Thursday, May 19, 2011

जेठ ४ गते २०६८


भव्य समारोहबीच देशकै ठुलो जलविद्युत आयोजना तामाकोशी शिलन्यास

लामाबगर दोलखा, जेठ ४ । नेपालको लोडसेडिङ अन्त्यकालागि विकल्प ठानिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज सिलन्यास गरिएको छ । दोलखाको लामाबगर गाबिसको गोँगरमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री झलनाथ खनालले माथिल्लो तामाकोशी आयोजनाको शिलन्यास गर्नु भएको हो ।

शिलन्यास कार्यक्रममा प्रधानमन्त्री लगायत सरकारका मन्त्री र राजनीतिक दलका प्रतिनिधिहरुले तोकिएको समयमै र निर्धारित लागतमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन । प्रधानमन्त्री खनालले नेपालको जलविद्युत विकासको इतिहासमा तामाकोशी आयोजना कोशे ढुङ्गा भएको स्मरणगर्दै यसलाइ तोकिएको समयमै पूरा गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले सामूहिक प्रयत्नवाट यति ठूलो आयोजना स्वदेशी लगनिमा निर्माण संभव भएको बताउदै अन्य आयोजना निर्माण गर्नुपर्ने बताउनुभयो । नेपालको जलविद्युत क्षमताको वास्तविक मूल्याकन हुन नसकेको भन्दै उहाँले क्षमताको वास्तविक अध्यन सुरु गरिने बताउनुभयो । 

कार्यक्रममा उर्जामन्त्री गोकर्ण विष्टले दिनमा तीन सिफ्ट काम गरेर भएपनि तोकिएको समयमै आयोजना पूरा गरिने बताउनुभयो । अन्य आयोजनामा भएको ढिलाइ अध्ययनगरी सरकारले तामाकोशीलाइ समयर्म सम्पन्न गरिने बताउनुभयो । उहाँले आयोजना एक दिन ढिलाइ हुदा ५० लाख क्षतिहुने भन्दै यसमा अबरोध सृजना नगर्न दलहरुसंग आग्रह गर्नुभयो । कार्यक्रममा उपपैधान एवं गृहमन्त्री कृष्णबहादुर महरा, रक्षामन्त्री विष्णु पौडेल र संचारमन्त्री अग्नी सापकोटाले तामाकोशी मोडललाइ अन्य क्षेत्रमा समेत लागू गर्नुपर्ने बताएका थिए । दोलखाकी सभासद एवं भौतिक राज्यमन्त्री देवी खड्काले दोलखालीको नसा नसामा तामाकोशी बगेकोले यसमा कसैको अबरोध नहुने बताउनुभयो । आयोजना प्रमुख मृगेन्द्रबहादुर श्रेष्ठले तोकिएको समय र लागतमा निर्माण सम्पन्न गर्नु अहिलेको चुनौति रहेको बताउनुभयो । 

आगामी २०७२ सालको भदौ सम्म निर्माण पूरागर्ने लक्ष राखिएको तामाकोशी आयोजना सम्पन्न भएपछि जारी लोडसेडिग हटने सरकारले बताएको छ । नेपनल विद्युत प्राधिकरण, नेपाल टेलीकम, कर्मचारी संचय कोष, सर्बसाधारणको १५ र दोलखालीको १० प्रतिसत शेयर लगानी रहेको आयोजनाको ३७ अर्ब ३९ करोड अनुमानित लागत छ । नेपालको जलविद्युत इतिहासमा सबैभन्दा सास्तो लागतमा बन्नेछ ।


समायोजनसम्बन्धी अवधारणामा सहमत भए संविधानसभाको म्याद थपिने

काठमाडौँ, ४ जेठ । नेपाली काँगे्रसले लडाकू समायोजनसम्बन्धी आफ्नो अवधारणा प्रति माओवादी सहमत भए  संविधानसभाको म्याद छ महिना थप्न सकिने सङ्केत गरेको छ । शान्ति र संविधानका लागि देशव्यापी राष्ट्रिय अभियानअन्तर्गत यही जेठ ६ गते राजधानीमा आयोजना हुन लागेको आमसभामार्फत काँगे्रसले सार्वजनिक गर्ने अवधारणालाई आज अन्तिम रुप दिँदै काँगे्रसले त्यस्तो सङ्केत दिएको हो ।

काँगे्रसले थपिएको तीन महिनाभित्र शान्ति प्रक्रिया टुङ्ग्याउने प्रस्ताव राख्दै संविधानसभाको म्याद थपअघि नै पहिलो चरणको काम सक्नुपर्ने शर्त समेत अघि सारेको छ भने बाँकी तीन महिनाभित्र संविधान लेखन कार्य सक्नुपर्ने जनाएको छ । काँगे्रसको प्रस्थावमा लडाकूको समायोजन सङ्ख्या, ढाँचा र मापदण्डमा सहमति हुनुपर्ने र लडाकूलाई समूह विभाजन गरी तिनको सुरक्षा व्यवस्था सम्बन्धित सुरक्षा निकायलेनै गर्ने गरी शिविरका हतियार राज्यलाई बुझाउनुपर्ने प्रस्ताव अघि सारिएको छ ।  

वरिष्ठ नेता शेरबहादुर देउवाको संयोजकत्वमा शान्ति प्रक्रियाको खाका निर्माण गर्न गठित शान्ति समितिले तयार पारेको अवधारणालाई पार्टी सभापति सुशील कोइरालाको सहभागितामा आज देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले अन्तिमरुप दिएको हो । सो समितिले तयार पारेको अवधारणालाई अन्तिमरुप दिएर एनेकपा माओवादीलाई बुझाउन लडाकू समायोजन तथा पुनःस्थापना विशेष समितिका सदस्यद्वय डा रामशरण महत र डा मीनेन्द्र रिजाललाई जिम्मेवारी दिएको थियो ।

पार्टीको भोलि बस्ने केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराएर समायोजन र पुनःस्थापनासम्बन्धी कार्यतालिका सहमतिका लागि एमाओवादीसमक्ष प्रस्तुत गरिने समितिका सदस्य तथा केन्द्रीय सदस्य डा रिजालले जानकारी दिनुभयो ।

काँगे्रसले तयार पारेको अवधारणामा बढीमा पाँचहजार लडाकू समायोजन गर्न सकिने उल्लेख छ । जस अन्तर्गत सेना र प्रहरीबाट भागेका भगौडाहरू, मानवअधिकारको उल्लङ्घनकर्ताहरू, आपराधिक क्रियाकलापमा संलग्नहरू र माओवादीको पालुङ्टार बैठकमा सहभागीहरूलाई समायोजन गर्न नसकिने तथा उनीहरूलाई पुनःस्थापनाका लागि प्याकेज रोज्न लगाइने अवधारणामा उल्लेख छ ।

एकै परिवार ३ जना मृत फेला

तनहुको अरुणोद्धय – ६ स्थित खहरेमा बिष सेवन गरी एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३१ बर्षिय दिर्घसिंह कुमाल, उनकी २१ बर्षिय श्रीमती र एक छोरा रहेका छन् । गएराती खाना खाएर सुतेका उनीहरु बिहान मृत अवस्थामा फेला परेका थिए । तनहु प्रहरीका अनुसार उनीहरु मृत भटिएको स्थानमा रियल जुसको ठूलो प्याकेट भेटिएको थियो । उक्त जुसमा इन्जेसेलफन नामक बिष मिलाई खाएको हुसक्ने प्रहरीको अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

उता कैलालीको उर्मा २ मा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय साधुराम चौधरी र गर्वा चौधरी रहेको कैलाली प्रहरीले जनाएको छ ।

‘विश्वसनीय आधारविना संविधानसभाको म्याद थप्न हु“दैन’

मधेसवादी दलका शीर्ष नेताहरुले विश्वसनीय आधारविना संविधानसभाको म्याद थप्न नहुने अडान दोहोराएका छन् । मधेशी मोर्चामा आबद्ध तिन दलका शिर्ष नेताहरुले संविधान बन्ने ग्यारेन्टी नभएकाले म्याद थप अनावश्यक रहेको दावी गरेका हुन् ।

वीरगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष्ँ महन्थ ठाकुरले राज्यपुनर्संरचना, स्रोतको बा“डफा“ड, मधेसीको समावेसी प्रतिनिधित्व, राज्यको शासकीय स्वरुपजस्ता मुख्य विषयमा सहमति नभएसम्म संविधानसभाको म्याद थप्न नहुने बताउनुभयो । उहा“ले स्वायत मधेस प्रदेश, संघीयता, समावेसीकरण जस्ता मुद्दा नटुंगिएसम्म संविधान बनेर पनि कुनै औचित्य नुहने बताउनुभयो ।

मधेसी जनअधिकार फोरम लोतान्त्रिकका अध्यक्ष्ँ विजयकुमार गच्छदारले जनताले वामपन्थी सरकार बनाउन म्याण्डेड नदिएको भन्दै ठूला तीन दलको सत्तामोहले शान्तिप्रक्रिया र संविधान निर्माणले पूर्णता नपाएको बताउनुभयो । सद्भावना पार्टीका अध्यक्ष्ँ राजेन्द्र महतोले माओवादी, एमाले र कांग्रेसबाट पटकपटक धोका भएको आरोप लगाउ“दै गणितीय हिसाबले संविधान बनाए मधेसी मोर्चालाई मान्य नहुने चेतावनी दिनुभयो । उहा“ले राहदानी दुरुपयोग काण्डले सबै सभासदको शीर निहुरिएको बताउनुभयो ।

बहुमतले संविधान सभाको म्याद थपिन्छ—महासेठ

काठमाडौ, ४ जेठ । सिचाईमन्त्री रघुवीर महासेठले सहमतिले संविधानसभाको म्याद थपिने बातावरण नबने सरकारले दुई तिहाई बहुमत पुर्याएर संविधानसभाको म्याद थप्ने बताउनुभएको छ । एमाले निकट लोकतान्त्रिक मधेसी संगठनले गरेको पत्रकार सम्मेलनमा सिचाईमन्त्री महासेठले सरकारले अन्तिम समयसम्म सर्वसम्मतीबाटै म्याद थपकोलागी पहल गर्ने बताउँदै त्यो सम्भव हुन नसके संबैधानिक प्रक्रियाबाट दुई तिहाई पुर्याएर म्याद थप्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो–संबैधानिक प्रक्रियाको विरोध गर्नु हुँदैन,संविधानमा दुई तिहाई बहुमतबाट गर्ने ब्यवस्था छ ।

संविधान निर्माण नगरी संविधानसभा विघठन गरिए सरकार निरकुंश भएर जाने भन्दै उहाँले सरकारलाई निशकुंश हुन नदिन पनि संविधानसभाको म्याद थप्नुको विकल्प नरहेको दावी गर्नुभयो । मन्त्री महासेठले संविधानसभा भंग भए संविधानसभाबाटै बनेको सरकार र राष्ट्रपतिमाथि पनि प्रश्न खडा हुने बताउनुभयो । लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष समेत रहेका सिचाईमन्त्री महासेठले आफू र आफ्नो संगठन संविधानसभा विघठनको पक्षमा नरहेको स्पष्ट पार्दै संविधानसभाबाटै संविधान बन्नु पर्ने धारणा राख्नुभयो ।

नेपाली काग्रेसको समायोजनको प्रस्तावमा सहमति असम्भवः उपाध्यक्ष श्रेष्ठ

काठमाडौ, ४ जेठ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले नेपाली कांग्रेसले प्रस्तुत गरेको सेना समायोजनको प्रस्ताव शान्ति र संबिधानका लागि नभई माओबादीलाई धम्क्याउन ल्याएको आरोप लगाउनुभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा उपाध्यक्ष प्रकाशले काग्रेसको प्रस्ताव अब्यवहारिक र असान्दर्भिक भएको टिप्पणी गर्दै त्यसमा सहमती असम्भब रहेको दाबी गर्नुभयो । उहाँले काग्रेसलाई आफ्नो प्रस्तावमा पुर्नविचार गर्न आग्रह गर्नुभयो ।

काग्रेसले माओवादी लडाकुको सुरक्षा निकायमा ब्यक्तीगत रुपमा मापदण्ड पुरा गरेपछि समायोजन गर्ने, समायोजनमा जाने लडाकुको संख्या, समायोजनको मोडलिटि तयार पारेर जेठ १० गते भित्रमा कम्तीमा लडाकुको रिगु्रपिङ गर्ने सम्मको कार्य गरेमात्रै संविधानसभाको म्याद थप्ने विषयमा सहमत हुने प्रस्ताव अगाडि सारेको थियो । प्रकासले काग्रेसले भने जस्तो जेठ १० गते भित्रमा समायोजनका काम कुनैपनि हालतमा सम्भव नरहेको ठोकुवा गर्नुभयो ।

सात बुदेँ षड्यन्त्र मुलक काङ्ग्रेस महामन्त्रीको भनाइ 

नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले सात बुँदे सहमतिको आधारमा षड्यन्त्रपूर्वक गठन भएको सरकारले लोकतन्त्रविरोधी संविधान जारी गर्न सक्ने आरोप लगाउनुभएको छ । एमाले र माओवादीबीच भएको गोप्य सम्झौता खारेज नभएसम्म काङ्ग्रेसले कुनै पनि विषयमा सहमति जनाउन नसक्ने पनि महामन्त्री सिंहले बताउनुभएको छ । आज आफ्नै निवास काठमाडौंको चाक्सीबारीमा गर्नुभएको पत्रकार सम्मेलनमा  महामन्त्री सिंहले जेठ १४ गते संविधानसभाको म्याद थप गर्नुअघि नै वृहद शान्त सम्झौताको भावनाबमोजिम शान्ति प्रक्रियाको विश्वासिलो र भरपर्दो प्रक्रिया सुरु गरिसक्नुपर्ने बताउनुभयो । जेठ १४ पछिको स्थिति के हुन्छ भन्ने बारेमा पर्सि ६ गते काठमाडौंमा हुने आमसभाममार्फत् पार्टीले धारणा तय गर्ने पनि उहाँले सन्चारकर्मीलाई जानकारी गराउनुभयो ।

३३ प्रतिशत महिला सहभागिताबारे प्रधानमन्त्री खनालसँग स्पष्टीकरण मागिने

काठमाडौँ, ४ जेठ । व्यवस्थापिका–संसदको महिला, बालबालिका र समाजकल्याण समितिले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गराउने विषयमा भोलि प्रधानमन्त्री झलनाथ खनालसँग स्पष्टीकरण लिने भएको छ । समितिको आज सिंहदरबारस्थित कार्यकक्षमा बसेको बैठकमा राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गराउन भइरहेका पहलका बारेमा जानकारी लिन प्रधानमन्त्री खनाललाई आज बोलाइएको भए पनि काम विशेषका कारण उहाँ उपस्थित नभएपछि भोलि पुनः बोलाउने निर्णय गरिएको हो ।

पछिल्लो समयमा राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनुपर्ने माग राख्दै महिला सभासद्हरुले संसद अवरुद्ध पारेपछि सरकारले सोसम्बन्धी कार्यलाई तदारुकताका साथ अगाडि बढाउने आश्वासन दिएको थियो ।  समितिकी सभापति सन्ध्यादेवीले यस विषयमा सरकारको धारणा सार्वजनिक गर्न प्रधानमन्त्रीलाई भोलिको बैठकमा बोलाइएको बताउनुभयो । 

समितिको आजको बैठकमा उपस्थित मुख्यसचिव माधवप्रसाद घिमिरेले निजामती सेवा ऐनलगायतका क्षेत्रमा नियमावली संशोधन गरी राज्यले महिला, आदिवासी÷जनजाति, दलितलगायतको प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था गरिसकेको जानकारी दिनुभयो । उहाँले महिला समावेशीको सवालमा प्रशासनभित्र कुनै कसुर बाँकी नरहेको तर, यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न राजनीतिक तहमै छलफल हुनुपर्ने उल्लेख गर्दै अर्को पाँच वर्षभित्र समावेशीको सबै प्रक्रिया पूरा भई सबै क्षेत्रमा सबै समुदायको समानुपातिक प्रतिनिधित्व हुने बताउनुभयो ।

समितिकी सदस्य जयपुरी घर्तीमगरले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न सरकारले विशेष ध्यान दिनुपर्ने र सोसम्बन्धी व्यवस्थालाई कडाइकासाथ कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो ।

ज्यान मार्ने धम्की दिनुमा पार्टीभित्र अराजकता ः मन्त्री रायमाझी

भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले माओबादी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई ज्यान मार्ने धम्की दिनुमा पार्टीभित्रै अराजकता मौलाउँदै गएको स्पष्ट भएको बताउनु भएको छ । माओबादी पोलिटब्युरो सदस्य समेत रहनुभएका मन्त्रि रायमाझीले आज पोखरा विमानस्थलमा  सञ्चारकर्मीहरुसँग कुरा गर्दे पार्टीभित्रका त्यस्ता ब्यक्तिहरुलाई छिटोभन्दा छिटो कारबाही गरिने प्रतिबद्धता जनाउदै कारबाही हुन नसके पार्टीकै बद्नाम हुने बताउनुभयो । ठूलो पार्टी भएको कारण अराजक ब्यक्तिहरुको पनि प्रवेश सहज भएको उहाको भनाई थियो ।

गण्डक क्षेत्रको काममा  सुधार ल्याउने सहमति

परासी, ४ जेठ । नवलपरासीको गण्डक क्षेत्रमा भारत सरकारले गर्दै आएको काममा व्यापक अनियमितता भएको भन्दै गण्डक पीडित आन्दोलनमा उत्रिएपछि भारत आगामी काममा सुधार ल्याउन सहमत  भएको छ । आन्दोलनरत गण्डक अनुगमन समिति, गण्डक सङ्घर्ष समिति, नेपाल र भारतका प्राविधिक साथै काम गर्ने भारतीय ठेकेदारबीच अब गरिने सबै काममा सुधार हुने सहमति भएको गण्डक अनुगमन समितिका संयोजका प्रकाश कुँवरले बताउनुभयो । 

हाल भारतले गर्दै आएका कामको इस्टिमेट र सम्झौतापत्र अनुगमन समितिलाई दुई दिनभित्र उपलब्ध गराई अनुगमन समितिका साथै दुवै देशका प्राविधिकको सहयोगमा आगामी दिनमा गुणस्तरीय काम गरिने सहमति भएको छ । सबै सरोकारवाला पक्षबीच नवलपरासीका प्रमुख जिल्ला अधिकारीको विशेष आग्रहमा भएको छलफलमा सहमतिपछि गण्डक क्षेत्रमा विगत १० दिन रोकिँदै आएको कामसमेत आजैबाट सुचारु भएको छ । भारतीय बिहार सरकारले करिब रु साढे २ अर्ब  विनियोजन गरी नेपाली बाध मर्मत सम्भार, नारायणी नदीमा पर्खाल, सडक निर्माण, पुल निर्माण र नहर मर्मत गर्ने काम  गरिरहेको छ ।


अन्तराष्ट्रिय समाचार
अन्तराष्ट्रिय मुद्रा कोष (आई एम एफ) का अध्यक्ष कानद्धारा राजीनामा 

काठमांडौ, ५ जेठ । अमेरिकाले अन्तराष्ट्रिय मुद्रा कोष (आई एम एफ) का अध्यक्ष डोमेनिक स्ट्रास कानले पदबाट राजीनामा दिनुभएको छ । वलात्कार मुद्धामा हिरासतमा रहेका कानले आज राजीनामा दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । कानले आई एम एफलाई हांक्न सक्ने अवस्था नरहेको भन्दै अमेरिकी अर्थ मन्त्री टिमोथी गीटनरले तत्काल अन्तरिम अध्यक्ष नियुक्त गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

कानलाई आइ एम एफको अध्यक्ष पद छाड्न चौतर्फी अन्तराष्ट्रिय दवाव बढीरहेको थियो । कानलाई १४ मइमा मा न्युयोर्कको सोफिटेल होटलकी एक कर्मचारीलाई वलात्कार गर्न खोजेको आरोप लगाइएको छ । कानलाई यौन दु¥व्यवहार सम्बन्धि ७ वटा आरोपहरु लगाइएको छ । 

खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग

काठमांडौ, ४ जेठ । राजधानीमा जारी शहिद स्मारक ए डिभीजन लिग फुटवल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा  उपाधी दावेदार मनाङ म¥स्याङदीले मच्छिन्द्र लाई ३–० ले परावित गरेको छ । उसका लागि सन्तोष साहुखलले २ तथा अनिल गुरुङले १ गोल गरेका थिए । महत्वपूर्ण २ अङक जोड्दै मनाङ अङक तालिकाको शीर्ष स्थानमा पुग्न सफल भएको छ । खासै उत्कृष्ट खेल पस्कन नसकेको मनाङले गोलका अवसर भने सदुपयोग गरेको थियो । मछिन्द्रका किपरले केही शसक्त प्रहार बचाएपनि रक्षापङती फितलो सावित भएपछि गोल खान पुगेको थियो ।

No comments: