Monday, May 16, 2011

जेठ २ गते २०६८

संविधान सभाको म्याद थपका लागी कांग्रेसको सर्त
काठमाण्डौँ, ०२ जेठ । नेपाली कांग्रेसले जेठ १४ अघि नै दलहरु बिच लोकतान्त्रीक संविधानको सुनिश्चितता, लडाकु समायोजन र राज्य पुर्नसंरचना आयोग गठन गर्ने सहमति भए मात्र संविधानसभाको म्याद थप गर्न सकिने सर्त अगाडी सारेको छ ।

सरकारले संविधानसभाको म्याद थपका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गराएपछि नेपाली कांग्रेसले निसर्त म्याद थप गर्ने विषयमा सहमति नजनाउन साना दलहरुस“ग समेत आग्रह गरेको छ । सानेपा स्थित केन्द्रीय कार्यालयमा आज बिभिन्न साना दलहरुस“ग भएको छलफलमा कांग्रेसले निसर्त म्याद थपका लागि सहमति नजनाउन आग्रह गरेको हो । छलफलपछि काँग्रेस उपसभापति रामचन्द्र पौडेलले शान्तिप्रक्रियाको पूर्णता, लोकतान्त्रिक संविधानको सुनिश्चितता र राष्ट्रिय सहमतिका लागि सातब“ुदे खारेजी भए मात्र म्याद थपमा सहमति जनाउन सकिने बताउनुभयो । बरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभाको म्याद थप गर्नुअघि शान्ति प्रकृयाबारे ठोस सहमति गरिनुपर्ने बिषयमा साना दलहरुस“ग परामर्श भएको बताउनुभयो ।

छलफलमा सहभागी नेकपा संयुक्तका सह–अध्यक्ष गणेश शाहले लडाकु ब्यवस्थापन, राज्य पुर्नसंरचना आयोग गठन र लोकतान्त्रीक संविधानको सुनिश्चितता नभए म्याद थपका लागि सहयोग नगर्न कांग्रेसले आग्रह गरेको बताउनुभयो । शाहले आफूहरुपनि निसर्त म्याद थपका पक्षमा नभएको भन्दै संविधानसभा भंग गरेर भ्याकुमको अवस्था आउन नदिन सहमतिका आधारमा म्याद थप गर्नुपर्ने धारणा राखेको सुनाऊनुभयो । कांग्रेसले आज नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टी, राप्रपा नेपाल, लगायतका राजनतिक दलहरुस“ग परामर्श गरेको थियो ।

संविधान सभाको म्याद थपमा सहमति जनाऊन प्रधानमन्त्री खनालद्धारा परामर्शमा निरन्तरता

काठमाण्डौँ, ०२ जेठ । प्रधानमनत्री झलनथा खनालले संविधान सभाको म्याद थप गर्ने सरकारी प्रस्तावमा सहमजि जनाऊन विभिन्न दलहरुलाइ आग्रह गर्नु भएको छ । सरकारले संविधान सभाको म्याद थपका लागी संविधान संशोधनको प्रस्ताव दर्ता गराएपछि प्रधानमन्त्रि खनालले विभिन्न दलहरुसँग सहमितका लागी आग्रह गर्दै आउनु भएको छ । यसैक्रममा खनालले आज राष्ट्रिय जनामोर्चाका अध्यक्ष चित्र बहादुर केसी र नेकपा एकिकृतका परी थापासँग छुट्टाछुट्टै परामर्श गर्नुभएको थियो । भेटमा केसी र थापाले भने जनता सामु संबिधान सभाको म्याद थप गर्नुपर्नाको बिश्वाशिलो आधार प्रस्तुत गरेरमात्र म्याद थप गर्न सुझाव दिएका थिए । 

बालुवाटामा भएको छलफल पछि जनमोर्चा अध्यक्ष केसीले संविधानसभाको म्याद थपको प्रस्तावबारे केही दिन भित्रै पार्टीको बैठक बसेर संस्थागत धारणा सार्बजनिक गर्ने जवाफ दिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

त्यसैगरी अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्रिको कार्यलयमा भएको भेटपछि एकीकृतका परि थापालेसंबिधान सभाको म्याद थप गर्ने बिश्वासिलो आधार प्रस्तुत गरेर मात्र म्याद थप गर्नुपर्ने सुझाव दिएको सञ्चारकर्मीलाई जानकरी दिनुभयो । यसअघि हिजो प्रधानमन्त्रि खनालले नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी नेपा राष्ट्रिय पार्टी, नेपाल सद्भावना पार्टी आनन्दीदेबीसंग परामर्श गर्नु भएको थियो ।

माओवादी अध्यक्ष प्रचण्ड रहस्यमय भ्रमण सकि स्वदेश फीर्ताः

काठमाण्डौँ, ०२ जेठ । हिजो अचानक थाइल्याण्डको राजधानी बैकंक गएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज अपरान्ह स्वदेश फर्कनु भएको छ । एसिया प्यासिफीक को–अपेशनको बैठकमा सहभागि हुन भन्दै हिजो दिउसो थाइल्याण्ड गएका प्रचण्ड आज दिउसो स्वदेश फर्कीनु भएको हो । त्यहा रहदा उहाँले केहि चीनीया उच्च नेताहरुसंग परामर्श गर्नुभएको स्रोतहरुले जनाएका छन । माओवादी जनसेनाका लडाकूको समायोजनवारे उहाँले चिनिया अधिकारीसंग परामर्श गरेको हुनसक्ने स्रोतहरुले बताएका छन ।

भारतीय र पश्चिमा मुलुकका अधिकारसंगपनि उहाँको भेटवार्ता भएको हुन सक्ने माओवादी भीत्रको असन्तुष्ट समूह स्रोतले बतायो । त्रिभुवन विमानसथलमा कडा सुरक्षाबीच प्रचण्ड पत्रकारहरुलाइ छलेर बाहिरिनु भएको थियो । यसअघिपनि अध्यक्ष प्रचण्ड अकस्मात सिंगापूर, मलेसिया लगायतका मुलुकको भ्रमण गर्नुभएको थियो । नेपालमा सरकार परिवर्तनको कुरा चलिरहदा भएको प्रचण्डको रहस्यमय विदेश भ्रमणलाइ अर्थपूर्ण रुपमा हेरिएको छ । संसदको प्रमुख दल र पूर्व प्रधानमन्त्रीले विदेश भ्रमणगर्दा परराष्ट्र मन्त्रालयलाइ जानकारी गराउनु पर्ने भएपनि प्रचण्डले परराष्ट्रका अधिकारीलाइ कुने जानकारी गराउनु भएको छैन ।

दलहरुबीच तत्काल नयाँ सहमति बन्नु पर्छः राष्ट्रपति

धनुषा ०२ जेठ । राष्ट्रपति रामवरण यादवले मुलुकमा राष्ट्रपति शासनको सम्भावना नरहेको बताउनुभएको छ । पारिवारिक शोकमा परेर आज जनकपुरको सपही पुग्नुभएका राष्ट्रपति यादवले अन्तरिम संविधानमा राष्ट्रपति शाशनको व्यवस्था नभएकाले त्यस्तो दुविधामा नपर्न सबैलाइ आग्रह गर्नु भएको हो । सञ्चारकर्मीस“ग कुरा गर्दै राष्ट्रपतिले संविधानसभाको म्याद थप्ने नथप्ने विषयमा राजनीतिक दलहरूबीच सहमति जुट्नु पर्ने विचार व्यक्त गर्नुभयो । आफु सानै देखी देशमा गणतन्त्र हुनुपर्ने पक्षमा रहेको चर्चा गर्दै उहा“ले अब प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनुपर्ने विचार व्यक्त गर्नुभयो । राष्ट्रपति डा. यादव कान्छी आमा शितला देवी यादवको आज विहान ५ बजे ८० वर्षको उमेरमा निधन भएपछि अन्त्येष्टि समारोहमा सहभागी हुन धनुषा पुग्नु भएको हो ।

यता ललितपुरमा आयोजित साउथ एसियन म्यानेजमेन्ट फोरमको एघारौै सम्मेलनलाई उद्घाटन गर्दे राष्ट्रपति डा. यादवले दलहरुबीच तत्काल नयाँ सहमति नबने मूलुक गम्भिर दुर्घटनामा फस्ने चेतावनी दिनुभएको छ । लोकतान्त्रिक व्यवस्थालाई स्थापित गर्नु अहिलेको प्रमुख चुनौती भएकोमा जोड दिदै उहाँले मूलुकको राजनीतिक अस्थिरताले लोकतन्त्रनै खतरामा परेकोमा चिन्ता समेत ब्यक्त गर्नु भयो ।

उहाले दिर्घकालिन बिकासका लागि लागि व्यवस्थापकिय परिबर्तनको आवश्यकता रहेको औल्याउनुभयो । उहाँले संविधानमा आर्थिक बहस चलिरहेका बेला व्यवस्थापन सम्बन्धी सार्क स्तरिय बैठक नेपालमा हुनु महत्वपूर्ण भएको टिप्पणी गर्नु भयो । कार्यक्रममा सार्कका महासचिव फतेमा दियाना सहिरले नेपालमा आर्थिक स्थायित्वका लागि व्यक्तिगत स्वतन्त्रताको माध्यमबाट आर्थिक सामाजिक तथा सास्कृतिक विकासमा जोड दिनुभयो । दुई दिन सम्म चल्ने बैठकमा सार्क राष्ट्रका भौगोलिक पूर्वाधार र आर्थिक विकासका संभावनाबारे विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

संविधानसभाको म्याद थप्नुको विकल्प छैनः

काठमाण्डौँ, ०२ जेठ । प्रधानमन्त्री झलनाथ खनालले संविधान सभाको म्याद थप गर्नुको विकल्प नभएको वताउँदै म्याद थपका लागि आनाकानी नगर्न दलहरुसंग आग्रह गर्नुभएको छ । भातृ संगठन युवा संघ नेपालको २२ औं स्थापना दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री खनालले संविधानसभाको म्याद थपगर्न आनाकानी गरे दलकै टाउको माथी बज्रपात हुने बताउनु भएको हो । प्रमुख प्रतीपक्षि नेपाली कांग्रेसले संविधान सभाको म्याद थपको औचित्य नभएको वताईरहेका वेला प्रधानमन्त्री खनालले कांग्रेसको भनाईप्रती यस्तो प्रतिकृया आएको हो । म्याद थप गरिएको समयावधीभित्र संविधान जारि गर्न नसक्नुको कारणप्रती आत्मालोचना गर्दै जेठ १४ अगावै लडाकु समायोजन र संविधानको एकिकृत मस्यौदा तयार गर्न अग्रसर रहनुपर्नेमा उहाँको विशेष जोड थियो । शान्ति र संविधानको कार्यभारलाई वृहद वनाउन नेपाली कांग्रेस समेत आफु नेतृत्वको सरकारमा आउन आग्रह गर्दै त्यसका लागि आफु वातावरण वनाउन कृयाशिल रहने प्रतीवद्धता समेत व्यक्त गर्नुभएको छ ।

उहाँले जेठ १४ भित्र शान्ति र संविधानबारेमा महत्वपुर्ण सहमती समेत वन्ने दावी समेत गर्नुभएयो । कार्यक्रममा एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पनि प्रमुख राजनीतिक दलहरु एक ठाउँमा नआएसम्म शान्ति र संविधान निर्माण प्रकृया निरन्तर प्रभावित हुने चिन्ता व्यक्त गर्नुभएयो । संविधानलेखनको मुल जिम्मेवारी पुरा नभएको प्रती आत्मालोचना सहित माफि मागेर शान्ति र संविधानका लागि विश्वस्त आधार प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजालले भने यथास्थितीमा संविधान सभाको म्याद थप गर्ने पक्षमा कांग्रेस तयार नभएको स्पष्ट पार्नुभयो । उहाँले माओवादी उल्टो वाटो हिँड्न खोजेकोले संविधान र शान्ति निर्माण प्रकृयामा गतिरोध उत्पन्न भैरहेकोले आगामी दिनमा माओवादीको कुनै जालझेलमा नफस्ने वताउनुभयो । कार्यक्रममा विभिन्न युवा नेताहरुले शान्ति र संविधानमा प्रमुख दलहरु गंभिर नवनेकोले जटिलता थपिएकोप्रती सचेत पारेका छन् । उनीहरुले संविधान सभाको म्याद थपको स्पष्ट कारण जनताले थाहा पाउनुपर्नेमा जोड दिएका छन् ।

१७ सानादलद्वारा प्रधानमन्त्रीलाइ ज्ञापनपत्रः

काठमाण्डौ, जेठ २ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएर निर्धारित समयभित्रै संविधान जारी गर्न माग गर्दै साना विभिन्न १७ दलले प्रधानमन्त्री झलनाथ खनाललाइ आज ज्ञापनपत्र बुझाएका छन् । संविधानसभा भीत्र र संविधानसभा बाहिरका दलहरुले प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा प्रधानमन्त्री खनाललाई भेटगरी उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् । विभिन्न आठ सुत्रिय माग प्रस्तुत गरि बुझाइएको ज्ञापनपत्रमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याई निर्धारित समयभित्र संविधान जारी गर्नुपर्ने, राष्ट्रिय हितको रक्षा र प्रर्वद्धन गरिनु पर्ने लगायत छन ।

यसैगरी जनगणना २०६८ मा गैर नेपालीलाई सामेल हुन नदिन २०६३ मा वितरित नागरिकता छानविनका लागि उच्चस्तरीय नागरिकता छानविन आयोग गठन गरिनु पर्ने, राष्ट्रियतालाई गम्भिर आँच पुग्ने प्रस्तावित सुपुर्दगी सन्धि अगाडी नबढाउन उनिहरुले माग गरेका छन । मंहगी घटाई पेट्रोलियम तथा उपभोग्य पदार्थको आपूर्तिलाई सहज बनाउँनु पर्ने, दण्डहिनताको अन्त्य गरि शान्ति सुरक्षा कायम गरिनु पर्ने तथा भ्रष्टाचारीहरुलाई कारबाही गरिनु पर्ने लगायतका माग राखिएको जनमोर्चाका महासचिव साध्यबहादुर भण्डारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले आफूहरुका मागप्रति समर्थन जनाउनु भएको भण्डारीले बताउनु भयो । उहाँका अनुसार जेठ १४ अगावै शान्ति प्रक्रिर्या टुङ्गोमा पुग्ने स्पष्ट आधार सहित संविधान बन्ने सुनिश्चितता गरिने प्रधानमन्त्रीले बताउनु भएको थियो । ज्ञापनपत्र बुझाउँने साना दलहरुमा नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाल, चुरेभावर राष्ट्रिय पार्टी लगायतका रहेका छन् ।

दुई षड्यन्त्रकारीको सरकारः ओली

काभ्रे, ०२ जेठ । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले आफ्नै पार्टी अध्यक्ष झलनाथ खनाल नेतृत्वको बर्तमान सरकार दुई षड्यन्त्रकारीको सरकार भएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्रि खनाल र माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड षड्यन्त्रकारी भएको उहाको आरोप थियो । युवा संघ काभ्रे जिल्ला कमिटीको आठौँ जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै नेता ओलीले खनाल र प्रचण्डले राष्ट्रिय सहमतीको बाटो भत्काएर जालझेल र षड्यन्त्र मात्र गरेको आरोप लगाउनुभयो । पार्टी निर्णयबिपरित अध्यक्ष खनालले माओबादीलाई गृह मन्त्रालय दिएको प्रति आक्रोश व्यक्त गर्दै ओलीले अब पार्टी एक व्यक्तिको इशारामा नचल्ने बताउनुभयो । सरकारले संबिधान सभाको म्याद थपका संसद सचिवालयमा प्रस्ताव गरेको प्रति असहमती गर्दै संबिधान सभाको म्याद थप्नुको औचित्य नभएको टिप्पणी गर्नुभयो ।

संबिधान सभाको म्याद थप्ने भए प्रधानमन्त्रिले राजीनामा दिनुपर्छः कंग्रेश महामन्त्रि सिटौला

नेपाली कांग्रेशका महामन्त्री कृष्ण्ँप्रसाद सिटौलाले प्रधानमन्त्री झलनाथ खनालले राजिनामा नदिई संविधानसभाको म्याद थप बारे सहमति हुन नसक्ने बताउनु भएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा महामन्त्री सिटौलाले बर्तमान सरकार राष्ट्रिय सहमतीको सरकार बन्न नसकेकाले जेठ १४ अघि नै प्रधानमन्त्रिले राजीनामा दिनुपर्ने बताउनुभयो । उहाले जेठ १४ अघि नै प्रधानमन्त्रीले राजिनामा दिए कांगे्रशको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण्ँ हुने र त्यसले मात्र शान्त्रि र संबिधानको कार्यभार पुरा गर्ने दाबी गर्नुभयो ।

उहाले छुट्टै माओबादी लडाकुको फोर्स बनाउने वा छुट्टै मिश्रित फोर्स बनाउने कुरा कांग्रेशका लागि स्विकार्य नहुने समेत स्पष्ट पार्नुभयो । उहा“ले माओवादी लडाकुलाई सुरÔा निकायको मापदण्ड अनुसार नै समायोजन गर्नु पर्ने बताउदै विगतमा गरेका सम्झौता अनुसारको समायोजनमा जोड दिनुभयो । समायोजन हुने लडाकुको संख्या निर्धारण्ँ, रिगुरपिङ भएर लडाकू र हतियारको सम्बन्ध विच्छेद नभएसम्म माओवादीस“ग सहकार्य सम्भव नरहेको उहा“ले स्पष्ट पार्नुभयो ।

मधेशी दलले पनि मानेनन्

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले यथास्थितिमा संविधानसभाको म्याद थप्न नसकिने बताएका छन् । भैरहवामा आज गरिएको पत्रकार सम्मेलनमा तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक र सदभावना पार्टीका नेताहरुले संविधानसभाको म्याद थप्नुको औचित्य प्रष्टाउन आग्रह गरे । फोरम लोकतान्त्रिकका अध्यक्ष  बिजयकुमार गच्छदारले बाकी १२ दिन भित्र शान्ति प्रकृयालाई पूर्णता दिने, कब्जा सम्पत्ति फिर्ता ,सेना समायोजनको खाका र शिबिरमा रहेको हतियार सरकारका मातहतमा ल्याएर संबिधान सभाको म्याद थपको औचित्य प्रस्ट गर्न आग्रह गर्नुभयो । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवले नेतृत्व गरेको फोरम बाहेक अन्य मधेशी दल संविधानसभाको म्याद थपको विरुद्ध रहेको दाबी गर्नुभयो । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संबिधानसभाको म्याद थप शान्ति र संबिधानका लागी नभई केलब सत्ता र भत्ताका लागी मात्र रहेको आरोप लगाउनुभयो । प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको ७ बुदे सम्झौताले राष्ट्रिय सहमतिको सरकार बन्ने बाटो बन्द गरिदिएको उनीहरुको भनाई थियो ।

प्रजातन्त्र बिरुद्ध म्याद थप गर्ने प्रस्ताव गरियो ः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संबिधान सभाको म्याद थप गर्नु प्रजातन्त्रको बिरुद्धको षड्यन्त्र भएको टिप्पणी गर्नुभएको छ । मोरङको बिराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले ठूला दलहरुको आफ्नै स्वार्थका कारण सरकारले म्याद थप्ने प्रस्ताव गरेको आरोप लगाउनुभयो । उग्रबामपन्थी चिन्तनका आधारमा संबिधान सभाको म्याद थप गर्ने प्रस्ताव गरिएको आरोप लगाउदै उहाले यसका बिरुद्ध सबै प्रजातन्त्रबादीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

चारवटा भूमिगत समूहसंग वार्ता प्रयासः शान्तिमन्त्री

शान्ति तथा पुर्ननिर्माण मन्त्री विश्वनाथ साहले तराईमा सशस्त्र संघर्षरत चारवटा समुहहरुसंग वार्ताको लागि प्रयास भईरहेको बताउनु भएको छ । एकीकृत नेकपा माओवादी सम्बद्ध मिथिला राज्य समितिले सोमबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री साहले विगतमा पनि सशस्त्र समूहलाई वार्तामा ल्याउने प्रयास जारी रहेको बताउनु भएको हो । यसक्रममा चारवटा सशस्त्र समूहहरु संग सम्पर्क समेत भईसकेको र उनीहरुसंग सिघ्र वार्ता थालिने उनले उहाँले बताउनुभयो । सम्पर्कमा आएका समूहहरुमध्ये दुईवटा यसभन्दा पूर्व पनि नेपाल सरकारसंग वार्ता गरिसकेका र दुईटा वार्तामा नआएका समुह रहेको मन्त्री साहले जानकरी गराउनुभयो ।

झक्कु प्रसादले माफी दिएः

सभासदहरुले संविधान नबनाएको भन्दै आफुलाइ झपड हान्ने सर्वसाधारण व्यक्तीलाइ एकिकृत नेकपा माओवादीका सभासद झक्कुप्रसाद सुवेदीले माफी दिनुभएको छ । संविधानसभाको तिन बर्षै अवधिमा पनि संविधान बनाउन नसकेको भन्दै गत बैशाख १९ गते तिनकुनेमा चिया पसल गर्ने गोरखा गाइखुर ८ का प्रेमराजा देवकोटाले सुवेदीलाइ गालामा दुइ झापड हानेका थिए । देवकोटाका सम्वन्धीत आफन्तले माफि दिन आग्रह गरेको र आफुले पनि उनको झपड समग्र सभासदहरुमाथि सर्वसाधारणको सामान्य आक्रोषको रुपमा लिएकाले उनलाइ माफि दिएको सुवेदीले जानकारी दिनुभयो । झपड हानेपछि प्रहरीले निज देववकोटालाइ महानगरिय प्रहरी बृत नयाँ बानेश्वरले  अनुसन्धान गरिरहेको थियो ।

आदिबासी–जनजातिले संविधान सभा र रोष्ट्रम घेराउ गर्ने

काठमाडौ, २ जेठ ।  आदिवासी जनजातिले नयाँ संविधानमा आफ्ना माग समावेश गराउन दबाब दिने उद्देश्यले संविधान सभा घेराउ गर्ने भएका छन् । आदीवासी जनजाती संयूक्त संघर्ष समितिले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना अधिकारहरुको सुनिश्चितताका लागि सरोकारवाला सबै पक्षहरुमाथि दबाब श्रृजना गर्न यस्ता कार्यक्रम अघि सारेको जनाएको हो ।  संघर्ष समितिले २०६८ जेठ १४ गतेसम्मको पहिलो चरणका कार्यक्रम सार्वजानिक गर्दै ९ जेठमा प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा सोही दलसँग सम्बन्धित आदिवासी जनजाति कार्यकर्ताहरुबाट धर्ना दिने जनाइएको छ । समितिले ११ जेठमा उपत्यकाका विभिन्न स्थानबाट जनप्रदर्शन र अपराह्न संविधान सभा घेराउ तथा आमसभा गर्ने जनाएको हो । यस्तै समितिले दलका मुख्यालयहरुमा धर्नासमेत दिने जनाएको छ ।

अन्तराष्ट्रिय समाचार
गद्याफि विरुद्ध वारेण्ट जारी

अन्तराष्ट्रिय अपराध न्यायलयका मुख्य अधिवक्ता लुइ मोरेनो ओक्याम्पोले लिबियाली शाशक मुहम्मर गद्याफि, उनका छोरा सेफ अल इस्लाम र लबियाली अनुसन्धान ब्युरोका प्रमुख अब्दुल्ला अल सानुसी विरद्ध पक्राऊ पुर्जी जारी गर्न पहल भइरहेको बताएका छन् । ओक्याम्पोले गद्याफिले मानवता विरोधि अपराध गरेकोले उनी विरुद्ध पक्राऊ पुर्जी जारी गर्न माग गरिएको बताएका छन् । उनले गद्याफि सरकराले योजनाबद्ध रुपमा सर्वसाधारण नागरिको हत्या गरेको स्पष्ट भइसकेकाले अन्तराष्ट्रिय अदालतले पुर्जी जारी गर्नेमा आफु विश्वश्त रहेको समेत बताएका छन् ।

यता लिबियाले भने पक्राउ पुर्जी जारी गर्न गरिएको मागको विरोध गरेको छ । उसले अन्तराष्ट्रिय अदालतमा गरिएको माग अफ्रिकी मुलुकका नेताहरु विरुद्धको कमद भएको समेत बताएको छ । लिबियाली उपविदेश मन्त्री खालिद कायमले अन्तराष्ट्रिय अदालत आपसास शंकास्पद ब्यवहार देखिएको बताएका छन् । उनले आफुहरुले अझैसम्म पनि अमेरिका विरुद्ध मानवता विरोधी अपराधमा मुद्या दायर नगरेको समेत बताएका छन् ।

खेल समाचार
क्रिकेट समाचार

एक दिवसीय क्रिकेटको राष्ट्रिय विजेता एपिएफ क्लबले ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेटमा पनि विजयी सूरुवात गरेको छ । एपिएफले आज भएको खेलमा क्षेत्र नम्बर ३ काठमाडौलाई १ सय २३ रनको फराकिलो अन्तरले हराएको हो । एपिएफलाई महत्वपूर्ण जित दिलाउने क्रममा दिपेन्द्र चौधरीले ४ चौका र २ छक्का सहित अविजित ५६ रन जोडेका थिए । त्यस्तै परेश लोहनीले ४३ रन बनाए  । पुरै २० ओभरको समाप्तीमा एपिएफले ५ विकेट गुमाउदै १ सय ७० रन बनायो । १ सय ७१ रनको चुनौति पछ्याएको काठमाडौ १५ ओभर ३ बलमा ४७ रन बनाउदै अलआउट भयो ।

एपिएफका तर्फबाट मेहबुब आलम र अमृत भट्टराईले समान ९ रन खर्चदै २ –२ विकेट लिए । त्यस्तै सन्जम रेग्मी र शक्ति गौचनले पनि दुई दुई विकेट लिए भने पृथु बास्कोटाले एक विकेट लिए । मेहबुब आलमले खेलको म्यान अफ दि म्याचको ट्रफी जिते । किर्तिपुर खेलमैदानमै भएको अर्को म्याचमा विराटनगरले बैतडीलाई ६ विकेटले हरायो । यता पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा भएको खेलमा पुलिस क्लब र भैरहवाले बाजि मारे ।

शहिद स्मारक ए डिभिजन लिग

शहिद स्मारक ए डिभीजन लिग फुटवल प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो खेलमा हिमालयन शेर्पा क्लबले कोइलापानी क्लबलाई १०–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा हिमालयनका लागि जगजित श्रेष्ठले ह्याट्रिक गरेका थिए । उनले खेलको २९औं, ४४ औं र ६० औं मिनेटमा गोल गरेका थिए । यस्तै दिपक राई, पुकार गहतराज र सुनिल सुवेदीले २–२ गोल गरेका थिए । त्यस्तै कोइलापानीका सरोज कोइरालाले आत्मघाति गोल गदैृ हिमालयन क्लबलाइ एक गोल उपहार स्वरुप दिएका थिए । खेलमा सम्पूर्ण रुपमा हावि भएको हिमालयन शेर्पा विरुद्ध कोइलापानीका तर्फबाट साजन श्रेष्ठले सान्तवना गोल फर्काएका थिए ।

त्यस्तै प्रतियोगिता अन्तर्गत आजै सम्पन्न दोश्रो खेलमा न्युरोड टिम एनआरटीले शशस्त्र प्रहरीको एपिएफ क्लबलाइ ३–० गोलअन्तरले पराजित गरेको छ । एनआरटीका लागीसौरभ मगर, आसिम जङ्ग कार्की र ओल्यानिका इडीरिसले गोल गरेका थिए । खेलको पाँचौँ मिनेटमा नै गोल गर्दै अग्रता लिएको एनआरटीले शशस्त्रको एपिएफलाइ खेल अवधिभरनै दबाबमा राखेको थियो ।

No comments: