Tuesday, September 6, 2011

विमानमा मुसा भेटिएपछि ......

Ashok Dahal
अशोक दाहाल
काठमाडौँ । थाइल्याण्डको बैंङ्गकका लागि उड्न तयार भएको नेपाल एयसलाईन्सको ‘गण्डकी’ विमानमा मुसो भेटिएपछि सोमबार दिनभर उडान प्रभावित भएको छ । १९० जना यात्रु लिएर उड्ने तयारीमा रहेको ‘गण्डकी’ नाम दिइएको बोइङ ७५७ नाईन एन एसीबी विमानको चीया कफि बनाउने कक्ष ‘ग्यालीभर’मा मुसा भेटिएको थियो । यात्रुहरुको बोर्डिङ पास समेत लिइसकेपछि उड्ने तयारीमा रहेको विमानमा एक एयसहोस्टेजले मुसा देखिपछि तत्कालै चालक दलका सदस्यलाई खबर गरेकी थिइन् ।

विहान ९ बजेका लागि उड्ने तय भएको विमानका यात्रुलाई प्राविधीक समस्या देखिएको भन्दै केहीबेर कुराएर थाइ एयरको विमानमा पठाइएको थियो । ‘मुसो देखिनासाथ विमानका सबै ढोका १२ बजेसम्म खोलेर राखियो, त्यसपछि सबै ढोका बन्द गरेर पासो थपियो तर पासो थाप्दा पनि मुसो भेटिएन’ निगमका प्रवक्ता राजु बहादुर केसीले –‘ढोका खोलेको समयमै मुसा भागेको हुनसक्छ ।’ 
  •  १९० जना यात्रु लिएर उड्ने तयारीमा रहेको ‘गण्डकी’ नाम दिइएको बोइङ ७५७ नाईन एन एसीबी विमानको चीया कफि बनाउने कक्ष ‘ग्यालीभर’मा मुसा भेटिएको थियो ।
  •  सबै ढोका बन्द गरेर पासो थपियो तर पासो थाप्दा पनि मुसो भेटिएन’ निगमका प्रवक्ता राजु बहादुर केसीले –‘ढोका खोलेको समयमै मुसा भागेको हुनसक्छ ।’ पहिलो पटक साँझ साढे पाँच बजे सबै पासो हेर्दा मुसा पासोमा नपरेको भेटिएपछि बेलुका ८ बजेसम्म पुन साँचो राखिएको थियो
पहिलो पटक साँझ साढे पाँच बजे सबै पासो हेर्दा मुसा पासोमा नपरेको भेटिएपछि बेलुका ८ बजेसम्म पुन साँचो राखिएको थियो । तर ८ बजे हेर्दा पनि साँचोमा मुसा नपरेपछि राती साढे ११ बजे विमान उडाइएको छ । दुईवटा मात्र अन्तराष्ट्रिय उडान भर्ने विमान रहेको निगमको ‘कर्णाली’ नाम दिइएको ‘नाइएन एन एसीए’ अर्को विमान नियमित मर्मतका लागि इजरायल लगिएको छ ।
SS AIRBUS (RNA)
विमानको कुनैपनि तार काट्न सक्ने र उपकरणमा विद्युत् सर्ट गराउनसक्ने खतराका कारण मुसो पसेको थाहा पाएपछि विमान उडाइएको थिएन । प्रवत्ता केसीका अनुसार विमानस्थाल भित्रैबाट चिया कफी लैजाने क्रममा कन्टेनरमा पसेर मुसो विमानसम्म पुगेको हुनसक्ने आशंका गरिएको छ । विहानैको उडान भएकाले रातीनै तयार गरेर राखिएको कन्टेनर विमानभित्रको ग्यालीभरमा लगेर खोल्ना साथ मुसो निस्केर विमानमा प्रवेश गरेको थियो ।
चिया कफी रहेको कन्टेर राखिएको ठाउँमा सानो च्यापबाट मुसा पसको हुनसक्ने अनुमान गरिएको छ । ‘मुसा सानो भएकाले कन्टेनर स्टोर गरिएको ठाउँबाट प्रवेश गरेको हुनसक्छ’ केसीले भने । आफू बायु सेवा निगमको केन्द्रीय कार्यालयमा रहँदा पनि मुसाले सताउने गरेको प्रसंङ्ग कोट्याउँदै प्रवक्ता केसीले अन्तराष्ट्रिय विमानस्थल कार्यालयमा पनि मुसाको समस्या रहेको हुनसक्ने बताए । मुसो भेटिएपछि चिया कफिको कन्टेनर तयार गर्ने र विमानसम्म पु¥याउने कर्मचारीलाई  केरकार गरिएको थियो ।

अन्तराष्ट्रिय विमानस्थलमा यस्तै अनौठा समस्या पटक पटक दोहोरिने गरेपनि मुसा भने एयसलाईन्सको इतिहासमै पहिलो पटक विमानभित्र भेटिएको वायु सेवा निगमले जनाएको छ । विमानस्थलमा केही समयअघि बाँदरले उडान प्रभावित गरेको थियो भने केही बर्ष अघिसम्म फोहोरका कारण गिद्धको उपस्थितीले उडानहश्र प्रभावित भएका थिए ।

तीन साताअघि अगस्त १६ मा स्विडेनको स्टकहोमबाट अमेरिकाको सिकागो जान लागेको विमानमा मुसो भेटिएपनि तीन दिनसम्म उडान स्थगित गरेर मुसाको खोजी गरिएको थियो । पासो थापेर खोज्दा समेत मुसो नभेटिएपछि एएएस एयसबसको उडान सुचारु गरिएको थियो । त्यसअघि सन् २००९मा अमेरिकाको केनेडी अन्तराष्ट्रिय विमानस्थलबाट बेलायतको लण्डनका लागि उड्ने तयारीमा रहेको डेल्डा एयरलाईन्सको विमानमा पनि मुसो भेटिएपछि यात्रुलाई अर्को विमानमा पठाइएको थियो ।

No comments: