Sunday, February 27, 2011

फागुन १५ गते २०६७


भष्ट्राचारका आरोपित नेपाल वायुसेवा निगमका अध्यक्ष सुगतरत्न कंसाकार जेल चलान, धरौटि बुझाउन सकेनन्

Former Chairman of NA Sugatratna Kansakar
काठमाडौँ, १५ फागुन । विशेष अदालतले मागेको धरौटी बुझाउन नसकेपछि नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार जेल चलान भएका छन् । कंसाकारलाइ हाल डिल्लीबजार स्थीत जेलमा राखिएको छ । 

थुनछेक बहसको क्रममा विशेष अदालतले आज कंसाकारस“ग ६ करोड धरौटी रकम मागेको थियो । तर कंसाकारले धरौटी रकम बुझाउन नसकेपछि उनलाई जेल चलान गरिएको हो । अदालतका अध्यक्ष न्यायाशीध गौरीबहादुर काकीर्, सदस्यहरु न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेले कंसाकारबाट धरौटी माग गर्ने आदेश दिएका थिए । नया“ विमान किन्न कंसाकारले आफुखुसी एयरबस कम्पनीलाई बैना स्वरुप पैसा पठाएको भन्दै अख्तियारले कंसाकारसहित ५ जना अधिृकतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । 

अख्तियारको मुद्दामा उनीहरु सबै निलम्बनमा छन् । कंसाकारले निगमको खाताबाट एअरबस कम्पनीको जहाज खरिद गर्न पैसा फिर्ता नहुने शर्तमा बैना पठाएका थिए । निगम सञ्चालक समितिको बोर्ड बैठकले जहाज खरिदका लागि कम्पनीस“ग सम्झौता गर्न भनेकाले कंसाकारले सिधै बैना पठाएको भन्दै अख्तियारले उनी सहित ५ जनाविरुद्ध भ्रष्टाचारको अभियोग लगाएको थियो । आयोगले अभियुक्तहरुबाट बैना पठाइएको ५ करोड ७३ लाख सहित ब्याज असुल गर्न माग गरेको छ । 

माओवादीसंग निर्णयक वार्ताः एमाले 

CPN-UML Flag 
काठमाण्डौ, फागुन १५ । नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनका क्रममा माओवादीसंग भएको  सातबुदे सहमति सम्बन्धी विबाद र मन्त्रालय बाँडफाडवारे एकीकृत माओवादीसंग निर्णायक वार्ता गर्ने भएको छ । सिंहदरवार स्थित संसदीय दलको कार्यालय आज बसेको एमाले स्थाइ कमिटि बैठकले  माओवादीसंग निर्णयक वार्ता गर्ने निर्णय गरेको हो । विगतमा भएका निर्णयमा उभिएर माओवादीसंग छलफलगरी सहमतिको साझा धरातल तयार गरिने महासचिव इश्वर पोखे्रलले जानकारी दिनुभयो । 

सरकारका न्यूनतम साझा कार्यक्रम, मन्त्रालय बाडफाड र नसुल्झिएका बिषयमा माओवादी संगको वार्तामा छलफल हुने उहाँले बताउनुभयो । एमाले स्थाइ कमिटिले सुरक्षा संवेदनशीलतासंग जोडिएका मन्त्रालय माओवादीलाइ दिन नहुने पूर्वबत अडान कायमै राखेको छ । गृह मन्त्रालय नपाए सरकारमा नजाने एकीकृत माओवादीले निर्णय गरेपनि महासचिव पोखे्रलले माओवादी सरकारमा नआउनेवारे सोच्दै नसोचिएको जीकिर गर्नुभयो । 

अहिलेको सम्बन्धमा सुरक्षासंग सम्बन्धीत मन्त्रालय कस्ले लिने भन्नेवारे माओवादीसंग गम्भी छलफलगरी गृह मन्त्रालयको विबाद टुङ्गाइने पोखे्रलले बताउनुभयो । यसैबीच एमालेले पार्टी केन्द्रीय कार्यालय पुर्ननिर्माण र कार्यकर्ता संरक्षण कोष खडा गर्ने निर्णय गरेको छ । स्थाइ कमिटि बैठकले दुबै प्रयोजनकालागि महासचिवको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।


माओवादी अध्यक्ष प्रचण्ड ः प्रतिक्रान्तीकारहरु सल्बलाए । 

माओवादी अध्यक्ष प्रचण्डले यथास्थितिबादी र प्रतिक्रान्तिकारी शक्तिहरुको चलखेलका कारण मन्त्रिमण्डल विस्तार हुन नसकेकको बताउनुभएको छ ।

सहिद सप्ताहका अवसरमा गणतान्त्रीक सम्पर्क जिल्ला संठगन समितिले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिकारी शक्तिहरुको  चलखेल र षडयन्त्र मन्त्रिमण्डल विस्तारमा बाधक भएको बताउनुभयो । उहाँले अन्य दलहरुप्रति कटाक्ष गर्दै २÷४ बर्ष भेडाको संगत गरेर उपलब्धि हात पार्न नसकिए पनि अब सिंह भएर राजनीतिक षडयन्त्र परास्त गर्ने दाबी गर्नुभयो । अध्यक्ष प्रचण्डले सात बुदे सहमति रातारात गरेको निर्णय नभएर शान्ति, संविधान र दशबर्षे जनयुद्धको मर्मका आधारमा गरिएको बताउनुभयो । नेपालका धेरै नेता विदेशी दलालका मतियार भएको दाबी प्रचण्डको थियो । माओवादी अध्यक्ष प्रचण्डले लोकतान्त्रिक गठबन्धन बनाउन मिल्ने भए बामपन्थी गठबन्धन बनाउन किन नमिल्ने भन्दै प्रश्न गर्नुभयो । उहाले बामपन्थी नेतृत्वको सरकारमा लोकतान्त्रीक शक्ति सहभागी हुन सके राष्ट्र एक हुने धारणा राख्नुभयो । 

गृहको सट्टा माओवादीलाइ धेरै मन्त्रालयः ओली

काठमाडौँ, १५ फागुन । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीलाई सुरक्षा सम्बन्धी मन्त्रालयको सट्टा सहमतिभन्दा थप मन्त्रालय पनि दिन सकिने बताउनु भएको छ । हतियार र लडाकु रहेसम्म माओवादीलाई गृह मन्त्रालय दिन नहुने भन्दै सुरक्षासम्बन्धी मन्त्रालय लिन हतियार छाड्नुपर्ने ओलीको भनाइ छ । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै नेता ओलीले गृह मन्त्रालयको एकोहोरो अडान छाडि माओवादीलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले माओवादीका लडाकु र हतियार व्यवस्थापन भएको महिना दिनभित्रै सुरक्षासम्बन्धी मन्त्रालय दिन सकिने दावी गर्नुभयो । ओलीले माओवादीका लडाकू र हतियारमा खिया लागिसकेको भन्दै गृह मन्त्रालयकै लागि तत्काल लडाईमा जान नसक्ने दाबी गर्नुभयो । कार्यक्रममा एमाले नेता राजेन्द्र पाण्डेले एमाले नेतृत्वको सरकारले शान्ति र संविधानको कार्यभार पुरा गर्न विश्वास व्यक्त गर्नुभयो । 

यसैबीच मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले–माओवादीबीचको असमझदारी अन्त्य नहुँदासम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताउनुभएको छ । लुम्बिनीमा पत्रकार।हरुसँग बोल्दै उहाँले एकदुई मन्त्रालय दिने र सरकारमा सहभागी बनाउने सर्तमा मात्र आफूहरु सरकारमा नजाने स्पष्ट गर्नुभयो । उहाँले दुई दलका दुई नेताबीच भएको सातबुँदे सहमती समस्यामा परेको बताउँदै दुई दलले शान्तिप्रक्रिया टुङ्गोमा पु¥याउने, समयमै संविधान निर्माण गर्ने र सङ्घीय लोकतन्त्रलाई संस्थागत गर्ने विश्वसनीय आधार तयार गर्नुपनएै धारणा राख्नुभयो । गृहमन्त्रालयका लागि माओवादी र एमाले एकआपसमा लड्दा खनाल नेतृत्वको वर्तमान सरकार तुहिने सम्भावना बढेको यादवको दावी थियो  । 

माओवादी नेताहरु ः गृह मन्त्रालय चाहियो । 

काठमाडौँ, १५ फागुन । एकिकृत नेकपा माओवादीका केन्द्रिय सचिव सीपी गजुरेलले एमालेसग भएको सात वुदे सहमति अनुसार गृहमन्त्रालय माओवादीलाइ दिनुपर्ने वताउनुभएको छ । पुर्वाअन्चल स्तरीय स्वयंसेवक परिचालन समिति पूर्वाअन्चलको आयोजनामा धरानमा सम्पन्न भएको  राजनितिक प्रशिक्षण कार्यक्रम पछि आयोजित पत्रकार सम्मेलनमा वोल्दै सचिव गजुरेलले विदेशी हस्तक्षेप विना  अहिलेको सरकार वनेको छ त्यसैले यो सरकारलाई सरकार वाहिर वसेरै भए पनि सहयोग गर्ने वताउनुभयो । नेपालको राजनितिक दलहरुले विदेशी हस्तक्षेप विना वनाएको यो सरकार नेपाली जनताको चाहाना अनुसारको सरकार भएको समेत दावी गर्नुभयो । 

यता माओवादीकै नेता टोपबहादुर रायमाझीले सात बु‘दे सहमतिको मर्म र भावना विपरित गए वर्तमान सरकार ढल्ने चेतावनी दिनु भएको छ । आज राजधानीमा अखिल कान्तिकारीले गरेको कार्यक्रममा नेता रायमाझीले सात बु‘दे सहमतिको मर्म र भावना विपरित एमाले गए सरकार ढल्ने चेतावनी दिनु भएको हो । उहाले शान्ति, संविधान र लोकतन्त्रको रक्षाको लागि सात बु‘दे सहमति भएको बताउनुभयो । शान्ति र संविधान नचहाने तप्काले सात बु‘देको मर्म नबुझेको भन्दै उहाले यस विषयमा प्रधानमन्त्री गम्भीर नभए सरकार ढल्न सक्ने बताउनुभयो । 

सरकारका प्रवक्ता तुलाधरको भनाइ 

काठमाडौ, १५ फागुण । सरकारका प्रवक्ता गंगालाल तुलाधरले  लिवियाको राजनीतिक द्धन्द्धका कारण अप्ठ्यारो अवस्थामा परेका नेपालीहरुको उद्धार कार्यमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्तगर्नु भएको छ । राजधानीमा आज आयोजित साक्षात्कारमा बोल्दै मन्त्री तुलाधरले सरकारले उद्दारमा आवश्यक पैसा देखि पहलसम्म कुनै पनि काममा कमि हुन नदिने दृढता ब्यक्त गर्नुभएको हो । 

उहाँले भन्नुभयो– नेपाली नागरिकको सुरक्षा गर्नु राज्यको कर्तब्य हो,यो कर्तब्यबाट राज्य एक कदम पनि पछाडि हट्दैन,कति पैसा लाग्छ , कस्तो पहल गर्नु पर्छ,,सबै पहल राज्यले गर्छ । प्रवक्ता तुलाधरले राज्य नेपाली नागरिकको उद्दारमा सक्रिय रहेको भन्दै त्यहाँका नेपाली नागरिकलाई उद्धार गर्न ईजिप्टमा रहेको नेपाली राजदुतावासलाई परिचालन गरिएको र भारत र चिनको दुतावास मार्फत उनीहरुको उद्दार टोलीबाट पानी जहाजबाट नेपाली नागरिकलाई पनि बेईजिङ्ग, सांघाई, दिल्ली र मुम्बईबाट नेपाल ल्याउने प्रयास भईरहेको जानकारी पनि दिनुभयो ।

श्रम तथा यातायात मन्त्रालयका सचिव दिनेशहरी अधिकारीले लिवियामा अहिले १ हजार ९ सय ४४ नेपाली कामदर रहेको जानकारी दिदै उनीहरुको उद्दारकोलागी सरकारले ३० हजार अमेरिकी डलर ईजिप्टको राजदुतावासलाई पठाईसकेको बताउनुभयो । उहाँले ईजिप्टको अलेक्जेन्डेरियामा ५ सय ६२ नेपाली नागरिकलाई उद्दार गरी राखिएको र उनीहरुलाई प्लेन चार्टर गरेर भोली सम्म नेपाल ल्याउने तयारी भईरहेको जानकारी पनि दिनुभयो । उहाँका अनुसार आज साझ सम्ममा पनि १ सय २७ कामदार नेपाल आउने तयारीमा रहेका छन् ।

संवैधानिक समितीको उपसमितिले संयोजक तोक्न सकेन, प्रचण्डको सम्भावना प्रबल

काठमाडौँ, १५ फागुन । संवैधानिक समिति अन्तरगत गठित उपसमितिले संविधानमा रहेका विबादित बिषय समाधानगर्न विज्ञहरुको समेत राय लिनेगरी कार्यवबिधि तय गरेको छ । संविधानसभा सचिवालय सिंहदरवारमा आज बसेको उपसमितिको पहिलो बैठकले एक—एक जना सहयोगि र आबस्यक परेकोखण्डमा विज्ञको सुझाव लिने निर्णय गरेको उपसमिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । काग्रेसका तर्फवाट उपसमिति सदस्य रामचन्द्र पौडेल उपस्थित नभएका कारण आज संयोजक तोक्ने काम भने हुन सकेन । 

यद्यपी माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई नै संयोजक तोकिने संभावना रहेको एक सदस्यले जानकारी दिएका छन । समिति सभापति निलाम्बर आचार्यले उपसमितिले भोलीदेखी औपचारिक काम सुरु गर्ने जानकारी दिनुभयो । 

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै समितिका सदस्य लक्ष्मणलाल कर्णले सविधान लेखनका क्रममा विवादित रहेका ७५ वटा प्रश्नावली बैठकमा वितरण गरिएको र समितिको भोलि बस्ने बैठकले संयोजक तोक्नुका साथै आफ्नो कार्यविधि तय गर्ने जानकारी दिनुभयो । समितिको बैठक सञ्चालन गर्ने विधि र नीति विषयमा मात्र आजको बैठक केन्द्रित रहेको अर्का सदस्य कल्पना राणाले बताउनुभयो । 

थर्मलप्लान्ट अति जरुरी भइसक्यो– मुख्यसचिव

काठमाडौँ १५ फागुन । लोडसेडिङबाट उद्योग व्यवसाय र आमजनतालाई नराम्रो असर पर्नेक्रम हरेक वर्ष बढ्दै गएको भन्दै सरकारका मुख्य सचिव माधव घिमिरेले तत्कालै थर्मलप्लान्ट जडान गर्नुपर्ने सुझाव दिनुभएको छ । सरकारको अनुदानमा नेपाल विद्युत् प्राधिकरणलाई वा निजीक्षेत्र कसलाई सञ्चालनको अनुमति दिने हो, त्यसबारे पार्टीभित्र छलफल गरी यथाशक्य छिटो निर्णयमा पुग्न मुख्यसचिव घिमिरेले सरकारसँग आग्रह गर्नुभयो ।

व्यवस्थापिका¬–संसद प्राकृतिक स्रोत साधन समितिअन्तर्गतको अनुगमन उपसमितिको बैठकमा उहाँले मुलुकमा यत्रो लोडसेडिङ र ऊर्जा सङ्कट हुँदासमेत ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले तत्कालीन वा दीर्घकालीन समाधानको कार्ययोजना नबनाउनु कमजोरी भएको टिप्पणी गर्नुभयो । थर्मलप्लान्टबाट उत्पादित विद्युत् प्रतियुनिट २८ रुपैयाँ पर्न जाने हुँदा सो मूल्य जनताले थेग्न नसक्ने भएकाले राजनीतिक सहमतिका आधारमा  सरकारले भारी अनुदान दिएर प्लान्ट सञ्चालन गर्ने निर्णय गर्न जरुरी छ,,उहाँले भन्नुभयो ।

राष्ट्रपति यादव स्वदेश फर्किए । 

राष्टपति डा रामबरण यादब कुबेतको राष्ट्रिय स्वतन्त्रता दिबसको अबसरमा आयोजित कार्यक्रममा सहभागी भई  आज स्वदेश फर्कनु भएको छ । उहाँ ५० औ राष्टिय दिबस र २०  औ स्वतन्त्रता दिबसका अबसरमा आयोजित कार्यक्रममा  सहभागी हुन गत शुक्रबार त्यस तर्फ जानु भएको थियो ।

त्यहा रहदाँ राष्टपति यादबले राष्टसघका पुर्व महासचिब  कोफी अन्नान, भुटानका राजा, पाकिस्तानका राष्टपति, बगलादेशका राष्टपति बेलायतका पुर्वै प्रधानमन्त्री टोनी ब्लेयर र भारतका बिदेशमन्त्री एसएम कृष्णा लगायत सँग भेटघाट गर्नु भएको थियो । उक्त भेटमा दुई मुलुक बिचको आपसी हित र चासोको बारेमा कुराकानी भएको बताइएको थियो । राष्टपति यादब छोरी अनिता, कार्यालयका सचिब बामन न्यौपाने, परराष्ट सचिब मदन भट्टराई, शिष्टाचार महापाल मुक्ति भट्ट सहित १४ जना टोलीको नेतृत्व गर्दै त्यस तर्फ जानु भएको थियो ।

खेल समाचार
विश्वकफ क्रिकेट

विश्वकप क्रिकेट अन्तरगत आइतबार सम्पन्न भारत र इग्ल्याण्ड बिचको खेल बराबरी भएको छ ।  टस जितेर ब्याटिङ गरेको भारतले समान इङग्ल्याण्डले समेत ३३८ जोडेपछि दुइ देश बिचको खेल बराबरी भएको हो । 

र्बैङलोरस्थित चेन्नास्वामी स्टेडियममा टस जितेर ब्यािटङ गरेको ४९ ओभर ५ बलमा अलआउट हुनुअघि भारतले ३३८ रनको योगफल तयार गरेको थियो । भारतका लागी सचिन तेन्दुलकरकोे शतकिय १२० रन जोडेका थिए । उनी जेम्स एन्डरसनको बलमा मार्यकल यार्डीद्धारा क्याचआउट भए । यस्तै भारतीय ईनिङलाई ३०० रनको आकडा पार गराउन युवराज सिंहले ५८,गौतम गम्भिरले ५१ तथा विरेन्दै सेहवागले ३५ रनको योगदान गरे । ईङल्यान्डका लागि उत्कृष्ट बलिङ गर्दे टिम ब्रेसनानले ५ विकेट आफ्नो नाममा लेखाएका थिए । 

त्यस्तै जवाफि ब्याटिङ गरेको इङग्ल्याण्डले पुरै ओभरमा ७ विकेट गुमाएर ३३८ रन बनाएको थियो । इङग्ल्याण्डलाइ भारत समान स्कोर पु¥याउन इङग्ल्याण्डका एन्डु स्ट्रसले शतकिय १५८ बनाएका थिए । भारतसँग खेल बराबरी गर्न। त्यस्तै इग्ल्याण्डका लागी इयान बेल ६९, केभिन पिटरसन ३१, माइकल याडी १३ तथा जोनाथन ट्रट १६,  रन बनाएर आउट भएका थिए ।  भारतका लाग जहिर खानले ३ विकेट लिएका थिए ।

No comments: