Thursday, December 30, 2010

प्रधानमन्त्री माधवकुमार नेपाल
सुडानमा सामग्री पठाउन प्रमको निर्देशन
   
प्रधानमन्त्री माधवकुमार नेपालले सुडानको डार्फरमा शान्ति स्थापनार्थ खटिएको मिसनका लागि आवश्यक सामग्री पठाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज राज्य व्यवस्था समितिका सभापति, अर्थमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखसँगको छलफलमा प्रधानमन्त्री नेपालले यस्तो निर्देशन दिनुभएको हो । छलफलपछि गृहमन्त्री भीम रावलले सामग्री पठाउन अर्थ मन्त्रालयबाट रकम निकासा हुने सहमति भएकाले सरकारले तत्काल खरिद कार्य शुरु गर्ने जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिले नेपाल प्रहरीको सुडान मिसनमा बख्तरबन्द गाडी, हतियार र राशनलगायतका अत्यावश्यक सामान खरिदमा अनियमितता भएको ठहर गरी सो अनियमितता गर्नेमाथि अनुसन्धान गरी कारबाही अगाडि बढाउन यसअघि नै निर्देशन दिइसकेको छ ।

२७ दलीय संयन्त्रद्वारा कार्यदलको प्रतिवेदनमा छलफल

काठमाण्डौ, पौष १४ । संविधानसभामा प्रतिनिधित्व गर्ने २७ दलका संसदीय दलका नेताहरु सम्मिलित संयन्त्रले उच्चस्तरिय कार्यदलले सहमति गरेका बिषयमा आजदेखी पुनः छलफल सुरु गरेको छ । संविधानसभा सचिवालय सिंहदरवारमा अज बसेको बैठकले कार्यदलले साशकीय स्वरुप र व्यबस्थापकीय अंगको स्वरुपका सम्बन्धमा मिलाएका सहमति अनुमोदन गरेको छ ।

प्रादेशीक व्यबस्थापिका एकसदनात्मक बनाउने कार्यदलमा भएको सहमतिलाइ २७ दलको बैठकले अनुमोदन गरेको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । न्याय परिषद जस्तै स्वतन्त्र संयन्त्र बनाउने बिषयमा यसअघि सहमति भएपनि त्यसको संयोजक कस्लाइ राख्ने भन्नेमा विबाद रहेको प्रजातान्त्रिक समाजवादी दलका नेता पे्रमबहादुर सिंहले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधिश नियुक्तिको संयन्त्रबारे २७ दलमा फेरी विबाद सुरु भएको एक नेताले बताए । माओवादीले सभामुखलाइ स्वतन्त्र संयन्त्रको संयोजक बनाउन प्रस्ताव गरेपनि सहमति जुटन नसकेको एक नेताले बताए । उच्चस्तरिय कार्यदलमा सहमति जुटन बाँकी ८३ बुदामा सहमति गर्नुपूर्ब सहमति भएका बिषय अनुमोदन गर्न लागिएको कागे्रस मुख्य सचेतक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

न्यायप्रणाली सम्बन्धी समितिका विबाद आगामी बैठकवाट टुङ्गो लगाइने माओवादी उपाध्यक्ष प्रकाशले बताउनुभयो ।

स्वतन्त्र न्यायालयको सम्बन्धमा माओवादीले यसअघि सहिमति जनाएपनि आज फेरी न्यायालयलाइ उत्तरदायी बनाउनु पर्ने अडान राखेको थियो । राज्यको शासकीय स्वरूप, निर्वाचन प्रणाली कस्तो हुने भन्ने लगायतका महत्वपूर्ण मुद्दामा दलहरूबीच सहमति जुट्न सकेको छैन । २७ दलीय संयन्त्रको बैठक पौष १८ गते सम्मका लागि स्थगित भएको छ ।

प्रहरीद्धारा मार्सल कोर्टको ब्यवस्था

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले मातहतमा रहेका प्रहरी कार्यालयमा कार्यरत प्रहरीले गरेका कार्यको अनुगमन गर्न मार्सल टोली गठन गरेको छ । 
   
राजधानीको विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरु समेत अपराधिक कार्यमा लागेको घटना बढ्दै गएपछि आयुक्तको कार्यलयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय मार्सल टोली गठन गरेको हो । आयुक्त कार्यालय रानीपोखरीमा आज आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद नेपालले टोलीको गठनबाट प्रहरी सेवा थप चुस्त दुरुस्त र परिणाममुखी बन्ने विश्वास व्यक्त गर्र्नुभयो ।

टोली चौविसै घण्टा आफ्ना कर्मचारीको कार्यावलोकन गर्न खटिने जानकारी दिँदै एसएसपी नेपालले आजैदेखि आफ्नो काम थालेको समेत जानकारी दिनु भयो ।

पत्रकार सम्मेलनमा उपत्यकाभित्र मङ्सिर १५ देखि मंसिर मसान्तसम्ममा सार्वजनिक अपराधका घटनामा उल्लेख्य वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । यसैवीच उपत्यकाको ट्राफिक चापलाई मध्यनजर राख्दै उपत्यका ट्राफिक कार्यालयले यही पुस २५ गतेदेखि उपत्यकालाई ट्राफिक चापमुक्त क्षेत्र घोषणा गरिने जनाइएको छ ।

संविधान सभा भगंको कुरा नगर ः सभामुख

संविधानसभाका अध्यक्ष सुवासचन्द« नेम्वाङले संविधानसभालाई कुनै पनि वाहानामा भंग गर्न खोजे मुलुकले ठूलो दुर्दसा भोग्नु पर्ने बताउनु भएको छ ।

आज राजधानीमा आयोजना गरिएको मानवअधिकारको मापदण्ड र समावेशी संविधान अधिकार नामक पुस्तक विमोचन समारोहमा सभामुख नेम्वाङले संविधान सभालाई कुनै पनि बहानामा भंग गर्न खोजे मुलुकले ठुलो दुर्घटना खेप्नु पर्ने बताउनुभएको हो । उहाले समयमा संविधान निर्माण नभए त्यसको जवाफ जनतालाई राजनीतिक दलले दिनु पर्ने बताउनुभयो । दलगत स्वर्थ त्यागेर संविधान निर्माणमा सहमती कायम गर्न सभामुख नेम्वाङको राजनीतिक दलसंग आग्रह थियो ।

जनताको चाहना अनुसारको संविधान निर्माण अहिलेको आबश्यकता रहेको सभामुख नेम्वाङले बताउनुभयो । राजनीतिक दल मिल्नुको विकल्प नभएको उहाको तर्क
थियो ।

सहमति नभए राजनीतिक विष्फोट ः सुर्यबहादुर थापा

पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष स्ूर्यबहादुर थापाले राजनीतिक दलहरु दलगत स्वार्थ त्यागेर राष्ट्रिय हितमा नआए मुलुकमा चाडै राजनीतिक विष्फोट हुने चेतावनी दिनु भएको छ ।

राजधानीमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले प्रमुख तीन दलले समयमा नसोच्ने हो भने राजनीतिक, सामाजिक र आर्थिक विकृतिले विष्फोटक रुप लिने दाबी गर्नु भयो । त्यस्तो विष्फोटले दलहरुलाई नै गम्भीर असर गर्ने उल्लेख गर्दै अध्यक्ष थापाले भन्नु भयो राजनीतिक विष्फोट भनेको टाइम बम जस्तो होइन, यसले कति क्षति हुन्छ भन्ने कुरा भने कुनै पनि राजनीतिज्ञले अन्दाज गर्न सक्दैन । 

मुलुकका सबै समस्याको बाधक भनेको दलहरुको स्वार्थ भएको दाबी गर्दै अध्यक्ष थापाले उनीहरुले  स्वार्थ नत्यागेसम्म सहमति हुन नसक्ने ठोकुवा गर्नुभयो । संसद्का तीन ठूला दल माओवादी, काँग्रेस र एमालेले राष्ट्रिय स्वार्थलाई मात्रै हेरेर अघि बढे पन्ध्र मिनेटमै सहमतिको आधारमा मुलुकले नयाँ प्रधानमन्त्री पाउने दाबी गर्नु भयो । उहाँले हालको राजनीतिक अस्थितरतालाई ठिक ठाउँमा ल्याउन मुलुकमा रहेका प्रजातान्त्रिक संस्था र राजनीतिक दलहरुबीचको एकता हुनुपर्नेमा समेत जोड दिनुभयो ।
अध्यक्ष खनाल र बेलायती राजदुत बिच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेपालका लागि बेलायती राजदुत एन्थोनी टकनकबिच आज भेटवार्ता भएको छ । अध्यक्ष खनाल निवास डल्लुमा अपरान्ह भएको भेटमा राजदुत टकनटले अनमिनको बहिर्गमनपछि सेना समायोजन र पुनस्थापनाको भविस्यको बारेमा चासो राख्नु भएको थियो । जवाफमा अध्यक्ष खनालले सेना समायोजन, संबिधान निर्माण र शन्ति प्रक्रियाका लागि आफ्नो पार्टि लागि परेको भन्दै सहमतीका लागि दलहरुबिच पनि छलफल जारी रहेको जानकरी दिनुभयो ।

यस्तै आजै रसियाका नवनियुक्त राजदुत सेर्गेई भेलिकिनले पनि अध्यक्ष खनालसँग भेटवार्ता गर्नुभएको छ । खनाल निवास मै भएको भेटमा उहाले नेपालको वर्तमान राजनीतिक अवस्थाको बारेमा जानकारी लिनुभयो । राजदुत भेलिकिनले भने नेपालमा शान्ति प्रक्रिया नटुङगिएसम्म अनमिन नेपालमै रहन सक्ने धारणा व्यक्त गर्नुभएको एमालेद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ । 

No comments: