Monday, February 28, 2011

फागुन १६ गते २०६७

सरकारलाइ पुर्णता दिन अर्को दरिलो निणर्य गर्छु ः माओवादी अध्यक्ष प्रचण्ड

UCPN-Maoist Chairman Prachanda
काठमाडौँ, १६ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक÷दुई दिनमै सरकारले पुर्णता पाउने दावी गर्नुभएको छ । सरकारलाई पुर्णता दिनवाट वञ्चित गराउन अनेकौँ षड्यन्त्र भएकोले माओवादीले अर्को दरिलो निर्णय लिने उहाँले बताउनुभयो । पुनर्गठित नेकपा मशालसंगको पार्टी एकीकरण समारोहमा बोल्दै प्रचण्डले प्रधानमन्त्री निर्वाचनको क्रममा जस्तै मन्त्रीपरिषद विस्तारमा समेत माओवादीले दह््रो निर्णयको झापड प्रहार गर्ने वताउनु भएको हो ।

शान्ति र संविधानलाइ पूर्णतामा पु¥याउन माओवादीले जस्तोसुकै कदम चाल्न पछाडि नहट्ने दावीगर्दै प्रचण्डले प्रतीगामि र अग्रगामी शक्तिहरुविचको जारि लडाईको अन्तिम फैसलाको दिन नजिक आईरहेको वताउनुभयो । संसारमा नेपाल अहिले क्रान्ति र प्रतिक्रान्तीको केन्द्रविन्दु रहेको उल्लेखगर्दै वामपन्थी शक्तिहरुबीच एकीकरण जरुरी रहेको धाराण राख्नुयभो । 

एमालेकै शब्दमा निणार्यक भनिएको माओवादसँगको छलफल निष्कर्षविहिन ः गृहमा कुरा मिलेन

काठमाडौँ, १६ फागुन । मन्त्रालय बाँडफाँड र सातबुदँे सहमतिमा रहेको अष्पष्ठता हटाउन बसेको नेकपा एमाले र एकीकृत माओवादीबीचको वार्ता निश्कर्ष विहिन भएको थियो । दुवैदल पूर्वबत अडानमा कायमै रहेपछि संसद सचिवालय सिंहदवारमा विहान बसेको बैठक औपचारिकतामै सिमित बनेको थियो । एमालेले आजको वार्ता निर्णयक हुने बताएपनि बैठक विना निष्कर्ष सकिएको थियो । बैठकमा एमालले गृह मन्त्रालय बेगर सरकारमा सामेल हुन आग्रह गरेपनि माओवादीले ठाडै अस्वीकार गरेको थियो ।

बैठकपछि माओबादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले एमाले स्थाइ कमिटि बैठकले गरेको निर्णयप्रति माओवादी सहमत बन्न नसकेकोले सहमति जुटन नसकेको बताउनुभयो । उहाँले एमालेले भन्दैमा कुनैपनि वार्ता निणार्यक नहुने भन्दै आफुहरुले पनि बैठक गरेरै जवाफ दिने बताउनुभयो । प्रकाशले सातबुदँे सहमति कार्यान्वयको सम्बन्धमा एमालले माओवादीले चाहे अनुरुपको प्रष्ट गर्न नसकेको टिप्पणी गर्नुभयो । 

एमाले नेता केपी ओलीले भने वार्ता सकारात्मक रहेको दावीगर्दै गृह मन्त्रालय बेगर पनि माओवादी सरकारमा सामेल हुने विश्वास व्यक्त गर्नुभयो । गृह मन्त्रालय प्रधानमन्त्री भएको पार्टिले राख्ने भनेको दावीगर्दै ओलीले तत्काल मााअ‍ेवादीलाइ गृह मन्त्रालय जिम्मा दिए शान्ति प्रक्रिर्या निश्कर्षमा पुग्न नसकने जीकिर गर्नुभयो ।
त्यसअघि मन्त्रिमण्डल बिस्तारका बारेमा प्रधानमन्त्री खनाल र माओबादी अध्यक्ष प्रचण्ड बिच विहान छुट्टै छलफल भएको थियो । यद्यपि छलफल निष्कर्षविहिन बनेको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा तत्काल सरकारलाइ पूर्णता दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

उपसमिति संयोजकमा प्रचण्ड, सहयोगि र आमन्त्रित सदस्य थपः

संविधानका विबादित बिषय सुल्झाउन संवैधानिक समिति अन्तरगत गठित उपसमितिले संयोजक तोक्दै कार्यवीधि पारित गरेको छ । संविधानसभा सचिवालय सिंहदरवारमा विहान बसेको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ संयोजक तोकेको हो । उपसमितिले प्रमुख तीनदलका तर्फवाट दुइ दुइजना सहयोगि र अन्य तीनजना आमन्त्रीत सदस्य तोकेको छ । उपसमितिमा माओवादीका तर्फवाट देवप्रसाद गुरुड र खिमलाल देवकोटा, कागे्रसका विमलेन्द्र नीधि र राधेश्याम अधिकारी तथा एमालेका तर्फवाट सुरेन्द्र पाण्डे र अग्नी खरेल आमन्त्रीत सदस्य रहनु भएको छ ।

त्यस्तै मधेशी जनअधिकार फोरमका उपेन्द्र यादव, राष्टिय जनशक्ति पार्टीका डा प्रकाशचन्द्र लोहनी र महिला सभासदको तर्फवाट सपना प्रधान मल्ललाइ आमन्त्रित सदस्य मनोनित गरेको छ । उपसमितिको बैठकमा प्रधानमन्त्री, संविधान सभाका अध्यक्ष, उपाध्यक्ष, संबैधानिक समितिका सभापति र उपसमितिले आमन्त्रित गरेका सदस्य सहभागि हुन पाउने सहमति पनि भएको छ । उपसमितिले विबादका बिषय सहमतिमा टुगांउने र नियमित बैठक बस्ने कार्यवीधि पनि तय गरेको कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

उपसमितिले सहमति भएका विषयहरु सवन्धित प्रतिवेदन समितिमा पेश नगरी सार्वजनिक नगर्ने सहमति समेत गरेको छ ।  उपसमितिले मंगलवारदेखी विबादित बिषयमा छलफल सुरु गर्नेछ । नयाँ लेखन हुने संविधानका ७५ बुँदामा दलहरुका बीचमा विवाद छ ।

यसैबीच, कागे्रस संसदीय दलका नेता पौडेलले आफ्नो पार्टी फेरीपनि संविधानसभाको म्याद थपको पक्षमा नभएको बताउनु भएको छ । सिंहदरवारमा पत्रकारहरुसंग कुरागर्दै पौडेलले फेरीपनि संविधानसभाको म्याद थपगर्नु अनैतिक हुने टिप्पणी गर्नुभएको हो । जनआन्दोलनको भावना जतिसक्दो छिटो संविधान बनाउनु भएको स्मरणगर्दै पौडेलले माओवादी लचिलो भए जेठ १४ मै संविधान जारीगर्न संभव रहेको बताउनुभयो ।

यता स्व. गिरिजा प्रसाद कोइरालाको स्थानमा नेपाली कागे्रसले सभासद रमेश लेखकलाइ सम्बैधानिक समितिमा पठाएको छ । संविधानसभाको आज बसेको बैठकले सभासदको हेरफेर सम्बन्धी प्रस्ताव सर्बसम्मत पारित गरेको छ । यसअघि मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिका सदस्य रहेका लेखकको स्थानमा मनमोहन भट्टराइलाइ पठाइएको छ । गिरिजाप्रसाद कोइरालको निधन भएपछि सम्बैधानिक समितिमा कागे्रसको एक सदस्यको स्थान रिक्त रहेको थियो । संविधानसभा बैठकमा संविधानसभा अध्यक्षले एकीकृत माओवादीका सभासद गौरीशंकर खड्काको निधन भएकोमा संविधानसभाको एक सिट रिक्त भएको जानकारी गराउनु भएको थियो । संविधानसभाको आर्को बैठक अनिश्चित कालकालागि स्थगित भएको छ ।

लिवियामा रहेका कामदारको सुरक्षा गर्न सभासदको मागः

काठमाण्डौ, फगुन १७ । विभिन्न दलका सभासदहरुले लिवियामा रहेका नेपाली कामदारको सुरक्षागर्न र तत्काल उद्दारगर्न सरकारसंग माग गरेका छन । व्यबस्थापिका संसदको आज बसेको बैठकको विशेष र शून्य समयमा बोल्दै सभासदहरुले लिविया लगायत मध्यपूर्वी मुलुकमा रहेका नेपालीको सुरक्षाकालागि सरकारको ध्यानाकषर्ण गराएका हुन । नेपाली कागे्रसका गगन थापाले लिवियामा रहेका नेपाली कामदारको सुरक्षा र अन्य अरबी मुलुकका कामदारको सुरक्षाका लागि सरकारसंग माग गर्नुभयो । उहाँले उद्दार कार्यमा तीब्रता दिन सरकारसंग माग गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले लिविया लगायत मध्यपूर्बी देशमा रहेका नेपाली कामदारको युद्धस्तरमा उद्दारगर्न सरकारसंग माग गर्नुभयो । माओवादीका पद्मलाल विश्वकर्माले लिवियामा काम गर्ने कामदार गृह युद्धको चपेटामा परिरहेको स्मरणगर्दै उनीहरुको उद्धार गर्नुपर्ने बताउनुभयो । कागे्रसका लक्ष्मण घिमिरेले लिवियामा फसेका कामदारलाइ जतिसक्दो चाडो उद्दारगर्न सरकारसंग माग गर्नुभयो । राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ्गले लिवियामा रहेका नेपालीलाइ सरकार फीर्तागर्न गरिएको वेबास्थाप्रति आपत्ति जनाउनुभयो । नेककिपाका नवराज कोइरालाले लाखौ युवालाइ लिविया जान नपर्ने स्थिति सृजना गर्न माग गर्नुभयो ।

नेपाली कागे्रसका जीवनपे्रम श्रेष्ठ र जगदीश्वर नंसिह केसीले उद्योग कल–कार्खानालाइ व्यारेक बनाउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तीप्रति आपत्ति जनाउनु भयो । एमालेका चन्द्रबहादुर गुरुङ्गले सभासदवाट रातो पासपोर्ट दुरुपयोग हुनु सभासदकालागि चिन्ताको बिषय भएकोले उचित छानविनगर्न माग गर्नुभयो ।

सातबुदे सहमतिको बिषयलाइ लिएर घोचपेचः

प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सातबुदे सहमतिको बिषयलाइ लिएर संसदमा घोचपेच चलेको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकको विशेष समयमा कागे्रस मुख्य सचेतक लक्ष्मण घिमिरेले सातबुदे सहमतिले देशलाइ दुर्घटना उन्मुख बनाउको आरोप लगाउनुभयो । ‘चिनमा सास्कृतिक क्रान्तिद्वारा मच्चाइएको वितण्डा मच्चाउने योजना अनुरुप सातबुदे सहमति भएको छ,  उहाँले भन्नुभयो–वाइसिएलद्वारा वितण्डा मच्चाउने र प्रधानमन्त्री निरिह भएर बस्ने तयारी जस्तो छ ।’

शान्ति र संविधानकालागि कागे्रस पूर्ण रुपमा सहयोग गर्न कागे्रस तयार रहेपनि शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ पछाडि धकेलीएको आरोप लगाउनुभयो । माओवादीका पद्मलाल विश्वकर्माले विदेशी शक्तिको इसारामा परेर माओवादीलाइ गृह मन्त्रालय नदिने षडयन्त्र भइरहेको बताउनुभयो । मधेशी जनअधिकार फोरमका हरिनारायण यादवले गृहमन्त्रालयको बिषयलाइ लिएर देशलाइ अनिर्णयको बन्दि नबनाएउन माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपकालका चन्द्रबहादुर गुरुङ्गले सरकार गठन भएको लामो समय समेत सरकारले पूर्णता नपाउदा जनताका समस्या समाधान हुन नसकेको बताउनुभयो । संसदको आर्को बैठक आगामी १९ गते दिउसो १ बजे बस्नेछ ।

दु्रत मार्गका सम्बन्धमा सार्वजनिक लेखा समितिको बैठक

काठमाडौँ, १६ फागुन । संसदको सार्वजनिक लेखा समितिले सरकारको आफ्नै स्रोतबाट काठमाडौँदेखि बाराको निजगढसम्म दु्रतमार्ग निर्माणमा थप कम्पनीको सहभागिताका लागि म्याद बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । दु्रतमार्ग निर्माणमा कम्तिमा १० प्रतिशत नेपाली निर्माण कम्पनीको सहभागिता सुनिश्चित गराउने उद्देश्यले समितिको आज बसेको बैठकले यस्तो निर्देश दिएको हो ।

उक्त द्रुतमार्ग आयोजनाको बोलपत्रबारे पारदर्शिता गराउन वेभसाइटमा राख्न, बढीभन्दा बढी नेपाली कम्पनीको सहभागिता गराउन तोकिएका सर्तहरू लचिलो गराउन र आयोजनालाई प्रभावकारीरूपले कार्यान्वयनमा ल्याउन उच्चस्तरीय निर्देशन समिति गठन गर्न पनि निर्देशन गरेको  छ ।

सहमती कार्यान्वयन नभए सर्मथन फिर्ताः बैद्य

एकीकृत नेकपा माओवादीका नेताहरुले प्रधानमन्त्रि निर्वाचनका क्रममा भएको सात बुंदे सहमती कार्यान्वयन नभए सरकरालाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । माओबादी उपाध्यक्ष मोहन बैद्य किरणले माओवादी र एमालेबीच भएको सातबुँदे सहमती कार्यान्वन नभए आफ्नो पार्टीले सरकारलाई दिएको सर्मथन फिर्ता लिन सक्ने चेतावनी दिनु भयो । साथै उहाँले सहमती अनुसार नै मन्त्रीपरिषद विस्तार हुनुपर्नेमा जोड समेत दिनुभयो ।

राजधानीमा जनसञ्चार अभियानले गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष किरणले माओवादीका कारण सरकार निर्माण भएपनि एमाले भित्रको आन्तरिक कारणले मन्त्रीपरिषद विस्तार हुन नसकेको टिप्पणी गर्नुभयो । जारी राजनीतिक गतिरोध अन्त्य गर्न एमाले अग्रसर हुनुपर्ने उहाको भनाई थियो । उपाध्यक्ष  वैद्यले सहमतिका लागि आफुहरु लचकता अपनाउन तयार रहेको तर लचकतालाई कमजोरी ठानेमा परिणाम गम्भीर हुन सक्ने बताउनु भयो ।

यसैगरी  माओबादीका स्थायी कमिटि सदस्य टोपबहादुर रायमाझीले एमालेले सात सात बुँदे सहमती कार्यान्वयन नगरे  एक दुई दिन भित्रै अप्रिय निर्णय लिने चेतावनी दिनुभयो । उहाले गृह मन्त्रालय नदिईए आफ्नो पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने समेत बताउनुभयो । ।
राजधानीमा आज आयोजित साक्षात्कारमा रायमाझिले माओबादी बिचमा पेण्डुलम भएर नबस्ने बताउनुभयो । एमालेको तजविजमा माओवादी नचल्ने भन्दै उहाँले पार्टीको अध्यक्षले गरेको सहमति कार्यान्वयन नभए उहाँको क्षमतामा समेत प्रश्न उठ्ने जीकीर गर्नुभयो ।

नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले सुरक्षा सम्बन्धी मन्त्रालयहरु माओवादीलाई दिनै नसक्ने स्पष्ट पार्दै माओवादी सरकारमा नआए अब एमाले अब उसलाई कुरेर नबस्ने चेतावनी दिनुभयो । उहाँले अब माओवादी सरकारमा नआए पनि एक दुई दिन भित्रमै एमाले एक्लैले सरकारलाई पूर्णत दिने बताउनुभयो ।
साक्षात्कारमा नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले प्रधानमन्त्री झलनाथ खनालले सात बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा गरे नेपाली काग्रेस सबै विकल्पमा तयार हुन सक्ने बताउनुभयो । अहिलेको राजनीतिक गतिरोधको कारका सात बुँदे सहमति भएको भन्दै सात बुँदे सहमति खारेज नभईकन काग्रेसले सरकारलाई समर्थन गर्नै नसक्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सात बुँदे सहमतिलाई च्यातेर बामपन्थी र गैरबामपन्थी मिलेर संविधान निर्माणको जिम्मेवारी पुरा गर्नु पर्ने भन्दै सात बुँदे सहमति गरेर प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष दुबै फसेको दावी गर्नुभयो ।

शान्ती प्रक्रिया र संविधान निर्माण हुने आधार तयार नभएसम्म फोरम सरकारमा सहभागी नहुने

भैरहवा, १६ फागुन । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द« यादवले शान्ती प्रक्रिया र संविधान निर्माण हुने आधार तयार नभएसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने दोहोर्याउनु भएको छ । उहाँले शिबिरमा रहेका माअ‍ोवादी लडाकुको व्यवस्थापन र तोकिएको समयमा संविधान निर्माणको आधार तय नभई सरकारमा जानुको कुनै अर्थ नहुने स्पष्ट पार्नु भयो ।

भैरहवामा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आफरुलाई प्रधानमन्त्री झलनाथ खनालले सरकारमा सहभागी हुन बारम्बार आग्रह गरेपनि सो विषयमा प्रस्ट पार्न नसकेका कारण आफ्नो पार्टी सरकारमा सहभागि नभएको उल्लेख गर्नु भयो । उहाँले गृहमन्त्रालयको विवादमा परेर २ दलले मुलुकलाई बन्दी बनाएको आरोप समेत लगाउनु भयो ।
खेल समाचार
विश्वकप क्रिकेट

विश्वकप क्रिकेट अन्तरगत आज सम्पन्न दोश्रो खेलमा नेदरल्याण्डलाइ २१५ रनको फराकिलो रन अन्तरले पाखा लगाँउर्दै वेस्ट ईन्डीज विजयी भएको छ । वेस्ट इण्डिजले प्रस्तुत गरेको ३३१ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड ३१ ओभर १ बलमा ११५ रनमा अल आउट भएको थियो ।

त्यसअघि भारतको नयाँदिल्लीमा टस हारेर ब्याटिङ गरेको वेस्ट इण्डिजले नेदरल्याण्ड सामु पुरै ओभर खेल्दै ८ विकेट गुमाएर ३३० रनको योगफल तयार गरेको थियो । वेस्ट इण्डिजका लागी क्रिस गेलले सर्वाधिक ८० रन तथा केरिन पोलार्डले ६० रन हिर्काएका थिए । नेदरल्याण्डका लागी पिटर सिलरले ३ तथा मुद्यासर भुखारीले २ विकेट चट्काएका थिए ।

पराजित टोलि नेदरल्याण्डका तिन ब्याट्सम्यान विना कुनै रन पेभिलियन फर्किएका थिए भने तिन ब्याट्सम्यान १ रन बनाएर आउट भएका थिए । त्यस्तै अन्य दुइ ब्याट्स्म्यान दोहारो अंक नै नजोडि बाहिरिएका थिए । नेदरल्याण्डका पिटर बोरेनले १०, मसुद्यार भुखारीले २४ तथा एलेक्सीया केभ्रिजी १४ रन बनाएर आउट भएका भए । भने टम कमुर अर्धसतयिक ५४ रन बनाएर नट आउट रहे । नेदरल्याण्डको इनिङ ध्वस्त पार्ने क्रममा वेस्ट इण्डिजका लागी केमर रोच एक्लैले ६ विकेट लिएका थिए । त्यस्तै सुलेमान बेनले ३ तथा ड्यारेन स्यामीले १ विकेट लिएका थिए । 

यसैबिच जीम्बाबेले १० औँ संस्कराणको विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गराएको छ । आज भएको खेलमा क्यानडालाइ १७५ रनले हराउँदै जिम्बाबेले पहिलो जित दर्ता गराएको हो । यसअघि जिम्बाबेले अष्टे«लियासँगको खेलमा पराजय बेहोरेको थियो । भारतको नागपुरमा भएको खेलमा जिम्बाबेले प्रस्तुत गरेको २९९ रनको लक्ष्य पछ्याएको क्यानाडा ४२ ओभर १ बलमा अल आउट हुदैँ मात्र १२३ रन जोड्न सफल भएपछि जिम्बाबे विजयी बनेको हो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको जिम्बाबेले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर २९८ रनको योगफल तयार गरेको थियो । जिम्बाबेका लागी ततेन्द ताइबुले सर्वाधिक ९८ रन जोडेका भने क्यारिग इभ्राइनले ८५ रनको योगदान गरेका थिए । क्यानाडाका लागी बालाजी रावले ४ विकेट चट्काएका थिए ।

पराजित टोलि क्यानाडाका लागी जुविन सुकारीले २६ तथा रविन्द्रु गुनकेशराले २४ रन जोड्नु बाहेक अन्यले खासै प्रर्दशन गर्न सकेनन् । उसका दुइ खेलाडी विना कुनै रन तथा पाँच खेलाडी दोहारो अंक नै नजोडी आउट भएका थिए । जिम्बाबेका लागी रे प्राइस तथा ग्रेमी केमरले ३–३ विकेट लिएका थिए ।

No comments: