Saturday, February 19, 2011

फागुन ७ गते २०६७


सात बुदेँ धोका हो , जनतामा डर र शंका छ ः काँग्रेस नेताद्धय कोइराला र देउवा

Congress Leader against 7 point Agrement
नेपालगन्ज, ७ फागुन । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अँध्यारो कोठामा गरिने सहमतिले मुलुकको अस्तित्व समाप्त पार्ने बताउनुभएको छ । आज नेपालगन्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो— ‘संविधान निर्माण र शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउन सबै राजनीतिक दलबीच खुलारुपमा सहकार्य, सहमति र मेलमिलाप आवश्यक छ ।’

सभापति कोइरालाले १२ बुँदे सम्झौतादेखि हालसम्म भएका सबै सहमति, सम्झौताको पालना एकीकृत नेकपा (माओवादी)ले नगरेका कारण मुलुक अनिर्णयको बन्दी बनेको दावी गर्नुभयो । सभापति कोइरालाको थप भनाइ थियो— मुलुकमा तानाशाही व्यवस्था लाद्न खोज्नेविरुद्ध जुनसुकै मूल्य चुकाउन पनि नेपाली काँग्रेस पछि पर्दैन । नेपाली काँग्रेसको शक्ति भनेकै जनता भएको उल्लेख गर्दै उहाँले विचारको धनी नेपाली काँगे्रसलाई कसैले समाप्त पार्न नसक्ने बताउनुभयो ।

यता कांगेसकै वरिष्ठ नेता शेरबहादुर देउवाले एमालेमाओवादी विच भएको  सात बुदे समझौताले मुलुकमा शंका उत्पन्न भएको आरोप लगाउनुभएको छ । नेपाली कागे््रस जिल्ला समिति भक्तपुरले भक्तपुरको टौमढीमा गरेको कार्यक्रममा उहाले एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष  पुष्पकमल दाहाल विच भएको समझौता प्रति ेनेपाली काग्रेस आश्वस्त हुन नसक्ने बताउनुभयो । सो सहमतीले देशमा अन्योलता उत्पन्न गरेको बताउदै सरकारलाई समेत पुर्णता दिन नसक्ने सहमतीले सविधान निमार्ण कसरी गर्ला भन्ने प्रश्न उठेको उल्लेख गर्नुभयो ।

यसैबिच नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले)बीच भएको सातबुँदे सहमति कपट पूर्ण सम्झौता भएको आरोप लगाउनु भएको छ ।  

नेपाली काँग्रेस धनुषा जिल्ला कार्यसमितिद्वारा आयोजित आमसभामा पौडेलले भन्नुभयो ः प्रधानमन्त्री बन्ने लालचमा लोकतन्त्रवादीलाई निषेध गर्ने किसिमले सम्झौता गरिएको छ । सातबुँदे सहमतिलाई लोकतन्त्रवादी कुनै पनि राजनीतिक दलले स्वीकार गर्दैनन् । उहाँले सातबुँदे सहमतिले शान्ति सम्झौता र शान्तिप्रक्रियालाई समेत धोखा दिएको छ दावि गर्नुभयो । शान्तिप्रक्रियाको टुङ्गो नलागेसम्म संविधान निर्माण हुन सक्ने धारणा राख्दै उहाँले भन्नुभयो– माओवादीको वैमनस्यपूर्ण क्रियाकलापले गर्दा संविधान निर्माणमा ढिलाइ भइरहेको छ । नेता पौडेलले सातबुँदे लोकतन्त्रवादीलाई निषेध गर्ने दस्तावेज भएकाले सातबुँदे सहमति पूर्णरुपले खारेज नगरिएसम्म नयाँ वार्ताको थालनी हुन नसक्ने पनि बताउनुभयो ।

शान्ती र संविधान देशको प्राथमिकता हो । प्रधानमन्त्री¬ खनाल–प्रजातन्त्र दिवस

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी समृद्ध नेपालको निर्माण गर्नु आजको प्रमुख राष्ट्रिय जिम्मेबारी भएको बताउनु भएको छ । यसका निम्ति सबैले राष्ट्रिय सहमतिको जारी प्रयासलाई अझ अघि बढाएर शान्तिप्रक्रियालाई पूर्णता दिँदै नयाँ संविधान निर्माण गर्नु जरुरी रहेको उहाँको भनाई छ ।

६१औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री खनालले सहमति, सहकार्य र राष्ट्रिय एकताको भावनालाई आत्मसात् गर्दै आर्थिक समुन्नतिको गन्तव्यतर्पm उन्मुख हुनुपर्ने बताउनुभयो । आजको जटिल सङ्क्रमणकालीन परिस्थितिमा सबै खाले पूर्वाग्रह र असमझदारीको अन्त्य गरेर सम्पूर्ण नेपाली जनताको आशा, अपेक्षा र आकाङ्क्षालाई समेट्दै मूर्तरुप दिनु जरुरी छ – उहाँले भन्नुभयो । 

खासगरी उत्पादन र पुनरुत्पादनको प्रक्रियालाई तीव्रता दिँदै आमनागरिकलाई गाँस, वास र कपासको व्यवस्था मिलाउन ध्यान दिनैपर्ने उहाको भनाई थियो । प्रधानमन्त्री खनालले गरिबी र बेरोजगारी समस्याको समाधान गर्नु अनिवार्य भएको चर्चा गर्दै यसका लागि सामािजक आर्थिक रुपान्तरण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । परिवर्तनका संवाहक शक्तिहरुले यसलाई विशेष रुपमा आत्मसात् गर्नु र प्रतिक्रान्तिका खतराहरु विरुद्ध सचेत हुनु आवश्यक रहेको उहाले उल्लेख गर्नुभयो । सहकार्यको औचित्यलाई आत्मसात् गर्न र मुलुकलाई अग्रगामी परिवर्तनको दिशामा अघि बढाउन विशेष जिम्मेवारीबोधका साथ भूमिका निर्वाह गर्न म सबै राजनीतिक दलहरुसँग आग्रह गर्दछु – उहाँले भन्नुभयो ।

पुर्वप्रधानमन्त्री माधव नेपालको अडान ः गृह दिन्नौँ, माओवादी चुप लागे हुन्छ ।

पुर्व प्रधानमन्त्रि एंब नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले माओबादीलाई गृह मन्त्रालय नदिने पार्टीको निर्णय कुनैपनि हालतमा परिवर्तन नहुने बताउनुभएको छ । धनकुटामा एमाले कार्यकर्ताहरुद्धारा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाने क्रममा आज बिराटनगरस्थित सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले माओबादीसँग हतियार र लडाकु हुदाहुदै उसलाई गृह मन्त्रालय दिन नहुेन बताउनुभयो । उहाले गृह मन्त्रालयका बिषयलाई माओबादीले लम्बाइरहन आग्रह गर्दै तत्काल सहमती गरी सरकरालाई पुर्णता दिनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रि निर्वाचनका क्रममा एमाले अध्यक्ष झलनाथ खनाल र माअ‍ोबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको सात बुंदे सहमती त्रुटीपुर्ण भएको उहाको टिप्पणी थियो । उहाले वर्तमान सरकारमा सहभागी नेपाली कंग्रेशलाई पनि आग्रह गर्नुभयो ।  

यता नेकपा एमालेका प्रभागशाली नेता केपी शर्मा ओलीले सात बुंदे सम्झैता गरेर एमालेका नेतालाई झुक्याउन माओबादी सफल भएको टिप्पणी गर्नुभएको छ । राजधानीमा आज आयोजित एक कार्याक्रममा नेता ओलीले झुक्याएर गरेको सहमतीको अर्थ नरहेको जीकीर गर्नुभयो । नेता ओलीले माअ‍ोबादी केहिदिन मै सरकारमा सहभागी हुने दाबी गर्दै माओबादीलाई गृह मन्त्रालय दिन नहुने अडान दोहो¥याउनु भयो । कार्याक्रममा माओबादी प्रवक्ता दिनानाथ शर्माले पार्टीभित्रको बिवाद साम्य पारी मन्त्रिमण्डल बिस्तारलाई पुर्णता दिन एमालेलाई आग्रह गर्नुभयो । 

आज ६१ औं प्रजातन्त्र दिवश 

आज फाल्गुन ७ गते, ६१ औ प्रजातन्त्र दिबस मुलुकभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा प्रजातन्त्र दिबस मुल समारोह समितीको आयोजनामा आज सैनिक मञ्च टुडिखेलमा बिशेष कार्यक्रम आयोजना भयो ।  राष्ट्रपति डा रामबरण यादबको  प्रमुख आतिथ्यमा सम्पन्न समारोहलाई प्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्नुभएको थियो । 

सो कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, सभामुख सुवासचन्द्र नेम्बाङ, प्रधानन्यायधीश रामप्रसाद श्रेष्ठ मन्त्रीहरु, संबैधानिक निकायका प्रमुखहरु, सुरक्षा अगंका प्रमुखहरु लगायतको सैनिकमञ्च टुडिखेलमा उपस्थिती रहेको थियो ।  अ‍ैपचारिक कार्यक्रम सुरु हुनु अघि प्रजातन्त्र दिबस २०६७ अङकित ब्यानरले सुससज्जित नेपाली सेनाको हेलिकप्टर बाट पुष्पबृष्टि र बेलुन उठाउने कार्य भएको थियो । बिशेष समारोहमा उपत्यकाको परम्परागत साँस्कृतिक झलक प्रर्दशन तथा विभिन्न विद्यालयका विद्यार्थीहरु तथा खेलाडीहरुले मार्चपास गरेका थिए । साथै नेपाली सेनाले बिभिन्न कलाकौशलहरु प्रर्दशन गरेको थियो । यसै अबसरमा आज बिहान सुर्याेदयका साथ नेपाली सेना द्धारा धरहरा बाट बिगुल बजाइनुका साथै तोप र बन्दुकबाट बढाई गरेको थियो ।

बाय्रन एडेम्सको कन्सर्ट

Bryan Adams Perform Nepal
विश्वविख्यात क्यानेडियन रक गायक ब्रायन एडम्सले आज साँझ नेपाली दर्शकमाझ लाइभ साङगितक प्रस्तुती गरेका छन् । विश्वप्रसिद्ध गीतहरु गाएका एडम्सले राजधानीको दशरथ रङगशालामा करिब डेढ दर्जन गीत गाएका हुन् । एडम्सले प्लीज फरगिभ मि, एभ्रिथिङ आइ डु लगायतका लोकप्रिय गित संगित प्रस्तुत गरेका थिए । ब्रायनका फ्यानहरु कन्सर्ट हेर्न दशरथ रङगशालामा संगितप्रमीहरुको उत्साहप्रद उपस्थीती रहेको थियो । 

कन्सर्टमा सहभागी हुन उनी ३० सदस्यीय टोलीका साथ दिउसो सवा दुई बजे आफ्नै निजी बिमानबाट काठमाण्डौँ आईपुगेका हुन् । बङगलादेशको राजधानी ढाकामा भएको विश्वकप क्रिकेटको उद्घाटन समारोहमा आफ्नो प्रस्तुती दिएका ब्रायन आज ढाकाबाट काठमान्डौ आएका हुन् । कन्र्सटमा दिउँसो नेपालका चर्चित ब्याण्डहरु मंगोलियन हार्ट, रविन तामाङ, १९७४ ए.डी. लगायतले गीत संगीत प्रस्तुती दिदै सङगीत प्रेमीहरुलाई मन्त्रमुग्ध बनाएका थिए । रक गायक एडम्सका लागि उच्च सुरक्षा ब्यवस्था मिलाइएको थियो । सुरक्षाका लागि ६४ स्थानमा सीसीटिभी समेत जडान गरिएको थियो भने दुई हजारको संख्यामा प्रहरी परिचालन गरिएको थियो ।  

खेल समाचार
विश्वकप क्रिकेट लाइभ अपडेट 

१० औं संस्करणको विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा बंगलादेशलाइ ८७ रनले पराजित गर्दै भारतले विजय सुरुवात गरेको हो । 

बंगलादेशको मिरपुरस्थित सेर ए बंग्ला रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३७० रनको विशाल योगफल तयार गरेको थियो । भारतको जितमा स्टार ब्याट्स्म्यान विरेन्द्र सेहेवागले सकिव अल हसनको बलमा आउट हुनु अघि किर्तीमानी१७५ रनको स्कोर खडा गरेका थिए । त्यस्तै भिराट कोहोलीले नटआउट १०० रन बनाएका थिए । पुरै ओभर ब्याटिङ गरेबमे भारतले चार विकेटमात्र गुमाएको थियो । भारतका सचिन तेन्दुलकर २८ रन बनाउँदै रनआउट भएका थिए भने गौतम गम्भिर ३९ रन बनाइ आउट भए । यस्तै युसुफ पठान अन्तिम बलमा ८ रनमा आउट भएका थिए । बंगालादेशका लागी साइफुल इस्लाम, सकिव अल हुसेन र  मुहम्मदउल्लाले १–१ विकेट लिएका थिए । 

३७१ रनको लक्ष्य पछ्याएको बंगलादेश पुरै ओभर खेल्दै मात्र २८३ रनमा समेटिएको थियो । बंगलादेशका लागी तमिम एकबालले अर्धसतयिक ७० रन जाड्नु बाहेक अन्यले खासै राम्रो प्रर्दशन सुरु गर्न सकेनन् । उत्कृठ सुरुवात गरेको बंगलादेशी ब्याट्स्म्यान ईमरुल कायस ३४ रनमा मुनाफ पटेलको बलमा आउट भएका थिए । त्यस्तै सकिव अल हसन पनि ५५, मुसाफिर रहिम २५, मुहम्दुल्ला ६ तथा निलाम इस्लाम २ रनमा आउट भएका थिए ।  अब्दुल्ल रजाक १ रनमा आउट भएका थिए भने साइफुल इस्लाम विना कुनै रनआउट भएका थिए । बंगलादेशका लागी रकिबुल हसनले नट आउट २८ तथा रुबेल हुसेनले १ रन हिर्काएका थिए । 
भारतका लागी मुनाफ पटेलले ४ तथा जहिर खानले २ विकेट लिएका थिए । त्यस्तै हरभजन सिंह तथा युसुफ पठानले १–१ विकेट लिएका थिए । 

महिला ट्वान्टी ट्वान्टी क्रिकेट

कुवेतमा जारी एसीसी महिला ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालले आज दोस्रो जित दर्ता गराएको छ । कुवेतको केइसी मैदानमा आज भएको आफ्नो दास्रो खेलमा नेपालले युएईलाई ८ विकेटले पराजित गरको हो । टस हारेर पहिले बलिङ गरेको नेपालले जीतका लागी ८१ रनको सामान्य लक्ष्य पाएको थियो । 

नेपालले उक्त लक्ष्य केवल ९ दशमलव १ बल खेल्दै २ विकेट गुमाएर भेट्टाएको थियो । नेपालका लागी सिता राना, र रश्मि शर्माले नटआउट समान २१–२१ रनको योगदान गरेका थिए । नेपालकी श्रुति पाण्डे २१ रन बनाएर आउट भएकि थिइन् । त्यस्तै मनिषा रवाल केवल २ रन बनाएर रनआउट भएकि थिइन् । 

त्यसअिघ ब्याटिङ गरेकोे युएइले पुरै ओभर खेल्दै ६ विकेटको क्षतिमा ८० रन बनाएको थियो । कुवेतलाइ कम स्कारेमा समेट्न नेपालका लागी सरिता थापामगरले मात्र १६ रन खर्चेर ३ विकेट लिएकि थिइन् भने रश्मी शर्माले दुइ तथा कप्तान नेरी थापाले १ विकेट लिएकि थिइन् । अब नेपालले भोली मलेसिया सँग प्रतिष्पर्धा गर्नेछ ।


No comments: