बर्षमान पुन अनन्त ः सेना समायोजनमा सहमति नजिक
काठमाण्डौँ, २७ बैशाख । सेना समायोजिन विषेश समिती सदस्य समेत रहनु भएका एकीकृत नेकपा माओबादी नेता बर्षमान पुन अनन्तले मिश्रित फोर्स बनाएर माओबादी लडाकुको समायोजन गर्ने बिषयमा दलहरु सहमती नजिक पुगेको बताउनु भएको छ ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा नेता पुनले नेपाली सेनाको महानिर्देशनालयको मातहतमा रहने गरी माओबादी लडाकुको छुट्टै फोर्स बनाउनमा दलहरु सहमती नजिक पुगेको बताउनुभयो । नेता पुनले आगामी जेठ १४ अघि नै सेना समायोजनको कार्यतालिका र मोडलिटी समेत तयार हुने दाबी गर्नुभयो । उहाँले संबिधान सभाको म्याद नथपिए राष्ट्रपति शासन लागु हुनसक्ने समेत चेतावनी दिनुभयो । संबिधान सभाबाटै संबिधान जारी गर्नका लागि संबिधान सभाको म्याद थप गर्नुपर्ने उहाको भनाइ थियो ।
बर्तमान सरकारको बिकल्प खोज्नुको औचित्य नरहेको दाबी गर्दै उहाले आलोपालो प्रणालीबाट सरकारको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सहमतीको सरकार गठनकालागि कांग्रेश पनि बर्तमान सरकारमा सहभागी हुनुपर्ने उहाको भनाई थियो ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा नेता पुनले नेपाली सेनाको महानिर्देशनालयको मातहतमा रहने गरी माओबादी लडाकुको छुट्टै फोर्स बनाउनमा दलहरु सहमती नजिक पुगेको बताउनुभयो । नेता पुनले आगामी जेठ १४ अघि नै सेना समायोजनको कार्यतालिका र मोडलिटी समेत तयार हुने दाबी गर्नुभयो । उहाँले संबिधान सभाको म्याद नथपिए राष्ट्रपति शासन लागु हुनसक्ने समेत चेतावनी दिनुभयो । संबिधान सभाबाटै संबिधान जारी गर्नका लागि संबिधान सभाको म्याद थप गर्नुपर्ने उहाको भनाइ थियो ।
बर्तमान सरकारको बिकल्प खोज्नुको औचित्य नरहेको दाबी गर्दै उहाले आलोपालो प्रणालीबाट सरकारको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सहमतीको सरकार गठनकालागि कांग्रेश पनि बर्तमान सरकारमा सहभागी हुनुपर्ने उहाको भनाई थियो ।
शान्ति र संविधानवारे कागे्रसको धारणा जेठ ६ गते
काठमाण्डौँ, २७ बैशाख । नेपाली कांग्रेसले आउँदो जेठ ६ गते मात्र शान्ति र संविधान बारे पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्ने भएको छ । आगामी जेठ ६ गते राजधानीमा हुने सभा मार्फत शान्ति र सविधानबारे पार्टीको आधिकारीक धारणा सार्वजानिक गर्ने तयारी भएको कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो । देशभर भैरहेको जागरण अभियानबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसंग भएको अन्तरक्रिर्यामा महामन्त्री सिटौलाले शान्ति र सविधानसम्बन्धी पार्टीको धारणा बनाउने गृहकार्य भैइरहेको समेत बताउनुभयो ।
महामन्त्री सिटौलाले कांग्रेसले शान्ति प्रक्रियालाई पुर्णता दिइ लोकतान्त्रिक संविधान बनाउन चाहेको स्पष्ट पार्नुभयो । उहांले जेठ १४ गतेसम्म माओबादीले हतियार र लडाकुको सम्बन्धविच्छेद नगरे सविधानसभाको म्याद नथप्ने पूर्व अडान दोहो¥याउनुभयो । महामन्त्री सिटौलाले लडाकुको समायोजन र पुर्नस्थापना नभएसम्म शान्ति प्रक्रियाले पुर्णता नपाउने हुदा त्यतिबेलासम्म संविधान निर्माण असम्भव रहेको जिकिर गर्नुभयो । सिटौलाले माओबादी र प्रधानमन्त्री झलनाथ खनालका कारण राष्ट्रिय सहमति हुन नसकेको आरोप लगाउनुभयो । राजधानीबाहिर केन्द्रीय स्तरका पा“च र जिल्लास्तरीय ३६ ठाउ“मा सभा भएको महामन्त्री सिटौलाले जानकारी दिनुभयो । जागरण्ँ अभियानले आन्तरिक पार्टी जीवनलाई मजबुद बनाउन ठूलो ऊर्जा मिलेको उहांको भनाइ थियो । वैशाख ११ बाट पोखराबाट सुरु भएको कांग्रेसको जागरण्ँ अभियान जेठ ६ गते राजधानीमा आमसभा समापन हुनेछ ।
संसदवादीदलमा वामपन्थी संविधानको भयः प्रचण्ड
काठमाण्डौँ, २७ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधानमा वामपन्थीहरुको छाप पार्ने भएकाले संसदबादी दलहरुले संविधानसभा भंग गर्ने षडयन्त्र गरेको आरोप लगाउनु भएको छ । वरिष्ठ वामपन्थी नेता निर्मल लामा स्मृति समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानसभामा ६२ प्रतिशत वामपन्थी दल रहेकाले संविधानसभा भंग गर्ने चालबाजी गरिरहेको आरोप लगाउनुभएको हो । संविधान बनेमा माओवादीको छाप जनता र संविधानमा पनि पर्ने भएकाले जनताको पक्षको संविधान नचाहनेहरुले षड्यन्त्रका हरकत अपनाएको उहाँको आरोप थियो ।
माओवादीले शान्ति र संविधानका लागि अन्तिम समयसम्म पनि पहल गर्ने स्मरणगर्दै प्रचण्डले संविधान बन्न नदिने षड्यन्त्र भए जनताले आफै संविधान बनाउने चेतावनी दिनुभयो । शान्ति र संविधानलाई निष्कर्षमा पु¥याउन नदिन र निरकुशता लाद्न खोजिए माओवादी सडकमा आएर जनताको उद्देश्य पुरा गर्ने उहांको दावी थियो । अहिले मुलुकका सबै कम्युनिष्ट पार्टीबीच सम्भावना चुनौतीहरु रहेको भन्दै उहांले विश्व कम्युनिस्ट आन्दोलनले माओवादी नेतृत्वलाई नियालीरहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले जेठ १४ सम्म नयाँ संविधानको एकीर्कत मस्यौदा बनाउन सकिए संविधानसभाको म्याद थपगर्ने अबस्था सृजना हुने उल्लेख गर्नुभयो । कार्यक्रमा अन्य बामपन्थी नेताहरुले नेपालका कम्युनिस्ट आन्दोलनका अगुवा निर्मल लामाको विचारले सर्वहारावर्गको आन्दोलनलाई सफल बनाउन मद्दत मिलेको बताएका थिए ।
रुकुममा बस दुर्घटनामा परी चार जनाको मृत्यु, ४८ जना घाईते
रुकुम, २७ बैशाख । रुकुममा आजविहान भएको वस दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ४८ जना यात्रु घाईते भएका छन् । रुकुमको खलंगावाट दाङतर्फ आउँदै गरेको रा१ख ३६५ नम्वरको वस रुुकुमको मुरु गाविसको दाडिमाडेमा दुर्घटना भएको अञ्चल प्रहरी कार्यालय राप्तीले जनाएको छ । मृत्यु हुनेमा रुकुम स्यालाखदिका विर्खु विक र कमल ऐरी रहेको वताईएको छ । मृतक अर्का एक जनाको अँझै सनाखत भएको छैन । दुर्घटनामा परी घाईते भएका मध्य ३४ जनालाई रुकुम जिल्ला अस्पतालमा प्रारम्भीक उपचापछि थप उपचारका लागी नेपालगन्ज लगिएको छ भने अन्यको रुकुममै उपचार भैरहेको छ । वस सडक देखी ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
यसैबीच, बागलुङबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस धादिङको खयरघारीमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । बागलुङबाट काठमांडौ आउँदै गरेको ना३ख ९६८१ नम्बरको बस दुर्घटना हुँदा बागलुङ मान्माका सूर्यबहादुर मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका हरुको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पाँचबर्षपछि नेपाल विकसित राष्ट्रः प्रधानमन्त्री
टर्की, २७ बैशाख । प्रधानमन्त्री झलनाथ खनालले तीब्र आर्थिक विकासको प्रक्रियामार्फत आगामी पाँच बर्षभित्रै नेपाल अतिकम विकसित अवस्थाबाट धेरै अगाडि बढ््नसक्ने विचार व्यक्त गर्नुभएको छ । टर्कीको स्तानबुलस्थित अतिकम विकसित राष्टहरुको समुुहको ब्युरो कार्यालयमा नेपाली संचारकर्मीहरुसँगको भेटघाटमा प्रधानमन्त्री खनालले विश्व विकासका क्रममा विगतमा भएको त्रुटिका कारण नेपाललगायत ४८ वटा मुलुकहरु गरिबी र अतिकम विकासको स्थितिबाट गुज्रिनु परेको बताउनु भएको हो ।
‘शान्ति प्रकृयालाई पूर्णतामा पुर्याएर नयां संविधान जारी गरिसकेपछिको नयां स्थितिमा मुलुक स्थायित्व, विकास र समृद्धिको नयां युगतर्फ अघि बढ्ने छ, उहाँले भन्नुभयो–यतिवेला हामी सवै त्यही नयां परिस्थिति र वातावरण श्रृजना गर्न लागिपरेका छौ ।’ विगत पांच सय वर्षमा विकास भएको विश्वको राजनीतिक र आर्थिक व्यवस्था एवम् संरचना अन्यायपूर्ण रहेकै कारण सन् १९७१ मा विश्वका अति अल्प विकसित २५ राष्टहरुको पहिचान गरी तिनको विकासका लागि छुट्टै प्रयत्न अघि बढाइएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्रीले अल्प विकसित राष्टहरुको छुट्टै सम्मेलन गरी तिनको हैसियत माथि उठाउने क्रम थालनी भएपनि फ्रान्सको पेरिसमा सम्पन्न पहिलो र दोश्रो तथा बेल्जियमको ब्रसेल्समा तेश्रो विश्व सम्मेलन मार्फत कार्ययोजना तर्जुमा गरिएपनि कार्यान्वयन नभएकोमा चिन्ता जनाउनुभयो । आगामी कार्ययोजनाअन्र्तगत कम्तिमा आधा अर्थात २४ राष्टहरुलाई अति अल्प विकसित अवस्थाबाट माथि उठाउनुपर्ने बारेमा छलफल जारी रहेको उहाँले बताउनुभयो । जारी चौथो सम्मेलनका सामु धेरै महत्वपूर्ण जिम्मेवारी रहेको पनि उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो–स्तानबुल कार्ययोजना तयार गर्न वार्ताको क्रम जारी छ । विकसित मुलुकहरुले आफ्नो कूल गार्हस्थ उत्पादनको शून्य दशमलव २ प्रतिशत हिस्सा अल्प विकसित राष्टहरुलाई सहयोगकारुपमा उपलब्ध गराउनु पर्दछ भन्ने जोडदार माग रहेको छ । तर विकसित मुलुकहरुले विगतमा आपैmले गरेको प्रतिबद्धतासमेत पूरा नगरेको अवस्थाले समस्या परिरहेको छ ।
स्तानबुल सम्मेलनमा अन्तर सरकार, संसदीय, नागरिक समाज र निजी क्षेत्रका अलग अलग समुहमा बहस चलिरहेको उल्लेख गदै अति अल्प विकसित राष्टहरुको समूहका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री खनालले जोड दिनुभएको उहाँका पे्रस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । नेपालले अध्यक्षको हैसियतमा योग्यता र क्षमतापूर्वक अति अल्प विकसित राष्टहरुको नेतृत्व गरेर ठोस परिणाम हासिल गर्न ध्यान पुर्याउनै पर्ने प्रधानमन्त्रीको भनाइ रहेको थियो ।
यसैब्ीच टर्कीको राजधानी स्थानाबुलमा जारी अति कम विकसित राष्ट्रहरुको सम्मेलन एलडिसीमा सहभागी हुन टर्कीमा र्हनुभएका प्रधानमन्त्री खनालले संयुक्त राष्ट्रसङघका महासचिव वान्की मुनसँग सहित अन्य विभिन्न देशका प्रतिनिधीहरुसँग शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा आज छलफल गर्नुभएको छ । राष्ट्रसङघका महासचिव मुनसँग करिब डेढ घन्टासम्म चलेको छलफललमा प्रधानमन्त्री खनालले नेपालको वर्तमान राजनितिक अवस्था, जारी शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा पछिल्ले प्रगितीबारे मुनलाई जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार सो अवसरमा प्रधानमन्त्री खनालले आफू नेतृत्वको सरकार शान्ति प्रक्रियालाई पूर्णतामा पुराउने र संविधान लेखनलाई पूरा गर्नै कार्यमा केन्द्रित रहेको बताउनुभएको थियो । साथै खनालले हालकै संविधान सभाको म्याद थपेरै भएपनि यही सरकारले नै संविधान जारी गर्ने महासचिव मुनसँगको भेटमा विश्वास जनाउनुभएको थापाले जानकारी दिनुभयो । भेटका अवसरमा मुनले शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुराउन र समयमै संविधान लेखनलाई पूरा गर्न खनाल नेतृत्वको सरकालाई शुभकामना दिनुभएको थियो । साथै मुनले वर्तमान सरकाले नै शान्ति र संिवधानको कार्यभार पुरा गर्नैमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभएको थियो ।
यसैबीच प्रधानमन्त्री खनालले पूर्व परराष्ट्र्मन्त्री शैलेन्द्रकुमार उपाध्यायको निधनप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ । खनालले उहाँलाई ं सकारात्मक सोच र आत्मविश्वासका धनी एवं कुशल राजनीतिकर्मी तथा कूटनीतिज्ञ समेत भएको रुपमा स्मरण गर्नुभएको छ । सगरमाथा विजय गर्ने बृद्धतम् व्यक्ति बन्ने उहांको आकांक्षा पूर्ण हुनु केही अघि मात्रको उहांको निधनले हामी मुलुकवासीलाई अवश्य थप दुःखी तुल्याएको छ,प्रधानमन्त्रीद्धारा जारी शोक ब्यक्तव्यमा भनिएको छ ।
राहदानी दुरुपयोग छानविनका लागी सर्बदलीय संसदीय छानविन समिति गठनगर्न माग
काठमाण्डौँ, २७ बैशाख । मधेशी जनाधिकार फोरमले सभासदले कुटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने सम्बन्धमा यथार्थ बुझ्न सर्बदलीय संसदीय छानविन समिति गठनगर्न माग गरेको छ । फोरमले अख्तियार दुरपयोग अनुसन्धान आयोग आफै शंकाको घेरामा परेकोले संसदीय छानविनगर्न मागगर्दै सभामुख सुवासचन्द्र नेम्वाङलाइ ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउदै फोरम सहध्यक्ष जेपी गुप्ताले कुनै पार्टी र समूदायप्रति लक्षित देखिएकोले संसदीय छानबिनको माग गरिएको बताउनुभयो ।
सभामुख नेम्वाङलेपनि फोरमले राखेको बिषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै यसवारे दलहरुसंग छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । फोरमले संसदीय दलको कार्यालय सिंहदरवारमा पत्रकार सम्मेलनको आयोजनागरी सम्पूर्ण सभासदमाथी लागेको आरोपको निश्पक्ष छानविनकालागि संसदीइ छानविनको माग गरेको छ । पत्रकार सम्मेलनमा फोरम महासचिव रामसहाय प्रसाद यादवले अख्तियारको विश्वसनियतामा प्रश्न चिन्ह उव्जीएकोले संसदीय छानविन जरुरी रहेको बताउनुभयो ।
फोरमले राहदानि दुरुपयोगको आरोप लागि ‘फरार’ भनिएका सभासद शिवपुजन यादवभने विरामी विदामा रहेको बताएको छ । पत्रकार सम्मेलनमा आर्की आरोपीत रम्भा देवीले महिला भएका कारण आफूमाथी निराधार आरोप लगाइएको बताउनुभयो । उहाँले छानविनमो दोषी पाइए आफू कार्वाही भेग्न तयार रहेको बताउनुभयो । फोरम लोकतान्त्रिककी करिमा वेगमलेपनि आफ्नो चरित्र हत्यागर्न पासपोर्ट दुरुपयोगको आरोप लगाइएको बताउनभयो ।
। सभासद सिंहले संविधान निर्माणमा देखिएको समस्यावारे संविधानसभाका बिषयगत समितिका सबै सभापतिसंग छलफल गर्ने तयारी रहेको बताउनुभयो । समितिले संविधान निर्माण प्रक्रिर्याबारे जनतालाइ सुशुचित गराउन एमएम रेडियोको भुमिका अतुलनिय रहेको ठहर गरेको छ ।
एमाले माओबादी गठबन्धन नै बाधक ः देउवा
कञ्चनपुर, २७ बैशाख । नेपाली कंग्रेशका बरिष्ठ नेता शेरबहादुर देउवाले नेकपा एमाले र एकिकृत नेकपा माओबादीको गठबन्धन परिवर्तन भएमात्र शान्ति प्रक्रिया टुङगोमा पुग्ने बताउनुभएको छ । प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता देउवाले एमाले र माअोबादीबिच भएको सातबुँदे सहमती नै शान्ति प्रक्रियाको बाधक भएको टिप्पणी गर्नुभयो । कंग्रेशले सहमतीका लागि पहल गरीरहेपनि एमाले र माओबादीले सहमतीको नाममा धोका दिएको आरोप लगाउनुभयो । शान्ति प्रक्रिया टुङगोमा पु¥याउन र संबिधान निर्माणका लागि कंग्रेश सरकारको बिकल्प नभएको भन्दै उहाले झलनाथ खनाल नेतृत्वको बर्तमान सरकार राष्ट्रिय सहमतीको सरकार बन्नै नसक्ने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा उपसभापति एंव संसदिय दलका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतीका लागि दलहरुसँग वार्ता गरेर नभएपछि जनतामाझ आउनुपरेको बताउनुभयो । माओबादीले भने जस्तो राष्ट्रपति पद्धती आफुलाई मान्य नभएको उल्लेख गर्दै उहाले राष्ट्रपति पद्धती तानाशाही हुने भएकाले स्विकार्न नसकिने स्पष्ट गर्नुभयो । यस्तै राज्य पुनरसंरचना आयोग गठन गर्नपनि अन्य दल सहमत नभएकाले जनदबाब सिर्जना गर्न जनतामाझ आएको बताउनुभयो ।
अन्तराष्ट्रिय समाचार
अमेरिकाले ओसामाका पत्नीसँग सोधपुछ गर्ने
अलकायदाका नेता ओसामा बिन लादेका बारेमा थप जानकारीका लागि अमेरिकाले उनका तिन पत्नीसँग सोधपुछ गर्ने भएको छ । लादेनको हत्यापछि पाकिस्तानको नियन्त्रणमा रहेका उनीहरुलाई सोधपुछका लागि पाकिस्तानले अनुमति दिएपछि अमेरिकाले सोधपुछ गर्न लागेको हो । अमेरिकी सेनाले लादेनको हत्या गरे लगत्तै पाकिस्तानले लादेनका तिन पत्नी र बच्चासहित दर्जन बढि ब्यक्तिलाई हिरासतमा लिएको थियो । यसअघि पाकिस्तानले उनीहरुसँग सोधपुछ गर्न अमेरिकालाई दिएको थिएन । पाकिस्तानी अधिकारीहरुको अनुसन्धानमा उनीहरु रहेको भन्दै पाकिस्तानले यसअघि अनुमति नदिएपनि अहिले आएर पाकिस्तान लचिलो भएको एक अमेरिकी अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।
पश्चिम बंगालमा अन्तिम चरणको निर्वाचन
भारतको पश्चिम बंगाल राज्यमा आज छैंठौं तथा अन्तिम चरणको बिधानसभा निर्वाचन आज शन्तिपूर्ण रुपले सम्पन्न भएको छ । माओबादी प्रभावित सो राज्यका जिल्लाहरुमा कडा सुरक्षाकाबिच निर्वाचन सम्पन्न भएको बीबिसी हिन्दीले उल्लेख गरकेो छ । आज भएको अन्तिम चरणको निर्वाचनमा तिन जिल्लाका १४ सिटमा ८३.४८ प्रतिशत मत खसेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।
खेल समाचार
शहिद स्मारक फुटवल प्रतियोगिता
शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आज भएको दुबै खेल बराबरीमा सकिएको छ । आजको पहिलो खेलमा स्वयम्भू क्लबले नेपाल आर्मीलाइ गोल रहित बराबरीमा रोक्न सफल भएको छ भने दोश्रो खेलमा थ्रीस्टार र हिमायन शेर्पा बिचको खेल पनि एक एक को बराबरीमा सकिएको छ ।
थी्रस्टारले पहिलो हाफको २५औ मिनेटमा बुद्ध चेम्जोङको गोलमा अग्रता लिएको थियो । उत्कृष्ट लयमा रहेका धराने स्टा«ईकर चेम्जोङले विशन गौचनको सटिक पासमा बललाई जाली छुआएका थिए । यद्यपी खेलकनो ८५औ मिनेटमा दिपक राईले हिमालयन शेर्पाका लागी गोल गर्दै खेललाई १—१ को बरारबीमा ल्याएका थिए ।
No comments:
Post a Comment