Saturday, May 14, 2011

बैशाख ३१ गते २०६८

संबिधान सभाको म्याद थप गर्नु सरकारको बाध्यता ः प्रधानमन्त्रि खनाल

सुनसरी, ३१ बैशाख । प्रधानमन्त्रि झलनाथ खनालले संबिधान सभाको म्याद बढाउनु बर्तमान सरकारको बाध्यता भएको बताउनुभएको छ । सुनसरीको इनरुवामा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री खनालले आगामी जेठ १४ मै संबिधान बन्ने स्थिती नदेखिए पछि बाध्य भएर सरकारले म्याद थप्ने निर्णय गरेको बताउनुभयो । सरकार गठनपछिको तिन महिने हनिमुन पिरियडको समयावधिमा सरकार बिस्तारमै ध्यान केन्द्रीत गर्दै बितेकाले संबिधान निमार्णमा ध्यान केन्द्रित गर्न नसकेको खनालको स्विकारेक्ति थियो । संबिधान सभाको म्याद एक बर्ष थप गर्ने सरकारको प्रस्ताव भएपनि समयावधि थपघट गर्न सकिने उहाँले बताउनुभयो ।

सरकार ढाल्न बिपक्षी दलहरुले गरेको कसरतलाई इगिंत गर्दै प्रधानमन्त्रि खनालले सरकारलाई हनिमुन पनि राम्रोसँग मनाउन नदिएको गुनासो गर्नुभयो । सरकार गठन भएको सय दिनको समयलाई हनिमुन पिरेडका रुपमा लिने परम्परा रहेको भएपनि वर्तमान सरकारलाइ सय दिनमा एकदिन पनि हनिमुन मनाउन नदिएको उहाँको गुनासो थियो ।

यसैबिच एमाले जनजागरण सभामा सम्बोधन गर्न गएका प्रधानमन्त्रि खनाललाई एमाले कै कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् । संबिधान निर्माण र शान्ति प्रक्रिाय टुङग्याउन प्रधानमन्त्रीको हैसियलते ध्यान नदिएको भन्दै उनीहरुले प्रधानमन्त्रि खनालबिरुद्ध कालो झण्डा प्रदर्शन गरेका हुन् । झण्डा प्रदर्शन गर्ने एक बृद्धालाई प्रहरीले पक्राउ गरेको छ ।

संविधान सभाको म्याद थपका लागी प्रधानमन्त्रीको राजिनामाको शर्त

काठमाण्डौँ, ३१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कङग्रेस सहित सानादलहरुले संविधान सभाको म्याद थपका लागि वर्तमान सरकार विघटन हुनुपर्ने शर्त दोहो¥याएका छन् । वर्तमान सरकार राष्ट्रिय सहमतीको भवाना विपरीत गठन भएको भन्दै कङग्रेसले सरकार गठनका बेला एमाले र माओवादी अध्यक्षबीच भएको सात बुदेँ सहमती खारेज गरी राष्ट्रिय सहमतीको नयाँ सरकार बनाउनुपर्ने माग अगाडी सारेका हुन् । 

प्रधानमन्त्री झलनाथ खनालसँग आज भएको भेटवार्तामा कङग्रेसले यसअघि देखी उठाउँदै आएको सात बुदेँ खारेजी तथा प्रधानमन्त्रीको राजिनामा माग गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्ती खनाल र कङग्रेस उपसभापती रामचन्द्र पौडेल बिचको भेटमा पौडेलले माओवादीसँग सरकार निर्माणका समयमा भएको सात बुँदे सहमति भंग गर्नुपर्ने तथा शान्ति प्रक्रियाको टुंगो लाग्नु पर्ने काँग्रेसको सर्त यथावत रहेको बताउँनु भएको हो । काँग्रस नेता पौडेलसँग भएको भेटमा प्रधानमन्त्री खनालले संविधानसभाको म्याद एक वर्ष थप गर्न सरकारले दर्ता गराएको अन्तरिम संबिधान संशोधन बिद्येयक पारित गर्न सहयोगका लागी आग्रह गर्नु भएको थियो ।

भेटपछि प्रतिक्रिया दिदै नेता पौडेलले जेठ १४ अगावै माओवादी लडाकुहरुको ब्वस्थापनमा ठोस कदम चालि शान्ति प्रक्रियाको पूर्णतामा विश्वस्थ आधार नबने संविधान सभााको म्याद थपका लागि कङग्रेसले मतदान गर्न नसक्ने स्पष्ट पारेको सुनाउनुभयो । वर्तमान सरकार शान्ति संविधान र लोकतान्त्रिक नेपालको विरुद्धमा रहेकाले यो सरकार विघटन गरी तत्काल राष्ट्रिय सहमतीको सरकामा आफूले जोड दिएको पौडेलले जानकारी दिनुभयो ।

यसैबिच प्रधानमन्त्री झलनाथ खनालले आजै सद्भावना पार्टी आनन्दीदेवीका अध्यक्ष सरिता गिरी, नेपाः राष्ट्रिय पार्टी तथा जनमुक्ति पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

साना दलका नेताहरुसँग भएको भेटवार्तामा पनि प्रधानमन्त्री खनालले बिद्येयक पारित गराउन सहयोग गर्न आग्रह गर्नु भएको सदभावना आनन्दीदेवीका अध्यक्ष गिरीले बताउनु भयो । सो अवसरमा शान्ति प्रक्रिया र संबिधान निर्माण, सेना समायोजनका बिषयमा समेत छलफल भएको उहाँले बताउनु भयो । अध्यक्ष गिरीले म्याद थपकालागी बिभिन्न दलले सर्त अघि सारेको अबस्थामा सबै भन्दा पहिले राष्ट्रिय सहमती कायम गर्न आफुले प्रधानमन्त्री खनालाई सुझाब दिएको बताउनु भयो । सरकारले संबिधान सभाको म्याद पुनःएक बर्ष थप्ने प्रस्ताब राखी अस्ति ब्यबस्थापिका संसद सचिबालयमा सबिधान शंशोधन बिद्येयक दर्ता गराएको थियो ।

माओबादीले अन्य दल सँग छलफल गर्ने

एकिकृत नेकपा माओबादीले सेना समायोजन र शान्ति प्रक्रियालाई टुङगे लगाउन दलहरु सँगको छलफललाई तिब्रता दिने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नयाँबजार स्थित निबासमा आज बिहान बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । माओवादीले आफ्नो दलले पारित गरेको निति भित्र रहेर मात्र अन्य दलसँग छलफल गर्नै प्रकाशको भनाई छ । माओवादी लडाकुको मात्रै छुट्टै फोर्स बनाउनेमा सहमती नजुटे मिश्रित फोर्स बनाउन सकिने माओवादी नीति रहेको उहाँको भनाई थियो । बैठकमा सेना समायोजन विशेष समितीको कामकारबाहीका विषयमा पनि छलफल भएको जनाईएको छ । सरकारले सबिधान सभाको म्याद १ बर्ष थप गर्ने निर्णय गरे पछि त्यसलाई पारित गराउन सक्तारुढ दल माओबादी अन्य दल सँगको छलफलमा जुटेकोे हो ।

प्रश्नपत्र बाहिरिएपछि लोक सेवा आयोगको परिक्षा स्थगित 

प्रश्नपत्र बाहिरिएपछि आज भएको लोक सेवा आयोग अन्तरगत सामान्य प्रशासन समुुह नासुको परिक्षा स्थगित भएको छ । राजधानीको डिल्लीबजारस्थित पद्मकन्या उच्चमाबिमा सञ्चालन भइरहेको परिक्षा अन्तरगत द्धितियपत्रको प्रश्नपत्र बाहिरिएको भन्दै परिक्षा रद्ध गर्नुपरेको लोक सेवा आयोगले सुचना जारी गरी जनाएको छ । प्रश्नपत्र बाहिरिएपछि बिद्यार्थीहरुले केहिबेर प्रदर्शन समेत गरेका थिए । उनीहरुले आजै सञ्चालित पहिलो पत्रको पनि परिक्षा रद्ध गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका हुन् । 

डिभी भिसा रद्ध

अमेरिकाले यसै महिनामा सार्वजानिक गरेको इलेक्ट्रोनिक डाइभर्सिटि भिसा (इडिभी) को सबै नतिजा रद्ध गरेको छ । कम्प्युटर प्रोग्रामिगंमा आएको खराबीका कारण नतिजा रद्ध गर्नुपरेको अमेरिकि सरकारको काउन्सुलर मामिला सम्बन्धि वेभसाइटमा उल्लेख गरिएको छ । अमेरिकी उपबिदेश राज्यमन्त्रि डेबिड टिटोहोनाले आबेदकहरुको छानौट निष्पक्ष हुन नसकेकाले रद्ध गर्नुपरेको बताउनुभएको छ । आबेदकहरुले नयाँ आबेदन भने भर्नु नपर्ने जनाइएको छ । सोही आबेदनबाट आगामी जुलाई १५ मा अर्को नतिजा आउने अमेरिकाले जनाएको छ । 

विश्वासिलो आधारमा म्याद थप्न सकिनेः

बुद्धिजिवीहरुले संविधान बन्ने विश्वासिलो आधार तयार भए संविधानसभाको म्याद थपगर्न सकिने बताएका छन । नेपाल बौद्धिक मञ्चले आज राजधानीमा आयोजना गरेको ‘जेठ चौधः आश कि त्राश’ विषयक अन्तरक्रियामा बुद्धिजिवीहरुले संविधानसभाको म्याद बढिमा छ महिना थप गर्नु उचित हुने बताएका हुन । नेपाल वार एशोसिएशनका अध्यक्ष प्रेमबहादुर खड्काले संविधान बन्ने सुनिश्चित आधार तयार भए छ महिना म्याद थपगर्न सकिने बताउनुभयो ।

उहाँले संविधनानसभाको म्याद नथपिएपनि जेठ १४ पछि राष्टपति शासन वा सैनिक शासन लागु हुन नसक्ने र यदि त्यसो भयो भने वार चुप लागेर नबस्ने बताउनुभयो । उहाँले नयाँ संविधान बनाउन आग्रह गरे नेपाल बारले संविधानको ड्रफ्ट निमार्ण गर्न सहयोग गर्न तयार रहेको पनि जानकारी दिनुभयो । राजनीतिशास्त्री प्रा. डा. गोपाल शिवाकोटीले लोकतन्त्रका नाममा अलोकतान्त्रिक बनेका कारण संविधान नबन्ने परिस्थिति सृजना भएको बताउनुभयो ।

विश्लेषक डा. सुरेन्द्र के.सी.ले सुन्यतामा फर्केर संविधान नबन्ने भएकाले राष्ट्रिय सहमतिमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘दलहरुले राष्ट्रिय सहमति गरे नयाँ संविधान अहिले नभए पनि आउन सक्ने आशा गर्न सकिन्छ ।’ पूर्व राजदुत हिरण्यलाल श्रेष्ठले जेठ १४ बढी त्रास, कम आश रहेको बताउनुभयो । उहाँले राजनीतिक निकासका लागि पहिलो सहमति, दोश्रो दुई तिहाई र त्यो भएन भने नयाँ जनादेश लिन जानु पर्ने बताउनुभयो ।
नेपाल बौद्धिक मञ्चका संयोजक डा. के.बी रोकायाले दलहरुले तत्काल निर्वाचन प्रक्रिया र शासकीय स्वरुपमा सहमति कायम गरे मात्र पनि निर्धारित समयमा संविधान जारी गर्न सकिने विचार ब्यतm गर्नुभयो । उहाँको विचारमा सेना समायोजन राष्ट्रिय सुचना नीति बनाएपछि र राज्यको पुर्नसंरचना देश संघीय ब्यवस्थामा जाने भन्ने सहमति गरे निर्धारित समयमै संविधान जारी गर्न सकिन्छ ।

नागरिक समाजका अगुवा श्याम श्रेष्ठले दलहरु सरकार निमार्णमा केन्द्रित भएकाले समयमै संविधान निमार्ण नभएको बताउनुभयो । उहाँले संविधानसभाका ६०१ सभाषद सबै दोषी नभएको बताउदै नेपालमा १०, १२ जना नेताहरु मात्र बेइमान भएको बताउनुभयो ।

सरकार बिघटन हुदैन ः माओबादी र एमाले

एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको बर्तमान सरकार राष्ट्रिय सहमतीको सरकार बन्न नसकेको भन्दै प्रतिपक्षि दलहरुबाट सरकार बिघठनको आवाज आइरहेका बेला सत्तरुढ दलहरुले भने सरकार बिगठन नहुने अडान राखेका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता देवप्रसाद गुरुङले संविधानसभाको म्याद थपको सर्तको रुपमा सरकारको विघठन स्विकार्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो–सरकार, संविधान निर्माण र शान्ति प्रक्रिया अलग अलग विषय हो । यसलाई एकै पोल्टोमा पार्ने प्रयास गर्नु हुँदैन ।

नेकपा एमालेका सचिव यूवराज ज्ञावली संविधान सभाको म्याद थपकोलागी सरकार परिवर्तनको सर्त उपयूक्त नभएको भन्दै सरकार तत्काल बदलिने संभावना नरहेको बताउनुभयो । नेपाली काग्रेसका नेता डा प्रकाश सरण महतले भने खनालको नेतृत्वमा रहेको सरकारले शान्ति र संविधानको कार्यभार पुरा गर्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले संविधानसभाको म्याद थपकोलागी कम्तीमा पनि जेठ १४ गते अघि सेना समायोजनमा लडाकुको संख्या, मापदण्ड र मोडालिटि, संविधान निर्माणको विषयमा रहेका मतभेदमा न्यूनतम सहमति र नयाँ आधार सहितको सर्वदलिय सरकार बनाउने विषयमा सहमति हुनु पर्ने सर्त अगाडि सार्नुभयो ।
राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले यथास्थितिमा संविधानसभाको म्याद थप्न नसकिने बताउनुभयो ।

अन्तराष्ट्रिय समाचार
पाकिस्तानी संसदद्धारा सुरक्षा निति र परराष्ट्र निति पुर्नविचार गर्ने

पाकिस्तान, ३१ बैशाख । पाकिस्तानी संसदले देशको सुरक्षा निति र परराष्ट्र नितिमा तत्काल पुर्नविचार गर्न माग गरेको छ । लादेनमाथी अमेरिकी सैन्य कारवाहिलाइ मध्य नजर गर्दै बोलाइएको संसद बैठकले सुरक्षा निति र परराष्ट्र निति पुर्नविचार गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।

पाकिस्तानी जनताले सरकार र सुरक्षा अधिकारीहरुसँग अमेरिकी कारवाहीमा लादेन मारिएको घटनाले आप्mनो सम्प्रभुतामा खलल पुगेको भन्दै जवाफ माग्दै आएका छन् । यस्तै पाकिस्तानी ससदले विश्वभर हुदैँ अमेरिकी चालक रहित विमान डे«ान आक्रमण तत्काल स्थगन गर्न समेत माग गरेको छ । साथै पाकिस्तानले डे«ान हमला बन्द नगरिए पाकिस्तान भएर जाने नेटो सहयोग बन्द गने चेतावनी दिएको छ । पाकिस्तानी सांसदहरुले लानेद मर्नु राम्रो खबर भएपनि पाकिस्तानमा गरिएको कारावाही देशको सम्प्रभुता माथीको हमला भएको बताएका छन् । पाकिस्तानी सांसदहरुले अमेरिकी सहयोग समेत राष्ट्रमा आवश्यक नरहेको बताएका छन् । उनीहरुले तत्काल अमेरिकी सहयोग स्वीकार नगर्न समेत सरकारलाइ आग्रह गरेका छन् ।

यसैबिच पाकिस्तानी प्रधानमन्त्री युसुफ राजा गिलानीले अमेरिकी अनुसन्धान ब्युरो सिआइए र पाकिस्तानी अनुसन्धान ब्युरो आइएसआइ बिचको सहयोग अन्त्य भएको बताउनु भएको छ । पाकिस्तानी अँग्रजी पत्रिका टाइमलाइ दिएको अन्तरवातामा प्रधानमन्त्री गिलानीले अमेरिकाले पाकिस्तान माथी विश्वास नगरेको भन्दै सँग सँगै हिडन् नसकिने बताएका छन् । यद्यपी गिलानीले अमेरिकी अनुसन्धान ब्युरोसँगको सम्झौता जारी नरहनुमा रणनितीक फरक प्रमुख कारण भएको बताएका छन् । 

खेल समाचार
राष्ट्रिय एकदिवसिय क्रिकेटको उपाधि शशस्त्र प्रहरी क्लबलाइ

काठमाण्डौँ, ३१ बैशाख । राष्ट्रिय एकदिवसिय क्रिकेटको उपाधि शसस्त्र प्रहरिको एपीएफ क्लवले जितेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्वबिद्यालयको मैदानमा आज भएको फाइनल खेलमा एपीएफ क्लवले नेपाल पुलिस क्लवलाई ८ विकेट पराजित गर्दै उपाधि माथी कब्जा जमाएको हो । 

पुलिस र एपीएफ एक आपसमा भिडेको यो पहिलो पटक हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर ५ बल खेल्दै २ सय १६ रन बनाएको थियो । पुलिसको लागि प्रदिप ऐरिले सबैभन्दा बढि ६५ रन बनाए भने फैजरुल रहमानले रनआउट हुनु अघि २९ रनको योगदान गरे । बलिङ तर्फ  एपीएफका शक्ति गौचनले ३ विकेट लिदा अमृत भट्टराईले २ विकेट आफ्नो नाममा लेखाए ।

२ सय १६ रनको लक्ष्य एपीएफले ४२ ओभर २ बल खेल्दै २ विकेटको क्षतिमा भेट्टाएको थियो । सहज रुपमा लक्ष्य पार गर्न एपीएफका पारस खड्काले नटआउट ९५  रनको महत्वपूर्ण पारि खेलेका थिए । यस्तै एपीएफको इनिङ उकास्न शरद भेषवाकर पनि नटआउट ६२ रन बनाएका थिए । त्यस अघि  एपीएफका ओपनर द्धय परेश लोहनीले २४ तथा दीपेन्द्र चौधरीले २१ रन बनाएका थिए । बलिङ तर्फ पुलिसका पुष्प थापाले १ विकेट लिए । जितसंगै एपीएफले खेलका सबै प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । उपाधि  जितेको एपीएफले १ लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ भने उपबिजेता पुलिसले १ लाखमा नै चित्त बुझाएको छ । प्रतियोगितको म्यान अफ दी सिरिज तथा वेस्ट बलरको उपाधि एपीएफका शक्ति गौचनले जितेका छन् भने भैरहवका अन्तिम थापा वेस्ट ब्याट्सम्यान चुनिएका छन् ।

शहिद स्मारक ए डिभिजन लिग

शहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा रानि पोखरी कर्नर टिम आरसिटी विजयी भएको भने बिग्रेड ब्वाइज र युनाइटेड युथ क्लबले बरारबी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न बिग्रड ब्वाइज र युनाइटेड बिचको पहिलो खेलमा अग्रता भने व्रिगेड ब्वाईजले लिएको थियो । उसका लागि दिवस राईले ५७औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ७४औ मिनेटमा युनाइैटेडका लागि रुकेश श्रेष्ठले गोल गर्दै खेललाई एक एकको बराबरीमा ल्यााएका थिए । खेलमा थप गोल हुन नसक्दा दुबै टोली एक एक नम्बर बाड्न बाध्य भएका छन् ।

त्यस्तै प्रतियोगिता अन्तरगत आजै सम्पन्न नेपाल आर्मी र रानि पोखरी कर्नर टिम आरसिटी बिचको दोश्रो खेलमा आरसिटीले आर्मीलाइ ४–३ ले पराजित गरेको छ । आरसिटीलाइ विजयी बनाउन शेखर लिम्बुले ह्याट्रिक पुरा गर्दै चार गोल गरेका थिए । जर्सि नंम्बर १८ का शेखर लिम्बुले खेलको १८, ५८, ७३, ७७ औँ मिनेटमा गोल गरेका थिए । आर्मीका लागी गोपाल दिप लामा, टेक बहादुर र राम कुमारले एक एक गोल गरेका थिए । 

No comments: