सातबुदे सहमति कार्यान्वयन सम्बन्धमा एमाले निर्णयप्रति माओवादी असन्तुष्टः
प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सातबुदे सहमतिवारे एमाले केन्द्रीय समितिले गरेको निर्णयप्रति माओवादीले असन्तुष्टि जनाएको छ । दुइदलका शीर्ष नेताहरुबीच आज भएको छलफलमा माओवादीले सातबुदे सहमतिको कुन बिषयमा प्रष्ट हुन चाहेको भन्नेवारे एमालेसंग धारणा माग गरेको हो । एमाले केन्द्रीय समिति बैठकको निर्णयले सातबुदे सहमतिको मर्म उल्लघन गरेको भन्दै यसलाइ प्रष्टगर्न माओवादीले आग्रह गरेको छ ।
बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले माओवादीसंग भएको सहमतिमा रहेका अस्पष्टतावारे माओवादीसंग छलफलगर्दै अघि बढ्नेगरी अनुमोदन गरिएको भन्नेवारे जिज्ञासा राखिएको जानकारी दिनुभयो । त्यस सम्बन्धमा एमालेका नेताहरुवाट केहि कुरा आएको र त्यसवारे भोली स्थाइ कमिटिमा गम्भीरतापूर्वक छलफल गरी निर्णयमा पुगिने उहाँले बताउनुभयो ।
स्रोतका अनुसार माओवादीले सातबुदे सहमति कार्यान्वयन भएर प्रधानमन्त्री चुनिइसकेको अबस्थामा यसलाइ परिमार्जन गर्न नसकिने भन्दै एमाले निर्णयप्रति आपत्ति जनाएको थियो । यसअघि एमाले केन्द्रीय कमिटिले सातबुदे सहमतिमा रहेका अष्पष्ठता हटाउन माओवादीसंग थप छलफल गर्ने निर्णय गरेको थियो । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रवारे प्रष्ट हुनुपर्ने तथा सातबुदेको उदेश्य शान्ति पूर्णता दिने र तोकिएको समयमै संविधान निर्माण प्रक्रिर्यालाइ पूरागर्ने गरी एमालेले निर्णय गरेको बताउनुभयो ।
बैठकमा गृह मन्त्रालय माओदावीलाइ दिन नसकिने एमाले नेताहरुले दोहो¥याएका कारण सरकारमा सहभागि हुनेवारे पुर्नविचार गर्ने मनस्थितिमा माओवादी पुगेको बुझिएको छ । प्रधानमन्त्री झलनाथ खनाल समेत उपस्थित बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टराई र प्रकाश हुनुहुन्थ्यो । त्यस्तै एमालेका तर्फबाट प्रधानमन्त्री खनाल, वरिष्ठ नेता नेपाल र महासचिव ईश्वर पोखरेल सहभागी हुनुहुन्थ्यो ।
सरकारद्वारा विभिन्न निर्णयः
सरकारले लिवियामा जारी आन्तरिक द्धन्द हिङसात्मक बन्दै गएपछि त्यहाँ रहेका नेपाली कामदारको सुरक्षाको व्यवस्था मिलाउन एक टोली गठन गरेको छ । मन्त्रीपरिषदको आजैको बैठकले परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा एउटा टोली गठन गर्ने निर्णय गरेको बैठकपछि विना विभागीय मन्त्री बिष्णु पौडेलले जानकारी दिनुभयो ।
लिवियामा सरकार विरोधी अन्दोलन हिँसात्मक बन्दै गएपछि त्यहाँ कार्यरत ३ हजार २४ नेपाली कामदार असुरक्षीत बनेको भन्दै सरकारले तत्काल अनुगमनको लागि सेल गठन गरेको बताइएको छ । त्यहा कार्यरत कामदारहरुमध्ये ७ सयलाई इजिप्टमा लैजान तयारी भइरहेको सम्बन्धमा यसको नियमित अनुगमनका लागि सेल गठन गरिएको मन्त्री पौडेलले बताउनुभयो ।
मन्त्रीपरिषद बैठकले त्रिसुली–तेस्रो ए जलविद्युत आयोजनाका लागि चिन सरकारवाट ७ अर्ब ८० लाख ऋण लिने निर्णय गरेको छ । उर्जा संकट समाधानका लागि प्रभावकारी कदम चाल्नेबारे निर्णयगर्न व्यबस्थित गृहकार्य गर्ने मन्त्री पौडेलले बताउनुभयो । सरकारले एसियाली विकास बैकवाट विभिन्न परियोजनकालागि अनुदान लिने समेत निर्णय गरेको छ । सरकारले जिल्ला मालपोत कार्यालय बारका नासु माधव थापाको हत्याको निन्द गर्दै परिवारलाई उचित राहत र क्षतिपूर्ती दिने निर्णय गरेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।
मन्त्रीपरिषदको आजको बैठकले श्रमिकको सुरक्षाका लागि सार्वजानिक सुरक्षा कोष नियमावली स्वीकृत गरेको छ । नेपालको टे«ड युयियन आन्दोलनले लामो समयसम्म उठाउदै आएको सार्वजानिक सुरक्षाकोषको मागलाइ सरकारले आशिक संवोधन गरेको हो । यस्तै बैठकले सार्वजानिक सुरक्षाकोष नियमावली स्वीकृत गरेको विना विभागीय मन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । आवाज
एम्नेस्टीको आग्रह
यसैबीच, एम्नेस्टी इन्टरनेसनलले लिबियामा जारी आन्दोलनकाक्रममा अलपत्र परेका नेपाली नागरिकहरुलाई सकुशल फर्काउनकालागि पहल गर्न सरकारसँग आग्रह गरेको छ । आज एक विज्ञप्ती जारी गरी एमनेस्टीले नेपालका विभिन्न मन्त्रालय र म्यानपावर कम्पनीहरुले लिवियामा रहेका नेपालीको यकिन संख्या पत्ता लगाएर उनीहरुलाई फर्काउने योजना तत्काल जानकारी गराउन माग गरेको हो । साथै उसले सो क्षेत्रमा गणनामा नरहेका नेपाली श्रमिकहरुसँग सम्पर्ककालागि पनि आवश्यक सहयोगको प्रस्ताव अघि ल्याउन सुझाव पनि दिएको छ ।
‘आप्रवासी श्रमीकलाई सरकार वा म्यानपावर कम्पनीहरुले फिर्ता गरेबापत रकम असुल्न पाइदैन र लिवियामा अवस्था जतिबेला अनुकुल हुन्छ उनीहरुलाई थप शुल्क नलिइकन फर्कने व्यवस्था गरिनुपर्दछ ’ एमनेस्तीको विज्ञप्तीमा भनिएको छ । विज्ञप्ती मार्फत एम्नेस्टी इन्टरनेसनलका निर्देशक रामेश्वर नेपालले सरकारले आफनो तथ्यांक प्रणालीलाई तत्काल हेरी आगामी दिनमा यसखालका आपतकालिन अवस्था आइपरेमा के गर्ने भन्ने तयारी गर्नुपर्ने समेत जनाउनुभएको छ ।
सम्बैधानिक समितिमा उपसमिति गठन गरेर विबाद सुल्झाउन दलहरु सहमत
काठमाण्डौ, फागुन ११ । संविधानमा रहेका विबादित ७५ बुदामा सहमति कायमगर्न सम्बैधानिक समिति अन्तरगत उपसमिति गठनगरेर अघि बढ्न प्रमुख तीनदल सहमत भएका छन । सम्बैधानिक समितिका सभापति निलाम्बर आचार्यले गर्नुभएको परामर्श बैठकमा वाँकी विबादमा सम्बैधानिक समितिवाट उपसमिति गठनगर्न सहमत भएका हुन । सम्बैधानिक समितिको भोली विहान बस्ने बैठकले उपसमिति गठनको निर्णय गर्ने समिति सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो ।
संविधानसभाका अधिकाशं सानादलले उपसमिति गठन गरी विबाद सुल्झाउने प्रस्तावमा सहमति जनाएका छन । बैठकमा कागे्रसले राज्यपुर्नसंरचना आयोग गठनगर्न तथा माओवादीले संविधान संशोधन मार्फत आयोग गठनको प्रावधान हटाउन प्रस्ताव गरेका छन । बैठकपछि कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले विबाद टुगाउन उपसमिति गठनसंगै राज्यपुर्नसंरचना आयोग गठन र शान्ति प्रक्रिर्यालाइ पूर्णतामा पु¥याउनु जरुरी रहेको बताउनुभयो ।
दलहरुबीच सहमति भए आगामी तीन महिनामा संविधान जारीगर्न संभव भएकोले त्यसकालागि मधेशवादी दलहरुलाइ सहमतिमा लिएर तत्काल आयोग गठन गर्नुपर्ने पौडेलको भनाइ थियो ।
माओवादी नेता देवप्रसाद गुरुङ्गले भने यसअघि गठनगर्ने भनिएजस्तो आयोग गठनगर्न संभव नभएको भन्दै संविधान संशोधन मार्फत आयोग गठनको प्रावधान संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले प्राविधिक आयोग गठनगर्न सकिने भएपनि पूरानै व्यबसथा अनुसारको आगोग गठनको कुरा जेठ १४ मा संविधान नबनाउने नियतवाट आएको जीकिर गर्नुभयो ।
यसैबीच, आदिवासी जनजाती सभासद समूहले संविधानको बिषयगत समितिका मस्यौदामा छुटेका बिषय नयाँ संविधानमा समेटन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग र सम्बैधानिक समितिका सभापति निलाम्बर आचार्यलाइ आज ज्ञापनपत्र बुझाएका छन । समूहले आत्मनिर्णयको अधिकार, प्राकृतिक स्रोत माथीको अधिकार, आदिवासी संस्कृति र भाषावारे एकीकृत मस्यौदामा छुटेका बिषय नयाँ संविधानको एकीृत मस्यौदामा समावेशगर्न माग गरेका हुन ।
आदिवासी सभासदको ज्ञापनपत्र बुझ्दै सभाध्यक्ष नेम्वाङ्गले मस्यौदामा छुटेका बिषय एकीकृत मस्यौदामाथी जनमत संकलन र संविधानको विधेयक माथी संशोधन गर्ने समयमा समेत समेटन सकिने बताउनुभयो । उहाँले सभासदको सक्रियताले संविधान निर्माणमा मद्दत पु¥याएको बताउनुभयो । ककसका संयोजक पृथ्वी शुब्बा गुरुङ्गले आत्मनिर्णयको अधिकारको प्रस्ष्ट व्याख्या नभएकोले स्वशासन सहितको अधिकारवारे अबधारणापत्रमा समावेश गरिएको बताउनुभयो । आवाज
संविधान बनाउनु नै सरकारको प्राथमिकताः उपप्रधानमन्त्री अधिकारी
काठमाडौँ, ११ फागुन । उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउँदै नयाँ संविधान बनाउनु नै वर्तमान सरकारको प्राथमिकता भएको बताउनुभएको छ । राष्ट्रिय बिमा संस्थानको ४४ औँ वार्षिकोत्सव समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै उपप्रधानमन्त्री अधिकारीले भन्नुभयो– ‘यो जिम्मेवारीलाई पूरा गर्न सबै राजनीतिक दलले सहमति, समझदारी र सहकार्यमा काम गर्नुपर्छ र नयाँ नेपालको निर्माणमा सहयोग पु¥याउनुपर्छ ।’
राजनीतिक सङ्क्रमणकालीन अवस्था भएकाले आर्थिक एजेण्डाले प्राथमिकता नपाएको बताउँदै उहाँले भन्नुभयो– ‘राजनीतिक दलहरुसँगको सहमति र सहकार्यबाट तत्काल जनतालाई राहत दिने काम सुरु गर्न लागेको छु । त्यस काममा व्यक्तिगतरुपमा मेरो कुनै स्वार्थ छैन ।’ अर्थमन्त्री अधिकारीले आगामी दिनमा बिमा संस्थानले कृषि, पशुपालन, शिक्षा तथा न्यून आय वर्गका जनताको स्वास्थ्य सेवा समेट्ने क्षेत्रमा काम गर्न र आफ्नो सेवालाई विविधीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।सो अवसरमा उहाँले संस्थानका ८५ जना कर्मचारीलाई दीर्घसेवा पदक, ६० जना रक्तदातालाई प्रमाणपत्र, अभिकर्ताहरुलाई पुरस्कार पनि प्रदान गर्नुभएको थियो ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले जीवन बिमाले सामाजिक सुरक्षा गर्ने भएकाले यस बिमाका दायरा बढाउन, विस्तार गर्न एवम् संस्थानले आफ्नो पुँजीलाई विकास क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।
संसदद्वारा सभासद खड्काको निधनप्रति शोक प्रस्ताव पारित
व्यबस्थापिका संसदले एकीकृत माओवादीका सभासद गौरी शंकर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकले शोक प्रस्ताव सर्बसम्मत पारित गरेको हो । झापा निर्वाचन क्षेत्र २ वाट निर्वाचित सभासद खड्काको सोमवार मृत्यु भएको थियो । शोक प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलनका कारण आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको थियो । बैठकमा भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिमाथी छलफल गरी अनुमोदन गर्ने कार्यसूची थियो । संसदको आर्को बैठक भोली दिउसो १ः३० बजे बस्नेछ ।
शान्ति बहाली र संविधान लेखन वर्तमान सरकारको मुख्य दायित्व
काठमाडौँ, ११ फागुन । विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको गठबन्धन सरकारले शान्तिप्रक्रिया टुङ्गोमा पु¥याई नयाँ संविधान जारी गर्नुपर्नेमा जोड दिएका छन् । राजधानीमा आज आयोजित आयोजित साक्षात्कारमा उहाँहरूले शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउन संविधान निर्माण कार्य सम्पन्न गरी त्यसलाई जारी गर्न अपरिहार्य भएको बताउनुभएको हो ।
एकीकृत नेकपा (माओवादी)का नेता शक्तिबहादुर बस्नेतले एनेकपा (माओवादी)ले गृहमन्त्रालय सम्हाल्न खोज्नु सत्ता कब्जा हैन भन्दै बितेका दिनमा प्रजातान्त्रिक प्रक्रियामा अभ्यासरत माओवादीलाई माओवादी विरोधी शक्तिहरुले भ्रम छर्न कुप्रचार गरिरहेको बताउनुभयो । उहाँले नेकपा एमाले अध्यक्ष र माओवादी अध्यक्षबीच भएको सातबुँदे सहमतिले बाम ध्रुवीकरणतर्फ नजाने स्पष्ट गर्दै यसले नेपाली काँग्रेससहित सबै राजनीतिक दललाई सहमतिमा ल्याउने धारणा व्यक्त गर्नुभयो ।
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली काँग्रेससहित सबै राजनीतिक दलहरू सातबुँदे सहमतिलाई खारेज गरेरभन्दा परिष्कृत गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउँदै दुई अध्यक्षबीचको सम्झौता खारेज गरेर फेरि मुलुकमा रिक्तता सिर्जना गर्न खोज्नु कुनै पनि अर्थमा बुद्धिमानी होइन भन्नुभयो ।
प्रहरकिो सक्रियता बढ्दो
ईजराईली महिला क्यामारोन हेन ११ के.जी अवैध लागूऔषध चरेश सहित पक्राउ परेकी छन् । थाई एयरबाट बैंकक जान लागेकी उनलाई महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षागार्ड गौचरणको प्रहरीले आज दिउसो साढे १२ बजे उक्त चरेससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उता गल्फ एअरको उडानद्वारा कराँचीबाट बहराईन हुँदै काठमाडौं आएका पाकिस्तानी नागरिक मेहबुवअलि सुल्तानलाई भारतीय नक्कली नोट ३५ लाखसहित प्रहरीले पक्राउ गरेको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको भन्सारमा चेकजांच गर्दा सुटकेसमा फल्स बटम बनाई ल्याएको अवस्थामा १ हजार दरका १ हजार थान र ५ सय दरका ५ हजार थान गरी जम्मा ३५ लाख नक्कली भारतीय नोट फेला पारी पक्राउ गरिएको थियो ।पक्राउ अभियुक्तका सम्बन्धमा महानगरीय प्रहरी परीसर हनुमानढोकाबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै चिनिया नागरिक गामाटुमेङ पाटे बाघको छाला ४ थानसहित पक्राउ परेका छन् । उनलाई आज थाइलैण्डबाट नेपाल आउँदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सुटकेशभित्र प्याक गरी लुकाईछिपाई ल्याएको अवस्थामा प्रहरीले फेला पारेको थियो । उक्त छाला बन कार्यालयमा बुझाउने पहल गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको जनाईएको छ ।
सूचनाको हकसम्बन्धी कानुन प्रभावकारी बनाउनुपर्ने
काठमाडौँ, ११ फागुन । सूचनाको हकसम्बन्धी ऐन २०६४ बनिसके पनि धेरैलाई यस कानुनबारे जानकारी नभएकाले कानुन प्रभावकारी बनाउनुपर्नेमा सरोकारवाला व्यक्तिहरूले जोड दिएका छन्् । क्रियाशील महिला पत्रकारले आज राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त सविता भण्डारी (बराल) ले २०६४ साल भदौदेखि सूचनाको हकसम्बन्धी ऐन र सूचनाको हकसम्बन्धी नियमावली २०६५ लागु भए पनि त्यसबारे धेरै मानिसहरूलाई जानकारी नै नभएको बताउनुभयो ।
क्रियाशील महिला पत्रकार समूहकी उपाध्यक्ष शुभेच्छा विन्दु तुलाधरले पत्रकारले सूचनाको हकमा भएका विभिन्न पक्षलाई प्रकाशन र प्रसारण गरी सबैलाई जानकारी गराउने पर्ने आवश्यकता औँल्याउनुुभयो ।
हरेक निकायमा पचास प्रतिशत महिलाको सहभागिता हुनुपर्ने
काठमाडौँ, ११ फागुन । राज्यका हरेक निकायमा ५० प्रतिशत महिलाको सहभागिता हुनुपर्ने महिला अधिकारकर्मीहरुले माग गरेका छन् । महिला सुरक्षा दबाब समूह नेपालद्वारा आज राजधानीमा आयोजित ‘नयाँ संविधान र नीति निर्णयतहमा महिला सहभागिता’ विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका वक्ताहरुले अब बन्ने नयाँ संविधानले राज्यका हरेक निकायमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग राखेका हुन् ।
कार्यक्रममा समूहकी अध्यक्ष शारदा पोखरेलले राज्यको नीति निर्माण तहमा उल्लेख्य महिला सहभागिता नभएकाले राज्यले व्यवस्था गरेको ३३ प्रतिशत आरक्षण पनि कार्यान्वयन हुन नसकेकामा दुःख व्यक्त गर्नुभयो । महिला सभासद् समूह (ककस)की अध्यक्ष उषाकला राईले राज्यले महिलाका लागि ३३ प्रतिशत सहभागिता सुनिश्चित गरे पनि यसको कार्यान्वयन पक्ष फितलो भएकाले महिलाका हकअधिकार सुनिश्चित हुन नसकेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, निजामती सेवालगायतका क्षेत्रमा महिला सहभागिता वृद्धिका लागि राज्यले विशेष पहल गरी ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न आग्रह गर्नुभयो ।
अपहरित बालक मुक्त गराउन शिक्षण संस्था बन्द
राजविराज (सगरमाथा), ११ फागुन । राजविराजबाट अपहरित बालकलाई सकुशल मुक्त गराउन माग गर्दै आज सप्तरीका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको छ । शैक्षिक संस्थासँग आवद्ध नेपाल शिक्षक युनियन, प्याव्सन, नेपाल प्याव्सन, नेशनल प्याव्सन, निजी प्राविधिक शिक्षालय महासङ्घको आह्वानमा सप्तरीका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको हो । अज्ञात समूहद्वारा तीन दिनअघि अपहरित राजविराज–५ निवासी रामकुमार साहका ६ वर्षीय छोरा आयुषको अवस्था अझै अज्ञात रहेको छ ।राजविराज–१ स्थित गौतम शिशु सदनबाट पढेर घर फर्कने क्रममा मोटरसाइकलमा आएका दुईजनाले बालकको अपहरण गरेका थिए ।
यसैबीच सहकर्मी हत्याको बिरोधमा आज बाराका कर्मचारीहरुले जिल्लाका सम्पुर्ण सरकारी कार्यालयमा कामकाज ठप्प पारेका छन । मालपोत कार्यालय बाराका नायबसुब्बा माधब थापाको हत्याको बिरोधमा आज जिल्लाका सम्पुर्ण सरकारी कार्यालयहरु अनिश्चितकालका लागी बन्द भएका हुन् । हत्यारालाई पक्राउ गरि कारबाही गर्नु पर्ने, मृतकलाई शहिद घोषणा गर्नु पर्ने र सुरक्षाको प्रत्याभुति दिलाउनु पर्ने माग गर्दै कर्मचारीहरु आन्दोलीत भएका हुन । कलैया–१० स्थित आफनै घरमा टेलिभिजन हेरिरहेको अबस्थामा थापालाई हिजो बेलुकी दुइ जनाको सख्यामा आएका अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।
मोबाइल उपभोक्तालाई राहतको महसुस
बर्दिवास, ११ फागुन । आफ्नो हातमा मोबाइल भएर पनि नेटवर्कको समस्याले मोबाइलको उपयोग राम्रो गर्न नपाएका महोत्तरी जिल्लाको पश्चिम उत्तरवर्ती क्षेत्रमा मोबाइल उपभोक्ताहरूले राहतको महसुस गरेका छन् । जिल्लाको पश्चिम उत्तरवर्ती क्षेत्रको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय वीरगन्जले ९६ वाट क्षमताको सोलार र ९० केभी क्षमताको जेनेरेटर जडान गरेपछि सो क्षेत्रका १० हजारभन्दा बढी मोबाइल उपभोक्ताले नेटवर्क नरहने समस्याबाट राहत पाएका हुन् ।
सो क्षेत्रका गौशाला, रामनगर, बेलगाछी, निगौल, खयरमारा, औरह, लक्ष्मीनियाँ, भरतपुर, फूलकाहा, सुन्दरपुर, सोनमा, श्रीपुर र हात्तीलेट र छिमेकी जिल्ला सर्लाहीका आधादर्जनभन्दा बढी गाविसका मोबाइल उपभोक्ताहरूले राहत पाएको गौशाला उद्योग व्यापार सङ्घका अध्यक्ष वीरेन्द्र साहले बताउनुभयो । सो क्षेत्रमा नेपाल टेलिकमको स्काई सिडिएमए, प्रिपेड र पोष्टपेड मोबाइलका गरी १० हजारभन्दा बढी मोबाइल उपभोक्ता रहेको सो कार्यालयले जनाएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने अभियान
ललितपुर, ११ फागुन । जिल्ला शिक्षा कार्यालय ललितपुरले सीपमूलक शिक्षा, पिछडिएका वर्गलाई विशेष सहयोग र विद्यार्थी कम भएका विद्यालयमा विशेष घरदैलो अभियान सुरु गरेको छ । जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयमा विशेष कार्यक्रम लैजाने अभियानमा जुटेको कार्यालयले पहिलो चरणमा राम्रा र नराम्रा गरी तीन–तीनवटा सामुदायिक विद्यालयमा फागुनको पहिलो सातादेखि अभियान सुरु गरेको हो । अभियानअन्तर्गत कार्यालयले जिल्लाका कमजोर सामुदायिक विद्यालयबाट यसवर्षको एसएलसी परीक्षामा बढी प्रतिशत उत्तीर्ण गराउन ती विद्यालयमा शैक्षिक सहयोग गर्ने कार्य पनि सुरु गरिएको छ । दक्ष शिक्षक पठाएर कमजोर विद्यालयका विद्यार्थीलाई छुट्टै कक्षा सञ्चालन गर्ने कार्य फागुनभर सञ्चालन गरिने ललितपुरका जिल्ला शिक्षा अधिकारी नारायण भट्टराईले जानकारी दिनुभयो ।
खेल समाचार
विश्वकफ क्रिकेट
विश्वकप क्रिकेटमा अन्र्तगत समूह चरणको आजको खेलमा पाकिस्तानले केन्यामाथि २०५ रनको फराकिलो जीत हासिल गरेको छ ।
श्रीलंकाको हाम्बान्टोला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३१८ रनको चुनौति पेश गरेको थियो । ३१८ रनको विशाल लक्ष्य पछ्याउदै मैदान उत्रेका अफ्रिकन टोली ३३ दशमलक १ ओभरमा नै अल आउट भई ११२ रनमा समेटिएपछि पाकिस्तालनलाई २०५ रनको फराकिलो जीत हात परेको हो ।
पाकिस्तानको जीतमा सहीद अफ्रिदी एक्लैले पाँच विकेट लिएका थिए । यस्तै उमर गुलले २ विकेट झारेका थिए । कैन्याका लागि कोलिएन्स ओबुएले ४७ रन बनाउनु बाहेक अन्य व्याट्सम्यान क्रिजमा जम्न सकेन । केन्याका ४ व्याट्स म्यान विना रन पबेलियन फर्किका थिए ।
पहिलो व्याटिङमा उत्रेका पाकिस्तान भने शुरुवातमै धर्माराए पनि कमरान अकमल र युनिस खानले उकासेका थिए् । मिसवाह उल हकले उत्कृट पारी खेलेका थिए । अकमल.५५ रन बनाई आउट भए भने युनिस खान .५०...रन बनाउँदा टिकोलोको बलमा एलबिडब्लु धरापमा परे । यस्तै उल हक पनि ६५ तथा उमर अकमल ७१ रन बनाई आउट भएका थिए ।
खेल समाचार
विश्वकफ क्रिकेट
विश्वकप क्रिकेटमा अन्र्तगत समूह चरणको आजको खेलमा पाकिस्तानले केन्यामाथि २०५ रनको फराकिलो जीत हासिल गरेको छ ।
श्रीलंकाको हाम्बान्टोला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३१८ रनको चुनौति पेश गरेको थियो । ३१८ रनको विशाल लक्ष्य पछ्याउदै मैदान उत्रेका अफ्रिकन टोली ३३ दशमलक १ ओभरमा नै अल आउट भई ११२ रनमा समेटिएपछि पाकिस्तालनलाई २०५ रनको फराकिलो जीत हात परेको हो ।
पाकिस्तानको जीतमा सहीद अफ्रिदी एक्लैले पाँच विकेट लिएका थिए । यस्तै उमर गुलले २ विकेट झारेका थिए । कैन्याका लागि कोलिएन्स ओबुएले ४७ रन बनाउनु बाहेक अन्य व्याट्सम्यान क्रिजमा जम्न सकेन । केन्याका ४ व्याट्स म्यान विना रन पबेलियन फर्किका थिए ।
पहिलो व्याटिङमा उत्रेका पाकिस्तान भने शुरुवातमै धर्माराए पनि कमरान अकमल र युनिस खानले उकासेका थिए् । मिसवाह उल हकले उत्कृट पारी खेलेका थिए । अकमल.५५ रन बनाई आउट भए भने युनिस खान .५०...रन बनाउँदा टिकोलोको बलमा एलबिडब्लु धरापमा परे । यस्तै उल हक पनि ६५ तथा उमर अकमल ७१ रन बनाई आउट भएका थिए ।
No comments:
Post a Comment