Thursday, December 30, 2010

कङग्रेस प्रतिपक्षमा बस्न तयार—शुसील कोईराला 

नेपाली कङग्रेसका सभापती शुसील कोईरालाले प्रधानमन्त्री निर्वाचनमा रामचन्द्र पौडेलको विकल्प नभएको स्पष्ट पार्नुभएको छ । पौडेलका सट्टा शेरबहादुर देउवा भए समर्थन गर्ने भन्ने माओवादी सङकेतकोे प्रतिवाद गर्दै उहाँले संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने पार्टिको विधान भएकाले पौडेलको विकल्प नभएको बताउनुभयो । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दे कोइरालाले काँग्रेस कसैको बहकाउमा नहिड्ने भन्दै एमालेको दोहोरो नीतिका कारण राजनीतिक गतिरोधले निकास नपाएको समेत बताउनुभयो । कोइरालाले एमालेलाई दोहोरो नीति छाड्न सुझाव दिदै, एमाले र माओवादी मिलेर सरकार गठन गरे कङग्रेस प्रतिपक्षमा बस्न समेत तयार रहेको समेत बताउनुभयो । कङग्रेसको सहयोगमा नै एमाले नेत्तृत्वको सरकार गठन भएको स्मरण गर्दे उहाँले एमालेले कङग्रेसलाई समर्थन गरिदिएको भए गतिरोध नै नआउने उल्लेख गर्नुभयो । 

यसैबिच नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्री चयनका सवालमा माओवादीको कार्डमा आफु नफस्ने बताउनुभएको छ । प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले प्रधानमन्त्रीको कार्ड फ्याकेर काग्रेस भित्र खेल्ने सपना नदेख्न माओवादीलाई चुनौती समेत दिनुभयो । देउवाले पार्टीको निर्णयका आधारमा प्रधानमन्त्रीको कुरा टुङ्गो लगाईने हुनाले त्यस बिषयमा टिप्पणी नगर्न अन्य दललाई आग्रह गनुभयो  ।
प्रहरीद्धारा माओवादी नेताको गाडी कब्जामा 

प्रहरीले माओवादी सभासद् खड्ग विश्वकर्माको गाडी कब्जामा लिएको छ । प्रहरीले विश्वकर्माले चढेको मित्सुविसु पजेरो चोरीको भएको भन्दै कब्जामा लिएको हो । यद्यपी सभासद् विश्वकर्माले भने आफुले चढेको गाडी चोरीको नभएको बताएका छन् । उनले हनुमानढोका पुगेर आफ्नो गाडी चोरी नभएको बताए पनि प्रहरीले भने गाडी फिर्ता गरेको छैन । प्रहरीले भोली यातायात ब्यवस्था कार्यलय गएर रेकर्ड जाँच गरेर मात्र गाडी फिर्ता गर्ने जनाएको छ । 

माटोको ढिस्कोले पुरिएर ५ जनाको मृत्यु ३ घाइते 

बझाङको व्यासी गाविस १ मा माटोको ढिस्कोले पुरिएर आज ५ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । घर लिप्ने माटो लिन नजिकैको ढलकना डाँडामा गएका उनीहरुलाई माटो खन्नेक्रममा माथिबाट माटोको ढिस्कोले पुरेको थियो । मृत्यु हुनेमा कडेल गाविस ३ का ४५ वर्षिय चक्र सार्की, ३० वर्षिय दीपक सार्की, २५ वर्षिया कौशिल्या सार्की, ३२ वर्षिया किटीदेवी केसी र १३ वर्षिया वसन्तदेवी केसी रहेको प्रहरीले जनाएको छ । माटोको ढिस्कोले पुरिएर कडेल ३ कै मनु सार्की, जुनु सार्की, र जलु सार्की गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

शिक्षक व्यवस्थापनका लागि प्राविधिक समिति

शिक्षा विभागले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको व्यवस्थापनका लागि प्राविधिक समिती गठन गरेको छ । विभागले शिक्षक दरबन्दी मिलान र नियमित पठनपाठन लगायतका काममा सहजीकरण र अनुगमनको लागी निर्देशक डिल्लीराम रिमालको संयोजकत्वमा समिती गठन गरेको हो । 

विभागले विभीन्न स्थानमा सहजीकरण तथा दरबन्दीमा विवाद हुन थालेपछि प्राविधीक समिती गठन गरेको विभागका उपसचिव यामबहादुर खड्काले उक्त जानकारी दिनुभयो । समितीमा शैक्षिक जनशक्ति विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, शिक्षक किताबखाना, शिक्षा मन्त्रालय, शिक्षक सेवा आयोग, मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका प्रतिनिधि रहने व्यवस्था गरिएको विभागका शाखा अधिकृत पदमसिंह विष्टले जानकारी दिनुभयो । समितीले देशभर विभीन्न किसिमका शिक्षकको ब्यवस्था रहेकोमा त्यसलाइ मिलाउने विषयमा सुझाव दिने समेत विष्टले बताउनुभयो ।

पर्यटन बर्षको तयारी स्वरुपः शीर्ष नेताहरुको ¥याली

पर्यटन प्रवद्धन नै नेपालको आर्थीक संवृद्धिको आधार भएको भन्दै नेताहरुले नेपाल पर्यटन बर्ष २०११ लाइ सफल बनाउन सबैमा अपिल गरेका छन् । नेपाल पर्यटन वर्ष–२०११को प्रचारका लागी आयोजना गरिएको मोटरसाइकल ¥यालीलाइ विभन्न स्थानमा सम्बोधन गर्दै नेताहरुले पर्यटन बर्षका साथ नेपालमा पर्यटन उद्योगको रुपमा स्थापित हुने दावि गरेका हुन् । 

मोटरसाइकल ¥यालीको आज बिहान राजधानीको थानकोटबाट संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलले शुभारम्भ गर्नुभएको थियो । उद्घान कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै नेपालको दीगो विकासको एक मात्र साधन पर्यटनको विकासको लागि पर्यटन वर्ष महत्वपूर्ण रहनेमा जोड दिनुभएको थियो । थानकोटबाट शुरु भएको ¥याली कलङ्कीमा आए पछि नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले स्वागत गर्नुभएको थियो । त्यस्तै कलकिबाट जावलाखेल हुदै नयाँ बानेश्वर आइपुग्दा एमाले अध्यक्ष झलनाथ खनालले स्वागत गर्नुभएको थियो । र्यालीको सफलताको कामना गर्दै एमाले अध्यक्ष खनालले मुलुक अब आर्थिक संबृद्धितर्फ अघि बढ्नु पर्ने भएकोले पर्यटन वर्षलाई सफल पारी पर्यटन उद्योगको विकासमा लाग्नु पर्ने धारणा राख्नु भएको थियो । ¥यालीलाई कोटेश्वरमा मधेसी जनअधिकार फोरमका नेताहरु र भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्वागत गर्नु भएको थियो । ¥याली नगरकोट पुगेर टुङ्गिएको छ । ¥यालीको समापन भने पर्यटन मन्त्री शरद् सिंह भण्डारीले गर्नु भएको थियो । 

प्रहरीको सक्रियता

प्रहरीले राजधानीको बौद्ध स्थित क्यासिनो ताराका म्यानेजर मनोज प्रसाद सुवेदीलाइ पक्राउ गरेको छ । नेपालीलाइ क्यासिनो भीत्र नछिराउने सर्तमा क्यासनो संचालनको अनुमती पाएपनि नेपालीलाइ अनैतिक रुपमा प्रवेश गराएको आरोपमा उनलाइ महानगरि प्रहरी परिसरको एक टोलीले पक्राउ गरेको हो । सुवेदी लामो समय देखी प्रहरीको मोस्ट वाण्टेडको सुचीमा रहेका थिए । संसदको सार्वजानिक लेखा समितिले नेपाली प्रवेश गराउने क्यासिनोको इजारत रद्दगर्न सरकारलाइ निर्देशन दिएपछि प्रहरीले क्यासिनोमा अनुगमनको सक्रियता बढाएको हो । तारा क्यासिनोले रोयल्टि बापतको राजश्व नतिरेका कारण राजश्व अनुगमन विभागले समेत उनलाइ निगरानीमा राखेको थियो । तर पक्राऊ परेका सुवेदीले भने आफुलाइ पक्राउ पुर्जी समेत नदिइ पक्राउ गरिएको बताएका छन् । हनुमानढोकामा पत्रकारहरु सँग कुरा गर्दै सुवेदीले आफुलाइ पक्राउ परिएको कारण उल्लेख नगरी पक्राउ गरिएको भन्दै विरोध समेत जनाएका छन् । 


झुठा मुद्दा व्युताउनेक्रम नरोकिए संघर्षः माओवादी

एकीकृत नेकपा माओवादीले द्वन्दकालमा आफ्ना नेता तथा कार्यकर्तालाई लगाइएका मुद्धाहरु उल्टाउने त्रम नरोकीए संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिएको छ । बृहत शान्ति सम्झौता र अन्तरिम संविधानले द्वन्दकालका मुद्धा खारेज गर्ने व्यवस्था गरेपनि सरकारले यसलाई व्यवास्ता गरेको माओवादी आरोप छ । माओवादीले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजनागरी कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता लिन सरकारसग आग्रह गरेको छ । 

पत्रकार सम्मेलनमा माओवादी सचिव एवं पुर्वान्चल व्युरो इन्चार्ज सिपि गजुरेलले कार्यकर्ताका मुद्धा फिर्ता नलिइए संघर्ष गरेर भएपनि फिर्ता लिन बाध्य पार्ने बताउनु भएको हो । उहाले झुटा मुद्धा लगाएर सरकारले शान्ति प्रक्रिया भाड्न खोजेको आरोप समेत लगाउनुभयो । ओखलढुङ्गा डोल्पा रुकुम सल्यान नवलपरासी लगाएतका जिल्लामा सरकारले द्वन्दकालका मुद्धा व्युताएर आफ्ना कार्यकर्तालाई दुख दिएको माओवादीले जनाएको छ । निर्वाचनका बेलामा एमालेसंग ओखलढुङ्गामा परेको विवादको बदलास्वरुप आफ्ना कार्यकर्तालाई वारेण्ट जारी गरिएको गजुरेलले दावी गर्नुभयो । ओखलढुङ्गा क्ष्ँेत्रनं १ का सभासद केशब राईका साथै राज्यसमिति र जिल्ला समितिका गरि ५६ जनाका बिरुद्ध ओखलढुङ्गा जिल्ला अदालतमा ज्यान मुद्धा दायर गरि वारेन्ट जारी गरेको माओवादीले जनाएको छ । 


चुनौतिलाइ अबसरमा परिणत गरः नेम्वाङ्ग’

काठमाण्डौ, पौष १५ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले शान्ति र संविधान निर्माण प्रक्रिर्या निश्कर्षमा पुगेपछिमात्र जनआन्दोलनका उपलव्धी रक्षागर्न सक्ने बताउनु भएको छ । उहाँले राजनीतिक दलहरु एकजुट भएमात्र जनचाहाना अनुरुप संविधान निर्माणगर्न सकिने विश्वास व्यक्त गर्नुभयो । ल्होछारको अबसरमा राजधानीको खुल्ला मञ्चमा आयोजित कार्यक्रमलाइ संवोधनगर्दै नेम्वाङ्गले संविधानसभा मार्फत नयाँ संविधान नबन्दासम्म दलहरु एक ढिक्का भएर हिड्नु पर्ने बताउनु भएको हो । देशका अगाडि अफ्टयारा र चुनौति रहेपनि ती चुनौतिलाइ उपलव्धीमा रुपान्तरण गर्न सकिने भन्दै दशतिर मुख नफर्काउन उहाँले दलहरुलाइ सुझाव दिनुभयो । सभामुख नेम्वाङ्गले संवाद र सहमति मार्फत समावेदनका आधारमा बोलाइएको संसद अधिवेशन सहिमतिमा टुङ्गीएको स्मरणगर्दै आशन्न अधिवेशनलाइ संवाद, सहमति र समझदारीको थलोको रुपमा प्रयोग गर्न दलहरुसंग आह्वान गर्नुभयो । अधिवेशनले मुलुकलाइ सरकार दिने विश्वास व्यक्तगर्दै उहाँले त्यसकालागि नागरिकले दवाब दिनुपर्ने बताउनुभयो । 

यसैबीच गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होछारको अवसरमा आज राजधानीमा विभिन्न कार्यक्रमहरु गरी मनाएका छन् । ल्होछारको अवसरमा आज राजधानीको टुडिखेलमा विशेष कार्यक्रमको आयोजना भएको थियो । टुडिखेलमा आयोजना भएकोे समारोहमा हजारौं गुरुङ तथा अन्य समुदायको सहभागीता रहेको थियो । टुडिखेलमा दुई दिन अघिबाटै शुरु ल्होछार महोत्सबमा लोकदोहोरी, सास्कृतिक कार्यक्रम, खाना प्रदर्शनी लगायतका कार्यक्रम रहेका छन् । 

गुरुङ जातीहरुले प्रत्येक बर्ष पुस १५ गतेको दिनलाई बर्ष फेरिएको रुपमा मनाउने चलन छ ।  

यसै अवसरमा राष्ट्रपति डा.रामवरण यादवले देश विदेशमा रहनुभएका सम्पूर्ण तमु समुदाय पं्रति शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति डा यादबले संस्कृति र अतिथि सत्कारमा ख्याति कमाएको तमु समुदायले यस पर्वलाई नेपालका सबै समुदायको साझा पर्वको रूपमा विकास गर्नसकेमा सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने आशा समेत व्यक्त गर्नु भयो । यस्तै अवसरमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल, एमाले अध्यक्ष झलनाथ खनाल, नेपाली कग्रेश ससदीय दलका नेता रामचन्द्र पौडेल, राप्रपाका अध्यक्ष पशुपति शम्शेर जवरा लगायत बिभिन्न दलका नेताहरुले शुभकामना ब्यक्त गर्नु भएको छ ।

पोन्टिङलाई मुक्ति 

नियमित कप्तान रिकी पोन्टिङ औला भाँचिएर टिमबाट बाहिरिए पछि अष्टे«लियन त्रिकेट बोर्डले माईकल क्लार्कलाई अष्टे«लियाका नयाँ कप्तान चुनिएको छ । ईङल्यान्ड विरुद्ध जारी एसेज सिरिजको चौथो टेस्टमा पोन्टिङको औला भाँचिएको थियो । एसेज सिरिजमा २—१ ले पछि परेको घरेलु टोली अष्टे«लियालाई पाँचौ तथा अन्तिम टेस्टमा अब क्लार्कले नेत्तृत्व दिनेछन् । क्लार्क यसअघि टिमका उपकप्तान समेत रहेका थिए । अष्टे«लियाका लागि गर या मरको स्थिितीमा रहेको पाँचौ टेस्ट सोमबारबाट सिड्नीमा सुरु हुँदैछ । केही समय यता पोन्टिङको खेल खस्कदै आएपछि उनको क्याप्टेन्सीमा समेत प्रश्न उठ्दै आएको थियो । उनको औला ठिक भएपनि कप्ताबाट भने हटाईन सकने सम्भावना पनि रहेको छ । उनको ब्याटिङमा सुधार ल्याउनका लागि पनि उनलाई कप्तानीको जिम्मेवारीबाट मुक्त गरिन सकिने अष्टे«लियाका क्रिकेट अधिकारीहरुले बताउँदै आएका छन् । यस्तै पाँचौ टेस्टका लागि पोन्टिङको ब्याटिङ नम्बर ३ मा उसमान खावाजाले डेब्यु गर्ने भएका छन् भने रायन ह्यारिसको ठाँउमा डगी बोलिन्जरलाई टिममा बोलाईएको छ ।

No comments: