राष्ट्रपति डा यादव र प्रचण्ड बिच भेटवार्ता
![]() |
राष्ट्रपति डा रामवरण यादव र एमाओवादी अध्यक्ष प्रचण्ड |
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माओवादी नेतृत्वमा बहुमतिय सरकार बन्ने बताउनु भएको छ । राष्ट्रपति डा रामवरण यादवसँग आज साँझ भएको भेटपछि संचारकर्मीलाइ प्रतिक्रिया दिदैँ अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वमा बहुमतिय सरकार बन्ने सम्भावना बलियो रहेको बताउनु भएको हो । प्रचण्डले बहुमतिय सरकार भित्रपनि सहमतियका लागी प्रयास भने जारी राखिने जानकारी दिनुभयो ।
राष्ट्रपति कार्यलय शितल निवासमा भएको भेटमा राष्ट्रपति यादवले आफ्नो भोलीबाट हुने भारत भम्रणबारे जानकारी गराउनु भएको प्रचण्डले बताउनुभयो । प्रचण्डले संसदको विपक्षि दलको हैसियत तथा पूर्व प्रधानमन्त्रीका रुपमा आफुले राष्ट्रपति सँग भारत भम्रणमा राष्ट्रिय हित र दुइ देशको सम्बन्धका विषयमा छलफल गर्न सुझाव दिएको बताउनुभयो ।
राष्ट्रपति यादव पाँच दिने भम्रणका लागी भोलि भारत प्रस्थान गर्दै हुनुहुन्छ । यादव आफुले अध्ययन गरेको कोलकोत्ता मेडिकल केलेजको बार्षिक समारोहमा सहभागी हुने त्यसतर्फ जान लाग्नु भएको हो । भारत भम्रणका क्रममा यादवले भारतका राष्ट्रपति, प्रधानमन्त्री लगायत सँग भेटगर्ने कार्यक्रम रहेको छ । उहाँ आउँदो १८ गते नेपाल फर्कनु हुनेछ ।
राष्ट्रिय सहमतिको सरकार गठनगर्न तीनदल विफल
![]() |
तिन दल बैठकपछि काँग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेल |
राष्ट्रपतिले दिएको समय भित्र सहमतिय सरकार गठनगर्न प्रमुख तीनदल असफल भएका छन् । तीनवटै दलले सरकारको नेतृत्वमा आ–आफ्नो दावी नछाडेपछि सहमतिय सरकार गठनको लागि दोस्रो पटक थप गरेको समयमा समेत दलहरु नेतृत्व चयनमा असफल भएका हुन् ।
सहमतिको अन्तिम प्रयासका लािग आज बसेको प्रमुख तीन दलका शीर्ष नेताहरु बैठक समेत विना निश्कर्ष सकिएपछि प्रधामन्त्री चयन फेरी बहुमतीय प्रणालीमै धकेलीएको छ । राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा दिउसो झण्डै सात घण्टा चलेको छलफलमा तीनवटै दलले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दावि कायमै राखेपछि सहमति जुटन नसकेको हो । दलहरुको आग्रहमा राष्ट्रपती रामवरण यादवले सहमती सरकार गठनका लागि दलहरुलाई आज सम्मको समय दिनु भएको थियो ।
बैठकपछि कङग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले आजको छलफलवाट दलहरुबीच रहेको मतभिन्नताका सम्बन्धमा गम्भिर छलफल भएकाले भोली बस्ने बैठकमा कुनै निशकर्षमा पुगिने बताउनुभयो । शान्ति प्रक्रिया र संविधान लेखनको सुनिश्चितताका लागि कङग्रेसको सरकार बन्नुपर्नैमा आफूहरुले जोड रहेको पौडेलले बताउनुभयो । त्यस्तै माओवादी उपाध्यक्ष नारयणकाजी श्रेष्ठ प्रकाशले बहुमतिय प्रकृयामा गएपनि सहमतियका लागी प्रयास जारि राखिने बताउनुभयो । एमाले अध्यक्ष झलनाथ खनालले भोली छलफल गरेर बहुमतिय आधारमा संसदबाट सरकार बन्ने बताउनुभयो । बैठकमा माओवादीले भने आफूहरु संसदको ठुलो दल भएको र लडाकुबाट समेत समबन्ध विच्छेद भईसकेकाले सहमतीय वा बहुमतीय दुबै प्रणालीमा आफ्नो नेतृत्वमा सरकार बन्नुपर्नै अडान राखेको थियो । दलका शीर्ष नेताहरुले शान्ति र संविधानका मुद्दामा भन्दापनि व्यक्तीमा सहमति हुनुपर्ने जोड गरेका कारण सहमतिय सरकार गठन हुन नसकेको एमाले नेता प्रदीप ज्ञवालीले बताउनुभयो ।
दलहरुले सहमतिय सरकार गठनगर्न नसकेपछि राष्ट्रपतिले संविधानको धारा ३८ः२ अनुसार सरकार गठनगर्न संसदलाइ आह्वान गर्नुहने भएको छ । राष्ट्रपतीले दलहरुलाइ सहमतिय आधारमा सरकार गठनका लागी पहिला एक हप्ताको समय दिनु भएको थियो भने त्यसपछि पुन पाँच दिनको समय उपलब्ध गराउनु भएको थियो ।
यादवको भोली बाट हुने भारत भ्रमण अनुमोदन : मन्त्रीपरिषदको बैठक
सरकारले राष्ट्रपति डा रामवरण यादवको भोली बाट हुने भारत भ्रमण अनुमोदन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकले राष्ट्रपतिको भारत भ्रमणको अनुमोदन गर्दै भ्रमणका लागि १७ जनाको नाम चयन गरेका छ । बैठक पछि सरकारका प्रवक्ता एवम् सुचना तथा संचार मन्त्री शंकर पोखरेलले राष्ट्रपतिको भ्रमण टोलीमा उहाँकी सुपुत्री, सङ्घीय मामिला, संविधानसभा तथा संस्कृतिमन्त्री मिनेन्द्र रिजाललगायत १७ जना रहनुहुने जानकारी दिनुभयो । यस्तै मन्त्रिपरिषद् बैठकले मुलुकी ऐन संशोधनका लागि विभिन्न ६ वटा विधेयक संसद्मा प्रस्तुत गर्ने निर्णय पनि गरेको छ । त्यसैगरि सरकारले आयाल निगमको घाटा पुर्तिका लागी नेपाल आयल निगमलाई एक अर्ब ३० करोड अनुदान दिने समेत निणर्य गरेको छ ।
समायोजन र ब्यवस्थापन भए मात्र माओवादीलाइ विश्वास गर्न सकिन्छ ः प्रधानमन्त्री
प्रधानमन्त्री माधवकुमार नेपालले विषेश समिति माताहत रहेका लडाकुलाई समायोजन तथा ब्यवस्थापनको काम तत्काल गर्न सके मात्र माओवादीलाइ विश्वास गर्न सकिने बताउनु भएको छ ।
नेपाल नीति अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको नेपालमा सुरक्षा चुनौती नामक पुस्तकको आज बिमोचन गर्दै प्रधानमन्त्री नेपालले लडाकुको समायोजनको प्रक्रिया, तालिका र नीतिको बिषयमा सहमति गरेर अगाडि बढे मात्र दलहरु बिच विश्वासको वातावरण बन्न सक्ने बताउनुभयो । प्रधानमन्त्री नेपालले सहमतिको सरकार निमार्ण नगरेर बहुमतीय प्रणालीमा जा“दा मुलुकको समस्या समाधान हुन नसक्ने धारणा राख्नुभयो ।
माघ ८ गते माओवादी लडाकु विषेश समिति माताहतमा आइसकेपछि दलहरुबीच अब नया“ तरिकाबाट छलफल हुन जरुरी रहेको प्रधानमन्त्री नेपालको भनाइ थियो । उहा“ले नेपालको सुरक्षा निकायमा लोकतान्त्रिक मान्यताको प्रवेशका बिषयमा बर्गिकरण भई समस्या समाधान तर्फ सरकार तत्काल लाग्ने समेत बताउनुभयो ।
संविधानसभाका मस्यौदा प्रतिवेदन सम्बैधानिक समितिमाः
काठमाण्डौ, माघ १२ । नयाँ संविधानको एकीकृत मस्यौदा तयार गर्नकालागि संविधानसभाले एउटा प्रतिवेदन सुझाव तथा निर्देशन सहित र अन्य छ वटा प्रतिवेदन विबाद सहित सम्बैधानिक समितिमा पठाएको छ । संविधानसभाको आज बसेको बैठकले सास्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समितिको प्रतिवेदन सुझाव सहित सम्बैधानिक समितिमा पठाएको छ ।
मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति, व्यबसथापिकीय अंगको स्वरुप निर्धारण समिति, राज्यको साशकीय स्वरुप निर्धारण समिति, न्याय प्रणाली, राष्ट्रिय हितको संरक्षण समिति र सम्बैधानिक समितिको मस्यौदा प्रतिवेदन विबाद सहित नै सम्बैधानिक समितिमा पठाइएको हो । फरक मत सहितपनि मस्यौदा प्रतिवेदन सम्बैधानिक समितिमा पठाउन सकिने व्यबस्था सहित नियमावली संशोधन गरीएपछि प्रतिवेदन पठाइएको हो । पर्याप्त छलफलको अबसर नदिइएको भन्दै संविधानसभा बैठकमा दर्जनौ सभासदले नियमापत्ति गरेका थिए ।
मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनप्रति महिला सभासदहरुले विरोध जनाएका छन । प्रतिवेदन पेश गर्नेक्रममा नियमापत्ति गर्दै एमाले सभासद विन्दा पाण्डेले नेपाली नागरिकका सन्तान गैर नागरिक र राज्यविहिन बन्न नपर्नेगरी नागरिकताको व्यबस्थागर्न माग गर्नुभयो ।
महिला सभासद समूहकी उषाकला राइले नागरिकतामा लैङ्गिक विभेद गर्न नपाइने भन्दै समानता गर्न माग गर्नुभयो । उहाँले नागरिकतामा विभेद भए नयाँ संविधान बन्नुको औचित्य नभएको टिप्पणी गर्नुभयो ।
माओवादी सभासद बर्षमान पुन अनन्तले बहुभाषिक नीति सम्बन्धमा आदिवासी जनजाातिको भिन्न मत राखिएको जानकारी गराउनुभयो । राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ्गले राष्ट्रिय महत्वका कतिपय बिषयमा जनमत सग्रह गर्नु पर्ने बताउनु भयो । एकीकृत नेकपा माओवादीकी हिसिला यमी, रामबहादुर थापा, एमालेका गोपाल ठाकुर, तमलोपाका जितेन्द्र सोनल, नेपा राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर र संघीय लोकतान्त्रिक मंचकी रुकमिणी चौधरीले सरकार कामकाजको भाषा नेपाली बनाउने भन्ने व्यबस्थाप्रति फरक मत रहेको बताएका थिए ।
बैठकमा पासाङ्ग शेर्पा लगायत केहि सभासदहरुले छलफल गर्ने अबसर नदिइ हतारमा प्रतिवेदन पारित गर्न लागिएको भन्दै विरोध जनाएका थिए । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले सबैको चाहाना अनुसार सम्बैधानिक समितिमा पठाउन लागिएको स्पष्ट गर्नुभयो । उहाँले मस्यौदा माथी आएका भिन्नमत सबै सम्बैधानिक समितिमा जाने र सम्बैधानिक समितिको ध्यानाकर्षण हुने विश्वास व्यक्त गर्नुभयो । संविधानसभाको बैठक अर्को सूचना प्रकाशित नहुदा सम्मकाmलागि स्थगित भएको छ ।
नर्सिङ शिक्षामा नयाँ अनुमति नदिन सुझाव
काठमाडौँ, १२ माघ । नर्सिङ तथा सामान्य चिकित्सा विषयका प्रमाणपत्र तहको नयाँ अध्ययन अनुमति नदिन संसदिय समितीले सरकारलाई निर्देशन दिएको छ । नर्सिङ शिक्षा प्रदान गरिराखेका केही संस्था एवम् क्याम्पसहरुले उत्पादन गरिराखेका जनशक्तिको गुणस्तरमा ह्रास आएको भन्दै नयाँ अनुमति नदिन महिला, बालबालिका तथा समाज कल्याण समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
परिषद्द्वारा सञ्चालित केही क्याम्पसहरुको समितिले अनुगमन गर्दा न्यूनतम् मापदण्ड पनि पूरा गरेको नदेखिएकाले अबदेखि ती विषयमा नयाँ अनुमति नदिन समितिले सरकारलाई निर्देशन दिएको अनुगमन संयोजक गिरीराजमणि पोखरेलले बताउनुभयो । त्यस्ता शिक्षा प्रदान गरिराखेका संस्थासँग प्रयोगात्मक अभ्यासका लागि अनिवार्यरुपमा ५० शय्याको अस्पताल हुनुपर्नेमा त्यस्तो नभएको, प्रयोगात्मक अभ्यासका लागि एक विद्यार्थी बराबर तीन बिरामी हुनुपर्ने मापदण्ड भए तापनि सो नभएको समितिले जनाएको छ । अध्ययन अनुगमन समितिले तयार पारेको प्रतिवेदनमा परिषद्द्वारा सञ्चालित नर्सिङ क्याम्पस तथा सामान्य चिकित्सा शिक्षा प्रदान गरिराखेका क्याम्पस तथा संस्थाहरुले प्रयोगात्मक अभ्यासका लागि सम्बन्धन लिएका अस्पतालहरुले लिने शुल्क पनि एकरुपता नभएको र नक्कली कागजपत्र बनाई सम्बन्धन लिएको देखिएको उल्लेख गरिएको छ । हाल सञ्चालित क्याम्पसहरुलाई न्यूनतम् मापदण्ड पूरा गर्न परिपत्र जारी गर्ने र मापदण्ड पूरा गर्न नसक्नेलाई बन्द गर्न सरकारलाई सुझाव पनि दिइएको छ ।
विसं २०११ सालदेखि नेपालमा नर्सिङ शिक्षा र २०१२ सालदेखि समान्य चिकित्सा शिक्षाको शैक्षिक कार्यक्रम सुरु भएको थियो । हाल ती दुई कार्यक्रम प्राविधिक तथा व्यावसायिक तालिम परिषद्द्वारा पनि सञ्चालन भइराखेका छन् । परिषद्अन्तर्गत हाल नर्सिङ शिक्षामा ८८, प्रवीणता प्रमाणपत्र तह र सामान्य चिकित्सा शिक्षामा ४७ वटा क्याम्पसले अध्ययन अध्यापन गराइराखेका छन् ।
भारतीय दुतावासद्वारा २० एम्वुलेन्स वितरणः
भारतले आफ्नो ६२औं गणतन्त्र दिवसको अवसरमा नेपालका २१ जिल्लाका विभिन्न अस्पताल, परोपकारी संस्था र शैक्षिक संस्थालाई २० एम्बुलेन्स र चारवटा बस उपहार प्रदान गरेको छ । गणतन्त्र दिवशका अबसरमा काठमाण्डौको लैनचौर स्थित दुतावासमा आयोजित समारोहमा नेपालकालागि भारतीय राजदूत राकेश सूदले १७ जिल्लाका उपहार प्राप्त गर्ने संस्थाहरुलाई १६ वटा एम्बुलेन्सहरु र ४ बसहरु उपहार स्वरुप प्रदान गर्नुभएको हो । बाँकी ४ एम्बुलेन्सहरु वीरगञ्ज स्थित भारतीय महावाणिज्य दुतमार्फत वितरण गरिएको हो ।
राजदूत सूदले नेपालका केही दुर्गम जिल्लाहरु लगायत विभिन्न स्थानमा रहेका ३६ शैक्षिक तथा तालिम संस्थानहरुलाई पुस्तकहरु समेत उपहार स्वरुप प्रदान गर्नुभएको थियो । भारतले सन् १९९४ देखि नेपालको ६८ जिल्लाहरुमा अवस्थित विभिन्न संस्थाहरुलाई ३०२ वटा एम्बुलेन्सहरु प्रदान गरिसकेको छ । भारत सरकार र भारतीय जनताको नेपाली जनतासँग शान्ति र विकासको कदममा सँगै हिड्ने प्रतिबद्धता स्वरुप एम्बुलेन्स उपहार प्रदान गरिएको भारतीय दुतावासले जनाएको छ । समारोहमा राजदुत सूदले भारतीय राष्ट्रिय झण्डा फहराई भारतका राष्ट्रपतिले दिनुभएको सन्देश पढेर सुनाउनु भएको थियो ।
यसैबीच भारतको ६२ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आज भारतीय राजदुतावासमा स्वागत समारोहको आयोजना गरिएको छ । भारतीय राजदूतावास लैनचौरमा आयोजित उक्त समारोहमा मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, सभासद्, विभिन्न कूटनीतिक नियोगका प्रमुख, साहित्यकार, पत्रकार, प्राध्यापकलगायतका महानुभावहरूको उपस्थिति थियो । समारोहमा नेपालका लागि भारतीय राजदूत राकेश सुद र भारतीय राजदूतावासका विशिष्ट अधिकृतहरूले स्वागत गर्नुभएको थियो ।
No comments:
Post a Comment