राष्ट्रपतिद्धारा पौष २५ आइतबारका लागी संसदको नवौँ अधिवेशन आह्वान
![]() |
व्यवस्थापिका संसद भवन, नयाँ बानेश्वर |
राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका–संसद्को नवांै अधिवेशन पुस २५ गते आइतबारको लागि आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री माधाव कुमार नेपालसंगको सिफारिसमा राष्ट्रपति यादवले नेपालको अन्तरिम संविधान, २०६३’ को धारा ५१ (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा संसद बैठक आह्वान गर्नुभएको हो । राष्टपति यादवले आजै संसद सचिवालयमा पत्र पठाइ आगामी २५ गते देखि संसदको नियमीत अधिवेशन बोलाउन निर्देशन दिनु भएको छ । राष्ट्रपतिको निर्देशन लगत्तै संसद सचिवालयले एक सार्वजनिक सुचना प्रकाश गरी आगामी २५ गतेको नियमीत अधिवेशनमा उपस्थीत हुन सबै सभासद्हरुलाइ आग्रह गरेको छ ।
सरकारले पूर्ण बजेट पेश गर्ने क्रममा एकीकृत माओवादीले संसदमा अवरोध सिर्जना गरेपछि गत मंसिर ३ गते बजेट अधिवेशन अन्त्य गरेको थियो । संसद अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याएको कामचलाउ सरकारले हिउदे अधिवेशन बोलाउन आनाकानी गरेको भन्दै एकीकृत नेकपा माओवादी लगायतका केही साना दलले समावेदन गरेपछि विशेष अधिवेशन आह्वान भएकोमा तीन दलको सहमतिमा यही पुस ८ गते विषेश अधिवेशन अन्त्य भएको थियो ।
यसअघि आजै प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपटि डा रामवरण यादव सँग भेटगरी आगामी पुस २५ गतेका लागि संसदको नियमित अधिवेशन बोलाउन सिफारिस गर्नु भएको थियो । एकीकृत नेकपा माओवादीले आज दिउँसो बसेको तिन दलको बैठकमा संसदको अधिवेशन तत्काल नबोलाए अन्य विषयमा छलफल नगर्ने अडान लिएपछि प्रधानमन्त्री नेपालले आजै साँझ राष्ट्रपति सँग भेटगरी पौष २५ गतेका लागी अधिवेशन बोलाउन सिफारिस गर्नु भएको हो । यसअघि सरकारले माओवादी जनसेनाका लडाकू विशेष समिति मातहत नल्याए नियमित अधिवेशन नबोलाउने निणर्य गरेको प्रचारमा आएपछि दलहरु विच मतभेद बढेको थियो । त्यस्तै सत्ता साझेदार दलहरुले समेत प्रधानमन्त्री नेपाललाइ तत्काल संसद अधिवेशन नबोलाउन सल्लाह दिएका थिए ।
सुजताको ज्वाइँ रुवेललाइ लिखीत जवाफ दिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले परराष्टमन्त्री सुजाता कोइरालाका ज्वाँई बाङ्गलादेशी नागरिक रुबेल चौधरीले गैरकानूनी रुपमा विभिन्न कार्य गरेको भन्दै दायर भएको रिटमा १५ दिन भित्र लिखित जवाफ दिन विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
सवोच्चका न्यायाधीश भरत उप्रेतीको एकल इजालासले आज उक्त रिट सार्वजानिक महत्वको भएको भन्दै अग्राधिकारसहीत अन्तरिम आदेश जारी गरेको हो । आदेशमा रिटमा विपक्षी बनाइएका बाङ्गलादेशी नागरिक रुबेल चौधरी, प्रधानमन्त्री, परराष्टमन्त्री, गृहमन्त्री, प्रहरी नायब महानिरीक्षक लगायतलाई १५ दिनभित्र लखित जवाफ दिन भनिएको छ ।
चितवनको टाइगर्स टप होटलमा पूर्व युवराज पारास साहसंगको विवादमा गोली प्रहार प्रकरण बाहिर आएपछि रुबेल चौधरी चर्चामा आएका थिए । चितवन गोली प्रकरण संगै रुबेल चौधरीले सासु सुजाता कोइरालाको आडमा सुडानको शान्ति मिसनका लागि प्रहरीले खरिद गरेको सामाग्रीमा करोडौ अनियमितता, टेलीकमको अन्तराष्टिय कल बाइपास लगायतका घटनामा संलग्न रहेको समाचार सार्वजानिक भएको थियो ।
संचारमाध्यममा भ्रष्टचार सम्बन्धी समाचार प्रकाशन भएपनि सरकारले छानविन नगरेको भन्दै राप्रपा नेपाल सिन्धुपाल्चोकका जिल्ला नेता दइन्द्र बहादुर ठकुरीले रुवेल विरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
यसैबीच संसदको लेखा समितिले सुडानको डार्फरमा खटिएको नेपाल प्रहरीको शान्ति मिसनकालागि बन्दोबस्तीका सामान खरिदमा भएको अनियमितता बारे छानविन सुरु गर्ने भएको छ । संसदको राज्य व्यबस्था समितिले गरेको छानविनमा व्यापक भष्ट्रचार भएको ठहर गरेपनि भष्ट्राचारमा संलग्नलाइ कार्वाही गर्नेतर्फ सरकार मौन बसेको भन्दै लेखाले छानविन सुरुगर्न लागेको समिति सदस्य डा प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो । सो प्रकरणमा परराष्ट्रमन्त्रीका ज्वाइ रुवेल चौधरीको संलग्नता रहेको सार्वाजनिक भएपछि छानविनका लागि चर्को दवाब परेको छ ।
एसएलसी प्रश्नपत्र नेपालमै छाप्न लेखाको निर्देशनः
व्यबस्थापिका संसदको सार्वजानिक लेखा समितिले एसएलसीको प्रश्नपत्र स्वदेशमै छाप्न सरकारलाइ निर्देशन दिएको छ । प्रश्न पत्र छाप्दा अनियमितता भएको भन्दै लेखाले स्वदेशमै प्रश्नपत्र छाप्ने निर्णय तत्कालगर्न निर्देशन दिएको हो । बैठकमा शिक्षामन्त्री सर्वेन्दनाथ शुक्लले यस बर्षदेखी स्वदेशमै प्रश्नपत्र छाप गर्ने तयारी भइरहेको बताउनु भएको थियो । प्रश्नपत्र बाहिरिने संभावना र सुरक्षका कारण भारतमा पश्नपत्र छापिने गरेको भएपनि यस बर्षदेखी स्वदेशमै छाप्ने व्यबस्थागर्न लागिएको उहाँले जानकारी गराउनु भयो ।
लेखा समितिले कक्षा ११ को प्रश्नपत्र छपाइका क्रममा भएको अनियमिततमा संलग्न उच्च माध्यमिक शिक्षा परिषसदका तत्कालीन उपाध्यक्ष उपेन्द्र कोइराला र सदस्य सचिव रामबहादुर खड्कालाइ भष्ट्राचार मुद्दा दायर गर्नपनि लेखाले मन्त्रालयलाइ निर्देशन दिएको छ । बैठकमा सभासदहरुले भष्ट्राचार भएको थाहा हुदा हुदैपनि उनिहरुलाइ उन्मुक्ति दिन लागिएको भन्दै आपत्ति जनाएका थिए ।
प्रहरीद्धारा १ नेपाली सहित तिन बंगलादेशी भिओआइपी संचालक पक्राऊ
प्रहरीले अन्तराष्ट्रिय कल बाइपास भीओआईपी कार्यमा संलग्न एक नेपाली सहित ३ बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले पटक पटक भीओआइपी कल बाइपासमा संलग्न रहेका बंगलादेशी नागरिकलाइ पक्राउ गर्दै आएको छ । प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी भीओआईपी कल वाइपास समस्या नेपालमा विकराल बन्दै गएको पाइएकाले भिओआइपी अपरेशन संचालन गरी उनीहरुलाइ पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा घरभाडामा लिई कल वाइपास कार्य संचालन गर्दै आएका लाजिम्पाट साकुनामार्गबाट राजु पन्थी, काठमाडौँ टुसालबाट बंगलादेशी नागरिक मोजाम मोहम्मद, जोरपाटीबाट बंगलादेशी नागरिक मोहम्मद सालेह अहमद र काठमाडौँ लाजिम्पाटबाट बंगलदेशी नागरिक मोहम्मद सोराबुजामान रहेका छन् ।
अभियुक्तहरुबाट जीएसएम गेटवे ८ थान, भ्वाइस गेटवे रोउटर ४ थान, एनटीसी सिमकार्ड ५ सय १३ थान, एनसेल सिमकार्ड २ हजार, ५ सय २८ थान, १ लाख २० हजार मुल्य बराबरको रिचार्ज कार्डहरु, व्याट्री ८ थान, युपिएस ४ थान, कम्प्युटर १ थान र सिम बक्स क्यापासिटी ४ सय ७६ सिम बरामद भएको प्रहरी नायव महानिरीक्षक राजेन्द्र सिंह भण्डारीले जानकारी दिनुभयो । भीओआईपी कारवाही अन्तर्गत हालसम्म प्रहरीले २५ ठाउँमा कारबाही गरी २३ जना नेपाली नागरिक र ९ जना विदेशी नागरिक गरी ३२ जना पक्राउ गरिसकेको छ ।
एमाले नेता ओली द्धारा झलनाथ खनाल प्रधानमन्त्रीको उमेद्धार नभएको प्रतिक्रिया
नेकपा एमालेका नेता केपी शर्मा ओलीले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष झलनाथ खनालले नगर्ने दाबी गर्नुभएको छ । बिराटनगर विमानस्थलमा आज संचारकर्मीहरु सँग कुरा गर्दै नेता ओलीले सरकारको नेतृत्व एमालले नै गर्ने दाबी गर्दै प्रधानमन्त्रि खनाल बन्ने कुरा हल्ला मात्र भएको टिप्पणी गर्नुभयो । उहाले कांग्रेश नेता रामचन्द्र पौडेलको उम्मेद्धारी रहेसम्म अरुले सरकारको नेतृत्व गर्ने सम्भावना नरहेको दाबी समेत गर्नुभयो । उहाले संसदको अधिवेशनबाट मुलुकले नयाँ प्रधानमन्त्री पाउने बिश्वास व्यक्त गर्नुभयो । नेता ओलीले मुलुकमा अहिले देखिएको सरकार विहीनताको अवस्थालाई हटाउन राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने मा जोड दिनुभयो ।
सेना समायोजन विशेष समिति सचिवालय टोली फर्कियो
सेना समायोजन विशेष समिति मातहतको सचिवालय टोली लडाकूहरुसँग भेटघाटपछि आज राजधानी फर्किएको छ । दुई दिनअघि चितवन गएको सो टोलीले माओवादी लडाकू रहेको चितवन स्थित शक्तिखोरको तेस्रो डिभिजन र नवलपरासीको चौथो डिभिजनका कमान्डरहरुसँग छलफल गरेको समिति सदस्य गोपाल बोहराले जानकारी दिनुभयो । सेना समायोजनको विषयमा माओवादी लडाकूको मत बुझ्न टोली शिविर गएको हो । टोलीले लडाकूको भरणपोषणमा रेखदेख गर्दै आएको स्थानीय शिविर व्यवस्थावन समितिका प्रतिनिधि स्थानीय प्रशासन तथा सरोकारवाला प्रतिनिधिहरुसँग भेटघाट गरेको थियो । लडाकूसँगको छलफलमा कमान्डरहरुले चाँडो सेना समायोजनको प्रक्रिया टुङ्ग्याउन सुझाव दिएका छन् ।
सचिवालयका संयोजक बालानन्द शर्माको नेतृत्वको टोलीमा समितिका सदस्यहरु सहायकरथी महेश कार्की सशस्त्रका डिआइजी सिंहबहादुर श्रेष्ठ, जनपदका डिआइजी केशबहादुर शाही, माओवादीका जनसेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल बलदेव, नेपाली काँग्रेसका शम्भु सिम्खडा, एमालेका गोपाल बोहरा, फोरमका रमानन्द मिश्र लगायत सहभागी थिए ।
हात्ती महोत्सवको दोस्रो चरणका खेल सम्पन्न ।
चितवनको सौराहामा जारी अन्तरराष्ट्रिय हात्ती दौड प्रतियेगिता अन्तर्गत आज विभिन्न चार खेल सम्पन्न भएका छन् । प्रतियोगितामा आज भएको हात्ती दौडको पहिलो खेलमा ६ वटा हात्ती फाइनलमा प्रवेश गरेका छन् । रोटरी क्लब अफ न्यु रोड सिटी काठमाण्डौको अनारकली, हिमालयन ईन्काउन्टर वेलायतको पृथ्बीकली, होटल वारही पोखराको चम्पाकली ,सिजि फुड्सका ब्यूटिकली, द एक्सप्लोर नेपालको रुक्सीकली, नेपाल ड्रिम ट्राभल्स चिनको ईच्छाकली फाईनलमाप्रवेश गरेका हुन् । त्यस्तै दोस्रो खेलमा भएको गाडा दौडमा चितवन फरेस्टको देवीराम महत्तो, रोयल पार्कको विभर चौधरी, ग्रिन मोसनको जामुन चौधरी, चितवन रिभर साइडको लक्ष्मण चौधरी, जेने रिसोर्टको कन्ना चौधरी र मचान वाइल्डको छलाइ महत्तोको गाडाहरु फाईनलमा पुगेका छन् । त्यस्तै हात्तीहरुको फुटवल खेलमा गौरिशंकर डेभलपमेन्ट वैकलाई दुइ का विरुद्ध चार गोल गर्दै टुरिजम डेभलपमेन्ट बैक फाइलनमा प्रवेश गरेको छ ।
भोली हुने फाइनल खेलमा किष्ट बैक र टुरिजम डेभलपमेन्ट बैक भिड्नेछन् । त्यस्तै आजै भएको ६ वटा हात्तीहरुको सुन्दरी प्रतियोगिमा तीनवटा हात्ती फाइनलमा प्रवेश गरेका छन् । फाइनलमा प्रवेश गर्नेहरुमा हरिभक्त घिमिरेको वसन्तीकली, ध्रुव गिरीको चन्चलकली, चितवन राष्ट्रिय निकुञ्जको धिरेन्द्रकली रहेका छन् । त्यस्तै टाङगा दौडमा रेडियो चितवनको व्रिजन माझी, रेडियो नारायणीको सञ्जय साह, विकास सेल्सको जितना चौधरी, राइनो लजको सुरेन्द्र चौधरी, वाइल्ड होराइजनको फेकु मुखिया ग्रिनि सोसाइटीको हिरो पावे फाइनलमा प्रवेश गरेका हुन् ।
No comments:
Post a Comment