सरकारद्वारा संविधानसभाको कार्यकाल एकबर्ष थपगर्न प्रस्तावः
काठमाण्डौ, वैशाख २९ । संविधानसभाको थपिएको कार्यकाल सकिन झण्डै दुइहप्ता बाकी रहदा सरकारले संविधानसभाको कार्यकाल एकबर्ष थपगर्न प्रस्ताव गरेको छ । सरकारले संविधानसभामा रहेका दलहरुसंग पर्याप्त छलफल नै नगरि व्यबस्थापिका संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेको हो ।
त्यसअघि आजै बसेको मन्त्रीपरिषद बैठकले संविधानसभाको म्याद एकबर्ष गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषदको निर्णय लगत्तै कानूनमन्त्री प्रभु शाह, शिक्षा मन्त्री गंगालाल तुलाधर र स्वास्थ्यमन्त्री शक्ति बस्नेत संसद सचिवालयमा गइ संविधान संशोधन प्रस्ताव दर्ता गराउनु भएको थियो ।
शान्ति प्रक्रिर्या र संविधान निर्माण कार्यलाइ टुङ्गोमा पु¥याउन बाकी रहेकोले संविधानसभाको म्याद थपगर्न संविधान संशोधन प्रस्ताव दर्ता गराइएको कानून मन्त्री शाहले जानकारी दिनुभयो ।
तोकिएको समयमा संविधान बन्न नसकेकोले संविधानसभाको म्याद थपको प्रस्ताव दर्ता गराइएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री गंगालाल तुलाधरले जानकारी दिनुभयो । उहाँले जेठ १४ आउन केहि समय बाकी रहेका कारण कागे्रस लगायतका दलहरुसंग छलफल गरेर सहमति गरिने बताउनुभयो ।
थपिएको एक बर्षको अबधिमा संविधान निर्माणको सम्बन्धमा उठेका धेरै विबाद बिषयमा दलिय सहमति भइ संविधान निर्माण गर्ने कार्यमा उल्लेख्य उपलव्धी हासिल भएतापनि शान्ति प्रक्रिर्या र संविधान निर्माण कार्यलाइ टुङ्गोमा पु¥याउन बाकी रहेकोले संविधानसभाको म्याद थपगर्न संविधान संशोधन प्रस्ताव दर्ता गराउनु परेको विधेयकमा उल्लेख छ । धेरै बिषयमा सहमति भएका कारण थपिएको समयमा संविधान बन्ने सुनिश्चित भएको मन्त्री तुलाधरले दावी गर्नुभयो ।
त्यसअघि सत्तारुढ दलहरुले संविधानसभाको म्याद एकबर्ष थपगर्नेगरी संसदमा संविधान संशोधनको प्रस्ताव लैजाने निर्णय गरेका थिए । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेकोे बैठकले संविधानसभाको म्याद थप गर्ने निर्णय गरेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कागे्रस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको उपस्थिति थिएन । बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाको म्याद थपगर्नुको विकल्प नभएको बताउनुभयो ।
‘शान्ति र संविधान निर्माण प्रक्रिर्यावारे अहिलेसम्म भएका कामको समिक्षा भयो, प्रचण्डले भन्नुभयो–समय थपगर्ने हो भने समय थपगर्नुको औचित्य पुष्टि गर्नेबारे सहमति भयो ।’ उहाँले माओवादी केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार नै केहि दिनमै समायोजनमा जाने लडाकूलाइ रिग्रुपिङ गर्नेवारे प्रस्ताव ल्याउने जानकारी दिनुभयो ।
बैठकमा उपस्थित सानादलले भने शान्ति प्रक्रिर्याको पूर्णताको सुनिश्चितता गर्न माग गरेका थिए । नेकपा एमालेका सचिव युवराज ज्ञवालीले शान्ति प्रक्रिर्याको सम्बन्धमा ठोश खाका तयार गर्ने र संविधान निर्माणको सम्बव्धमा व्यबस्थित योजना बनाएर जाने सहमति भएको जानकारी दिनुभयो । उहाँले यसवारे अन्य दलहरुसंग समेत छलफल गरिने बताउनुभयो । बैठकमा सहभागि राजपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संविधानसभाको कार्यकाल थप गर्नेवारे औपचारिक निर्णय नभएको दावी गर्नुभयो ।
बैठकमा सहभागि राप्रपा अध्यक्ष पशुशपति शंशेर राणाले भने शान्ति प्रक्रिर्याको टुङ्गो नलागि संविधानसभाको म्याद थपगर्नुको औचित्य नभएको बताएको जानकारी दिनुभयो । बैठकमा माओवादी जनसेनाका कमाण्डर नन्दकिशोर पुन पासाङ र प्रवक्ता चन्द्रप्रकाश खनाल बलदेवको समेत उपस्थिति थियो ।
यसैबीच संविधानसभाको म्याद थपगर्न संसदमा विधेयक दर्ता गराउने सरकारी निर्णयलाइ विपक्षी कागे्रस लगायतका मधेशवादी दलहरुले सरकारको आयु लम्बाउने खेल भएको टिप्पणी गरेको छन । आफूसंग सल्लाह नगरि निर्णय गरिएकोप्रति असन्तुष्ट कागेसले संसंदीय दलको बैठक बसेर औपचारिक धारणा सार्वजानिक गर्ने बताएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भने सरकारी निर्णय आयु लम्बाउन हतारमा आएको टिप्पणी गरेको छ । मोर्चामा आबद्ध सद्भावना पार्टीका सहध्यक्ष लक्ष्मणलाल कर्णले सरकारको आयु लम्बनाउन हतरमा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको आरोप लगाउदै मोर्चा विपक्षमा उभिने बताउनुभयो । उहाँले शान्ति प्रक्रिर्याको सुनिश्चिता विना संविधानसभाको म्याद थपगर्नुको औचित्य नभएको जीकिर गर्नुभयो ।
जनजाति महासंघको बन्दको विभिन्न राजदुतावासहरुद्धारा विरोध
काठमाण्डौँ, २८ बैशाख । नेपाल स्थीत विभिन्न कुटनैतिक नियोग तथा राजदुतावासहरुले जनजनाति महासंघले आयोजना गरेको भोलीको नेपाल बन्दको विरोध जनाएका छन् । उनीहरुले एक संयुक्त विज्ञप्ति जारी गर्दै सर्वसाधारणको नियमित जिवन यापन गर्ने अधिकारको हनन हुने गरिएको बन्दको समर्थन नगर्ने जनाएका हुन् । उनीहरुले अधिकारका लागी संघर्ष गर्न पाउने सबैको अधिकार भएपनि जनतालाइ दुःख पु¥याउने गरि जनजाति महासंघले बन्दको आयोजना गरेको भन्दै विरोध गरेका हुन् । यसरी विज्ञप्ती जारी गर्नेहरुमा बेलायत, अमेरिका, जर्मनी, अष्टे«लिया, स्वीजरल्याण्ड, डेनमार्क लगायतका राजदुतावासहरु रहेका छन् । त्यस्तै युरोपियन युनियनले समेत भोलीको बन्दको विराधे गरेको छ । यता जनजाति महासंघलाइ सहयोग गर्दै आएको बेलायति सहयोग नियोग डिएफआइडीले जनजाति महासंघको बन्दलाइ लक्षित गर्दै सहयोग कटौतिको चेतावनी दिएको छ ।
जनजाति महासंले समयमै संविधान जारी गनुपर्ने तथा अब बन्ने संविधानमा आफ्ना अधिकार सुनिश्चित हुनुपर्ने भन्दै भोली नेपाल बन्दको आयोजना गरेको छ । बन्द बिहान पाँच बजेदेखी बेलुकी पाँच बजे सम्म जारी रहने महासंघले जनाएको छ ।
सत्तापरिवर्तनको खेलमा लाग्ने समय होइनः प्रम
काठमाण्डौँ, २८ बैशाख । प्रधानमन्त्री झलनाथ खनालले मुलुक जटिल अबस्थामा रहेको बेला सत्ता परिर्वतनको खेलमा नलाग्न दलहरुलाई आग्रह गर्नु भएको छ । टर्किमा भएको अतिकम विकसित मुलुकहरुको सम्मेलनमा भाग लिएर आज स्वदेश फकर्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री खनालले एउटा निश्चित उद्येश्य लिएर वर्तमान सरकार गठन भएकाले तत्काल यसको विघटन नहुने बताउनुभयो । पार्टिका नेताहरुबाटै सार्वजनिक रुपमा राजिनामा माग भएपछि दश दिन लामो भम्रण छा्ट्याएर खनाल स्वदेश फर्कनु भएको हो । यद्यपी खनालले भने मुलुकको जटिल राजनितीक परिस्थितीमा आफनो आबश्यकता महसुस भएकाले भ्रमणलाई छोट्याएर फर्किएको बताउनुभयो ।
आफु बिदेश रहेका बेला राजिनामा माग्ने नेताहरु प्रति इगिंत गर्दै प्रधानमन्त्री खननालले केहि ब्यक्तिले चाहँदैमा आफुले राजीनामा नदिने जिकिर गर्नुभयो । सरकार परिवर्तनमा आफ्नै दलका नेताहरुले ब्यक्त गर्दै आएको धारण अभिब्यक्ति स्वतन्त्रता भएको टिप्पणि गर्नुभयो । पार्टि भित्रको समस्या सामान्य भएकोले आन्तिरक तवरबाटै त्यसको हल हुने प्रधानमन्त्री खनालको भनाइ थियो ।
संवैधानिक समितिको बैठक आइतवारदेखी सूचारु हुनेः
काठमाण्डौँ, २८ बैशाख । संविधानमा अल्पसंख्यक समूदायको अधिकार संरक्षणको माग गर्दै स्वतन्त्र सभासदको अबरोधका कारण एक महिना देखी अबरुद्ध संवैधानिक समितिको बैठक आगामी आइतवारदेखी सुचारु हुने भएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, संवैधानिक समितिका सभापति निलाम्बर आचार्य र प्रमुख तीनदलका मुख्य सचेतकबीच आज भएको छलफलमा अबरुद्ध संवैधानिक समिति बैठक जेठ १ गते देखी सुचारु गर्ने सहमति भएको एमाले मुख्य सचेतक भीम आचार्यले जानकारी दिनुभयो । बैठक अबरुद्ध गर्ने दलका सभासदले अविलम्ब संविधानसभाको म्याद थपगर्न आग्रहगर्दै संविधानसभा अध्यक्ष नेम्वाङलाइ भेटगरि संविधानसभा बैठक बोलाउन माग गरेका थिए । संविधानमा अल्पसंख्यक समूदायको अधिकार संरक्षणगर्न मागगर्दै स्वतन्त्र सहित साना दलका सभासदको विरोधका कारण संवैधानिक समिति बैठक चैत्र २४ यता बस्न सकेको छैन ।
राज्य व्यवस्था समिति ः ग्याँस सिलिण्डर चेक गर सरकार ।।
संसद्को राज्य व्यवस्था समितिले खाना पकाउने ग्यास सिलिण्डरको पिधँको फुटरिङ परिवर्तन गरी नक्कली ग्यास सिलिण्डरको कारोवार गर्ने सुगम ग्याँस उद्योगलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले उपभोक्ताको जिउधनको वेवास्ता गर्दै नक्कली ग्या“सको कारोवार गर्ने कम्पनीलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन उपप्रधान एवम् गृहमन्त्री कृष्णबहादुर महरालाई निर्देशन दिएको हो । बैठकले कालो वजारी गर्नेहरुको निगरानी र अनुगमन गर्न नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुखहरुलाई पनि निर्देशन दिएको छ । बैठकमा समितिका सदस्यहरुले सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी निकायबाट सुगम ग्या“सउपर कारवाही गर्ने प्रक्रियामा असहयोग गरिरहेको भन्दै आपत्ति जनाएका थिए । राज्य ब्यवस्था समितिले राष्ट्रसंघको सुडान शान्ति मिसनमा नेपाल प्रहरीको मिसन पठाउने क्रममा भएको घोटाला प्रकरणमा दोशी ठहरिएकालाई कारवाही प्रकृया तत्काल अघि बढाउन पनि अख्तियारलाई निर्देशन दिएको छ ।
बैककमा समिति सदस्यहरुले मुलुकको शान्ति सुरक्षाको स्थिति, सरकारको योजना, नया“ प्रहरी ऐन र एसपीहरुको सरुवाको विषयमा गृहमन्त्रीस“ग जवाफ माग गरेका थिए । बैठकमा गृहमन्त्री महराले आफ्नो कार्यकालमा प्रहरी प्रशासनलाई राजनीतिबाट मुक्त गराउने बताउनुभयो । सभासद्हरुले सुडान घोटाला प्रकरणमा छानबिन गर्न अख्तियारबाट भैरहेको ढिलाईबारे आयोगका सचिव भगवती काफ्लेस“ग आपत्ति प्रकट गरेका थिए । जवाफमा अख्तियारका सचिव काफ्लेले मुद्धाको जटिलताका कारणले केही ढिलाई भएको भन्दै दोषिउपर कारबाही चलाउन अख्तियारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
कोइराला र सुदबिच भेट
नेपाली कंग्रेशले बर्तमान सरकारको बिकल्प खोज्ने बिषयमा छलफललाई तिव्रता दिईरहेकै बेला नेपालका लागि भारतिय राजदुत राकेश सुदले आज सभापति सुशिल कोइरालासँग भेटवार्ता गरी सकरारको विकल्पका विषयमा छलफल गर्नुभएको छ । एकिकृत नेकपा माओबादीको समर्थनमा एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रि भएपछि रुष्ट बनेका भनिएका राजदुत सुदले सरकारको बिकल्प खोज्ने बिषयमा छलफलमा जारी राखेका बेला कंग्रेश सभापति कोइरालासँग राजनितिक भेटवार्ता गर्नुभएको हो । कोइराला निवास महाराजगंजनमा बिहान भएको भेटवार्तामा खनाल नेतृत्वको सरकारको विकल्प र संविधान सभाको म्याद थपका बारेमा छलफल केन्द्रित रहेको थियो । उहाँहरुका बीचमा नेपालको पछिल्लो राजनीतिक अवस्था, शान्ति प्रक्रिया र संबिधान निर्माणका बिषयमा घनिभूत छलफल भएको थियो ।
आर्थिक समाचार
आयल निगम
सरोकारवालाहरूले नेपाल आयल निगमको कार्य सञ्चालन र व्यवस्थापनमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्न गठन भएको उच्चस्तरीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । उपभोक्ता हित संरक्षण मञ्चले आज राजधानीमा गरेको कार्यक्रममा सरोकारवालाहरूले उच्चस्तरीय समितिले तयार गरेको प्रतिवेदनमा आवश्यक बु“दा थप गरी तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका हुन् । सरकार र उपभोक्तावादी संघ–संस्थाहरू सम्मिलित समितिले ४४ दिन लगाएर आयल निगम सञ्चालन सुधारका सम्बन्धमा प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनले निगम घाटामा जानुमा निगमको व्यवस्थापन, सञ्चालक समिति र सम्बन्धित मन्त्री जिम्मेवार रहेको ठहर गरेको छ । निगमको कार्यकारी निर्देशक, अध्यक्षको हैसियतमा वाणिज्य तथा आपूर्ति सचिव र तत्कालीन मन्त्री प्रमुख दोषी रहेको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा घाटामा गइरहेको निगमलाई जिम्मेवार बनाउन निजी क्षेत्रको लगानीलाई आकर्षित गर्नुपर्ने र कानुनी व्यवस्थाअनुरुप पेट्रोलियम प्राधिकरण निर्माण गर्नुपर्ने सुझाव दिइएको छ ।
अन्र्तराष्ट्रिय समाचार
लादेनको मृत्यु हत्या होइन ः अमेरिका
अमेरिकाले अलकायदाका नेता ओसामा बिन लादेनेको मृत्यु हत्या नभएको दाबी गरेको छ । अमेरीकी सेनाका एक जनरलले लादेन बसेको घर परिसरमा भएको आक्रमणबाट उनको मृत्यु भएको भन्दै अमेरिकाले त्यसलाई हत्या भन्न नमिल्ने बताएको हो । अन्तराष्ट्रिय समाचार संस्था बिबिसीसँगको कुराकानीमा उनले लादेनलाई समात्ने वा मार्ने आफ्नो मिसन भएपनि उनले आत्मासर्मण गरेको भए जिउदै समात्ने बताए । लादेनको हत्या गर्न नहुने भन्दै उनका परिवारले आपत्ति जनाइरहेका बेला अमेरिकाको बचाव गर्दै उनको यस्तो भनाई आएको हो । लादेनका छोराले अमेरिकाले मनोमानी ढङगले आफ्ना बाबुको हत्या गरेको भन्दै आलोचना गरेका थिए । गत मे २ मा पाकिस्तानको एबटाबादस्थित एक घरमा लादेनको हत्या भएको थियो ।
स्पेनमा भुकप्प, १० को मृत्यु
स्पेनमा भुकम्पमा परी ८ जनाको मृत्यु भएको छ । दक्षिणी स्पेनको लोर्का शहरमा गएको ५ दशमलब २ रेक्टर स्केलको भुकम्पमा यो हताहती भएको स्पेनी अधिकारीहरुले जनाएका छन् । भुकम्पका कारण त्यहाँका २० हजार भन्दा बढि घर भत्किएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भुकम्पबाट घाईते हुनेहरुको संख्या यकिन नभएपनि स्पेनी संचार माध्यमहरुले भने दर्जनौ घाईते भएको जनाएका छन् । स्पेनकै ट्रिमोरमा ४ दशमलब ४ रेक्टर स्केलको भुकम्प गएको २ घन्टा पनि बित्न नपाउदै लोर्कामा अर्काे भुकम्प गएको हो । भुकम्प पछि त्यहाँका धेरै जनता राहतको प्रतिक्षामा खुला चौरमा बसिरहेको स्पेनी संचार माध्यमले जनाएको छ ।
खेल समाचार
ए डिभीजन लिगमा आज मनाङ र फ्रेन्ड्स तथा पुलीस र वांसवारी भिड्दै
काठमांडौ, २९ बैशाख । सहिद स्मारक ए डिभीजन लिग फुटवलमा आज सम्पन्न खेलमा मनाङ म¥स्याङदी र नेपाल पुसलसले प्रभावशशाली जित दर्ता गराएका छन् । आज सम्पन्न खेलमा मनाङले फ्रेन्ड्स क्लवलाई ३ —१ ले तथा पुलिसले बाँसबारीलाई ४—१ ले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा मनाङलाई जित दिलाउन स्टार स्टा«ईकरहरु अनिल गुरुङ, सन्तोष साहुखल र विजय गुरुङले एक एक गोल गरेका थिए । यद्यपी खेलमा अग्रता भने फ्रन्डसले लिएको थियो । उसले तेस्रो मिनटमा नै अजद प्रधानको गोल मार्फत अग्रता लिएको थियो । प्रधानले फ्रेन्ड्सलाई अग्रता दिलाएपनि मनाङका लागि विजय गुरुङले पहिलो गोल गर्दे खेलालाई १—१को बराबरीमा ल्याएका थिए । एकएको बराबरीमा रहेको खेल आफ्नो पक्षमा पार्न मनाङका लागि साहुखल र अनिलले एक एक गोल थपेका थिए ।
यस्तै सम्पन्न अर्काै खेलमा नेपाल पुलीस क्लबले वांसवारी फुटबल क्ल्बलाई ४—१ को फराकिलो अन्तरले पाखा लगाएको छ । पुलिसको जितमा नायक बनेका जुमनु राईले ह्याट्रिक पूरा गरेका थिए । उनले खेलको ४७औ,७२औ र ९१औ मिनेटमा गोल गरेका थिए । यस्तै पुलिसको जितलाई फराकिलो पार्न भोला सिलवालले १ गोल थपेका थिए । बाँसबारीका लागि एकमात्र सान्त्वना गोल डेनिस ओभोकोले खेलको ८५औ मिनेटमा गरेका थिए ।
यसैबीच भोली हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गतका युनाईटेड युथ क्लब र ब्रिगेड ब्वाईज क्लब तथा त्रिभुवन आर्मी क्लब र रानी पोखरी कर्नर टिम (आर.सि.टि.) का बिचको खेल स्थगित भएको छ । बन्दका कारण भोलिको खेल स्थगित गरिएको आयोजक नेपाल फुटबल संघले एन्फाले जनाएको छ । संघले प्रतियोगिताको खेल तालिका साबिक बमोजिम हुने तर प्रत्येक दिनका म्याचहरु एक–एक दिन पछि सारिएको पनि जनाएको छ ।

No comments:
Post a Comment