Tuesday, September 6, 2011

हङकङ पुगेपछि भेटियो विमानको मुसा


Ashok Dahal
अशोक दाहाल
नेपाल एयसलाईन्सको ‘गण्डकी’ (नाइन एन एसीबी) विमानमा सोमबार विहान देखिएको मुसो मंगलबार विमान हङकङमा जहाज अवतरण अर्नुअघि पुन देखिएको छ । सोमबार दिनभर खोज्दापनि फेला नपरेपछि मुसा भागेको अनुमान गरिएपनि मुसा विमानको अति संवेदनशिल क्षेत्र मानिने चालक दलका सदस्य बस्ने क्षेत्रमा देखा परेको हो । सोमबार राती मलेसियाको क्वालालम्पुर पुगेर नेपाल फर्किँदासम्म देखा नपरेपछि मुसो बाहिरिएकोमा सबै ढुक्क थिए । 

तर मंगलबार ५ बजेतिर हङकङ पुग्ने बेला क्याप्टेन युवराज भट्टराईले ‘ककफिट’मै मुसो देखेपछि आक्तिएका थिए । विमान अवतरण गरेलगत्तै नेपाल खबर गरेर मुसो ननिकालेसम्म विमानले उडान नगर्ने जानकारी गरएको निगमका प्रवक्ता राजुबहादुर केसीले बताए । निगमले तत्कालै हङकङमै रहेको ‘हेको’ कम्पनिलाई विमानमा रहेको मुसो पत्ता लगाउन जिम्मा दिएको छ । 
  • सोमबार दिनभर खोज्दापनि फेला नपरेपछि मुसा भागेको अनुमान गरिएपनि मुसा विमानको अति संवेदनशिल क्षेत्र मानिने चालक दलका सदस्य बस्ने क्षेत्रमा देखा परेको हो । 
  • कुनैपनि विमानमा मुसा प्रवेश गर्दा उडान ९९ प्रतिशत जोखिमपूर्ण हुने निगमका पाइलटहरु बताउँछन् । ‘मुसाले विमानको कुनैपनि तार काट्यो भने ९९ प्रतिशत सम्म दुर्घटनाको संभावना हुन्छ’ निगमकै एक पाइलटले भने–‘नेवानीको विमानमा हिजो र आज उड्ने यात्रुहरु भाग्यमानी रहेछन् ।


हेको विमान मर्मत गर्ने ईन्जिनियरिङ कन्सल्टेन्सी हो । कम्पनिले ५–६ घण्टाभित्र विमानको निरिक्षण गरिसक्ने जनाएको छ । सोमबार दिनभरको प्रयासबाट पनि मुसो नभेटिएपछि निगमका इन्जिनियर शंकर बहादुर थापाले मुसा बाहिर निस्किएको ठहर सहित विमान उडानका लागि सुरक्षित भएको प्रमाणित गरेका थिए । विमानमा कुनै खरावी आएपछि आधिकारीक ईन्जिनियरले प्रमाणित नगरेसम्म विमान उठाउन पाईँदैन । 

थापाले मंगलबार भने मुसा मरेको भेटिएको दावी गर्दै आफ्नो कमजोरी नभएको तर्क गरेका छन् । निगमका प्रवक्ता केसीले समेत थापाको संरक्षण गर्दै सोमबार मारिएको मुसा थापाले सुरक्षित राखेको बताएका छन् । ‘त्यसमा उहाँको दोश छैन हिजो विमानमा रहेको मुसा मरेको भेटिएको हो, त्यो उहाँसँग सुरक्षित छ’ केसीले मंगलबार भने । तर प्रवत्ता केसीले सोमबार हिमालय टाइम्ससँग मुसा नभेटिएकाले ढोकाबाट बाहिरिएको अनुमान गरिएको बताएका थिए । थाइल्याण्डको बैंङ्क जाने तयारीमा रहेको निगमको बोइङमा सोमबार विहान ९ बजे एक एयर होस्टेजले मुसा देखे पछि दिनभर खोजी गरिएको थियो । 

मुसाले ९९ प्रतिशत जोखिम 

कुनैपनि विमानमा मुसा प्रवेश गर्दा उडान ९९ प्रतिशत जोखिमपूर्ण हुने निगमका पाइलटहरु बताउँछन् । ‘मुसाले विमानको कुनैपनि तार काट्यो भने ९९ प्रतिशत सम्म दुर्घटनाको संभावना हुन्छ’ निगमकै एक पाइलटले भने–‘नेवानीको विमानमा हिजो र आज उड्ने यात्रुहरु भाग्यमानी रहेछन् ।’ मुसाले इन्धन, ब्रिज, तेल भएको क्षेत्रमा तार काट्यो भने उड्दाउड्दै विमानमा आगलागी हुने वा दुर्घटना हुने संभावना अधिक रहने ती पाईलटले बताए ।

विमानमा विद्युत् उर्जा प्रवाह हुने ‘सर्किट ब्रेकर’मा मुुसो प्रवेश गरेमात्र पनि निमानमा आगो लाग्नसक्ने खतरा रहन्छ । ‘सर्किट ब्रेकरको स्विच क्याप्टेनले समेत अफ गर्न पाउँदैन तर मुसाले त्यस क्षेत्रमा प्रवेश पायो भने ठूलो संकट निम्तनसक्छ’ निगमकै एक पाईलटले भने । मुसो विमानभित्र देखिएपछि जिउँदै वा मरेको ननिकालेसम्म विमान उडाउनु नै निगमको गल्ति भएको चालकहरुको दावी छ । निगमको कमजोरीबारे नागरिक उड्ययन प्राधिकरणको ‘एयस अर्गानेट’ शाखाले अनुसन्धान सुरु गरिसकेको छ । अन्तराष्ट्रिय नागरिक उड्यन संगठन आइकाओको निगम अनुसार विमानमा मुसा मात्र नभएर साँङ्ला वा अन्य कुनै सानो जीवको उपस्थिती समेत निशेधित छ । तर नेपाल वायु सेवा निगमको जहाजको खानेकुरामा समेत पटक पटक साङ्ला भेटिएको गुनासोहरु ऋाउनेगरेको निगम स्रोतले जानकारी दियो । नेवानीको विमानको सिटमा उडुस समेत पाइने गरेको भन्दै एयर होस्टेजहरुले पटक पटक गुनासो गर्दा समेत निगमले सुनुवाई नगरेको निगम स्रोतले बतायो । 

मर्मतका लागि लगिएको निगमको अर्को जहाज ईजरायलबाट आगामी १८ तारेखमा मत्र फर्किने भएका कारण निगम जहाज जहाज विहीन भएको छ । नेपाल पर्यटन बर्ष चलिरहँदा निगमको ट्विन अटर विमान पनि जम्मा दुईवटा मात्र सञ्चालनमा छन् । निगम ब्यवस्थापनको लापरवाहीले नेपालको अन्तराष्ट्रिय स्तरमै बेइज्जत भएको पर्यटन ब्यवसायीहरुले बताएका छन् । 

No comments: