मिश्रित सुरक्षा फौज गठन गर्ने सेनामा प्रस्तावमा माओबादी सहमत
![]() |
Contemporary Nepal Army Organization chart |
काठमाण्डौँ, ५ जेठ । एकीकृत नेकपा माओवादीले नेपाली सेनाद्धारा प्रस्तुत छुट्टै महानिर्देशनायल गठन गरि नेपाली सेना, माओवादी लडाकु, शस्शस्त्र प्रहरी र जनपद प्रहरीको मिश्रीत फोर्स गठनको प्रस्तावमा सहमित जनाएको छ । यद्यपी माओवादीले मिश्रित फोर्समा दश हजारको संख्यामा लडाकु समायोजन गर्नपर्ने प्रस्ताव गरेको छ ।
माओवादीको आज बसको स्थायी समिती बैठकले सेनाद्धारा प्रस्तुत छु्ट्टै निर्देशनालय मातहत मिश्रित फोर्स गठन गर्ने प्रस्ताव सकारात्मक रहेको भन्दै त्यसमा सहमत हुने निणर्य गरेको हो । यद्यपी माओवादीले समायोजन गरिने सेनाको संख्याका विषयमा भने पार्टिहरुसँग थप छलफल गरि निष्कर्ष निकाल्ने निणर्य गरेको छ ।
बैठकपछि माअोवादी स्थायी समिती सदस्य बर्षमान पुन अनन्तले सरकारको निर्देशनमा सेनाद्धारा सुझावको रुपमा प्रस्तुत मिश्रित फोर्स गठन तथा समायोजनको मोडालिटी उपयुक्त भएको माओवादीको ठहर रहेको जानकारी दिनुभयो । नेता पुनले माओवादी लडाकुको आधा संख्या पुनस्थापानामा जाने सम्भावना रहेको उल्लेख गर्दै देशलाइ गणतन्त्र सम्म डो¥याउन लडाकुको भूमिकालाइ मध्य नजर गर्दै १० हजारलाइ समोजन गर्न प्रस्ताव गरिएको बताउनुभयो ।
हाल माओवादीको विभिन्न शिविरहरुमा गरि १९ हजार ३ सय लडाकु रहेका छन् । आजको बैठकमा वरिष्ट उपाध्यक्ष मोहन बैद्यले भने नेपाली सेना मातहतको निर्देशनाल बनाउने प्रस्तावमा असहमित जनाउँदै नोट अफ डिसेन्ट लेख्नु भएको छ । बैद्यले माओवादी लडाकुको छुट्टै फोर्स बनाउनुपर्ने प्रस्ताव गर्नुभएको छ । बैठक भोली चार बजे पुन बस्नेछ ।
पाँच दिन भित्र लडाकु समोजन सहित १० बुदाँमा सहमति नजनाए म्याद थप्दैनौँ ।
काठमाण्डौँ, ५ जेठ । नेपाली काँग्रेसले आउदाँे ५ दिन भित्र लडाकु समायोजन सहितका १० बुदेँ सर्त पालना नभए संविधान सभाको म्याद थपको प्रस्तावको विपक्षमा उभिने निणर्य गरेको छ । नेपाली काँग्रेसको आज बसेको केन्द्रीय कार्यसमिती बैठकले आउँदो जेठ १० गते भित्र शान्ति प्रक्रिया, संविधान निमार्ण लगायतका विषयमा १० बुदेँ मागमा सहमति नभए संविधान सभाको म्याद थपमा सहमति नजनाउने निणर्य गरेका हो ।
बैठकपछि नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले शान्ति प्रक्रिया कार्यन्वयन हुदैँ नभएको यथास्थीतिमा संविधान सभाको कार्यकाल थप गरिरहनु पर्ने कुनै औचित्य हुदैँन भन्ने बैठकको निष्कर्ष रहेको बताउनुभयो । महामन्त्री सिंहले आज पारित प्रस्तावलाइ नै अन्य दलहरु सँगको छलफलमा प्रस्तुत गरिने समेत जानकारी दिनुभयो ।
काँग्रेसले आज पारित गरेको १० बुदेँ प्रस्तावमा आउँदो १० गते सम्ममा माओवादी लडाकुका हतियार राज्यलाइ बुझाउनु पर्ने, माओवादी लडाकुको चार हजार संख्या मात्र समायोजन गर्ने, लडाकुहरुलाइ मुख्य शिविरहरुमा सिमित गरिनुपर्ने, लडाकुको नियन्त्रण विषेश समिती मातहत ल्याइनुपर्ने, माओवादीले कब्जा गरेका सम्पति फिर्ता गनुपर्ने लगायतका सर्त रहेका छन् । १० बुदेँ सर्तको अन्त्यमा गौण रुपमा प्रधानमन्त्री झलनाथ खनालको राजिनामा समेत माग गरिएको छ ।
यसैबिच नेपाली काँँग्रेसले राज्य पुर्नसंरचना गर्दा देशलाइ सात प्रदेशमा विभानज गनुपर्ने निणर्य गरेको छ । उप सभापति रामचन्द्र पौडेलले यसहघि प्रस्तावित ६ प्रदेशमा राजधानिलाइ छुट्टै प्रदेश बनाउने प्रस्ताव थप गरिएको जानकारी दिनुभयो । बैठकमा सभासद् समेत रहेका केन्द्रीय सदस्यहले पार्टिले सबै सभासद्को राजिनामा संकलन गरेर राख्नुपर्ने बताएका थिए । उनीहरुले संविधान सभाको म्याद थपको बेला सभासद्को राजिनामा आवश्यक पर्न सक्ने भन्दै राजनिमा सकंलन गर्न सुझाव दिएका हुन् । नेपाली काँग्रेसले भोली राजधानिको खुलामंच हुने सभा माफर्त शान्ति र संविधानको कार्यदिशा प्रस्तुत गर्दै छ ।
नयाँ संविधानको नाम– नेपालको संविधान रहने विवाद समाधान उपसमितीमा सहमति
काठमाण्डौँ, ५ जेठ । नेपालको नयाँ बन्ने संविधानको नाम नेपालको संविधान राखिने भएको छ । लामो समयदेखि रहँदै आएको विवादलाइ आज चिर्दे दलहरु कुनै विशेषण शब्द नराखी संविधानको नाम जुराउन सहमत भएका हुन् । नयाँ सबिधानका बिबादीत विषयमा सहमति जुटाउन गठित सम्बैधानिक समिती अन्तर्गतको विवाद समाधान उपसमितिको आज बसेको बैठकले नयाँ संविधानको नामका सम्बन्धमा आएका ६ प्रस्तावबाट नयाँ संविधानको नाम नेपालको संविधान राख्नेमा सहमती जुटाएको हो ।
यसअघि माओवादीले नामको अगाडी जनताको भन्ने शब्द राख्नुपर्नै अडान राख्दै आएको थियो भने अन्य दलहरुले सो शब्द राख्न नहुने बताउँदै आएका थिए । संविधानको नाम कुनै फुलबुट्टटा नराखी छोटो र स्पष्ट राख्नुपर्नैमा सबै दल एकमत भएकाले सो नाम जुराईएको उपसमितीका सदस्य एवं एमाले नेता अग्नि खरेलले जानकारी दिनुभयो ।
सिंदरबारस्थित संवैधानिक समितीको कार्यकक्षमा बसेको बैठकले नयाँ संविधानमा लडाकुहरुका बारेमा समेत कुनै शब्द उल्ल्ोख नगर्ने महत्वपूर्ण सहमती जुटाएको छ । संविधान जारी गर्नु अगावै माओवादी लडाकुहरुको समायोजन भईसक्ने हुनाले संविधानमा सो विषय उल्लेख नगर्ने सहमती भएकोसदस्य खरेलले उल्लेख गर्नुभयो ।
यस्तै आजको बैठकले मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिती अन्र्तगतको अर्को एक विवादमा पनि सहमती जुटाएको खरेलले बताउनुभयो । दलहरुबीच कुल ३० विषयमा विवाद रहेकोमा आजको बैठकले ८ बुँदामा सहमती जुटाएपछि अब विवाद २२ बुँदामा झरेको छ । हिजो बस्ने भनिएको बैठक समितीका सबै सदस्यहरु उपस्थित नभएपछि बैठक आजका लागि सारिएको थियो । आजको बैठकमा भने संयोजक पुष्पकमल दाहाल सहित सबै सदस्यहरुको उपस्थिती रहेको थियो ।
ब्राह्मण समाजद्धारा शुक्रबार पश्चिमाञ्चल बन्द आह्वान
पोखरा, ५ जेठ । विभिन्न १० बुँदे माग राख्दै ब्राह्मण समाजले भोलि शुक्रबार पश्चिमाञ्चलका १६ जिल्ला बन्दको आहवान गरेको छ । समयमै संविधान घोषणा गर्नुपर्ने, हिन्दुराज्य घोषणाको हुनुपर्ने, ब्राह्मण जातीलाई मुल आदिवासीमा सुचिकृत गर्नुपर्ने लगायतको माग ब्राह्म्ण समाजको रहेको छ । जातीयताका आधारमा आरक्षणको व्यबस्था गरी ब्राह्मणलाई भेदभाव गरेको, ब्राह्मणलाई अपमानजनक व्यबहार गरिएको भन्दै पश्मिाञ्चल बन्दको आह्वान गरिएको समाजका केन्द्रिय अध्यक्ष नारायणप्रसाद अधिकारीले बताए ।
संविधान सभाको म्याद थपमा सहमति जनाउन प्रधानमन्त्रीद्धारा कोइारालाइ औपचारिक आग्रह
काठमाण्डौँ, ५ जेठ । प्रधानमन्त्री झलनाथ खनालले संबिधानसभाको म्याद थपका लागि सहयोग गर्न आज औपचारिक रुपमा कङग्रेससँग आग्रह गर्नुभएको छ । आज बिहान कङग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगंज पुगेर प्रधानमन्त्री खनालले संबिधानसभाको म्याद थपका लागि सरकारले अघि सारेको प्रस्तावमा समर्थन गर्र्न आग्रह गर्नुभएको हो । आफू सबै दलहरुसँग छलफल गरेर जारी शान्ति र संविधानलाई निश्कर्षमा पुराउन कृतसङकल्पित रहेको भन्दै प्रधानमन्त्री खनालले आफूले कोईरालासँग पनि सोही विषयमा सकारात्मक छलफल गरेको जानकारी दिनुभयो । शान्ति प्रक्रियालाई पूर्णतामा पुराउनु आवश्यक रहेकोमा दुबै जना सकारात्मक रहेको खनालले बताउनुभयो ।
भेटमा शान्ति प्रक्रियाप्रति कांग्रेसको धारणा प्रस्तुत गर्दै सभापति कोइरालाले संबिधानसभाको म्याद थपको बिपक्षमा नरहेपनि म्याद थपपछि संबिधान बन्ने आधार निर्माण गर्न सक्नुपर्ने तथा म्याद थप अघिनै शान्ति प्रकृयाका बिषयमा ठोस सहमति खोज्नुपर्ने अडान दोहोराउनुभएको थियो । सभापति कोइरालाले शान्ति र संविधानको स बै गाँठो माओवादीसँग् अल्झिएको भन्दै माओवादी लचक बन्नुपर्नै बताउनुभयो । भेटपछि पत्रकारहरुलाई संक्षिप्त जानकारी दिनुहुँदै कोईरालाले मओवादी ईमान्दार बनेर नआएसम्म संविधान सभााको म्याद थप गर्न नसकिने स्पष्ट गर्नुभयो ।
यसैबीच, नेपाली कग्रेश र मधेशी जनअधिकार फोरम लोकतान्त्रिक यथास्थितिमा संबिधानसभाको म्याद थप गर्न नहुनेमा एकमत भएका छन् । कांग्रेस सभापति शुशिल कोइराला र फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारबीच जेठ १४ अघि शान्ति प्रकृयाको महत्वपुर्ण पाटो मानिएको सेना समायोजनको बिषय टुंगो नलागे कुनै पनि हालतमा संबिधानसभाको म्याद थप नगर्ने सहमति भएको बताइएको छ । कोइराला निवास महाराजगंजमा भएको भेटवार्तामा निर्धारित समय जेठ १४ मा सबिधान नबन्नुको कारण र त्यस पछि उत्पन्न हुन सक्ने राजनितीक अबस्थाको बारेमा समेत छलफल भएको थियो ।
प्रधानमन्त्रीद्वारा ३३ प्रतिशत महिला सहभागी गराउने प्रतिवद्धता
काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री झलनाथ खनालले मन्त्रिपरिषद्, संवैधानिक निकाय र कूटनीतिक नियोगलगायत राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले राज्यले निर्देशित गरेका ऐन कानुनको परिधिभित्र रहेर समानुपातिक समावेशी सिद्धान्तअनुरुप सार्वजनिक निकायमा महिला, दलित, आदिवासी÷जनजाति, मधेसीलगायतको प्रतिनिधित्व सुनिश्चित गर्न वर्तमान सरकार कटिबद्ध रहेकामा जोड दिनुभयो ।
व्यवस्थापिका–संसदको महिला, बालबालिका तथा समाजकल्याण समितिको सिंहदरबारस्थित कार्यकक्षमा आज बसेको बैठकमा प्रधानमन्त्री खनालले जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै राज्यका हरेक निकायलाई समानुपातिक समावेशी बनाउन तर्जुमा भएका विधेयक पारित भएपछि यसले अझ व्यापकता पाउने विश्वास व्यक्त गर्नुभयो ।
समितिका सदस्यहरू हीरा गुरुङ, सुकदैया चौधरी, मङ्गल विश्वकर्मा, विनोद पहाडीलगायतले महिलालाई ३३ प्रतिशत स्थान दिने संवैधानिक व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । समितिले राजनीतिक दलको नेतृत्व तहमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गराउने विषयमा छलफल गर्न आगामी सोमबार संविधानसभामा प्रतिनिधित्व गर्ने मुख्य सात दलका नेताहरूलाई आमन्त्रण गर्ने निर्णय गरेको छ ।
एमाले अनुशासन आयोगको आग्रह
नेकपा एमालेको अनुशासन आयोगले नेतृत्वलाई पार्टीभित्र भएका असझदारी हटाई एकढिक्का भएर अघि बढ्न आग्रह गरेको छ । सरकार बिस्तार देखि लिएर संबिधानको म्याद थप गर्ने वा नगर्ने भन्ने बिषयमा नै पार्टि नेतृत्वबिच बिवाद बढ्न थालेपछि अनुशासन अयोगले यस्तो आग्रह गरेको हो । केन्द्रिय कार्यलय बल्खुमा आज बसेको बैठकले देश सम्भावना र चुनौतीका बिचमा रहेको अवस्थामा सरकारकै नेतृत्व गरिरहेको पार्टी सवल र सुदृढ हुनुपर्ने ठहर गरेको आयोगका अध्यक्ष अमृत कुमार बोहोराद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ । पार्टीको समस्यालाई पार्टी कै पद्धतीभित्र बसेर समाधान गर्न समेत आयोगले आग्रह गरको छ ।
काँग्रेसको खुलामञ्चको सभाको तयारी सकियो
काठमाण्डौँ, ५ जेठ । शान्ति र संविधानका लागि भन्दै देशब्यापी जनजागरण कार्यक्रम गर्दे आएको नेपाली कङग्रेसले भोली राजधानीमा अभियान अन्र्तगतको अन्तिम सभाा आयोजना गर्देछ । शान्ति र संविधानप्रति आफ्नो आधिकारिक धारणा भोली हुने सभा मार्फत घोषणा गर्ने उद्घोष गरेकाले पनि सो सभामा चौतर्फी ध्यान खिचिएको छ । पोखराबाट सुरु भएको जनजागरण सभा देशका मुख्य मुख्य शहरहरुमा आयोजना भईसकेका छन् । शान्ति प्रक्रिया पूरा हुने ठोस कदम माओवादीले नचालेसम्म संविधान सभाको म्याद नथप्ने अडान लिदै आएको कङग्रेसले भोली हुने आमसभालाई शक्तिप्रदर्शनका रुपमा समेत हेरेको छ । खुलामन्चमा हुने कार्यक्रमलाई सभापती शुसील कोईराला सहित कङग्रेसका वरिष्ठ हस्ति नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
तामझामपूर्ण रुपमा कार्यक्रम गर्ने तयारी गरेको कङग्रेसले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । भोली केही सङगठनको बन्दका बाबजुत पनि कार्यक्रम सफल हुने कङग्रेसले दावी गरेको छ । भोली हुने कार्यक्रमको तयारी स्वरुप कङग्रेसले आज राजधानीमा ब्यापक प्रचार प्रसार समेत गरेको छ ।
खुलामञ्चमा भोलि हुने केन्द्रीय आमसभाको तयारीको अन्तिम प्रचारप्रसार स्वरूप नेपाली काँग्रेसले आज उपत्यकाका तीनवटै सहर झकिझकाउ बनाएको छ । शान्ति र संविधानको सुनिश्चितताका लागि भन्दै आमसभाको अन्तिम तयारीस्वरूप आज काँग्रेसले काठमाडौँ, ललितपुर र भक्तपुरका मुख्य सहर, चोक, गल्ली बेहुली झैँ सिँगारेको हो ।
सभाको प्रचारप्रसार र आमसभाको जनाउ दिनका लागि उपत्यकाभित्र रहेका केन्द्रीय नेता तथा स्थानीय नेताहरू व्यानर र बाजागाजासहित जनताको घरदैलोमा पुगिरहेका छन् । सभाको प्रचारका लागि आज नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलले मोटरसाइकल ¥याली निकालेको छ । कोटेश्वरबाट सु्रु भएको ¥यालीले चक्रपथ परिक्रमा गरेको थियो । यसैगरी सहरका विभित्र स्थानमा काँग्रेस क्षेत्रीय कमिटीहरूले भिन्दाभिन्दै मोटरसाइकल ¥याली गरेको काँग्रेसले जनाएको छ ।
पहिले जनता कुटायौ, अब आफै कुटियौ कमल
संविधान सभाको म्याद थपेको विरोधमा संविधान सभा भवन अघि धर्ना बसेका राप्रपा नेपालका कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरी हटाएको छ । राजधानीको ब्यस्त क्षेत्रको रुपमा रहेको नयाँ बानेश्वरमा करिब २ घन्टासम्म यातायात बन्द भएपछि प्रहरीले धर्नाकारीहरुलाई बल प्रयोग गरी हटाएको हो । प्रहरीको लाठीचार्जबाट केही कार्यकर्ता घाईते भएको राप्रपा नेपालले जनाएको छ । धर्नामा पार्टी अध्यक्ष कमल थापा सहितका नेताहरु सहभागी भएका थिए । संविधान सभा परिसरमा कोही समयमै संविधान जारी गर्न भन्दै र कोही म्याद थप्न नहुने माग गर्दै केही दिनयता धर्नामा बसिरहेका छन् ।
अन्तराष्ट्रिय समाचार
अन्तराष्ट्रिय मुद्रा कोषमा युरोपियन नेतृत्व
युरोपियन युनियन अन्तरगतका अधिकाशं राष्ट्रहरुले अन्तराष्ट्रिय मुद्रा कोषमा पुन युरोपियन नेतृत्वको दावि गरेका छन् । मुद्रा कोषका अध्यक्ष डोमिनिक स्ट्रस कानले आज पदबाट राजिनामा दिएपछि मुद्राकोष नयाँ नेतृत्वमा अमेरिका र युरोपियन मुलुकहरु बिच जुहारी चल्दै आएको छ । कानलाइ केही दिन यौन दुराचारको आरोपमा अमेरिकन प्रहरीले पक्राउ गरेपछि आज उनले पदबाट राजिनामा दिएका थिए । यद्यपी कानले आफुमाथी लागेको एक होटलको कर्मचारी माथी यौन दुराचार गरेको अरोपको भने खण्डन गरेका छन् ।
यसैबिच जर्मन चान्सलर एन्जेला मोर्केल र युरापियन युनियनका प्रमुख जोसे म्यानुअल बारासेले युरोपेली मुलुकहरुको समस्या समाधानका लागि युरोपियन नेतृत्व हुनुपर्ने बताएका छन् । विकाशसिल मुलुकहरुबाट नेतृत्वको दावी बढेपछि युरोपेली मुलुकहरुले मुद्रा कोषको अध्यक्ष पुन आफ्नै क्षेत्रबाट हुनुपर्ने बताएका हुन् । पदबाट राजनिामा दिएका कान पनि युरोपेली मुलुक फ्रान्सबाट अध्यक्षमा चयन भएका थिए । इतिहास हेर्ने हो भने युरोपियन मुलुकले अन्तराष्ट्रिय मुद्रा कोषको नेतृत्व गर्दै आएको छ भने विश्व बैङ्कको नेतृत्व अमेरिकाले गर्दै आएको छ ।
खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग
काठमांडौ, ४ जेठ । राजधानीमा जारी शहिद स्मारक ए डिभीजन लिग फुटवल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा न्युरोड टिम एनआरटी र बौद्ध फुटबल क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा एनआरटीले फ्रेन्ड्स क्लब लाई १–० गोल अन्तरले पराजित गरेको हो । उसका लागि खेलको १२औ मिनेटमा असिम कार्कीले निर्णायक गोल गरेका थिए । प्रभावशाली मानिएको एनआरटीको केही सशक्त प्रहारहरुलाई फ्रेन्ड्सका किपरले सुन्दर बचाउ गरेका थिए । यस्तै प्रतियोगिता अन्र्तगत आजै सम्पन्न अर्काे खेलमा बौद्ध फुटवल क्लवले शशस्त्र प्रहरीको एपीएफलाई १—० ले नै पाखा लगाएको छ । बौद्धका लागि खेलको ३७ औं मिनेटमा खुम गुरुङले गरेको गोल नै जितका लागि पर्याप्त बनेको थियो ।
No comments:
Post a Comment