Tuesday, January 25, 2011

माघ ११ गते २०६७

सहमतिय सरकार गठनकालागि द्विपक्षीय छलफलः 

Major three Party Leader of Nepal
राष्ट्रिय सहमतिको सरकार गठनकालागि राष्ट्रपतिले दिएको समयावधी सकिन एकदिन बाकी रहदा सहमति जुटाउने प्रयास स्वरुप प्रमुख तीनदलले आज द्विपक्षीय छलफल गरेका छन । यसक्रममा नेपाली कागे्रस र माओवादी तथा कागे्रस र एमालेबीच आज छुट्टा÷छुट्टै छलफल भएको छ । तीनवटै दलले सरकारको नेतृत्व दावी गरेका कारण दलहरुबीच सरकारको नेतृत्ववारे दलहरुबीच सहमति जुटन सकेको छैन । कागे्रस र माओवादीका नेताहरुबीच अपरान्ह राजधानीको ठमेल स्थित वैशाली होटलमा भएको बैठकमा दुवैदलले सरकारको नेतृत्वको दावी गरेका थिए । शान्ति प्रक्रिर्याको आदा हिस्साको हैसियतले सरकारको नेतृत्व आफूले पाउनेपर्ने तर्क माओवादीले बैठकमा राखेको थियो । उपाध्यक्ष नारायायणकाजी श्रेष्ठ प्रकाशले अहिलेको अबस्थामा सहमतिको सरकार जरुरी रहेकोमा दुवैदल सहमत भएपनि नेतृत्वबारे टुङ्गो लाग्न नसकेको बताउनुभयो । उहाँले सहमतिको प्रयास स्वरुप भोली विहानै बाट छलफल हुने जानकारी दिनुभयो । बैठकमा माओवादीले शान्ति प्रक्र्रिालाइ निश्कर्षमा पु¥याउन दुइपार्टी मिलेर सरकार बनाउनुको विकल्प नरहेको बताएको थियो । 

आफूले नेतृत्व छाडेको दिनदेखी शान्ति प्रक्रिर्याले गति लिन नसकेको भन्दै कागे्रसले सरकारको नेतृत्व गर्न पाउनु पर्ने धारणा राखेको थियो । कागे्रस नेता डा रामशरण महतले संविधानसभा निर्वाचनपछि माओवादी र एमाले दुवैले सरकारको नेतृत्व गरिसकेका कारण अवको नेतृत्व कागे्रसले पाउनुपर्ने धारणा राखेको बताउनुभयो । लडाकू समायोजन प्रक्रिर्या टुङ्गिएपछि मात्र माओवादीले सरकारको नेतृत्व लिन उपयुक्त हुने महतले बताउनुभयो । 

यसअघि आजै दिउँसो बसको नेपाली काँग्रेस र नेकपा एमालेको बैठकले राष्ट्रपतिले दिएको सहमतिय सरकार गठनको समय सिमा भित्रै अरु दलको विकल्प स्वीकार गर्न माओवादीलाइ आग्रह गरेको थियो । सिंहदरबार स्थीत एमाले संसदिय दलको कार्यलयमा भएको दुइ दलको बैठकले अहिलेको परिस्थीतीमा माओवादीको नेतृत्व स्वीकार्य नहुने भन्दै काँग्रेस या एमाले मध्ये एकको नेतृत्व स्वकार्न आग्रह गरेको हो । 

बैठक पछि एमाले नेता प्रदिप ज्ञवालिले विषेश समिती मातहत लडाकु हस्तान्रण कार्य माओवादीका लागी सरकार नेतृत्वको दाविका लागी प¥याप्त नभएको भन्दै तत्काल अन्य दलको नेतृत्व स्वीकार गर्न आग्रह गर्ने सहमति भएको बताउनुभयो । 

यद्यपी दुइ दलले माओवादी लडाकुहरुको समायोजन र पुनस्थापनमा जानेहरुको बर्गिकरण र मोडालिटीको टुङ्गो लागेपछि भने माओवादी नेतृत्व स्वीकार गर्ने तयार रहेको बताएका छन् । 

ज्ञवालिले चक्रिय प्रणालिमा समेत पहिलो चरण्मा माओवादी बाहेक अरु कुनै दलले नेतृत्व गनुपर्ने बताउनुभयो । ज्ञवालिले संक्रमण कालका तिन खण्ड तिन दलले नेतृत्व गनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्ुभयो ः अहिले माओवादी बाहेक अन्य कुनै दल, त्यसपछि लडाकु समायोजन प्रक्रिया टुङ्गिए पछि कुनै दल तथा नयाँ निर्वाचन अगाडि एउटा दलले नेतृत्व गनुपर्छ ।। ज्ञवालिले एमाले काँग्रेस नेतृत्व बारे खुल्लै रहेको समेत बताउनुभयो । 

बैठकपछि काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले काँग्रेस नेतृत्वमा सरकार बन्दा सहज हुने बताउनुभयो । 

सिटौलालले सबै दलको दावि रहेको भन्दै एमाले र माअ‍ोवादी नेतृत्वमा स्वीकार गरिसकेकाले काँग्रेस नेतृत्व उप¥युक्त हुने टिप्पणी गर्नुभयो ।  उहाँले चक्रिय प्रणालिमा नेतृत्वबारे तिनै दलसँग बसेर छलफल गरिने समते बताउनुभयो । 

संसद नियमावली संशोधन बहुमतले पारितः

काठमाण्डौ, माघ ११ । प्रधानमन्त्री निर्वाचनको नयाँ व्यबस्था सहितको व्यबस्थापिका संसद नियमावली आज संशोधन गरिएको छ । संविधानसभा भवन नयाँ वानेश्वरमा अपरान्ह बसेको बैठकले नियमावली बहुमतले पारित गरेको हो । 

मधेशी जनअधिकार फोरम, तराइ मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलहरुले सहमति नजनाएका कारण सर्वसम्मत हुन नसकेको हो । नियमावली पारित भएपछि अब संसदमा हुने निर्वाचनले कढिमा तेस्रो चरणमा प्रधानमन्त्री चुनिने छ । अन्तरिम संविधानको धारा ३८ः१ अनुसार भोली सम्म सहमतिको सरकार गठनको संभावना क्षिण देखिएकोले संसदले केहि दिनमै बहुमतिय प्रक्रिर्या आरम्भ हुनेछ । संसद सचिवालयले आगामी माघ १७ गते पहिलो चरणको निर्वाचन गर्नेगरी आन्तरिक तयारी गरेको स्रोतले जनाएको छ ।

यसैबीच, विभिन्न दलले संसद नियमावलीमा गरिउको व्यबस्थाप्रति विरोध जनाएका छन । नियमावली संशोधन प्रस्तव माथी संसदमा भएको छलफलमा भागलिदै सभासदहरुले तीनदलले विपक्षमा मतदान गर्ने व्यबस्था नराखेर अधिनायकवादी शैली प्रस्तुत गरेको टिप्पणी गरेका हुन । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले प्रधानमन्त्रीको आकाक्षा राखेर संसदलाइ छ महिनासम्म अनिर्णयमा राखेका दलहरुले अहिले उमेदवारको विपक्षमा मतदान गर्न नपाइने अधिनायकवादी व्यबसथा राख्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो । 

तराइ मधेश लोकतान्त्रिक पार्टीका हृदयश त्रिपाठीले पूरानै नियमावली अनुसार दुइवटा सरकार गठन भइरसकेको अबस्थामा विना मापदण्ड र अनैतिक ढंगले नियमावली संशोधन गर्न लागिएको भन्दै आपत्ति जनाउनुभयो । नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापतिले कुनैदल विशेषलाइ फाइदा पुग्नेगरी दोस्रो चरणमा सबै उमेदवारको प्रस्तावमाथी मतदान गर्ने व्यबस्था गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले पहिलो चरणवाट धेरै मत लिएका दुइ उमेदवारलाइ मात्र दोस्रो चरणमा प्रतिष्पर्धा गर्नेगरी संशोधनगर्न माग गर्नुभयो । 

राष्ट्रिय जनशक्ति पार्टीका डा प्रकाशचन्द्र लोहनीले दलहरुले आफ्नो पक्षमा टेण्डर पार्न आफूखुसी नियमावली संशोधन गर्न खोजिएको आरोप लगाउनुभयो । सबै उमेदवारलाइ दोस्रो पटकमा प्रतिष्पर्धा गराउनुको कुनै औचित्य नभएको उहाँको भनाइ थियो । 

‘एक पटक पराजीत व्यक्तीलाइ दोस्रो पटक किन उठाउने, लोहनीले प्रश्न गर्नुभयो–किन पटक÷पटक नगर्ने ।’ राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ्गले प्रस्तावित व्यबस्था तीन दललाइ लक्षित गरिएर बनाइएको आरोप लगाउनुभयो । मधेशी जनअधिकार फोरमका आत्मराम प्रसाद शाहले व्यक्ती विशेषलाइ केन्द्रविन्दुमा राखेर नियमावली बनाइएको आरोप लगाउनुभयो । छलफलमा उठेका प्रश्नको जवाफ दिदै नियमावली मस्यौदा समितिका सभापति एकराज भण्डारीले दुइभन्दा बढि उमेदवारी परेको अबस्थामा राजनीतिक समिकरण बनाउन दिनकालागि दोस्रो चरणमा समेत सबै उमेदवारलाइ प्रतिष्पर्धा गर्ने व्यबस्था गरिएको बताउनुभयो । 

संविधान र नियमावलीमा निर्वाचनका समयमा सबै सभासद उपस्थित हुने र तटस्थ बस्न नपाइने परिकल्पना गरेका कारण नियमावलीले समाधान दिने विश्वास व्यक्त गर्नुभयो । संसदको आर्को बैठक माघ १३ गते विहिबार १ बजे सम्मकालागि स्थगित भएको छ ।

गोर्खामा बस दुर्घटना ८ जनाको मृत्युः 

गोरखा सदरमुकाम गोरखा बजारवाट घ्याम्ेपसालतर्फ जादै गरेको एक यात्रुबहाक बस ताप्ले गाविसको कटुसघारी भन्ने स्थानमा आज दिउसो दुर्घटना हुदा ९ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन । ना२ख ७२५१ नमबरको बस साघुरो सडकवाट खोचमा खसी दुर्घटना हुदा उनीहरुकोे मृत्यु भएको हो । अधिकाशं घाइतेहरुको अबस्था गम्भीर रहेका कारण मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । मृतकहरु सबैको सनाखत भएको छ । सनाखत हुनेहरुमा ताप्ले ९ का ३८ वर्षीय प्रेम कुमार भट्ट र सोही स्थानकी विन्दा भट्ट,आसपोखरी २ का गणेशमान श्रेष्ठ,पान्द्रङ ८ का लुर्खे परियार,पुर्काैट ८ गुल्मीकी कल्पना खत्री रहेका छन् । यस्तै मृत्यु हुनेहरुमा गोरखा धावा ४ की मिनाश्री सिम्खडा,पान्द्रुङ ८ की गौरी देवकोटा र लाटो दमाई र पन्द्रुङ ९ का पूणै बहादुर गुरुङ रहेको प्रहरीले बताएको छ । साँघुरो बाटो र क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटना भएको प्रहरीको भनाई छ । घाईतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भईरहेको छ ।

साक्षात्कारमा नेताहरु

काठमाडौ, ११ माघ । एकीकृत नेकपा माओवादी स्थायी कमिटि सदस्य टोप बहादुर रायमाझीले प्रधानमन्त्री निर्वाचनमा सातौं पटकसम्म पराजीत भईसकेकाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि प्रधानमन्त्री उमेदवारको बारेमा सोच्न सकिने बताउनु भएको छ । 

रायमाझीले जनताले संविधानसभामा ठूलो दलको रुपमा स्थापित गरेकाले सरकारको नेतृत्व भने माओवादीले नै गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । माओवादी लडाकु अब विषेश समिति मातहातमा गइसकेकाले माओवादीलाई सरकारको नेतृत्व दिने बारेमा अन्य दलले बखेडा झिक्न नहुने उहाँको भनाई थियो । लडाकुलाई विषेश समिति मातहातमा लाने बारेमा उपाध्यक्ष बाबुराम भट्टराईले असहमति जनाएको नभएको र यस निर्णयको बारेमा माओवादीमा कुनै विवाद नरहेको नेता रायमाझीले बताउनु भयो । 

रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा नेता रायमाझीले भन्नुभयो– यो काम अझै छिटो हुनु पर्दथ्यो ठिला भयो तर ठिलै भए पनि सकारात्मक कदम हो । 

कार्यक्रममा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सेना समायोजनको काम नसकिएसम्म माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो–जवसम्म मोडालिटी तयार भएर सेनासमायोजन अगाडि बढ्दैन, संख्या तय हुँदैन तबसमम माओवादी नेतृत्वमा सरकार बनाउन सकिन्न । उहाँले तीन दलले नसके बाँकी २५ दल र त्यहाँबाट पनि नसके ३ करोड नेपाली जनताबाट सहमतिको नेतृत्वको चयन गरिनुपर्ने बताउनु भयो ।  

तीन दलका नेताहरुको सद्बुद्धि आएर सहमतिको सरकार गठन गर्नुनै अहिलेको आवश्यकता रहेको उहाँको भनाई थियो । कार्यक्रममा राष्टिय प्रजातन्त्र पाटीका अध्यक्ष पशुपति शम्सेर राणाले तीन दलको नौटङकीको कारण देश अनिश्चिततामा पुगेको बताउनु भयो । उहाँले प्रमुख दलहरु भित्र पनि शिर्ष नेताहरुवीच नै फरक फरक धारणा रहेकोले राजनीतिक जटिलता आएको उल्लेख गर्नुभयो । 

सरकार गठनमा केन्द्रीत हुन अमेरीकाको सुझावः

अमेरीकाले माओवादी जनसेनाका लडाकूका शिविर विशेष समिति आउनु शान्ति प्रक्रिर्याको महत्वपूर्ण उपलव्धी भएको ठहरगर्दै नयाँ सरकार गठन र संविधान निर्माण प्रक्रिर्यामा अघि बढ्न सुझाव दिएको छ । विदेश मन्त्रालयका प्रवक्ता पीजे क्राउड्लीले गएराति वासिङ्गटनमा आयोजित पत्रकार सम्मेलनमा नयाँ सरकार गठनगरी संविधान निर्माणमा ध्यान केन्द्रीत गर्नुपर्ने बताउनु भएको हो । लडाकूका शिविर विशेष समिति मातहत आउने घटनाले माओवादीलाइ नागरिक पार्टीमा रुपान्तरण गर्न मद्दत पुग्ने अमेरीकाले विश्वास गरेको छ । 
अमेरीकाले दलहरुबीच भएको सहमतिले माओवादी जनसेनाका लडाकूको नेपाली सेना, प्रहरीमा समायोजन र पुनस्थापना सम्पन्नगरी नयाँ संविधान निर्माण गर्न सफल हुने विश्वास लिएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन । अमेरीकाले लडाकू र हतियार अनुगमन सम्बन्धी सम्झौतालाइ निरन्तरता दिन समेत दलहरुसंग आग्रह गरेको छ । मध्य तथा दक्षिण एसिया हेर्ने अमेरीकि सहायकमन्त्री रोबर्ट व्लेकले प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग टेलीफोनगरी अन्मिनको अनुपस्थितिमा पनि शान्ति प्रक्रिर्यालाइ अमेरीकाले समर्थन गर्ने प्रतिबद्धता जनाउनु भएको प्रवक्ता क्राउडलीले बताउनुभयो ।

यसैबीच संयुक्त  राष्ट्रसङ्घका महासचिव बान की मुनले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री मीनेन्द्र रिजालसँग हिजो राष्ट्रसङ्घीय प्रधानकार्यालयमा भएको भेटमा महासचिव बानले लुम्बिनी क्षेत्रको संरक्षण नेपालका निम्ति मात्र नभइ विश्वका अन्य मुलुकका निम्ति पनि उत्तिकै महत्वपूर्ण भएको बताउनुभयो । 

शिष्टाचार भेट

काठमाडौँ, ११ माघ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग कोरियाका राजदूत किम योङ सुले अध्यक्षको कार्यकक्षमा आज भेटघाट गर्नुभएको छ । भेटघाटको अवसरमा उहाँहरुबीच संविधान निर्माण, शान्ति प्रक्रिया, दुई देशबीचको सम्बन्ध र आपसी सहयोग सम्बन्धमा छलफल भएको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ । साथै राजदूतले सभाध्यक्षलाई कोरिया भ्रमणको निमन्त्रणा पनि दिनुभएको बताइएको छ ।

मेची कोशीमा अनिश्चितकालिन यातायात बन्द

सहकर्मी रिहाईको माग गर्दै यातायत मजदुरहरुले आब्हान गरेको बन्दका कारण आज मेची कोसीको यातायत ठप्प भएको छ । प्रशासनले यातायत मजदुरहरुलाई गैर कानुनी रुपमा मुद्दा चलाएको भन्दै मजदुरहरुले आव्हान गरेको बन्दका कारण पूर्वका इटहरी, इनरुवा, धरान, दमक, बिर्तामोड लगायतका स्थानमा सवारी साधन चल्न सकेका छैनन् । बन्दका कारण यात्रुहरु विच वाटोमै अलपत्र परेका छन् । 

यसैबिच बन्द गराँउदै हिड्ने नेपाल यातयत स्वातन्त्र मजदुर सङ्गठन कोसीका अध्यक्ष सहित ५ जनालाइ प्रहरीले इटहरीबाट पक्राउ गरेका छ । पक्राउ पर्नेहरुमा दिनेश प्रधान , बिष्णु माझी लगायतका रहेका छन् । मजदुरहरुले बन्दको उलङ्घन गरेको भन्दै इटहरीमा एउटा बसमा तोडफोड समेत गरेका छन् । काठमाडौबाट धरान तर्फ जाँदै गरेको ना ४ ख ६८४ नम्बरको मकालु यातायातमा तोडफोड गरेको प्रहरीले जनाएको छ । गत पुष १५ गते झापामा भएको दुर्घटनाको बिषयमा यातायात मजदुरहरुमाथि मुद्दा चलाएकाले यातायत बन्द गर्नु परेको मजदुर नेता भिम राइ ज्वालाले बताउनु भयो । दुर्घटनामा संलग्न बसका चालकलाइ प्रहरीले हिरासतमा राखी मानसिक यातना दिएकाले यातायत बन्द गर्नुपरेको मजदुरहरले बताएका छन् ।


हत्याको आशङ्कामा पाँचजना पक्राउ

परासी, ११ माघ । नवलपरासीको माकरमा एक सर्वसाधारणको हत्या भएपछि सो हत्याको आशङ्कामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । जिल्लाको माकर–४ का स्थानीय देवबहादुर श्रीषको शव गाडिएको अवस्थामा फेला परेपछि प्रहरीले उनको हत्याको आशङ्कामा  उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा माकर–२ का कमल क्षेत्री, राजु बुढामगर, मनोज सुनार रहेको प्रहरीले जनाएको छ भने  अन्य दुईजनाको नाम सार्वजनिक गरिएको छैन ।  

माकर–४ दिव्यनगर बस्ने २७ वर्षीय देवबहादुर श्रीष मगरको  शव माकर–३ कर्महियाको गाउँनजिकै कुलामा गाडिएको अवस्थामा  फेला पारेको थियो । प्रहरीका अनुसार माकर गाविसमा नै रहेको आफ्नै  दिदीको घर भान्जाको जन्मदिनको शुभकामना दिन गएका दिपु भनिने श्रीष मगरको  शुक्रबार राति हत्या भएको थियो । सो हत्यामा संलग्न भएको आशङ्कामा पक्राउ परेका पाँचजनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको र हाल  घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

पर्यटन सूचना केन्द्र स्थापना

ललितपुर, ११ माघ । पर्यटन वर्षको सन्दर्भमा पर्यटकको सुविधालाई मध्यनजर गर्दै नगरको बारेमा आवश्यक जानकारी दिलाउने उद्देश्यले ललितपुर उपमहानगरपालिकाले पर्यटन सूचना केन्द्र स्थापना गरेको छ । पाटनढोकास्थित पुरानो काउन्टर रहेको कार्यालयमै सूचना केन्द्र स्थापना गरी नायबसुब्बा तहका तीनजना कर्मचारी खटाई काम सुरु गरिएको नगरपालिकाले जनाएको छ । ऐतिहासिक नगरमा आउने पर्यटकलाई आवश्यक जानकारी दिएर उनीहरुको भ्रमणलाई सहज बनाउने उद्देश्यले पर्यटन सूचना केन्द्र स्थापना गरिएको ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत अर्जुनकुमार थापाले बताउनुभयो ।

उता मध्यपश्चिमाञ्च विकास क्षेत्रमा पर्यटन वर्ष २०११ लाई सफल पार्ने उद्देश्यले भेरी अञ्चल बस तथा मिनीबस समिति, नेपालगन्जले सरकारले तोकेको भाडा दरमा १५ प्रतिशत छुट दिने निर्णय गरेको छ । सो समितिअन्तर्गत यस क्षेत्रको पहाडी जिल्ला दैलेख, जाजरकोट, रुकुम, रोल्पा, प्युठान, जुम्ला र कालिकोटमा सञ्चालन हुने बसका यात्रुलाई सो छुट दिने जनाइएको छ ।

नयाँ संविधानमा मधेस मुद्दा छलफल 

काठमाडौँ, ११ माघ । मधेसवादी दलहरुले सत्ता केन्द्रितभन्दा संविधान केन्द्रित राजनीतिलाई प्राथमिकता दिनुपर्ने सुझाव बुद्धिजीवीहरुले दिएका छन् । नयाँ संविधानको सबैभन्दा बढी आवश्यकता मधेसी जनतालाई भएको भन्दै उहाँहरुले नयाँ संविधान बनाउन जोड दिन मधेसवादी दलहरुले आफ्नो प्राथमिकताको क्षेत्रमा बनाउन आग्रहसमेत गर्नुभयो । साफ नेपालद्वारा आज यहाँ आयोजित संविधान निर्माणमा मधेसी दलहरुबीच मतैक्यताको खोज विषयक छलफलका सहभागीहरुले सो आग्रह गर्दै नयाँ संविधानमा मधेसका पहिचान, प्रतिनिधित्व एवम् पहुँचको अधिकारलाई सुनिश्चितता गर्न सुझावसमेत दिनुभयो । 

अधिवक्ता दिनेश त्रिपाठीले सो विषयमा कार्यपत्र प्रस्तुत गर्दै मधेसका मुद्दामा मधेसवादी दलहरुबीचमा समान धारणा बनाउनुपर्ने बताउनुभयो । साप नेपालका कार्यकारी निर्देशक सुरेशकुमार बर्माले मधेसवादी दलहरुको एकता र सहकार्यबाटै मधेस आन्दोलनमा उठेका मागलाई पूरा गर्न सकिने बताउनुभयो । कार्यक्रममा मधेसी जनअधिकार फोरमका सहअध्यक्ष जयप्रकाश गुप्ताले अब मधेसवादी दलहरुले सत्ता केन्द्रित राजनीतिभन्दा संविधान निर्माण केन्द्रित राजनीति गर्न आवश्यक भइसकेको बताउनुभयो । 

पहिलो ओलम्पियन गङ्गाबहादुर थापाको निधन

काठमाडौँ, ११ माघ । नेपालका प्रथम ओलम्पियन खेलाडी गङ्गाबहादुर थापाको आज निधन भएको छ । रक्तचापबाट पिडीत ८४ बर्षिय थापाको आज बिहान चाबेल स्थीत मेडिकेयर हस्पिटलमा निधन भएको हो । थापाले जापानको टोकियोमा सन् १९६४ मा भएको १८ औँ ओलम्पिक खेलकुदमा पहिलो पटक नेपालका तर्फबाट सहभागिता जनाउनु भएको थियो । 

यसैबिच प्रधानमन्त्री माधव कुमार नेपालले पहिलो ओलम्पियन खेलाडी थापाले पाउँदै आउनु भएको मासिक २ हजार रुपैँया उहाँको परिवारलाइ निरन्तर रुपमा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नु भएको छ । थापाको पार्थीव शरिरमा श्रद्वाञ्जलि अर्पण गर्दै  प्रधानमन्त्री नेपालले थापाका परिवारलाइ सहयोग जारी राख्ने प्रतिबद्धता जाहेर गर्नु भएको हो । स्वर्गीय थापाको एक श्रीमती, तीन छोरा र तीन छोरी रहेका छन् । 

थापाको पार्थीव शरिरमा श्रद्वाञ्जलि अर्पणका लागि परिषद्का पदाधिकारी, खेलाडी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । श्रद्धाञ्जलि पश्चात् थापाको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । 

No comments: