Saturday, August 20, 2011

टेवल टेनिसमा सुन्दरी नविताको जित र पुरुषतर्फको उपाधि अजयलाई


Sitaram Koirala
सिताराम कोइराला
विश्वमा धनाड्यहरुको खेलको रुपमा टेनिस विकसित भइरहँदाँ नेपालमा भने टेबल टेनिस चर्चा आएको छ । खासगरि टेनिस चर्चामा रहनुमा सुन्दर खेलाडीको हात रहको विश्लेषण हुदैँ गर्दा नेपालमा पनि टेबल टेनिस खेलाडीको सुन्दरताको चर्चा चुलिएको छ । 
  • प्रथम सोनाक्षी कप राष्ट्रिय ¥याङ्किङ टेवलटेनिस लिग प्रतियोगिताको पुरुषतर्फको उपाधि अजय सुवालले हात पार्दा महिला तर्फको उपाधि नविता श्रेष्ठले हात पारिन् । नवितालाइ धेरैले नेपालको एक सक्षम र चर्चापरक पात्रको रुपमा टेनिसमा देखेका छन् । 
लौनचौरस्थित टेवलटेनिस प्रशिक्षण केन्द्रको कवर्डहलमा शुक्रबार भएको निर्णायक खेलमा शिवसुन्दर गोथेलाई ३–१ को सेटमा पराजित गर्दै सुवालले उपाधि जितेका हुन् । जितस“गै सुवाल पहिलो वरियतामा उक्लेका छन् भने गोथे दोस्रो नम्बरमा झरेका छन् । 

Navita Shrestha (Tennis  Player from Nepal)
सुवालले पहिलो सेट ११–८ तथा दोस्रो सेट ११–६ ले जित्दै गोथेलाई दबाब दिएका थिए । तेस्रो सेट भने गोथेले ६–११ आप्mनो पक्षमा पारेका थिए । तर चौथो सेटमा ११–६ ले जित्दै सुवालले उपाधि माथि कब्जा जमाए । लिगमा सुवालले अपराजित रह“दै १९ खेलबाट ३८ अंक बटुलेका भने गोथे दुई खेलमा पराजित हु“दै ३४ अंकमा सीमित भए । गोथे यसअघि पा“चौ वरियताका दीप साउनस“ग पराजित भएका थिए । पुरुषतर्फ पुरुषोत्तम बज्राचार्यले १६ खेल जित्दै तेस्रो स्थान हात पारे । यस्तै राजेन्द्र कपाली ३० अंक बटुल्दै चौथो स्थानमा रहे भने पा“चौ स्थानमा समान अंकसहित दीप साउन आए । 

यता महिलातर्फ भने शीर्ष वरियताकी नविता श्रेष्ठले नै अपराजित रह“दै उपाधि जितिन् । अन्तिम तथा निर्णायक सेटमा नविताले दोस्रो वरियताकी स्वेच्छा नेम्वाङलाई ११–५, ११–८ र ११–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारिन् । यता नवितास“ग पराजित भए पछि स्वेच्छा तेस्रो स्थानमा सीमित भइन् । स्वेच्छाले १७ खेलमा जित हात पारिन् भने २ खेलमा हार ब्यहोरिन् । स्वेच्छास“ग समान अंक भए पनि रेनुका खत्रीले दोस्रो स्थान हात पारिन् । स्वेच्छालाई पराजित गरेकीले रेनुका दोस्रो स्थान हात पार्न सफल भएकी हुन् । महिलाको चौथो स्थान काजोल रौनियारले हात पारिन् भने पा“चौ स्थानमा एलिना महर्जन आउन सफल भइन् । प्रतियोगितामा शीर्ष २० वरियताका खेलाडीहरूबीच लिग खेल सञ्चालन गरिएको थियो । 

No comments: