Friday, January 28, 2011

माघ १३ गते २०६७


संसद सचिवालयद्वारा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका प्रकाशितः 

संविधान सभा भवन, नयाँ बानेश्वर
राष्ट्रपतीले दिएको १२ दिने  अवधिमा सहमतीय सरकार गठन हुन नसकेपछि बहुमतीय सरकार गठनका लागि संसदीय प्रक्रिया सुरु भएको छ । व्यबस्थापिका संसदले आगामी २० गते हुने प्रधानमन्त्री निर्वाचनको कार्यतालिका आज प्रकाशित गरेर बहुमतीय प्रक्रियाको सुरुवात गरेको हो ।

प्रधानमन्त्री निर्वाचन अधिकृत एवं संसदका महासचिव मनोहरप्रसाद भट्टराइले निर्वाचन कार्यतालिका प्रकाशित गर्नुभएको हो । प्रकाशित कार्यतालिकामा १९ गते बुधवार विहान ११ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने र साझ ४ः३० बजे उमेदवारीको नामावली प्रकाशित गर्ने उल्लेख छ । यसैगरी २० गते विहिबार संसदको बैठकमा सबै उमेदवारले आफ्नो उमेदवारीको सूचना दिने, प्रस्तावक÷समर्थकले प्रस्ताव पेश गर्ने र सबै उमेदवारको सामूहिक छलफल गर्ने कार्यतालिकामा उल्लेछ छ । त्यसपछि सबै उमेदवारको प्रस्तावमा एकैपटक मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ । 

यसअघि संविधानसभा भवन नयाँ वानेश्वरमा आज दिउसो बसेको संसदको बैठकले माघ २० गते विहिबारका लागि प्रधानमन्त्री निर्वाचनको नयाँ मिति तोकेको थियोे । पहिलो चरणमा प्रधानमन्त्री निर्वाचित नभए दोस्रो चरणको निर्वाचन माघ २२ र तेस्रो चरणको माघ २३ गते गर्ने संसद बैठक अघि कार्यव्यबस्था परामर्श समितिले निर्णय गरेको नेमकिपा सभासद सुनिल प्रजापतिले जानकारी दिनुभयो । आवाज ......... सुनिल प्रजापति

दोस्रो चरणको निर्वाचनमा समेत कुनै उम्मेद्धारले बहुमत नल्याएमा तेस्रो चरणको मतदानमा दुइजना मात्र उमेदवार प्रतिष्पर्धामा रहने छन ।

यसअघि गत साउन ५ गते सुरु भएको प्रधानमन्त्री निर्वाचनको पूरानो प्रक्रिया पुस २८ मा अन्त्य भएको थियो । संसदको अर्को बैठक यही माघ २० गते बस्नेछ ।

यसैवीच सभामुख सुवासचन्द्र नेम्वाङले माघ २३ गतेभीत्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने विश्वास व्यक्त गर्नुभएको छ । संसद नियमावलीमा गरिएको व्यबस्था र सभासद तटस्थ बस्न नपाउने सर्वोच्च अदालतको निर्देशनका कारण अव हुने निर्वाचनवाट देशले प्रधानमन्त्री पाउने सुनिश्चित भएको उहाँले दावी गर्नुभयो । प्रधानमन्त्री निर्वाचन घोषणा गरिएलगत्तै संसद सचिवालय स्थित आफ्नै कार्यकक्षमा पत्रकारहरुसंग कुरागर्दै सभामुखले देशले माघ २० गते प्रधानमन्त्री पाउने निश्चित भएको बताउनु भएको हो । ‘अब मुलुकले माघ २० गते प्रधानमन्त्री पाउने वाताबरण बनेको छ, नेम्वाङले भन्नुभयो– कथंकदाचित २० गते बनेन भनेपनि २३ गतेसम्म देशले प्रधानमन्त्री पाउने छ ।’ आवाज........

दलहरुले सहमतिको कसरत गरिरहेकोले पहिलो चरणमै देशले प्रधानमन्त्री पाउने संभावना रहेको सभामुखको विश्वास थियो । 

राष्ट्रपति यादव भारत प्रस्थानः 

राष्ट्रपति डा यादव त्रिभुवन विमानस्थलमा
१० दिने निजि र औपचारिक भ्रमणका लागि राष्ट्रपति डा रामवरण यादव आज छिमेकी देश भारत प्रस्थान गर्नु भएको छ । राष्ट्रपति यादव आज अपरान्ह ईन्डीयन एयरलाईन्सको नियमित उडानबाट भारतको कोलकाता प्रस्थान गर्नुभएको हो । उहाँले कोलकतामा आफूले अध्ययन गरेको कोलकोता मेडिकल कलेजको वार्षिकोत्सव समारोहमा सहभागी हुनुहुनेछ । राष्ट्रपतिको विदाइकालागि सरकारका मन्त्रीहरु तथा उच्च पदस्थ सरकारी अधिकारीहरु त्रिभुवन विमान स्थल पुगेका थिए । 

राष्ट्रपति यादवका साथ उहाँकी छोरी अनिता, संस्कृति मन्त्री मीनेन्द्र रिजाल, राष्ट्रपतिका राजनीतिक सल्लाहकार हरि शर्मा, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव तथा अन्य वरिष्ठ अधिकारी पनि संलग्न हुनुहुनेछ । 

राजधानी नयाँदिल्ली पुग्नुअघि उहांले कोलकाता र तिरूपतिको भ्रमण गर्ने कार्यक्रम छ । राष्ट्रपति यादव कोलकाता मेडिकल कलेजको माघ १४ गते आयोजना हुने स्थापना दिवसमा सहभागी हुनुहुनेछ । राष्ट्रपति डा यादव सन् १९६० को दशकमा सो कलेजको विद्यार्थी हुनुहुन्थ्यो । सोही दिन उहाँ पश्चिम बङ्गालका गभर्नरले उहाँको सम्मानमा आयोजना गर्ने  रात्रिभोजमा सरिक हुनुहुनेछ । राष्ट्रपति डा यादवले माघ १५ गते शान्ति निकेतनको भ्रमण गर्नुहुनेछ । उहाँ माघ १६ गते तिरूपतिका लागि प्रस्थान गर्नुहुनेछ भने माघ १७ गते नयाँदिल्ली पुग्नुहुनेछ । नयाँदिल्लीमा राष्ट्रपति डा यादवको स्वागतार्थ भारतीय राष्ट्रपति प्रतिभादेवीसिंह पाटिलले रात्रिभोजको आयोजना गर्नुहुनेछ र उहाँहरूबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।

दलहरुको निकम्मापन 

बहुमतीय प्रक्रिया भित्र सहमती खोज्न आज बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष सकिएको छ । राजधानीको लाजिम्पाट स्थित ¥याडिसन होटलमा बसेको तीनदलको बैठकमा सहमतीय आधारमा सरकार गठन गर्ने बिषयमा गम्भिर छलफल भएको नेताहरुले बताएका छन् । नेताहरुले बैठकमा सहमतिकालागि सकारात्मक पहल भइरहेको भन्दै छलफललाइ जारी राख्ने बताएका छन् । बैठकपछि प्रधानमन्त्री माधवकुमार नेपालले आपसी विश्वास बढाउँन र सहमतीको संभावना खोजि गर्नका लागि पर्सी पुनः बैठक बस्ने जानकारी दिनुभयो । उहाँले बैठक सकारात्मक रुपमा अघि बढेकोे उल्लेख गर्नुभयो । एकीकृत माओवादीका नेता वर्षामान पुन अनन्तले शान्ति प्रक्रियामा विश्वास योग्य बातावरण बनाए कांग्रेस एमालेले माओवादीको नेतृत्व स्वीकार गर्न तयार रहेको दावी गर्नुभयो । छलफल सरकारात्मक रहेको दावीगर्दै उहाँले कुनै लिखित र ठोस सहमति नभएपनि सबै बिषयमा छलफपल भएको बताउनुभयो । 

काँग्रेस नेता डा.रामशरण महतले सहमतिको प्रयास जारी रहेको र सहमतीका आधार खोजि भइरहेको बताउनुभयो । शान्ति प्रक्रियाका मूलभुत विषयको टुंगो लागेपछि काँग्रेसले जुनै दलको सरकार पनि स्वीकार्ने उल्लेखगर्दै अहिलेकै अवस्थामा भने माओवादी नेतृत्व स्वीकार गर्न नसकिने स्पष्ट गर्नुभयो । 

एमाले महासचिव इश्वर पोखरेलले माओवादी नेतृत्वमा सरकार गठनगर्न शान्ति प्रक्रिर्यालाइ पूर्णता दिनुपर्ने आफ्नो अडानमा कायमै रहेको बताउनुभयो । उहाँले भोली आन्तरिक तथा अनौपचारिक छलफल गरेर पर्सी तीन दलको बैठक बस्ने जानकारी दिनुभयो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कागे्रस सभापति सुशील कोइराला समेत सहभागि हुनुहुन्यो । यसअघि हिजो भएको तीनदलको बैठकमा शान्ति प्रक्रिर्या टुङ्गाउने आधारवारे आज छलफल गर्ने हमति भएको थियो । 

मन्त्रीमन्डलमा हेरफेर

काठमाडौँ, १३ माघ । प्रधानमन्त्री माधवकुमार नेपालले मौजुदा मन्त्रिमण्डलका दुई मन्त्रीको कार्यविभाजन हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रभाकर प्रधानाङ्ग (रविन्द्र श्रेष्ठ) लाई उद्योग मन्त्रालय र महेन्द्रप्रसाद यादवलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी जीतबहादुर दर्जी गौतमलाई उद्योग राज्यमन्त्री र दानबहादुर कुर्मी चौधरीलाई सामान्य प्रशासन राज्यमन्त्रीको कार्यभार दिइएको छ । वर्तमान मन्त्रिमण्डलको गठन २०६६ साल जेठ ११ गते भएको हो । साथै प्रधानमन्त्री नेपालले तमलोपाबाट मन्त्री बनेका चार मन्त्रीहरुले दिएको राजिनामा पनि अस्विकृत गर्नुभएको छ । तमलोपाको सल्लाहमा नै तमलोपाबाट मन्त्री बनेकाहरुको राजिनामा स्विकृत नगरिएको बताईएको छ । वाम लोकतान्त्रिक गठबन्धनलाई जारी राख्नुपर्ने भएकाले प्रधानमन्त्रीले राजिनामा स्विकृत नगरेको तमलोपालाइै जानकारी गराउनुभउको उच्च स्रोतको भनाई छ । राजिनामा अस्विकृत भएपछि उनीहरु आजैबाट काममा फर्केका छन् ।

जलविद्युत्मा लगानी बढाउन प्रमसँग आग्रह

काठमाडौँ, १३ माघ । नेपाल ऊर्जा उत्पादक सङ्घले आज प्रधानमन्त्रीलाई भेटी नेपालमा ऊर्जाको क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको छ । सो ज्ञापनपत्रमा अहिले भइरहेको लोडसेडिङलाई कम गर्नका लागि सरकारले विद्युत् उत्पादनमा लगानी बढाउनुपर्ने, विद्युत खरिद दर बढाउनुपर्नेलगायतका माग राखिएको छ । 

ज्ञापनपत्र बुझाएर फर्कने क्रममा पत्रकारसँग कुरा गर्दै सानीमा हाइड्रोपावरका व्यवस्थापक डा सूवर्ण श्रेष्ठले लोडसेडिङको नकारात्मक असर अत्य गर्न जलविद्युत् क्षेत्रमा लगानी गर्ने वातावरण सरकारले तयार गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको बताउनुभयो । उहाँले बैंकबाट ऋण लिएर जलविद्युत्मा लगानी गर्न बैंक ब्याजदर निक्कै बढी भएको गुनासो गर्नुभयो ।  ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले अबको मन्त्रिपरिषद्को बैठकमा यो कुरालाई गम्भीरतापूर्वक उठाइने र लोडसेडिङको अन्त्यका लागि केही कदम उठाउने आश्वासन दिनुभएको प्रधानले बताउनुभयो । 

No comments: