सरकारमा जान्छौँ तर एमाले केन्द्रीय कमिटी निणर्य पर्खिरहेका छौँ – अध्यक्ष दाहाल
पानीटयाङकी (मोरङ), ८ फागुन । एकीकृत नेकपा (माओवादी) पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी हुनेबारे आफुहरुले एमाले केन्द्रीय कमिटी बैठकको निणर्य पर्खिरहेको बताउनु भएको छ । प्रचण्डले सात बुदेँ कार्यन्वयन गर्ने निणर्य एमालले गर्ने बित्तिकै आफुहरु सरकरमा जाने बताउनुभयो । यद्यपि प्रचण्डले एमालेको ढुलमुले स्थीति जारी रहे सरकारमा सहभागी नभइ बाहिरै बस्ने बताउनुभयो ।
![]() |
Maoist Leaders at Biratnagar Airport |
आज कोचिला, लिम्वुवान र किराँत राज्य समितिका सचिवालयस्तरका कार्यकर्ताहरूलाई प्रशिक्षण दिन उपाध्यक्षयद्वय मोहन वैद्य ‘किरण’ र डा बाबुराम भट्टराईका साथ विराटनगर पुग्नुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो – हामी सरकारमा नगए प्रतिपक्षमै बस्छौं तर कुनैपनि हालतमा यो सरकार गिर्न दिदैनौं । एमालेका केही नेताहरूले सातबुँदे सहमतिलाई साहु र असामीबीचको तमसुक भनेको भनाइप्रति प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– झुक्याएर सहमति गरायो भन्नु गलत हो पार्टीको अध्यक्षले गरेको निर्णय केटाकेटीको खेल जस्तो हुँदैन ।
अध्यक्ष प्रचण्डले एमालेभित्रकै तत्वहरूले शान्तिप्रक्रिया भाँड्नका लागि एमाले र माओवादीबीच भएको सातबुँदे सहमतिको विरोध गरिरहेको आरोप समेत लगाउनुभयो । उहाँले एमालेका केही नेताहरुले नै माओवादीलाई विभिन्न अड्को थापेर सरकारमा जानबाट रोक्ने षड्यन्त्र गरिरहेको दावी गर्नुभयो । एमालेभित्रका कुतत्वहरूले शान्तिप्रक्रिया भाँडने षड्यन्त्र गर्न खोजे पनि एमालेभित्रकै शान्तिप्रक्रियाका समर्थकहरूले आफूहरूलाई साथ दिने बताउनुभयो ।
विराटनगरको वीरेन्द्र सभागृहमा भएको प्रशिक्षण कार्यक्रममा तीनवटै राज्य समितिका करिव ३०० कार्यकर्ता, राज्यका इन्चार्ज, सहइन्चार्ज र सेक्रेटरीहरू सहभागी रहेको माओवादीले जनाएको छ ।
शान्ती र संविधान मुख्य विषय हो, सरकारको विवादमा अल्झन हुदैँन ः प्रधानमन्त्री खनाल
कास्की, ८ फागुन । प्रधानमन्त्री झलनाथ खनालले गृहमन्त्रालय कुन दललाई दिने भन्ने विषयमा हालसम्म कतै सहमति र निर्णय नभएको जिकीर गर्नु भएको छ । पार्टीकै बरिष्ट नेता केपी ओली पक्षले भने गृहमन्त्रालयको जिम्मेवारी एमालेले नै लिने र त्यसमा नेता विष्णु पौडेल पठाउने स्थायी समििितले निर्णय गरेको बताउदै आएका बेला खनालले यस्तो धारणा राख्नु भएको हो ।
कास्कीको लेखनाथस्थित पोखरा विश्वविद्यालयको आठौं दीक्षान्त समारोहमा सहभागि हुन आज लेखनाथ पुग्नु भएका प्रधानमन्त्री खनालले शान्ति र संविधान निर्माण कार्य अघि बढीरहेको बेलामा दलहरु कुनै मन्त्रालयको विवादमा अल्झिन नहुने धारणा राख्नुभयो ।
पोेखरा विमानस्थलमासंचारकर्मिहरुसँग कुरा गर्दै प्रधानमन्त्री खनालले मन्त्रालय विवादले सरकारलाई अघि बढ्न कुनै समस्या नपरिरहेको बताउनु भयो । प्रधानमन्त्री खनालले गृहमन्त्रालय कुनै दलबीच लिने र दिने अवस्था नरहेकोले आपसी विश्वासका आधारमा अघि बढ्ने बताउनु भयो । उहाँले गृहमन्त्रालयका कारण मन्त्रीमण्डल बिस्तार नरोकिने दावी समेत गर्नुभयो ।
उहाँले सरकार गठनमा केही ढिलाइ भए पनि यथाशीघ्र सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । खनालले एमालेभित्र कुनै ठुलो विवाद नरहेको दावी गर्दै हाल देखा परेका समस्याहरुलाई पनि आपसी छलफलबाट टुङ्ग्याउदै अघि बढ्ने धारणा राख्नुभयो । प्रधानमन्त्री खनालले अन्य पार्टीहरुसंँग पनि बसेर मतभिन्नताहरुको व्यवस्थापन गर्दै एउटा साझा सहमतिका साथ अघि बढने धारणा राख्नुभयो ।
तोकिएकै मितिमा नयांँ संविधान बन्ने विश्वास दिलाउँंदै प्रधानमन्त्री खनालले सानातिना विषयमा नअल्झिएर सहमतिका साथ शान्ति र संविधान निर्माण गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सेना समायोजनका विषयमा अन्तरिम संविधानले गरेको निर्देशन र वृहत शान्ति संझौतामा भएका विषय तथा विशेष समितिमा हुने सहमतिका आधारमा टुङ्ग्याइने स्पष्ट पार्नुभयो ।
भट्टराई निवास परिसरमा कार्यरत तीन कामदारको मृत्यु
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ललितपुरको बाँडेगाउँस्थित आश्रममा पर्खाल निर्माणको क्रममा ढिस्कोले पुरिएर आज तीनजना मजदुरको मृत्यु भएको छ । माटोको ढिस्कोले पुरिएर अन्य दुईजना घाइते भएका छन् ।
आश्रमको पर्खाल निर्माण गर्ने क्रममा खसेकोे ढिस्को अचानक खसेपछि पुरिएका पाँच जना मध्ये संदिप घ्लान, भालु लामा र कान्छा लामाको मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरुको उपचारका लागि पाटन अस्पतालतर्फ लाने क्रममा मृत्यु भएको हो । घाइते वीरबहादुर घ्लान र सुवास थोकरको भने पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
यता ललितपुरको ग्वार्कोमा आज साँझ एक बस दुर्घटना हुदाँ २९ जना घाइते भएका छन् । लगनखेलबाट लुबतर्फ जाँदै गरेको बा १ ख ७०६७ नम्बरको बस र कोटेश्वरबाट सातदोबाटो जाँदै गरेको ट्रिपर सँग ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका केहीको अवस्थ गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको राजधानिको वि एण्ड वि अस्पतालमा उपचार भइरहेको छ ।
फोरम ः तत्काल सरकारमा नजाने
मधेशी जनअधिकार फोरमले झलनाथ खनाल नेतृत्वको सरकारले मधेशका एजेणलाई प्राथमिकता नदिएको भन्दै तत्काल सरकारमा जनाने निर्णय गरेको छ । सिंहदरवारमा पत्रकार सम्मेलन गरि फोरम अध्यक्ष उपेन्द्र यादवले आफूहरु सरकारमा सहभागि नहुने बताएका हुन् ।
‘यो सरकारले शान्ति प्रकृया र संविधान निर्माणको प्रकृयालाई पूर्णता दिने सुनिश्चितता हामी सरकारमा सहभागि हुँदैनौं’ फोरम संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने । उनले २०६४ भदौ र फागुनमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्नु सेमत सरकरासँग माग गरे । अध्यक्ष यादवले आफूहरु मन्त्रालयका बिषयमा बार्गेनिङ नमिलेका कारण सरकारमा सहभाथि नभएको चर्चा निराधार भएको बताए । उनले भने–हामी मन्त्रालयमा वार्गेनिङ गरिरहेका छैनौं, खनाल नेतृत्वको सरकारले मधेशका माग र एजेण्डालाई कसरी उठाउँछ भनेर पर्खिरहेका छौं ।’ एकीकृत नेकपा माओवादीसँग नजिक रहँदै आएको फोरमले पनि माओवादीको सरकारमा सहभागि नहुजे निर्णयसँगै सरकारमा सहभागि हुनका लागि सर्त अघि सारेको हो । फोरम अध्यक्ष यादवले प्रधानमन्त्री झलनाथ खनालाई तत्काल मन्त्रीमण्डलाई पुर्णता दिन समेत आग्रह गरेका छन् । फोरमले स्तायत्त मधेश प्रदेश लगायतका मागहरु अघि सार्दै आएको छ ।
संसद बैठक ः सात बुदँे सहमितको बचऊमा एमाले माओवादी, विराधमा काँग्रेस र मधेशवादी
काठामाडौ फागुन ८ । सरकारले पुर्णता पाउन नसक्नुमा दलहरुरुले एक अर्कालाई दोषारोपण गरेका छन् । व्यवस्थापिका संसदको बैठकमा विभिन्न दलका सभासद्हरुले मन्त्रालय वाडफाटको खिचातानी छाडेर सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप प्रदान गर्न जोड दिए ।
बैठकको प्रारम्भमै माओवादी र एमाले सभाषदले सात वुदे सहमतीको बचाउ गर्दै गलत ढंगले नवुझ्न आग्रह गरेका छन् । एकीकृत नेकपा माओवादी सभासद देव गुरुङले राजनीतिक गतिरोधको अन्त्यका साथै शान्ति र संविधान लेखन कार्यलाई पुर्णता दिनका लागि नै सात बु“दे सहमति गरीएको बताउनुभयो । उहा“ले सात बु“दे सहमति गोप्य र करकापमा भएको भन्ने आरोपको खण्डन गर्दै दुई पार्टीबीच पर्याप्त गृहकार्य गरेर सहमति गरीएको स्पष्ट पार्नुभयो । उहा“ले प्रधानमन्त्री निर्वाचित भएको २ सातासम्म पनि सरकारले पूर्णता नपाएकाले शान्ति संझौता भंग हुने खतरा रहेको औल्याउनुभयो ।
नेपाली का“ग्रेसका सभाषद प्रकाशमान सिंहले भने सात बु“दे सहमतिले दल विशेषलाई प्रधानमन्त्री बनाउन मात्र सहयोग गरेको धारणा राख्नुभयो । उहा“ले सात बु“दे सहमति अनुसार लडाकुलाई छुट्टै फोर्स बनाउन नहुने बताउनुभयो । माओवादीले लडाकुलाई विशेष समितिको मातहतमा अझै व्यवहारीक रुपमा नल्याएको भन्दै उसलाई विश्वास गर्ने पर्याप्त आधार नभएकोमा जोड दिनुभयो ।
साना दलका सभासद्हरुले भने संविधान लखनको समय सकिन लाग्दा समेत प्रमुख दलहरु मन्त्रालय बाँडफाँटमा विवादित भएर बसेको भन्दै आश्चर्य र आक्रोश व्यक्त गरेका थिए । यसैवीच सभासद्हरुले संविधानसभाको बाँकी ९६ दिनमा नयाँ संविधान र शान्ति प्रक्रिया पुरा हुने गरी तत्काल गम्भीरतापूर्वक अघि बढ्न दलहरुलाई आग्रह गरेका छन् ।
व्यवस्थापिका संसदको आज बसेको बैठकमा सभाुमखसंग विषेश समय लिएर बोल्दै विभिन्न दलका सभासद्हरुले जेठ १४ पछिको परिस्थित कस्तो होला भन्ने अनुमान सम्म लगाउन गाहो रहेको भन्दै बाँकी समयमा संविधान जारी गर्न सक्ने गरी काम अघि बढाउन गम्भीर हुन आग्रह गरेका हुन् । उनीहरुले यो बेला सरकार गठनको बारेमा भइरहेको विवादप्रति आपत्ति समेत जनाए ।
बैठकमा बोल्दै नेपाली काँग्रेसका प्रकाशमान सिंहले सरकारमा गएका दलहरुले तत्काल सरकारलाई पूर्णता दिलाएर संविधान निर्माणको कार्यलाई अघि बढाउनु पर्ने बताउनु भयो । उहाँले बाँकी अवधिमा संविधान पुरा गर्न शान्ति प्रक्रियालाई पनि पुरा गर्नुपर्ने बताउनु भयो । काँग्रेसका महामन्त्रीसमेत रहनु भएका सभासद् सिंहले तत्काल विशेष समितिलाई सक्रिय बनाई शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउनुपर्ने बताउनु भयो ।
एमाले सभासद् रामनाथ ढकालले देशको भाग्य भविष्यसंग जोडिएको नयाँ संविधान जारी गर्ने कुरामा गम्भीर अन्योलता उत्पन्न भएको भन्दै तत्काल दलहरुले सार्थाक कार्य शुरु गर्नु पर्ने बताउनु भयो । थप गरिएको समयमा पनि संविधान दिन नसके जेठ १५ पछि कस्तो अवस्था आउछ भन्ने अन्योलता उत्पन्न हुदै गएको बताउनु भयो ।
बैठकमा नेकपा मालेका सी पी मैनाली, जनशक्ति पार्टीका प्रकाशचन्द्र लोहनी, नेकपा एकीकृतका परि थापा लगायतले एमालेभित्र देखिएको विवाद तत्काल अन्त्य गरी ठूला दलहरु संविधान निर्माणमा जुट्न आग्रह गर्नुभयो ।
नेका सभापति कोइराला
नेपालगन्ज, ८ फागुन । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले माओवादी र एमालेको सत्ता स्वार्थका कारण संविधान निर्माण र शान्तिप्रक्रिया ओझेलमा परेको आरोप लगाउनुभएको छ । नेपालगन्जको एक कार्यक्रममा सभापति कोइरालाले संविधान निर्माण र शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउन राजनीतिक दलहरूसँग वार्ता र छलफलमा आउनुको विकल्प नभएको बताउनुभयो ।
सत्ता र दलीय स्वार्थलाई केन्द्रमा राखेर गरिने छलफलबाट सहमतिको ढोका नखुल्ने बताउँदै सभापति कोइरालाले प्रजातन्त्रको मूल्य, मान्यतामा आँच नपुग्ने गरी हुने कुनै पनि सहमतिमा हदैसम्मको लचकता अपनाउन नेपाली काँगे्रस सधैं तत्पर रहेको धारणा राख्नुभयो । ‘नेपाली काँग्रेस स्व. गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको नीतिलाई अङ्गालेर अगाडि बढिरहेको छ र अन्ततः यही नीति सफल हुनेछ,—उहाँले भन्नुभयो ।
यता काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सातबुँदे सम्झौताको जगमा उभिएर राष्ट्रिय सहमति कायम हुन नसकिने बताउनुभएको छ । नेपाल प्रेस यूिनयन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले सातबुँदे सहमतिबाट शान्ति सम्झौताको भावनामा कुठाराघात भएको जिकिर गर्नुभयो । सातबुँदे सहमति अधिनायकवादलाई लाद्ने षड्यन्त्र भएको पौडेलको भनाई थियो । शान्ति प्रक्रियाको टुङगो लागेपछि संविधान निर्माण हुन सकेमा मात्र संविधान सुरक्षित रहन सक्ने भन्दै उहाँले काँगे्रसले प्रतिपक्षको दृष्टान्त प्रस्तुत गर्नै दावी गर्नुभयो ।
संवैधानीक समिति ः शिर्षस्थ नेताहरु सँग छलफल गर्ने
संविधानसभाको संवैधानीक समितिले नया“ संविधान निर्माणका क्रममा दलहरुबीच देखिएका विवाद समाधानका लागि शीर्ष नेताहरुस“ग छलफल गर्ने भएको छ । समितिका सभापति निलाम्बर आचार्यले आज प्रमुख तीन दलका सभासद्हरु छलफल गरी शीर्ष नेताहरुमार्फत विवाद समाधानको प्रयत्न गर्ने निर्णय गरेका हुन् । समितिले आगामि बुधबार प्रमुख तीनै दलका शीर्ष नेताहरुस“ग छलफल गर्ने निर्णय गरेको सभापति आचार्यले जानकारी दिए ।
संविधान निर्माणमा देखिएका विवादमा शीर्ष नेताहरुले आ–आÏनो अडान नछोडेका कारण पटक फटक छलफल भएपनि संविधानको मस्यौदा टुङ्गो लाग्न सकेको छैन । हरेक दलका शीर्ष नेताहरु संवैधानीक समितिका सदस्य रहेपनि उनिहरु बैठकमा जाने गरेका छैनन् । राज्य पुर्नरंरचना समितिको प्रतिवेलनमा सहमति जुटाउन संवैधानीक समितिले शीर्ष नेताहरुस“ग अनौपचारीक बैठक गर्ने निर्णय भएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहा“ले शान्ति प्रकृया र संविधान निर्माण एक आपसका परिपुरक भएको भन्दै दुवै प्रकृया स“गस“गै अघि बढाउनुपर्ने बताउनुभयो । कांग्रेस नेता विमलेन्द्र नीधिले लडाकस समायोजन नभएसमम संविधान बन्न नसक्ने दावी गर्नुभयो ।
सभामुख नेम्वाङ ः एकजुट हुनुको विकल्प छैन । ८० बुदाँमा सहमतिमा पुग्नुहोस् ।
काठमाडौँ, ८ फागुन । सभामुख सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका लागि दलहरू एकजुट हुनुको विकल्प नभएको बताउनुभएको छ । जातीय भेदभावविरुद्ध राष्ट्रिय मञ्च (एनकार्ड)द्वारा तयार पारिएको ‘बहिष्करणमा पारिएका समुदायको दृष्टिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, २०६७’ को आज राजधानीमा सार्वजनिकीकरण गर्दै उहाँले मुलुकमा शान्ति स्थापना र संविधान लेखनलाई टुङ्गोमा पु¥याउनु दलहरूको मुख्य कार्य भएको उल्लेख गर्नुभयो ।
नेम्वाङले संविधान लेखनमा देखिएका विवादित ८० वटा विषयमा आवश्यक परामर्श गरी चाँडोभन्दा चाँडो सहमतिमा पुग्न दलहरुसँग आग्रह गर्नुभयो । सभामुख नेम्वाङले भन्नुभयो– ‘संविधान निर्माणका लागि दलहरूबीच संविधानको नाम, सङ्घीयताको स्वरुप, न्यायप्रणाली, कार्यपालिका र व्यवस्थापिकासम्बन्धी विवाद रहेका छन्, त्यसलाई सहमतिमा टुङ्ग्याउनु जरुरी छ ।’
खेल समाचार
महिला ट्वान्टी ट्वान्टी क्रिकेट
![]() |
Nepali Women Cricket Team |
कुवेतमा जारी एसीसी महिला ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालले तेस्रो जित हासिल गर्दे सेमिफाईनलमा स्थान पक्का गरेको छ । आज आयोजक कुवेतलाई ..४७...रनले पराजित गर्दे नेपालले प्रतियोगितामा विजय यात्रा जारी राख्दै अन्तिम चारमा स्थान बनाएको हो । कुवेतको केईसी रंगशालमा भएको खेलमा नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको कुवेत पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ५६...रनमा अलआउट भएपछि नेपालले जित हासिल गरेको हो । कुवेतलाई सस्र्तमा समेट्न नेपालका लागि .प्लेयर अफ दि म्याच घोषित करुना भनडारीले केवल १० रन खर्चेर ४.विकेट लिएकी थिईन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली महिला टोलीले पुरै २० ओभर खेल्दै ४ विकेटको क्षतमिा १०३ रनको योगफल तयार पारेको थियो । नेपाललाई सय रनको आकडा कटाउन सरिता रानामगरले २२ तथा रश्मि शर्माले २० रनको योगदान गरिन् ।
विश्वकप क्रिकेटमा श्रीलङ्का र न्यूजिल्याण्डको विजयी सुरुवात
विश्वकफ क्रिकेट अन्तरगत आज भएको खेलमा न्यूजील्याण्ड र श्रीलङ्काले विजयी सुरुवात गरेका छन् । आज भएको खेलमा न्यूजिल्याण्डले केन्यालाइ १० विकेटले तथा श्रीलङ्काले क्यानाडालाइ २१० रनले पराजित गरेको हो ।
भारतको चेन्नइ स्थीत चिद्म्बरम स्टेडियममा भएको खेलमा केन्याले दिएको ७० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले विना कुनै विकेट उक्त लक्ष्य भेट्टाएको थियो । न्यूजिल्याण्डका लागी ब्रेण्डम मेकुलम नटआउट २६ तथा मार्टिन गुप्तिलले ३९ रन बनाएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले केवल २३ दशमलव ५ ओभरमा अलआउट हुनुअघि केवल ६९ रनको योगफल खडा गरेको थियो । उसका लागि रकिप पटेलले नटआउट १६ रन बनाउनुबाहेक ७ ब्याट्म्यान दोहोरो अङकमा रन नजोड्दै पवेलियन फर्केका थिए । केन्यालाई सस्तैमा समेट्न हमिस बेनेटले ४ तथा टिम साउदी र ज्याकोब ओरमले ३—३ विकेट लिएका थिए ।
यस्तै श्रीलङकाको महेन्दा राजापाक्षे स्टेडियममा भएको दोश्रो खेलमा घरेलु टोलीले श्रीलङकाले जितका लागी दिएको ३३३ रनको विशाल लक्ष्य पछ्याएको क्यानाडा मात्र १२२ रनमा सिमित भएको थियो । उसका सबै ब्याट्सम्यान ३६.५ ओभरमै अल आउट भएका थिए । श्रीलङ्काको जितका लागी नुवान कुलसेकरा तथा परेराले समान ३–३ विकेट लिएका थिए भने मुथैया मुरलिधरले २ विकेट लिएका थिए । क्यानाडाका लागी रिजवान चिमीले ३७ तथा आशिस बाघैले २२ रन जोड्नु बाहेक अन्यले खासै रन जोड्न सकेनन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलङकाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३२ रन बनाएको थियो । उसका लागि माहेला जयवद्र्धनेले १०० तथा कप्तान कुमार सङगाकारले ९२ रनको पारी खेलेका थिए ।
No comments:
Post a Comment