संसदबाट चारजना सभासदलाइ मार्सल लगाएर बाहिर निकालियो, एक हप्ता निलम्बन
काठमाण्डौँ, ०५ असार । व्यबस्थापिका संसदको बैठक संचालनमा अबरोध पु¥याएको तथा संसदभीत्र शान्ति सुरक्षामा खलल पु¥याएको भन्दै व्यबस्थापिका संसदले मार्सल प्रयोग गर्दै चारजना सभासदलाइ निलम्बन गरेको छ । संसद बैठक सुरु भएयता यो नै पहिलो पटक मार्सल लगाइ सभासदलाइ बैठक कक्षबाट निस्कासन गरिएको हो ।
संसद बैठकमा स्थानिय विकासमन्त्री उर्मिला अर्याललाइ रोष्टममा जान नदिएपछि सभामुखले उनिहरुलाइ मार्सल लगाएर निस्कासनगर्ना निर्देशन दिनु भएको हो । निलम्बनमा पर्नेमा दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान, नेपा राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुकमणि चौधरी र स्वतन्त्र सभासद सदरुल मियाँ छन ।
संसवधानसभा गठन भएपछि संसद बैठकमा अबरोध सृजना गरेको बहानामा सभासद निलम्बनमा परेको यो पहिलो घटना हो । सभामुख नेम्वाङ्गले बैठकमा संसद भवन परिसरमा शान्ति सुरक्षामा खलल पु¥याएको भन्दै मन्त्रीको बाटो नछेक्न चेतावनी दिदाँ समेत बाटो छेकेपछि मयार्दा पालकहरुलाइ सभासद्हरुलाइ बाहिर निकाल्न आदेश दिनु भएको थियो ।
त्यसअघि उनिहरुले संसदमा समावेशी विधेयक ल्याउनुपर्ने, आदिवासी जनजातिलाइ सरकारी सेवामा ९० प्रतिसत आरक्षण दिनुपर्ने लगायत मागराख्दै चारजना सभासदले संसद बैठकमा आजपनि नारावाजी जारी राखेका थिए । माग संवोधनगनए प्रधानमन्त्री झलनाथ खनालले लिखित प्रतिबद्धता जनाएपनि आफूहरुलाइ झुक्काउन खोजिएका भन्दै नारावाजी जारी राखेका थिए ।
यसैबिच निलम्बनमा परेका सभासदहरुले पार्टीमा छलफल गरेर आन्दोलनमा जाने बताएका छन । ‘सरकारले हामी माथी गर्नु अन्याय ग¥र्यो, निलम्बनमा परेपछि सभासद मानन्धरले भने–भोली दिउसो तीनदलको बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजानिक गछौ ।’ उनिहरुले सभामुखले जनताका मागलाइ वेवास्ता गर्दै आफूहरुलाइ निस्कासन गरिएको भन्दै आपत्ति जनाए । ‘माओवादीले अर्थमन्त्रीको ब्रिफकेश च्यात्दा समेत कारर्वाही भएको थिएन, उनले भने यसपटक साना दलका सभासदमाथी चरम अन्याय भएको छ ।’ यीनै सभासदले संवैधानिक समिति अबरुद्ध गर्ने देखी संवैधानिक समितिमा कुर्सी फाल्ने काम गर्दै आएका थिए ।
बुधवारदेखी प्रिबजेट छलफल गराउने तयारीः
काठमाण्डौँ, ०५ असार । सत्ता साझेदार दलहरुले आगामी बुधवारवाट ब्यवस्थापिका संसदमा प्रि बजेट छलफल शुरु गर्ने निणर्य गरेका छन् । आज अर्थ मन्त्रालयमा भएको सत्तारुढ दलका नेता र सचेतकहरुको बैठकले असार ८ गतेवाट प्रि वजेट छलफल सुरु गर्ने निणर्य गरेको हो ।
नियमित बजेट ल्याउनका लागि पनि कम्तिमा तीन साता समय लाग्ने भएकाले असार दोस्रो सातावाट बजेटको छलफल शुरु गर्ने सहमति भएको एमाले सचेकक भीम आचार्यले जानकारी दिनुभयो । काठमाण्डौँ, ०५ असार । व्यबस्थापिका संसदको बैठक संचालनमा अबरोध पु¥याएको तथा संसदभीत्र शान्ति सुरक्षामा खलल पु¥याएको भन्दै व्यबस्थापिका संसदले मार्सल प्रयोग गर्दै चारजना सभासदलाइ निलम्बन गरेको छ । संसद बैठक सुरु भएयता यो नै पहिलो पटक मार्सल लगाइ सभासदलाइ बैठक कक्षबाट निस्कासन गरिएको हो ।
संसद बैठकमा स्थानिय विकासमन्त्री उर्मिला अर्याललाइ रोष्टममा जान नदिएपछि सभामुखले उनिहरुलाइ मार्सल लगाएर निस्कासनगर्ना निर्देशन दिनु भएको हो । निलम्बनमा पर्नेमा दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान, नेपा राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुकमणि चौधरी र स्वतन्त्र सभासद सदरुल मियाँ छन ।
संसवधानसभा गठन भएपछि संसद बैठकमा अबरोध सृजना गरेको बहानामा सभासद निलम्बनमा परेको यो पहिलो घटना हो । सभामुख नेम्वाङ्गले बैठकमा संसद भवन परिसरमा शान्ति सुरक्षामा खलल पु¥याएको भन्दै मन्त्रीको बाटो नछेक्न चेतावनी दिदाँ समेत बाटो छेकेपछि मयार्दा पालकहरुलाइ सभासद्हरुलाइ बाहिर निकाल्न आदेश दिनु भएको थियो ।
त्यसअघि उनिहरुले संसदमा समावेशी विधेयक ल्याउनुपर्ने, आदिवासी जनजातिलाइ सरकारी सेवामा ९० प्रतिसत आरक्षण दिनुपर्ने लगायत मागराख्दै चारजना सभासदले संसद बैठकमा आजपनि नारावाजी जारी राखेका थिए । माग संवोधनगनए प्रधानमन्त्री झलनाथ खनालले लिखित प्रतिबद्धता जनाएपनि आफूहरुलाइ झुक्काउन खोजिएका भन्दै नारावाजी जारी राखेका थिए ।
यसैबिच निलम्बनमा परेका सभासदहरुले पार्टीमा छलफल गरेर आन्दोलनमा जाने बताएका छन । ‘सरकारले हामी माथी गर्नु अन्याय ग¥र्यो, निलम्बनमा परेपछि सभासद मानन्धरले भने–भोली दिउसो तीनदलको बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजानिक गछौ ।’ उनिहरुले सभामुखले जनताका मागलाइ वेवास्ता गर्दै आफूहरुलाइ निस्कासन गरिएको भन्दै आपत्ति जनाए । ‘माओवादीले अर्थमन्त्रीको ब्रिफकेश च्यात्दा समेत कारर्वाही भएको थिएन, उनले भने यसपटक साना दलका सभासदमाथी चरम अन्याय भएको छ ।’ यीनै सभासदले संवैधानिक समिति अबरुद्ध गर्ने देखी संवैधानिक समितिमा कुर्सी फाल्ने काम गर्दै आएका थिए ।
बुधवारदेखी प्रिबजेट छलफल गराउने तयारीः
काठमाण्डौँ, ०५ असार । सत्ता साझेदार दलहरुले आगामी बुधवारवाट ब्यवस्थापिका संसदमा प्रि बजेट छलफल शुरु गर्ने निणर्य गरेका छन् । आज अर्थ मन्त्रालयमा भएको सत्तारुढ दलका नेता र सचेतकहरुको बैठकले असार ८ गतेवाट प्रि वजेट छलफल सुरु गर्ने निणर्य गरेको हो ।
सत्तारुढ दलहरुले ब्यवस्थापिका संसदमा प्रि बजेट छलफलअघि प्रतिपक्षि दलहरुसँग सहमतिको प्रयास गर्ने समेत निणर्य गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस र मधेसवादी दलहरुले असहमति जनाए पेश्की बजेट भएपनि ल्याउने विषयमा समेत बैठकमा छलफल भएको थियो ।
वैठकमा अर्थमन्त्री भरतमोहन अधिकारी, उपप्रधानमन्त्रीहरु कृष्णववहादुर महरा र उपेन्द्र यादब सहित माओवादी सचेतक पोष्टवहादुर बोगटी र एमाले सचेतक भिम आचार्य सहभागि हुनुहुन्थ्यो । बैठकमा काग्रेसलाई पनि बोलाइएको भएपनि सचेतक लक्ष्मण घिमिरे सहभागि भएनन् । प्रमुख दलहरुका बीचमा सहमति नभइ बजेट छलफलको कुनै अर्थ नहुने भन्दै काग्रेस छलफलमा सहभागि नभएको हो । काग्रेसले राष्टिय सहमतिको सरकार गठनका लागि पहल भइरहेकाले सहमतिपछि मात्र बजेट तयारी गर्नुपर्ने धारणा काग्रेसले राख्दै आएको छ ।
यसैबीच असार मसान्तभीत्रै नियमित बजेट ल्याउने सरकारी तयारीमा समर्थनगर्न अर्थमन्त्री भरतमोहन अधिकारीले आज संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसंग परामर्श गर्नु भएको छ । विगतका बर्षहरुमा तोकिएको समयमा बजेट आउन नसक्दा मुलुकको आर्थिक अबस्था जर्जर भएको स्मरण गराउदै उहाँले बजेटमा समर्थन जनाइदिन प्रतिपक्षी दलहरु सँग आग्रह गर्नु भएको हो ।
मन्त्री अधिकारीने नियमित प्रक्रिर्या अनुसार असार मसान्तमा बजेट ल्याउन ८ गतेदेखी प्रिबजेट छलफल गर्नुपर्ने भन्दै आजै सभामुखसंग पनि भेटवार्ता गर्नु भएको थियो । अर्थमन्त्रालयमा भएको सबैदलीय बैठकमा दलहरुले भने सहमतिको आधारमा मात्र बजेट ल्याउन सुझाव दिएका छन । मन्त्री अधिकारीले प्रिबजेट छलफल सुरुगर्दा प्रक्रिर्या सुरु हुने भन्दैयसबिचमा नयाँ सरकार बने नयाँ अर्थमन्त्रीले नै बजेट ल्याउने बताउनुभयो ।
३ दलको बैठक—सिसिफसको मिथक, दलहरु सहमति कायम गर्न असफल
काठमाण्डौँ, ०५ असार । पाँचबुदे सहमति कार्यान्वयन र शान्ति प्रक्रिर्याको बिषयमा सहमति जुटाउन भन्दै छलफलमा जुटका दलहरु सहमति कायम गर्न असफल भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बसेको बैठकमा सेना समायोजनको मोडालिटिमा सहमति जुटन नसकेका कारण बैठक निश्कर्ष विहिन बनेको हो । यद्यपी बैठकले सेना समायोजनको बिषयमा थप गृहकार्यगर्न एउटा अनौपचारिक कार्यदल गठन गरेकोे माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । समितीमा राखिएको सदस्यको नामभने गोप्य राखिएको छ ।
बैठकमा कागे्रसले लडाकु समायोजन र पाँच बुदेँ सहमित कार्यन्वयनमा गम्भीर नभएको भन्दै माओवादीको आलोचना गरेको थियो । बैठकपकिछ काँगे्रस उपसभापति रामचन्द्र पौडेलले माओवादी र एमालले पाँच बुदेँ सहमतिमा कुरै गर्न नचाहेकाले बैठक ठोस निर्णयमा पुग्न नसकेको बताउनुभयो । आफूहरुले विस्तृत शान्ति समझौतमा उल्लेख भएअनुसार नै सेना समायोजन गर्न प्रस्ताव गरेको तर माओवादीले नयाँ प्रस्ताव ल्याएका कारण सहमती जुट्न नसकेको पौडेलको भनाई थियो
त्यसअघि आजै कांग्रेस नेतृत्व र एमाले वरिष्ठ नेताहरुबीच गतिारेध अन्त्यका विषयमा छलफल भएको थियो । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा भएको छलफलमा संविधान निर्माण, शान्ति प्रक्रिया तथा पाँचबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको बताइएको छ । दुइदलका नेताबीच शान्ति प्रक्रिया अन्तर्गतको सेना समायोजनका विषयमा अझै दुइपक्षिय छलफल आवश्यक रहेको र थप छलफललाई अघि बढाउने सहमति भएको थियो । छलफलमा एमालेका तर्फबाट नेपाल तथा कांग्रेसका तर्फबाट सभापति शुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, संसदिय दलका नेता रामचन्द्र पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
यसैबीच, समायोजनमा जाने लडाकुहरुको सङख्या,मोडालिटी र कार्यविधकिा बारेमा टुङगो लगाउन आज बसेको सेना समायोजन विषेस समितीको बैठक विना निश्कर्ष स्थगित भएको छ । समायोजनवारे प्रमुख तीनदल नै सहमतिमा नपुगेका कारण आजको बैठकमा कुनै निणय हुन नसकेको समितिका प्रवक्ता मुख्य सचिव माधव घिमिरेले जानकारी दिनुभयो । समायोजन मोडालिटिका सम्बन्धमा अन्यदलहरुसंगपनि परामर्श जारी राख्ने सहमति भएको छ । समायोजनको मोडालिटिवारे टुङ्गो लाग्न नसकेपनि शिविर अनुमगनमा जाने टोली भने तोकिएको समयमै जाने उहाँले बताउनुभयो । तीन दलको बेठकले लडाकु समायोजनका लागि विशेष कार्यदल तयार पारेकाले सो कार्यदललाई कसरी अघि बढाउने र कार्यक्षेत्र तोक्ने भन्नेबारेमा छलफल हुने बुझिएको छ ।
कार्यदलद्वारा सहमतिका विकल्प पेश
काठमाण्डौँ, ०५ असार । संविधानका विबाद सुल्झाउन संवैधानिक समिति अन्तरगत गठित कार्यदलले राजनीतिक निर्देशन आबस्यक भन्दै कुनै निर्णय नगरि बैकल्पिक प्रस्ताव उपसमितिमा पेशगर्ने भएको छ । गत मंगलवार गठन भएको कार्यदलले राज्यपुर्नसंरचना समिति अन्तरगतका विबादित ७८ बुदालाइ २५ मा एककिृत गर्ने बाहेकका अन्य सहमति गर्न नसकेको कार्यदल सदस्यहरुले बताएका छन । विबाद समाधान उपसमितिको निर्देशन अनुसार आफूहरुले गृहकार्य गरेपनि स्पष्ट राजनीतिक निर्देशन नभएका कारण कुनै निर्णय नभएको कार्यदल संयोजक सदभावना सभासद लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । कार्यदलले शासकीय स्वरुपका सम्बन्धमा कार्यकारी राष्टपति, सुधारिएको संसदीय व्यबस्था लगायत विभिन्न विकल्प सुझावको रुपमा पेश गरेको छ । कार्यदलले गरेको गृहकार्य पेशगर्न उपसमितिको बैठक भोली नै बोलाउन आग्रह गरिएको संयोजक कर्णले बताउनुभयो । उहाँले उपसमितिले सहमति जनाए कार्यदलको म्याद पुनः थपगरी सहमति खोज्न सकिने उल्लेख गर्नुभयो । कार्यदललाइ दिइएको सातदिनको म्याद आगामी मंगलवार सकिदै छ ।
पत्रकार महासंघद्वारा आन्दोलनका कार्यक्रम साबजानिक
काठमाण्डौँ, ०५ असार । नेपाल पत्रकार महासंघले पछिल्ला दिनमा संचारकर्मीमाथी भएका आक्रमणको विरोधमा आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघ केन्द्रीय समितिको आज बसेको बैठकले देशका विभिन्न स्थानमा पत्रकारमाथी भएका आक्रमणको विरोधमा भोली देखी १७ गते सम्मकालागि विरोधका कार्यक्रम सार्वजानिक गरेको हो ।
आन्दोलनका कार्यक्रम अनुसार भोली ६ गते देखी पे्रस माथिाको आक्रमणको विरोधमा संचार माध्यमले पीएस (जनहितमा जारी सुचना) बजाउने त्यसैगरि महान्यायधीवक्तासंग छलफल गर्ने, १७ गते राजधानी लगायत देशभर सिठि फुक्ने लगायत रहेको महासंघका सचिव जगत नेपालले जानकारी दिनुभयो । महासंघले पत्रकार खिलनाथ ढकाललाइ ज्यान मार्ने उद्येश्यले गरिएको हमलाका मुख्य योजनाकार भिनएका परशुराम बस्नेतलाइ सरकारले नियन्त्रणमा लिन नसकेको भन्दै खेद समेत यक्त गरेको छ ।
यता मोरङ्गका पत्रकारहरुले पनि ढकालको आक्रमणमा संलग्नलाइ कारवाही नगरिएको विरोधमा फेसबुकमा अभियान चलाउने, प्रधानमन्त्री, गृह मन्त्री र संचारमन्त्रीलाइ एकै प्रकारको एसएमएस गर्ने तथा सरकारलाइ पावरवाला चश्मा र अभियुक्तको फोटो पठाउने निणर्य गरेको छ । मोरङ्ग पत्रकार महासंघले बैठकले सरकार भए नभए बारे सांकेतिक अध्ययन गर्न शिवबहादुर कार्की संयोजकत्वमा ३ सदस्यीय समिती समेत गठन गरेको छ ।
प्रधानमन्त्रीद्वारा चार सभासदको माग पूरागर्ने प्रतिवद्धता
काठमाण्डौँ, ०५ असार । प्रधानमन्त्री झलनाथ खनालाले एक स्वतन्त्र सहित चारजना सभासद्को माग सम्बोधन गर्ने लिखित प्रतिवद्धता जनाउनुभएको छ । सभासद्हरु विश्वेन्द्र पासवान, सद्रुल मिया, रुक्मिणी चौधरी थारु र बुद्धरत्न मानन्धरले पेश गर्नुभएको ज्ञापन पत्रमा प्रधानमन्त्री खनालले लिखित प्रतिवद्धता जनाउनुभएको हो । सभासद्हरुले संसद्मा समावेशी विधेयक ल्याउनुपर्ने माग गर्दै केही दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएका थिए ।
पुर्व सहमति कार्यान्वयनको बिषय लिएर सभासदहरुले बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री खनालले व्यवस्थापिका संसद्को बैठक शुरु हुनुअघि लिखित प्रतिवद्धता जनाउनु भएको हो । यसअघि बिभिन्न दलसंग भएका सम्झौताहरुको कार्यान्वयन गर्ने प्रधानमन्त्री खनालले प्रतिवद्धता जनाउनु भएको हो । दलित जनजाती, मुस्लिम र आदिवासीका मुद्धालाई सरकाले सम्बोधन गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ । यसअघि स्वतन्त्र सभासद सहित चार दलका सभासदहरुले संसदमा समावेशी बिधेयक ल्याउनु पर्ने भन्दै संसद बैठक लामो समय अबरुद्ध गर्दैआएका थिए । । यसअघिको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले माग संवोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।
माओवादीद्वारा माथिल्लो कर्णलीमा सेना परिचालनको विरोध
काठमाण्डौँ, ०५ असार । एकीकृत नेकपा माओवादीले माथिल्लो कर्णली जलविद्युत आयोजनाको सुरक्षकालागि नेपाली सेना परिचालन गर्नै सरकारी निर्णयको विरोध गरेको छ । माओवादी सेती महाकाली राज्य समितीका इन्चार्ज धर्मेन्द्र बास्तोलाले आज राजधानीको जनसंचार अभियानमा पत्रकार सम्मेलनको आयोजनागरी माथिल्लो कर्णाली परियोजनामा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको हो । उहाँले विदेशीको हितमा रहको आयोजनामा सेना परिचालन गरेर सरकारले जन दमन गर्ने षडयन्त्र गरेको भन्दै माओवादीले त्यसको प्रतिकार गर्ने बताउनुभयो । ‘हामी सदनमा आवाज उठाउन, सरकारबाट खारेज गराउन र त्यो तागतले पुगेन भने जनताबाट निर्माणको पहल गर्ने पक्षमा छौं, उहाँले भन्नुभयो– हामी राष्ट्रघातको कडिको रुपमा रहेको माथील्लो कर्णालीको कडी तोड्न चाहन्छौं ।’
माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षधरले जलविद्युत आयोजनाको सुरक्षामा नेपाली सेना प्रयोग गर्ने सरकारी निर्णयप्रति विरोध जनाउदै आएको छ । माथिल्लो कणालीमा ५१ प्रतिशत सेयर नेपाली जनताले पाउने गरि विदेशी लगानी भित्र्याउन सकिने भएपनि विद्यमान स्थितीमा भारतिय कम्पनीलाई काम गर्न दिएर राष्ट्रघाती कदममा टुलुटुुलु हेरेर बस्न नसकिने माओवादीले बताउँदै आएको छ ।
नेता बास्तोलाले सेना परिचालन गरेर परियोजना सुरक्षित नहुने दावीगर्दै नेपाली जनतालाई आफ्नो देश लुटिएको अनुभुती गराउने सम्झौता खारेज गरि अघि वढे मात्र देशी या विदेशी लगानीकर्ताको लगानी सुरक्षित हुने दावी गर्नुभयो । माथिल्लो कर्नाली परियोजनाको कार्यालय माआवादीले आगो लगाएको भन्ने समाचारकोे खण्डनगर्दै उहाँले आफ्नो पार्टीले नेपाल–भारत सम्बन्ध विगे्रको हेर्न नचाहेको तर भारतले लादेको पनि सहन नसक्ने बताउनु भयो ।
कग्रेश सभापति कोइरालाल अमेरिका प्रस्थान
देशमा शान्ति प्रक्रिया र संविधान निमार्णको महत्वपूर्ण काम भइरहेको बेला नेपाली कग्रेशका सभापति सुशील कोइराला भने नियमिती स्वास्थ्य उपचारका लागी भन्दै आज अमेरिका प्रस्थान गर्नुभएको छ । न्युयोर्कको योर्क एभिन्यु स्थित स्रोल्न केटरिङ क्यान्सर सेन्टरमा जिब्रोको परिक्षण गराउन कोइराला त्यसतर्फ प्रस्ताव गर्नुभएको हो । चार बर्षअघि क्यान्सर लागेर जिब्रोको शाल्यक्रिया गराएका कोइराला बर्सेनि नियमित स्वास्थ परिक्षणका लागी अमेरिका जाने गर्नु भएको थियो । न्युयोर्कमा १० दिन बसाई पछि कोइरालाले लण्डन र स्जिजरल्याण्डको भ्रमण गर्नु हुने उहाँका स्वकिय सचिब लक्ष्मण ढकालले जानकारी दिनु भयो । बेलायतमा तीन दिन बस्दा उहाले नेपाली जनसम्पर्क समितीको अन्तिक्रियामा सहभागी हुनु हुनेछ ।
अप्ठ्यारो टरेको छैन, सरेको मात्र छ ः साभामुख नेम्बाङ
काठमाडौँ, ५ असार । सभामुख सुवास नेम्बाङले तीन दलबीच भएको पाँचबुँदे सहमति कार्यान्वयन गर्न बन्न लागेको संसदीय अनुगमन समितिमा रहने व्यक्तिहरुको नाम दलहरुले हालसम्म आफूलाई नबुझाएकामा चिन्ता व्यक्त गर्नुभएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा सभामुख नेम्वाङले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन र नयाँ संविधान निर्माण गर्न पाँचबुँदे सहमति कार्यान्वयन गर्नुको अर्काे विकल्प नरहेको चर्चा गर्दै सहमति शीघ्र कार्यान्वयन गर्न दलहरुलाई आग्रह गर्नुभयो । पाँचबुँदे सहमतिले शान्तिप्रक्रियालाई तीन महिनामा टुङ्ग्याउने र संविधानको मस्यौदा तयार गर्ने स्पष्ट खाका तयार गरेको उहाँले बताउनुभयो ।
संविधान निर्माण गर्न अब सभासद्को भन्दा सम्बन्धित दल र सरकारको भूमिका अहम् रहेको चर्चा गर्दै सभामुख नेम्बाङले भन्नुभयो– “शान्तिप्रक्रिया र संविधान निर्माणमा अझै अप्ठ्यारो टरेको छैन। केही समय पर सरेको मात्र छ ।” सो अवसरमा उहाँले विश्वको सर्वाेच्च शिखर सगरमाथामा गत जेठ ४ गते सफल आरोहरण गर्ने निजामती कर्मचारीहरुलाई सम्मान गर्नुभएको थियो ।
प्रतिबद्धता कार्यान्वयन नभए संविधानसभा बिघठनः मसाल
नेपाल कम्युनिष्ट पार्टी मसालले संविधानसभाको म्याद थपका क्रममा भएको सहमति कार्यान्वयन नभए संविधानसभा विघटनको खतरा रहेको बताएको छ । म्याद थपका क्रममा शान्ति र संविधानका पक्षमा गरिएका प्रतिबद्धता कार्यान्वयन नभएको मसालको ठहर छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षागर्न हालै बसेको पोलिटव्युरो बैठकले देशलाइ अनिश्चय र प्रतिगमनतर्फ जान नदिन आफ्नो जिम्मेवारी पूरागर्न सबैदलसंग अपीलगर्ने निर्णय गरेको महामन्त्री मोहन विक्रम सिंहले जानकारी दिनुभयो ।
‘तीन महिनाभीत्र प्रतिबद्धता अनुसारको काम हुन नसकेमा संविधानसभा विघठन हुने, देशमा अनिश्चित र अन्यौलपूर्ण राजनीतिक स्थितिको सृजना हुने या देश प्रतिगमनको दिशामा जाने खतरा हुनेछ, सिंहले विज्ञप्तीमा भन्नुभएको छ–देशलाइ अनिश्चित र अन्यौलपूर्ण राजनीतिक अबस्था वा प्रतिगमनको दिशामा जान नदिन संविधानसभा र गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरुसित विशेष रुपले सतर्क भएर जिम्मेवारी पूरागर्न अपील गर्दछ ।’ मसालले संघीयता सम्बन्धी आफ्ना मतभिन्नतालाइ कायम राख्दै शान्ति र संविधानका पक्षमा भएका सकारात्मक पहललाइ समर्थन गरेको छ । मसालले विराटनगरका पत्रकार खिलानाथ ढकालमाथी भएको आक्रमण देशमा बढ्दै गएको दण्डहिनताको चरुम रुप भएको टिप्पणी गरेको छ ।
माओवादी बन्दुक विसाऊ नत्र न संविधान आउँछ, न नयाँ चुनावमा जान सकिन्छ — खुमबहादुर खड्का
दाङ, ०५ असार । नेपाली कांग्रेसका केन्द्रिय सदस्य खुमवहादुर खड्काले माओवादीको हतियारको व्यबस्थापन नगर्दासम्म कांग्रेस कुनै पनि हालतमा चुनावमा नजाने वताउनु भएको छ । उहाँले अर्को निर्वाचनमा जानु अघि हतियारको टुङ्गो लगाइनु पर्ने बताउनु भयो । नेता खड्काले आज दाङकोे घोराही स्थीत पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरुलाई सम्वोधन गर्दैै यस्तो वताउनु भएको हो । म्याद थपिएको अबधिमा पनि संबिधान बन्ने कुरामा बिश्वस्त नदेखिनु भएका खड्काले संबिधान नबने कांग्रेसले आन्दोलन गर्ने जानकारी पनि दिनुभयो । ‘पार्टीले त्यसको तयारी गर्दै छ’ उहाँको भनाई थियो ।
उता नेपाली काँग्रेसकी केन्द्रीय कोषाध्यक्ष चित्रलेखा यादवले आगामी भदौ १४ गतेसम्म पनि नयाँ संविधान जारी हुन नसके संविधानसभा विघटन गरेर निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यादवले संविधानसभाको आयु निरर्थक कारण देखाएर लम्ब्याउने कामले मुलुकमा अन्योलता मात्रै बढ्ने बताउनुभयो । दोस्रो पटक म्याद थप गरिएको समयावधि भदौ १४ सम्म पनि संविधान नबने काँग्रेसले आन्दोलन गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । मापदण्डभित्र पर्ने माओवादी लडाकूलाई समायोजन गर्नुपर्ने पक्षमा काँग्रेस रहेको बताउँदै उहाँले एमाओवादीले हतियार सरकारलाई नबुझाएसम्म सेना समायोजन हुन नसक्ने जिकिर गर्नुभयो । सेना समायोजनको विषयमा सङ्ख्यामा भन्दा पनि मोडालिटी र मापदण्डको विषयमा विवाद रहेको उहाँको भनाइ थियो ।
पत्रकारमाथि दुव्र्यबहार गर्नेले माफी मागे
चितवन, ५ असार । चितवनको आँपटारीमा गएराति १४ जना पत्रकारमाथि दुव्र्यबहार र हातपात गर्ने समूहले माफी मागेको छ । वडा प्रहरी कार्यालय नारायणगढमा राति अबेर भएको सहमतिमा अब आइन्दा यस्तो नगर्ने भन्दै आँपटारीे ढाटमा कार्यरत कर्मचारीले माफी मागेका हुन् । महेन्द्रनगरको सिमसार क्षेत्रको भ्रमण सक्याएर फर्कंदै गरेका अब्बदुल्लाह मियाँ लगायतका पत्रकारहरूको टोलीलाई चितवनको आँपटारीस्थित ढाटका कर्मचारीले दुव्र्यवहार गरेका थिए । ढाटमा बिल तिर्ने क्रममा थप शुल्क लिन खोजिएपछि पत्रकारहरूले थप रकमबारे जिज्ञासा राख्दा स्थानीय युवा परिचालन गरेर दुव्र्यवहार गरिएको पीडित पत्रकारहरुले बताएका थिए ।
पाँचसय ५२ परिवार पहिरोको जोखिममा
बैतडी (खलङ्गा), ५ असार । भू तथा जलाधार संरक्षण विभागकोे अनुगमन टोलीले बैतडी जिल्लाको विशालपुर पहिरोबाट ५५२ घरपरिवार जोखिममा रहेका बताएको छ । जिल्ला सदरमुकामबाट करिब १८ कोष दक्षिणमा पर्ने विशालपुर गाविस–२, ३ र ६ मा अत्यधिक प्रभाव रहेको सो पहिरो नियन्त्रणका लागि करिब छ करोड खर्च लाग्ने प्रारम्भिक सर्वेक्षणबाट थाहा हुन आएको अुनगमन टोलीमा संलग्न जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख विनोद शाहले बताउनुभयो । विशालपुर गाविस–२, ३ र ६ मा रहेका लुहाभिडा, कोटीगाउँलगायतका आधादर्जन गाउँ पहिरोबाट तत्काल जोखिममा रहेका स्थानीय लोकमणि भट्टको भनाई छ । उहाँले तत्काल पहिरोको जोखिममा रहेकालाई उद्धार नगरिए सयौँको ज्यान खतरामा पर्न सक्नेसमेत बताउनुभयो । पहिरोको अनुगमनपछि प्रारम्भिक अध्ययन प्रतिवेदनसमेत तयार भइसकेको जिल्ला भू–संरक्षण कार्यालयले जनाएको छ ।
छुवाछुतसम्बन्धी कडा कानुन बनाउन जोड
काठमाडौँ, ५ असोज । दलित सभासद्हरुले छुवाछुतसम्बन्धी कडा कानुन बनाउनुपर्ने बताएका छन् । व्यवस्थापिका–संसद् महिला बालबालिका तथा समाज कल्याण समितिअन्तर्गत जातीय भेदभाव, छुवाछुत समस्या र समाधानका उपायहरु अध्ययन अनुगमन गर्न गठित उपसमितिद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनीहरुले छुवाछुतसम्बन्धी कडा कानुन बनाई त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।
सरकारका मुख्य सचिव माधव घिमिरेले नेपालमा जातिविशेष कुनै दलित नहुने र यदि हुन् भने आर्थिक अभावका कारणले दलित हुने बताउँदै सरकारले छुवाछुतसम्बन्धी मुलुकीऐन नै परिवर्तन गर्नुपर्ने र त्यसलाई अभियानका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जातीय वर्गको उत्थानका लागि सरकारले नीतिगत कामहरु गर्दै आएको जानकारी गराउँदै छुवाछुतसम्बन्धी विधेयक संसद्मा पारित भए तापनि त्यसको कार्यान्वयनका लागि दलित सभासद् गम्भीर हुनुपर्ने बताउनुभयो । सभासद् गोविन्द नेपाली, हिमकुमारी सुनुवार, लीला सुब्बा, विमल नेपाली र शीला कतिलाले दलितसम्बन्धी छुवाछुतको समस्यालाई राज्यले बेवास्ता गरेको गुनासो गर्नुभयो ।
त्रिभुबन बिश्व बिद्यालय अन्र्तगतका सबै क्याम्पस ठप्प
त्रिभुबन बिश्वबिद्यालय कर्मचारी सघंले आज बाट दुई दिन सम्म मुलुकभरका बिश्वबिद्यालय अन्र्तगतका सबै क्याम्पस र कार्यालय बन्द गराएको छ । दुई दिन अघि शंकरदेब क्याम्पसमा भएको प्रहरी दमनको बिरोधमा दुई दिने शैक्षिक हडतालको घोषणा गरेको हो । युवा सघका केन्द्रिय अध्यक्ष महेश बस्ने पक्राउ प्रकरणमा शकरदेब क्याम्पस अगाडि भएको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरि दर्जनौ बिद्यार्थी तथा शिक्षकलाई लाठी प्रहार गरि घाइते बनाएको थियो । सघले धरपकडमा सलग्न प्रहरीलाई कारबाही गर्नु पर्ने , घाइतेहरुको उपचार र क्षतिपुर्तीको ब्यबस्था गर्नु पर्ने माग गर्दै आएको छ ।
यसैबिच, गाँउ विकास समिती कर्मचारी संघले कन्चनपुर जिल्ला दोधारा गाविसमा कार्यरत यज्ञराज उपाध्यायको हत्या विरोधमा आज कन्चनपुरका सबै सरकारी कार्यालय बन्द गरेको छ । यसैगरी कर्मचारी संघले भोलि देशभरका गाविस बन्द गर्ने जनाएको छ ।कन्चनपुर दोधरा गाविस कार्यालयमा प्राविधीक सहायकमा कार्यरत उपाध्यायको शव अस्ति दोधरा र चाादनी गाविसको सिमामा पर्ने जंगलमा फालिएको अवस्था भेटिएको थियो ।
कर्मचारी हत्याको विरोधमा कार्यालय बन्द
कर्मचारी हत्याको विरोधमा कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय आज बन्द भएका छन् । जिल्लास्थित निजामती तथा स्थानीय निकाय कर्मचारी युनियनको संयुक्त बैठकले कार्यालय बन्द गर्ने निर्णय गरेको हो । कञ्चनपुरको महाकालीपारिको गाविस दोधाराका प्राविधिक सहायक यज्ञराज उपाध्यायको हत्याको विरोधमा आह्वान भएको बन्द अनिश्चितकालीन हुने नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका अध्यक्ष गौराजबहादुर लिम्बूले बताउनुभयो ।प्राविधिक उपाध्यायको हत्याको विरोधमा आज त्यहाँ विरोध ¥यालीको समेत आयोजना गरिएको छ । ¥यालीले बजार परिक्रमा गरी शोकसभामा परिणत भएको थियो । यसैबीच, गाविस कर्मचारी सङ्घले एक विज्ञप्ति जारी गर्दै उहाँलाई सहिद घोषणा गर्न, दोषीलाई कारबाही गर्न, हत्याको घटनाबारे छानबिन आयोग गठन गर्नलगायतका माग अघि सारेको छ । उपाध्यायको आपराधिक समूहले हत्या गरेको हुन सक्ने आशङ्का गरिएको छ ।
आर्थिक समाचार
चुहावट नियन्त्रण अभियान अब ललितपुरमा
चापागाउँ (ललितपुर), ५ असार । विद्युत् चुहावट रोक्न नेपाल विद्युत् प्राधिकरण ललितपुरले पनि अभियान सञ्चालन गर्ने भएको छ । सबैभन्दा बढी चुहावट हुने पाटन र लुभु फिडरबाट वितरित क्षेत्रलाई लक्ष्यित गरी अभियान चलाइने प्राधिकरणको लगनखेल शाखाले जनाएको छ । च्यासल, सनागाउँ, लुभुलगायतका क्षेत्रमा घरभित्र नै मिटरलाई छलेर विद्युत् चोरी गर्ने क्रम बढेकाले पहिलो चरणमा अनुगमन र सचेतता अभियान सञ्चालन गरिने शाखा प्रमुख सेन्धु यादवले बताउनुभयो ।‘त्यसपछि पनि अटेर गरे लाइन काटेर उपकरण जफत गर्नेछौं’, उहाँले भन्नुभयो । चालिस प्रतिशतभन्दा बढी चुहावट हुने क्षेत्रमा दुई घण्टा भन्दा बढी लोडसेडिङ गर्ने उर्जा मन्त्रालयको परिपत्रसमेत कार्यान्वयन गरिने उहाँले बताउनुभयो । पाटन फिडरका केही स्थान र लुभुमा करिव आधा विद्युत् चुहावट भइआएको प्राधिकरणले जनाएको छ ।
अन्तराष्ट्रिय समाचार
गद्याफी मस्जीदमा लुकेका छन्: नेटो
लिबियामा नेटो सुरक्षा फौजले गरेको पछिल्लो हवाइ हमलामा राजधानि त्रिपोलीमा सात सर्वसाधारणको ज्यान गएको छ । मृत्यु हुने मध्ये दुइ बालबालिका समेत रहेका छन् । नेटोले गुप्त कारवाहीका लागी निशाना तय गरेपनि निशाना गलत पर्दा घटना घट्न गएको जनाएको छ । घटनाको विषयलाइ लिएर नेटोल जाँच गरिरहेको समेत जनाएको छ । नटोका प्रवक्ता बिग कमाण्डर माइक ब्रकेनले गद्याफि सरकारको कमाण्ड तथा निर्देशन केन्द्र रहेको आशंकमा हमला गरिएको जनाएका छन् ।
यसैबिच नेटो सुरक्षा फौजले लिवियाली शाशक कर्णेल मउमर गद्धाफी सुरक्षा कारवाहीबाट वच्न मस्जीदहरुमा लुकेर बसेको बताएका छ । नेटोले गद्धाफी मस्जीदभीत्र पनि वालवालिकाहरु खेल्ने ठाउंहरुमा लुकेर बसेको उल्लेख गरेको छ । नेटाले गद्धाफीले अहिले लीबीयाका आम नागरिकमाथी घातक हमला गर्ने तयारी गरिरहेको समेत आरोप लगाएको छ । लिबियाली सरकारले नेटो सुरक्षा बलले जानीबुझी सर्वसाधारण नागरिकमाथी आक्रमण गरिरहेको वताए लगत्तै नेटो सुरक्षा फौजको प्रतिकृया सार्वजनिक भएको हो । लिबियामा ४ दशक लामो गद्धाफी शासनको बिरुद्धमा बिपक्षी दलहरुले शुरु गरेको आन्दोलनमा सेनाले अनावश्यक दमन गरेको भन्दै अमेरिकी लगायत पश्चिमा मुलुकका संयुक्त सुरक्षा फौजले आक्रमण जारी राख्दा बिगत केही महिना देखि त्यस क्षेत्रको जनजीबन नराम्ररी प्रभावित वनेको छ ।
खेल समाचार
शहिद स्मारक ए डिभीजन लिग फुटवल
शहिद स्मारक ए डिभीजन लिग फुटवल प्रतियोगिता अन्तर्गत आज भएकोपहिलो खेलमा हमालयन शेर्पा क्लब र बौद्ध फुटवलले २–२ गोलको बराबरी खेलेका छन् । बौाद्धका लागी खुम गुरुङ तथा युगिन ग्रे ले गोल गरेका थिए भने हिमालयन शेर्पाका लगाी किजोगी तथा सागर थापाले गोल गरेका थिए । प्रतियोगिता अन्तरगत आजै सम्पन्न दोश्रो खेलमा फ्रेन्ड्सले मछिन्द्रलाई २—१ ले पराजित गरेको छ ।
No comments:
Post a Comment