संवैधानिक समितिमा फेरि तनाव, सभापतिको फाइल च्यातियोः
काठमाण्डौ, १ जेठ । आफूहरुका माग संवोधन नगरी बैठक अन्य बिषयमा प्रवेश गराएको भन्दै स्वतन्त्र सहित साना दलका चारजना सभासदले संवैधानिक समिति बैठक अबरुद्ध पारेका छन । लामो समयको अन्तरालपछि आज बसेको बैठकमा सभापति निलाम्वर आचार्यले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजकत्वको विबाद उपसमिति बैठकको म्याद थपगर्न प्रस्ताव गरे लगत्तै चारजना सभासदले सभापतिको फाइल च्यातेका थिए ।
यद्यपी बैठकले विरोधकाबीच उपसमितिको म्याद जेठ १३ सम्मकालागि थप गरिएको माओवादी अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने सभासदका माग संवोधनगर्ने पहल भइरहेको बताउनुभयो ।
बैठक अवधिभर उभिएका चारजना सभासदले सभापतिले उपसमितिको म्याद थपगर्ने प्रस्ताव गर्नासाथ सभापतिको फाइल च्याति दुइवटा माइक समेत भाचेका थिए । बैठकभीत्र अभद्र कृर्याकलाप भएपछि त्यो रोक्न सभापतिले मार्सललाइ निर्देशन दिएपछि सभासद विश्वेन्द्र पासवानले आफूमाथी गोली हान्न चेतावनी दिर्दै आफ्नै कमिज च्यातेका थिए । ‘सभापतिजी कति शव्दको गोली हान्नुहुन्छ, सक्नेभए गोली नै हान्नुस भन्दै विश्वेन्द्रजीले छातिको कपडा च्यात्नुभयो’, बैठकमा भएको घटनावारे जानकारी गराउदै माले सभासद सीपी मैनालीले बताउनुभयो ।
बैठकमा अल्पसंख्यक समूदायका माग संवोधनगर्न प्रमुख तीनदलका संसदीय दलका नेता, संविधानसभा अध्यक्ष र संवैधानिक समितिका सभापतिलाइ जिम्मा लगाउने सहमति भएको थियो । यसवारे थप निर्णयगर्न संविधानसभामा रहेका २८ दलीय संयन्त्रको बैठक बोलाउने समेत सहमति भएको थियो । चारजना सभासदहरुले भने आफूहरुमाथी गोली हान्न आदेश दिइएको दावीगर्दै संवैधानिक समितिका सभापतिको कार्यकक्ष अगाडि धर्ना बसेका थिए ।
दलित जनजाति पार्टीका सभासद बिश्वेन्द्र पासवान, सघिय लोकतान्त्रिक मञ्चकी सभासद रुक्मिनी चौधरी, स्वतन्त्र सभासद सदरुल मियाँ हक र नेपाः पार्टीका सभासद बुद्धरत्न मानन्धरको अबरोधका कारण सबैधानिक समितीको बैठक एक महिनादेखी बस्न सकेको थिएन । संवैधानिक समितिको बैठक अनिश्चित कालकालागि स्थगित भएको छ । संविधानसभाको म्याद गपगर्ने बिषयमा भने केहिदिनमै २८ दलको बैठक बोलाउने सहमति भएको छ ।
पन्ध्रलाख धरौटीमा सभासदलाइ थुनुवा मुक्त गर्न विषेश अदालतको अख्तियारलाइ निर्देशन
काठमाण्डौँ, ०१ जेठ । विशेष अदालतले रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा थुनामा रहेका सभासदद्धय विपी यादव र गायत्री शाहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले दुबैलाई १५—१५ लाख धरौटी लिई छाड्न आज आदेश दिएको हो । काठमाडौ जिल्ला अदालतले १०–१० हजार धरौटीमा रिहा गर्ने आदेश दिएपछि अख्तियारले उनीहरुलाइ अदालत परिसरबाटै पक्राउ गरि विशेष अदालतमा मुद्या दायर गरेको थियो । उनीम्हरुलाइलाई कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा प्रहरीले गत ६ गते बानेश्वरबाट पक्राउ गरेको थियो । अदालतमा मुद्या दायर भएपछि दुबै जनालाई संविधान सभाले सभासदबाट निलम्बन गरिसकेको छ । यादव फोरम नेपालका तर्फबाट तथा शाह जनता दलको तर्फबाट संविधान सभामा चयन भएका थिए ।
माओवादी अध्यक्ष प्रचण्ड अचानक थाइल्याण्ड प्रस्थानः
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज अचानक थाइल्याण्डको राजधानी बैकंक प्रस्थान गर्नुभएको छ । एसिया प्यासिफीक को–अपेशनको बैठकमा सहभागि हुन भन्दै उहाँ आज दिउसो त्यसतर्फ प्रस्थान गर्नुभएको हो । यसअघिपनि अध्यक्ष प्रचण्ड अकस्मात सिंगापूर प्रस्थान गर्नुभएको थियो । उहाँ भोली नै स्वदेश फर्कीने कार्यक्रम रहेको प्रचण्डका स्वकिय सचिव समिर दाहालले जानकारी दिन’भाये । त्यहा रहदा उहाँले केहि भारतीय र चीनीया नेताहरुसंग परामर्श गर्नुहुने स्रोतहरुले जनाएका छन ।
संविधानसभाको म्याद थपगर्ने बिषयलाइ लिएर प्रधानमन्त्री परामर्शमाः
काठमाण्डौँ, ०१ जेठ । संविधानसभाको म्याद थपगर्ने बिषयलाइ लिएर प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक परामर्शलाइ तीब्र बनाउनु भएको छ । यसक्रममा प्रधानमन्त्री खनालले आज नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुसंग परामर्श गर्नु भएको छ । नेमकिपा अध्यक्ष नारायणमान विजुक्षे लाइ भेटन प्रधानमन्त्री खनाल अपरान्ह भक्तपूर पुग्नुभएको थियो । अध्यक्ष विजुक्षेले भने प्रमुख दलहरु सत्ता खिचातानीमा लागेका कारण संविधान बन्न नसकेको बताउनु भएको थियो ।
त्यसअघि प्रधानमन्त्री खनालले आजै राप्रपा अध्यक्ष पशुपति शंशेर राणसंग भेटवार्तागरी संविधान संशोधन विधेयकमा समर्थन जनाउन आग्रह गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्रीले हिजो कागे्रस लगायत विभिन्न दलका नेताहरुसंग परामर्श गर्नुभएको थियो ।
यसैबीच राप्रपा नेपालले संविधानसभाको म्याद थपगर्ने सरकारी निर्णयप्रति तीब्र आपत्ति जनाउदै नयाँ निर्वाचनगर्न माग गरेको छ । राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले आज विज्ञप्ती प्रकाशिगतरी जनादेशको अनादारगर्दै संविधानसभाको म्याद थपगर्ने दुष्प्रयास भएको भन्दै विरोध जनाउनु भएको हो । उहाँले संविधानसभाको यही संयन्त्रवाट नयाँ जनमतमा जानुपर्ने तथा राष्ट्रिय महत्वका बिषयमा जनमतसंग्रहमा जान प्रस्ताव गर्नुभएको छ ।
सभासदको नाराबाजिबीच संसदमा विधेयक पेशः
काठमाण्डौँ, ०१ जेठ । पाँचजना सभासद्हरुको नारावाजीका बीचपनि ब्यवस्थापीका संसदमा सरकारले आज दुइ विधेयक र दुइसंहिता पेश गरेको छ । संसदमा समावेशी विधेयक ल्याउनुपर्ने लगायत मागराखी विगत लामो समयदेखी संसद बैठक अबरुद्ध गर्दैआएका सभासदको नाराबाजीबीच फौजदारी कसुर र केही नेपाल कानुन संसोधन सम्वन्धि विधेयक संसदमा पेश भएका हुन । सभामुखकोे पटक पटकको आग्रह पछिपनि सभासद्हरुले नारावाजी नरोकेपछि सभामुखले होहल्लाकै बीच नियमित कार्यसूचीमा प्रवेश गराउनु भएको हो । समभासद्हरुले नारावाजी नरोकेपछि सभामुख नेम्वाङले विशेष समय र शुन्य समय हटाएर बैठकको कार्यसुचि अघि बढाउनुभएको थियो ।
बैठकमा कानुन तथा न्याय मन्त्री प्रभु साहले फौजदारी कसुर र केही नेपाल कानुन संसोधन सम्वन्धि विधेयक प्रस्तुत गर्नुभएको थियो । साहले अपराध संहिता २०६७ र फौजदारी कार्यविधी संहिता २०६७ पनि आजको बैठकमा प्रस्तुत गर्नुभएको हो । संसद बैठक जेठ ८ गते आइतबार तीन बजेसम्मका लागि स्थगित भएको छ ।
![]() |
Chairman of constitutional Committee (CC) Nilambar Acharya |

PM Khanal with Bijkuchhe |

संविधानसभाको म्याद थप्नुको विकल्प छैनः प्रधानमन्त्री
काठमाण्डौँ, ०१ जेठ । प्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधान निर्माणको सुनिश्चितताका लागि संविधानसभाको म्याद थप गर्नुको विकल्प नभएकोमा जोड दिनुभएको छ । शान्ति र संविधानका लागि रिपोर्टर्स क्लबले आज बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री खनालले संविधानसभाको म्याद सकिनु अघि नै दलहरुका बीचमा राष्ट्रिय सहमति कायम हुने विश्वास ब्यक्त गर्नुभयो । शान्ति प्रक्रिया र संविधान निर्माणमा सम्बन्धमा केही दिन भित्रै ठोस कार्ययोजना सार्वजनिक गर्ने पनि प्रधानमन्त्री खनालले स्पष्ट पार्नु भयो । निर्धारित समयमा संविधान निर्माण हुन नसक्नुको कारणबारे समिक्षा गरी कति समय थप गर्दा संविधान बन्न सक्छ भन्ने कुरा जनतामाझ स्वष्ट रुपमा ल्याउँने पनि उहाँले बताउँनु भयो ।
शान्ति र संविधान नचाहने शक्तिले संविधानसभाको म्याद थप्न नदिएर संविधानसभा विघठन गर्न चाहेको टिप्पणी गर्दै प्रधानमन्त्री खनालले शान्ति र संविधानका पक्षमा रहेका सबै शक्तिहरुले एकमत भई संविधानसभालाई बचाउँनु पर्ने धारणा राख्नु भयो ।
तीन करोड नेपालीको इच्छा र आकांक्षालाई प्रतिबिम्बित गर्दै आफूले म्याद थपको प्रस्ताव संसदमा दर्ता गरेको स्पष्ट पार्दै प्रधानमन्त्री खनालले यसका लागि विभिन्न दलका नेताहरुसँगको छलफललाई तिब्रता दिइरहेको समेत बताउँनु भयो । शान्ति प्रक्रियालाई अघि बढाउँने विषयमा दलहरुबीचको छलफल जारी रहेको भन्दै उहाँले केही दिनभित्रै सहमतिमा पुग्ने दाबी समेत गर्नुभयो । शान्ति प्रक्रियाको मोडालिटि, मापदण्ड, पुर्नस्थापन तथा संख्याको बारेमा छलफल भइरहेको जानकारी दिदै उहाँले छलफल कहाँ कसरी भइराखेको छ भन्नेबारे केहि पनि खुलाउँन चाहनु भएन ।
केपाी ओली ः प्रधानमन्त्री खनालले कार्यभार पुरा गर्न नसकेकाले राजिनामा मागेको हुँ
एमाले स्थायी कमिटी सदस्य केपी ओलीले दिइएको जिम्मेवारी पूरा गर्न नसकेकाले आफूले प्रधानमन्त्री झलनाथ खनालको राजीनमा मागेको दावी गर्नुभएको छ । विद्यार्थी दिवसको उपलक्ष्यमा अनेरास्ववियूले सुरु गरेको बृहत शैक्षिक सम्मेलनमा नेता ओलीले सत्ता स्वार्थले प्रेरित भएर आफूले प्रधानमन्त्रीको राजीनामा नमागेको बताउनुभएयो । सत्तास्वार्थ र कुर्सीको लडाईंले एमालेका विवाद नआएको ओलीको भनाइ थियो ।
नेता ओलीले विगतमा खनालले भन्दै आएजस्तो राष्ट्रिय सहमति बिना शान्ति र संविधानको यात्रा नर्क कुण्डमा हामफालेजस्तै हुने भएकाले राष्ट्रिय सहमतिका लागि अब त्याग गर्ने बेला आएको तर्क गर्नुभयो । उहा“ले विगतमा भन्दै आएको कुरा सम्झिएर राजीनामा नदिए एमालेको आगामी केन्द्रीय कमिटी बैठक खनालका लागि महंगो पर्ने दावी गर्नुभयो । नेता ओलीले प्रधानमन्त्री खनालले सा“ढे तीन महिनाको अवधिमा दिनमा तीन ठा“उमा तीनथरी भाषण बाहेक केही नगरेको भन्दै भाषणले मात्र संविधान नबन्ने जिकिर गर्नुभयो ।
शिक्षमन्त्री गंगालाल तुलाधरले शान्ति र संविधान सबैलाई चाहिएकाले विवाद बढाउने काम नगर्न र सरकारलाई सहयोग गर्न ओलीलाई आग्रह गर्नुभयो । हरेक वर्षको जेठ १ लाई अनेरास्ववियूले आफ्नो संगठन स्थापना दिवसका रुपमा मनाउ“दै आएको छ । यसपटक अनेरास्ववियूले तीन महिने शैक्षिक अभियान चलाई राज्यको दीर्घकालीन शिक्षानीतिमा व्यापक हेरफेर गर्नुपर्ने प्रस्ताव गरेको छ । अनेरास्ववियूले विश्वबजारको दाजोमा गुणस्तरीय र प्रतिश्पर्धात्मक, जनताको पहु“च पुग्न सक्ने र पुनर्संरचना सुहाउ“दो शिक्षा आवश्यक रहेको बताउ“दै आएकोछ ।
फेरि नेपाल बन्दको कुरा
काठमाण्डौँ, १ जेठ । केही साना दल र जातीय संगठनहरुले आज आह्वान गरेको नेपाल बन्दको सर्वत्र अवज्ञा भएपछि बन्द निश्प्रभावी भएको छ । पटक÷पटकका बन्दले आक्रान्त बनेका सर्बसाधारणले आज देशभर बन्दको वेवास्ता गर्दे दैनिक जनजीजन गुजारेका छन् । नामै नसुनेका केही सङगठन सहित साना दलहरुले विज्ञप्ती पठाई बन्दको आह्वान गरेका थिए । तोकिएको समयमै संविधान जारी गर्नुपर्ने, नयां संबिधानमा आफुहरुको अधिकार शुनिश्चित हुनुपर्ने भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, कोचिला संर्घर्ष समिति र दलित गणतान्त्रिक मोर्चा लगायतले आह्वान गरेको बन्द प्रभावहिन भएको हो ।
राजधानी काठमाडौमा पनि बन्दको प्रभाव शुन्यनै रह्यो । आज राजधानीका सडकहमा सार्वजनिक तथा नीजि सवारी साधनहरु निर्वाध रुपमा चलिरहेका छन् । नेपाल बन्दका क्रममा असामान्य घटना कतै नभएको प्रहरीले जनाएको छ ।
उता लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले आफ्ना कार्यकताए रिहाईको माग गर्दे मेची राजमार्ग अनिश्चित कालकालागि बन्द आश्हवान गरेको छ ।
यसैबीच, क्षेत्री समाजको बन्दका कारण आज चितवन, धादिङ र काभ्रेको जनजीबन ठप्प भएको छ । बन्दका कारण छोटा तथा लामो दुरीका कुनै पनी सबारी साधन चल्न सकेनन् भने शैक्षिक सस्था, उधोग कलकारखाना र ब्यापार ब्यबशाय पनि बिहानै देखि बन्द भएका थिए । बन्द सफल बनाउन क्षेत्री समाज नेपालका कार्यकर्ताहरु बिहानै देखि सडकमा उत्रिएर सशक्त रुपमा बन्द गराउँदै हिडेका थिए । बन्दको प्रभाज चितवनमा अत्यधिक परेको हाम्रा स्थानीय प्रतिनिधीले जनाएका छन् । चितवनमा आज बन्दका क्रममा रिक्सा समेत सन्चालनमा आउन नदिएको जनाईएको छ ।
चितवनमै बन्दको समाचार संकलन गर्ने क्रममा चितवनमा रहेको विजय एफएम १०१.६ मेगाहर्जका संचारकर्मी माथि बन्दकर्ताहरुले अभद्र ब्यवहार गरेको जनाईएको छ ।
बुद्ध जयन्तीका अबसरमा विशेष कार्यक्रमः
२५ सय ५५ औ बुद्धजयन्ती समारोहका अबसरमा नयाँ संविधानमा धर्म निरपेक्षताका लामा गुरुद्वारा विशेष मोलम पूजा पाठ गरिने भएको छ । बौद्ध दर्शन प्रबद्धन तथा गुम्बा बिकास समितिले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजनागरि बुद्ध जयन्तीका अबसरमा कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो । सो अबसरमा मंगलवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा संविधानसभाका अध्यक्षको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो ।
माओवादी उपाध्यक्षहरु
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले वर्तमान सरकारलाई राष्ट्रिय सहमति स्वरुप दिने तयारी भइरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै उपाध्यक्ष भट्टराईले वर्तमान सरकारलाई जेठ १४ अघि नै राष्ट्रिय सहमतिको सरकार स्वरुप दिनुपर्ने बताउनुभयो । राष्ट्रिय सहमतिको स्वरुप दिन नसके अर्को सरकार बनाउन उपयुक्त हुने उहांले बताउनुभयो । शान्ति र संविधानलाई सुनिश्चित गर्न एक बर्षको अवधि थप गर्नु परेको भट्टराईको थियो । शान्ति प्रकृया टुंगोमा पु¥याउन बीसौं बर्ष लाग्न सक्ने भन्दै उपाध्यक्ष भट्टराईले संसारमा पाच बर्षभन्दा कम समयमा संविधानसभाले संविधान बनाएको उदाहरण नभएकोले अहिले नै आत्तिन नहुने बताउनुभयो । आफ्नै पार्टी भित्रैबाट राष्ट्रिय सुरक्षा नीति तयार नगरी सेना समायोजन गर्न नहुने भनाई सार्वजनीक भइरहेको बेला उपाध्यक्ष भट्टराईले भने राष्ट्रिय सुरक्षा नीति र सेना समायोजन प्रक्रिया संगै अघिबढ्ने बताउनुभयो ।
माओवादीकै अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले शान्ति र संविधान निर्माणलाई निष्कर्षमा पु¥याउने अन्तिम विकल्प संयुक्त राष्ट्रिय सरकार भएको बताउनु भएको छ । अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय स्वयंसेवकको घोषणामा आज राजधानीमा उपाध्यक्ष प्रकाशले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाई शान्ति, संविधान र सेना समायोजनको मुद्दामा निष्कर्षमा पुग्नु पर्ने बताउनु भयो । उहांले शान्ति र संविधान निमार्णमा दलहरुबीच राजनजीतिक सहमति नबने मुलुकको राष्ट्रिय अस्तित्व गुम्ने र राष्ट्र असफल र मुठभेठ तर्फ उन्मुख हुने चेतावनी दिनुभयो । उहँले जेठ चौध सम्ममा संविधानसभाको एकीकृत मस्यौदा तयार पारी जनतामा जानु पर्नेमा जोड दिंदै शान्ति र संविधानको रक्षार्थ सबै देशप्रेमीहरु एक ठांउमा उभिनु पर्ने औल्याउनु भयो ।
राष्ट्रिय जनगणना
राष्ट्रिय जनगणना–२०६८ आजदेखि मुलुकभर शुरु भएको छ । जनगणनामा साढे आठ हजार सुपरिवेक्षकले जेठ १८ गते सम्ममा प्रत्येक घरपरिवारको मुली, पुरुष र महिलाको तथ्यांक संकलन गर्ने तथ्यांक बिभागले जनाएको छ । यो १ सयऔं बर्षको एघारौं राष्ट्रिय जनगणना हो । अन्तिम चरणको जनगणना भने असार ३ गते देखि १३ गतेसम्म चल्ने बताईएको छ । अहिलेको जनगणनाले तेस्रो लिंगीको समेत तथ्यांक संकलन गरिने केन्द्रिय तथ्यांक बिभागका निर्देशक रुद्र सुवालले जानकारी दिनुभयोे । ५० वटा प्रश्न तयार गरिएको गणनाका निम्ती यस बर्ष “कोही नछुटौ, कोही नदोहोरियौं, अक्सर गरेकै स्थानबाट आफ्नो विबरण लेखाऔ” भन्ने नारा राखिएको छ । नेपालमा पहिलो पटक १९६८ मा जनगणना शुरु भएको थियो । त्यसयता हरेक दश बर्षमा जनगणना हुदै आएको छ ।।
प्रहरीको करामत
केही दिन अघिमात्रै सकिएको उच्च माध्यामिक शिक्षा परिषद अन्र्तगतको कक्षा १२ को परीक्षामा प्रश्नपत्र आउट गर्नैमा राजधानीकै प्रतिष्ठत कलेजको संस्थापकहरु रहेको पाईएको छ । परिक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरद्धारा गत बैशाख १९ गतेदेखि ३० गतेसम्म संचालन गरेको कक्षा १२ को विभिन्न संकायका प्रश्नपत्रहरु परिक्षा अगावै बाहिर ल्याई बिक्री गर्ने ४ जनालाई केन्द्रीय अनुसन्धान व्युरोले आज पक्राउ गरेपछि सो रहस्य खुलेको हो । पक्राउ पर्नेहरुमा न्ष्ििभत कलेज कालिमाटीका को–ओर्डिनेटर रुद्र अधिकारी, द्यचष्नजतबिलम कलेज बालाजुका शिक्षक नरेन्द्र सुवेदी, उनकै बिद्यार्थी सन्तोष कुईकेल र कुमारीगाल–७ टुसाल बस्ने न्यूटन कलेजका बिद्यार्थी बिनोद बस्नेत रहेका छन् ।
विभिन्न बिषयहरुको प्रश्नपत्र परिक्षा अगावै बाहिरीएको सूचना सार्वजनिक भए लगतै केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको अनुसन्धान टोलीले उनीहरुलाई कलंकीबाट पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । न्ष्ििभत कलेज कालिमाटीका को–ओडिनेटर रुद्र अधिकारीको योजनामा प्रश्नपत्रहरु बाहिरीएको र बाहिरीएका प्रश्नपत्रहरु ५ हजारदेखि २५ हजार रुपैया सम्ममा विक्री गरेको, परिक्षा हुने अघिल्लो दिनमा प्रश्नपत्र निकाल्ने गरेको, बाहिरीएको प्रश्नपत्रहरु सवै रुद्र अधिकारीले ल्याएर सहयोगी नरेन्द्र सुबेदीलाई दिएको र सुबेदीले सन्तोष कुईकेललाई र कुइकेलले बिनोद बस्नेतलाई दिने गरेको तथा बस्नेतले विभिन्न बिद्यार्थीहरुलाई बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको जनाईएको छ ।
पक्राउ परेका अभियुक्तहरुलाई प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कानूनी कारवाहीको लागि आज महानगरीय प्रहरी परिसर हनुमानढोकामा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
अन्र्तराष्ट्रिय समाचार
आईएमएफ प्रमुख पक्राउ
अन्र्तराष्ट्रिय मुद्राकोषका निर्दैशक डोमिनिक स्टा«उस काहान एक होटलकी कर्मचारीलाई यौन दु¥र्वयबहार गरेको आरोपमा पक्राउ परेका छन् । अमेरिकी शहर टाईम्स स्क्वायरमा रहेको होटल सोफिटेलमा बसेका बेला उनले एक ३२ बर्षीउ होटलकी कर्मचारीलाई यौन दुर्ववहार गरेको भन्दै पेरिस जाने विमानबाट उनलाइृ न्युयोर्क प्रहरीले पक्राउ गरेको हो । उनलाई अहिले न्युयोर्क प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको न्युयोर्क पुलिस विभागका प्रबक्ता पउल जे ब्राउनले पुष्टि गरेका छन् । उनीमाथि लागेको आरोप पुष्टि भए यौन अपराध ऐन र बलात्कार अभियोगमा कारबाही हुने ती प्रबक्ताले जनाएका छन् । ६२ वर्षीय फ्रान्सेली नागरिक काहान फा्रन्सका पूर्व अर्थमन्त्री समेत हुन् भने उनलाई फ्रान्सको भावी राष्ट्रपतीको समेत प्रवल उम्मेदवार मानिएको छ । होटलकी ती महिलाले आफूलाई दुरब्यवशार गरेको प्रहरीलाई जानकारी गराएपछि विमान उड्नु केवल १० मिनटअघि उनलाई पक्राउ गरिएको थियो । ती महिलालाई भने सामान्य उपचारका लागि अस्पताल लगिएको प्रहरी प्रमुखले जनाएका छन् ।
भारतिय विधानसभा निर्वाचनमा विजयी भएपछि
भारतको तामिलनाडु राज्यको मुख्यमन्त्रिमा जयललिता नियुक्ति हुने भएकि छिन् । जयललिताले हिजो आफ्नो नेतृत्वमा सरकार गठनको दावि प्रस्तुत गरेकी थिइन् । राज्यसभाले उनलाइ सरुकार बनाऊन दिने निणर्य गरेपछि उनको सपथ ग्रहण समेत तय भएको छ । ललिताले भोली मद्रास विश्वविद्यालयमा सपथ ग्रहण लिने कार्यक्रम रहेको छ ।
यस्तै कोलकोत्तामा पनि ममता बर्नेजीको मुख्य मन्त्री बन्ने सम्भावना चुलिएको छ । उनको नेतृत्वमा रहेको तृणमुल काँग्रेसले भारी अन्तरले विजय हासिल गरेपछि बेनर्जीको निर्वाचित हुने सम्भवना बलियो भएको छ । बेनर्र्जीको भारतिय काँग्रेस पार्टिकी अध्यक्ष सोनिया गान्धीसँग समेत सरकार गठनबारे भेट पक्का भएको भारतिय संचार माध्यमहरुले जनाएका छन् ।
No comments:
Post a Comment