महिला सभासद् कराए, चारजना सभासदद्वारा संसद बैठक घण्टौँ अबरुद्धः 
|  | 
| Bisendra Paswan- CA Member, Nepal | 
काठमाण्डौँ, २५ बैशाख । संसदमा समावेशी विधेयक ल्याउनु पर्ने तथा नयाँ संविधानमा अल्पसंख्यक समूदायको अधिकार सुनिश्चित गनुपर्ने मागगर्दै संविधानसभाका स्वतन्त्र र सानादलका सभासदले संसद बैठक घण्टौ अबरुद्ध गरेका छन् । संसद बैठक सुरु भए लगत्तै दलित जनजाती पार्टीका विश्वेन्द्र पासवान, नेपा राष्ट्रिय पार्टीका बुद्धरत्न माधान्धर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुकमणि चौधरी र स्वतन्त्र सभासद सदरुल मियाँले संसदभीत्र नाराजावी सुरु गरेका थिए । 
त्यसअघि सरकारमा ३३ प्रतिसत महिला सहभागिताको मागगर्दै महिला सभासदले समेत केहीबेर संसदमा नारावाजी गरेपनि सभामुखले सरकारको ध्यानाकर्षण गराएपछि उनीहरुले नाराबाजी रोकेका थिए । तर सभामुखको वारम्बारको आग्रहका वाबजुत चारजना सभासदले भने संसदमा घण्टौ नारावाजी गरेका हुन । चारजना सभासदले विगत केही समयदेखी संसद बैठक लगातार अबरुद्ध गर्दै आएका छन भने, उनिहरुको विरोधका कारण संवैधानिक समिति बैठकपनि एक महिना यता बस्न सकेको छैन । 
संविधानसभा निर्वाचन भएयता सभासदले संसदभीत्र यति लामो नारावाजी गरेको यो पहिलो पटक हो । संसदको आजको बैठकमा स्थानिय विकासमन्त्री उर्मिला अर्यालले दलित अधिकार आयोग विधेयक प्रस्तुत गर्ने कार्यसूची  रहेको थियो । 
मधेशी मोर्चा संविधान सभाबाट बाहिरिन्छ
महेन्द्रनगर, २५ बैशाख । मधेशी मोर्चाले औचित्य पुष्टि नगरि प्रमुख तिन दलले संविधान सभाको म्याद थप गरे संविधान सभा बहिष्कार गर्ने चेतावनी दिएको छ । कञ्चनपुरको महेन्द्रनगरमा पत्रकारहरु कुरा गर्दै मोर्चा सम्बन्ध तिन दल फोरम लोकतान्त्रीक, सद्भावना र तमलोपाका नेताहरुले सत्ता र भत्ताका लागी संविधान सभाको म्याद थप्ने पक्षमा आफुहरु नरहेको भन्दै संविधान सभा बहिष्कार गर्ने बताएका हुन् । 
सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले सत्ता र भत्तालाइ प्राथमिकतामा राखेर संविधान सभाको म्याद थप भए संविधान सभा बाट बाहिरिने चेतावनी दिनुभयो । फोरम लोकतान्त्रीकका अध्यक्ष विजय कुमार गच्छदारले संविधान सभाको म्याद थप अघि शान्ति प्रक्रिया पुरा हुनपर्ने टिप्पणी गर्नुभयो । तमलोपाका महन्थ ठाकुरले संवैधानिक समिती बैठक तथा अन्य उपसमिती बैठकमा संविधान लेखनको कुनै काम नभएको जानकारी दिनुभयो । मधेशी मोर्चाले संविधान सभाको म्याद थप गर्न नहुने बताउँदै आएको छ । 
रातो पासपोर्ट बेचेका सभासद्लाइ १४ दिन थुनामा राख्न विषेश अदालतको निर्देशन
काठमाण्डौँ, २५ बैशाख । विशेष अदालतले कुटनीतिक राहदानी बेचेको अभियोगमा पक्राउ परेका सभासद्द्वय बीपी यादव र गायत्री साहलाई १४ दिन थुनामा राख्न अनुमति दिएको छ ।
अनुसन्धानका लागि म्याद थप गनै भन्दै अख्तियार दुरुपयोग अनुन्धान आयोगले आज उनीहरुलाई बिशेष अदालत उपस्थित गराएको थियो । अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले अख्तियारको मागअनुसार पक्राउ गरेको मितिदेखि लागू हुने गरी १४ दिन थुनामा राख्न अनुमति दिएको हो । सोही मुद्धामा पक्राउ परेका अध्यागमन विभागका भूमिनन्द भण्डारीलाई १५  दिन थुनामा राख्न अनुमति दिएकाले सोस“ग मेल खानेगरी दुवै सभासद्लाई पनि १४ दिन थुनामा राख्न अनुमति दिइएको अदालतका रजिष्टार धिरबहादुर चन्दले जानकारी दिनुभयो । 
दुई दिन अघि काठमाडौँ जिल्ला अदालतले जनही १० हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिए लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालत परिसरबाट यादब र शाहलाई नियन्त्रणमा लिएको थियो । शाह र यादबविरुद्ध रातो पासपोर्ट दुरुपयोग गर्दा सरकारी कागज किर्ते गरेको तथा भ्रष्टाचार गरेको अभियोगमा मुद्धा चलाउने तयारी भइरहेको अख्तियारका प्रवक्ता ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
संविधान निर्माणकालागि दवाव दिन पूर्वा सांसद धर्नामाः 
निर्धारित समय भित्रै शान्ति प्रक्रियालाई टुंगोमा पु¥याइ जेठ १४ मै सबिधान निर्माण कार्य सम्पन्न गर्न माग गर्दै पुर्व सांसद मञ्चले आज बाट चरणबद्ध आन्दोलन सुरु गरेको छ । 
आन्दोलनको पहिलो दिन उनीहरुले आज पुरा गर इमान  जमान भन्ने नारा सहित  संबिधानसभा भवन नयां वानेश्वर अगाडी १२ घण्टा धर्ना दिएका छन् । धर्नामा करिव दुई दर्जन पुर्व सांसदहरु सहभागी रहेका छन् । अनशन जेठ १४ गते सम्म जारी रहने मंचका कार्यवाहक अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 
संबिधान निर्माणको अवधी केहि दिन बाँकी छंदा समेत सबिधासभाले नयाँ सबिधान निर्माण गर्ने संकेत नदेखिए पछि समय भित्रै शान्ति र सबिधान निर्माण कार्यलाई  पुर्णता दिनका लागी राजनितीक दलहरुलाई दबाब दिन मञ्चले आज देखि चरणबद्ध दबाब अभियान सुरु गरेको हो । मञ्चले  तोकिएको समय भित्र जिम्मेवारी पुरा गर्न नसक्ने दलहरुलाई सबिधानसभाको म्याद थप्ने अधिकार नभएको जनाएको छ । मञ्चमा एकिकृत नेकपा माओबादी बाहके नेपाली कग्रेश, नेकपा एमाले, राष्टिय प्रजातन्त्र पार्टी लगायत २०४८ देखि २०५६ सम्म प्रतिनिधी सभामा प्रतिनिधीत्व गरेका राजनितीक दलका नेताहरु रहेका छन ।
विशेष समिति बैठक स्थगित
माओवादी लडाकु रेखदेख, समायोजन र पुनःस्थापना समिति अन्तर्गत गठित कार्यदलको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । नेताहरुको कार्य व्यस्तताका कारण अन्तिम समयमा आएर भोली सम्मका लागि गरिएको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् । लडाकुको समायोजन र पुनःस्थापनाको खाका पेश गर्न करिब डेढ महिना अघि गठन गरिएको कार्यदलले पछिल्लो पटक बसेको विशेष समितिको बैठकमा आफ्नो अन्तरिम प्रतिवेदन पेश गरेको थियो । बैठकमा नेपाली सेना, माओावदी लडाकु र अन्य सुरक्षा निकायबाट मिलाएर छुट्टै सुरक्षा निकाय बनाउने विषयमा छलफल हुने कार्यक्रम रहेको थियो । 
प्रधानमन्त्री खनाल टर्कीमा
प्रधानमन्त्री झलनाथ खनालले गरिव र सिमान्तकृत समूदायको अधिकारकलागि अल्पविकसित देशहरुबीच सहकार्य र ऐक्यबद्धता जनाउन आग्रह गर्नुभएको छ । टर्कीको स्तानबुलमा अल्पविकसित राष्ट्रका सासंसदको फोरमलाइ संवोधनगर्दै प्रधानमन्त्री खनालले अल्पबिकसित देशहरु खाद्य समस्या, इन्धन र आर्थिंक संकटवाट गुज्रीरहेको बताउनु भयो । उहाँले अल्पविकसित देशको विकासकालागि सांसदहरुले महत्वपूर्ण भूमिका खेल्नसक्ने भएकोले संसदीय फोरमलाइ सक्रिय बन्न आग्रह समेत गर्नुभएको छ । प्रधानमन्त्री खनालले विकासको मूल आधार जनता भएकाले जनतालाई दिईने सेवा जिम्मेवारीपूर्वक पूरा गर्नुपर्नै खाँचो औल्याउनुभयो ।
माओवादी समायोजनको अनर्गल प्रचारमाः सुशील
नेपाली काग्रेसका सभापति शुशील कोइरालाले माओवादी लडाकुको समायोजनका बिषयमा मूल कुरालाई बङ्ग्याएर अनर्गल प्रचार गरिहरहेको बताउनु भएको छ । नेपाल प्रेस यूनियन दाङले बिहान घोराहीमा गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले पछिल्लो पटक नेपाली सेनाले ल्याएको सेना समायोजनको खाकामा पनि सेनाामा प्रवेश गर्नका लागि ब्यक्ति ब्यक्ति योग्य हुनु पर्ने उल्लेख गरेपनि त्यसलाई माओवादीले ओझोलमा परेर आफू अनुकुल हुने गरीको प्रचार गरिरहेको बताउनुभयो । 
सहमति गर्दै जाने तर त्यसको पालना नगर्ने माओवादीको ब्यवहारका कारण शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रगति हुन नसकेको भन्दै कोइरालाले माओवादीको ब्यवहार नसुधिएसम्म दश बर्षसम्म पनि शान्ति र संविधानको कार्यभार पुरा हुनै नसक्ने ठोकुवा गर्नुभयो । माओवादीले सहमति कार्यान्वयन नगरेकै कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाउदै सभापति कोइरालाले शान्ति र संविधानको काम अगाडी नबढ्नुमा अरु दल दोषी नै नभएको दावी गर्नुभयो । शान्ति प्रक्रिया टुङ्गोमा पुग्ने आधार र संविधान बन्ने विश्वसनिय बातावरण नभएसम्म अव संविधानसभाको म्याद नथपिने उहाले बताउनुभयो । माओवादीले विश्वसनिय वातावरण निर्माण नगर्ने हो भने जेठ १४ पछि देश भयावह स्थितिमा पुग्ने धारणा उहाको छ ।
कार्यक्रममा काँग्रेस उपसभापति एंव संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले बिगतका सहमति पालना नगर्नु नै राष्ट्रका लागि सवैभन्दा ठूलो समस्या भएको बताउनुभयो ।  शान्ति प्रक्रिया र संविधान लेखनमा माओवादी इमान्दार नभएसम्म दुवै काम पुरा नहुने भन्दै उहाले माओवादीका पछिल्ला क्रियाकलापले शान्ति र संविधान समयमा नबन्ने पुष्टी भएको बताउनुभयो । त्यसैगरी नेता पौडेलले वर्तमान सरकार निर्माणका क्रममा माओवादी र एमाले विच भएको ७ वुँदे सहमती अहिले सम्मकै ईतिहाँसमा कलंक भएको वताउनु भयो । 
यसैबीच नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टि अध्यक्ष एवम् प्रधानमन्त्री झलथाथ खनालले केन्द्रीय कमिटीको निणर्य विपरित माओवादीलाइ गृह मन्त्रालय दिएको भन्दै कारवाही गर्ने चेतावनी दिनुभएको छ । विराटनगरमा संचारकर्मीहरु सँग कुराकानी गर्दै महासचिव पोखरेलले केन्द्रीय कमिटीले गृह मन्त्रीमा विष्णु पौडेलको नाम सिफारिस गरेको अवस्थामा खनालले माओवादीलाइ गृह मन्त्रालय सुम्पिएको भन्दै आलोचना गर्नुभयो । माओवादीका कृष्णबहादुर मन्त्रालयलाई गृहमन्त्री बनाएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष झलनाथ खनालले पार्टी निर्णय लत्याएको भन्दै महासचिव पोखरेलले आगामी पोलिटब्यरो बैठकमा खनालले कडा चुनौतीको सामना गर्नुपर्नै जिकिर गर्नुभयो ।
अन्तराष्ट्रिय समाचार
लादेनको भिडियो क्लिप्स सार्वजनिक
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ओसमा बिन लादेन विरुद्धको अन्तिम कार्वाही अघिको केही भिडीयो सार्वजनिक गरेको छ । भिडियो लादेन लुकेको घरबाट जफत गरिएको अधिकारीहरुले बताएका छन् । भिडियो टेपमा लादेनले टेलिभिजन हेरिरहेको र अमेरिकालाई केही सम्बोधन गरिएको दृश्य कैद गरिएको छ । सुरक्षाका हिसाबले दृश्यको आवाज भने सार्वजनिक गरिएको छैन । अमेरिकी सेनाले पाकिस्तानको अबोटाबाडमा गरेको कार्वाहीमा गत हप्ता लादेन मारिएका थिए ।
खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग फुटबल 
काठमाण्डौँ, २५ बैशाख । राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बांसवारी फुटबल क्लब विजयी भएको छ भने रानी पोखरी कर्नर टिम आरसिटी र मछिन्द्र फुटबल क्लब बिचको खेल बराबरी भएको छ । 
दशरथ रंगशाला त्रिपुरेश्वरमा भएको पहिलो खेलमा बाँसबारीले मोफसलको एकमात्र सहभागी क्लब कोइलापानीलाई ४—१ को फराकिलो अन्तरले पराजित गरेको थियो । बाँसबारीले उपहार स्वरुप कोईलापनीका आईतसिंह गुरुङबाट एक गोल पाएको थियो भने सजन लिम्बु,डेनिस ओभोको र श्याम नेपालीले थप एक एक गोल गर्दे टिमलाई ४–० को अग्रता दिलाएका थिए । यद्यपी खेलको अन्तिम ९० मिनेटमा कोईलापानकिा लागि मनोज गुरुङले सान्त्वना गोल गरेका थिए ।
प्रतियोगिता अन्तरगत नै आजै भएको दोश्रो खेलमा आरसिटी र मछिन्द्रले बराबरी खेलेका थिए । खेलको ७ औँ मिनेटमा आरसिटीले दिपेश मगरको गोलमा अग्रता लिएपनि मछिन्द्रका लागी गोपाल साउखलले खेलको ७४ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । 
 
 
No comments:
Post a Comment