Tuesday, May 17, 2011

जेठ ३ गते २०६८

केही दिनमै समायोजन मोडालिटी तयार पार्ने सत्तारुढ गठबन्धनको निर्णय
Army Integration In Nepal 

काठमाडौ जेठ ३ । सत्तारुढ तिन दल बिच केही दिन भित्रै लडाुक समायोजनको मोडालिटि तयार गरि शान्ति प्रक्रियालाइ अगाडी बढाउने सहमति भएको छ । तिन दलका शिर्षस्थ नेताहरु बिच आज भएको छलफलमा जति सक्दो छिटो सेना समायोजन विषेश समिती बैठक बोलाएर मोडालिटी तयार गर्ने सहमति भएको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा माओवादी र सरकारका तर्फबाट सेना समायोजनका विषयमा केही दिनभित्रमा नै प्रस्ताव ल्याउने सहमती भएको बैठकमा सहभागी एमाले नेता सुरेन्द्र पान्डेले जानकारी दिनुभयो । माओवादीले तत्काल स्थाई कमिटीको बैठक बोलाएर समायोजनको मोडालिटी, सङख्या, तहगत निर्धारण लगायतका विषय समेटेर प्रस्ताव ल्याउने र सरकारका तर्फबाट पनि प्रधानमन्त्री खनालले औपचारिक प्रस्ताव ल्याउने सहमती भएको पाण्डेले बताउनुभयो । बैठकमा प्रधानमन्त्री खनालले सेना समायोजनका बारेमा सम्भावित मोडालिटी र सङख्याका बारेमा सरकारको मोटामोटी धारणा राख्नुभएको थियो । 

साथै बैठकले हालको सत्ता गठबन्धन असफल पार्न भएका प्रयासहरुलाई विफल बनाउने सहमती  समेत गरेको छ । शान्ति र संविधानको कार्यादेश सहित वर्तमान सरकार गठन भएकाले दुबै कार्य पूरा नभएसम्म हालकै गठबन्धनलाई निरन्तरता दिने सहमति भएको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिनुभयो । 

यस्तै बैठकले तत्काल संविधानका विवाद समाधान उपसमितीको बैठक बोलाई सबै दलको सहमतीमा जेठ १४ गतेसम्ममा अहिलेसम्म संविधान लेखनका टुङिगएका विषयहरु समेटेर मस्यौदा सार्वजनिक गर्नै निर्णय पनि गरेको छ । छिट्टै संविधान सभामा प्रतिनिधित्व गर्ने २८ दलको बैठक बोलाएर संविधान सभाको म्याद थपका विषयमा निर्णय लिने र सोका लागि सबै दलहरुसँग् छलफल अघि बढाउने सहमती भएको एमाले उपाध्यक्ष गौतमले बताउनुभयो । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड र मधेशी फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी हुनु भएको थियो । 

आउँदो जेठ ६ गते लडाकु समायोजन, संविधान सभाको म्याद थप काँग्रेसको धारणा सार्वजनिक 

ललितपुर, ०३ जेठ । नेपाली काँग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले आउँदो जेठ ६ गते पार्टिले आयोजना गरेको खुलामञ्चको सभाबाट नेपाली काँग्रेसले लडाकु समायोजन, संविधान सभाको म्याद थप लगायतका विषयमा औपचारिक धारणा सार्वजनिक जानकारी दिनु भएको छ । पार्टि केन्द्रीय कार्यलय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले संविधान सभाको म्याद थप अघि शान्ति प्रक्रिाया पुरा हुनुपर्ने अडान समेत दोहो¥याउनु भयो । 

माओवादीले शिविरमा रहेका लडाकु र हतियार सँग सम्बन्ध विच्छेद नगरेसम्म ऊ सँग सहयर्का हुन नसक्ने सिटौलाको भनाइ थियो । सिटौलाले संविधान सभाको एक बर्ष म्याद थप गर्ने प्रस्ताव एमाले र माओवादी अध्यक्ष बिच भएको सात बुदेँ सहमितको निरन्तरता भएकोले सातबुदेँ खारेज नभएसम्म काँग्रेसले म्याद थपमा सहमति नजनाउने बताउनुभयो । विगतमा भएका सहमति कार्यन्वयनमा माओवादीले चासो नदिदाँ समस्याको निकास भन्दा पनि बझिल्ने गरेको उहाँको भनाइ थियो । 

डाक्टर बाबुराम भट्टराईलाई ज्यानमार्ने धम्कि : माओवादीभित्र टाउको फोराफोर

काठमाण्डौँ, ०३ जेठ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई ज्यानमार्ने धम्कि दिएको विरोधमा उहाँ निकट मजदुर कार्यकताहरुले आज पार्टि केन्द्रीय कार्यलय नारावाजी सहित घेराबन्दि गरेका छन् । कोटेश्वर स्थीत ाार्टि कार्यालयमा आज भट्टराई निकट मजदुर कार्यकर्ताहरुले नेता तथा कार्यकर्ताहरुको सुरक्षाको पुर्ण प्रत्याभुती नभएको भन्दै आधा घण्टा नारबाजी सहित कार्यलय घेराबन्दी गरेका हुन् । 

उनीहरुले धम्किका आरोपी मजदुर कार्यकर्ता जनक गर्तौलालाई राजनीतिक संरक्षण नदिई कानुनी कार्वाहीको दायरामा ल्याउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए । पार्टिमा गुण्डागर्दि प्रवृत्तीलाई निषेध गर्नुपर्नेमा जोड दिंदै उनीहरुले घट्नाका दोषिलाई कडा कार्वाहीको प्रकृया अघि वढाउन आग्रह गरेका छन् । अखिल नेपाल होटेल तथा रेष्टुरेण्ट मजदुर सँघका केन्द्रिय सदस्य होम सुवेदीका अनुसार पार्टिले एक दुई दिन मै घट्नाका दोषिलाई कार्वाही गर्ने आश्वासन दिएको छ ।

यसअघि हिजो भट्टराईले आफुलाइ मजदुर कार्यकता गड्तौलाले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गर्नुभएको थियो । उपाध्यक्ष भट्टराईले सुरक्षाको माग गर्दै उपप्रधान तथा गृहमन्त्री कृष्णबहादर महरा र पार्टी महासचिव रामबहादर थापा बादललाई जानकारी गराउनुभएको थियो । सुरक्षाको लागि आग्रह गरे लगत्तै भटटराई निवास सानेपामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । 

यता माओवादी मजदुर नेता शालिकराम जम्मरकट्टेलले भने आन्तरीक रुपमा विवाद समाधान गर्नुुको सट्टा डा भट्टराइले मिडियावाजी गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । आफ्नै पार्टिका उपाध्यक्ष भट्टराईलाई धम्कि दिएको भन्ने घट्नामा आफ्नो समेत नाम मुछिएको प्रती उहाँले चिन्ता व्यक्त गर्दै घट्नाका दोषि वर्तौलाको वचाउको प्रयत्न गर्नुभयो । जम्मरकट्टेल अध्यक्ष दाहाल निकट मानिनुहुन्छ भने धम्किको घट्नामा समेत हात रहेको वताईएको छ । 

उता भट्टराईलाई मार्ने योजना वनाएको आरोप लागेका मजदुर नेता जनक गड्तौलाले आरोपको खण्डन गर्दै आफुलाई गलत सावित गरे जस्तोसुकै कार्वाही भोग्न पनि तयार रहेको प्रतिक्रिया दिएका छन् । उपाध्यक्ष भट्टराईले आरोप लगाउन पुर्व आफुलाई वोलाएर सोधपुछ गर्नुको सट्टा हल्लाको भरमा आरोप लगाएकोप्रती गड्तौलाले कडा रोष प्रकट गरेका छन् । आफुलाई मार्गनीर्देश गर्ने पार्टिका वरिष्ठ नेतालाई मार्ने योजना वनाउने आफ्नो हैसीयत नै नभएको उनको स्पष्टोक्ति रहेको छ ।

यसैबीच एकिकृत नेकपा माओवादीले उपाध्यक्ष डा बाबुराम भट्टराईलाई ज्यान मार्ने धम्की दिने पार्टीकै मजदुर कार्यकर्तालाई छानविनको दायरामा ल्याई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । माओवादीले आज एक विज्ञप्ती जारी गरी अनुशासनहीन, उच्छृङ्खल र अराजक व्यक्तिले केन्द्रीय कार्यालय परिसरमै उपाध्यक्ष भट्टराईको हत्या गर्ने योजना बुनिरहेको घटनाप्रति पार्टी दुःखित र सतर्क भएको जनाएको छ । माओवादी उक्त षडयन्त्रमूलक कसरतको घोर निन्दा एवम् भत्र्सना गर्दछ विज्ञप्तीमा भनिएको छ ।

घटनामा संलग्न व्यक्तिहरूलाई छानविन गरी अनुशासनको दायराभित्र ल्याउनु पार्टीको दायित्व भएको जनाउँदै विज्ञप्तीमा सम्पूर्ण पार्टीपंक्ति र जनसमुदायलाई छानविनमा आश्वस्त हुन आग्रह गएिको छ । पछिल्लो समयमा बढ्दै गएका अराजक, अनुशासनहीन एवम् उच्छृङ्खल तत्वका गतिविधिले पार्टीभित्र प्रतिक्रियावादी घुसपैठ खतरनाक तहसम्म पुगेको गम्भीर आशंका पैदा गराएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

जनताको चाहनामाथि तुषारापात—१७ दल

काठमाडौ, ३ जेठ । संविधानसभामा रहेका साना तथा बाहिर रहेका १७ दलले सरकारले संविधानसभाको म्याद एक वर्ष थप्न ल्याएको प्रस्तावले नेपाली जनताको संविधान पाउने आशामा तुषारापात गरेको ठहर गरेको छ । सत्र दलले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि जेठ १४ गते संविधान जारी गर्ने आधार हुँदा हुँदै सरकारले हतारमा म्याद थपको प्रस्ताव ल्याएको आरोप लगाएका छन् । उनीहरुले थप गरिएको एक बर्षमा संविधान नबन्नुका कारण तथा म्याद थप गनुपर्नाका कारणबारे जनतालाइ स्पष्ट गनुपर्ने समेत बतएका छन् । साना १७ दलले शान्ति, संविधान, राष्ट्रियता र जनजीविकाको सवालमा संयूक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । 

आन्दोलन गर्नै सहमति गरेपनि आन्दोलनको स्वरुप बारे भने पून छलफल गरेर सार्वजनिक गर्ने जनाएका छन् । पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाँकी अवधीमा शान्ति प्रक्रियालाई निश्कर्समा पुर्याउन र संविधान लेख्न तिर ध्यान दिनु पर्ने ठाँउमा सरकारले प्रयासनै नगरी संविधानसभाको म्याद थपको प्रस्ताव ल्याउनु दुखद भएको बताउनुभयो । 

सत्र दलले २०६३ सालमा नागरिकता दिने क्रममा लाखौ गैर नेपालीले नागरिकता लिएको दावी गर्दै नागरिकताको विषयमा छानविन नभई जनगणना गर्दा गंभिर असर पर्ने भन्दै तत्काल उच्चस्तरीय नागरिकता छानविन आयोग गठन गर्न पनि माग गरेका छन । सत्रदलमा नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, जनमोर्चा नेपाल, नेकपा माक्र्सबादी, लगायतका रहेका छन् ।

लौ न माओवादी शान्ति प्रक्रियालाइ पूर्णतामा पु¥याउन सहयोग गर ः प्रधानमन्त्री खनाल

प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रियालाई पूर्णतामा पुराउने कार्यमा सहयोग गर्न माओवादी  सँग आग्रह गर्नुभएको छ । १८ औं मदन आश्रित स्मृति दिवसका अवसरमा एमालेले पार्टी मुख्यालय वल्खुमा गरेको विशेष समारोहको सम्बोधन गर्दे खनालले ठूलो पार्टीको दायित्वका रुपमा जेठ १४ अगावै सेना समायोजन सम्बन्धी ठोस प्रस्ताव ल्याउन माओवादीलाई आग्रह गर्नुभयो । विपक्षी दल कङग्रेस लगायतका दलले सेना समायोनका विषयमा ठोस प्रस्ताव नआएसम्म संविधान सभााको म्याद थप्न सहयोग नगर्नै अडान लिएपछि खनालले माओवादीसँग सो आग्रह गर्नुभएको हो । मुलुक सङक्रमणकालबाट गुज्ररहेकाले सबै दलले आपसी हातेमालो गर्दे अघि बढ्नुपर्नै भएकाले असहमतीहरु हटाउनुपर्नैमा उहाँले जोड दिनुभयो । 

कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले कुनै एकदलतिर ढल्कने नेताहरुका कारण एमालेमा समस्या उत्पन्न भएको बताउनुभयो । हालको अवस्थामा मदन भन्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद झनै सार्थक र आवशयक भएको भन्दै उहाँले जवजलाई ओठेभक्ति  मात्र मान्ने नेताहरुका कारण एमालेले आफ्नो सिद्धान्तमा निखारता ल्याउन नसकेको टिप्पणी गर्नुभयो । सो अवसरमा एमालेले विभिन्न क्षेत्रमा योगदान पुराएका आधा दर्जन ब्यक्तिहरुलाई सम्मानित पनि गरेको थियो ।

नेपालका माक्र्स मदन–आश्रितको भावपूर्ण सम्झना

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र कुशल संगठक मानिने जीवराज आश्रितको रहस्यमय मृत्यु भएको आज अठार वर्ष पुरा भएको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुँगामा रहस्यमय जिप दुर्घटनामा परी उहाँहरुको दुखद निधन भएको थियो । नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते लाइ मदन—आश्रित स्मृति दिबसको रुपमा मनाउदै आएको छ । सो घटनालाई दुर्घटनाको आवरण दिईएपनि सुनियोजित हत्याका रुपमा बुझनेहरु पनि धेरै रहेका छन् ।

स्मृती दिवसकै अवसर पारेर आज एमालेले पार्टी कार्यलय मदननगर बल्खुमा विशेष कार्यक्रमको आयोजना गरी कार्यकर्ता सुरक्षा कोषको घोषणा गरेको छ । कोषको राशी १० करोड रुपैयाको रहने सो अवसरमा जानकारी दिईएको थियो । कोषमा आज पहिलो दिनमा नै २ करोड ५० लाख रुपैया जम्मा भएको एमालेले जनाएको छ । कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालले पार्टी कार्यलय परिसरमा निर्माण हुन लागेको पुष्पलाल भवनको शिलान्यास गर्नुभएको थियो । यस्तै उहाँले चिकित्सा,जलविद्युत र कृषि क्षेत्रमा योगदान पुराउने तीन ब्यक्ति  र मदन–आश्रित स्मृती दौड प्रतियोगिताका विजयीलाई पुरस्कार समेत प्रदान गर्नुभएको थियो । 

उता दुर्घटनास्थल चितवनको दासढुङगामा पनि स्वर्गाीय नेताद्धयको स्मृतीमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी चितवन , नबलपरासी, धादिड , गोर्खा तनहु र लमजुडको सयुक्त आयोजनामा सभाको आयोजना गरिएको जनाईएको छ । श्रद्धान्जली सभाामा जिल्लास्तरका नेता,कार्यकर्ता तथा शुभचिन्तकहरुको ठूलो भिड लागेको जनाईएको छ । श्रद्धान्जली सभाअघि एमाले चितवन पार्टी कार्यलय भरतपुरबाट मोटरसाइकल ¥यालीको आयोजना गरेको थियो । 

श्रद्धान्जली सभामा एमालेका पोलिटव्युरो सदस्य काशिनाथ अधिकारीले मदन भण्डारीको हत्या भएको १८ बर्ष भईसक्दा समेत घटना रहस्यमानैं रहनु दुर्भाग्य भएको बताउनुभयो । उहाले दासढुङ्गा दुर्घटना पछि बनेका धेरै सरकारले घटनाको छानविन गर्ने बताएपनि सत्यतथ्य पत्ता लाग्न नसक्नु निकै लाजमर्दो बिषय भएको बताउनुभयो 

सभापति कोइराला परामर्शमा

लोकतान्त्रीक संविधानको सुनिश्चितता, लडाकु समायोजन र राज्य पुर्नसंरचना आयोग गठन गर्ने सर्तमा मात्र संविधानसभाको म्याद थप गर्न सकिने सर्त अघि सारेको नेपाली काँग्रेसले आजपनि अन्य दलहरुसँगको छलफललाई जारी राखेको छ । यसक्रममा काँग्रेस सभापति शुशील कोइरालाले आज बिहान नेपाल मजदुर किशान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरी हालकै अवस्थामा संविधान सभाको  म्याद थप गर्ननहुने पक्षमा उभिन आग्रह गर्नुभएको छ । 

भेटमा सभापति कोइरालाले बिजुक्छेलाई शान्ति प्रकृया पुरा हुने ठोस कदम सरकारले अगाडी नसारेसम्म संबिधानसभाको म्याद थपको सरकारी प्रस्तावको बिपक्षमा उभीन आग्रह गर्नुभएको थियो । उहाँले लडाकु व्यवस्थापन तथा कब्जा घर जग्गा फिर्ता नगरुन्जेल म्याद थप गर्न नहुने अडान राख्नु भएको विजुक्छे निकट स्रोतले जानकारी दिएको छ । जवाफमा अध्यक्ष बिजुक्छेले भने संविधानसभाको म्याद थपको विकल्प नभएको तर जेठ १४ अघिनै मिलन बिन्दु खोजी शान्ति र संविधान निर्माणमा लाग्नु पर्ने बताउँनु भएको थियो । बिजुक्छेलाई भेट्न सभापति कोइराला भक्तपुरस्थित बिजुक्छे निवास पुग्नु भएको थियो ।

माले पार्टी झाले होला जस्तो छ 

नेकपा मालेबाट चार जना सभासदसहित फुटेर गएको नेकपा माले समाजवादीले आफ्ना दुई सभासदलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी जगतबहादुर बोगटीले नेतृत्व गरेको माले समाजवादीले संसदीय दलका नेता एवं सचिव यदुबंश झा र संसदीय दलका सचेतक तिलकबहादुर थापामगरलाई पार्टीको केन्द्रिय कमिटीको जिम्मेवारीबाट मुक्त गरेको हो । 

सभासद झालाई पार्टी निति विपरित कार्य गरेको, पार्टीको रकम हिनामिना गरेको, संसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप लगाईएको छ । त्यसैगरी सभासद मगरलाई पार्टीको रकम हिना मिना गरेको, संसदको लेवि शूल्क दुरुपयोग गरेको र रातो पासपोर्ट दुरुपयोग गरेको आरोप लगाईएको छ । उनीमाथिको आरोप छानविन गर्न बैठकले महासचिव विष्णु राज अर्यालको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति समेत गठन गरेको छ । 

त्यसैगरी पार्टीकी सभासद शारदा नेपालीले नेपालगन्जमा रक्सी खाएर होहल्ला गरेको विषयमा छानविन गर्न पनि महासचिव अर्यालको संयोजकत्वमा तीन सदस्यीय छानविन कमिति गठन गरेको छ । सो पार्टीले पार्टी फुटाउन षडयन्त्र गरेको आरोपमा केन्द्रीय सदस्यहरु सोमबहादुर तामाङ, दबेन्द्र घतानी, राम सोगारत पासवान, रोशन राणा, पासाङ तामाङ, गोपाल देबकोटा, सरोज कार्की, विष्णुप्रसाद चौधरी र मंगलप्रसाद चौधरीसहित ९ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको जनाएको छ । 

उसले हालको सरकारमा पार्टी अध्यक्ष जगतबहादुर बोगटीलाई मन्त्री र विद्युत बज्राचार्यलाई राज्यमन्त्रीमा पठाउन प्रधानमन्त्रीलाई सिफारिस समेत गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । 

आज बुद्धजयन्ती – दुइ जापानीज मेयरलाइ बुद्ध शान्ति पुरस्कार

काठमांडौ, ३ जेठ । भगवान् गौतमबुद्धको २५ सय ५५ औं जयन्ती शान्तिको कामना गर्दै आज मनाइँदैछ । बुद्धजयन्तीको अवसरमा विश्व शान्तिका मुहान बुद्धको जन्मस्थल लुम्बिनीमा अहिले विशेष कार्यक्रमको आयोजना भइरहेको छ । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले भगवान बुद्धको  शान्ति र अहिंशाको सन्देश आजको युगमा अझ सान्र्दभिक भएको उल्लेख गर्नुभयो ।  शान्ति, मानवियता र अहिंशाका प्रर्वतक भगवान गौतम वुद्धलाई सबै नेपालीले शान्तिका राजकुमार मान्ने गरेको राष्ट्रपति यादवले बताउनुभयो । 

उहांले मुलुकमा हत्या र हिंसाको राजनीति वन्द गर्न आग्रह गर्दै नेपाली जनतालाई शान्ति र संबिधान दिन मुख्य राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।  समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति परमानन्द झा, रक्षा मन्त्री विष्णु पौडेलले बुद्धको शान्ति र अहिंशाको सन्देश आजको युगमा आज सान्र्दभिक रहेको बताउनुभयो । 

समारोहमा विश्व शान्ति सन्देश फैलाउन अभियान चलाइरहेको भन्दै जापानको नागासाकीका मेयर तोकिहिसा ताउए र हिरोसिमाका निबर्तमान मेयर तादातोसी अकिवा लाई पहिलो गौतम बुद्ध अन्तराष्ट्रिय शान्ति पुरस्कार प्रदान गरिरएको छ । ५० हजार अमेरिकी डलर र प्रशंसा पत्र सहितको पुरस्कार उहाहरुलाई सयुक्त रुपमा राष्ट्रपति यादवले प्रदान गर्नु भएको थियो ।   

सुरक्षा नीति तयार भएपछि मात्र सेना समयोजन ः मोहन बैद्य

एकिकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य किरणले राष्ट्रिय सुरक्षा नीति तयार भएपछि मात्र सेना समायोजन हुने बताउनुभएको छ । राजधानीमा आज आयोजित एक पुस्तक बिमोचन कार्यक्रममा उपाध्यक्ष बैद्यले पूर्व सहमतिअनुसार सुरक्षा नीति तयार गरेर मात्र सेना समायोजन हुने दाबी गर्नुभयो । शान्ति र संविधानलाई स‘गस‘गै लैजानुपर्ने भन्दै उहाले संविधानभन्दा पहिला सेना समायोजन गर्ने कांग्रेसको प्रस्ताव आपूmहरूलाई मान्य नहुने पनि स्पष्ट पार्नुभयो । केही शाक्ति र दलहरूले माओवादीलाई सिध्याएर २०४६ सालको संविधान उल्टाउने षड्यन्त्र भएको दाबी गर्दै उहा“ले माओवादी त्यो अवस्थामा झुकेर नबस्ने चेतावनी दिनुभयो । दलहरूबीच संविधानसभाको म्याद थप्ने वा नथप्ने बीच दुई धारको दाउपेच चलिरहेको उहा“को भनाइ थियो । 

यसैबिच काग्रेसका नेता डा. रामशरण महतले माओबादीको सैन्यवादी चिन्तनका कारण शान्तिप्रकृयाले पुर्णता पाउन नसकेको आरोप लगाउनुभएको छ । नवलपरासीको गैंडाकोटमा प्रजातान्त्रिक कानुन व्यवसायीहरुको भेलामा नेता महतले शान्ति र संबिधान निष्कर्षमा पुग्न नसक्नुमा माओवादी नै प्रमुख दोषी भएको दाबी गर्नुभयो । सेना समायोजन बिषेष समितिको सदस्यसमेत रहनुभएका महतले माओवादीले भने जस्तो छुट्टै मिश्रित फोर्स बनाउन कुनै हालतमा नदिने बताउनुभयो । 

लडाकुहरुको कुटपीट, ४ जना सम्पर्कबिहिन  

इलामको चुलाचुली १ स्थित माओबादी लडाकुको पहिलो डिभिजनका लडाकुहरुको एक समुहले गाउ पसेर स्थानीयसबासीलाई कुटपिट गरेका छन् । गएराती १२ बजे तिर चुलाचुली–२ का बलबहादुर फागो, नरबहादुर फागो, मानबहादुर फागो, मिन्सु फागो, छबिलाल लिम्बु र जितबहादुर लिम्बुको घर तोडफेड गर्नुका साथै कुटपिट समेत गरेका हुन् । कुटपिटका कारण स्थानीय १८ वर्षीय डीकबहादुर फागो गम्भीर घाइते भएका छन् । 

उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । कुटपिट पछि स्थानीय छबि राई, मानबहादुर लिम्बु, बबुल फागो र वीरहाङ्ग लिम्बु गरी ४ जना सम्पर्कबिहिन रहेको प्रहरीले जनाएको छ । लडाकुहरु हातहतियार सहित १५÷२० जनाको समूहमा गाउँ पसेका थिए । केहिदिन अघि एक बैबाहिक कार्यक्रममा केटी जिस्क्याएको भन्दै स्थानीय युवाले कुटपिट गरेको प्रतिशोधमा उनीहरुले गाउँमा पसी कुटपिट गरेको बताइएको छ ।  

सडकबाटै राजतन्त्र घोषणा गर्छौ ः कमल थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातान्त्रिक तरिकाले माग राख्दा नसुनीए जनताले सडकबाट राजतन्त्र व्यूँताउने चेतावनी दिनु भएको छ । सुनसरीको इनरुवामा  आज आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले राजतन्त्र र धर्म निरपेक्ष राज्यको बारेमा गरिएको घोषणाका बारेमा पुर्नबिचार गरीनु पर्ने समेत बताउनु भयो । अध्यक्ष थापाले संबिधान सभाको म्याद कुनै पनि हालतमा थप्न नहुने तर्क पेश गर्दे ताजा जनादेशमा जानुपर्ने दोहोर्याउनु भयो । अध्यक्ष थापाले संबिधान सभाको म्याद थपिए देश ठूलो दुर्घटनामा फस्ने बताउनु भयो । संबिधान सभाको म्याद थपिएन भने देशमा के के न हुन्छ भन्ने हाँउगुजी देखाएर जनतालाइ प्रजातन्त्रीक अभ्यास गर्नबाट दलहरुले रोकेको आरोप नेता थापाले बताउनु भयो ।

अन्तराष्ट्रिय समाचार
पाकिस्तानद्धारा नेटोका कारवाहीका विरोध 

अन्तराष्ट्रिय सन्धि संगठन नेटाको हवाइ हमलामा परि दुइ जना सैन्य जवान घाइते भएपछि पाकिस्तानले नेटाको सैन्य कारवाहिको कडा शब्दमा विरोध गरेको छ । उत्तरी बजरिस्तानमा नेटोको हेलिकप्टर कारवाहीमा २ जना सैनिक घाइते भएपछि पाकिस्तानी सेनाले समेत हमलाको विरोध गर्दै प्रति हमलाको चेतावनी दिएको छ । पाकिस्तानी सैन्य प्रवक्ताले नेटाले पाकिस्तानी वायुसेनाको सिमा उलंघन गरेका भन्दै नेटोको अधिकारीहरु सँग यस बिषयमा छलफल गर्ने बतएका छन् । 

आइएमएफ प्रमुख कानलाइ धरौटीमा छाड्न अस्वीकार, कुख्यात राइकर्स जेल चालन  

अमेरिकी अदालतले अन्तराष्ट्रिय मुद्रा कोषका अध्यक्ष डोमिनिक स्ट्रास कानलाइ धरौटीमा छाड्न अस्वीकार गरेका छ । अदालतले धरौटीमा छाड्न अस्वीकार गरेपछि कानलाइ न्यूयोर्कको कुख्यात जेल राइकर्स जेलमा पठाइएको छ । कानलाइ एक होटलको कर्मचारीलाइ यौन दुराचार गरेको आरोपमा पक्राउ गरिएको हो । कानमाथीको आरोप प्रमाणित भए उनलाइ २५ बर्षको जेल सजाँय हुनेछ । कान पक्राऊ पछि फ्रान्सको आउँदो बर्ष हुने निर्वाचनका दाबेदारी प्रस्तुत गरिरहेका उनको जनाधार समेत खस्किएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । 

यसैबिच कान माथी अन्तराष्ट्रिय मुद्राको कोषको प्रमुखबाट तत्काल राजिनामा दिन दबाब परेको छ । अष्ट्रेलियका अर्थमन्त्री मारिया फेकटनले उनलाइ पदबारे पर्नविचार गर्न आग्रह गरेका छन् । स्पेनले पनि कानलाइ पद छाड्न आग्रह गरेको छ । 

खेल समाचार 
शहिद स्मारक ए डिभिजन लिग

शहिद स्मारक ए डिभीजन लिग फुटवल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा बौद्ध फुटवल क्लबले सरस्वती क्लबलाई २ – १ ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दलशरथ रङगशालामा सम्पन्न खेलमा बौद्धका लागि पहिलो हाफको १७ औ मिनेटमा विदेशी खेलाडी युजीने र ४९ औ मिनेटमा खुम गुरुङले एक–एक गोल गरेका थिए । यस्तै सरस्वतीका लागि साजन राईले ८४ औ मिनटमा सान्त्वना एक गोल गरेका थिए । 

यस्तै आजै समपन्न अर्काै खेलमा थ्री स्टार विजयी भएको छ छ । ललितपुरे टोलीका लागि बुद्ध चेमजोङले पहिलो हाफको २३औ मिनटमा गोल गर्र्र्दै अग्रता दिलाएका थिए । यस्तै अग्रतालाई दोब्बर पार्न अनिल ओझाले ६६ औ मिनेटमा बललाई जालीभित्र पसाएका  थिए । 

No comments: