुदाहुदै सभासदहरु रिसोर्ट धाउनु गल्ती भएको उल्लेख गर्नुभयो ।
बैठकमा कागे्रस सभासद पूर्णबहादुर खड्काले भने राज्य संचालन नै विदेशी सहयोगमा भइरहेको दावीगर्दै सुरक्षा लगायत जतिपनि बिषयमा अनुदान लिन सकिने बताउनुभयो । उहाँले सिंङ्गो संविधानसभा र कतिपय संचार माध्यमले समेत विदेशी अनुदान लिएर संचालन भएको जीकिरगर्दै सुरक्षा क्षेत्रको सुधारका नाममा विदेशी सहयोगलाइ अस्वभाविक भन्न नमिल्ले बताउनुभयो ।
समिति सभापति रामनाथ ढकालले नयाँ संविधानमा सुरक्षा सम्बन्धी सुझाव दिन पवित्र उदेश्य लिएर रिसोर्टमा कार्यक्रम गरिएको बताउनुभयो । संविधान र नियमावलीको व्यबस्था अनुसार नै सेनाको लोकतान्त्रिकरण सम्बन्धी छलफल राखिएको दावीगर्दै उहाँले सिंहदरवार बाहिर छलफल राखिएकोबारे सभामुखलाइ जानकारी गराइएको बताउनुभयो । राष्ट्रिय सुरक्षानीति सेना–प्रहरीसंग मात्र सम्बन्धीत नभइ संस्कृति र परंपरासंग गासिएकोले यसवारे विज्ञको छलफल लिनुलाइ अन्यथा लिन नहुने उहाँको तर्क थियो ।
सरकारमा जाने सकारात्म वातावरण बनेको छ ः मोहन बैद्य
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्यले सरकारमा जान सकारात्मक वातावरण बनेको भन्दै सरकारमा नगए पनि समर्थन फिर्ता नलिने बताउनुभएको छ ।
राजधानीमा आज भएको साक्षात्कारमा उपाध्यक्ष बैद्यले एमालेसंगको छलफलबाट सातबुंदे सहमतिमा प्रष्टता आएको भन्दै आफूहरु सरकारमा जाने सम्भावना बढेको बताउनुभयो । प्रधानमन्त्री झलनाथ खनालले गृह मन्त्रालय आफैंसंग राखेर भएपनि सहमतिका अन्य बुंदा कार्यान्वयनमा प्रतिवद्धता जनाएपछि माओवादी सरकारमा जाने सम्भावना बढेको उहाको भनाइ छ ।
तर अन्तिम निर्णय गर्नुअघि प्रधानमन्त्रीसंग धारणा बुझ्ने बैद्यले जानकारी दिनुभयो । सरकारमा नगएपनि आफूले समर्थन दिएर बनाएको सरकार ढल्न नदिने माओवादी उपाध्यक्ष बैद्यको भनाइ छ । सरकारमा सहभागि नभएपनि उसलाइ दिएको समर्थन कुनै हालतमा फिर्ता नलिने उहाले स्पष्ट पार्नुभयो ।
माओवादी र एमालेविचको सहमति बामपन्थी ध्रुवीकरण नभएको भन्दै उहाले बाम ध्रुवीकरण भैहाले पनि त्यसलाइ गलत रुपमा लिन नहुने धारणा राख्नुभयो । काँग्रेसलाइ एक्ल्याएर जाने आफूहरुको मनशाय नभएको भन्दै उहाले बाम ध्रवीकरणको विरोध गर्नेले प्रजातान्त्रिक ध्रवीकरणको पक्षपात गर्नु गलत भएको बताउनुभयो ।
यता माओवादीकै अर्का उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले जेठ १४ गतेसम्म संविधान नबने जनविद्रोहमा जाने बताउनुभएको छ । आज कैलालीको मसुरियास्थित श्री जनप्रिय उच्च माविको स्वर्ण महोत्सवको समापन गर्दै उपाध्यक्ष भट्टराईले जेठ १४ गतेसम्म संविधान नबने एकीकृत नेकपा माओवादीलाई सह्य नहुने बताउनुभयो । अहिलेपनि गणतन्त्र जनताको घर दैलोमा नपुगेको भटराईको ठम्याई छ । गणतन्त्रलाई संस्थागत गर्न सबै राजनीतिक शक्तिहरु एकाकार हुनुपर्ने उहांले बताउनुभयो ।
ब्राह्रमण समाजद्धारा पक्षपात भए आन्दोलन गर्ने चेतावनी
काठमाडौँ, १७ फागुन । ब्राहमण समाज नेपालले राज्यले पक्षपात गरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । आज काठमाडौको खुल्लामन्चमा आज भएको विशाल सभामा समाजका अध्यक्ष नारायण अधिकारीले अन्य जातिको जस्तै समान हक अधिकार सुनिश्चित नगरे कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । राज्यले ब्राहमणलाई उपेक्षा गरेको अधिकारीको आरोप थियो । ब्राहमण समुदाय कुनै बाहिरी देशबाट नआएको भन्दै उहांले अन्य जातिलाई जस्तै ब्राहमण समुदायलाई पनि राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
सभाअघि राजधानीका चार वटै नाकाबाट संखनाथ सहित ¥याली निकालिएको थियो । काठमाडौंको कालीमाटी, बालाजु, कोटेश्वर र चाहबिलबाट निकालिएको शङख र घण्टा बजाउंदै सुरु भएको ¥याली एकसाथ खुलामन्चमा आएर सभामा परिणत भएको थियो । सभामा विभिन्न उपत्यका बाहिरका विभिन्न जिल्लाका बाह्रमण समुदायको सहभागिता थियो । सभामा बाह्मण जातिको संस्कृति झल्कने विविध झांकी प्रदर्शन गरिएको थियो ।
प्रहरी नै चोर ः भगौडा प्रहरी हातहतियार चोरीमा संलग्न भएको खुलासा
पोखराबमट एक भगौडा सशस्त्र प्रहरी ठूलो परिणाममा अत्याधुनिक हात हतियारसहित पक्राउ परेका छन् । उनी पछिल्लो समय पोखरा र आसपासमा भएका चोरी–डकैती र लुटपाट लगायतका आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरी बयानमा स्वीकारेको प्रहरीले जनाएको छ ।
मालेपाटनस्थित सशस्त्र प्रहरी बल कालिकागणमा आठ महिनाअघि भागेका सुर्खेत मेहलकुना–५ का २५ वर्षीय कुवेर पुनलाई प्रहरीले गएराती पक्राउ गरेको थियो । पक्राउ परेका पुन सशस्त्र प्रहरी बल लामापाटनमा केही महिनाअघि हराएका हतियार चोरीमा समेत संलग्न रहेको आज आयोजित पत्रकार सम्मेलनमा कास्की प्रहरी प्रमुख यादवराज खनालले जानकारी दिनुभयो ।
उनको साथबाट एसएमजी पेस्तोल एक थान, गोली दुई राउण्ड, कटुवा पेस्तोल एक थान, एसएलआर गोली एक थान, फायर नभएको गोलीको खोका ५४ थान, तरवार एक थान, सहीको दज्र्यानी चिन्ह, लागूऔषध चरेसलगायतका बरामद गरिएको प्रहरीले जनाएको छ । पुनले केही महिनाअघि करिब २९ हजार रुपैयाँमा एक आपराधिक समूह पेस्तोल बेचेको पनि स्वीरेका छन् ।
नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष कङ्साकार अस्पताल भर्ना
काठमाडौँ, १७ फागुन । नयाँ विमान खरिदका लागि गरिएको बैनामा आर्थिक अनियमितता गरेको अभियोगमा जेल चलान गरिएका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कङ्साकार श्वासप्रश्वासमा उत्पन्न समस्याका कारण आज अस्पताल भर्ना हुनुभएको छ । छातीमा समस्या देखिएकाले उहालाई भर्ना गरिएको त्रिपुरेश्वसस्थित काठमाडौँ अस्पतालका एक चिकित्सकले जानकारी दिनुभयो । विशेष अदालतले छ करोड धरौटी राख्न दिएको आदेश पूरा गर्न नसक्दा गत आइतबार कङ्साकार कारागार चलान भएका थियो ।
लिवियामा २४ जना नेपालीको विचल्लीः
लिवियाको राजधानी त्रिपोली एअरपोर्टमा नेपाल फर्कीन लागेका २४ जना नेपाली अलपत्र परेका छन । लिवियावाट सुडान हुदै नेपाल फर्कीने तयारीमा रहेका २४ जना अलपत्र परेको त्यहाँबाट गोरखाका निरज गुरुङ्गले जानकारी गराएका छन । उनिहरुले मानव अधिकार संगठनलाइ फोनगरी उद्धारको पहल गरिदिन सरकारसंग आग्रह गरेका मानव अधिकारकर्मी सुदिप पाठकले जानकारी दिनुभयो । सबैसंग रहेका सामान लुटिएको र उनिहरुलाइ एउटा कोठामा थुनेर राखिएको गुरुङ्गले बताएका छन । उनिहरु शौचालयको पानी खाने दयनिय अबस्थामा पुगेको भन्दै तत्काल उद्धारगर्न मानव अधिकार संगठनले माग गरेको छ ।
खेल समाचार
विश्वकप क्रिकेटमा श्रीलंका केन्यामाथी ९ विकेटको विजय दर्ता
श्रीलङकन पेसर लासिथ मालिङगाले विश्वकप क्रिकेट ईतिहासमा आफ्नो दोस्रो ह्याििट्रक बलिङ प्रदर्शन सहित ६ विकेट लिएपछि विश्वकप क्रिकेट अन्तरगत आज भएको खेलमा श्रीलङकाले कमजोर मानिएको केन्यामाथी ९ विकेटको विजय दर्ता गराएको छ ।
मालिङ्गा एक्लैले ६ विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको केन्या ४३ ओभर ३ बलमा १४२ रनमा खुम्चिएको थियो । मालिङ्गाले ४१ ओभरमा दुइ तथा ४३ औँ ओभरको सुरुमा थप विकेट लिएका थिए । विश्वकप क्रिकेटको यो संस्करणमा यो दोस्रो ह्याट्रिक हो भने मालिङगाको पनि विशवकपमा दोस्रो ह्यािट्रक हो । उनले यसअघि २००७ को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ह्याट्रिक गरेका थिए । यस संस्करणको विशवकपमा भने हिजोको नेदरल्यान्डविरुद्धको खेलमा वेश्टईन्डिजका केमार रोचले ह्याट्रिक प्रदर्शन गरेका थिए ।
विजयी श्रीलङ्काले केन्याद्धारा प्रस्तुत १४२ रनको लक्ष्य केवल १८ ओभर ४ बल ब्याटिङ गर्दै १ विकेट गुमाएर भेट्टाएको थियो । श्रीलङ्काका लागी नटआउट रहदैँ उपल थुरुङ्गाले ६७ तथा कुमार साङ्गाकाराले २७ रन हिर्काएका थिए । तिलकरत्ने दिलसान ४४ रन बनाएर केन्याका एलिजा ओटिनोको बलमा आउट भएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको केन्याका लागि कोलन्ज ओवयोले सर्वाधिक ५२ र डेभिड ओवयोले ५१ रन बनाएका थिए । यी दुई बाहेक अन्य सबै ९ ब्याट्सम्यान दोहोरो अङकमा रन नजोड्दै पवेलियनको बाटो तताएका थिए । नौ मध्ये ४ ब्याट्सम्यान विना कुनै रन डकआउट भएका थिए । चोटका कारण यसअघिका दुई खेल नखेलेका मालिङगाले आज ७ ओभर ४ बलको स्पेलमा केवल ३८ रन खर्चैर ६ विकेट लिएका थिए ।
मालिङ्गा एक्लैले ६ विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको केन्या ४३ ओभर ३ बलमा १४२ रनमा खुम्चिएको थियो । मालिङ्गाले ४१ ओभरमा दुइ तथा ४३ औँ ओभरको सुरुमा थप विकेट लिएका थिए । विश्वकप क्रिकेटको यो संस्करणमा यो दोस्रो ह्याट्रिक हो भने मालिङगाको पनि विशवकपमा दोस्रो ह्यािट्रक हो । उनले यसअघि २००७ को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ह्याट्रिक गरेका थिए । यस संस्करणको विशवकपमा भने हिजोको नेदरल्यान्डविरुद्धको खेलमा वेश्टईन्डिजका केमार रोचले ह्याट्रिक प्रदर्शन गरेका थिए ।
विजयी श्रीलङ्काले केन्याद्धारा प्रस्तुत १४२ रनको लक्ष्य केवल १८ ओभर ४ बल ब्याटिङ गर्दै १ विकेट गुमाएर भेट्टाएको थियो । श्रीलङ्काका लागी नटआउट रहदैँ उपल थुरुङ्गाले ६७ तथा कुमार साङ्गाकाराले २७ रन हिर्काएका थिए । तिलकरत्ने दिलसान ४४ रन बनाएर केन्याका एलिजा ओटिनोको बलमा आउट भएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको केन्याका लागि कोलन्ज ओवयोले सर्वाधिक ५२ र डेभिड ओवयोले ५१ रन बनाएका थिए । यी दुई बाहेक अन्य सबै ९ ब्याट्सम्यान दोहोरो अङकमा रन नजोड्दै पवेलियनको बाटो तताएका थिए । नौ मध्ये ४ ब्याट्सम्यान विना कुनै रन डकआउट भएका थिए । चोटका कारण यसअघिका दुई खेल नखेलेका मालिङगाले आज ७ ओभर ४ बलको स्पेलमा केवल ३८ रन खर्चैर ६ विकेट लिएका थिए ।
No comments:
Post a Comment