Saturday, February 26, 2011

फागुन १४ गते २०६७


लिबियामा रहेका ६२जना नेपाली कामदार फर्किए

Libya Unrest : Nepali worker returning through Egypt.
रोजगारीका सिलसिलामा लिबिया पुगेका ६२ नेपाली कामदार आज नेपाल फर्किएका छन् । लिबियामा सत्तामा रहेका राष्ट्रपति कर्नेल मुहम्मद गद्याफिको राजिनामा माग गर्ने तथा समर्थन गर्नेको हिसांत्मक चेपुवा परेपछि उनीहरुलाइ आज ऊद्यार गरिएको हो । उनीहरुलाइ इजिप्ट स्थीत नेपाली दुतवासको सहयोगमा नेपाल फर्काइएको हो । आज नेपाल फर्किएका कामदारहरुलाइ हिजो लिबिया बाट उद्धार गरि इजिप्ट  पु¥याइएको थियो । लिबिया बाट हिजो इजिप्टको अलेक्जेन्ड्रिया पुगेका ५ सय ६२ नेपाली मध्ये पहिलो चरणमा ६२ जना नेपाल आइपुगेका हुन् । आज नेपाल फर्किएकाहरुलाइ एस ओ एस मेनपावरले लिबिया पठाएको थियो । 

नेपाल फर्किएका कामदारहरुले लिबियामा प्रर्दशनका दौरान दुःख पाएको गुनासो गरेका छन् । त्रिभुवन विमानस्थलमा संचारकर्मीहरु सँग कुरा गर्दै उनीहरुले आन्दोलनका क्रममा अफिसहरु जलाइएको, राति क्याम्प छाड्न लगाएको, पैसा, मोबाइल लगायतका सर सामान समेत लुटेको तथा बास बसिरशेको क्याम्पबाट खेदेको बताएका छन् । उनीहरुले काम दिएको कम्पनीले घर फर्कन पैसा नदिएको तथा इजिप्टको सिमा सम्म मात्र ल्याएर छाडेको प्रति समेत दुःख मनाऊ गरेका छन् । फर्किएका कामदारहरुले अन्य कयौँ नेपालीहरु अन्यौलमा रहेको भन्दै तत्काल उद्यारको पहलका लागी समेत सरकारलाइ आग्रह गरेका छन् । लिबियामा कयौँ नेपालीहरुले राजदुतावासमा फोन गरेर उद्यारका लागी गुहार मागिरहेको कामदारहरुले बताएका छन् । प्रर्दर्शनको केन्द्रविन्दु बेघांजीमा मात्रै १४५ जना फसिरहेको कामदारहरुले जनाएका छन् । कतिपय कामदारहरुको भिसा समेत नरहेकाले उनीहरुको जिवन समेत संकटमा रहेको फर्किएका कामदारहरुले जनाएको छन् । 

यसैबिच मेनपावर ब्यवसायीहरुले १२०० सय नेपाली कामदारलाइ नेपाल फर्काउन इजिप्ट ल्याइएको जानकारि दिएका छन् । वैदिशिक रोजगार ब्यवसायी महासंघका प्रथम उपाध्यक्ष हंशराज वाग्लेले इजिप्ट सरकारले ७२ घण्टे भिसा उपलब्ध गराएकाले तत्काल नेपालीलाइ फर्काउन पहल गरिरहेको बताउनुभयो ।  

कंग्रेश केन्द्रिय समितीमा ६ जना थप

Nepali Congress
नेपाली कंग्रेशका सभापति सुशिल कोइरालाले ६ जना महाधिबेशन प्रतिनीधिलाई केन्द्रिय कार्यसमिती सदस्यमा मनोनयन गर्नुभएको छ । यो संगै ८४ सदस्यीय कंग्रेश कार्यसमितीमा पदाधिकारी र सदस्यको संख्या ८० पुगेको छ । मनोनयन हुनेहरुमा झापाका केशवकुमार बुढाथोकी, सुनसरीकी मीना सुब्बा, भोजपुरकी लक्ष्मी राई, महोत्तरीका रामचन्द्र तिवारी, सल्यानका डिल्लराम रेग्मी र पाल्पाका राजन प्रसाद पन्त रहेका छन् । विवादका कारण महाधिवेशन भएको पाँच महिना पुगीसक्दा समेत सभापति शुशिल कोइरालाले केन्द्रीय समितलाइ पुर्णता दिन सक्नु भएको छैन । सभापति कोइरालाले उप सभापतिमा रामचन्द्र पौडेललाइ तथा महामन्त्रीमा कृष्ण सिटौलालाइ प्रस्ताव गरेपनि हालसम्म प्रस्ताव अनुमोदन हुन सकेको छैन ।  

सरकारले चाँडै पूर्णता पाउँछ ः प्रधानमन्त्री खनाल

ललितपुर, १४ फागुन । प्रधानमन्त्री झलनाथ खनालले मन्त्रिमण्डल  विस्तारलाई चाँडै पूर्णता दिइने दोहोराउनुभएको छ । मन्त्रीपरिषद् विस्तारको विषयमा आफ्नै पार्टि एमाले र माओवादीको चेपुवामा पर्नु भएका प्रधानमन्त्री खनालले सरकार विस्तारलाई पूर्णता दिन सम्बद्ध दलहरुसँग गम्भीर छलफल भइरहेकाले चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सात बुदेँ सहमति गर्दा माओवादीलाई गृह मन्त्रालय दिन सहमत हुनु भएका प्रधानमन्त्री खनाल पछिल्लो समय आफ्नै पार्टिले विरोध गरेपछि चेपुवा पर्दै आउनु भएको छ । 

नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले आफ्नो नेतृत्वको सरकारको मुख्य दायित्व शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याएर लोकतान्त्रिक संविधान लेख्नु नै भएको स्पष्ट पार्दै खनालले  शान्तिप्रक्रियालाई कसरी चाँडै पूर्णता दिने भन्नेबारेमा छिट्टैै तालिका सार्वजनिक गरिने र संविधान लेखनलाई गति दिन सुल्झन बाँकी विवादलाई छलफलद्वारा यही फागुन मसान्तसम्म टुङ्गो लगाइने बताउनुभयो ।

यता एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले विदेशी शक्तिको इशारामा देशमा संकटकाल लगाउने, फेरी राष्ट्रपति वा अन्य शाशन लाद्ने षड्यन्त्र भइरहेको बुझेपछि नेपालीहरु सरकार गठनका लागी सक्षम छन् भन्ने देखाउन एमाले अध्यक्ष झलनाथ खनाललाइ प्रधानमन्त्रीमा समर्थन गरेको बताउनु भएको छ । 

ललितपुरमा शहिद परिवारसँगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले शान्ति र संविधान नचाहने तत्वले आफूहरुलाई सरकारमा जानबाट रोकिरहेको आरोप समेत लगाउनुभयो । प्रचन्डले आफूहरु सरकारलाई पूर्णता दिन लडिरहेपनि षड्यन्त्रका प्रपन्च रचिएकाले त्यसो हुन नसकिरहेको बताउनुभयो । शान्ति र संविधानलाई निश्चित गर्न आफैले समर्थन गरेको  सरकारमा सहभागी भएर सहयोग गर्न आफूहरु अझै पनि प्रयासरत उहाँले उल्लेख गर्नुभयो ।

सात बुदेँ कार्यन्वयन गर अनि सरकार गठन गछौँ ः 

काठमाडौँ, १४ फागुन । माओवादी प्रचण्डले सात बुँदे सहमती कार्यान्वयन नभएसम्म आफूहरु सरकारमा जान नसक्ने स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री झलनाथ खनालसँग विहान बालुवाटारमा भेटी प्रचन्डले सहमती कार्यान्वयनमा एमालेले तत्परता नदेखाएको भन्दै यथास्थितिमा आफूहरु सरकारमा सहभागी नहुने स्थायी समिति बैठकको निर्णय बारेमा जानकारी गराउनु भएको थियो । 

अध्यक्ष प्रचन्डले सात बुदे सहमती नै सरकार गठनको आधार भएकाले सरकारमा सहभागिताको बटमलाईन सातबुदे कार्यान्वयन भएको बताउनुभएको बालुवाटार स्रोतको भनाई छ । प्रधानमन्त्री खनालले भने आफू सातबुँदे सहमति भन्दा बाहिर नजाने भन्दै सरकारमा सहभागी हुन अध्यक्ष प्रचण्डसंग आग्रह गर्नु भएको बताइएको छ । एमालेले माओवादीलाई गृह मन्त्रालय नदिने भएपछि माओवादी सरकारमा सहभागी नहुने भएको हो । माओवादी सरकारमा सहभागी नहुने भएपछि प्रधानमन्त्री खनाल अप्ठ्यारेमा पर्नुभएको छ । भेटमा प्रधानमन्त्री खनालले पार्टीमा थप छलफल गरी माओवादीसंग कुरा गर्ने बचन दिनुभएको छ । 

एमालले सबै मन्त्रालय राख्ने पछि माओवादीलाइ दिने ः उप प्रधानमन्त्री अधिकारी

काठमाडौ, १४ फागुण । उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले माओवादीले सरकारको नेतृत्व गर्ने पालोमा अर्थ, गृह र रक्षा मन्त्रालय माओवादीलाई नै दिने गरी प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्डवीच सहमति भएको दावी गर्नुभएको छ । रिपोर्टर्स क्लब लुम्बिनीले आज आयोजना गरेको साक्षात्कारमा बौल्दै मन्त्रि अधिकारीले आज विहान प्रधानमन्त्री र माओवादी अध्यक्षवीच भएको बार्तामा त्यस्तो सहमति भएको खुलासा गर्नुभएको हो ।

अहिले एमालेले सरकारको नेतृत्व गरेको बेला यी तीन मन्त्रालय एमालेले नै राख्ने र माओवादीले नेतृत्व गर्ने बेलामा माओवादीले नै यी तीन मन्त्रालय राख्ने गरी सहमति भएको छ, अधिकारीले भन्नुभयो  । यो सहमति पछि दुई दलवीच पछिल्लो समयमा सरकारलाई पूर्णता दिने विषयमा रहेको विवादको अन्त्य भएको दावी गर्दै मन्त्रि अधिकारीले चार दिनभित्रमा माओवादी सहितको सरकारले पूर्णता पाउने उल्लेख गर्नुभयो । उहाँले बर्तमान सरकार शान्ति र संविधानको सुनिश्चितताको लागी गठन भएको भन्दै सरकारले त्यसका लागी आवश्यक राष्ट्रिय सहमति कायम गरेर काग्रेस सहित मधेसवादी दलहरुलाई पनि छिट्टै सरकारमा ल्याउने दावी गर्नुभयो ।

संवैधानिक उपसमितिमा मधेसवादी दलबाट लक्ष्मणलाल कर्ण 

काठमाडौँ, १४ फागुन । संविधान लेखनमा देखिएका विवादित विषयहरूमा सहमति जुटाउनका लागि संवैधानिक समितिले गठन गरेको उपसमितिमा मधेसवादी दलका तर्फबाट लक्ष्मणलाल कर्णले प्रतिनिधित्व गर्ने भएका छन् । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), तराई मेधस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी (महतो पक्ष)ले सो समितिमा मधेसवादी दललाई छुट्टयाइएको सिटमा सद्भावना पार्टी सहअध्यक्ष कर्णलाई पठाउने निर्णय गरेको हो । 

हिजो बसेको संवैधानिक समितिको बैठकले गठन गरेको सो उपसमितिमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र साना दलका तर्फबाट नेकपा संयुक्तकी सभासद् कल्पना राणालाई चयन भैसक्नु भएको छ । 

उपसमितिका लागि छुट्टयाइएको मधेसवादी दलहरूको  एक सिटमा मधेसवादी दलले कर्णलाई पठाएपछि उपसमितिले पूर्णता पाएको छ । उपसमितिको पूर्णतासँगै संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले उपसमितिको बैठक बोलाउने तयारी गरिरहेको जानकारी दिनु भएको छ ।  सो समितिलाई आफ्नो कार्यविधि तय गरी यही फागुन मसान्तभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । 

नेपाल पत्रकार महासंघ काठमाडौँ शाखामा गोविन्द चौलागाँइ

काठमाडौँ, १४ फागुन । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले गोविन्द चौलागाँइको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । अध्यक्षका प्रत्यासीद्धय राजन कार्की र दिनेश बस्नेतलाइ पराजित गर्दै  चौँलागाँइ विजयी भएका हुन् । काठमाडौँ शाखाको नयाँ कार्यसमिती चयनका लागि हिजो निर्वाचन भएपनि आज मात्र मतगणना भएको हो । त्यस्तै कार्यसमितीले उपाध्यक्षमा टिबि विरहि, सचिवमा दिपक खनाल, सहसचिवमा चन्द्रमणी भट्टराइ तथा कोषाध्यक्षमा बैकुण्ठ भण्डारीलाइ चयन गरेको छ । निर्वाचिन हुने सदस्यहरुमा मानध्वज लामा, शुभक महतो, रेनुका भट्टराइ, विष्णु पन्थी, सिता पोखरेल, कालिका महत, ज्ञान प्र बास्तोला, शितलकाजी श्रेष्ठ, योगेश ढकाल, विमल थापा, केशव न्यौपाने लगायतका रहेका छन् । महासंघका काठमाडौँ शाखाले ११२ जनालाइ सभासद् समेत चयन गरेको छ । 

सातबुँदे सम्झौता लोकतन्त्रको हितमा छैन ः राप्रपा

वीरगन्ज, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालबीच भएको सात बँुदे सहमति मुलुक र लोकतन्त्रको हितमा नभएको बताउनुभएको छ । रिपोर्टस् क्लब नेपाल पर्साद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सात बुँदे सहमतिअन्तर्गत माओवादी लडाकूको छुट्टै फोर्स निर्माण गर्ने र आलोपालो सरकार चलाउने विषय आपत्तिजनक रहेको तथा शान्तिप्रक्रिया तथा लोकतान्त्रिक संविधान निर्माण कार्य अघि बढाउनेमा शङ्का उत्पन्न भएको आरोप लगाउनुभयो ।
राणाले दल र सभासद्प्रति जनतामा निराशा बढ्दै गएका बेला सर्वोच्चले संविधान निर्माण नहुञ्जेल संविधानसभा विघटन नहुने फैसला गर्नुले जनचाहनामा तुसारापात भएको दाबी गर्नुभयो । अध्यक्ष राणाले प्रधानमन्त्री चयन भएको यतिका दिनसम्म मन्त्रिमण्डलले पूर्णता नपाउनुलाई एकीकृत नेकपा माओवादी र एमालेको गाईजात्राको संज्ञा दिनुभयो । सात बु“दे सहमतिमा उल्लेख भएका लडाकू दस्तालाई छुट्टै सुरक्षाबल बनाउने र आलोपालो प्रधानमन्त्रीप्रति आफ्नो दलको आपत्ति रहेको बताउनुभयो । 

खनालजीले पार्टिले सिफारिस गरेको मन्त्रालयमा एमाले नेतााहरुलाइ नियुक्ति दिनुपर्छ ः ओली

नेकपा एमालेका नेता केपि शर्मा ओलीले पार्टीले जिम्मेवारी सहित मन्त्रीमा पठाउन गरेको निर्णय प्रधानमन्त्रि झलनाथ खनालले मान्नैपर्ने बताउनु भएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफण्ट धादिङको पहिलो जिल्ला अधिवेशन उद्घाटनका क्रममा नेता ओलीले पार्टीले सरकारमा जाने सम्बन्धमा पूर्व निर्णय परिवर्तन नगर्ने भन्दै पार्टी निर्णय बमोजिम नै प्रधानमन्त्रीले मन्त्रीहरुलाइ जिम्मेवारी दिनुपर्ने बताउनु भयो । उहाले बर्तमान मन्त्रीहरुलाइ गृह र शिक्षा मन्त्रालयको जिम्मेवारी दिन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री खनाललाइ आग्रह गर्नु भयो ।  

माओवादी गृह मन्त्रालयको शर्त छाडेर सरकारमा आउने दाबी गर्दै नेता ओलीलेसेना र हतियार नछाडेकाले माओबादीलाई कुनै पनि हालतमा गृह मन्त्रालय दिन नसकिने दोहो¥याउनुभयो । गृह मन्त्रालय पाए माओवादीले सुरक्षा संयन्त्रलाइ निकम्मा बनाउने दाबी गर्दै ओलीले माओवादीलाइ गृह मन्त्रमलय दिनु उसको जनविद्रोहको नीतिलाइ समर्थन गर्नुसरह हुने उहाको भनाई थियो । 

यसैबीच एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय राजनीतिमा सहमतिको प्रयास जारी रहेको बताउनुभएको छ । महेन्द्र ज्योति उच्च माध्यमिक विद्यालयको स्वर्णमहोत्सव कार्यक्रमको समापन कार्यक्रममा बोल्दै उहाँले शान्ति र संविधानका विरुद्धमा केही दलहरू लागिपरेकाले राष्ट्रिय सहमतिको सरकार निर्माणमा कठिनाइ भएको बताउनुभयो ।

कार्यक्रममा उहाँले विद्यालयको स्मारिका विमोचन गर्नुका साथै जग्गादाता, चन्दादाता र विद्यालयका शिक्षक, शिक्षिकालाई अभिनन्दनसमेत गर्नुभएको थियो । 

विद्यार्थी अपहरणः शिक्षकद्वारा प्रदर्शन, अनुसन्धान टोली गठन

राजविराज (सगरमाथा), १४ फागुन । विद्यार्थी अपहरणको विरोधमा शिक्षकहरुले आज पनि सप्तरीको राजबिराजमा मौन जुलुश प्रदर्शन गरेका छन् । अपहृत विद्यार्थी आयुष साहको अविलम्ब रिहाई र अपहरणमा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै शिक्षकहरुले आज पनि प्रदर्शन गरेका हुन् ।  शिक्षक–विद्यार्थीहरु मानसिक तनावमा रहेकाले पढ्न र पढाउन नसक्ने भएपछि पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रनुको विकल्प नरहेको सङ्घर्षरत शिक्षकहरुले बताएका छन् । उनीहरूले अपहृत विद्यार्थीलाई मुक्त नगरेसम्म आन्दोलन गरिरहने चेतावनी पनि दिएका छन् ।

खेल समाचार
विश्वकफ क्रिकेट



विश्वकप क्रिकेट शनिबार भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाइ ११ रनले पराजित गरेको छ । पाकिस्तानले दिएको २७८ रनको लक्ष्य पछ्याएको श्रीलङ्का पुरै ओभर खेल्दै ९ विकेट गुमाएर २६६ रनमा सिमती भएपछि पाकिस्तान विजयी भएको हो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले पुरै ओभर खेल्दै .७..विकेटको क्षतीमा २७७.....रन बनाएको थियो । पाकिस्तानका लागी मिसशाह उल हकले सर्वाधिक नटआउट ८३ रन बनाएका थिए । यस्तै पाकिस्तानी ईनिङलाई माथि उकास्न युनिस खानले ७२, कमरान अकमलले ३९ तथा मोहम्मद हाफिजले ३२ रनको योगदान गरेका थिए । श्रीलङ्काका लागि थिसारा परेरा र रङगना हेराथले समान २–२ तथा एन्जेलो म्याथ्यु र मुथैया मुरलीधरनले १–१ विकेट लिएका थिए ।

पराजित टोलि श्रीलङ्काका लागी चामारा सिल्भा ५७, कप्तान तिलकरत्ने दिलसानले ४९, उपल थुरुङ्गा ३३, माहिला जयवर्दने २, समराविरा १, , एङ्गेलो म्याथु १८, नुवान कुलकेशराले २४, थिसरा परेरा ८ तथा तिलकरत्ने दिलसान ४१ रन बनाएर आउट भएका थिए । श्रीलङ्कालाइ सस्तैमा समेट्न पाकिस्तानको साहिद अफ्रिदीले ४ तथा सोएब अख्तरले २ विकेट लिएका थिए ।

No comments: