प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजीनामा दिनुपर्छ ः ओली
UML Permanent Committee Member KP Sharma Oli |
नेकपा एमाले स्थायी समिति सदस्य केपी ओलीले प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा नेता ओलीले वर्तमान सरकार राष्ट्रिय सहमति निर्माणमा असफल भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर सहमतिको मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो । संविधान बनाउन गठन भएको वर्तमान सरकार असफल भइसकेकाले प्रधानमन्त्रीले बाटो छोड्नुको विकल्प नरहेको उहा“को तर्क थियो ।
नेता ओलीले देशलाई भड्खालोमा पर्न नदिन प्रमुख राजनीतिक दलहरू सम्मिलित सरकार गठन हुनुपर्ने बताउनुभयो । नेता ओलीले प्रधानमन्त्री खनालले पार्टी निर्णयविपरित गृहमन्त्रालय माओवादीलाई दिएकोमा असन्तुष्टि जनाउ“दै सबैले संस्थागत निर्णय मान्नुपर्ने धारणा राख्नुभयो । ओलीले भन्नुभयो ः पार्टि निणर्य कार्यन्वयन नगरेको बारे अध्यक्ष सँग हिसाब किताब खोजिन्छ ओलीले संविधानसभाको म्याद थप्नका लागि त्यसअघि नै सहमतिको सरकार बन्नुपर्ने जिकीर गर्नुभयो । नेता ओलीले राष्ट्रिय सहमतिको २२ दलको सरकार भा“डेर तीन दलको सरकार बनाएको खनालले तीन महिनासम्ममा कुनै पनि काम गर्न नसकेको दावी गर्नुभयो ।
जेठ १४ अगावै सम्पूर्ण कामको जानकारी गराइनेः
काठमाण्डौँ, २६ बैशाख । संविधानसभाले आगामी जेठ १४ सम्ममा नयाँ संविधान वा संविधानको एकीकृत मस्यौदा तयार गर्न नसकेपनि अहिलेसम्म भएका काम सम्बन्धी प्रतिवेदन बनाउने तयारी गरेको छ । संविधानसभा नागरिक सम्वन्ध समितिले आज पत्रकारहरुसंग गरेको अन्तरक्रिर्यामा समिति सभापति मीना पाण्डेले जेठ १४ अगावै संविधानसभाले गरेका कामवारे प्रतिवेदन सार्बजानिक गर्ने तयारी भएको जानकारी गराउनु भयो । उहाँले संविधानसभा नियमावली अनुसार नै नागरिक संम्बन्ध समितिले सवैपक्षसंग छलफलगरी यथार्थ जनता समक्ष लैजाने बताउनुभयो ।
बैठकमा अनुगमन उपसमिति संयोजक सभासद हर्कबहादुर सिंहले सभासदको जागरि थपगर्नका लागिमात्र संविधानसभाको म्याद थपगर्ने कुरा जनताकालागि ठोस कामगर्न जरुरी रहेको बताउनुभयो । उहाँले सकेसम्म जेठ १४ भीत्र संविधानको एकीकृत मस्यौदा सार्वजानिक गर्नुपर्ने बताउनुभयो ।
सभासद सिंहले संविधान निर्माणमा देखिएको समस्यावारे संविधानसभाका बिषयगत समितिका सबै सभापतिसंग छलफल गर्ने तयारी रहेको बताउनुभयो । समितिले संविधान निर्माण प्रक्रिर्याबारे जनतालाइ सुशुचित गराउन एमएम रेडियोको भुमिका अतुलनिय रहेको ठहर गरेको छ ।
प्रधानमन्त्री खनाल टर्कीमा ः अति कम विकसित मुलुकको संख्या कम हुनपर्नेमा जोड ।
टर्की, २६ चैत्र । प्रधानमन्त्री झलनाथ खनालले विश्वका अतिकम विकसित मुलुकहरुले आफ्नो अवस्थामा सुधार ल्याउन एकताबद्ध भएर अघि बढ्नपर्ने बताउनु भएको छ । टर्कीमा आजदेखि सुरु अतिकम विकसित मुलुकहरुको सम्मेलनलाइ सम्बोधन गर्दै प्रधानमन्त्री खनालले अतिकम विकसित मुलुकको साझा समस्या भनेको भौतिक पूर्वाधारहरुको विकास भएको उल्लेख गर्दै अन्तराष्ट्रिय सहयोगमा वद्धि हुनुपर्ने धारणा राख्नुभयो । खनालले अति कम विकसित ४८ देशलाइ त्यस्तो नराम्रो पहिचानबाट हटाउनु पर्ने धारणा समेत राख्नु भएको थियो । खनालले भन्नुभयो ः हामी अन्तराष्ट्रिय समुदायलाइ बृहत मात्रामा सहयोगको वृद्धि तथा विकासको प्रतिबद्धताका साथ अगाडी आऊन आग्रह गर्दछौँ ।
अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतले प्रधानमन्त्री खनालले अतिकम विकसित मुलुकहरुमा विकासका प¥याप्त सम्भावना हुदाँ हुदैँपनि दुइ अर्ब मानिस गरिबीको रेखामुनी बाच्च बाध्य भएकोप्रति दुःख ब्यक्त गनुृभयो । प्रधानमन्त्री खनालले विश्व आर्थीक मन्दिको असर अतिकम विकसित मुलुकहरुमो ब्यापक रुपमा परेको प्रति अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो ः आर्थीक मन्दीका कारण पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि भएके छ भने जनताले धान्नै नसक्ने गरि खाद्यान्को मुल्य वृद्धि भएको छ । प्रधानमन्त्री खनालले आर्थीक मन्दीले रेमिट्यान्समा प्रत्यक्ष प्रभाव परेको तथा अन्तराष्ट्रिय लगानी भित्रन नसकेको बताउनुभयो । अतिकम विकसित मुलुकको संगठको सदस्य संख्या २५ बाट बढेर ४८ पुगेको प्रति प्रधानमनत्री खनालले अविकसित मुलुकहरुको संख्या कम हुनुपर्नेमा वृद्धि भएको भन्दै नयाँ निति निमार्ण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
सम्मेलनलाइ सम्बोधन गर्दै प्रधानमन्त्री खनालले नेपाल गणतन्न्त्रिक मुलुकमा रुपान्तरण भएको, दश बर्षे द्धन्द्धको अन्त्य भएको तथा संविधान सभाको निर्वाचन भइसकको भन्दै शान्ति प्रक्रिया र संविधान निमार्ण प्रक्रिया सहमतिका साथ अगाडी बढिरहेको जानकारी गराउनुभयो ।
रातो पासपोर्ट काण्ड राजनीतिक पूर्बाग्रहः फोरम
काठमाण्डौ, वैशाख २६ । मधेशी जनअधिकार फोरमले राजनीतिक प्रतिशोध स्वरुप आफ्नो पार्टीका सभासदमाथी कुटनीतिक राहदानी दुरुपयोगको आरोप लगाइएको दावी गरेको छ । फोरमको आज बसेको संसदीय दलको बैठकले आरोपितमाथी मुद्दा दायर नगरी सभासदको चरित्रहत्या गर्ने उदेश्यले मिडियामा प्रचारवाजी गरिएको भन्दै आपत्ति जनाएको हो । बैठक पछि फोरमका प्रमुख सचेतक चन्द्रिका प्रसाद यादवले बाहिर आएका खबरवारे गम्भीर छलफल भएको जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री समेत रहनुभएका अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्कीएपछि यसवारे ठोस निर्णयमा पुगिने सचेतक यादवले बताउनुभयो । बैठकमा आरोप लागेका रामसहायप्रसाद यादव र रम्भा देवीले आफूहरु निर्दोश रहेको बताएका थिए । सल्मा खातुन मिकरानी र शिवपुजनराय यादव भने राजधानी बाहिर रहेका कारण संसदीय दलको बैठकमा उपस्थित थिएनन् । फोरमले आफ्नो पार्टी बिरुद्ध नियोजित षडयन्त्र स्वरुप पासपोर्ट प्रकरण अगाडि सारिएको भन्दै निश्पक्ष छानविनका लागि सरकारसंग आग्रह गर्ने तयारी गरेको छ ।
यसैबिच कुटनीतिक राहदानी दुरुपयोग गरेको आरोप लागेका मध्ये दुई सभासदहरुले आफूहरुमाथिको आरोप मधेस विरुद्धको षडयन्त्र भएको बताएका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रममा आफ्नो राहदानी देखाउँदै उनीहरुले मधेसी नेताहरुलाई बदनाम गरेर मधेस आन्दोलन र त्यसको उपलब्धिलाई नष्ट गर्न योजनाबद्ध रुपमा दुष्प्रचार गरिएको दावी गरेका हुन् । मधेसी जनअधिकार फोरम नेपालका महासचिव राम सहाय यादवले सभासदलाई बदनाम गरेर संविधानसभा विघठन गराउने षडयन्त्र स्वरुप यस्तो आराप लगाइएको दावी गर्नुभयो । उहाले आफुले कुटनीतिक राहदानी दुरुपयोग गरेको प्रमाणित गर्न चुनौती समेत दिनुभयो । यस्तै राहदानी दुरुपयोगका आरोप लागेका मधेश क्रान्ति फोरम पार्टीका संयोजक सन्जय साहले आफूले पासपोर्ट लिए देखि कतै विदेश नगएको र पासपोर्टमा भिसा पनि नलागेको दाबी गर्दै मधेसी नेताको चरित्र हत्या गर्ने पार्ने योजना अनुसार अख्तियारले यस्तो आरोप लगाएको बताउनुभयो ।
सगरमाथा चढ्न हिडेँका उपाध्यायको निधन
काठमाण्डौँ, २६ बैशाख । सबैभन्दा वृद्ध उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण किर्तिमान राख्न हिडेँका पूर्व परराष्ट्रमन्त्री सैलेन्द्रराज उपाध्यायको निधन भएको छ । सगरमाथाको आधार शिविरमा नै स्वाथ्य स्थीति खराब भएपछि उपाध्यायलाइ उपचारका लागी ल्याउँदै गर्दा मृत्यु भएको हो । उपाध्याय बैशाख पहिलो साता सगरमाथा आधार शिविर पहिलो प्रस्थान गरेका थिए । उपाध्यायले आफ्ना साथी मिन बहादुर शेरचनले ७६ बर्षको उमेरमा सगरमाथा आरोहण गरि वृद्ध वृद्धाको सेवाका लगाी काम गर्ने बताएपनि नगरेकाले वृद्ध वृद्धाको सेवाका लागी सगरमाथा आरोहण गर्न लागेको बताएका थिए । सबैभन्दा धेरै उमेरमा सगरमाथा चढेको रेकर्ड भने जापानी नागरिक ७९ बर्षका मिऊराको नामामा रहको छ ।
उपाध्याय २०४६ सालको आन्दोलनको समयमा परराष्ट्रमन्त्री रहेका थिए । आन्दोलन बढ्दै गएपछि उनले पदबाट सबैभन्दा पहिला राजिनामा दिएका थिए ।
संक्रमणकालको नाजायज फाइदा उठाउने खतराः गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री कृष्णबहादुर महराले संविधान निर्माण र मुलुक संक्रमणकालिन राजनीतिवाट गुज्रीरहेको समयमा विभिन्न समुहहरुले त्यसको गलत फाइदा उठाउने खतरा रहेको बताउनु भएको छ । सरकार शान्ति सुरक्षाको प्रभावकारी व्यबसथापनमा लागेको भएपनि त्यसमा राजनीतिक दल र जनताको समेत सहयोग जरुरी रहेको उहाँको भनाइ थियो । व्यबसथापिका संसदको राज्य व्यबस्था समिति बैठकमा मन्त्री महराले आफूले भर्खरै गृहमन्त्रालयको जिम्मेवारी सम्हालेकोले शान्ति सुरक्षा कसरी सुद्रीढ गर्ने भन्ने विषयमा योजना बनाइ रहेको बताउनुभयो । मुलुकको शान्ति सुरक्षाको अबस्थावारे समितिले आगामी विहिबार गृहमन्त्री महरासंग थप छलफल गर्नेछ ।
यसैबीच राज्यव्यबस्था समितिले सुडानको डार्फरमा राष्ट्रसंघीय शान्ति मिसनमा खटिएको प्रहरीकालागि बन्दोबस्तीका समाग्री खरिदमा भएको अनियमितामा संलग्नलाइ कार्वाही गर्नेवारे सरकारको ध्यानाकर्षण गराएको छ । कारवाही प्रक्रिर्यावारे थप जानकारी गराउन विहिबार गृहमन्त्री महरालाइ समितिमा बोलाइएको समिति सभापति रामनाथ ढकालले जानकारी दिनुभयो ।
बैठकमा डार्फर घोटालाको संसद्ययि छानविन समितिका संयोजक एमाले सभासद प्रदीप ज्ञवालीले देशकै बेइजती भएको त्यतिठूलो घोटालामा संलग्नमाथी कावीही नभएकोमा आफूलाइ दुख लागेको बताउनुभयो । उहाँले अनियमितावारे अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको सरुवा गरिएका कारण सरकारले डार्फर घटनाका आरोपीतलाइ उन्मुक्ति दिन खोजेको सन्देश गएको बताउनुभयो । प्रहरीकालागि ४४ करोडको बन्दोबस्ती सामान खरिदगर्दा झण्डै ३० करोड अनियमिता भएको संसदीय समितिले ठहर गरेको थियो ।
खनाललाई कारबाही वा अत्मालोचना गर्न लगाउने ः माधव नेपाल
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गृहमन्त्रि माओबादीलाई दिएकोमा प्रधानमन्त्रि झलनाथ खनाललाई पार्टीले कारबाही गर्ने बताउनु भएको छ । नेपालगञ्ज बिमान स्थलमा आज प्रेस चौतारी बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पार्टीभित्र बिवाद बढेकोमा चिन्तित नहुन कार्यकर्तालाई आग्रह गर्दै खनाललाईं कारबाही गर्ने वा आत्मालोचना गर्न लगाएर सहमती गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । माओबादीलाई गृह मन्त्रालय दिएर प्रधानमन्त्रि खनालले पार्टीको निर्णय उलंघन गरेको उहाको आरोप थियो ।
पार्टीभित्र कुनैपनि बिवाद नरहेको दाबी गर्दै नेता नेपालले एमाले सधै एकढिक्का भइरहनेमा बिश्वास व्यक्त गर्नुभयो । उहाले एमाले माओबादीजस्तो अराजक र कंग्रेशजस्तो यथास्थितीबादी नभएको उल्लेख गर्दै राजनीतिलाई आर्थिक सामाजिक रुपान्तरणतर्फ उन्मुख गराउने पार्टी भएको दाबी गर्नुभयो । उहाले माओबादीका कारण थपिएको १ बर्षमा पनि संबिधान नबनेको बताउदै अब म्याद थपिएपनि माओबादी अध्यक्ष प्रचण्डले चाहे संबिधान बन्ने ठोकुवा गर्नुभयो । आगामी जेठ १५ मा संबिधानको मस्यौदा मात्र भएपनि जारी गर्नुपर्ने नेता नेपालको भनाइ थियो ।
खस क्ष्ँेत्रीद्धारा आन्दोलनको घोषणा
खस क्षेत्री संयुक्त राष्ट्रिय आन्दोलन समितिले पा“चब“ुदे माग राख्दै विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरी बैशाख ३० गतेदेखि एक सातासम्म विभिन्न चरणका अन्दोलन कार्यक्रम घोषण गरिएको हो । संविधानसभाको भवन अगाडि धर्ना दिने, राजधानीका बानेस्वर, महाराजगञ्ज, कलंकी लगायतका ठा“उमा कोणसभा गर्ने आन्दोलन समितिले जनाएको छ । नया“ सविधानमा खसक्षेत्रीलाई आदिवासीका रुपमा उल्लेख गरी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।
यसैबिच जातिय राज्य र जातिय आरक्षणको विरोधमा क्षेत्रि समाजले आह्वान गरेको बन्दका कारण आज दिनभर राप्ति अन्चलका बिभिन्न जिल्लाको जनजीवन प्रभावित वनेको छ । आफुहरुले राखेका मागहरु तत्काल पुरा गर्न पनि क्षेत्री समाजले सरकारसंग जोडदार माग गरेको छ ।
अन्तराष्ट्रिय समाचार
सिरियामा आन्दोलनकारी रहेको स्थानमा कब्जा
सिरियाली सैनिकहरुले आन्दोलनकारीहरुको केन्द्रको रुपमा रहेको राजधानी दमास्कसको विभिन्न स्थानालइ घेराबन्दी गरि कारबाही सुरु गरेको छ । सैनिकहरुले टेलिफोन लाइन विच्छेद तथा विद्युत आपुर्ति समेत कटौति गरि कारवाही थालेको अन्तराष्ट्रिय मानवअधिकारवादी संघ संस्थाहरुले जनाएका छन् ।
सैन्य कारवाही गरिएको शहरका विभिन्न स्थानमा गोली चलेको आवाज सुनिएको तथा आकाशमा कालो धुँवा देखिएको विविसीले उल्लेख गरेको छ । सिरियाली सैनिकहरुले प्रर्दशनकारी रहेका डेरारा, बनियास, मुद्यामिया लगायतका स्थानमा कारवाही गरिरहेका छन् । सिरियाली सरकारी समाचार समितीले एक ब्यक्तिले थापेको एम्बुसमा परि १० जनाको मृत्यु भएको जनाएको छ । यद्यपी सिरियामा अन्तराष्ट्रिय सचांर माध्यमहरुमा प्रतिबन्ध लगाइएकाले समाचारको पुष्टि भने भएको छैन । सिरियामा राष्ट्रपति बसिर अल असदको राजिनामा माग गर्दै दुइ साता यता ब्यापक प्रर्दशन हुदैँ आएको छ ।
बिन लादेन कसरी पुगे पाकिस्तान छानविन गर ः ओबामा
अमेरिकी राष्ट्रपति वराक ओबामाले बिन लादेन बर्षौ सम्म पाकिस्तानमा लुकेर वस्न सहयोग गर्ने संजालको खोजी गर्न पाकिस्तानलाइ आग्रह गर्नुभएको छ । ओवामा एक टेलिभिजन अन्र्तवार्तामा पाकिस्तानी सरकारका अधिकारीहरुले अलकायदा प्रमुख लादेनलाई सहयोग गरे नगरेको प्रमाण आफुसंग नभएको पनि स्पष्ट पार्नुभएको छ । राष्ट्रपति ओवामाले लादेन एबोटाबादमा रहे नरहेको वारे पाकिस्तानी अधिकारीहरुलाई जानकारी थियो वा थिएन भन्ने कुरा पाकिस्तान सरकारले पत्ता लगाउनुपर्छ । पाकिस्तानले भने लादेन एबोटाबादमा रहे नरहेको बारेमा पाकिस्तानी अधिकारीहरुलाई थाहा नभएको दाबी गर्दै आएको छ । यद्यपी, पाकिस्तानले लादेन एबोटाबादमा रहनुमा उनको एउटा संजालले काम गरेको हुन सक्ने भन्दै त्यस्को जांचको जरुरी रहेको बताएको थियो । अमेरिकी बिशेष सेनाको कारवाहीमा अलकायदा प्रमुख लादेनको मृत्यु भएपछि पाक–अमेरिका सम्बन्ध चिसीदै गएको छ ।
खेल समाचार
बौद्धले खाता खोल्यो
राजधानीमा जारी शहिद ए डिभिजन लिग अन्तरगत आज भएको खेलमा मनाङ मस्र्याङ्दि र बौद्ध फुटबल क्लव बिजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा बौद्धले नवप्रवेशी युनाइटेड युथलाई पराजित गर्दै अंकको खाता खोल्न सफल भयो । महत्वपूर्ण तीन अंक हात पार्ने क्रममा बौद्धका अफ्रिकी फरवार्ड इग्युइनले ह्याट्रीक गरेका थिए । इग्युइनले पहिलो ४६ औ, ५५ औ र ६९ औ मिनेटमा गोल गर्दै ह्याट्रीक गरेका थिए । जारी लिगमा इग्युइनले ह्याट्रीक गर्ने पहिलो बिदेशी खेलाडी समेत भएका छन् । चार बिदेशी खेलाडी सहित मैदान ओर्लिएको बौद्धले यस अघिका खेल भन्दा केहि सुधारिएको प्रदर्शन गरको थियो ।
यता प्रतियोगिता अन्तर्गत आजै भएको दोस्रो खेलमा मनाङले शसस्त्र प्रहिरि बलको एपीएफ क्लवलाई ३–० ले पराजित गर्न सफल भएको छ । मनाङको लागि पहिलो गोल कप्तान टासि छिरिङले गरेका थिए । खेलको २७ औ मिनेटमा सुजल श्रेष्ठले गरेको कर्नर प्रहारलाई टासिले हेड मार्फत गोल गरेका थिए । त्यस पछि पहिलो हाफमा कुनै गोल हुन सकेन । दोस्रो हाफको ११औ मिनेटमा मनाङले गोल अन्तर दोब्बर पा¥यो । मनाङको लागि दोस्रो गोल सन्तोष साहुखलले गरेका थिए । यस्तै खेलको ७० औ मिनेटमा टासीले ब्यक्तिगत दोस्रो ताथ टोलीको लागि तेस्रो गर्न सफल भए ।
राष्ट्रिय क्रिकेट लिग ः क्रिकेट
राजधानीमा जारी राष्ट्रिय एकदिवसिय क्रिकेटमा नेपाल पुलिस र एपीएफ क्लव बिजयी भएका छन् । कीर्तिपुर स्थित त्रिभुवन विश्वबिद्यालको मैदानमा भएको खेलमा एपीएफले जनकपुरधामलाई ९ विकेटले पराजित ग¥यो । टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरधामले जम्मा २७ ओभर ३ बल खेल्दै केवल ४६ रनमा खुम्चियो । जनकपुरलाई सस्तैमा समेट्न एपीएफका शक्ति गौचनले ५ विकेट लिन सफल भए । ८ ओभर बलिङ गरेका शक्तिले ६ मेडन ओभर फ्याक्दै केवल ३ रन मात्र खर्चेका थिए । जनकपुरको लागि सोभाकान्त पान्डेले सबैभन्दा बढि १६ रन बनाएका थिए । जनकपुरका अन्य ब्याट्म्यान दोहोर अंक नजोड्दै पेभेलिन फर्के । ४७ रनको झिनो लक्ष्य एपीएफल ९ ओभर ५ बल खेल्दै १ विकेटको नोक्सानीमा पुरा ग¥यो । एपीएफको लागि परेश लोहनीले २२ रन बनाएका आउट भए । एपीएफका सुबास खकुरेल १८ र सनाम गौतम ५ रनमा अविजित रहे ।
प्रतियोगिता अन्तर्गत आजै भएको अर्काे खेलमा नेपाल पुलिसले पोखरालाई १ सय १४ रनले पराजित गरेको छ । लगातार दोस्रो जितसंगै पुलिस समूह एको शीर्ष स्थानमा उक्लिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पुलिले ३६ ओभर २ बल खेल्दै २ सय २७ रन बनाएको थियो । २ सय २८ रनको लक्ष्य पछ्याएको पोखरा ३३ ओभरमा जम्मा १ सय १३ रनमा खुम्चियो ।
No comments:
Post a Comment