Thursday, February 24, 2011

फागुन १२ गते २०६७

माओवादी र एमालेद्धारा सरकारमा सहभागि हुन काँग्रेसलाइ औपचारिक आग्रह

Congress in Dilemma. Whether Go to Government or Not ?
काठमाण्डौ, फागुन १२ । नेकपा एमाले र एकीकृत नेकपा माओवादीले सरकारमा सहभागी हुन नेपाली काँग्रेसलाइ औपचारिक आग्रह गरेका छन् । सिंहदरबार स्थीत शान्ती मन्त्रालयमा बसको तिन दलको बैठकमा दुइ दलले प्रतिपक्षमा बस्ने औपचारीक निणर्य गरेको काँग्रेसलाइ सरकरमा आउन आग्रह गरेका हुन् ।

यद्यपि काँग्रेसले भने सात बुदेँ खारेज भएमात्र सरकारमा सहभागी हुनबारे सोच्न सकिने बताएको छ । काँग्रेसले एमाले र माओवादी अध्यक्ष गत माघ २० गते प्रधानमन्त्री चयनको बेला भएको सहमति खारेजीको माग गर्दै आएको छ ।

बैठकपछि काँग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाले सात बुदेँ सहमित सरकारमा सहभागी हुन अवरोधको रुपमा रहेको बताउनुभयो । रिजालले बैठकमा अवरोधको रुपमा रहेको सात बुदेँ सहमित खारेजीका लागी दुबै दललाइ आग्रह गरिएको बताउनुभयो ।

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बैठकमा प्रधानमन्त्री झलनाथ खनालले सातबुदे सहमति जानकारी गराउँदै सरकारमा सहभागी हुन कागे्रससंग आग्रह गर्नुभएको जानकारी दिनुभयो ।  सातबुदे सहमति शान्ती प्रक्रिया, अन्तरिम संविधान विरुद्ध नभएको भन्दै प्रधानमन्त्री खनालले सरकारमा आऊन काँग्रेसलाइ आग्रह गर्नुभएको थियो ।

तिन दल बिच सरकार गठनमा विवाद देखिएपनि शान्ति प्रक्रिर्या र संविधान निर्माण प्रक्रिर्यालाइ  भने अघि बढाउने सहमति भएको छ । दलहरु बिच पर्सि पुन छलफल गर्ने समेत सहमति भएको छ ।

सातबुदे सहमित जस्ताको तस्तै पारित भएको छ ः खनालले दाहाललाइ भने

प्रधानमन्त्री झलनाथ खनालले एमाले केन्द्रीय कमिटीले सात बुदेँ सहमित जस्ताको तस्तै पारित भएकोे बताउनु भएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज सिंहदरबारमा भएको भेटमा खनालले एमाले केन्द्रीय कमिटी बैठकले सात बुदेँ सहमति परिमार्जन नगरि पारित गरेको बताउनु भएको हो । प्रधानमन्त्री खनालले सात बुदेँ सहमित एमालेले बैठकले समेत सातबुदे निर्णय गर्दै  पारित गरको बताउनुभयो । ‘सातबुदे सहमतिबारे रहेका अष्पष्ठता प्रष्ट पार्ने कोशिष गरे, प्रधानमन्त्रीले भन्नुभयो–मेरो विश्वास छ उहाँ कन्भिन्स हुनुभएको छ ।’

बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले स्थाइ कमिटि बैठकपूर्व सातबुदे सम्बन्धी एमाले निर्णयको सार बुझ्ने प्रयास गरेको बताउनुभयो ।

Prachanda retain 7 point agreement with UML
‘सातबुदे सहमतिको जसले जतावाट अर्थ लगाएपनि हुनेगरी एमालेले निर्णय गरेको थियो, प्रचण्डले भन्नुभयो – सातबुदे अनुमोदन भएको भनेर प्रधानमन्त्रीले धेरै हदसम्म प्रष्ट पार्नुभयो ।’ बैठकमा मन्त्रालय बाडँफाडमा सहमति गरी मन्त्रिमण्डल विस्तार गर्नेवारे छलफल भएको एमाले स्रोतले जनाएको छ । दुइ पार्टीका अध्यक्षबीच आधा घण्टा छलफल भएको थियो ।


भारतले नदी थुनेपछि किसान मारमा

राजविराज (सगरमाथा), १२ फागुन । भारतले त्रियुगा नदीमा लगाइएको बाँध नखोल्दा सप्तरीकोे रम्पुरा र मल्हनीया गाविसमा लगाइएको गहुँबालि डुबानमा परेको छ । नदीको पानीको बहावलाई दुई दिनअघि भारतीय पक्षले थुनेपछि सप्तरीको दुई गाविसका करिब तीन दर्जन कृषकको ५० विघाभन्दा बढी जग्गामा लगाइएको गहुँबाली डुबानमा परेको हो । नदीको पानी गहुँबालीमा पसेपछि बाली नष्ट हुने भन्दै किसानहरु तत्काल बाँध खोल्न भारतिय पक्षलाइ आग्रह गरेका छन् । भारतको कुनौली बजारमा बन्न लागेको पुलमा पानीले नछोओस्् भनेर पुलका ठेकेदारहरूले नदीको पानी थुनेपछि यसको प्रत्यक्ष असर नेपाली किसानलाई परेको हो । कोसी ब्यारेज हुँदै बग्ने उक्त नदीको सतहमा बालुवा भरिएका कारण पानी किसानको खेतमा पसेको हो ।

यसअघि भारतले एक महिनाअघि माघ १४ गते पनि राष्ट्रिय राजमार्गअन्तर्गत बिहारको भटिनीयामा कोसी नदीमा निर्माण भइरहेको पुलमा पानी नजाओस् भनेर कोसी ब्यारेजको सबै ढोका बन्द गर्दा नेपाली जमिन डुबानमा परेको थियो । त्यसक्रममा पनि नेपाली किसानको सयौं बिघा जमिनमा लगाएको गहुँबालीमा क्षति पुगेको थियो ।

संसदद्वारा भष्ट्राचार विरुद्धको महासन्धी अनुमोदनः

काठमाण्डौ, फागुन १२ । व्यबस्थापिका संसदले भष्ट्राचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि युएनसीएसी अनुमोदन गरेको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकले महासन्धी अनुमोदन गर्ने प्रस्ताव पारित गरेको हो ।

भष्ट्राचारका कारण नेपालको बदनाम भएको अबस्थामा महासन्धी अनुमोदनपछि अबस्था सुध्रीने सभासदले आशा व्यक्त गरेका छन । संसदमा भएको छलफलका क्रममा नेकपा एमालेको प्रदीप ज्ञवालीले राज्यका कानून प्रभावकारी नभए अन्तराष्ट्रिय कानूनका आधारमा मात्र भष्ट्राचार निवारण गर्न नसकिने भएकोले कानूनमा सुधार गर्ने र भष्ट्राचार निवारण संस्थालाइ सक्रिय बनाउनुपर्ने बताउनुभयो ।

ट्रान्सफरेन्सीको प्रतिवेदनले नेपालमा भष्ट्राचार विरुद्धको लडाइमा कमजोर रहेको संकेत गरिरहेको अबस्थामा महासन्धी अनुमोदनले सुशासनको क्षेत्रमा फड्को मार्ने विश्वास सभासद्हरुले ब्यक्त गरेका थिए ।

छलफलमा सभासदले उठाएका प्रश्नको जवाफदिर्दै विनाविभागिय मन्त्री विष्णु पौडेलले महासन्धी अनुमोदन भएपछि संगठित अपराधका रुपमा रहेको भ्रष्टाचार निवारणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सरकार महासन्धी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेखगर्दै महासन्धी अनुमोदन भएपछि अख्तियारको कामलाइ सहयोग पु¥याउने र नेपालको छवी उज्यालो बनाउने विश्वास व्यक्त गर्नुभयो । संसदको आर्को बैठक आगामी १६ गते १ बजे बस्नेछ ।

सम्वैधानिक समितिमा भोलीमात्र उपसमिति गठन गर्ने, राज्यपुर्नसंरचना आयोगवारे विबादः

काठमाण्डौ, फागुन १२ । सदस्यहरुले बोल्नेक्रम नसकिएपछि सम्बैधानिक समितिले भोलीमात्र विबादित बिषय सुल्झाउन उपसमिति गठन गर्ने भएको छ । संविधानसभा सचिवालय सिंहदरवारमा विबान बसेको बैठकमा अधिकाशं सदस्यले प्रमुख तीनदलका शीर्ष नेता सहितको उपसमिति गठन गर्नुपर्नै जोड दिएका छन । बाकी सदीस्यहरुले आफ्ना धारणा राख्नेक्रम सकिएपछि भोली उपसमिति गठन गरिने सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो ।

समिति सदस्यदहरुले सकेसम्म छोटो समयमा विबाद मिलाउनेगरी छरितो ढंगले उपसमिति गठनगर्न जोड दिएका छन । समिति सभापति आचार्यले धेरैविबाद रहेका दलका प्रतिनिधिलाइ उपसमितिमा समावेश गर्नुपर्ने बताउनुभयो । बैठकमा राज्यपुर्नसंरचना आयोग गठन गर्ने÷नगर्ने भन्नेमा विबाद देखिएको थियो । प्रमुख तीनदलबीच राज्यपुर्नसंरचना आयोग गठन गर्ने सैद्धान्तिक सहमति भएपनि माओवादी नेताले आयोग गठनको विपक्षमा बोलेको भन्दै कागे्रसले आपत्ति जनाएको थियो ।

कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले आयोग गठन नभइ संविधान बन्न नसक्ने बैठकपछि जानकारी गराउनुभयो । मधेशवादी र कतिपय साना दलले यतिखेर आएर आयोग गठन गर्नुको औचित्य नभएको बताउका थिए । माओवादी नेता देवप्रसाद गुरुङ्गले भने यतिखेर आएर पूरानै ढाचाको आयोग गठन गर्नुको औचित्य नभएको भन्दै प्राविधिक आयोग गठनगर्न सकिने बताउनुभयो । बैठकमा भने माओवादी अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डले आयोग गठनमा माओवादी बाधक नबन्ने बताउनु भएको एक नेताले बताए ।

मुलुक सत्ताको भूमरिमा फस्यो – यादव

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादीले मुलुकलाई सत्ताको भूमरिमा फसाएको आरोप लगाउनुभएको छ । रिपोटर्स क्लव पर्साले आज वीरगन्जमा गरेको साक्षात्कारमा फोरम अध्यक्ष्ँ यादवले ठूला दलहरु संविधान लेखन भन्दा पनि सत्ताको भागवण्डामा लागेकाले राजनीतिक निकास निस्कन नसकेको बताउनुभयो । अहिलेको अवस्थामा लोकतान्त्रिक शक्ति र वामपन्थी शक्ति दुवैले मधेसवादी शक्तिलाई उपेक्षा गरिरहेका छन्, उहाँले भन्नुभयो– मधेसवादी शक्तिलाई उपेक्षा गरिरहेसम्म शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन र संविधान निर्माण गर्न सकिँदैन, त्यसैले शान्ति र संविधानका लागि यी तीनवटै शक्ति मिल्नुको विकल्प छैन ।

यादवले प्रधानमन्त्री चयन भएको एक महिना हुन लाग्दासमेत मन्त्रिपरिषद विस्तार नहुनुले प्रधानमन्त्री झलनाथ खनालको कार्यशैली प्रति प्रश्नचिन्ह उठेको बताउनुभयो । उहा“ले माओवादीले गृह मन्त्रालयमा राखेको अडानले मुलुकलाई राजनीतिक भूमरिमा फसाएको बताउनुभयो । सातबु“दे सहमतिको आलोचना गर्दै यादवले  कम्युनिष्ट, लोकतान्त्रिक र मधेसवादी शक्तिहरु मिलेमात्र शान्तिप्रक्रिया र संविधान निर्माणको काम पूरा हुने बताउनुभयो । उहा“ले राज्य पुनःसंरचना, न्यायपालिका तथा संघीयतालगायतका विवादास्पद मुद्दाहरुमा सहमति भएपछि मात्रै आफ्नो दल सरकारमा सहभागी हुने बताउनुभयो ।

माओवादी स्थायी समिति वैठक स्थगित

काठमाण्डौ, फागुन १२ । सरकार निर्माणका क्रममा क्रममा भएको सातबुदे सहमतिवारे एमालेले  गरेको निर्णयका बिषयमा आधिकारीक धारणा तय गर्न आज वस्ने भनिएको एकिकृत माओबादी स्थायी समितिको वैठक स्थगित भएको छ ।  पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिशडांडामा आज मध्यान्ह १२ बजेका लागि बोलाईएको स्थायि समिति वैठक आवश्यक तयारी नपुगेको भन्दै भोली बिहान ११ बजे सम्मका लागि स्थगित गरीएको माओबादी केन्द्रीय कार्यालयले जनाएको छ । वैठकमा सात वुंदेका बिषयमा एमाले केन्द्रीय समितिको पछिल्लो निर्णय र मन्त्रीपरिषद् बिस्तारका बिषयमा छलफल गर्ने कार्यक्रम थियो । वैठकमार्फत माओबादीले सरकारमा सहभागिताका लागि सातबुदे सहमति अक्षरश पालना हुनुपर्ने सर्त अघि सार्ने तयारी गरेको थियो ।
खेल समाचार
विश्वकप क्रिकेट

ICC World Cup in Nepal
१० औँ संस्करणको विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा दक्षिण अफ्रिकाले वेष्ट इण्डिजलाइ ७ विकेटले पराजित गरेको हो । भारतको कोलकोत्तामा भएको खेलमा जितका लागी वेष्ट इण्डिजले प्रस्तुत गरेको २२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४२ ओभर २ बल ३ विकेट गुमाएर भेट्टाएको थियो ।

त्यसअघि  टस हारेर ब्याटिङ गरेको वेष्ट इण्डिजले ४७.३ ओभरमा सबै विकेट गुमाउँदै २२२ रनको योगफल तयार गरेको थियो । उसका लागी डरेन बाभ्रोले अर्धसतकिय ७३ रन बनाएका थिए भने ड्वान बाभ्रोले ४० रनको पारि खेलका थिए । दक्षिण अफ्रिकाका लागी इमरान ताहिरले ४ तथा डेल स्टेनले ३ विकेट लिएका थिए ।

विजयी दक्षिण अफ्रिकाका लागी नट आउट रहदैँ एडि भिलियर्सले १०७ रन बनाए । त्यस्तै भिलियर्ससँग साझदारी गरेका जेपि ड्युमिनीले ४२ तथा ग्रेम स्मीथले ४५ रन बनाएका थिए । हासिम अम्ला १४ तथा ज्याक कालिस ४ रनमा आउट भएका थिए ।

नेपाली महिला क्रिकेट टोली पराजित

Nepal loose the Match ACC 20-20
नेपाली महिला क्रिकेट टोलि कुवेतमा जारी एसिसी महिला २०–२० क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । आज भएको सेमिफाइनल खेलमा हङकङसँग ९ विकेटले पराजित भएपछि नेपालको उपाधि भित्र्याउने सपनामा समेत तुषारापात भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएका नेपालले कमजोर ब्याटिङ प्रर्दशन गर्दै पुरै ओभर खेल्दै मात्र २ विकेट गुमाएर केवल ९६ रन जोडेको थियो । नेपालका लागी निरा राजोपाध्यायले २५ तथा सिता राना १८ रन बनाएर आउट भएका थिए । त्यस्तै नेपालका लागी जानकि भट्टले २१ तथा रश्मी शर्मा २० नटआउट २० रन बनाएका थिए । ट्वान्टी ट्वान्टी फरम्याटमा खेल खेल्न नजानेको नेपाल हङकङको कडा बलिङको शिकार भएको थियो । खेलमा विजयी बनेपनि ९७ रनको झिनो लक्ष्य भेट्न हङकङले १७ ओभर सम्म कुर्नु परेको थियो । पराजित नेपाली टोलिले भोली तेश्रो स्थानका लागी थाइल्याण्डको सामना गर्नेछ ।

No comments: