Manoj Satyal |
मनाजे सत्याल
काठमाण्डौँ । खेल सुरु भयो, नेपालले गज्जबको लक्ष्इ दियो । फेरी अमेरिकाले सुरु ग¥यो, सुरुवात मै नेपाली बलरहरु धमाका देखाउन थाले, अनि बल्ल साहस बढ्यो साला अमेरिका हार्ने भयो ।
हरेक क्षेत्रमा गन्तिमा नंम्बर एक बन्दै आएको अमेरिकाको पराजय अविस्मरणिय र सम्झन लायक रह्यो । अरु सँग पराजित हुदाँको नरमाइलो पनि बिर्साए नेपाली क्रिकेटरहरुले । यहाँ छ सान गोर्खालीको । अब अण्डर १९ होइन विश्कप हाम्रो लक्ष्य हो ।
नेपालले आइसिसी अण्डर १९ विश्वकप क्रिकेट छनोट प्रतिायोगिता अन्तरगत साउन २४ गते अबेर सम्पन्न अन्तिम खेलमा अमेरिकालाइ ९९ रनले पराजित ग¥यो । जित सँगै नेपाल प्रतियोगितामा उप विजेता हुदैँ आइसिसि अण्डर १९ विश्कपका लागी छनौट भयो ।
नेपालद्धारा प्रस्तुत २६५ रनको लक्ष्य पछ्याएको अेमिरिका ४४ ओभर १ बलमा अल आउट हुदैँ १६५ रनमा समेटिएपछि नेपाल विजयी भएको हो । पराजित अमेरिकाका स्टेफलन टेलरले अर्धसतकिय ५२ रन बनाउनु बाहेक अन्यले खासै योगदान गर्न सकेनन् । अमेरिकालाइ कमजोर बनाउन नेपालका लागी राहुल विश्वकर्माले ४, अविनाश कर्णले २ तथा पृथु बास्कोटाले २ विकेट लिएका थिए । त्यस्तै सागर पुन र कृष्ण कार्कीले एक एक विकेट लिउका थिए । अमेरिकाका चार ब्याट्सम्यान विना कुनै रन पेभिलियन फकिएका थिए । पराजय सँगै अमेरिका अण्डर १९ विश्वकपमा छनौट हुन समेत असफल भएको छ । नेपाल भने दोश्रो हुदैँ सन् २०१२ मा न्यूजिल्याण्ड र अष्टे«लियमा हुने अण्डर १९ विश्पकप क्रिकेटका लागि छनौट भएको छ ।
![]() |
ICC U-19 CRICKET WORLD CUP |
त्यसअघि टस जितेर पहिले व्यटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २६४ रन जोडेको थियो । ढिलो रन स्कोर गरेको नेपालका लागि पाँचौ ब्यायट्सम्यानका रुपमा क्रिजमा आएका प्रदिप ऐरी र नरेश बुढाऐरको जोडीले आक्रामक रुपमा रन जोडेको थियो । नरेशले आकर्षक ईनिङ खेल्ने क्रममा ३ छक्का र ५ चौकाको मदतले ७६ रन बनाएका थिए । त्यसैगरि उनलाई गतिलो साथ दिने क्रममा आक्रामक ईनिङ खेलेका प्रदिपले ३ छकका र ३ चौकाको मद्यतमा ५७ रन बनाएका थिए । नेपालको इनिङलाई माथि उकास्न अन्तिम क्रममा ब्याटिङ क्रिजमा आएका कृष्ण कार्कीले पनि आक्रामक ईनिङ खेल्दै केवल १७ बलमा ४ छकका र ३ चौका प्रहार गर्दे. ४५ रन जोडेका थिए ।
त्यसअघि नेपालका लागि रमेश पुलामीमगरले १६ तथा फैजरुल रहमानले २६ रनको योगदान गरेका थिए । यस्तै राहुल विकले ९,ओपनर सागर पुनले १ तथा कप्तान पृथु बास्कोटाले २ रन मात्र जोड्न सकेका थिए ।
No comments:
Post a Comment