संवैधानिक बैठक सुचारुगर्न प्रचण्डको आग्रह
काठमाण्डौँ, २८ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संवैधानिक समितिको वैठक सुचारु गरि संविधान लेखन प्रकृया तीव्रता दिने वातावरण वनाउन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आग्रह गरेका छन् । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग बुधबार सि.हदरवारमा भएको भेटमा अध्यक्ष दाहालले संवैधानीक समितिको वैठक सुचारु गर्न आवश्यक पहल गर्न आग्रह गरेका हुन् ।

माओवादी संसदीय दलका प्रमुख सचेतक पोष्ट वहादुर वोगटिले यथाशिघ्र संविधान निर्माणको प्रकृयालाई सुचारु गर्न समितिको वैठक अवरोध गर्ने सभाषदहरुसग वार्ताको प्रकृया आरम्भ गर्न समेत अध्यक्ष दाहालले ध्यानाकर्षण गराएको जानकारी दिए । सभाध्यक्ष नेम्वाङले वार्ता र संवादको माध्यमवाट नै निकास खोज्नुपर्ने भन्दै बैठक बोलाइने आश्वासन दिएका थिए । यसअघि सभामुख र प्रधानमन्त्रीको उपस्थितीमा तीनदलविच वैठक अवरोध गर्ने साना दलहरुलाई वोलाईएपनि उनिहरु अनुपस्थित रहेपछि वैठक स्थगित भएको थियो । संविधानमा दलित, जनजाती लगायत विभिन्न अल्पसंख्यक समुदायको माग सुनिश्चित नभएसम्म संवैधानीक समितिको वैठक सुचारु गर्न नदीने भन्दै साना तीन सहित चार सभाषदहरुले वैठक अवरुद्ध पार्दै आएका छन् ।
समितिको वैठक अवरुद्ध भएकोले संविधानका विवाद समाधान उपसमितिको म्याद थप समेत गर्न सकिएको छैन । संविधानसभाको म्याद सकिन तीन साताभन्दा कम समयमात्र बाँकी रहँदा संवैधानीक समितिको बैठक समेत गत चैत्र १८ गतेयता अवरुद्ध हुँदै आएको छ । चैत्र १८ गते सभासद् पाशवानले बैठकमै कुर्सी फालेपछि बैठक प्रभावित भएको हो ।
२१ औं पटक सगरमाथा चढे आप्पाले
काठमाण्डौँ, २८ बैशाख । सबैभन्दा धेरै पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर ‘हिमाली चितुवा’को उपाधी कमाएका आप्पा शेर्पाले २१ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै किर्तिमानी तोडेका छन् ।
२०४६ सालमा पहिलो पटक सगरमाथा आरोहढा गरेका शेर्पाले त्यसयता बर्षेनीजसो सगरमाथाको आरोहरण गर्दै आएका छन् । उनले गतबर्ष जेठ ८ गते २० औं पटक सगरमाथा आरोहण गरेर आफ्नै नाममा बनाएको किर्तिमानी बुधबार विहान तोडेका हुन् । सगरमाथा आधार शिबिरमा पर्यटन मन्त्रालयका सञ्चार अधिकारी तिलक पाण्डेले शेर्पाको सफल आरोहरणको पुष्टि गरेका छन् । शेर्पाले बुधबार विहान सवा नौ बजे सगरमाथाको २१ औं पटक आरोहण गरेका हुन् । १२ बर्षकै उमेरबाटै पर्यटकको भारी बोकेर हिमाल आरोहरण सुरु गरेका सोलुखुम्बु निवासी शेर्पा अहिले ५० बर्षमा छन् । २०४६ सालमा पहिलो पटक सगरमाथाको पहिलो आरोहण गरेका शेर्पाले अन्य धेरै हिमालहरुको पनि सफल आरोहण गरेका छन् । शेर्पाले पछिल्लो समय आफ्नै किर्तिमानी १२ पटकसम्म तोडेका छन् ।
हरेक पटकको सगरमाथा आरोहणका क्रममा शेर्पाले सगरमाथामा जम्मा भएको फोहोर लिएर आउने गरेका छन् । सगरमाथा जानुअघि उनको समुहले चार हजार किलोग्राम मावन सिर्जित फोहोर सगरमाथाबाट लिएर आउने घोषणा गरेको थियो । जसमध्ये २ हजार किलोग्राम माथिल्लो भाग र बाँकी तीन हजार अधार शिविर आसपासको क्षेत्रबाट ल्याइने भएको छ । शेर्पाले सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको असर कम गर्न र हिमालयको संलक्षणका लागि फोहोर ल्याउने अभियान थालेको बताएका छन् । आरोहण दलमा आप्पास“गै ४ नेपाली, एक स्वीस र एक अमेरिकी नागरिक पनि छन् । सोमबारमात्रै सबैभन्दा बृद्ध उमेरमा सगरमाथा आरोहणको रेकर्ड राख्न गएका पूर्वमन्त्री शैलेन्द्र कुमार उपाध्यायको आरोहणका क्रममा निधन भएको थियो ।
सरकार परिवर्तनको गृहकार्यमा ओली–नेपाल समुह
काठमाण्डौँ, २८ बैशाख । संविधानसभाको म्याद थपकालागि वर्तमान सरकारको बिघठनलाइ पूर्वसर्त बनाएका नेपाली कागे्रससँग नेकपा एमालेका प्रधानमन्त्री विरोधी मानिने नेताहरुले बुधबार भेट गरेका छन् । राजधानीको तीनकुने स्थित एक सहकारी संस्थाको कार्यालयमा भएको बैठकमा नेताहरुले सरकार विस्थापनका विषयमा छलफल गरेको स्रोतको दावी छ । नेताहरुले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाइ गति दिनेवारे छलफल भएको दावी गरेपनि स्रोतका अनुसार भेट सरकार परिवर्तनको गृहकार्यमा केन्द्रीत थियो । भेटमा शिथिल रहेको शान्ति प्रक्रिर्यालाइ गति दिनेवारे छलफल भएको भेटपछि कागे्रस नेता डा. रामशरण महतले जानकारी दिए ।
छलफलमा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने बताउदै आएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रभावशाी नेता केपी ओली तथा सचिवद्वय विष्णु पौडेल र शंकर पोखरेल सहभागि थिए । यसैगरी कागे्रसका तर्फवाट महामन्त्री कृष्णप्रसाद सिटौला र नेताद्वय डा. रामशरण महत तथा मीनेन्द्र रिजाल सहभागि थिए । प्रधानमन्त्री खनाल एकलौटी ढंगबाट चलेको भन्दै सरकारले राजीनामा दिनुपर्ने बताउँदै आएका ओली र नेपाल पक्षले कांग्रेस सहितको सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने बताउँदै आएको छ । प्रमुख प्रतिपक्षि दल कांग्रेसले पनि राष्ट्रिय सहमतिको सरकार बने आफूहरु सरकारमा जाने बताउँदै आएको छ । तर राष्ट्रिय सहमतिको सरकार कसको नेतृत्वमा निर्माण गर्ने भन्ने बिषयमा भने छलफल नभएको बैठक स्रोतले बतायो । एकीकृत नेकपा माओवादीले जेठ १४ पछि सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहालले गर्ने बिषयमा प्रधानमन्त्री खनालसँग सहमति भएको दावी गर्दै आएपछि ओली–नेपाल समूह भने जेठ १४ पछि अर्कै सरकार निर्माण गर्ने अभियानमा लागेका हुन् । नेपाली कांग्रेसले प्रधानमन्त्रीले राजीनामा नर्दिएसम्म संविधानसभाको म्याद थप नगर्ने सर्त राखेर जेठ १४ पछि आफ्नो नेतृत्वमा सरकार निर्माणको योजना बनाएको छ । जसमा एमालेको ओली नेपाल पक्षको साथ रहने कांग्रेसको विश्वास छ । कागे्रस नेता महतले शान्ति प्रक्रिर्यामा प्रगति नभइ संविधानसभाको म्याद थप गर्नुको औचित्य नहुने भन्दै जेठ १४ अघिनै लडाकु समायोजन नभए आफूहरु म्याद थपका लागि सहमत नहुने बताए । बैठकमा कांग्रेस एमालेले साझा धारणा बनाएर शान्ति प्रकृयाबारे माओवादीसँग छलफल गर्ने निर्णय समेथ गरेको एमाले नेता प्रदीप ज्ञावालीले बताए ।
पासपोर्ट दुरुपयोग प्रकरण, सभासद्द्धय यादव र साहमाथी मुद्दा दायर, सभासदबाट निलम्वन प्रकृयामा
काठमाण्डौँ, २८ बैशाख । कुटनीतिक राहदानी दुरुपयोगको आरोप लागेका सभासदद्वय बीपी यादव र गायत्री साह बिरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्ट्राचार निवारण ऐन २०५९ अनुसार सरकारी कागजात हेरफेर गरेको अभियोगमा सभासदद्वय विरुद्ध मुद्दा दायर गरेको हो । १ करोड ६२ लाख आर्थिक लाभ लिएर पासपोर्ट दुरुपयोग गरी भष्ट्राचार गरेको अभियोगमा सभासदद्वय यादव र साह सहित नेपाली जनता दलका अध्यक्ष एवं गायत्री पिता हरिशचन्द्र साह र अध्यागमन विभागका कर्मचारीहरु सहित ७ जना बिरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता इश्वरी प्रसाद पौड्यालले जानकारी दिए ।
अख्तियारले सभासदद्वय विरुद्ध मुद्दा दायर गरेको बारे संसद सचिवालयका अधिकारीलाइ मौखिक जानकारी गराएको छ । बुधबार चार बजेपछि मात्र मुद्दा दायर भएका कारण विहीबार कार्यलय समय सुरु हुनासाथ संसद सचिवालयले सभासद्द्धयलाई निलम्वन गर्नेछ ।
अख्तियारले पासपोर्ट प्रकरणमा अध्यागमन प्रमुख खडानन्द ढकाल, शाखा अधिकृत भूमिनन्द भण्डारी, श्यामबाबु भण्डारी, कम्प्युटर अधिकृत ईन्द्रकुमार सुनार र बरिष्ठ अध्यागमन सहायक देवीदत्त खत्रीविरुद्ध विशेÈ अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले पैसा लेनदेनमा सघाउ गर्ने सर्लाहीका सन्तोÈराज उप्रेती लाई समेत प्रतिवादी बनाएको छ । भूमिनन्द भण्डारी बाहेक राहदानी प्रकरणमा मुछिएका अध्यागमनका सबै कर्मचारीहरु फरार छन् ।
अख्तियारले सभासद्हरुका हकमा बिगोबापत १ करोड ६२ लाख रुपैया“सहित १२ वर्Èसम्म जेल सजाय माग दावी गरेको छ । साह र यादवलाई सरकारी ओहोदामा रहेर भ्रष्टाचार गरेको भन्दै थप तीन वर्È जेल सजाय माग गरिएकोले उनीहरुलाई जम्मा १५ वर्È कैद सजाय, बिगो बमोजिम जरिवाना सहित थप ५० हजार जरिवानाको माग गरिएको आयोगले जनाएको छ । अध्यागमनका कर्मचारीका हकमा भने ५० हजार रुपैया“ र २ वर्È जेल सजाय मात्र मागदावी गरिएको छ ।
राहदानी सच्चाएर किर्ते गरेको समेत अभियोगमा सबै प्रतिवादीलाई थप दुई वर्È कैद सजाय र पचास हजार जरिवाना समेत माग गरिएको छ । सभासद्हरुलाई बिहीबार बयान र त्यसपछि थुनछेक बहस हुने गरी हाल अख्तियारकै हिरासतमा राखिएको छ । अख्तियारले अध्यागमनमा लापरबाही गर्ने कर्मचारीको छानबिन र अनुसन्धान गर्न पनि अध्यागमन विभागलाई निर्देशन दिएको छ भने सभासद्द्धयको राहदानी रोक्का राख्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।
नारावाजीबीच संसद बैठक सञ्चालन

काठमाण्डौँ, २८ बैशाख । सभाषदहरुको नारावाजी विच व्यवस्थापिका संसदको वैठक लामो समय पछि सुचारु भएको छ । व्यवस्थापिका संसदको कार्यसुचीवाट पटक पटक हटाईएको विधेयकमाथि बुधबार छलफल अघि बढाइएको हो । वुधवारपनि संसदको वैठक शुरु भए लगत्तै समावेशी विधेयकको माग गर्दै पाँच सांसदहरुले नारावाजी गरेपनि सभामुख सुवास नेम्वाङले बैठक कार्यसुचिमा प्रवेश गराएका थिए ।
सभामुख र दलहरुले पटक पटक आग्रह गर्दापनि सभासद्हरुले नारावाजी नरोकेपछि सभामुखले विशेष अधिकार प्रयोग गरि नारावाजीका बीच पनि बैठक सञ्चालन गरेका हुन् । भामुखले मागवारे औपचारिक प्रस्ताव संसदमा दर्ता गराए संसदभीत्र छलफल गराइदिने प्रतिबतद्धा जनाएपनि उनिहरुले नारावाजी नरोकेपछि स्थानीय विकासमन्त्री उर्मिला अर्याललाई राष्ट्रिय दलित अधिकार आयोग विधेयक विधायन समितिमा छलफलका लागि पठाउने प्रस्ताव प्रस्तुत गर्न समय दिए । सभासद्हरुले मन्त्रीलाई रोष्ट्रमसम्म प्रस्ताव प्रस्तुत गर्न जानबाट रोके नारावाजी गर्ने

सभासद्हरुलाई मार्शल लगाउने सम्मको तयारी भएको स्रोतले जानकारी दियो । दलित जनजाती पार्टीका विश्वेन्द्र पासवान, नेपा राष्ट्रिय पार्टीका बुद्धरत्न माधान्धर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुकमणि चौधरी र स्वतन्त्र सभासद सदरुल मियाँले समावेशी विधेयकको माग गर्दै गरेको अवरोधका कारण गत १९ गतेबाट सुरु भएको संसदको बर्षे अघिवेशन कार्यसुचिमा प्रवेश गर्न सकेको थिएन । बुधबारदेखी चार सभासद्लाई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका राजकुमार नाल्बोले पनि साथ दिएका छन् । बुधबार संसद वैठकको शुन्य र विशेष समय भने हटाईएको थियो । अर्यालले प्रस्तुत गरेको राष्ट्रिय दलित अधिकार आयोग विधेयक विधायन समितिमा दफावार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव बुधबारको बैठकले सर्वसम्मतीले पारित ग¥यो ।
सांसदहरुले नेवा राज्यको क्षेत्रफल वृद्धी गर्नुपर्ने, नारायणि र सुनकोशी प्रदेशको अवधारण खारेज गरि थरुहठ प्रदेश गराउनुपर्ने, जातीय जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातीक प्रतीनिधीत्व सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै सदन अवरोध गर्दै आएका छन् । प्रस्ताव पारित भएपछि संसदको वैठक आगामी आईतवारसम्मका लागि स्थगित भएको छ । संसद सुचरु गर्ने बिषयमा बैठकपूर्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहित दलहरुको उपस्थितिमा वार्ता भएपनि कुनै निशास निस्कन सकेन । जनप्रतिनिधिमुलक संस्था संसद बैठक अबरुद्ध हँुदा जनताका आवाज थुनिने भन्दै संसदलाइ बन्दक नबनाउन सभामुखले पटक पटक आग्रह गर्दै आएपनि उनिहरु मानेका छैनन् । यसअघि गत आइतवारको बैठकमा चारजना सभासदले तीनघण्टा नारावाजी गरेका थिए ।
No comments:
Post a Comment