गृह माओवादीलाइ दिने खनालको निर्णय अल्पमतमाः ८ गते पोलिटब्युरो, १० गते केन्दीय कमिटी
![]() |
UML Party Office, Balkhu |
माओवादी सँग भएकोे सात बुदेँ सहमित कार्यन्यवन र गृह मन्त्रालय दिन कि नदिने भन्ने विषयमा विवाद भएपछि एमालेले यसको टुङ्गो लगाऊन पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
एमालेको आज बसको स्थायी समिती बैठकले गृह मन्त्रालय र सात बुदेँ सहमति कायन्वयनमा कुनै निष्कर्ष निकाल्न नसकेपछि आउँदो ८ गते पोलिटब्युरो र १० गते केन्द्रीय कमिटी बैठक बोलाएको हो । पार्टि केन्द्रीय कार्यलय बल्खुमा बसको बैठकले सत्ता साझदारी बारे छलफल गर्न प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली समेत गठन गरेको छ । बैठकपछि एमाले महासचिव इश्वर पोखरेलले सत्ता साझेदारीबारे माओवादी र काँग्रेससँग छलफल गर्न प्रधानमन्त्रीको संयोजकत्वमा वरिष्ठ नेता माधवकुमार नेपाल, प्रभावशाली नेता केपी ओली र महासचिव इश्वर पोखे्रल सम्मिलित वार्ता टोली गठन गरिएको जानकारी दिनुभयो ।
बैठकमा पार्टि बरिष्ट नेता माधव कुमार नेपाल र केपी शर्मा ओली पक्षधरले प्रधानमन्त्री खनालले माओवादीलाइ गृह मन्त्रालय दिन खोजेको भन्दै विरोध जनाएका थिए । बैठकपछि स्थायी समिती सदस्य बामदेव गौतमले गृह मन्त्रालय एमालले राख्नपर्ने माग उठेको जानकारी दिनुभयो । गौतमले यसको टुङ्गो लगाउने जीम्मा वार्ता टोलिलाइ दिइएको बताउनुभयो ।
एमालेमा गृह मन्त्रालयल माओवादीलाइ दिने निर्णयमा अध्यक्ष खनाल अल्पमतमा पर्नु भएको बुझिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी ओली, उपाध्यक्ष विद्या भण्डारी, महासचिव इश्वर पोखे्रल र सचिवद्वय विष्णु पौडेल र शंकर पोखे्रल माओवादीलाइ गृह मन्त्रालय दिन नहुने पक्षमा अडिग रहनु भएको स्रोतको भनाइ छ । तर उपाध्यक्ष गौतमले सातबुदे सहमति पारित भएको दावी गर्नुभयो । खनालको पक्षमा उपाध्यक्षद्वय अशोक राइ र वामदेव गौतम तथा सचिव युवराज ज्ञवाली र भरत मोहन अधिकारी मात्र रहनु भएको छ ।
बैठकपछि प्रभावशाली नेता केपी शर्मा ओलीले यसअघिको स्थायी समिती बैठकले अर्थ मन्त्रीमा भरतमोहन अधिकारी, गृहमा विष्णु पौडेललाइ तथा शिक्षामा गंगाधर तुलाधरलाइ मन्त्री बनाउने निणर्य गरिसकेकाले पुर्न विचार नगरिने बताउनुभयो । ओलीले आजको बैटकमा अध्यक्ष खनालले गृह माओवादीलाइ दिनेबारे पर्नुविचार गर्न प्रस्ताव नगरेको समेत बताउनुभयो । ओलीले माओवादीसँगको सात बुदेँ अगाडी बढाउन जरुरी नरहेको विचार राख्नुभयो । संचारकर्मीसँगको कुराकानीमा ओलीले भन्नुभयो ः सात बुदेँ अगाडी लैजानै पर्दैन, त्यसको कुनै अर्थ छैन र तेश्रो संस्करणको सहमति आवश्यक छैन । माओवादीसँगको सहकार्यपछि पार्टीभित्र चुलिएको विवाद साम्य पार्न झण्डै पाँचघण्टा बसेको बैठकमा समेत सहमति जुटन नसकेपछि सत्तासाझेदारीवारे निर्णयगर्न वार्ता टोली गठन गरेको हो ।
बैठकमा गृह र सात बुदेँबारे सहमति जुटाउन बैठकमा अध्यक्ष खनालले स्थाइ कमिटि सदस्यहरुसंग छुट्टाछुट्टै छलफल गर्नु भएको थियो । बैठकमा खनालले मन्त्रीमण्डल विस्तार नहुदाँ गम्भीर स्थीती पैदा भएको बताउनु भएको थियो । खनालले यथाशिघ्र मन्त्रीमण्डल विस्तार कार्य अगाडी बढाउन आग्रह गर्नु भएको एमालेद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
यसैबीच, माओवादीलाइ गृह मन्त्रालय दिने बिषयमा एमालेभीत्र विबाद बढेपछि मन्त्रीपरिषद विस्तार गर्ने प्रधानमन्त्री झलनाथ खनालको योजना आज पनि निरर्थक भएको छ । गृह मन्त्रालय थाति राखेर आजै मन्त्रीपरिषद विस्तार गर्ने प्रधानन्त्री खनालको योजना एमाले स्थाइ कमिटि बैठक लम्बिए पछि असफल भएको हो । आज मन्त्रीपरिषद विस्तार गर्ने योजना अनुरुप सरकारले तयारी गरेको थियो । दलहरुबीच सहमति जुटन नसक्दा प्रधानमन्त्री निर्वाचित भएको दुइ साता वितिसक्दा समेत मन्त्रीपरिषदले पूर्णता पाउन सकेको छैन ।
माओवादी स्थाइ कमिटि बैठकः तत्काल सरकारमा नजाने, पर्ख र हेर
![]() |
UCPN Maoist Party Office, Koteshwor |
काठमाडौँ, ५ फागुन । एकीकृत नेकपा माओवादीले प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सातबुदे सहमति कार्यान्वयन नहुदासम्म सरकारमा नजाने निर्णय गरेको छ । माओवदीको आज बसको स्थायी समिती बैठकले तत्काल सरकारमा सहभागी हुने वातावरण नबनेको भन्दै सरकारमा सहभागी नहुने निणर्य गरेको हो ।
पार्टि कार्यलय कोटेश्वरमा बसेको बैठकले एमालले सातबुदेँ सहमति कार्यान्वयन हुने विश्वासीलो प्रतिबद्धता नदेखाएको भन्दै यसबारेमा एमाललेका आधिकारीक धारणा समेत माग गरेको छ । माओवादीले सात बुदेँ सहमतिबाट एमाल पछि हटेको ठहर गर्दै पर्ख र हेरको रणनिती अख्तियार गरेको हो । खिएको भन्दै माओवादीले सरकारमा तत्काल सहभागि नहुने निर्णय गरेको हो । बैठकपछि प्रवत्ता दिनानाथ शर्माले एमालले दृढ प्रतिबद्धता ब्यवहारमा नउतारे सम्म हालको जस्तै बाहिरबाट मात्रै समर्थन गर्ने बताउनुभयो । सरकारमासहभागि हुने मन्त्रीहरुको नामको टुंगो लगाउन बस्ने भनिएको बैठक एमालेमा विवाद भएपछि सरकारमा तत्काल नजाने निणर्य गर्दै सकिएको हो ।
सरकार ढाल्न दक्षिणपन्थी सल्बलाए ः प्रचण्ड
काठमाडौँ, ५ फागुन । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ढाल्न दक्षिणपन्थी शक्तिहरु सल्बलाइ रहेको आरोप लगाउनु भएको छ । शान्ति र संविधान निर्माण गर्ने दायित्व बोकेर गठन भएको वर्तमान सरकार ढाल्ने जस्तोसुकै षडयन्त्रलाइ परास्त पार्ने उहाँले दावी गर्नुभयो । माओवादी जनयुद्ध दिवशको अबसरमा पार्टी भातृ संगठन योङ्ग कम्युनिष्ट लिग वाइसिएलले आज राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले एकदुइ दिन यता सरकार ढाल्ने षडयन्त्र तीब्र भएको बताउनु भएको हो ।
‘दक्षिणपन्थी र विस्तारवादी शक्तिको इच्छा अनुसार सरकार गठन भएका कारण सरकारले पूर्णता नपाउदै ढाल्ने षडयन्त्र भएको छ, प्रचण्डले भन्नुभयो–त्यसलाइ विफल पार्न हामी सक्षम हुनेछौ ।’ लामो समयसम्म सरकार गठन हुन नसक्दा जनप्रतिनिधि मुलक संस्था संविधानसभाप्रति जनतामा वितिष्णा पैदा हुदै गएकोले माओवादीले प्रधानमन्त्री निर्वाचनमा त्याग गरेर खनाललाइ समर्थन गरेको प्रचण्डको भनाइ थियो । कार्यक्रममा नागरिक अगुवा डा सुन्दरमणि दिक्षीतले वाइसिएलले रचनात्मक काम गरिरहेको दावीगर्दै जनताका पक्षमा कामगर्न अझै सशक्त बन्न सुझाव दिनुभयो ।
प्रधानमन्त्री खनालसँग टर्कीका विदेशमन्त्रीको भेट
टर्कीका विदेशमन्त्री अहमेट डाभुटोग्लुले प्रधानमन्त्री झलनाथ खनालसँग आज भेवार्ता गर्नुभएको छ । सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो । भेटपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै विदेशमन्त्री डाभुटोग्लुले नेपालजस्तै टर्की पनि विश्वको एक पर्यटकीय गन्तव्यस्थल भएकाले पारस्परिक लाभका आधारमा सहकार्य गरी लाभान्वित हुन आफूहरू तयार रहेको बताउनुभयो ।
उहाँले लगानीमैत्री वातवरण तयार भए जलसम्पदाको धनी देश नेपालमा लगानी गर्न टर्की तयार रहेको बताउनुभयो । नयाँ सरकारले नेपालको शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउने विश्वास व्यक्त गर्र्दै विदेशमन्त्री डाभुटोग्लुले सुशासन र पारदर्शीतालाई उच्च प्राथमिकता दिए सफलता प्राप्त हुने धारणा पनि व्यक्त गर्नुभयो ।
टर्कीको राजधानी इस्तानबुलमा आगामी वैशाख २६ गतेदेखि हुने पाँचदिने अतिकम विकसित मुलुकको सम्मेलनका क्रममा छलफल गर्ने उद्देश्यले आफू नेपाल आएको जानकारी दिनुभयो । नेपाल हाल ४० अतिकम विकसित देशहरूको अध्यक्ष राष्ट्र पनि हो ।
नेपालीभाषीहरू विस्थापित
गोर्खाल्यान्ड आन्दोलनका कारण नेपालीभाषीहरू भारतबाट विस्थापित भई नेपालतर्फ प्रवेश गर्ने क्रम तिव्र बनेको छ । भारतीय सुरक्षाकर्मीले नेपालीभाषीहरूको घरघरमा गएर खानतलासी र कुटपिट गर्न थालेपछि दार्जिलिङलगायतका क्षेत्रबाट सर्वसाधारण विस्थापित हुने क्रम शुरु भएको हो ।
गोर्खाल्यान्ड आन्दोलनका कारण नेपाली भाषीहरु सुरक्षा खोज्दै इलामको पशुपतिनगर, समालबुङ, गोर्खे, जोगमाई, श्रीअन्तुलगायतका गाउँहरूमा आउन थालेको स्थानीयवासीले बताएका छन् । उनीहरू सुरक्षाका लागि सिलगुढीतर्फ जान थालेको बताइएको छ । गोर्खाल्यान्डको माग राख्दै लामो समयदेखि आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन चर्काउँदै लगेपछि सो क्षेत्र पछिल्लो समयमा हिंसामा परिणत हँुदै गएको छ । त्यस क्षेत्रमा हिंसा भड्किन नदिन बङ्गाल सरकारको निर्देशनमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालित छन् । लगातारको बन्द तथा आन्दोलनका कारण दार्जिलिङ क्षेत्रमा भोकमरी सुरु हुन थालेको बताईएको छ ।
यसैबीच गोर्खाल्याण्ड सम्बन्धमा परस्परबिरोधी माग राख्दै आएका दुई समुहले आज आन्दोलनका कार्यक्रम राखेका छन । दुई पक्षले कार्यक्रम राखे पछि त्यहा भिडन्तको सम्भाबना बढको छ । गोर्खा जनमुक्ति मोर्चाले कुमानी बाट आज देखि ११ दिने पदयात्रा थाल्ने र त्यसको बिरोधमा स्थानीय अखिल भारतीय आदिबासीले पदयात्रा अबधिभर आमहडताल आब्हान गरे पछि भिडन्तको सम्भाबना बढको हो ।
जनगणना तालिम सुरु ः चैत्र १ गतेबाट गणना सुरु हुने
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष्ँ डाक्टर जगदिशचन्द्र पोख्रेलले राष्ट्रिय जनगणनाले राष्ट्रको शक्ति र स्रोतमा प्रभाव पार्ने बताउनुभएको छ ।
राजधानीमा केन्द्रीय तथ्याङ्क विभागको कार्यक्रममा बोल्दै योजना आयोगका उपाध्यक्ष्ँ पोखेलले जनगणनाको परिणमबाट राष्ट्र नै चित्रण गर्नसकिने हुनाले गणना यथार्थ र विशिष्ट हुनुपर्ने बताउनुभयो । उहांले जनगणनाका तथ्याङ्क संकलन गर्नेहरुलाई आत्मविश्वसी भएर कार्यक्षेत्रमा जान आग्रह गर्नुभयो ।
उहांले २०६८ सालको जनगणना अघिल्लो गणना भन्दा विशिष्ट हुने जानकारी दिनुभयो । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक उत्तमनारायण मल्लले जनगणनाका प्रश्नावाली विशिष्ट बनाएको बताउनुभयो । तथ्याङ्क विभागका निर्देशक डाक्टर रुद्र सुवालले जनगणनाका लागि प्रश्नावलीका १७ लाख प्रति तयार भएकोे जानकारी दिनुभयो । उहा“ले चैत्र १ गतेबाट जिल्ल्ाँ जनगणना कार्यालयमार्फत करिव ८ हजार सुपरिवेक्ष्ँक र ३४ हजार गणकहरु मतगणनाका लागि परिचालीत हुने जानकारी दिनुभयो । राष्ट्रिय जनगणना २०६८ का लािग आज केन्द्रीय तथ्याङ्क विभागले जनगणना अधिकृत र सुुपरिवेक्षक गरी २ सय जनालाई तालिम दिएको छ ।
धूमपानको सेवनमा कमी आउन सकेन
काठमाडाँै, ५ फागुन । धूमपान मानव स्वास्थ्यका लागि हानीकारक तत्व भए पनि यसको सेवनमा कमी आउन नसकेको एक तथ्याङले उल्लेख गरेको छ । नेपालमा १०० मा १२ जनाले १० वर्ष नपुग्दै सूर्तिजन्य वस्तुको सेवन गर्ने गरेको बालिकाका क्षेत्रमा कार्यरत बालमजदुर सरोकार केन्द्र (सिविन) ले जनाएको हो । सिबिनका अनुसार नेपालमा १०० जनामा ८५ पुरुष र ७१.४ महिलाले धूमपान गर्ने गर्दछन् ।
कम आयस्रोत भएका नेपालीले समेत धूमपान गर्ने गरेका छन् । खैनी, चुरोट, सूर्तिको प्रयोग गर्नेहरूको सङ्ख्या जनसङ्ख्याको ५५ प्रतिशत छ । धूमपान नगर्ने १० प्रतिशतले खैनी र अन्य सूर्तिजन्य पदार्थको प्रयोग गर्ने गरेको समेत सिविनले जानकारी दिएको छ ।
सिविनका कार्यकारी संयोजक सुम्निमा तुलाधरका अनुसार थोरै कमाउने मानिसको तलबको १० प्रतिशतभन्दा बढी धूमपानमा खर्च हुन्छ भने शिक्षामा १२ प्रतिशत खर्च हुने गरेको छ । यसैगरी, धेरै कमाउने मानिसले आफ्नो तलबको दुई प्रतिशतमात्र सूर्ति सेवनमा र २९ प्रतिशत शिक्षामा खर्च गर्ने गर्दछन् ।
खेल समाचार
विश्वकप क्रिकेट उदघाटन
![]() |
ICC Cricket 2011 (South Asia) |
दशौ संस्करणको आईसिसी विश्वकप क्रिकेटको आज भव्य औपचारिक उद्घाटन भएको छ । बंगलादेशको राजधानि ढाकामा प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन बंगलादेशको प्रधानमन्त्री सेख हसिना वाजिदले गर्नु भएको हो । प्रतियोगिता भारतिय उपमहाद्धिप अन्तरग भारत, श्रीलङका र बङगलादेशमा संयुक्त आयोजना हुनेछ । उद्घाटन खेल भने पसीै शनिवार मात्र हुनेछ ।
उद्घाटनमा सहभागी हुन प्रतियोगितामा सहभागी १४ राष्ट्रका खेलाडी,प्रशिक्षक तथा ब्यवस्थापकहरु ढाका पुगेका थिए । उद्घाटनलाई भव्य बनाउन विश्वप्रसिद्ध गायक ब्रायन एडम्सका साथमा भारतीय स्टार कलाकार सोनु निगमले गित गाएका थिए ।
४३ दिनसम्म चल्ने प्रतियोगितामा १४ राष्ट्रको सहभागिता रहेको छ भने तीन देशमा गरी कुल १३ स्थानमा खेल सञ्चालन हुनेछन् । ५० ओभरको फरम्याटमा खेलाईने वान डे क्रिकेटको विश्वकपमा अष्टे«लिया सर्वाधिक सफल टोली मानिन्छ । उसले पाच पटक विशवकप उपाधी घर भित्राई सकेको छ । यो संस्करणमा भने भारत,श्रीलङका,दक्षिण अफ्रिका र ईङल्यान्डलाई उपाधीको दावेदार मानिएको छ ।
No comments:
Post a Comment