Friday, February 25, 2011

फागुन १३ गते २०६७


माओवादीद्वारा सरकारमा सामेल नहुने निर्णयः 

Government of Nepal, Central office Kathmandu
प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सातबुदे सहमतिप्रति एमाले निर्णय अष्पस्ट रहेको र  कार्यान्वयनमा तत्परता नदेखाएको भन्दै एकीकृत नेकपा माओवादीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । 

सरकारमा सहभागीताको विषयमा छलफल गर्न आज बसेका एकीकृत माओवादीकोे स्थाई कमिटि बैठकले यथास्थितिमा सरकारमा सामेल नहुने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आज साँझ बसेको  बैठकले सातबुदे सहमति सम्बन्धमा एमाले निर्णय अस्पष्ट रहेको ठहर गर्दै तत्काललाई बाहिरै बसेर सरकारलाई समर्थन गर्ने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । 

एमालेले गृहमन्त्रालयको जिम्मेवारी माओवादीलाई नदिने निर्णय सहीत सात बुँदे सहमति परिमार्जन गर्ने निर्णय गरे लगतै माओवादीले औपचारिक रुपमा नै सरकारमा सहभागी नहुने निर्णय गरेको हो । सात बु“दे सहमति बारेमा एमाले केन्द्रीय समितिले गरेको निर्णयले सहमतिको भावना र मर्मलाई लत्याएको र एकतर्फी भएको निश्कर्ष माओवादीले निकालेको प्रवक्ता शर्माले बताउनु भयो । 

पूर्बसहमति विपरित गृह मन्त्रालय दिन एमाले राजी नभएका कारण सरकारमा सामेल हुन नहुने निर्णयमा माओवादी पुगेको स्रोतको भनाइ छ । यद्यपी प्रवक्ता शर्माले मन्त्रालय विबादले सरकारमा सामेल नहुने निर्णय नगरिएको दावी गर्नुभयो । माओवादी निर्णयपछि वर्तमान सरकारको भविश्यमै प्रश्न उठेको छ । 

माओवादी स्थाइ कमिटि बैठकले सचिव पोस्टबहादुर बोगटीको संयोजकत्वमा, अमिक शेरचन, दीनानाथ शर्मा, जयपुरी घर्ती र हस्तबहादुर के.सी. रहेको पा“च सदस्यीय केन्द्रीय अनुशासन विभाग गठन गरेको छ । यसअघि अनुसाशन आयोगमा उपाध्यक्ष मोहन बैद्य रहनु भएको थियो ।  

यसअघि आजै सरकारलाई पुर्णता दिने बिषयमा छलफल गर्न बसेको माओबादी र एमालेका शिर्ष नेताहरुबीचको छलफल बिना निश्कर्ष सकिएको थियो । सिंहदरवारमा विहान बसेको बैठकमा सातबुदे सहमति कार्यान्वयन र मन्त्रालय बाडफाडमा कुरा नमिलेपछि बैठक विना निश्कर्ष सकिएको हो । बैठकमा माओबादीले सातबुंदे सहमती अनुसार गृहमन्त्रालय आफुले नै पाउनुपर्ने अडान राखेको थियो भने एमालेका नेताहरुले सातबुदे सहमति अक्षरश पालना गरेको भन्दै तत्काल सरकारमा सहभागि हुन माओबादीलाई आग्रह गरेको बताइएको छ । बैठकमा प्रधानमन्त्री झलनाथ खनालसहित एमाले नेताहरु माधवकुमार नेपाल, ईश्वर पोखरेल तथा माओबादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्षद्वय मोहन वैद्य र नारायणकाजी श्रेष्ठ सहभागिता रहेको थियो । बैठकपछि माओबादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सात बुंदे सहमतीबारे चर्चा र छलफल गरिएको जानकारी दिनुभयो । 

राष्टसंघिय सहासभाको अध्यक्ष पदका लागी निर्बाचन हुदै

Kulchandra Gautam, Nepal
काठमाण्डौ,  १३ फागुन । राष्टसघिय महासभाको अध्यक्ष पदका लागी आज नेपाल र कतार बिच प्रतिस्पर्धा हुदैछ । अध्यक्ष पदका लागी नेपालको तर्फ बाट राष्टसघका पुर्व उपमहासचिब कुलचन्द्र गौतम र कतारको तर्फ बाट राष्टसघका लागी स्थायी प्रतिनिधी समेत रहेका नासिर अब्दुल्लाजिजको मात्र उमेदवारी परेकाले यी दुई मुलुककका प्रतिनिधी बिच प्रतिष्पर्धा हुने भएको हो । राष्ट्रसघ महासभा हलमा हुने निर्बाचनमा एसियाका ५३ राष्ट्रले अध्यक्ष चयनका लागी गोप्य मतदान गर्नेछन । यस पटक महासभाको अध्यक्ष पद  एशिया बाट चयन गर्ने पालो परेकाले नेपाल र कतारले उमेदवारी दिएको हो । एसियाली सदस्य राष्टहरुको चयन पछि राष्टसघका बाँकी सदस्य राष्टहरुले अध्यक्षको अनुमोदन गर्ने चलन छ ।

नेपालको तर्फ बाट अध्यक्ष पदका प्रत्यासी गौतमले महासभाका बाँकी महत्वपुर्ण कामलाई पुर्णता दिने , राष्टसघको बोर्ड पुर्न सरचना , सयुक्त बिकास तथा बाताबरण तथा  शान्ति र सुरक्षा गरि चारवटा  एजेण्डा प्रस्तुत गर्नु भएको छ । सन् १९८६ मा बगलादेशको अध्यक्षता पछि महासभाको नेतृत्वमा कुनै दक्षिण एसियाली राष्टले अबसर पाएका छैनन ।

सम्वैधानिक समितिद्वारा बिबाद मिलाउन उपसमिति गठन 

नयाँ सबिधानको मस्यौदामा देखिएको विबादित बिषयलाई सुल्झाउन सबैधानिक समितीले शीर्ष नेताहरु सम्मिलित उपसमिति गठन गरेको छ । संविधानसभा सचिवालय सिंहदरबारमा आज बिहान वसेको समिति वैठकले पाँच सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो । उपसमितिमा एकीकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेल, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल तथा नेकपा संयुक्तकी कल्पना राणा सदस्य रहनु भएको छ ।  

उपसमितिमा मधेशवादी दलहरुको तर्फवाट एक सदस्य थप गरिने छ । मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको नाम प्रस्तावमा आएपनि अन्य मधेशवादी दलहरुले सहमति नजनाएका कारण उपसमितिले पूर्णता पाउन नसकेको हो । कार्यदललाइ यही फागुन मसान्त सम्ममा विबाद मिलाएर सम्बैधानिक समितिमा प्रतिवेदन पेशगर्ने जिम्मेवारी तोकिएको कागे्रस नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । 

आइतवार बस्ने उपसमिति बेठकले संयोजक आफै तोक्नेछ । यसअघि प्रचण्डको नेतृत्वमा गठित कार्यदलले संविधानमा रहेका विबादलाइ साघुरो बनाएपनि संविधान सभामा मुख्य मुख्य विषय सहित ७५ बुदाँमा विबाद कायमै रहेको छ ।  

काठमाडौँ शाखामा निर्वाचन

काठमाडौँ, १३ फागुन । नेपाल पत्रकार महासङ्घको काठमाडौँ भक्तपुर र ललितपुर शाखाको अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले ललितपुरमा पूर्णसिह बराईली र भक्तपुरमा नारायण सुन्दर किलम्बुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौ शाखाको नयाँ नेतृत्वको लागि निर्वाचन भएपछि परिणाम भने भोली मात्र आउने भएको छ । 

करिब एक हजार सदस्य रहेको काठमाडौ शाखाको कार्यसमितिको अध्यक्ष पदका लागि गोविन्द चौलागाइँ, राजन कार्की र दिनेश बस्नेतले प्रतिस्पर्धा गरेका छन् ।  उपाध्यक्षका लागि ईश्वरराज मगर, केशव नेपाल, चन्द्रलाल गिरी, कृष्ण भण्डारी, टी.बी. बिरही, दिनेश खनाल, रामचन्द्र सिलवाल र श्रीजन झाले उम्मेदवारी दिएका छन् । सचिवमा दीपक खनाल, अस्मिता भण्डारी र रामहरि पाण्डेले प्रतिस्पर्धा गरेका छन् । मतगणना भोलि बिहान मात्र हुने निर्वाचन समितिका संयोजक तीर्थ कोइरालाले जानकारी दिनुभयो । 

यस्तै नेपाल पत्रकार महासङ्घ ललितपुरको आज सम्पन्न आठौं अधिवेशनले सर्वसम्मतिले पूर्णसिंह बराइलीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा लेखनाथ न्यौपाने, सचिवमा अमृतनाथ तिमल्सिना, सहसचिवमा ज्ञानप्रसाद पौडेल, कोषाध्यक्षमा प्रज्ज्वल श्रेष्ठ रहनुभएको छ । अधिवेशनले ४३ जना केन्द्रीय पार्षद निर्वाचीत गरेकोछ । 

महासघ भक्तपुरको पाचौ अधिबेशनबाट अध्यक्षमा नारायण सुन्दर किलम्बु विजयी हुनु भएको छ । अधिवेशनले उपाध्यक्ष भरतबन्दु थापा, सचिव अमर भुजु, सह सचिव ईश्वरकाजी खाईजु, कौषअध्यक्ष चन्द्रकृष्ण श्रेष्ठलाई निर्वाचित गरेको छ ।

प्रहरीको विषेश अप्रेशन

जातीय स्वायत्त राज्यको माग गर्दै आएको भुमिगत संगठन किरात जनवादी वर्कस पार्टीको गतिविधी नियन्त्रणका लागि प्रहरीले विशेष अपरेशन गरीरहेको जनाएको छ । पछिल्ला दिनमा केहि जिल्ला जिल्लामा वर्कस कार्यकर्ताहरुको चलखेल बढेको प्राप्त सूचनाको आधारमा प्रहरीले कारबाही अघि बढाएको पूर्व क्षेत्र प्रहरी प्रमुख डीआईजी विनोद सिंहले जानकारी दिनुभयो । जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिन भोजपुर पुग्नुभएका सिंहले आज विहान पत्रकार सम्मेलनमा वर्कसको गतिविधी बढेको क्षेत्र मेची अञ्चलका केहि जिल्लामा प्रहरीले विशेष अपरेशन सञ्चालन गरिरहेको बताउनुभयो । त्यस्तै पूर्वी पहाडका खोटाङ र भोजपुरको सीमावर्ती क्षेत्रहरुमा कम्ब्याटसहितका कार्यकर्ताहरुको गतिविधी बढेको सूचनाको आधारमा दुवै जिल्लाको प्रहरी टोली परिचालन गरिएको जानकारी गराउनुभयो 

दलहरुको आ आफ्नै डम्फु ः सातबुदेँ, सरकार, शान्ती र संविधानमा पनि विवाद कायमै

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराइले वर्तमान सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुनुपर्ने बताउनुभएको छ । शान्तिप्रक्रियालाई निष्र्कषमा पु¥याउन र निर्धारित समयमा नया“ संविधान जारी गर्न कांग्रेस सरकारमा आउनुको विकल्प नभएको भट्टराईको भनाइ थियो । ललितपुरको जाबलाखेलमा आज भएको एक कार्यक्रममा उपाध्यक्ष भट्टराइले कांग्रेस वर्तमान सरकारमा सहभागी नहुने हो शान्ति र संविधानको दुवै कार्यभार पूरा गर्न असहज हुने धारणा राख्नुभयो । प्रमुख दलहरुबीचको सहमतिमा मात्र बा“की रहेको ३ महिनामा दुवै काम सम्भव हुने भन्दै भट्टराईले संविधान जारी गर्न नसकिए कसैको पनि अस्तित्व नरहने जिकिर गर्नुभयो । डाक्टर भट्टराईले सहमतिमा नआई दलहरुले आ–आफनै डम्फू बजाइरहे मुलुक ठूलो दुर्घटनामा फस्ने चेतावनी दिनुभयो । 

यसैबीच नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकीकृत माओवादीलाई कुनै पनि हालतमा गृहमन्त्रालय दिन नहुने बताउनुभएको छ । वीरगञ्जमा आज पत्रकार अन्तरकृयामा बोल्दै एमाले नेता ओलीले लडाका र हतियारको टु¨ो नलागेसम्म माओवादीलाई सुरक्षा सम्बन्धी कुनै पनि मन्त्रालय दिन नहुने दाबी गर्नुभयो । सात बुदेँ सहमतिमा झक्याएर गरिएको आरोप ओलीको थियो । सहमित भनेको विना अडानको हुनुपर्छ ओलीले भन्नुभयो माओवादीले सहमतिको नाममा अडान राखेको छ । ओलिले माओवादी गृह मन्त्रालयको  मोहमा फसेको आरोप समेत लगाउनुभयो । उहा“ले प्रधानमन्त्री चयन भएको एक महिना बित्न लाग्दा पनि मन्त्रिपरिषद् बिस्तार हुन नसक्नुले बाकी रहेको तिन महिनामा संविधान बन्नेमा शंका उब्जिएको बताउनुभयो । नेता ओली वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको वार्षीक उत्सवमा सहभागी हुन वीरगञ्ज पुग्नुभएको थियो ।

यता कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एमालेको जालझेलका कारण शान्ति र संविधानले गति लिन नसकेको आरोप लगाउनुभएको छ । महेन्द्रनारायण निधि प्र्रतिष्ठानले आज ललितपुरमा गरेको कार्यक्रममा नेता पौडेलले एमालेको द्वैध चरित्रले शान्ति प्रक्रिया र संविधान निर्माणको काममा बाधा पुगिरहेको बताउनुभयो । अध्यक्षले ७ बु“दे सहमति गर्ने र सोही पार्टीका अन्य नेताले विरोध गरेजस्तो गर्ने चरित्र एमालेमा रहेको भन्दै उहा“ले लुकेर नभई खुलेर सहमति गर्न आग्रह गर्नुभयो । नेता पौडेलले माधवकुमार नेपाल प्रधानमन्त्री हु“दा माओबादी अध्यक्षले आफूलाई प्रधानमन्त्री बन्न उक्साएको दावी गर्दै आफूले सर्त अस्वीकार गरेपछि प्रचण्ड झलनाथ तिर ढल्किएको जिकिर गर्नुभयो । माओवादी र एमालेप्रति निकै आक्रामक रुपमा प्रस्तुत हुनुभएका नेता पौडेलले सातबु“दे सहमतिमा जे जस्तो सम्झौता गरिए पनि लडाकु रहेका शिविर खाली गरी माओवादी हतियारविहीन नभएसम्म शान्तिप्रक्रिया निष्र्कषमा पुग्न नसक्ने ठोकुवा गर्नुभयो । सोही कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेलले भने माओवादी र एमालेबीच भएको सातबु“दे सहमतिदेखि नतर्सन पौडेललाई आग्रह गर्नुभयो । 

यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एमाले र माओवादीबीच भएको सातबुँदे सहमति अस्पष्ट भएको भन्दै थप स्पष्ट पार्न आग्रह गर्नुभएको छ । दुई दलका शीर्षस्थ नेताहरुले सहमतीलाई प्रष्ट पारेर अन्य दललाई समेत विश्वासमा लिनुपर्ने देउवाको भनाई । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता देउवाले दुई दलबीचमा नै कुरा नमिलेर राजनीतिक अन्योल अझ बढेर गएको धारणा राख्नुभयो । नेपाली काँग्रेसको केन्द्रीय समितिले माओवादी र एमालेबीच बन्ने सरकारमा नजाने र प्रतिपक्षमा नै बसेर गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने निर्णय गरिसकेको स्पष्ट पार्दै उहाँले पार्टीका केही नेताले सरकारमा जाने कुरा गर्नु त्यो व्यक्तिगत विचार मात्रै भएको टिप्पणी गर्नुभयो । 

सातबुँदे अनुरुप नै मन्त्रालय बाँडफाँड 

मोरङ (पानीट्याङ्की), १३ फागुन । उपप्रधान एंब अर्थमन्त्री भरतमोहन अधिकारीले सातबुँदे सम्झौता आफ्नो पार्टीबाट अनुमोदन भइसकेकाले अब मन्त्रालय बाँडफाँडमा सहमति हुने बिश्वास व्यक्त गर्नुभएको छ । मोरङको इन्द्रपुरमा आज आयोजित इन्द्रपुर महोत्सव उद्घाटनका लागि त्यहा जानुभएका मन्त्री अधिकारीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै  गृह, रक्षा र अर्थ सरकारको नेतृत्व गर्नेले नै पाउनुपर्ने भएपनि आफूहरु सातबुँदे सहमति अनुसार नयाँ सहमति गरेर सरकार विस्तार गर्न लागिपरेको बताउनुभयो । उहाँले गृह र रक्षा मन्त्रालयबारे आपसमा सहमति हुन नसके चक्रीय प्रणालीअनुसार पनि भागवण्डा गर्न सकिने बताउनुुभयो । 

यसैबीच अर्काै एक कार्यक्रममा अधिकारीले शान्ति र संविधानलाई राष्ट्रिय सहमतिका आधारमा सफल बनाउन वर्तमान सरकारमा सहभागी हुन सबै प्रमुख दललाई आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपप्रधानमन्त्री अधिकारीले शान्ति र संविधान सफल बनाउने उद्देश्य लिएर वर्तमान सरकार गठन भएकोले माओवादी, काँग्रेस र मधेसवादी दलहरुलाई सरकारमा आउन आग्रह गर्नुभएको हो । 

‘अब सबै दल मिलेर मुलुकमा दुर्घटना हुँदैन भन्नेमा जनतालाई आश्वस्त पानुपर्नेछ ।’ उहाँले भन्नुभयो– ‘मुलुकलाई शान्तिपूर्ण रूपान्तरणबाट आर्थिक सम्मृद्धितर्फ लैजान जरुरी छ ।’सरकारले तीनखम्बे आर्थिक नीति लिने बताउँदै उहाँले निजी क्षेत्रको सहभागितालाई पनि उत्तिकै सम्मान दिइने प्रष्ट पार्नुभयो । 

राष्टपति यादब कुबेत प्रस्थान

काठमाडौं, १३ फागुन । राष्ट्रपति डा रामबरण यादब कुबेतको स्वतन्त्रता दिबसको अबसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन कुवेत पुग्नु भएको  छ । । कुवेत विमानस्थलको अमिरी टर्मिनलको अति विशिष्ट कक्षमा कुवेतका अमिर अल सवाह, कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेल र अन्य विशिष्ट व्यक्तिले राष्ट्रपति तथा भ्रमणदलका अन्य सदस्यलाई स्वागत गर्नुभएको थियो । 

राष्टपति यादब कुबेती अमिर शेख सवा चतुर्थ अल अहमद अल जवर अल सवालको निमन्त्रणामा आज बिहान पौने आठ बजे त्यस तर्फ प्रस्थान गर्नुभएको थियो । राष्ट्रपति यादवलाई लिनका लागी कुबेतका अमिरले बिशेष बिमान पठाउनु नेपाल पठाउनु भएको थियो । नेपालले कुबेत माथि इराकी हस्तक्षेप बिरुद्ध सबै भन्दा पहिला आबाज उठाएकाले प्रमुख प्राथमिकताका साथ राष्टपति यादबलाई निमन्त्रणा गरिएको जानकारी सरकारी अधिकारीहरुले दिएका छन । 

नेका बैठक फागुन १९ गते

काठमाडौँ, १३ फागुन । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १९ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन बिपी नगर ललितपुरमा बस्ने भएको छ । माओवादी र एमाले बिच भएको सात बुदेँ सहमति प्रति असहमति जनाउँदै आएको काँग्रेस बैठकले उक्त सहमति विरुद्ध चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गर्ने बताइएको छ । यसअघि बसको काँग्रेस केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने तथा सात बुदेँ विरुद्ध आवाज उठाउने निणर्य गरको थियो । बैठकमा उपस्थीत हुन पार्टीका केन्द्रीय पदाधिकारी एवम् सम्पूर्ण केन्द्रीय सदस्यलाई काँग्रेसले आग्रह गरेको छ । 


खेल समाचार
अष्टे«लियाद्धारा न्यूजिल्याण्ड तथा बंगलादेशद्धार आयरल्याण्ड पराजित

विश्वकप क्रिकेट अन्तरगत आज भएको खेलमा अष्टे«लिया र बंगलादेश विजयी भएका छन् । आज भएको पहिलो खेलमा न्यूजिल्याण्डलाइ पराजित गर्दै अष्टे«लियाले दोश्रो जित दर्ता गराएको छ भने केहीबेर अघि भएको खेलमा बंगलादेशल आयरल्याण्डलाइ पराजित गरेको छ । 

भारतको नागपुरमा भएको खेलमा न्युजिल्याण्डलाइ सात विकेटले पराजित गर्दै अष्टे«लियाले जितको श्रृखलालाइ निरन्तरता दिएको हो । न्यूजिल्याण्डले दिएको २०७ रनको लक्ष्य अष्टे«लियाले केवल ३४ ओभर खेल्दै मात्र ३ विकेटको क्षतिमा भेट्टाएको थियो । उसका लागी सेन वाट्सनले अर्धसतकिय ६६ तथा ब्राड हेडिनले ५५ रनको योगदान गरेका थिए । त्यस्तै कप्तान रिकी पोन्टिङ १२ रन बनाएर आउट भएका थिए । अष्टेलियाका माइकल क्लार्क २४ तथा क्यामरुन ह्वाइट २२ रन बनाएर नट आउट रहे । 

त्यसअघि टस जितेर ब्याटिङ गरको न्यूजिल्याण्डले ४५ ओभर १ बलमा सबै विकेट गुमाउँदै २०६ रन जोडेको थियो । उसका लागि नाथम म्याकुलमले अर्धसतकिय ५२ तथा ड्यानिल भिटोरीले ४४ रन जोड्नु बाहेक अन्यले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । अष्टे«लियाका मिचेल जोन्सनले ४ तथा सन टेटले ३ विकेट लिएका थिए । 

त्यस्तै बंगलादेशको बंगाल नेशनल स्टेडियममा भएको खेलमा बंगलादेशले आयरल्याण्डलाइ २७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरको बंगालादेशले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ४५ ओभरमा अल आउट हुदँैँ १७८ मा सिमित भएपछि पराजय भोग्न बाध्य भएको थियो । आयरल्याणका नेल ओबनले ३८, विलियम पोटरफिल्डले २०, तथा केभी ओब्रेन ३७ रन जोड्नु बाहेक अन्यले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । बंगलादेशका सैफुल इस्लामले आयरल्याण्डको महत्वपूर्ण ४ विकेट लिएका थिए ।  

त्यसअघि पहिले ब्याटिङ गरको बंगलादेशले २९ ओभर २ बलमा अल आउट हुदँ २०५ रनको स्कोर खडा गरेको थियो । बंगलादेशका लागी तमिम ईक्वालले ४४ तथा रकिबुल हसनले ३८ रनको योगदान गरेका थिए । आयरल्यान्डका लागि आन्द्रे बोथाले महत्वपूर्ण ३ विकेट लिएका थिए ।

नेपाली चेलीहरुले मन दुखाए

कुवेतमा जारी एसिसी महिला २०–२० क्रिकेटमा नेपाल चौथो स्थानमै खुम्चिएको छ । सेमिफाईनलसम्म प्रभावशाली प्रदर्शन गरेको नेपाली महिला टोलीले त्यसपछिका खेलमा लय गुमाएपछि अन्तत तेस्रो स्थानका लागि भएको प्ले अफ म्याचमा पनि हार खेपेको छ । आज भएको प्ले अफ म्याचमा थाईल्यान्डसँग १३ रनले पराजित भएपछि नेपालले दुखद नतिजा भोगेको हो । 

थाईल्यान्डले दिएको ७७ रनको लक्ष्य पछ्याएको नेपाल केवल ६३ रनमै अलआउट भएको थियो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको थाईल्यान्डले जीतका लागि नेपाल सामू ७७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि करुना भन्डारीले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिक गरेकी थिईन् । उनले केवल १२ रन खर्चेर ५ विकेट आफ्नो नाममा लेखाएकी थिईन् । थाईल्यान्डले नेपालको धारिलो बलिङ सामू केवल १७ ओभर ५ बल खेल्दै ७६ रनमात्र जोड्न सकेको थियो । तर झिनो लक्ष्य पछ्याएको नेपाली टोलीको ब्याटिङ लार्यनअप फ्ल्प भएपछि तेस्रो स्थान थाईल्यान्डलाई बुझाउँदै नेपाली टोली घर फर्कने भएको छ ।

भोली देखी रेसलिङ हुने

आउँदो शनिबार देखी सुरु हुने अन्तर्राष्ट्रिय मेगा इभेन्ट्स पुरुष तथा महिला व्यावसायिक रेसलिङ प्रतियोगितामा सहभागि हुन आज वल्ड रेसलिङ इन्टरटेनिमेन्ट (डब्लुडब्लुइ) का अमेरिकी रेसलर बिग भिटो लगायतका रेसलर आजै नेपाल आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेसलर टोलीलाई नेपालका रेसलर ‘हिमालयन टाइगर’ ‘दि’ भरतबहादुर बिसुराललगायतले स्वागत गरे । स्वागतकै क्रममा भिटो र टाइगरबीच विमानस्थल परिसरमा कुटाकुट समेत भयो । भिटोले पञ्जाबी पोसाकमा रहेका टाइगरको पोसाक च्यात्दै उनीमाथि लात्ती र मुक्का बर्साउन थाले । भिटोले स्वागत टोलीले दिएको फूलमाला च्यात्दै हावामा उडाएर “मसँग च्यालेन्ज गर्ने कोही छ” भन्ने हुँकार फुके । टाइगर पनि के कम, ‘आइलाग्नेमाथि जाइलाग्ने’ नेपाली उखानलाई चरितार्थ गर्न भिटोमाथि जाइलागेका थिए । विमानस्थलमा रहेका यात्रु, सर्वसाधारणलगायत कुटाकुटको स्थितिले डराउँदै खैलाबैलाका साथ तितरबितर हुन पुगका थिए । विमानस्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले घम्साघम्सीलाई नियन्त्रणमा लिँदै सबैलाई संयमित हुन आग्रह गरेका थिए । 

No comments: