Friday, May 13, 2011

बैशाख ३० गते २०६८

ललितपूरमा डुङ्गा डुव्दा ४ जनाको मृत्युः

ललितपुर, ३० बैशाख । ललितपुरको धापाखेलस्थित नागदहमा डुङगा डुब्दा आज ४ जनाको मृत्यु भएको छ । काठमाण्डौको नागढुङगाबााट जन्ती गएकाहरु चढेको डुङगा डुबेको प्रहरीले जनाएको छ । डुङ्गामा प्लालबाट पानि छिरेपछि उफ्रिएर अर्को डुङ्गामा हामफाल्दा उनीहरुको डुबरे मृत्यु भएको प्रत्यक्षदर्शिहरुले बताएका छन् । मृत्यु हुनेमा काठमाण्डौका राजकुमार थापा, मिलन बस्नेत, सिर्जना कार्की, र श्याम कुंवर रहेको छन् । डुङ्गा डुव्दा बेपत्ता भएका १२ जना मध्ये ६ जनाो भने सकुशल उद्यार गरिएको थियो ।  उद्दार कार्यमा भएको ढिलाइका कारण उनिहरुको बचाउन नसकिएको स्थानियहरुले बताएका छन् ।

सरकारद्वारा तीन सदस्यीय वार्ता टोली गठनः

काठमाण्डौँ, ३० बैशाख । सरकारले आन्दोलनरत समूहसंग वार्तागर्न तीन सदस्यीय वार्ताटोली गठन गरेको छ । मन्त्रीपरिषदको आज सिंहदरवारमा बसेको बैठकले शान्तिमन्त्री विश्वनाथ शाह, कृषिमन्त्री हरिनारायण यादव र विना विभागियमन्त्री घनश्याम भुषाल सदस्य रहेको बार्ताटोली गठन गरेको हो । वार्ता टोलीलाइ आदिवासी जनवाति महासंघ लगायतसंग समूहसंग वार्ता गर्ने जिम्मेवारी दिइएको सरकारका प्रवक्ता गंगालाल तुलाधरले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्रीपरिषद बैठकले नेपाल आयल निगमको सुधार सम्बन्धी उच्चस्तरिय समितिले दिएको प्रतिवेदन अनुमोलन गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको छ । यसकालागि सरकारका मुख्य सचिवको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको मन्त्री तुलाधरले जानकारी दिनुभयो । सरकारले आफ्नो सयदिन अत्यन्त सफल भएको दावी गरेको छ ।

सरकार गठनका सयदिनः उपलव्धीहीन

काठमाण्डौँ, ३० बैशाख । व्यबस्थापिका संसदबाट झलनाथ खनाल प्रधानमन्त्री निर्वाचित भएको आज एकसय दिन पूरा भएको छ । कुनैपनि सरकार गठनका सय दिनलाइ महत्वका साथ हेरिने भएपनि वर्तमान सरकारले सयदिनमा कुनै महत्वपूर्ण काम भने गर्न सकेन । गत माघ २० गते संसदवाट प्रधानमन्त्री निर्वाचित भएको सयदिन पुग्दा सरकार असफल भएको भन्दै एमाले भीत्रवाटै राजीनामाका आवाज आइसकेका छन् । 

प्रधानमन्त्री निर्वाचित भएलगत्तै शान्ति र संविधानलाइ अर्जुन दृष्टि बनाउने बताएपनि खनाल नेतृत्वको सरकारले हाल सम्म यस दिशामा माखो मार्न सकेको छैन । तर एमाले सचिव युवराज ज्ञवालीले भने सरकारलाइ असफल भन्न नमिल्ने तर्क गर्नु भएको छ ।

यसविचमा जनतालाइ प्रतक्ष राहत दिन नसकिएपनि सरकारका नीति तथा कार्यक्रम र बजेटमा जनतालाइ राहतका कार्यक्रम घोषणा गरिने ज्ञवालीले दावी गर्नुभयो ।

सरकारी निर्णयप्रति कोइराला आक्रोशितः

काठमाण्डौँ, ३० बैशाख । नेपाली कागे्रसका सभापति सुशील कोइरालाले सरकारले आफूहरुसंग छलफल नै नगरि हठात संविधानसभाको म्याद थपगर्ने निर्णय गरेको भन्दै आपत्ति जनाउनु भएको छ । शान्ति प्रक्रिर्या टुङ्गिने स्पष्ट आधार नभइ कागे्रस संविधानसभाको म्याद थपगर्न राजी नहुने उहाँको भनाइ थियो ।

आफ्नै निवास महाराजगञ्जमा आज पत्रकारहरुसंग कुरा गर्दै सभापति कोइरालाले माओवादी शान्ति प्रक्रिर्याप्रति प्रतिबद्ध नभए संविधानसभाको म्याद १० बर्ष थप गरेपनि संविधान नबन्ने बताउनुभयो । कोइरालालले अझैपनि माओवादीलाइ विश्वास गर्ने आधार नभएको भन्दै झुटो आवश्वासनको भरमा अब संविधान सभाको म्याद थप गर्न राजि नहुने समेत बताउनुभयो । सभापति कोइरालाले कागे्रस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन भएपछिमात्र शान्ति र संविधान निर्माण प्रक्रिर्याले गति लिने दावी गर्नुभयो ।

यसैबीच उपप्रधानमन्त्री भरतमोहन अधिकारीले कागे्रस सभापति कोइरालासंग भेटगरी संविधानसभाको म्याद थपगर्न सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएकोबारे जानकारी गराउनु भएको छ । कोइराललाइ भेटन महाराजगञ्ज पुगेका मन्त्री अधिकारीले सरकारले हतारमा संविधान संशोधन प्रस्ताव दर्ता गराएपनि यसलाइ अन्यथा लिन नहुने बताउनु भएको हो । सभापति कोइरालाले भने बजेटवारे छलफल भएपनि संविधानसभाको म्याद थपवारे कुनै छलफल नभएको दावी गर्नुभयो ।

संबिधान सभाको म्याद थप्न कंग्रश सहमत हुदैन ः महामन्त्रि सिटौला

नेपाली कांग्रेसका महामन्त्रि कृष्ण प्रसाद सिटौलाले संबिधानसभाको मयाद थपेर कांग्रेसले गलत काम नगर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको जनजागर अभियान अन्र्तगत रुकुमको आमसभालाई सम्बोधन गर्न पुग्नु भएका सिटौला प्रेस युनियन रुकुमले आज मुसिकोटको खलङगामा  आयोजना गरेको पत्रकार सममेलनमा यस्तो कुरा बताउनुभएको हो । उहाले नेपालमा सरकार फेर्ने परिपाटि र संस्कार बसेकाले अब सरकार फेर्नेतर्फ नभई संबिधान र शान्ति प्रक्रियालाई निश्कर्ष मा पुराउनेतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताउनुभयो । उहाले शान्ती र संबिधान प्रक्रियालाई सार्थक बनाउन एमाले र माओबादि मात्र नभई सबै दलबिच सहमतीको आबश्यक रहेको पनी उहाले बताउनुभयो । महामन्त्री सिटौलाले अहिलेकै अबस्था रहिरहे संबिधानसभाको म्याद थप गर्ने कुरामा नेपाली कांग्रेसले सहमती नगर्ने बताउनुभयो ।

बन्द सकियो, आफ्ना कार्यकर्ता नछुटेसम्म वार्तामा जनाने महासंघको अडान

नेपाल आदिवासी जनजाति महासघले आह्वान गरेको बन्दका कारण आज देशभरको जनजिवन प्रभावित बर्नको छ । तोकिएको समयमै संविधान जारी गनुपर्ने तथा नयाँ संविधानमा आफ्ना समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै महासंघले आज बन्द आह्वान गरेको थियो ।

बन्दका कारण आज दिनभर राजधानी काठमाण्डौ उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको थियो । बन्दका कारण कक्षा १२ को परिक्षा दिने बिद्यार्थीहरु हिडेँरै परिक्षा केन्द्र धाउन बाध्य भएका थिए भने पर्यटकहरु समेत सवारी नचल्दा हैरान देखिएका थिए । यता सरकारले आजै महासंघलाई वार्ताका लागि आह्वान गरेको छ । महासंघको बन्दले जनजिवन प्रभावित बनको तथा पर्यटन बर्ष प्रभावित भएको भन्दै सरकारले महासंघलाइ वार्ताका लागी बोलाएको हो ।

यसैबीच, पटक÷पटकका बन्दका कारण सर्बसाधारण आक्रान्त बनेको समयमा तोकिएको समयमै संविधान जारीगर्न मागगर्दै विभन्न जातिय संगठनले जेठ १ गते बन्द गर्ने घोषणा गरेका छन। संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, कोचिला संर्घर्ष समिति र दलित गणतानन्त्रिक मोर्चा लगायत साखै अस्थित्वमा नरहेका विभिन्न ७ दलले बन्द गरेको बताएका छन । संघीय लोकतानीत्रक पार्टीका अध्यक्ष कमल छाराहाङद्वारा जारी विज्ञप्तीमा जनताको म्याण्डेटछ अनुसार जेठ १४ मै संविधान जारीगर्न माग गरिएको छ । बन्दअघि भोली ३१ गते राजधानीमा मसाल जुलुस प्रर्दशन गर्ने उक्त पार्टिले जनाएको छ ।

अन्तराष्टिय समाचार

काठमांडौ, ३० बैशाख । पाकिस्तानको खैवर पख्तूख्वाह प्रान्तमा आज भएको शक्तिशाली बम बिष्फोटनमा कम्तिमा ८० जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन् । अलकायदा प्रमुख बिन लादेनको हत्या पछि पाकिस्तानमा भएको यो सबैभन्दा ठुलो चरपन्थी हमला हो । प्राप्त जानकारी अनुसार पेशावरदेखि ३५ किलोमीटर टाढा चारसद्धा शहरको शवकदर इलाका स्थित पाकिस्तानी अर्धसैनिक वलको टे«निङ सेन्टरमा दुईवटा बम बिस्फोट भएको हो । मारीने अधिकांश सोही टे«निङ सेन्टरका अर्धसैनिक फौजका जवानहरु भएको बताइएको छ । बिस्फोटन आन्मघाती आक्रमण रहेको पाकिस्तानी प्रहरीले जनाएको छ । बिष्फोटन लगत्तै पाकिस्तानी सेना र हमलाकारीहरुबीच दोहोरो फायरिङको भएको पाकिस्तानी टेलिभिजनहरुले जनाएका छन् । पाकिस्तानका गृह मन्त्री रहमान मलिकले दुर्घटनाको कडा शव्दमा भत्र्सना गर्नुभएको छ । यसैबिच सो आक्रमणको तालिबानी बिद्रोहीले जिम्मेवारी लिएका छन् । उनीहरुले आक्रमण लादेन हत्याको बदाला लिएको प्रतिक्रया दिएका छन् ।

खेल समाचार
क्रिकेटमा पुलिस र शशस्त्र भिड्ने
यसै बर्षबाट राष्ट्रिय क्रिकेट लिग प्रतियोगितामा सहभागिता जनाएका दुइ विभागिय टोलि शशस्त्र प्रहरी र नेपाल पुलिस क्लब बिच भोली उपाधि भिडन्त हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले दुइ विभागिय टोलीलाइ पनि क्षेत्रिय टोलि सरह मान्यता दिएपछि दुबै टोलीले यसबर्षदेखी राष्ट्रिय लिगमा सहभागिता जनाएका हुन् । नेपाल पुलिस समुह ए बाट विजयी बन्दै फाइनल प्रवेश गरेको हो भने शशसत्र समुह बि बाट फाइनलमा स्थान बनाउन सफल भएको हो ।

ए डिभीजन लिग आज स्थगित

काठमांडौ, २९ बैशाख । जनजाति महासंघले आह्वान गरेको बन्दका कारण राजधानिमा जारी सहिद स्मारक ए डिभीजन लिग फुटवलमा आज हुने भनिएका खेलहरु प्रभावित बनेका छन् । आज युनाईटेड युथ क्लव विरुद्ध ब्रिगेड व्वाइज तथा त्रिभुवन आर्मी क्लव बिरुद्ध रानीपोखरी कर्नर टिम आर सीटी भिड्ने कार्यक्रम भएपनि बन्दका कारण खेलहरु स्थगित भएका हुन् । स्थगित खेलहरु भोली हुनेछ ।

No comments: