एमालेले सातबुदे संशोधन सहित अनुमोदनगर्ने
![]() |
CPN-UML Party Central Office, Balkhu - Kathmandu |
काठमाडौँ, ९ फागुन । नेकपा एमालेको पालिटब्युरो बैठकले प्रधानमन्त्री चयनका बेला अध्यक्ष झलनाथ खनाल र माअोवादी अध्यक्ष प्रचण्ड बिच भएको सात बुदेँ सहमित त्रुटिपूर्ण रहेको ठहर गर्दैै परिमाजर्न सहित अघि बढ्ने निणर्य गरेको छ । साथै बैठकले परिमार्जित सहमितलाइ अनुमोदनका जिम्मा केन्द्रीय समितीलाइ दिएको छ ।
पार्टि मुख्यालय बल्खुमा झण्डै ५ घण्टा बसेको बैठकले केन्द्रीय समिति बैठकका लागि सातबुदे सहमतिका कतिपय प्रावधान संशोधन गर्ने एजेण्डा तय गरेको छ । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार पोलिटव्युरो बैठकले सातबुदे सहमतिमा रहेको जनताको गणतन्त्रको ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्र राख्नुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै माओवादी जनसेनाका लडाकूको समायोजनका सम्बन्धमा सातबुदेमा भएको सहमति परिमार्जन गरी यसको सम्पूर्ण काम विशेष समितिले गर्ने प्रस्ताव एमालेले गरेको छ । यसअघि सात बुदेँ सहमतिमा माओवादी लडाकुको छुट्टै फोर्स गठन गर्ने सहमति भएको थियो ।
यसैगरी सहमतिमा उल्लिखित वाम गठबन्धनको स्थानमा वाम लोकतान्त्रिक गठबन्धन निर्माणगरी कागे्रसलाइ समेत यही सरकारमा सामेल गरेर अघि बढ्ने प्रस्ताव गरिएको ज्ञवालीले बताउनुभयो । ज्ञवालिले परिमाजर्नका लागी प्रस्तावित सहमितबारे माओवादीसँग थप छलफल गरिने बताउनुभयो ।
बैठकमा सातबुदे सहमतिको बिषयलाइ लिएर संस्थापन पक्ष र नेपाल ओली पक्षवीच चर्काचर्की भएको थियो । बैठकपछि उपाध्यक्ष वामदेव गौतमले एमालेले राखेका पूर्वबत अडान कायमै राखेर सातबुदे सहमति अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय भएको जानकारी दिनुभयो । गौतमले सरकार गठनका बेला माघ २० गते भएको सहमति तथा फागुन २ गते भएको पुर्नब्याख्यालाइ अनुमोदन गरेको जानकारी दिनुभयो । गौतमले कागे्रसलाइ समेत सहमतिमा लिएर अघि बढिने दावी गर्नुभयो । गृह मन्त्रालय कस्ले लिने वा अन्य पोर्टफोलियो बारे अन्यदलसंग छलफल हुने भन्दै गौतमले गृहवारे पार्टीमा विबाद नरहेको दावी गर्नुभयो । सातबुदे सहमति कार्यान्वयन वारे निर्णय लिन एमाले केन्द्रीय समितिको बैठक भोली बस्दैछ ।
सहमति भए एक महिनामै संविधानः
कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले सेना समायोजनमा सहमति भए संविधान निर्माणको काम एक महिनामा सम्पन्न हुने बताउनु भएको छ । यसकालागि कागे्रस हदैसम्मको लचिलो हुन तयार रहेको पौडेलको भनाइ थियो । संसदीय दलको कार्यादलयमा सीमित पत्रकारहरुसंग कुरागर्दै नेता पौडेलले लडाकू समायोजनको मोडालिटिमा सहमति भए संविधानको विबाद टुगिने समेत बताउनुभयो ।
माओवादी र एमालेबीच भएको सातबुदे सहमतिको नियत खराव भएका कारण सहमित परिर्मार्जन भएपनि कागे्रस सरकारमा सामेल नहुने पौडेलले स्पष्ट गर्नुभयो । पौडेलले भन्नुभयो ः सहमति भएपछि दाहालले संसदमा नभनेर अनेक कारण देखाएर खनाललाइ समर्थन गर्नुभयो त्यसबाट पनि सहमति षड्यन्त्रमुलक भएको स्पष्ट हुन्छ । पौडेलले गत माघ २० गते प्रचण्डले संसदमा रातभर निन्द्रा नलागेको, पिडाले छट्पटाएको, निकास नपाएको भनेर गरेको भाषणको स्मरण गर्दै त्यहि दिन सात बुदेँ सहमित भएको भन्न नसक्नुले सहमति बेतुकको भएको स्पष्ट भएको टिप्पणी गर्नुभयो । पौडेलले सात बुदेँ सहमति खारेज योग्य रहेको समेत बताउनुभयो ।
पौडेलले कागे्रसले शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ विपक्षीको रुपमा भन्दापनि सहयोगिको रुपमा नेतृत्वदायी भूमिका खेल्ने स्पष्ट गर्नुभयो । कागे्रसलाइ सरकारमा आऊन पटक पटक प्रधानमन्त्री खनालले वक्तव्यबाजी गरेपनि एकपटक पनि छलफल नगरेको पौडेलले गुनासो गर्नुभयो ।
सरकार गठनको समय लम्ब्याएर संविधान सभा भंग गर्ने षड्यन्त्र भइरहको छ ः डा. भट्टराइ
![]() |
UCPN-Maoist Leader Dr. Bhattarai |
काठमाडौँ, ९ फागुन । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराइले समय छोट्याएर संविधानसभा भंगगर्ने अभिप्रायले सरकार गठनमा प्रपञ्च खडा गरिएको बताउनु भएको छ । नेपाल आदिवासी जनजाति महासंघले आज राजधानीमा आयोजना गरको कार्यक्रममा भट्टराइले हालको संविधान सभाबाट संविधान निमार्ण नगर्ने र २०४७ सालकै संविधान ब्युताउने षड्यन्त्र स्वरुप अहिले सरकार गठनमा ढिलाइ गरिएको बताउनुभयो । भट्टराइले पुरानो संविधान ब्युताउने षड्यन्त्र भए जनता विद्रोहमा उत्रन बाध्य हुने धारणा राख्नुभयो ।
भट्राइले एमालेको कारण हालको गतिरोध कायम रहेको टिप्पणि गर्नुभयो । संविधानसभाको प्रमुख शक्तिको हैसियतले सरकारको नेतृत्वको दावी सहि हुदा हुदैपनि माओवादीले तेस्रो पार्टीलाइ समर्थन गरेर निकास दिन खोजेपनि एमाले भीत्रको खुट्टा तानातानले सरकारले पूर्णता पाउन नसकेको भट्राइले दावि गर्नुभयो । एमाले नेताहरुप्रति आक्रोश पोख्दै भट्टराइले भन्नुयभो ः जनतावाट पराजीतहरुले ठुलो पार्टीलाइ कुन मन्त्रालय दिने नदिने भनेर उपदेश दिने र हैकम चलाउने काम गर्ने यो त लोकतन्त्र होइन ।
दलहरु सत्ता राजनीतिमै केन्द्रीत भएका कारण संविधानसभामा तीन बर्ष खेर गएको भन्दै बाकी दिनको सदुपयोग गर्नुपर्ने उहाँले बताउनुभयो । आगामी तीन महिनाको समयलाइ खेर फालेर जेठ १४ मा संविधानसभा भंग गरी २०४७ सालको संविधान व्युुताउने षडयन्त्र भइरहेको दावीगर्दै भट्टराइले त्यसो भए जनता विद्रोहमा जाने चेतावनि दिनुभयो । ‘कुनैपनि बाहानामा पुरानो संविधान ब्युताउने षडयन्त्र माओवादीलाइ स्वीकार्य हुनेछैन, उहाँले भन्नुभयो, माओवादीले हतियार उठाएको त्यही संविधान बिरुद्ध थियो ।’ भट्टराइले संविधानसभावाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने अबस्थामा संघीयताका बाहक शक्ति माओवादी, मधेशवादी र जनजाति बीच मोर्चाबन्दी गर्नुपर्ने बताउनुभयो ।
माओवादी आत्मनिर्णयको अधिकारसहीतको जातीय क्षेत्रीय स्वायत्तता सहितको संघीयताको पक्षमा रहेको उल्लेख गर्दै उहाँले अहिलेकै अञ्चललाइ संघीयताको रुप दिनेकुरा स्वीकार्य नहुने बताउनुभयो । ‘जातिय र क्षेत्रिय पहिचान संघीयताको मुख्य आधार हुनुपर्छ, भट्टराइले भन्ुभयो–आत्म निर्णयको अधिकारमा उत्पीडित जातिले छुट्टै राज्य स्थापना गर्ने अधिकार समेत सुनिश्चित हुनुपर्दर्छ ।
सात बुदेँ सहमति परिर्माजन गर्ने एमाले प्रस्ताव माओवादीद्धारा अस्वीकार
काठमाडौँ, ९ फागुन । सरकार गठनका बेला भएको सातबुदे सहमति परिमार्जनको एमाले प्रस्ताव एकीकृत माओवादीले ठाडै अस्वीकार गरेको छ । एकीकृत माओवादी र नेकपा एमालेका शीर्ष नेताहरुबीच आज भएको छलफलमा एमालेले काँग्रेस लगायतका दललाइ समेत समेट्ने गरि सात बुदेँ परिमार्जनका लागी गरेको प्रस्ताव माओवादीले अस्वीकार गरेको हो ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको छलफलमा एमाले नेताहरुले सातबुदे सहमति परिमार्जन गर्न गरेको प्रस्ताव माओवादीले अस्विकार गरेपछि बैठक विना निष्कर्ष सकिएको थियो । बैठकपछि एमाले नेता केपी शर्मा ओलीले सातबुदे सहमति परिमार्जन गरेर अन्यदललाइ पनि सहमतिमा ल्याउनेवारे छलफल भएको बताउनुभयो । समय छोटो भएका कारण आज कुनै निश्कर्षमा नपुगिएको ओलीले जानकारी दिनुभयो ।
बैठकमा माओवादीले भने वर्तमान सरकार गठनको जग सातबुदे सहमति भएको दावीगर्दै परिमार्जन गर्न नसकिने बताएको थियो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात बुदे सहमतिलाइ अझै मजबुद बनाउनुपर्ने अडान राख्नु भएको स्रोतले बतायो । बैठकमा प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र नेता ओली तथा माओवादी अध्यक्ष प्रचण्ड र महासचिव रामबहादुर थापा वादल सहभागि हुनुहुन्थ्यो । दुइ दलबीच भोली विहान पुनः छलफलगर्ने अनौपचारिक सहमति भएको छ ।
यो सरकारमा कुनैपनि हालतमा सहभागी हुन्नौँ ः काँग्रेस सभापति शुसील कोईराला
दाङ, ९ फागुन । नेपाली काँग्रेसका सभापति शुसील कोईरालाले नेपाली काँग्रेस वर्तमान सरकारमा कुनै पनि हालतमा खनाल नेतृत्वको वर्तमान सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभएको छ । दाङको लमहीमा आज पार्टि कार्यकर्तासंगको भेटघाटका क्रममा सभापति कोइृरालाले प्रतिपक्षमा वसेर गुण र दोषको आधारमा सरकारलाइृ सहयोग वा विरोध गरीने वताउनु भयो ।
वर्तमान सरकार निर्माणका लागी माओवादी र एमाले अध्यक्ष विच भएको सात वुँदे सहमती काँग्रेसलाई कुनैपनि हालतमा मान्य नहुने कोइृरालाको भनाइृ छ । सभापति कोईरालाले वन्द कोठामा व्यक्ती व्यक्ती विच भएको सहमती आँफुहरुलाई मान्य नहुने वताउनु भयो । उहाँले यो सहमती अन्तरीम संविधान , राष्ट्रिय हित र एकताको खिलाप भएको वताउनु भयो । साथै उहाँले राष्ट्रिय हितका लागी ७ वुदे सहमती खारेज गरीनु पर्ने वताउनु भयो । शान्ती र संविधान काँग्रेसको मुल उदेस्य भएको भन्दै उहाँले प्रतिपक्षमै वसेर पनि संविधान निर्माण र सान्ती प्रकृयालाइृ टुंगोमा पुर्याउन काँग्रेसले महत्वपर्ण भुमीका खेल्ने वताउनु भयो । काँग्रेस सभापति कोइृरालाले संविधान निर्माण र सान्ती प्रकृयाको प्रमुख वाधक माओवादी भएको आरोप पनि लगाउनु भयो ।
मानसिक सन्ुतलन बिग्रिएका भनिएका एक सन्काहाद्धारा तीन सर्वसाधारणको हत्या
तनहँ, ९ फागुन । तनहुँको दमौलीमा एक ब्यक्तिले अन्धाधुन्ध खुर्पा प्रहार गरि ३ जनाको हत्या गरेको छ । ब्यास नगरपालिका २ का २३ वर्षीय डिभिङ रानामगरले स्थानीय ६० वर्षीय दिल बहादुर सापकोटा उनकी श्रीमती ५५ वर्षी यशोदा सापकोटा र ब्यासकै टीका श्रेष्ठको हत्या गरेका हुन् ।
ब्यास २ स्थित सापकोटा होटलका सञ्चालक समेत रहेका सापकोटा दम्पतिको आफ्नै निवासमा रानाले हत्या गरेको तथा टिका श्रेष्ठ र उनकी श्रीमती पार्वती श्रेष्ठलाई बाटोमा नै खुर्पा प्रहार गरेको प्रहरीको भनाई छ । रानालाई भाग्ने क्रममा प्रहरीले प्रक्राउ गरेको जनाएको छ । टिका श्रेष्ठको उपचारका क्रममा पोखराको गण्डकी अस्पतालमा मृत्यु भएको थियो भने श्रीमती श्रेष्ठको उपचार भैरहेको प्रहरीले जनाएको छ ।
जनचाहानाको संविधान संविधानसभावाट मात्रः सभामुख
काठमाडौँ, ९ फागुन । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले संविधानसभावाट जनचाहाना अनुसारको संविधान जारी गर्नुको विकल्प नभएको बताउनु भएको छ ।
संविधानसभाबाट बन्ने संविधानले मात्र जनताका आकाक्षा पूरागर्न सक्ने उहाँको भनाइ छ । नेपाल आदीवासी जनजाति महासंघले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा सभाध्यक्ष नेम्वाङ्गले संविधान जारी गर्नकालागि खवरदारी जरुरी रहेको बताउनु भएको हो । संविधान निर्माणका लागि ऐतिहासिक आधार तयार भएको दावी गर्दै उहाँले विवादका ८० बुदालाई दलहरुले तत्काल टुङ्ग्याउनु पर्ने बताउनु भयो । हरेक दलले आफ्ना सबै विचार संविधानमा राख्नैपर्ने अडान त्याग्नु पर्ने आग्रह गर्दै नेम्वाङ्गले यसबाट मात्र समयमा नै संविधान निर्माण हुन सक्ने बताउनु भयो । शान्ति र संविधानलाइ निश्कर्षमा पु¥याउन दलहरुबीच सहमतिको विकल्प नभएको उहाँको भनाई थियो । संघीयता, धर्म निरपेक्षता र गणतन्त्रबाट देश अब पछाडि फर्कन नसक्ने बताउदै दलहरु र सबै जनता एक हुनु नै आजको आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा विभिन्न दलका नेताहरुले निर्धारित समयमा संविधान जारी हुनेमा अब आशंका बढ्दै गएकोले प्रमुख दलहरु थप गम्भीर बन्नु पर्ने बताएका छन् । उनीहरुले आदिवासी जनजातिको मागलाई सम्बोधन गर्ने गरी नयाँ संबिधान जारी हुनु पर्ने बताएका छन् ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महामन्त्री जितेन्द्र देवले संविधानसभालाई खारेज गर्ने षडयन्त्र शुरु भएको भन्दै बाँकी अवधिमा नयाँ संविधान जारी नभए मधेशी र आदिवासी जनजाति समुदाय आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । सभासद् पासाङ शेपौले दलहरुको बैचारिक मतभेदको शिकार संविधान सभा बनेको भन्दै जनजाति महासंघले आफ्नो आन्दोलनलाई थप शसक्त पार्नुपर्ने बताउनु भयो । उहाँले जनजातिको पक्षमा संविधान नलेख्ने उदेश्यले सभासद्हरुलाई ह्वीप लगाउने तयारी गरेको भन्दै त्यसको विपक्षमा जाने चेतावनी दिनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले नयाँ संविधान लेख्न पर्याप्त समय हुँदा निश्कृय बस्ने अनि अन्तिममा हतारीएर जनजातिलाई झुक्याउने गरी संविधान जारी भए त्यो संविधान जनजातीले नमान्ने चेतावनी दिनुभयो । बाँकी समयमा संविधान जारी गर्न दवाव स्वरुप महासंघले आयोजना गरेको राष्ट्रिय सम्मेलन भोली सम्म संचालन हुने जनाइएको ष्छ । सम्मेलनमा ५६ जातीय संगठन, ६८ जिल्ला समन्वयन परिषद, सम्बधन संस्थाहरु र गाँउ समन्वय परिषदका गरी करिब २ हजारको सहभागीता रहेको महासंघले जनाएको छ ।
माओवादी केन्द्रीय सदस्य एवम् सभासद् गौरिशंकर खड्काको क्यान्सरका कारण मृत्यु
काठमाडौँ, ९ फागुन । क्यान्सर रोगका कारण आज विहान मृत्यु भएका एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं सभासद गौरीशंकर खड्काको शबलाई अन्तेष्टिका लागि आज झापा लगिएको छ । खड्काको भोली झापामा नै दाहर्सस्कार गरिने जनाईएको छ । यसअघि उहाँको सबलाई अन्तिम श्रद्धान्जलीका लागि माओवादी पार्टी कार्यालय कोटेश्वरमा राखिएको थियो । पार्टी कार्यालयमा प्रधानमन्त्री झलनाथ खनाल, सभामुख सुवासचन्द« नेम्वाङ, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता केपी शर्मा ओली लगायतका नेताले स्वर्गीय सभासद खड्कालाई श्रद्धान्जली दिएका थिए ।
राज्यव्यबस्था समितिमा सेनाको लोकतान्त्रिकरणवारे छलफलः
काठमाण्डौ, फागुन ९ । व्यबस्थापिका संसद अन्तरगतको राज्य व्यबस्था समिति बैठकमा नेपाली सेनाको लोकतान्त्रिकरण वारे आजदेखी छलफल सुरु भएको छ । राजधानीको गोकर्ण रिसोर्टमा जारी छलफलमा सेनाको लोकतान्त्रिकरण सम्बन्धी दुइ छुट्टा÷छुट्टै कार्यपत्र पेश भएका छन । पहिलो दिनको छलफलमा सेना समायोजन विशेष समिति अन्तरगतको सचिवालयका संयोजक एवं सेनाका पूर्व सहायक रथी वालानन्द शर्मा र पुर्व सहायक रथी कुमार फुदुङ्गले कार्यपत्र पेश गर्नुभएको छ ।
शर्माले सेनाको लोकतानीत्रकरण नभइ व्यबसायीकरण गर्नुपर्ने बताउनु भएको छ भने, फुदुङ्गले सेनाको लोकतान्त्रिकरण जरुरी रहेको बताउनु भएको थियो । कार्यपत्रमाथी बोल्ने अधिकाशं सभासदले सेनाको लोकतान्त्रिकरणमा जोड दिएका समिति सदस्य सभासद सुदर्शन बरालले जानकारी दिनुभयो । छलफलमा माओवादीका बर्षमान पुन अनन्त लगायत सभासद बोलेका थिए । संसद सचिवालय परिसर भन्दा बाहिर गएर छलफलगर्न नमिल्ने व्यबस्था भएपनि राज्य व्यबस्था समितिले गैर सरकारी संख्याको प्रायोजनमा राष्ट्रिय सुरक्षा सम्बन्धी छलफल गरेको हो ।
खेल समाचार
नेपालको करिश्मा जारी
कुवेतमा जारी एसीसी महिला ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालले विजय यात्रा कायमै राखेको छ । समूह चरणको अन्तिम खेलमा आज मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दे नेपाल समूह विजेता समेत बनेको छ । हिजो नै अन्तिम चारमा स्थान बनाइ सकेको नेपाल आज अर्काे प्रभावशाली जित निकाल्दै समूह बी को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । जितका लागि मलेसियाद्धारा प्रस्तुत ६९ रनको लक्ष्य नेपालले केवल १४ ओभर खेल्दै १ विकेट गुमाएर् भेट्टाएको थियो । नेपाललाई जितसम्म डोराउन सिता रानामगरले नटआउट रहँदै २१ रनको पारी खेलेकी थिईन् ।
त्यसअघि टस हारेर पहिले बलिङ गरेको नेपालले मलेसियालाई ६८ रनमा समेटेको थियो । पुरै २० ओभर खेलेको मलेसियाले ७ विकेटको क्षतीमा सो योगफल तयार पारेको हो । उसलाई सस्तैमा समेट्न कसिलो बलिङ गरेकी रुविना क्षेत्रीले ७ रन खर्चैर ३ तथा करुना भन्डारीले ११ रन खर्चेर २ विकेट लिएकी थिईन् । रुविना प्लदेयर अफ दि म्याच समेत बनेकी छिन् ।
विश्वकप क्रिकेट
![]() |
World Cup Cricket Live Update In Nepali |
१० औा संस्करणको विश्वकप क्रिकेटमा अष्टे«लियाले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा जीम्बाबेलाइ ९१ रनले पराजीत गर्दै डिफेन्डिफ च्याम्पियन अष्टे«लियाले विजयी सुरुवात गरेको हो ।
जितका लागी अष्टे«लियाले पेश गरेको २६३ रनको लक्ष्य पछ्याएको जीम्बाबे ४६.२ ओभरमा अल आउट हुदँैँ मात्र १७१ रन मात्र जोड्न सफल भएपछि पराजीत भएको हो । अष्टे«लियाका लागी मिकेल जोन्सेन एक्लैले ४ विकेट लिएका थिए । पराजित जिम्बाबेका लागी ग्रमी केमरले ३८ रन जोड्नु बाहेक अन्यले खासै प्रर्दशन गर्न सकेनन् । उसका चार ब्याट्स्म्यान दोहोरो रन नै नबनाइ पेभिलियन फर्किएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अष्टे«लियाले पुरै ओभर खेल्दै ६ विकेट गुमाएर २६२ रन बनाएको थियो । अष्टे«लियाका लागी सेन वाट्सनले ७९ तथा माईकल क्लाकले नट आउट ५९ रनको योगदान गरेका थिए । जिम्बाबेका लागि क्रिस मोफुले २ विकेट लिएका थिए ।
No comments:
Post a Comment