![]() |
Raman Poudel |
कुनै खास नाम नभएको
आवश्यक दाम नभएको
कुनै सम्मान नभएको
नागरिक भित्र नपर्ने, आम नेपाली भित्र पनि नपर्ने
कुनै जनता भित्र नपर्ने, कुनै दलभित्र पनि नपर्ने
अनुहार र शरिर सबैको जस्तै सापेक्षता बोकेको
विचार तपाँइको जस्तै प्रगतिशिल र क्रान्तिकारी
राष्ट्रपति
या
प्रधानमन्त्रीको सम्बोधन भित्र नसमेटिएको
मालिक या कम्पनिभित्र आफैँलाइ बन्धक राखेको
सामुहिक परिचय नबोकेको
एउटा सिङ्गो शरिरलाइ
तपाँइ के भन्नुहुन्छ ?
स्वतन्त्रताका लागी हामी, तपाँइ झैँ लडेको
घाइते भएर पनि सरकारी परिचय भित्र नपरेको
बैदेशिक सहयोगले नछोइको
विश्व बैङ्गको अनुदानले पनि नभेटेको
एनजिओ आइएनजिओको प्रपोजलमा नअटाएको
कुनै ट्रेड युनियनको पहुँच र परिधिभित्र नपरेको
सरकारी समावेशी र आरक्षणको नेतृत्व गर्न नसक्ने
राष्ट्रपतिको घर रङ्ग्याउने
या
प्रधानमन्त्रीको सवारी साधन धुने
कथित सभ्य मानिसको हुलमा बस्न नसक्ने
मन्त्रि निवासको गटै अगाडी
स्वाथ्य उपचारको सहयोगार्थ
च्यातिएको टोपी थापेर बसेको
सामुहिक परिचय नबाकेको
एउटा सिङ्गो शरिरलाइ
तपाँइ के भन्नुहुन्छ ?
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र
सबैथोक भोगी सकेको
तर
शक्ति र सर्वोच्चता छुनै नसकेको
कमजोर र विद्रोही हारेको सपना बोकेको
गैह्र आध्यात्मिक वृद्धाश्रममा नअटाएको
जोगि पनि भन्न नमिल्ने
अस्थायी मजुदरीबाट स्थाइ अबकाश पाएको
राहत थाप्नै नपाएको
कुनै ऐन र आयोगहरुले कहिल्यै नछोइएको
सम्माननिय हरुको सवारी हुइकिँ रहेकै सडक छेउ
रित्तो खल्ति सहित
अपस्ताल जाँदै गर्दा
वेवारिसे बनेर फोहोर नालिमा लडिरहेको
सामुहिक परिचय नबोकेको
एउटा सिङ्गो मृत शरिरलाइ
तपाँइ के भन्नुहन्छ ?
No comments:
Post a Comment