७ बुँदे कार्यान्ययन हुन्छ—प्रधानमन्त्री खनाल
![]() |
Prime Minister of Nepal Jhalanath Khanal |
प्रधानमन्त्री झलनाथ खनालले माओवादीसँग गत माघ २० गते सरकार गठनका लागि भएको सात बुँदै सहमती कार्यान्वयन गरेरै छाड्ने दृढता ब्यक्त गर्नुभएको छ । प्रधानमन्त्री चयन भएपछि पहिलो पटक देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खनालले माओवादीसँग भएको सात बुदे सहमती नेपाली जनताको ६० बर्ष लामो त्याग र बलिदानको पहलकदमी स्वरुप भएको धारणा राख्नुभयो । आवाज
सिंहदरवार स्थित राष्ट्रिय योजना आयोगको कार्यकक्षवाट सम्बोधन गदै प्रधानमन्त्री खनालले माओवादी सँगको सहमती बाहिर भनिए जस्तो तथाकथित वाम धुव्रिकरण र बाँडचुडँको प्रपञ्च नभएको बताउनुभयो । खनालले सात बुदे सहमतीमा माओवादी र एमालेले दुइ पटक स्पष्ट पारपेको भन्दै त्यसमा प्रश्न उठाइरहनु र शंका गरिरहनु उचित नभएको बताउनुभयो । शान्ति र लोकतन्त्र प्रति माओवादी प्रतिबद्धता स्वागत योग्य भएको भन्दै माओवादीलाइ साथमा लिएर अघि बढ्नु खनालको धारणा थियो । माओवादीसँग भएको सहमतीलाई कार्यान्वयन गर्नु प्रधानमन्त्रकिा हिसावले पनि आफ्नो कर्तब्य भएको प्रधानमन्त्रीले खनालको भनाइ थियो । शान्ति र संविधान वर्तमान सरकारको अर्जुन दृष्टि भएकोले संविधान जारीगर्नु अगावै शान्ति प्रक्रिर्यालाइ पूर्णतादिन माओवादीलाइ साथमा लिएर अघि बढ्नुको विकल्प नभएको टिप्पणी गर्नुभयो । आवाज
सम्बोधनका क्रममा प्रधानमन्त्री खनालले वर्तमान सरकारमा सबै दललार्य सम्मानपूर्वक समावेश गरिने जानकारी दिदै कङग्रेस लगायतका अन्य दलहरुलाई पनि सरकारमा सहभागी हुन आग्रह गर्नुभयो । नेपाली काङ्ग्रेस प्रतिपक्षमा बसेरभन्दा सरकारमै रहेर शान्ति र संविधानका मुद्दामा धेरै योगदान गर्नसक्छ खनालले भन्नुभयो ः यस दिशामा नेपाली काङ्ग्रेसबाट सकारात्मक निर्णयका लागि हार्दिक अपिल गर्दछु । शान्ति र संविधानको अभिभारा अविभाज्य व्यक्तित्वका रुपमा पुरा गर्न आफू दृढ रहेको भन्दै प्रधानमन्त्री खनालले आफू कुनै दल विशेष र सिद्धान्त विशेषमा मोर्चाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट गर्नुभयो ।
हामी राजनीति गर्नेहरुले आफ्ना कुण्ठाको भारी राष्ट्र र जनतालाई बोकाउनु हुँदैन खनालले भन्नुभयो ः म सम्पूर्ण इमानका साथ भन्न चाहन्छु–मैले मुलुकले सुम्पेको काम अविभाजित व्यक्तित्वका साथ पूरा गर्नुपर्र्छ । खनालले आफुलाइ कसैले आफ्नो नैतिक प्रतिबद्धताबाट कसैले अलग्याउन चाहना राखे पुरा नहुने बताउनुभयो ।
प्रधानमन्त्रीले आफ्नो लागि हार जितको कुनै राग नरहेको उल्लेखगर्दै सहमतिको प्रयासलाइ कमजोरीको रुपमा नलिन आग्रह गर्नुभयो । उहाँले मुलुकवाट आफुले पाउन केही बाकी नरहेको बरु ऋण तिर्न मात्र बाकी रहेको उल्लेअगर्दै जनताको शिर निहु¥याउने काम आफूवाट नहुने स्पष्ट गर्नुभयो । आवाज
करिब १५ मिनेटको सम्बोधनको अधिकाशं समय सात बुदे सहमतीमा खर्चनु भएका प्रधानमन्त्री खनालले शङका,उपशङका फैलाउन तथा खुट्टा तान्न छाडेर लोकतन्त्रलाई स्थापित गराउन सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । संवोधनको सुरुमै प्रधानमन्त्रीले आफु जनताका माझ जवाफकालागि उभीएको बताउनु भएको थियो । संविधान जारीगर्न तीन महिना मात्र बाकी रहेको समयमा एक÷एक घण्टा समेत महत्वपूर्ण रहेको अबस्थामा मन्त्रीमण्डललाइ पूर्णता दिनमा भएको ढिलाइले जनताका आकाक्षा पूरागर्न कठिन भएको प्रधानमन्त्रीको भनाइ थियो ।
आफ्नो सम्बोधनको अन्त्यमा खनालले आपुलाइ हारजितको कुनै राग–द्वेष नभएको उल्लेख गर्दै आफ्ना कारणले लोकतन्त्र र जनताको शीर निहुरिन नदिने सर्वोपरी दायित्व र कर्तव्य भएको मनन गर्नुभयो । खनालले भन्नुभयो ः पूर्वी पहाडको एउटा ग्रामीण किसानको छोराको हिसाबले मैले निजीरुपमा पाउन अरु केही पनि बाँकी छैन । यदि बाँकी छ भने मसँग मातृभूमिको ऋण मात्रै बाँकी छ ।
एमालेभीत्र सहमति भएपछिमात्र माओवादी सरकारमाः
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले प्रधानमन्त्री निर्वाचनमा क्रममा भएको सात बुदे सहमती कार्यान्वयन गर्न एमालेले आन्तरिक सहमती जुटाएपछिमात्र माओवादी सरकारमा सामेल हुने बताउनु भएको छ । पार्टी प्रशिक्षण कार्यक्रममा सहभागि हुन जाने क्रममा बाराको सिमरा एयरपोर्टमा पत्रकारहरुसंग कुरागर्दै अध्यक्ष प्रचन्डले सातबुदे सहमति कार्यान्वयनको विश्वासिलो प्रतिबद्धता आए मात्र आफूहरु सरकारमा सहभागी हुने बताउनु भएको हो ।
गृह मन्त्रालयका लागि प्रधानमन्त्री नत्यागेको दावीगर्दै अध्यक्ष प्रचण्डले मुलुकको गतिरोध तोड्नकालागि एमाले अध्यक्ष झलनाथ खनाललाइ प्रधानमन्त्री निर्वाचनमा सघाएको बताउनु भएको बताउनुभयो । आफूसंग विहान भएको भेटमा प्रधानमन्त्री खनालले केन्द्रीय समितिको बैठकवाट समस्या समाधान गर्ने आश्वाससन दिएकोले केहिदिन धैर्य गर्ने उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले खनाल नेतृत्वको सरकारलाइ माओवादीको समर्थन कायम रहेको स्पष्ट गर्नुभयो ।
यसैबीच प्रधानमन्त्री झलनाथ खनालले गृह मन्त्रालयको अडान त्याग्न एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री खनालले आफ्नो पार्टीको स्थायी समितिको हिजो बसेको बैठकले मन्त्रिपरिषद्सम्बन्धी गरेको निर्णयबारे जानकारी गराउँदै गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री मातहत राखेर मन्त्रिपरिषद् विस्तारका लागि अध्यक्ष दाहालसँग आग्रह गर्नुभएको हो ।
भेटमा एमाओवादी अध्यक्ष दाहालले सातबुँदे सहमति कार्यान्वयन नभएसम्म आफ्नो पार्टी सरकारमा नजाने जानकारी प्रधानमन्त्री खनाललाई गराउनुभएको बालुवाटार स्रोतले जनाएको छ । उहाँले वर्तमान सरकारलाई आफ्नो पार्टीको समर्थन रहने बताउँदै अन्य दललाई विश्वासमा लिएर मन्त्रिपरिषद् विस्तार गर्न सुझाउनुभएको पनि स्रोतले जानकारी दिएको छ ।
सात बुदेँ सहमित देशका लागी घात हो ः सभापति सुशील कोइराला
![]() |
President of Nepali Congress Party, Nepal Sushil Koirala |
नेपाली कांग्रेसका सभापति सुसिल कोइरालाले एमाले र माओबादी बिच भएको ७ बुदे सहमति सहमती मुलक र जनताका लागि घातक भएको आरोप लगाउनुभएको छ । नेपालगंज जानेक्रममा दाङमा कार्यक्रताहरुलाई सम्बोधन गदै सभापति कोईरालाले दुई नेताबीच कोठाभित्र भएको सहमती स्विकार्न आफूहरु बाध्य नभउको टिप्पणी गर्नुभयो । कोइरालाले आफुहरु प्रजातन्त्रवादी भएकाले संधै बहुलबादको सिद्धान्तमा अडिक रहने स्पष्ट पार्नुभयो । कार्यक्रतालाई सम्बोधन गर्दै कोइराललाले अब प्रजातन्त्रका लागी सबै कांग्रेस नेता तथा कार्यक्रर्ता एक हुने बेला आएको भन्दै सबैलाई एक हुन अपिल गर्नुभयो ।
यता नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले एमाले–माओवादीबीचको सात बुँदे सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताउनुभएको छ । पार्टी अध्यक्ष खनाललाई झुक्याएर माओवादीले सो सम्झौता गरेको दाबी गर्दै उहाँले त्यसको कार्यान्वयन हुन नदिइने बताउनुभयो । एमाले कास्की क्षेत्रनम्बर ३ को पोखरामा आज प्रथम क्षेत्रीय प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै उहाँले सबै दलको सहयोगमा सात बुँदे सहमति परिमार्जन गर्न सकिने विकल्प दिनुभयो ।
गृहमन्त्रालयको बारेमा चुलिदो विवादको बारेमा प्रसंग उठाउँदै ओलीले भन्नुभयो ः माओवादीलाइ गृह किन चाहियो सबैले बुझेका छन् । सबैतिर वितण्डा मच्चाउन हो । ओलीले वाइसिएल प्रमुखलाइ गृह मन्त्री बनाएर वाइसिएललाइ अघि बढ प्रहरीलाइ पछि हट भन्न लागिएको दावि समेत गर्नुभयो । नेता ओलीले माओवादीलाइ आफ्नो विद्रोह सफल पार्नका लागी गृह र रक्षा मन्त्रालय चाहिएको बताउनुभयो । गृहमन्त्रीमा एमाले नेता विष्णु पौडेल नै नियुक्त हुने भन्दै ओलीले भन्नुभयो ः यो एमालेको निणर्य हो । यो हेरफेर हुन सक्दैन । गहृमन्त्री माओवादी हुन सक्दैन ।
माओवादीलाइ गृह दिदाँ फरक पर्दैनः
नेकपा एमाले र मधेशी जनअधिकार फोरमका नेताहरुले माओवादीलाइ गृह मन्त्रालय दिएर भएपनि वर्तमान सरकारलाइ बचाउनुपर्ने बताएका छन । जनसंचार अभियानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेताहरुले माओवादीलाइ गृह मन्त्रालय दिदैमा आकाश नखस्ने भन्दै उनिहरुले तत्काल मन्त्रीमण्डल विस्तार गर्नुपर्ने बताए । कार्यक्रममा एमाले केन्द्रिय सदस्य राजेन्द्र श्रेष्ठले प्रधानमन्त्रि निर्वाचनका क्रममा भएको सातबुंदे सहमती कार्यान्वयन गर्नुपर्ने बताृउनुभयो । उहाले एमाले नेतृत्वको सरकार सात बुंदे सहमतीको जगमा बनेकाले त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनुभयो ।
मन्त्रालय बाडफाड प्रधानमन्त्रीको क्षेत्राधिकारको बिषय भएकोले गृह मन्त्रालय माओवादीलाइ दिने बिषयमा पार्टीले हस्तक्षेप गर्न नहुने श्रेष्ठको भनाइ थियो । माओबादी पोलिटव्युरो सदस्य शक्ति बहादुर बस्नेतले अहिलेको सरकार ढाल्न खोज्नेहरु गृहमन्त्रालय माओबादीलाई दिन नहुने भन्दै बाहाना बनाईरहेको आरोप लगाउनु भयो । गृह मन्त्रालय माओबादीले लिनै पर्ने भन्दा पनि माओबादीलाई किन दिन नहुने मुख्य बिषय रहेको वस्नेतले टिप्पणी गर्नुभयो । हिजो माओबादीले नै सरकारको नेतृत्व गर्नुपर्छ भन्नेहरु अहिले माओवादीलाइ गृहमन्त्रालय दिन नहुने बताउदै हिडेका कारण आफुहरुले गृहको अडान नछाडेको बस्नेतको भनाई थियो ।
मधेशी जनाधिकार फोरम नेपालका प्रमुख सचेतक चन्द्रिका प्रसाद यादवले सात बुंदे सम्झोता अनुसार माओबादीले गृह मन्त्रालय पाउनु स्वभाविक भएको उल्लेखगर्दै माओवादीलाइ गृह दिएर भएपनि सरकार बचाउनुपर्ने बताउनुभयो । आज सम्म भएका सहमतीहरु कार्यान्वयनमा भएको ढिलासुस्तीका कारणा नै शान्ति प्रक्रिायले गति लिन नसकेको भन्दै उहाले सरकार गठनले पूर्णता पाएमा सहमती कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो । संबिधान सभाको निर्वाचन पछि माओबादीले सरकारको नेतृत्व गर्दा एमालेलाई गृह मन्त्रालय दिएको स्मरणर्र्गै यादवले अहिले माओबादीलाई गृह मन्त्रालय दिदा फरक नपर्ने उहाको तर्क थियो ।
तराइका शशस्त्र कमान्डर पक्राउ
लहान, ६ फागुन । प्रहरीको सर्वाधिक खोजीमा रहेका तराइमा सशस्त्र भूमिगत समूहका दुई कमान्डरलाई सिरहा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा अखिल तराइ मुक्तिमोर्चा गोइत समुहका सप्तरी जिल्ला इन्चार्ज उमेश भनिने अम्लेश यादव र मधेस राष्ट्र जनतान्त्रिक क्रान्तिकारी समूहका सिरहा जिल्ला कमिटी सदस्य अर्जुन भनिने अमरेन्द्र यादव रहेका छन् । प्रहरीले दुवैलाई नेपाल भारतको सीमा क्षेत्रको छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विकास श्रेष्ठले जानकारी दिनुभयो ।
अस्थायी शिक्षकहरूद्वारा शिक्षा मन्त्रालयमा धर्ना
काठमाडौँ, ६ फागुन । विगत लामो समयदेखि आन्दोलनरत अस्थायी शिक्षकहरूले स्थायी हुनुपर्ने माग राख्दै शिक्षा मन्त्रालयमा धर्ना दिएका छन् । मुलुकभरका प्रतिनिधि सम्मिलित अस्थायी शिक्षकहरूको टोलीले सेवा अवधि गणना गरी सम्पूर्ण अस्थायी शिक्षकलाई स्थायी गरिनुपर्ने माग राख्दै आज केशरमहलस्थित शिक्षा मन्त्रालयमा दुई घण्टासम्म धर्ना दिएका हुन् । बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म धर्ना दिइएको जानकारी दिँदै अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका महासचिव दिनेश थापाले ज्ञापनपत्र बुझाउने आजको कार्यक्रम भने स्थगित गरिएको बताउनुभयो ।
खेल समाचार
चेलीहरुको अग्निपरिक्षा
कुवेतमा जारी एसीसी महिला ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आज आफ्नो पहिलो खेलमा थाईल्याण्डलाई २१ रनले पराजित गर्दे नेपालले जित आत्मसाथ गरेको हो । कुवेतको केईसी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली महिला टोलीले थार्यल्यान्डसामू जितका लागि ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ७६ रनको लक्ष्इ प्रस्तुत पछ्याएको थाईल्यान्ड केवल ५४ रनमा अलआउट भएको थियो । नेपालले १८ दशमलव ४ बलमा अलआउट हुँदै ७५ रन जोडेको थियो । नेपाललार्य सो योगफ सम्म पुराउन जानकी भट्टले २५ तथा कप्तान नेरी थापाले १० रनको योगदान दिएकी थिईन् । थार्यल्यान्ड १८ दशमलव १ बलमा ५४ रन बनाउँदै अलआउट भएपछि हार स्विकानै बाध्य भयो । नेपालले आफ्नो दोस्रो खेलमा भोली युएईको सामना गर्नेछ ।
No comments:
Post a Comment