एमाले केन्द्रीय कमिटिद्वारा सातबुदे परिमार्जन सहित पारितः
![]() |
CPN-UML Party Office, Balkhu Kathmandu |
नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनका क्रममा एकीकृत माओवादीसंग भएको सातबुदे सहमति परिमार्जन गर्ने पोलिटब्युरो बैठकको प्रसताव अनुमोदन गरेको छ । एमालेको आज बसेका केन्द्रीय कमिटी बैठकले माओवादीसँग भएको सात बुदेँ सहमित आफु अनुकुल ब्याख्या गर्दै अनुमोदन गरेको हो । सहमित अनुमोदन भएपछि प्रधानमन्त्री झलनाथ खनाललाइ मन्त्रीपरिषद विस्तारको बाटो समेत खे
बैठकपछि एमाले एक विज्ञप्ती जारी गदै अस्पष्ट रहेका विषयहरुमा एकीकृत नेकपा (माओवादी) सँग सहमति कायम गर्दै अघि बढ्ने गरी सात बुँदे सहमतिलाई यो बैठक अनुमोदन गरेको जनाएको छ । एमालेले माघ २० गते माओवादीसँग भएको सहमितको उद्येश्य, मर्म र भावना शान्ति प्रकृया र संविधान निमार्णलाइ पुरा गर्नु भएको भन्दै सात बुदेँ सहमतिलाइ अनुमोदन गरेको हो । बैठकले सहमतिबारे दुइ अध्यक्षद्धारा माघ ३ गते जारी गरिएको संयुक्त बक्तव्यले समेत शान्ती र संविधानकै उद्देश्य र भावना बाकेको ठहर गर्दै बक्तब्यमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्दै अघि बढ्न प्रतिवद्धामा थप स्पष्ट भएको उल्लेख गरेको छ ।
बैठकले सात बुदेँ सहमतिले शान्ती सम्झौता र अन्तरिम संविधानमाथी कुठाराघात भएको भन्ने नेपाली काँग्रेसको भनाइको समेत खण्डन गरेको छ । बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ः शान्ति संझौता लगायतका सहमति र संझौताहरुको आधारमा विभिन्न राजनीतिक दलहरुसँग सहमति कायम गर्दै अघि बढ्ने कुरामा सात बुँदे सहमति बाधक हुन नसक्ने कुरा पनि स्पष्ट गर्न चाहन्छौं । एमाले बैठकले नेपाली काँग्रेस लगायत सबै राजनैतिक दलहरुलाइ सरकारमा सहभागी हुन समेत आग्रह गरेको छ ।
एमालेले पार्टीका तर्फवाट सरकारमा पठाउने सदस्यहरुको टुङ्गो लगाउने जिम्मा स्थायी समितिलाइ दिएको छ । केन्द्रीय समितिले झलनाथ खनाललाइ प्रधानमन्त्री बनाउन सहयोग गर्ने सबैलाइ धन्वयाद समेत दिएको छ । बैठकले इजिप्ट, ट्युनिसिया, लियिबा लगायतका देशको लोकतन्त्र प्राप्तिको आन्दोलनप्रति समेत ऐक्यबद्धता प्रकट गरेको छ । साथै एमाले केन्द्रीय कमिटी बैठकले बहुविबाह गर्ने पोलिटव्युरो सदस्व रवीन्द्र श्रेष्ठलाइ पार्टीको सम्पूर्ण जिम्म्ेवारीवाट मुक्तगर्दै साधारण सदस्य समेत नरहनेगरी निश्कासित गरेको छ ।
यसैबीच प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालले सातबुदे सहमति अनुमोदन भए लगत्तै पार्टी एक ढिक्का भएको बताउनु भएको छ । एमालेभीत्र विबाद छ भन्नेकुरा गलत पुष्टि भएको दावीगर्दै केन्द्रीय समितिले गरेको निर्णयले पार्टीलाइ सुद्रीढ बनाएको उहाँले दावी गर्नुभयो । सातबुदे सहमतिको विबाद सकिएको भन्दै उहाँले छिट्टै मन्त्रीपरिषद विस्तारगर्ने बताउनुभयो । प्रधानमन्त्री खनालले माओवादी कागे्रस लगायतका दललाइ समावेश गरेर सरकारलाइ छिट्टै पूर्णता दिइने दावी गर्नुभयो । उहाँले अबको आफ्नो लक्ष शान्ति र संविधान हुने खनालको भनाइ थियो ।
सातबुदेँ सहमति अक्षरस पालना हुनुपर्छ –अध्यक्ष प्रचन्ड
बर्दिया, १० फागुन । कार्यकता प्रशिक्षणका लागी बर्दिया पुग्नु भएका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात बुदेँ सहमित परिमार्जन हुन नहुने बताउनु भएको छ । बर्दियामा संचारकर्मीहरु सँग कुरा गर्दै प्रचण्डले सात बुदेँ सहमतिको अक्षरस पालना हुनुपर्ने बताउनुभयो । प्रचण्डले सात बुदेँ सहमितको पालाना नभए जग नभएको घर ढलभैmँ सरकारको अवस्था हुने टिप्पणी गर्नुभयो । प्रचण्डले भन्नुभयो भन्नुभयो ः जुन सहमितका आधारमा सरकार बनेको हो त्यहि अनुसार एमाले अघि बढेस हाम्रो चाहाना हो । प्रचण्डले सात बुदेँ सहमति भएको ब्यवस्था अनुसार नै मन्त्रालय बाँडफाँड हुनुपर्ने बताउनुभयो । प्रचण्डले भन्नुयभो ः सहमितमा सम्मानजनक मन्त्रालय बाँडफाँड भनिएको छ । त्यस अनुरुप रक्षा गृह मन्त्रालयको बाँडफाँड हुनुपर्छ ।
त्यसलगत्तै बर्दियाको सोरहवामा शहिद परिवारलाइ सम्बोधन गर्दै प्रचण्डले देशी–विदेशी शतिmहरु नेपालको संविधान बन्न नदिई शान्ति प्रक्रिया विथोल्न लागिपरेको आरोप लगाउनुभयो । अध्यक्ष प्रचन्डले जनताको संविधान बन्न नदिन र शान्ति कायम हुन नदिन विभिन्न विदेशी दलाल र प्रतिक्रियावादी तत्वहरुले षड्यन्त्र गरिरहेको दावी गर्नुभयो । विदेशी हस्तक्षेपका कारण नेपाली स्वाभिमान र राष्ट्रियता सङ्कटमा परिरहेको अध्यक्ष प्रचण्डको भनाई थियो ।
कार्यक्रमअघि सहिद तथा बेपत्ता परिवारसँगको साक्षात्कारमा माओवादी अध्यक्ष प्रचन्डले आफ्नो समर्थनमा बनेको एमालेको सरकार रहिरहे सहिद बेपत्ता परिवारलाई रु १० लाखका दरले राहत उपलब्ध गराउने प्रतिबद्धता व्यतm गर्नुभयो । कार्यकता प्रशिक्षणलाइ तिव्रता दिदै आएको माओवादीले आजदेखी प्रशिक्षण समेत सम्पन्न गरेको छ ।
संविधानमा नागरिकताको विषय संवेदनशील
विभिन्न दलका नेताहरुले नयाँ संविधानमा नागरिकता सम्बन्धी व्यबस्थामा महिला र पूरुषबीच समानता गर्नुपर्ने बताएका छन । तर कतिपय सहभागिले भने नागरिकता राष्ट्रियतासंग गासिएको बिषय भन्दै उदार व्यबस्था गर्न नहुने बताए । सबैदलले आमाको नामवाट नागरिकता दिने बिषयलाइ संविधानमा समेटने प्रतिबद्धता समेत जनाए । संचारिका समूहले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले महिला र पूरुषबीच अन्य बिषययमा समान अधिकार भएपनि नागरिकतामा त्यो लागू हुन नसक्ने बताउनुभयो ।
विशाल जनसंख्या भएका दुइ सागर चिन र भारतको बीचमा रहेको नेपालमा नागरिकता सम्बन्धी उदार नीति अपनाए नेपाली पहिचान गुम्ने खतरा रहेको मैनालीले दावी गर्नुभयो । नेपालमा नागरिकता सम्बन्धी खुकुले प्रावधान बने दुइ तिरको चाँप नेपालमा पर्ने भएकोले नागरिकता सम्बन्धी कठोर नीति लिनु राष्ट्रिय हितको पक्षमा हुने उहाँले बताउनुभयो । मैनालीले नेपाली नागरिकसंग विबाह गर्ने विदेशी महिलालाइ तत्कालै नागरिकता दिने प्रावधान त्रुटिपूर्ण भएको भन्दै उनिहरुलाइ केहिबर्ष आवासीय प्रमाणपत्र मात्र दिनु सही हुने बताउनुभयो ।
कार्यक्रममा नेपाली कागे्रसका सभासद विमलेन्द्र नीधिले नागरिकताको हक महिला र पूरुषलाइ बराबर अधिकार दिने पक्षमा रहेको उल्लेख गर्नुभयो । महिला सभासद समूहकी अध्यक्ष उषाकला राइले भने नागरिकताका नाममा महिलालाइ विभेद गर्ने संविधान आफूहरुकालागि स्वीकार्य नहुने चेतावनी दिनुभयो । उहाँले अन्तरिम संविधानमा भएको अधिकार समेत संकुचन गर्ने षडयन्त्र भइरहेको आरोप लगाउदै विभेदकारी संविधान बन्ने अबस्थामा दलीय ह्वीप तोड्ने चेतावनी दिनुभयो ।
राष्ट्रपति डा यादवको भेटघाट ः कोरियन बाल सांस्कृतीक टोलीसँग
राष्ट्रपति डाक्टर रामवरण यादवले नेपालमा आर्थिक क्रान्तिको सुरुवात भएपनि राजनीतिक अन्यौल नहटेकोमा चिन्ता ब्यक्त गर्नुभएको छ । राष्ट्रपति निवास शितल निवासमा आज बिहान कोरियाली बाल सा“स्कृतिक टोलीसंगको भेटमा राष्ट्रपति यादवले नेपालमा शान्ति प्रक्रियास“गै आर्थिक क्रान्ति पनि अघि बढाउनुपर्ने बताउनुभयो । जनताको शान्ति र विकासको चाहाना पुरा गर्नुपर्ने मोडमा नेपाल अगाडी बढिरहेको उहा“ले बताउनुभयो ।
रँष्ट्रपति यादवले विश्वमा शान्तिको सन्देश फैलाउने गौतम बुद्ध जस्ता महामानव जन्माउने देश नेपालको आफनै प्रकारको पुरानो सभ्यता रहेको जानकारी गराउनुभयो । उहाले कोरियामा १० हजार नेपालीले रोजगार पाईरहेको र त्यहि रेमिटेन्सबाट नेपालमा सहयोग पुगेको भन्दै कोरिया सरकार र कोरियाली जनतालाई धन्यवाद दिनुभयो । कार्यक्रममा कोरियाली बाल सांस्कृतिक टोलीले दुई देशबीचको सम्बन्ध झल्कने गरि दुबै देशको राष्ट्रिय गान गाउनुका साथै बिभिन्न संस्कृतिको बारेमा जानकारी दिएका थिए । कारियन कल्चरल फाउण्डेसन तथा युनिभर्सल पीस फ्रेडेरेसन अफ नेपालको आयोजनामा ७० सदस्यीय कोरियाली टोली सोमबार नेपाल आएको हो ।
सातबुँदे सहमति मधेसी मोर्चालाई मान्य नहुने – अध्यक्ष गच्छदार
परासी, १० फागुन । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले एमाले र माओवादीबीच भएको सातबुँदे सहमति मधेसी मोर्चालाई मान्य नहुने बताउनुभएको छ । नवलपरासी्को आज परासीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै गच्छदारले माओवादी र एमालेबीचको सातबुँदे सहमतिकै कारण शान्ति र संविधान निर्माणप्रक्रियाले गति लिन नसकेको आरोप पनि लगाउनुभयो । दुई पार्टीले अँध्यारो कोठामा गरेको गोप्य सहमतिकोे दुई पार्टीले नै जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ थियो । आलोपालो गरी प्रधानमन्त्री बन्ने र लडाकूका लागि छुट्टै फोर्स बनाउने भन्ने सहमति आफ्नो पार्टी, मोर्चा र मधेसी दलहरूलाई मान्य नहुने नेता गच्छदारले बताउनुभयो । ठूला तीनदल सत्ताको लुछाचुँडी र प्रधानमन्त्री बन्ने खेलमा लागेकै कारण मुलुक अनिश्चितताको बन्दी बनेको उहाँको आरोप थियो ।
कर्मचारीको टोली सगरमाथा आरोहण गर्नेः
![]() |
Where is Mt. Everest ? It is in NEPAL. |
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा विभिन्न क्षेत्रवाट कृर्तीमानी राख्नेक्रम चलिरहेको समयमा निजामती कर्मचारीको एक टोलीले यसबर्ष सगरमाथा आरोहण गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लिलामणी पौडेल नेतृत्वको १५ सदस्यीय कर्मचारी टोलीले आगामी चैत्रको दोस्रो साता देखी आरोहण सुभारम्भ गर्नेछ । आरोहण टोलीमा परराष्ट्र मन्त्रालयका सह सचिव दुर्गाप्रसाद भटृराई तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव लक्ष्मण भटृराई लगायत छन ।
नेपाल पर्यटन वर्ष २०११ को एक महत्वपूर्ण कार्यक्रमको रुपमा कर्मचारीहरुबाट सन् २०११ को बसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने कार्यक्रम राखिएको पर्यटन मन्त्रालयले जनाएको छ । उक्त अभियानका लागि सरकारले ३ करोड बजेट छुट्याएको छ । जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा देखिएको प्रभाव वारे सूचना हासिल गरी दिगो वातावरण संरणमा सहयोग पु¥याउने उदेश्यले यस्तो कार्यक्रम राखिएको आयोजकले बताएका छन ।
पर्वतीय पर्यटनलाई व्यवहारिक र आकर्षक गन्तव्यको रुपमा विकास गर्न यो अभियानबाट थप योगदान पुग्न जाने विश्वास गरिएको छ । निजामती कर्मचारी सगरमाथा आरोहण अभियान कार्यक्रम अन्तर्गत पूर्वतयारी स्वरुप पर्वतारोहण प्रशिक्षण कार्यक्रम काठमाडों तथा रसुवा जिल्लाको लाङ्गटाङ हिम श्रृँखलामा पर्ने याला पिक क्षेत्रमा आषाढ महिनामा सफलता पूर्वक सम्पन्न भएको थियो । ७५ दिनको आरोहण अभियानकालागि चैत्र महिनाको तेस्रो हप्ताबाट काठमाडौंबाट आरोहण दल प्रस्थान गर्ने आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी जनाएको छ ।
उद्धारको आगं्रह
लिबियामा सरकार विरोधी आन्दोलन चर्कदै गएपछि त्याहा कार्यरत नेपालीहरु जोखिममा परेको भन्दै नेपाल मानव अधिकार सङगठनले उद्धारका लागि सरकारसँग आग्ह गरेको छ । लिवियामा केहीदिन यता चर्केको आन्दोलमा नेपाली समेत पिडित बनेका समाचारहरु सार्वजनिक भउको तथा पिडित परिवारजनले समेत सङगठनमा निवेदन दिएको भन्दै सङगठनले अबिलम्ब उद्धारको पहल सुरु गर्न सम्बन्धित पक्षसँग आह्वान गरेको छ । त्याहा कार्यरत केही नेपाली कामदारहरु आन्दोलनका कारण खाद्यान्न अभाव भएकाले विचललीमा पर्ने स्थििती आएको खबर प्राप्त भउको सङगठनको भनाई छ ।जोखिममा रहेका आफ्ना नागरिकको रक्षा गर्नै कार्य नेपाल सरकारको दायित्व भएको भन्दै सङगठनले नेपाली श्रमिकको सुरक्षाका लागि अविलम्ब ठोस नीति तर्जुमा गर्न सरकारसँग आग्रह पनि गरेको छ ।
खेल समाचार
विश्वकप क्रिकेट
![]() |
Ryan ten Doeschate (Netherlad) |
विश्वकप क्रिकेट अन्तरगत केहिबेर अघि सम्पन्न खेलमा इङग्ल्याण्डले नेदरल्याण्डलाइ ६ विकेटले पराजित गरेको छ । भारतको नागपुरमा भएको खेलमा इङग्ल्याण्डले नेदरल्याण्डमाथी निकै संघर्षपूर्ण जित हासिल गरेको हो ।
टस जितेर ब्याटिङ गरेको नेदरल्याण्डले पुरै ओभर खेल्दै ६ विकेट गुमाएर २९२ रनको स्कोर खडा गरेको थियो । २९३ रनको विशाल लक्ष्य पाएको इङग्ल्याण्डले मात्र ४८.४ ओभरमा मात्र ४ विकेट गुमाएर सो लक्ष्य भेट्टाएको थियो । नेदरल्याण्डका लागी रायन डोसहेटले शतकिय ११९ रन बनाएपनि त्यो जितका लागी प¥याप्त हुन सकेन । ईङल्यान्डका लागि ग्रेम स्वान र स्टुवार्ट ब्रोडले २—२ विकेट लिएका थिए ।
विजयी इङल्याण्डका लागी ऐण्डु स्ट्रसले ८८, केभिन पिटरसनले ३९ जोनाथन ट्रटले ६२ तथा इयान बेलले ३३ रनको योगदान गरेका थिए । उसका लागी पवन कलिङउड तथा रवि बोपाराले नट आउट समान ३०–३० रनको योगदान गरेका थिए । नेदरल्याण्डका क्याप्टेन रायन डोसहेटले २ विकेट तथा मुद्यासर भुखारी र पिटर सिलरले १–१ विकेट लिएका थिए । खेलमा पराजित टोलि नेदरल्याण्डका रायन डोसहेट म्यान अफ द म्याच घोषित भए । उनले इङग्ल्याण्ड विरुद्ध २ विकेट लिनुका साथै शतकिय ११९ रन बनाएका थिए ।
सदस्य सचिवको राजिनामाको माग
काठमाडौ, १० फागुण । स्थायी गर्नु पर्नेमाग राख्दै आन्दोलन गरिरहेको खेलकुद परिषद मातहतका खेल प्रशिक्षकहरुले तीन दिनभित्र आफूहरुको सात बुँदे माग पुरा नगरिए सदस्यसचिवलाइ हटाउन गरी आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनरत प्रशिक्षकहरुले आज एक पत्रकार सम्मेलनको आयोजना गरी तीन दिनभित्र आफूहरुको माग पुरा नगरिए सदस्य सचिवको राजिनामा माग गर्दै आन्दोलन गने चेतावनि दिएका हुन् । आन्दोलनरत प्रशिक्षकका तर्फबाट काजिमान श्रेष्ठले माग पुरा नगरे सदस्य सचिवले प्रयोग गरिरहेको सवारी साधन कब्जामा लिने चेतावनी दिनुभयो ।
साक्षात्कारमा खेलकुद परिषदका सदस्य सचिव हरिबाबु चौधरीले राजीनामाले खेलकुद क्षेत्रको समस्या समाधान हुने भए राजीनामा दिन तयार रहेको बताउनुभयो । चौधरीले प्रशिक्षक प्रशिक्षण तालिम लिएका प्रशिक्षकहरुले स्थायी हुन पाउने पर्ने भनी राखेको माग जायज भए पनि सरकारले दरवन्दी थप नगरेकोले स्थायी गर्न नसकिएको बताउनुभयो । अध्यक्ष चौधरीले परिषदले १५ सय नयाँ दरवन्दी माग गरेर मन्त्रालयमा पत्राचार गरेपनि हालसम्म ठोस निर्णय हुन नसकेकोले अवस्था गंभिर बनेको बताउनुभयो । उहाँले परिषदमा ५४ प्रशिक्षक र ४० सहायक प्रशिक्षकको दरवन्दी रिक्त रहेकोले अहिले त्यो भन्दा बढी लाई स्थायी गर्न नसकिने बाध्यता समेत बताउनुभयो ।
No comments:
Post a Comment