आगामी सरकारको नेतृत्व लिन तयार : एमाले अध्यक्ष झलनाथ खनाल
![]() |
एमाले अध्यक्ष झलनाथ खनाल |
एमाले अध्यक्ष झलनाथ खनालले आफू आगामी सरकारको नेतृत्व लिन तयार भएको बताउनुभएको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको तेस्रो स्थापना दिवसको कार्यक्रममा बोल्दै खनालले दलहरुविच सहमति भए आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताउनुभयो । दलहरुविच सहमतिको विकल्प नभएको भन्दै उहाले सबै दलको विश्वास पाउने आशा गरेको समेत बताउनुभयो । खनालले सबैदललाइ स्वीकार्य हुने ब्यक्ति प्रधानमन्त्री बन्नुपर्ने समेत धारणा राख्नुभयो ।
कार्यक्रममा का“ग्रेस सभापति सुशिल कोईरालाले भने आफ्नो पार्टीका उम्मेद्वार रामचन्द्र पौडेलको उम्मेद्वारी कायम रहेको दोहो¥याउनुभया्े । पार्टीको विधान अनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने भएकाले शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने चर्चा गलत कोइरालाले स्पष्ट गर्नुभयो ।
चियापानमा पुग्नुभएका प्रधानमन्त्री माधवकुमार नेपालले भने दलहरुलाई सहमतिमा ल्याउन संसद्को नियमित अधिवेशन बोलाएको बताउनुभयो । उहा“ले विमतीका विषयलाई संसद्मै छलफल गरेर सहमति जुटाउनु पर्ने बताउनुभयो । प्रधानमन्त्रीको चुनाव, शान्ति र संविधानका विषयमा पनि संसद्बाटै सहमति निकाल्नु पर्ने उहा“को भनाइ छ ।
त्यस्तै का“ग्रेस नेता रामचन्द्र पौडेलले आफ्नो उम्मेद्वारी जारी रहेकाले अबको नियमित अधिवेशनको पहिलो एजेण्डा प्रधानमन्त्री निर्वाचन हुने बताउनुभयो । का“ग्रेसको एकमात्र उम्मेद्वार आफै भएको पौडेलले बताउनुभयो । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले शान्ति र संविधानका लागि दलहरु मिल्नुको विकल्प नभएको भन्दै ठूला दललाई सहमति निर्माण गर्न आग्रह गर्नुभयो ।
तमलोपाले गरेको चियापानमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, संवैधानिक निकायका प्रमुख , मन्त्रीहरु , विभिन्न दलका नेता मन्त्री एवं विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरुको उपस्थिति थियो ।
जिम्मेवारी बाँडफाडमा मााअेवादीमा सहमति जुट्न सकेनः
नेताहरुको कार्यबिभाजनको बिषयमा कुरा मिल्न नसकेपछि एकीकृत नेकपा माओबादी स्थायी समितीको बैठक बिना निश्कर्ष सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिशडाडामा झण्डै तीन घण्टा बसेको बैठक पदाधिकारी कार्यबिभाजनमा सहमति नभएपछि भोली दिउसो सम्मका लागि स्थगित भएको छ । आन्तरिक कार्यविभाजन र आगामी पुष १६ गतेदेखी सुरु हुने प्रशिक्षणका बिषयमा छलफल भएपनि आज कुनै निर्णय नभएको बैठकपछि प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । स्रोतका अनुसार उपाध्यक्ष डा बावुराम भट्टराइ पक्षले संसदीय दलको उपनेता लगायत हरेक राज्य स्तरमा आफ्नो पक्षका केन्द्रीय सदस्यलाइ जिम्मेवारी दिइनु पर्ने बताएपछि स्थाइ कमिटि बैठक सहमतिमा पुग्न नसकेको हो ।
भट्टराइ पक्षधरले जनसेना भीत्रपनि फरक विचार लेजान पाउनु पर्ने माग गरेको छ । बैठकमा कार्यविभाजन गर्न महासचिव रामबहादुर थापा बादलको संयोजकत्वको प्रतिवेदनमाथी छलफल भएको नेताहरुले बताएका छन । यसै बिषयमा छलफलगर्न बैठक भोली मध्यान्ह पुनः बस्ने प्रवक्ता शर्माले बताउनुभयो । आजको बैठकमा प्रमुख तिन दलबिच भएको सहमति भन्दा ढिला गरी बोलाइएको व्यवस्थापिका संसदको नियमित अधिवेशन, अन्मीनको म्याद थप, प्रधानमन्त्री निर्वाचनमा पार्टीको भुमिका, लगायतका बिषयमा पनि छलफल भएको एक स्थायी समिती सदस्यले जानकरी दिए ।
संबिधानसका विबादित बिषयको टुङ्गो २७ दलीय संयन्त्रले लगाउनेः
काठमाण्डौ, पौष १३ । उच्चस्तयरीय कार्यदलले टुङ्गो लगाउन नसकेका संविधानका विबादित बिषय २७ दलीय संयन्त्रबाट मिलाउन संविधानसभामा प्रतिनिधित्व गर्ने सबैदल तयार भएका छन । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको आश्वानमा संविधानसभा सचिवालय सिंहदरवारमा आज बसेको २७ दलको बैठकले विबाद निरुपणकालागी २७ दलीय संयन्त्रलाइ भोली देखी सक्रिय बनाउन सहमति जनाएको हो । मिल्न बाँकी ८३ बुदाका सम्बन्धमा भोलीदेखी दलीय धारणा पेश गर्ने कार्यक्रम सुरु हुने राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा गठित प्रमुख दलका शीर्ष नेताहरु सम्मिलित कार्यदलले विवादित २१० मध्ये १२७ बुदाँमा सहमति जुटाएको थियो । माओवादी लगायत सानादल कार्यदलको म्याद थपगर्न राजी नभएपछि विबाद निरुपण गर्ने जिम्मा २७ दलमा पुगेको हो ।
पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिष्ट क्रान्तिकारीहरुविरुद्ध माथिल्लो स्तरवाटै षड्यन्त्र
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिष्ट क्रान्तिकारीहरुविरुद्ध माथिल्लो स्तरवाटै षड्यन्त्र भैरहेको बताउनु भएको छ । माओवादी सल्लाहकार हस्तवहादुर केसीको माक्र्सवादी दर्शनशास्त्रको रुपरेखा नामक पुस्तकको मंगलवार पार्टि कार्यालय कोटेश्वरमा विमोचन गर्दै प्रचण्डले विश्वमै कम्युनिष्ट आन्दोलन शिथिल वनेको वेलामा नेपालमा संविधान सभाको निर्वाचनवाट समेत मौलीक ढंगले वामपन्थिहरुको वाहुल्यता वढेकोले क्रान्तिलाई कमजोर वनाउने षड्यन्त्र भैरहेको दावि गर्नुभयो । उहाँले राजनीतिक परिवर्तनसँगै वाम ध्रविकरण र एकिकरणको नेतृत्व गर्दै माओवादीले प्रतीक्रान्तिकारी षड्यन्त्रलाई विफल पार्ने वताउनुभयो । अध्यक्ष प्रचण्डले झन्डै दुई तिहाइको सङ्ख्यामा रहेका कम्युनिस्टहरु नमिले कम्युनिष्ट विरुद्ध भइरहेको षड्यन्त्र पुष्टि हुने भन्दै कम्युनिष्ट शक्तिहरु मिल्नुपर्ने बताउनुभयो ।
कार्यक्रमा उपाध्यक्ष मोहन वैद्य किरणले विमोचित पुस्तकले माक्र्सवादी दर्शनलाई सरल शैलीवाट प्रस्तुत गर्न खोजेको वताउँदै पार्टिको जिवनमा पुस्तक उपयोगि हुने धारणा राख्नुभयो ।
डार्फर भष्ट्राचारमा संलग्नलाइ कार्वाहीगर्न राज्य व्यबस्थाको निर्देशनः
संसदको राज्य व्यवस्था समितिले सुडानको डार्फरमा खटिएको नेपाल प्रहरीको शान्ति मिशनका लागि सामाग्री खरिदमा भएको भष्ट्राचारमा संलग्नलाई कार्वाही गर्ने सम्बन्धमा भएको प्रगति विबरण दस दिन भीत्र पेश गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिसद कार्यालयलाई निर्देशन दिएको छ ।
समितिले सुडान घोटालामा संलग्नलाइ तत्काल कार्वाही प्रक्रिर्या सुरु गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि सुझाव दिएको छ । सुडान घोटालामा संलन्गलाइ कार्वाही गर्ने सम्बन्धमा अखितयारका सचिवसंगको छलफल पछि समितिले आज सरकारलाई यस्तो निर्देशन दिएको हो । राज्य व्यबस्था समिति अन्तरगतको उपसमितिले स्थलगत अनुगमनपछि तयार गरेको प्रतिवेदनमा नेपाल प्रहरीको शान्ति मिसन समाग्री खरिद प्रकरणमा करिब ३२ करोड अनियमितता भएको ठहर गरेको थियो ।
प्रहरीका लागि अत्याबस्यक एपीसी लगायत बन्दोबस्तीका सामाग्री खरिद गर्दा गुणस्तरहीन सामान खरिद गरेको भन्दै राष्ट्रसंघले ती सामानहरु फितौ गरेपनि सरकारलाई करोडौ नोक्सान भएको थियो । समिति बैठकमा अख्तियारका सचिब भगवती काफ्लेले अनुसन्धान प्रक्रिर्या जारी रहेको जानकारी दिदै कार्वाही प्रक्रिर्या अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिवेदनमा तत्कालीन अवस्थामा जिम्मेवार निकायमा रहेका मन्त्री, सचिव, पहरी प्रमुख लगायत सबै अधिकारीले भ्रष्टाचारको जिल्मेवारी लिनुपर्ने ठहर गरिएको छ । गुणस्तर हिन सामाग्री खरिदमा उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइ रुबेल चौधरीको नाम मुछिएपछि भष्ट्राचार काण्ड रहस्यमय बन्दै गएको छ । बैठकमा गृहमन्त्री भीम रावलले विगतमा बजेट अभावका कारण बन्दोबस्तिका सामाग्री पठाउन नसकिएको दावी गर्दै सरकारले छिट्टै सामान पठाउने बताउनु भयो । यसअघि समितिले शान्ति मिसन न्यूनतम पूर्वाधार विहिन अबस्थामा रहदा मुलुककै बेइज्यत हुने भन्दै बन्दोबस्तिका सामाग्री पठाउन सरकारलाई निर्देशन दिएको थियो ।
विद्युत प्राधिकरणद्वारा दैनिक ११ घण्टा लोडसेडिङः
नेपाल विद्युत प्राधिकरणले भोलीबाट लागू हुनेगरी दैनिक ११ घण्टा लोडसेडिङ्ग गर्ने भएको छ । यसअघि दैनिक ८ घण्टा लोडसेडिङ हुदै आएको थियो । अबदेखी दिनमा दुई पटक गरी दैनिक ११ घण्टा लोडसेडिङ हुने छ । नदीहरुमा जलप्रवाह घटनगइ उत्पादनमा कमी आएका कारण लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ । यसअघि मध्यमस्र्याङदीका दुइवटै मेसिन मर्मत सम्हारको कारण देखाउँदै मंसिर महिनामा प्राधिकरणले ३ पटक लोडसेडिङको समयमा बृद्धि गरेको थियो । सरकारले आगामी फागुनमा लोडसेडिङ बढेर दैनिक १४ घण्टा पुग्ने जनाएको छ ।
यसैबिच व्यबस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिले दीर्घकालिन रुपमा लोडसेडिङ्ग घटाउने प्रयास सम्बन्धमा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणलाइ १६ बुदे निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले उर्जा संकट कमगर्ने सबम्धमा विगतमा सार्वजानिक गरिएका कार्ययोजना कार्यान्वयनको अबस्थावारे जानकारी गराउन, मन्त्रीपरिषद, उर्जा मन्त्रालयल र प्राधिकरणलाइ छुट्टा÷छुट्टै निर्देशन दिएको हो । लोडसेडिङ्ग घटाउने प्रयास सम्बन्धमा प्राधिकरणले विगतमा बनाएको योजनाको प्रगति दशदिनभीत्र पेशगर्न निर्देशन दिइएको समिति सभापति शान्ता चौधरीले जानकारी दिनुभयो । सरकारले सार्बजानिक गरेको ३८ बुदे विद्युत संकट निरुपण कार्ययोजना कार्यान्वयको अबस्थावारे यथासीघ्र जानकारी गराउन निर्देशन दिइएको सभापति चौधरीले बताउनुभयो ।
समितिले उच्च प्राथमिकताकासाथ विद्युत प्रशारण लाइन बनाउन मन्त्री परिषद कार्यालयलाइ निर्देशन दिएको छ । यसअघि सरोकारवाला पक्षहरुसंग छलफलगरी समितिले लाइसेन्स लिएरपनि खोला ओगटेर बस्ने प्रर्बतिलाइ दुरुत्साहन गर्न तथा प्रसारण लाइन पुग्न नसकेका स्थानमा साना आयोजना निर्माणगर्न सरकारलाइ निर्देशन दिएको जनाएको छ । समितिले बिद्युत महसुल निर्धारण आयोगले यसअघि दिएका निर्देशन र हाल बिद्युत प्राधिकरणको सुधारका सम्बन्धमा दिएको सम्बन्ध कार्यान्वयन गर्न तथा प्राधिकरणको बित्तिय अबस्थावारे प्रत्येक छ महिनामा श्ेवतपत्र जारीगर्न निर्देशन दिएको छ ।
क्यासिनोबाट एक महिनाभीत्र राजश्व उठाउन निर्देशनः
काठमाण्डौ, पौष १३ । व्यबसथापिका संसदको सार्वजानिक लेखा समितिले स्पष्ट कानून र कार्यविधि निर्माण नगरी पाँचतारे होटलहरुमा जुवा घर क्यासिनो सञ्चालन गर्न नदिन सरकारलाइ निर्देशक दिएको छ । क्यसिनो सञ्चालन इजाजत दिदाँ दिइएका शर्त पालना नगरी नेपालीलाई क्यासिनोमा प्रवेश गराएमा अनुमति रद्द गर्न समेत समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । संसद सचिवालय सिंहदरवारमा आज बसेको बैठकमा समितिले पर्यटन सचिब किशोर थापासँग क्यासिनो सञ्चालनको विषयमा जानकारी लिएपछि शर्त पालना नगरेका क्यासिनोको लाइसेन्स खरेजगर्न निर्देशन दिएको हो ।
समितिले इजाजत प्राप्त क्यासिनोहरुवाट उठाउन बाँकी राजस्व एक महिनाभित्र असुली गर्न समेत सरकारलाई निर्देशन दिएको सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।
एक महिनामा राजस्व नबुझाए क्यासिनोको इजाजत खारेज गर्न पनि सरकारलाई निर्देशन समितिले दिएको छ । वैठकमा पर्यटन सचिवले क्यासिनो सञ्चालनका लागि अहिलेसम्म कुनै स्पष्ट कानून नभएकोले अनुगमनमा गर्न कठिनाइ भएको बताउनु भएको थियो । बैठकमा सभासदहरुले क्यासिनो संचालनकै लागि मापदण्ड पूरा नगरी पाँचतारे होटल संचालनको अनुमति दिइएको भन्दै छानविनगर्न माग गरेका थिए । उनिहरुले मुलुक जुवाडेको अखडा बन्ने खतरा बढेको भन्दै यसमा नियन्त्रणगर्न सरकारसंग माग गरेका थिए । नेपालका विभिन्न पाँचतारे होटलमा १० वटा क्यासिनो संचालनमा रहेका छन ।
नेता केपी शर्मा ओली
नेकपा एमालेका नेता केपी शर्मा ओलीले प्रमुख दलका शिर्ष नेताहरु माओबादीले देखाएको प्रलोभनमा परेर शान्ति प्रक्रिया टुङगोमा नपुगेको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी सप्तरीले आज राजबिराजमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ओलीले माओबादीले देखाएको हरियो घासमा एमाले र कांग्रेशका शिर्ष नेताहरु लोभिएको हुनाले संबिधान नबनेको बताउनु भएको हो । माओबादी संबिधान निर्माण र शान्ति प्रक्रियाप्रति प्रतिबद्ध नभएको र उसले अरु दललाई पनि अल्झाइरहेको नेता ओलीको भनाई थियो ।
उता काँग्रेस नेता अर्जुननरसिंह केसीले माओबादीले जनताको मायाभन्दा बन्दुकको छाया पराएकाले शान्तिप्रक्रिया निष्कर्षमा पुग्न नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज बिहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बल र बन्दुककै भरमा अघि बढ्न खोज्ने माओबादी हठका कारण शान्तिपक्रिया निष्कर्षमा पु¥याउन कठिन भएको बताउनुभयो । बहुलवादलाई नमान्ने र एकदलीय शासन स्थापित गर्न खोज्ने माओवादीको कारण संविधानलेखनमा बाधा उत्पन्न भएको उहाँले उल्लेख गर्नुभयो । यद्यपी उहाँले माओवादीलाई साथमा लिएर अघिबढ्न नेपाली काँग्रेस सधैं तयार रहेको स्पष्ट गर्नुभयो ।
पौडेलको उम्मेदवारीको विकल्प छैन ः पर्यटनमन्त्री भण्डारी
पर्यटन शरत्सिंह भण्डारीले नयाँ प्रधानमन्त्रीमा कांग्रेश नेता रामचन्द्र पौडेलको विकल्प नभएको दाबी गर्नु भएको छ । महोत्तरीको सोनमा आज कन्तवा नदीमा निर्माण हुने पुलको शिल्यन्यास गर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ नेतासमेत रहनुभएका मन्त्री भण्डारीले संसद्मा पौडेलबाहेक अरु कसैको प्रधानमन्त्री पदमा उम्मेदवारी नरहेकाले भावी सरकारको नेतृत्व पौडेलले नै गर्ने बताउनु भएको हो । उहाले मुलुकको राजनीतिक गतिरोधको मुख्य कारण प्रमुख तीनदल रहेको भन्दै तीनदलबीच सहमति जुट्न नसकेकाले मधेसवादी दललाई नेतृत्व सुम्पनु पर्ने धारणा समेत राख्नुभयो ।
उता कार्यकर्ता प्रशिक्षणका लागि सिरहा पुग्नुभएका उपप्रधानमन्त्री एवं फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाईहालै पदमुक्र भएका राज्इमन्त्री सन्जय शाह निकटका कार्यकर्ताले कालो झन्डा देखाएका छन् । शाहले गचछदार नेततृत्वको फोरम लोकतान्त्रिक फुटाएर मधेश क्रान्ति फोरम नामक नयाँ पार्टि गठनको घोषणा गर्नुभएको थियो ।सप्तरीको कल्याणपुरमा कार्यकर्ता प्रशिक्षणका लागि जाने क्रममा गच्छदारलाई सप्तरकिो रुपनी खन्डमा नारावाजी गर्दे कालो झन्डा देखाएका थिए ।
हात्तीदौडको उपाधी चम्पाकलीलाइ
चितवनको सौराहामा संचालित अन्र्तराष्ट्रीय हात्तीदौडको उपाधी होटल वाराही पोखराको चम्पाकलीले चुमेको छ । फाइनल चरणमा प्रवेश गरेका ६ ओटा हात्ती विचको प्रतिश्पर्धामा ५ हात्तीलाइ उछिन्दै चम्पाकलीले उपाधी चुमेको हो । प्रतियोगितामा सिजन फुड्सको व्युटीकली द्धितिय भएको छ भने हिमालयन इन्काउन्टर वेलायतको पृथ्वीकली तृतिय भएका छन् ।
हात्ति महोत्सब अन्र्तगत आज भएको डुड्डा दौडमा चित्रसेन मध्यवर्ति सामुदायिक बनको डुड्डा प्रथम भएको छ । दिपक बोटले चलाएको सामुदायिक बनको डुड्डा प्रथम भएको हो । यस्तै होम बहादुर बोटेले चलाएको नेचर गाईड एसोसिएसनको डुड्डा दोस्रो र ऋषी बोटेले चलाएको मृगकुञ्ज उपभोक्ता समितिले चलाएको डुड्डा तेस्रो भएको महोत्सब मुल आयोजक समितिका सदस्य सचिव दामोदर रेग्मीले जानकारी दिनु भयो ।हात्ति महोत्सब अन्र्तगत भएको टागा दौडको फाईनलमा हिरो पावेले चलाएको ग्रिन सोसाईटी नेपालको टागा पहिलो भएको छ ।ब्रिजन माझीले चलाएको रेडियो चितवनको टागा दोस्रो र सञ्जय शाहले चलाएको रेडियो नारायणीको टागा तेस्रो भएको छ ।
यस्तै गाडा दौडमा जामुन महतोले चलाएको ग्रिन मेन्सन जंगल रिसोर्टको गाडा प्रथम भएको छ ।डिमरा चौधरीले चलाएको रोयल पार्क होटलको दोस्रो र लक्ष्मण श्रेष्ठले चलाएको चितवन रिभर साईड रिसोर्टको गाडा तेस्रो भएको छ ।
त्यस्तै श्रृङगार प्रतियोगीतामा चंचलकली प्रथम, र धिरेन्द्रकली दोश्रो भएका छन। आजै सम्पन्न छावाको फुटबल प्रतियोगितामा क्रिस्ट बैकले उपाधी चुमेको छ । टुरिजम डेभलप्मेन्ट बैकलाई १ का बिरुद्द ४ गोल गर्र्दै उपाधी चुमेको हो । गएको आइतबारदेखि सुरु भएको अन्र्तराष्ट्रीय हात्तीदौड एव हात्ती महोत्सव आजदेखि सकिएको छ । सौराहामा भएको हात्तीदौड एव हात्ती महोत्सव अवलोकन गर्न स्वदेश र विदेशका पर्यटकहरु सौराहा पुगेका थिए । हात्तीदौड प्रतियोगीतामा कुल २० समुहको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment